सरोज खनाल – News Polar

मैले कथा भन्ने कोशिस गरेको हुँः खनाल
काठमाडौँ । चलचित्र र रङ्गमञ्चमा उत्तिकै लोकप्रिय अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रापश्चात् निर्देशक बन्नुभयो । उहाँको पहिलो निर्देशकीय चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ ।

“मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ सङ्ग्रहित कथामध्ये एउटा बगान थियो । त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आम दर्शक र समाजमा यो कथा पु¥याउनुपर्छ भन्ने लाग्यो”, अभिनेता खनालले भन्नुभयो, “यसलाई कथामार्फत नै दर्शकसामु पु¥याउनुपर्छ भन्ने लागेर निर्देशन गरेँ । मलाई छायाङ्कनकै समयमा कसैले निर्देशकभन्दा नि अप्ठ्यारो हुन्थ्यो । मैले सरोज नै भनेर सम्बोधन गरिदिनुस् भनेर भन्थे ।”

आफूलाई कथावाचक भन्न रुचाउने खनालले चलचित्रमा वरिष्ठ कलाकारलाई स्थान दिनुभएको छ । उहाँहरू अभिनयमा पोख्त हुनाका साथै चरित्रअनुसार उपयुक्त हुने भएकाले चलचित्रमा अधिकांश पुराना कलाकारलाई स्थान दिएको खनालले बताउनुभयो ।

“छायाङ्कनका क्रममा कुनै कलाकारलाई पनि अभिनय गरेर बुझाइनँ, भनिनँ । केबल चरित्र र दृश्यलाई सम्झाएँ”, अभिनेता खनालले भन्नुभयो, “नीर राजा (नीर शाह) लाई मैले अलिकति फरक चाहिएको भनेर भूमिका बुझाएँ । उहाँ आफैँले विभिन्न चरित्र देखाएपछि मैले चाहेको यो हो भने, यसरी हामीले छायाङ्कन सकेका थियौँ ।”

सयौँ चलचित्रमा अभिनय गरिसक्नुभएका अभिनेता खनालले चलचित्रमा ‘स्टार’का रुपमा चिनिनुभएका कलाकारभन्दा पनि विषयवस्तु र कथा महत्वपूर्ण हुनुपर्ने बताउनुभयो । एकल महिलाको कथा, समवेदना र शिक्षाको महत्वलाई चलचित्रमा प्रस्तुत गरिएको उहाँको भनाइ छ । आफैँसँग धेरै चलचित्रमा सहकार्य गर्नुभएकी अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको भूमिकामा प्रस्तुत गरिएको उहाँले जानकारी दिनुभयो ।

चलचित्र ‘बगान’ मा निर्देशक खनालसँगै करिश्मा मानन्धर, प्रमिला कार्की, आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मालगायत कलाकारले अभिनय गर्नुभएको छ । कार्कीले यसै चलचित्रबाट अभिनय सुरू गर्नुभएको हो ।

“आफ्नो पात्रलाई जीवन्त बनाउनुभएकी कार्कीको उज्वल भविष्य देखेको छु । म आफ्नो कलाकारिताको अनुभवले पनि उहाँलाई मूल्याङ्कन गर्न सक्छु”, निर्देशक खनालले भन्नुभयो, “उहाँले पात्रलाई न्याय गर्नुभएको छ । यो कलाकारको सकारात्मक पक्ष हो ।”

अभिनेत्री कार्कीले पहिलो चलचित्रमार्फत पाएको प्रतिक्रियाले आगामी दिनमा कलाकारितामा लाग्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मैले पाएको पात्रलाई बाँच्ने कोशिस गरेकी हुँ । आफूभन्दा अग्रज कलाकारसँग काम गर्दाको फाइदा नै उहाँहरूको अनुभवलाई प्रयोग गर्न सकिन्छ । मैले यसलाई अवसरका रूपमा सदुपयोग गरेकी हुँ ।”

स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ संयोजन गर्नुभएको छ । चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।

मलाई निर्देशक बन्ने रहर थिएन: अभिनेता खनाल
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रा पश्चात् निर्देशक बन्दै हुनुहुन्छ । उहाँले सुरुआतमा छोटो चलचित्र निर्देशनको योजना बनाउनुभको थियो । तर पछि खनाललाई विषयवस्तुले ठूलो पर्दाको चलचित्रको निर्देशक बनायो । चाँडै नै उहाँको परिचयमा निर्देशक थपिँदैछ ।

योजना बनाएर चलचित्र निर्देशनको यात्रा प्रारम्भ नगरेको अभिनेता खनाल बताउनुहुन्छ । “मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ सङ्ग्रहित कथामध्ये एउटा बगान थियो । त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आमदर्शक र समाजसम्म पुर्‍याउनुपर्छ भन्ने लाग्यो”, उहाँले भन्नुभयो, “यो कथा ममार्फत नै भन्नुपर्छ भनेर निर्देशन गरे । मलाई छायाङ्कनकै समयमा कसैले निर्देशकभन्दा निकै अप्ठ्यारो हुन्थ्यो ।”

आफूलाई कथा वाचक भन्न रुचाउने अभिनेता खनालले चलचित्रमा आफूभन्दा वरिष्ठ कलाकार नै बढी राख्नुभयो । किनकी उहाँहरू अभिनयमा पोख्त हुनुका साथै चरित्रअनुसार उपयुक्त हुनुहुन्थ्यो । तर, उहाँहरूलाई निर्देशन गर्न अभिनेता खनाललाई सहज भने थिएन ।

