सरसफाइ – News Polar

शनिबार पशुपतिनाथ क्षेत्रमा विशेष सरसफाइ
काठमाडौँ । राष्ट्रदेव भगवान् पशुपतिनाथ मन्दिर क्षेत्रमा भोलिदेखि हरेक शनिबार सरसफाइ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्रालय मातहतका २१ निकायका कर्मचारीले हरेक शनिबार दुई घण्टा पशुतिनाथ क्षेत्रमा सरसफाइ गर्ने तयारी गरेको छ । उक्त सरसफाइ अभियान तीन महिनासम्म सञ्चालन हुने जनाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले मात्रै नियमित सफाइ गर्न नसकेपछि मन्त्रालयको निर्देशनमा हरेक शनिबार दुई घण्टा कर्मचारीले सरसफाइ गर्ने तयारी गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालय र मातहतका २१ वटा निकायका पदाधिकारी र कर्मचारीबाट हरेक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म बृहत् सरसफाइ कार्यक्रम गर्ने निर्णय भएको छ ।

कर्मचारीसहितको उक्त सामूहिक सरसफाइमा पशुपति क्षेत्र विकास कोषले सरसफाइमा प्रयोग हुने सरसामग्री उपलब्ध गराउनुपर्ने मन्त्रालयले निर्देशन दिएको पशुपति क्षेत्र विकास कोषका परिषद् सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिनुभयो । मन्त्रालयले सचिवस्तरीय निर्णयबाट सबै निकायलाई सरसफाइमा सहभागिताका लागि निर्देशनसमेत दिएको बताइएको छ ।

उक्त सरसफाइ अभियानमा हरेक शनिबार बिहान पशुपति सरसफाइमा पर्यटन विभाग, पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालय, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय, भाषा आयोग, प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र सांस्कृतिक संस्थानका पदाधिकारी र कर्मचारी सहभागी हुने बताइएको छ ।

यसैगरी पर्यटन बोर्ड, हनुमानढोका दरबार सङ्ग्राहलय हेरचाह विकास समिति, पाटन दरबार सङ्ग्रहालय हेरचाह विकास समिति, नेपाल पर्यटन तथा होटल व्यवस्थान प्रतिष्ठान, नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति, तारागाउँ विकास समिति, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारी र कर्मचारीसमेत सहभागी हुने भएका छन् । रासस

पाठ्यक्रममै राख्नुपर्छ सरसफाइ
काठमाडौं । “हाम्रै नेपाली जनशक्तिले हो विदेशमा गएर सरसफाइको काम गर्ने । विदेशी घरआँगन र संरचना कति सफा छन् ! त्यहाँ सामग्री छन्, प्रविधि छ र सफाइको काम प्राथमिकतामा छ । तर हाम्रो देशमा त्यस्तो सफा किन हुँदैन ? किन भने यहाँ यिनै वस्तुको खाँचो छ”, सरसफाइ क्षेत्रका अभियन्ता खेम शर्मा भन्नुहुन्छ ।

यही जनशक्तिले विदेशी संरचना टल्काउँछन्, तर हाम्रा संरचना किन सफा हुन सक्दैनन् त ? हाम्रा होटल, अस्पताल, सडक या सम्पदा विदेशीका जस्ता सफा बनाउन किन सकिँदैन रु शर्माको जवाफ छ, “यहाँ तालिमको राम्रो व्यवस्था छैन । स्थान र विषयबमोजिम आवश्यक उपकरण, केमिकल या सामग्री उपलब्ध छैनन् । ती वस्तु त बजारमा उपलब्ध होलान् तर तिनको प्रयोग गर्नसक्ने गरी जनशक्तिलाई तालिम छैन । मुख्य कुरा त यहाँ कामको अनुगमन छैन । त्यसैले हामीले जसरी सफा गर्न या राख्न सक्थ्यौँ त्यो स्वरुपमा गर्न सकिरहेका छैनौँ ।

खेम शर्मा सरसफाइ क्षेत्रका विज्ञ हुनुहुन्छ । उहाँको नेतृत्वमा पाँच वर्षअघि भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइ नेपालको सफाइ क्षेत्रकै एक नमूना भएर रहेको छ । सो विमानस्थलको सफाइको गुणस्तर कायम राख्ने प्रयास त्यसयता सरकारले जारी राखेको भएपनि सोही रुपमा भने पछिल्लो समयमा सम्भव भएको देखिँदैन । अष्ट्रेलियामा सफाइसम्बन्धी कम्पनी स्थापना गरी यस क्षेत्रमा विज्ञता हासिल गरेका शर्मा विगतका केही वर्षदेखि नेपालको सफाई क्षेत्रमा संलग्न रही आउनुभएको छ ।

