साउन महिना – News Polar

साउन महिनामा आधाले घट्यो मासुको व्यापार
काठमाडौँ । साउनमा मासुको व्यापार आधाले घटेको व्यापारीहरूले गुनासो गरेका छन् । विगत २० वर्षदेखि कलङ्कीमा मासु व्यापार गर्दै आउनुभएको सन्दीप महर्जनका अनुसार साउन महिना लागेसँगै माछामासुको व्यापारमा आधाले कमी आएको छ ।

“अन्य समयमा दैनिक १५० वटा कुखुरा खपत हुन्थ्यो भने अहिले दैनिक ८० खपत हुन पनि मुस्किल छ”, उहाँले भन्नुभयो, “सोमबार त झन् अत्यन्तै कम सङ्ख्यामा बिक्री हुने गरेको छ ।”

महर्जनले विगत २० वर्षदेखि खसी र कुखुरा मासुको व्यापार गर्दै आउनुभएको छ । गतका वर्षमा पनि साउन महिना लागेपछि माछामासुको व्यापार कमी हुने गरेको थियो । यस वर्ष भने अझै व्यापारमा कमी आएको उहाँले अनुभव सुनाउनुभयो ।

साउन महिनालाई चोखो र पवित्रको महिना मानिन्छ । यस महिनामा व्रत बस्ने र माछामासु नखाने सर्वसाधारण बढेपछि कारोबार घटेको हो । अहिले बिहे, भोजलगायतका कार्यक्रम नहुँदा पनि त्यसको असर मासु व्यवसायमा परेको छ । उहाँ भन्नुहुन्छ, “अहीले पसल सुनसान छ ।”

कलङ्कीको अर्का मासु व्यापारी देव रानाले पनि साउन महिनाले सामुको व्यापारमा विरावट आएको गुनासो गर्नुभयो । असार महिनासम्म दैनिक ३० किलोसम्म सामु बेच्ने गर्नुभएको रानाले अहिले १५ किलो बिक्री हुन पनि मुस्किल रहेको सुनाउनुभयो ।

हाल राजधानीका करिब तीन हजारको सङ्ख्यामा मासु व्यवसायी छन् । करिब एक हजारको सङ्ख्यामा सानाठूला पशुवधस्थल छन । सानाठूला गरी राँगाभैँसीका करिब २५० वधस्थल छन् ।

पछिल्लो समय कामपामा मापदण्ड बमोजिम दर्ता नगरी माछामासु व्यवसाय सञ्चालन गर्नेहरूको हाबी रहेको कामपाको वरिष्ठ पशु चिकित्सक डा अवधेश झाले जानकारी दिनुभयो । यसलाई थप व्यवस्थापन गर्नका लागि कामपाले नियमित रूपमा अनुगमन गरिरहेको उहाँको भनाइ छ । माछामासु व्यवसाय गर्नेहरू धेरैलाई यो व्यवसाय कसी गर्ने भन्ने सामान्य ज्ञानसमेत नभएको झाको भनाइ छ ।

बाह्रदेखि २५ घण्टाको यात्रामा उभ्याएर राख्ने, नाकमा डोरीले बाँधिएको, मुखबाट फिँज निस्केको र शरीरभरि काटिएका, डाम भएका अवस्थामा पशु गन्तव्यमा आइपुग्ने जस्ता विषय सामान्य ज्ञान नहुनुको परिणाम हो, झाले भन्नुभयो । रासस

साउनमा शिवजीलाई प्रसन्न पार्न यसरी गर्नुहोस् रुद्राभिषेक
काठमाडौँ । भोलेनाथलाई समर्पित साउन महिनालाई वर्षको सबैभन्दा शुभ महिना मानिन्छ । यसपटक साउन महिना २०२४ जुलाई २२ अर्थात आजबाट सुरु भएको छ ।

सोमबार भगवान शिवको पूजा गर्नका लागि उत्तम दिन मानिन्छ तर साउनमा परेपछि यसको महत्व झनै बढ्छ ।

रुद्राभिषेक कसरी गर्ने ?