“मैले छायाङ्कनका क्रममा कुनै पनि कलाकारलाई अभिनय गरेर केही बताएन । केबल चरित्र र दृश्यलाई सम्झाए”, अभिनेता खनालले भन्नुभयो, “नीर राजा ९नीर शाह० लाई मैले अलिकति फरक चाहिएको भनेर भूमिका बुझाए । उहाँ आफैँले विभिन्न चरित्र देखाएपछि मैले चाहेको यो हो भने, यसरी हामीले छायाङ्कन सकेका थियौँ ।”

सयौँ चलचित्रमा अभिनय गरिसक्नुभएका अभिनेता खनालले चलचित्रमा स्टार कलाकारभन्दा पनि विषयवस्तु महत्वपूर्ण हुनुपर्ने बताउनुभयो । त्यसैले उहाँले एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वलाई चलचित्रमा प्रस्तुत गर्नुभएको छ । आफैँले धेरै चलचित्रमा सहकार्य गर्नुभएको अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको भूमिकामा प्रस्तुत गर्नुभएको छ ।

“अघिल्ला चलचित्रमा अभिनेत्री मानन्धरको सुन्दरतामा धेरै चर्चा गरियो वा केन्द्रित भइयो । यद्यपि यसमा उहाँको सुन्दरता अभिनयमार्फत व्यक्त भएको छ । साथै नयाँ अभिनेत्री प्रमिला कार्कीले पनि आफूलाई अब्बल सावित गर्नुभएको छ”, उहाँले भन्नुभयो । चलचित्रको कथालाई नजिकबाट महसुस गरेको खनालको भनाइ छ ।

चलचित्रमा देखाइएको एकल महिलाले समाजमा गर्नुपरेको सङ्घर्षलाई आफ्नै परिवारमा देखेको खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो मामाकी छोरीको श्रीमान् बित्नुभएपछि एकल महिला बनिन् । त्यसपछि उनको जीवनशैली नै फेरियो । ती बहिनी एक्लो भएको मैले महससु गरेँ”, उहाँले भन्नुभयो, “बाहिरी रमाइलोमा उनको शरीर उपस्थित भए पनि मन खुसी थिएन । केही वर्ष अगाडि उनको पुनस्विवाह भएपछि अहिले उनलाई छुट्टै पाउँछु । ती बहिनी बल्ल जीवन बाँचेकी छिन् ।”

त्यही कथालाई पुस्तकमा पाएपछि खनाल आफैँले निर्देशन गर्ने योजना बनाउनुभयो । आउँदा दिनमासमेत सामाजिक विषयवस्तुलाई ठूलो पर्दामा ल्याउने उहाँको योजना छ । यद्यपि खनालले कलाकारितालाई पनि सँगै अगाडि बढाउने जानकारी दिनुभयो । चलचित्र ‘बगान’ मा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

स्वप्न नीरवको कथामा तयार भएको उक्त चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफ एक्स तथा रेनिश फागोले रङ्ग संयोजन गर्नुभएको छ । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ । रासस

सरकारले रंगमञ्चलाई वास्ता गरेन: अभिनेता खनाल
काठमाडौँ । आज ६२ औं रंगमञ्च दिवस मनाइएको छ ।

सोमवार काठमाडौंमा विभिन्न सांकेतिक कार्यक्रमहरु गरी रंगमञ्च दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले रंगमञ्च दिवस मनाएको ६२ औं वर्ष भएपनि अझै रंगकर्मीहरुले त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दु:खद् रहेको बताउनु भयो । उहाँले अझैसम्म पनि रंगकर्मीहरुले श्रमीकको दर्जा दिइयोस् भनेर राज्यसँग आवाज उठाउनु दु:खद् रहेको बताउनु भयो । अभिनेता खनालले सरकारले रंगकर्मीहरुलाई बेवास्ता गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी ६२ औं रंगमञ्च दिवस मनाइरहेका रहेछौँ तरपनि हाम्रो स्थिति त्रिपालमुनी नै रहेछ, दयनिय नै रहेछ, श्रमीकको दर्जा दिइयोस् भन्ने आवाज ६२ वर्षपछि पनि उठाउनुपर्ने अवस्था रहेछ ।’

कार्यक्रममा अभिनेत्री निशा शर्माले रंगकर्मीहरुका लागि सरकारले आफ्नै एउटा भवन बनाइदिनुपर्ने बताउनु भयो । उहाँले सरकारसँग भवनका लागि बजेट माग गरेको र आगामी आर्थिक वर्षको बजेटमा स्थान दिने कुरा भएको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई आफ्नै एउटा भवन भएको भए झनै राम्रो काम गर्नसक्ने थियौँ । हामीले अन्त गएर हल लिनुपर्ने थिएन, त्यसको लागि माग त गरेका छौँ, बजेटमा राख्न आग्रह गरेको छु । हामीले बजेट आयो भने सानो एउटा हल बनाएर कार्यक्रम गर्ने सोच छ ।’

अभिनेत्री शर्माले रंगकर्मीहरु सबै मिलेर मात्रै रंगमञ्चको विकास र बिस्तार गर्नुपर्ने बताउनु भयो ।