“त्यतिबेला गैरआवासीय नेपाली सङ्घको आह्वान र आग्रहमा मैले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा सफाइको एउटा नमूना पेश गरको थिएँ । मलाई लाग्छ, त्यस समयको हाम्रो कामलाई राम्रो नठान्ने कोही थिएन । मैले पनि कामको जीवनमै नसोचेको प्रशंसा पाएँ । विमानस्थलजस्तो मुलुकको मुहार झल्किने स्थानमा भएको त्यो नमूना कामपछि के नेपाल नै यस्तो सफा गर्न सकिँदैन होला त भन्ने अनेकन जिज्ञासा उब्जिए । सामाजिक सञ्जालमा हजारौँ मानिसका यस्ता प्रतिक्रिया आए । मैले सोचेँ मप्रति धेरैको अपेक्षा रह्यो । त्यसैले अहिले पूरै नभए पनि धेरै नेपालमै समय दिएको छु” शर्मा भन्नुहुन्छ ।

पहिले नेपालमा स्वयंसेवीरुपमा सुरु गरेको यो सफाइको कामलाई उहाँले अहिले खेम्स क्वालिटीमार्फत् व्यवसायीकरण गर्नुभएको छ । विमानस्थलपछि पशुपति क्षेत्र, नागरिक उड्डयन प्राधिकरण, धुलिखेल अस्पताल, धनगढी विमानस्थल तथा धनगढी महानगरपालिकालगायतका स्थान र संरचनाको उहाँले सफाइ गर्नुका साथै त्यहाँका सफाई कर्मचारीलाई तालिम दिनुभएको छ । नेपालका सबै विमानस्थललाई गुणस्तरीय सफाइ गर्नुपर्छ भनी उहाँले ती विमानस्थलहरुको सफाइ ‘अडिट’ पनि गरिरहनुभएको छ ।

उहाँको नेतृत्वमा अहिले सफाइका कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरका उपकरण एवं प्रविधिको प्रयोग गरेर अन्तर्राष्ट्रियस्तरकै सफाइ तालिम दिने गरिएको छ । उहाँसँग यस्तो तालिमका लागि आवश्यकता अनुसारका जनशक्ति छन् । उहाँ अस्पताल सफाइका लागि तालिम दिने चिकित्सक नै रहेको बताउनुहुन्छ ।

उहाँले हालैमात्र वीर, कान्ति बाल, ट्रमा र थापाथली प्रसूति अस्पतालको सरसफाइसम्बन्धी अनुगमन गरेर सरकारलाई रिपोर्ट बुझाउनुभएको र केही समयपछि ती अस्पतालका जनशक्तिलाई पनि तालिमको तयारी गरिएको बताउनुभयो । उहाँलाई केही समयअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सरसफाइको गुणस्तरलाई कायम राख्नका लागि अनुगमन गरी सफाइका कर्मचारीलाई तालिमका लागि अनुरोध गरेको थियो । अहिले पनि उहाँलाई स्वास्थ्य मन्त्रालयले अस्पतालका साथै अन्य मन्त्रालयले कार्यालय तथा विभिन्न संरचनाको सफाइका लागि आग्रह गरेका उहाँले बताउनुभयो ।

सफाइ क्षेत्रमा काम गर्ने कर्मचारी आफ्ना अभिभावक ठान्छन् उहाँलाई । शर्मा काम गर्दा होस् या तालिमका समयमा, मजदुरसँगै बसेर काम गर्नुहुन्छ । सफाइको काम जसरी समाजले अहिले तल्लोस्तरका मानिसले गर्ने काम भनेर तुलना गरेको छ, त्यस्तो होइन भन्ने कुराको सन्देश र प्रेरणा दिनुपर्ने उहाँ ठान्नुहुन्छ । त्यसैले उहाँले तालिम दिएका सबैजसो कार्यालय तथा स्थानका सफाइ कर्मचारीले सफा गर्न मात्र सिकेको नभई आफूले गरेको पेसालाई समाजले जसरी लिएको छ त्यस्तो नभएर कामको सम्मान गर्नुपर्ने पेसाका रुपमा बुझ्न सकेको बताउने गर्दछन् ।

