सामूहिक आवास – News Polar

सामूहिक आवासका लागि पाँच करोड विनियोजन
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सामूहिक आवास निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत निर्माणको पहिलो वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ ।

महानगरको १९औँ अधिवेशनअन्तर्गत तेस्रो बैठकमा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वार्षिक आयव्ययको अनुमानित विवरण (बजेट) पेस गरिएको जानकारी गराउनुभएको हो । ज्येष्ठ नागरिक निमोनिया खोपका लागि रु एक करोड  विनियोजन गरिएको छ । विश्वविद्यालय स्थापनाका लागि कानुनी तथा आवश्यक व्यवस्थापकीय कार्य प्रारम्भ गर्न रु ५० लाख प्रस्ताव गरिएको छ । काठमाडौँ महानगरपालिकाभित्रका निजी तथा सार्वजनिक भौतिक संरचनाको बिमा प्रवर्धन कार्यक्रम सञ्चालन गर्न र नगर–नगर साझेदारी कार्यक्रम गर्न बजेटको प्रस्ताव गरिएको छ । महानगरपालिकाले रात्रिकालीन यातायात सेवा सञ्चालनलाई निरन्तरता दिने भएको छ ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३, बढ्दो तापक्रमको प्रभाव न्यूनीकरण कार्यक्रम कार्यान्वयन गर्न बजेट प्रस्ताव गरिएको छ । नदी किनार तथा सार्वजनिक जग्गा संरक्षण गर्न तथा उद्यान निर्माण गर्न, चराचुरुङ्गीका लागि पानीपात्र निर्माण गर्ने विषय बजेटको प्रस्तावमा परेको छ ।

प्लास्टिक झोलामुक्त काठमाडौँका लागि वैकल्पिक झोला अभियान सञ्चालन गर्न नगरसभामा प्रस्ताव गरिएको छ । महानगरपालिकाले  सञ्चित कोषमा व्ययभार पर्ने रु २५ अर्ब १३ करोड ३० लाख ५५ हजार र बाह्य व्यय भार हुने रु ७५ करोड समेत गरी रु २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार बजेट प्रस्ताव नगर सभामा पेश गरेको छ ।

सञ्चित कोषमा जम्मा हुने रकममध्ये आन्तरिक आय र बैंक मौज्दातबाट रु २० अर्ब १८ करोड ६३ लाख २९ हजार स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ । बैठकमा रु चार अर्ब ९३ करोड ६७ लाख २६ हजार नेपाल सरकार तथा प्रदेश सरकारवाट सशर्त, समानीकरण, राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुदान अनुमान गरिएको छ । जनसहभागिता वापत रु एक करोडको स्रोत प्राप्त हुने अनुमान कामपाको छ ।

आगामी आवमा पूर्वाधार योजना, फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवर्द्धन, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमता वृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवर्द्धन गरी रोजगारी र आय वृद्धि गर्ने कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिएको छ ।

प्रदूषण न्यून, सार्वजनिक यातायात व्यवस्थित गर्ने, काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्व बोकेका मठ मन्दिर, बहाल, पोखरी, हिटी, वहाः वही लगायतका सम्पदास्थलको संरक्षण कार्य तथा मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा आवश्यक बजेट व्यवस्थापन गरिएको प्रस्तावमा उल्लेख छ । कार्यवाहक प्रमुख डङ्गोलले पेस गरिएका प्रस्तावमाथि छलफल गर्न यही असार १७ गते बैठक बोलाएको छ ।  rass