रुद्राभिषेक सबैभन्दा पवित्र पूजा अनुष्ठान मध्ये एक हो, जसलाई श्रावण सोमबारको दिन विशेष मानिन्छ, त्यसैले यसको पूजा सामग्री र यसलाई गर्ने नियमहरू जानौं, ताकि तपाईं पुजारी बिना पनि आफ्नो घरमा गर्न सक्नुहुनेछ ।

रुद्राभिषेक सामग्री

दही, घिउ, चिनीको धूलो, गंगाजल, मह र पवित्र जल, कपासको बत्ती, बेलको पात, चन्दनको पेस्ट, धूप, अक्षता र फूल, मिठाई, सेतो कपडा, मौसमी फलफूल, आसन आदि ।

शुद्ध जल – सबैभन्दा पहिले शिवलिंगमा जल चढाउनुहोस् ।

दूध – त्यसपछि दूध चढाउनुहोस् ।

दही – यसपछि शिवलिंगमा दही चढाउनुहोस् ।

चिनी पाउडर–चिनी मिश्रण प्रस्ताव गर्नुहोस् ।

घिउ – शिवलिंगमा घ्यू चढाउनुहोस् ।

मह–मह प्रस्ताव गर्नुहोस् ।

जल–शिवलिंगलाई फेरि शुद्ध पानीले सफा गर्नुहोस् ।

चन्दनको पेस्ट– शिवलिंगमा पहेंलो चन्दन वा सेतो चन्दनको लेप लगाउनुहोस् ।

बेल पत्र – १,३,५,७,९,११,२१,५१ या १०८ बेल पत्र ।

फूलको माला – भगवान शिवलाई सेतो फूलको माला चढाउनुहोस् ।

अक्षता – यसपछि अक्षता ।

दियो – घिउको दियो बाल्नुहोस् ।

धूप – नकारात्मक ऊर्जा हटाउन धूप बाल्नुहोस् ।

मन्त्र जप–भगवान शिवको पञ्चाक्षरी मन्त्रहरू १०८ पटक जप गर्नुहोस् ।

आरती–अन्तमा आरती गरेर पूजाको अन्त्य गर्नुहोस् र पूजामा भएका गल्तीहरूको लागि माफी माग्नुहोस् ।

परोपकार – गरिबहरूलाई खुवाउनुहोस् र आफ्नो क्षमता अनुसार पैसा दान गर्नुहोस् ।

साउन महिनामा नेपाली नारीः मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढ्यो
धनुषा । आज साउन महिनाको पहिलो सोमबार । प्रायः महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ । साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमङ्ग छाएको छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाको रोजाइमा परेको छ ।

पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । ‘क्रेज’ बढ्नुलाई धार्मिक विश्वास तथा फेसनका रूपमा लिन सकिन्छ । विशेषगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन छ । यद्यपि यस महिनाका सबै दिन उत्तिकै महत्वका साथ लिइन्छ ।

जनकपुरधामकी स्थानीयवासी तथा नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सदस्य रिङ्कु गायत्री मिश्र आफूले धार्मिक विश्वासका कारण चुरा लगाएको बताउनुभयो । “साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्छ भन्छन्, मैले पनि लगाएँ”, मिश्रले भन्नुभयो ।

साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले महिनाभरि आफू हरियो चुरा लगाउने मधेस प्रदेश चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डकी सदस्यसमेत रहनुभएकी जनकपुरधामकी पुष्पा यादवको भनाइ छ । यादवले हरियो चुरासँगै मेहन्दीले हात सजाउनुभएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरकी सपना गिरीले साउने सङ्क्रान्तिका दिन परम्परादेखि चलिआएको लुतो फाल्ने चलन विस्तारै हराउँदै गएको तर हरियो चुरा तथा मेहन्दी लगाउनेको सङ्ख्याचाहिँ वर्षैपिच्छे बढ्दै गएको बताउनुभयो । “परिवारमा भएका सदस्यका हत्केला र पाखुरामा मेहन्दी तथा चुरा देखेपछि सबैले रहरले लगाउने गरेका छन्”, उहाँले भन्नुभयो, “घरैभरि सबैले लगाएका छन्, कसैको हात खाली छैन ।”

कतिपयले हरियो चुरा लगाइसकेपछि फुटाउनु हुँदैन भनेर महिनाभर होसियारी अपनाउने गर्दछन् । साउनमा शृङ्गारका सामान अन्य महिनाको तुलनामा निकै बिक्री हुने व्यापारी बताउँछन् ।

साउनको पहिलो दिनदेखि नै बजारमा रहेका शृङ्गार सामानका पसलमा चुरापोते, हरिया, राता, पहेँला वस्त्र खरिदकर्ताका भीड बढेसँगै व्यापार बढिरहेको व्यापारीको भनाइ छ । महेन्द्रनगरस्थित मीना शृङ्गार पसलकी प्रोप्राइटर मीनादेवी साहले मध्य असारदेखि नै हरियो चुराको बिक्री बढेको बताउनुभयो ।