“पहिले पहिले सरसफाइ कुनै काम नै होइनजस्तो लाग्थ्यो । घर होस् या कार्यालयको, त्यति प्राथमिकतामा पर्दैनथ्यो । अड्डामा कुनै एकदुई जना कार्यालय सहयोगीले सफाइ गर्थे भने घरमा यसको खास जिम्मेवारीमा कोही हुँदैनथ्यो । तर अहिले यो सोचमा परिवर्तन हुदैछ । अहिले मानिस पहिलो प्राथमिकता सफाइ हो भन्ने सोच्न थालेका छन् । हालैमात्र धनगढी उपमहानगरपालिकाका अध्यक्ष गोपी हमालले मिडियाबाटै हाम्रो कामबारे थाहा पाएर बोलाएको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “हामी त्यहाँ गयौँ र धनगढी उपमहानगरपालिकाका सफाइकर्मीलाई तालिम दिएर आयौँ ।”

सिटीइभिटीमा अरु धेरै विषयका पाठ्यक्रम र तालिम दिने व्यवस्था भए पनि सरसफाइसम्बन्धी नभएकाले उहाँको ‘टिम’ले यससम्बन्धी एक व्यावसायिक पाठ्यक्रम बनाएर सिटीइभिटीलाई दिएको छ । सरसफाइलाई अन्य व्यावसायिक ‘कोर्ष’ जस्तै पाठ्यक्रममा राखेर पठनपाठन गराउनुपर्ने उहाँको सुझाव छ । त्यसो भयोभने यस क्षेत्रमा विकसित पछिल्लो प्रविधि भित्र्याउन, यसका सीपहरुको व्यवसायिक विकास गर्न र सफाइको कामलाई पनि प्राथमिकतामा राख्न सजिलो हुने उहाँको भनाइ छ । उहाँले अहिले पछिल्लो छ महिनामा नेपाल फर्किएपछि विभिन्न स्थानका गरी पाँच सय सफाइकर्मीलाई तालिम दिनुभएको छ ।

यो तालिमले के फरक पारेको छ ? उहाँ भन्नुहुन्छ, “जनशक्ति दक्ष बन्यो । उनीहरुलाई औजार तथा विश्वमा विकसित पछिल्लो प्रविधि कसरी चलाउने र केमिकलको प्रयोग कसरी गर्ने भन्ने ज्ञान पनि भयो । आफ्नो क्षेत्रमा आफूले गरेका कामका लागि यसका जनशक्तिलाई थप आत्मबल बढायो । उनीहरु विदेश नै जानुपर्दा पनि हातमा सीप लिएर जाने भए र जसका कारण कमाइ पनि बढी गर्ने भए । यस्ता अरु पनि धेरै फाइदा छन् हामीले व्यवसायिक रुपमा यसको विकास गर्न सक्यौँ भने ।”

शर्मा कुनै बाह्य वस्तुको सफाइ गर्नुअघि सफाइको काम लगाउने र गर्ने मानिसका मनको विकार सफा गर्नुपर्ने सुझाव दिनुहुन्छ । एकातिर काम लगाउनेले सफाइको कामलाई काम ठानेको छैन भने अर्कातर्फ काम गर्नेहरुको मनमा पनि समाजले आफूलाई हेय भावले हेर्छ भन्ने बसेको छ भन्नुहुन्छ उहाँ । यी दुवै मानसिकतामा परिवर्तन गरी यहाँ पनि सफाई क्षेत्रमा विकास भएका पछिल्ला औजार, प्रविधि र सामग्रीको प्रयोग गर्न सकिएमा यही जनशक्तिले विदेशजस्तै नेपाललाई टल्काउन सक्छ भन्नहुन्छ उहाँ ।

अहिले जसरी आफूलाई सफाइकर्मीले आफ्ना अभिभावकका रुपमा लिएर प्रेरणा पाएका छन्, यसलाई थप केही वर्ष निरन्तरता दिन सुझाउनुहुन्छ उहाँ । पहिले आफ्नो मन र घर सफा भएपछि मात्र समाज र देश सफा हुने भएकाले सफाइ अभियान सबैभन्दा पहिला हरेक व्यक्तिले आफूबाट थाल्नुपर्ने उहाँको सुझाव छ ।

‘सरसफाइ मजदुरलाई तालिमको व्यवस्था गर्नुस्’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रालयअन्तर्गत निकाय तथा विभागमा कार्यरत सरसफाइ मजदुरलाई तालिमको व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

सफाइ अभियन्ता खेम शर्माले मन्त्रालयको निर्देशनमा मन्त्रालय मातहतका सात स्थानमा गरेको सरसफाइ अवस्थाको अध्ययन प्रतिवेदन आज बुझ्नु हुँदै मन्त्री आलेले उक्त निर्देशन दिनुभएको हो । अभियन्ता शर्माले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत सांस्कृतिक, पर्यटकीय तथा व्यावसायिक महत्वका स्थानको एक हप्ता लगाएर सरसफाइ अवस्थाको अनुगमन गर्नुभएको थियो ।

