सट्टेबाज पक्राउ – News Polar

‘वान एक्स बेट’मार्फत बाह्र जनाको नामबाट ६३ वटा खाता खोलेर अवैध कारोबार गर्ने पक्राउ
काठमाडौँ । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले रू ६४ करोडको अवैध कारोबार गरेको फेला परेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टकोरुपमा सक्रिय भएको पाइएको हो ।

सट्टेबाजको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेटिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीसहित सट्टेबाजीको एजेन्टकारुपमा सक्रिय रहेका अन्य चार जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । पक्राउपर्नेमा निज खड्का, अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने छन् ।

उनीहरुले सट्टेबाजमा रू ७४ करोड १३ लाख कारोबार गरेको पाइएको छ । आशिषले रू तीन करोड कारोबार गरेको फेला परेको छ भने दिपेशले रू पाँच करोड ५४ लाख कारोबार गरेको फेला परेको प्रहरी उपरीक्षक डा केसीले बताउनुभयो । उहाँका अनुसार आशिषको साथबाट प्रहरीले रू ३७ लाख बरामद गरेको छ । उनीहरुको साथबाट ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

कार्यालयले बरामद सामग्रीसहित उनीहरुलाई आज सार्वजनिक गरेको हो । उनीहरुले क्रिप्टो करेन्सीको कारोबार गरेको प्रमाणसमेत फेला परेकाले राष्ट्र बैंक ऐन र जुवा ऐनबमोजिम मुद्दा अघि बढाउने तयारी गरेको प्रहरीले जनाएको छ । रासस

त्रिवि क्रिकेट मैदानबाटै सट्टेबाज पक्राउ
काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको तेस्रो एक दिवसीय क्रिकेट खेलका क्रममा त्रिवि क्रिकेट मैदानबाटै केही सट्टेबाज पक्राउ परेका छन् ।

खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो विषयमा प्रहरीले अनुसन्धानसमेत गरिरहेको बताइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार क्रिक इन्फो र टेलिभिजन प्रत्यक्ष प्रसारणमा कम्तिमा पनि तीन सेकेण्ड ढिलो हुँदा त्यसको फाइदा लिन मैदानमै बसेर बल टु बल एपको माध्यमबाट सट्टेबाजी गरेको हुनसक्छ ।

प्रहरीले पक्राउ पर्ने धेरै रहेको र उनीहरुको संलग्नताबारे अनुसन्धान गरेर निर्दोष देखिएकालाई छोडिने बताएको छ । प्रहरीले पक्राउ पर्नेको साथबाट मोबाइल फोन र नगद बरामद गरेको बताइएको छ । प्रहरीले पहिलो एक दिवसीय खेलबाटै उनीहरुमाथि शंका गरेको थियो ।