सालझण्डी–ढोरपाटन सडक – News Polar

सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम
ढोरपाटन, (बागलुङ) । तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ । सडकको बुर्तिबाङ–फल्लेघरसम्मको करिब २२ किलोमिटर सडक ग्राभेलका लागि चार वर्ष अगाडि स्वच्छन्दरओमबुद्ध जेबी काठमाडौँले जिम्मा पाएको थियो ।

विसं २०८० वैशाखका ग्राभेल गरिसक्नुपर्ने भए पनि अहिलेसम्म जम्मा ६१ प्रतिशत मात्रै काम सकिएको छ । ३० महिनामा सक्नेगरी विसं २०७८ कात्तिक ५ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले अहिले तेस्रो पटक म्याद थप गरेर काम गरिरहेको छ ।

उक्त म्याद पनि आगामी विसं २०८३ जेठसम्म रहेको छ । रु २५ करोड ६१ लाख ३१ हजार १६६ मा उक्त खण्ड स्तरोन्नति भइरहेको सालझण्डी–ढोरपाटन सडक आयोजनाका सचना अधिकारी कृष्टिना थापाले जानाकारी दिनुभयो । अहिले सडक फराकिलो बनाउने, नाली निर्माणसहित ग्राभेलको काम भइरहेको उहाँको भनाइ छ । केही समयदेखि निर्माण कम्पनीले धमाधम काम गरिरहेको थापाले बताउनुभयो । यो अन्तिम म्याद रहेको उहाँ बताउनुहुन्छ । आगामी जेठसम्म नसके अर्को प्रक्रियामा जाने थापाको भनाइ छ । निर्माण कम्पनीले अहिलेकै गतिमा काम गरे जेठसम्म काम सक्ने उहाँ बताउनुहुन्छ ।

“लामो समय काम नहुँदा सडक अलपत्र परेको थियो, अहिले निर्माण कम्पनीले मेसिन र कामदार लगाएर काम गरिरहेको छ, सुरुबाटै काम गरेको भए एक वर्ष अगाडिनै सकिनुपर्ने हो, तर काम भएन,” उहाँले भन्नुभयो, “अहिलेको गतिमा काम भए त यो म्यादभित्र काम सकिन समस्या छैन, आशा गरौँ काम सकिएला ।”

स्वच्छन्द/ओमबुद्ध जेबीका प्रतिनिधि डालबहादुर कुँवरले आगामी जेठ महिनासम्म काम सक्ने गरी तीव्र गतिमा भइरहेको बताउनुभयो । अहिले सडकका विभिन्न खण्डमा छ वटा ठूला मेसिनसहित कामदार लगाएको उहाँको भनाइ छ । पुस र माघ महिनामा धेरै चिसो हुने हुँदा अहिलेनै अलि बढी काम सक्नुपर्ने बाध्यता रहेको कुँवरले सुनाउनुभयो । गत मङ्सिरदेखि यस खण्डमा कामले गति लिएको हो ।

विसं २०६८ मा रूपन्देहीदेखि सुरु भएको यस सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पाहुँदै ढोरपाटन जोडिएको छ । रूपन्देहीमा, अर्घाखाँची, पाल्पा र गुल्मी जिल्लामा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षा अनुसार काम हुन नसकेको हो । यतिका समयसम्म काम सम्पन्न हुनहुँदा हिउँदमा हिलो र बर्खामा धुलोले स्थानीय र ढोरपाटन आउन पर्यटकले सास्ती खेप्नु परेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले बताउनुभयो । पछिल्लो समय ढोरपाटनमा आउने पर्यटकको चाप बढेको भन्दै सडकको दुरावस्थाका कारण दु:ख पाउनु परेको उहाँको भनाइ छ ।

उपप्रमुख कायतले भन्नुभयो, “बुर्तिबाङ–ढोरपाटन लामो समयसम्म स्तरोन्नति नहुँदा हजारौँ स्थानीय र पर्यटकले दु:ख पाएका छन्, अहिले निर्माण कम्पनीले काम सक्ला भन्ने छ, काम गरिरहेको हुँदा आशा पलाएको छ, यो ढोरपाटनमा उत्पादन भएका वस्तु बजारीकरण गर्ने मुख्य सडक हो, बर्खामा यात्रा गर्न निकै कठिन छ, हिउँदमा पनि त्यत्ति सहज छैन ।”