मन्त्री आलेले आफ्नो मन्त्रालयअन्तर्गत विभाग तथा निकायमा कार्यरत सरसफाइ कर्मचारीलाई तत्काल तालिमको व्यवस्था गर्न सम्बन्धित निकायका प्रमुखलाई आज निर्देशन दिनुभएको हो । मन्त्री आलेले सम्बन्धित निकायले तत्काल सफाइ मजदुरलाई आफ्नो पेशाप्रति गौरव हुने र सीपयुक्त बन्ने गरी तालिमको व्यवस्था गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “सरसफाइ स्वास्थ्यका लागि नभइ नहुने सीप हो, मन्त्रालय मातहतका विभाग तथा कार्यालय टिलिक्क टल्किनुपर्छ र सफा सुग्घर राख्नुपर्छ ।” अनुगमन प्रतिवेदनको निष्कर्षमा प्रतिवेदक शर्माले सफाइ मजदुरमा तालिमको व्यवस्था हुनुपर्ने, सरसफाइका उपयुक्त सरसामान तथा रसायनको प्रयोग हुनुपर्ने तथा प्रभावकारी अनुगमन हुनुपर्ने जानकारी दिनुभयो ।

पहिलो चरणमा पर्यटकको बाक्लो आगमन हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सफाइ मजदुरलाई तालिम दिन र त्यहाँको कामको प्रभावकारी अनुगमन गर्न पनि मन्त्री आलेले निर्देशन दिनुभयो । मन्त्री आलेलाई प्रतिवेदन हस्तान्तरण गर्दै सरसफाइ अभियन्ता शर्माले नेपालका सरसफाइ मजदुरलाई पेशागत प्रशिक्षण दिने मन्त्री आलेको निर्देशनबाट आफू निकै खुशी भएको बताउनुभयो ।

सरसफाइ पेशालाई सम्मानित र गौरवयुक्त बनाउन तथा मन्त्रालयअन्तर्गत कार्यालयको सरसफाइको अवस्थामा आमूल परिवर्तन गर्न मन्त्रीले निर्देशन एतिहासिक हुने मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीलगायत सिङ्गो मन्त्रालय परिवार र निकायका प्रमुख सरसफाइप्रति गम्भीर हुनुभएको छ, मन्त्रालय मातहतका सबै निकाय, कार्यालय तथा विभाग सफा र सुग्घर हुने छन् ।”

अस्पतालमा सरसफाइ र रैथाने खानाको चर्चा
काभ्रे । सफा ठाउँ र रैथाने खानाले कसलाई आकर्षित गर्दैन र ? मानव स्वास्थ्यलाई हित गर्ने पनि उ बस्ने सफा ठाउँ र रैथाने या मीठो खाना नै हुन् ।

धुलिखेल अस्पतालमा बुधबार यिनै विषयमा चर्चा भयो । आमन्त्रित अतिथि हुनुहुन्थ्यो सफाइ अभियन्ता खेम शर्मा र मास्टर सेफ सन्तोष साह । यो वर्ष आफ्नो स्थापनाको पच्चीसौँ वर्ष मनाइरहेको धुलिखेल अस्पतालले बुधबार बिहान सफाइ र नेपाली खाना क्षेत्रका जानकार यी दुई युवालाई आमन्त्रण गरेको थियो ।

अस्पतालसँग मिल्दो सरसफाइ र खानाका विषयमा अन्तक्र्रियाका लागि उहाँहरु सो अस्पतालबाट आमन्त्रित हुनुहुन्थ्यो । मानिसको स्वास्थ्यमा सबैभन्दा बढी प्रभावित पार्ने सरसफाइ र खाना नै हो भन्ने निष्कर्ष थियो, सो कार्यक्रमको । अन्तक्र्रियामा शर्मा र साहले यसका रहस्यहरुबारे सहभागीसँग आफ्ना अनुभव बाँढ्नुभएको थियो ।

अस्पतालका प्रमुख डा रामकण्ठ माकजु बैठक कक्षमा प्रवेश गरेपछि अघिल्लो २४ घन्टामा गरिएका र आगामी २४ घन्टामा गर्नुपर्ने कामबारे ‘ब्रिफिङ’ सुरु भयो । अस्पतालका विभागीय प्रमुखहरुले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ प्रस्तुत गरिरहँदा निकै ध्यान दिएर सुनिरहनुभएको थियो सफाइ अभियन्ता शर्माले । अस्पतालका काममा सरसफाइले के कतिको महत्व पाएको छ र त्यसको रिपोर्टिङ कसरी हुन्छ भन्ने नै उहाँको चासो थियो । पछि उहाँले खुसी व्यक्त गर्दै भन्नुभयो, “सफाइका कुरा आए, अस्पताल प्रमुखले यसमा ध्यान दिएको सुन्दा राम्रो लाग्यो ।”