यस महिनाको सोमबार शिवको मन्दिरमा पूजा गर्न जाने महिलाको घुइँचो हुने गर्छ । विशेषगरी विवाहित महिला यसमा सहभागी हुने र व्रत पनि बस्ने गर्छन् । महिलाले पतिको सुख, शान्ति र दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन् ।

जनकपुर उपमहानगरपालिका भानुचोक बस्दै आएकी तुलसा भट्टराईले पनि साउन महिनाको पहिलो दिनदेखि नै हातमा हरियो चुुरा, मेहेन्दी र रातो कुर्था सलवारमा सजिएर हिँड्ने र सोमबार व्र समेत बस्न थालेको बताउनुभयो ।

उहाँका श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा साउदी अरेबियामा हुनुहुन्छ । श्रीमान्को दीर्घायुको कामना गर्दै साउने सोमबारमा व्रत बस्नुभएको हो । उहाँले आफ्नी सानी छोरीलाई समेत हातभरि हरियो रङको चुरा र मेहेन्दी लगाइदिनुभएको छ । साउन महिनामा घरायसी महिलादेखि अफिसमा काम गर्ने र ड्युटीमा खटिएका कतिपय महिला ट्राफिक प्रहरीसमेतले हरियो चुरा लगाएको देखिन्छ । हरियो चुरा, पोते लगाउने शास्त्रीय मान्यता नभए पनि यसको चलन बढ्दो छ ।

हातमा हरियो, रातो र पहेँलो चुरा लगाएर शिवजीको पूजा गर्दा खुसी बढ्ने कतिपय महिला बताउँछन् । महिला आफ्नो श्रीमान्को सुस्वास्थ्यका लागि सोमबारको व्रत बस्ने विश्वास गरिन्छ । यो एउटा आस्था पनि हो । सबै हिन्दू नारीको साउन महिना चाड बन्न पुगेको छ ।

कतिपयले यसलाई अनावश्यक तडकभडकका रूपमा पनि मनाउन थालेका छन् । नेपालमा मात्र नभएर विदेशमा पनि यो चलन फस्टाएको देखिन्छ । हिन्दू धर्म संस्कृति मान्ने महिलामा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको रोजाइमा पर्छ ।

“पहिले गाउँघरमा मेहन्दी पाइँदैन थियो । मेहन्दी लगाउने चलन पनि थिएन । महिलाले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा दल्थे । हिजोआज तिउरेको ठाउँ मेहन्दीले लिएको छ”, बर्दिवासकी महिला अधिकारकर्मी उर्मिला कार्कीले भन्नुभयो ।

साउनमा हरियो चुरारमेहन्दी लगाउँदा आफ्नो घरमा राम्रो हुने तथा सर्पदंशबाट जोगिइने विश्वास छ । तर पछिल्लो समय धार्मिक आस्थाका आधारमा मात्र नभई देखासिकीका रूपमा पनि चुरा÷मेहन्दी लगाइएको कतिपयको बुझाइ छ ।

के छ पौराणिक मान्यता ?

पौराणिक मान्यताअनुसार साउन महिना शिवको महिनाका रूपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर ‘भगवान् शिव’लाई प्राप्त गरेको प्राचीन विश्वासका आधारमा महिलाले यसलाई बढी महत्वका रूपमा लिने गर्छन् । साउनमा हरियो पहिरिँदा शिव खुसी हुने धार्मिक विश्वास छ । हरियो रङ प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक ऊर्जाको वृद्धिको प्रतीक रहेको पनि कतिपयको बुझाइ छ ।

हरियो उपचारको रङ पनि हो जो मुटसँग जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । विवाहित जोडीको सुमधुर सम्बन्धमा पनि शयनकक्षको दक्षिण पूर्वी हिस्सामा हरियो रङ लगाएमा दाम्पत्य जीवन सुखी हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।

यसकारण लगाइन्छ हरियो

शास्त्री नवीन प्रियदर्शीका अनुसार हरियो रङ सौभाग्यको प्रतीक हो । साउन महिना हरियालीको महिना पनि हो र यो महिना प्रकृतिसँग आफूलाई जोड्ने महिना पनि हो । यस महिनामा हरियो रङका कपडा लगाएर प्रकृतिसँग नजिकिने गरिएको हो ।

शास्त्रमा प्रकृतिलाई ईश्वरका रूपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पूजा गरेमा आफू र पतिको आयुसमेत बढ्ने धार्मिक विश्वास छ । संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडी ‘भ्रमर’का अनुसार हरियोलाई प्रेमको, रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ । हरियो रङ बुध ग्रहको समेत प्रतीक रहेको बताइन्छ । बुध ग्रह भविष्य तथा व्यापारसँग जोडिने धार्मिक मान्यता छ । रासस