फल्लेघरदेखि देउरालीसम्म कालोपत्र गरिने

बुर्तिबाङ–ढोरपाटन खण्डकै फल्लेघर–देउराली सडक कालोपत्रका लागि काम सुरु भएको छ । सालझण्डी–ढोरपाटन सडक आयोजनाले गत असार २७ गते ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको हो । यस खण्ड सुरुमा ट्र्याक खुलेदेखि अहिलेसम्म स्तरोन्नतिनै भएको छैन ।

रु १६ करोड ४८ लाख २६ हजार २२८ लागतमा दुई वर्षमा सक्ने गरी काम सुरु भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयले जनाएको छ । सडक कालोपत्रका लागि पिटीआर अधिकारी कन्स्ट्रक्सनले जिम्मा पाएको सूचना अधिकारी कृष्टिना थापा बताउनुहुन्छ । तीन किलोमिटर सडक साह्रै साँघुरो हुँदा यात्रासमेत जाखिमपूर्ण हुने गरेको उहाँको भनाइ छ । अहिले सडक फराकिलो, नाली निर्माणको काम हुन थालेको थापाले बताउनुभयो । रासस

सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
ढोरपाटन । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष पूरा भयो । तराई क्षेत्रलाई नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनसहित पहाडी जिल्ला जोड्नका लागि निर्माण गरिएको उक्त सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन ।

यतिका समयसम्म सडक स्तरोन्नति नहुँदा स्थानीय र ढोरपाटन पुग्ने पर्यटकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । विसं २०६८ मा रुपन्देहीको सालझण्डीदेखि सुरु भएको यो सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पा हुँदै ढोरपाटन जोडिएको थियो । रुपन्देहीमा, अर्घाखाँची, पाल्पा र गुल्मीमा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षाअनुसार काम हुन सकेको छैन ।

सङ्घीय सरकारले सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरेर ठेक्का प्रक्रिया अगाडि बढाए पनि निर्माण कम्पनीले ढिलासुस्ती गरिरहेको छ । विसं २०७८ कात्तिक ५ गते निर्माण कम्पनीले ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि वडा नं ९ को फल्लेघरसम्म को २२ किलोमिटर सडक ग्राभेल गर्ने गरी जिम्मा लिएको थियो ।

सडक फराकिलो बनाउने, नाली निर्माणसहित ग्राभेलका लागि स्वच्छन्द/ओमबुद्ध जेभी काठमाडौँले रु २३ करोडमा जिम्मा पाएको थियो । तीस महिनामा सक्ने गरी सम्झौता भए पनि हालसम्म आधा पनि काम हुन सकेको छैन ।

हालसम्म २६ प्रतिशत वित्तीय र ३० प्रतिशत भौतिक प्रगति भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी दिक्षा बस्यालले जानकारी दिनुभयो । निर्माण कम्पनीको ३० महिने काम गर्ने अवधि सकिएको भन्दै म्याद थपका लागि निवेदन आएको उहाँको भनाइ छ ।

कार्यालयले म्याद भने थपि नसकेको बस्याल बताउनुहुन्छ । निर्माण कम्पनीले चासो दिएर काम नगर्दा समयमै काम नसकिएको उहाँले बताउनुभयो । कार्यालयले बारम्बार समयमै काम सक्नका लागि ताकेता गरे पनि अटेरी गरेको छ ।

सूचना अधिकारी बस्यालले भन्नुभयो, “निर्माण कम्पनीले काम गरिसक्नुपर्ने हो, यतिका समयसम्म प्रगति हेर्नुहुन्छ भने निकै कम छ, कार्यालयबाट धेरै पटक समयमै काम सक्नका लागि पत्राचार गर्‍यौँ, तर अहिले म्याद नै सकियो, काम सकिएन, निर्माण कम्पनीले नियमानुसार म्याद थपका लागि निवेदन दिनुभएको छ, तर म्याद थप भने भएको छैन, धमाधम काम गरेको भए पहिले नै सकिन्थ्यो, ग्राभेल गर्ने मात्रै काम थियो, निर्माण कम्पनीले ढिला सुस्ती गर्‍यो ।”

सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुन्छ । निर्माण कम्पनीले समयमै काम नगर्दा ढोरपाटन आउने पर्यटक र स्थानीय बढी मर्कामा छन् । दैनिक सयौँ यात्रु तथा पर्यटक जोखिमपूर्ण यात्रा गरेर ढोरपाटन पुग्ने गर्छन् । हिउँदको समयमा जसोतसो यातायातका साधन चले पनि बर्खा लाग्यो भने ठप्प हुने गर्दछन् ।

हिउँदको समयमा पनि ठूलो वर्षा हुँदा गाडी राम्रोसँग चल्न सक्दैनन् । सडक सहज नहुँदा स्थानीयलाई पालिकाको केन्द्र बुर्तिबाङ आउजाउमा समेत समस्या भएको ढोरपाटन–९ का प्रेमबहादुर घर्ती मगरले बताउनुभयो । ढोरपाटनदेखि बुर्तिबाङ बजार दूरीका हिसाबले छोटो भए पनि अप्ठ्यारो सडकका कारण दुई घण्टा बढी समय लाग्ने उहाँको भनाइ छ ।

“सबैले ढोरपाटन ढोरपाटन मात्रै भन्छन्, तर यहाँ पुग्ने सडक गतिलो बनाउन सकेनन्, हामीहरु हिउँदमा धुलो खाने, बर्खामा हिलो खाने मात्रै भइयो, यात्रा गर्दा महँगो भाडा तिर्नुपर्छ, सजिलोसँग यात्रा पनि गर्न पाइँदैन, कहाँनेर दुर्घटना हुन्छ भन्दै मुटु छामेर यात्रा गर्नुपर्छ”, घर्तीले भन्नुभयो, “बाटो उस्तै साँघुरो छ, खाल्डाखुल्डीले गर्दा गाडी बीच बाटोमै बिग्रिँदा घुम्न आएका पर्यटक अलपत्र पर्ने गरेका छन्, ठेकेदारले काम गरेन भन्छन्, काम नगर्ने ठेकेदारलाई कारबाही गर्न कसले रोकेको रैछ, बुझिनसक्नु छ ।”

एक सय ९० किलोमिटर दूरीको सालझण्डी–ढोरपाटन सडक बागलुङमा मात्रै ५० किलोमिटर पर्छ । यो सडकसँग बागलुङको बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका गरि तीन पालिका जोडिएका छन् । ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धनबहादुर कायतले निर्माण कम्पनीको ढिलासुस्तीका कारण यहाँका हजारौँ नागरिक र सयौँ पर्यटकले समस्या भोग्नुपरेको बताउनुभयो ।

पोखरा, काठमाडौँलगायत देशका विभिन्न ठाउँबाट आउने पर्यटकले बुर्तिबाङसम्म राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा सहजरुपले आए पनि ढोरपाटन पुग्न निकै गाह्रो भएको गुनासो गर्ने गरेको उहाँको भनाइ छ । काम सक्नका लागि समय–समयमा ठेकेदारलाई आग्रह गरे पनि अटेरी गरेको कायत बताउनुहुन्छ ।”

उहाँले भन्नुभयो, “बुर्तिबाङसम्म आउनका लागि अहिले कुनै समस्या छैन, जब बुर्तिबाङदेखि माथि लागिन्छ तब, यात्रुले सास्ती खेप्नुपर्ने अवस्था छ, कतै गाडी फसेर समस्या बन्दिन्छ, कतै साँघुरो सडकका कारण अप्ठ्यारो ठाउँमा जाम पर्छ, सडकको स्तरोन्नति नहुँदा अनेक समस्याले ग्रसित बनाएको छ, गाउँबाट आलु, सिमी र स्याउ बजार ल्याउन पनि उत्तिकै समस्या हुने गरेको छ, काम नगर्ने निर्माण कम्पनीलाई राज्यले कारबाही गर्नुपर्छ ।”रासस