डा माकजुले आफ्नो नियमित ‘ब्रिफिङ मिटिङ’मा नै उहाँहरुलाई राख्नुभएको थियो । देश यतिखेर निर्वाचनको माहोलमा रहेका बेला यस अस्पतालले आफ्नो विषयसँग सम्बन्धित सरसफाइ र रैथाने खानाका बारेमा आफ्ना कर्मचारीसँग अन्तक्र्रिया गराएको थियो । त्यस क्रममा खेम शर्माले सरसफाइको महत्वबारे आफ्नो प्रस्तुति दिँदै अस्पताललाई कसरी सफा राख्ने भन्ने सीप सिकाउनुभएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफा गरेर एक मापदण्ड प्रस्तुत गरेका खेम शर्माले वीर अस्पताल, पशुपतिनाथ हँुदै नेपालका विभिन्न स्थानमा सफाइ अभियान सञ्चालन गर्नुभएको थियो । उहाँले अहिले नेपालका सार्वजनिकस्थल, विमानस्थल, अस्पताल, निःशुल्क शौचालय, मन्दिर परिसर तथा पर्यटकीय महत्वका स्थलका बाटिका तथा विश्रामस्थलको सरसफाइको अवस्था र व्यवस्थाको अनुगमन गरिरहेको बताउनुहुन्छ ।

सफाइ मजदुरका रुपमा विदेशबाट सुरु भएको आफ्नो कथा सुनाउँदै नेपालमा व्यावसायिकरुपमा सरसफाइ कसरी गर्न सकिन्छ भन्ने आफ्नो अनुभव र सीप उहाँले त्यहाँ प्रस्तुत गर्नुभयो । उहाँले भौतिक संरचना पुराना बन्न सक्छन् तर तिनलाई जस्ताको त्यस्तै बनाइराख्न सफा गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले अस्पतालका सफाइ मजदुरलाई आफ्नो सीप र अनुभव पनि बाँड्नुभयो तर, उता सेफ सन्तोष साहले भने भौतिक संरचनाको नभएर सबैभन्दा पहिले मानिसले आफ्ना मस्तिष्कको सफाइ आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । आफ्ना सङ्घर्षका कथा सुनाउँदै उहाँले नेपाली खानालाई कसरी अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सकिन्छ भन्ने आफ्नो धारणा राख्नुभयो ।

साहले मानव स्वास्थ्यमा नेपाली र रैथाने खानाको महत्वको बारेमा चर्चा गर्दै नेपाली रैथाने खानाको पाककला पनि प्रस्तुत गर्नुभयो । उहाँ अहिले नेपाली रैथाने खाना चाख्दै, बनाउन सिक्दै र आफ्नो सीप पनि थप्दै नयाँ–नयाँ परिकार सिर्जना पनि गरिरहनुभएको छ ।

उक्त अन्तक्र्रियामा चलेको सरसफाइको बहसपछि डा माकजुले आफू पनि सरसफाइकर्मी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सफाइकर्मीको कामलाई हेर्ने दृष्टिमा फरक आवश्यक छ, म पनि सफाइकर्मी हुँ र मजस्तै सबै स्वास्थ्यकर्मी सफाईकर्मी हुन् । हामी वर्षौंदेखि मानिसको शरीरभित्रका फोहोरमैला सफा गरिरहेका छौँ, सबैभन्दा ठूला सरसफाइकर्मी त हामी पो हौँ ।”

आतिथ्यता (हस्पिटालिटी) विषयमा नेपालमा अध्यापन गराइरहनुभएका खेम लकाइ, पाक शिक्षासम्बन्धी पुस्तकका लेखक डा सुमन ताम्राकार र वरिष्ठ पत्रकार मनऋषि धितालले नेपालका अस्पताल तथा अन्य सेवा कार्यालयमा यस्ता विषयमा अन्तक्र्रिया र चर्चा गर्नु निकै सान्दर्भिक हुने सुझाव दिनुभयो ।

अन्तक्र्रियापछि शर्माले अस्पतालका सफाइ मजदुर र साहले उक्त अस्पतालको क्यान्टिनका सेफसँग उहाँहरुको सीप वृद्धिका लागि दिनुभएको व्यावहारिक ज्ञान महत्वपूर्ण रहेको प्रतिक्रिया सहभागीले जनाएका थिए । रासस