सञ्जिव शर्मा – News Polar

नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा
काठमाडौँ । अष्ट्रेलियामा रहेका नेपालीहरुका विविध संस्था तथा कार्यहरुमा प्रत्यक्ष संलग्न रही समाजसेवा तथा व्यवसाय गर्दै आएका सञ्जिव शर्मा अष्ट्रेलियाको न्यू साउथ वेल्स स्टेटका लागि अवैतनिक वाणिज्यदूतमा नियुक्त भएका छन् ।

उनलाई नेपाल सरकार मन्त्रिपरिषदले हालैमात्र नियुक्त गरेको हो । उनले अष्ट्रेलियाका विभिन्न विश्वविद्यालबाट माइग्रेसन ल, बिजनेस अकाउन्टिङ एण्ड फाइनान्स आदिमा उच्च शिक्षा हासिल गरेका छन् । हाल उनले अष्ट्रेलियाको युनिभर्सिटी अफ साउथर्न क्विन्सल्याण्डबाट विद्यावारिधी (पिएचडी) गरिरहेका उनी एकजना शिक्षासेवी पनि हुन् ।

सञ्जिव शर्मा विगत करिब २७ बर्षदेखि अष्ट्रेलियामा अध्ययन तथा व्यवसायमा रहँदै आएका छन् । उनले आफ्नो अध्ययनका अतिरिक्त सुरुदेखि नै नेपाली समुदायका हितमा काम गर्दै आएका छन् । अष्ट्रेलियाका एक व्यवसायी तथा समाजसेवीका रुपमा पहिचान बनाएका शर्माले त्यहाँ रहँदा नेपाल फेस्टिभलमार्फत् नेपाली कला र संस्कृतिलाई अष्ट्रेलियामा प्रवद्र्धनका गर्नुका साथै विभिन्न त्यहाँ रहेको नेपाली डायस्फोरालाई आइपरेका समस्या समाधान गर्न र उनीहरुलाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्ने माध्यमका रुपमा उनले काम गर्दै पनि आएका छन् ।

अष्ट्रेलियाको नेपाली समुदायमा रहेर काम गर्दै आएका सञ्जिव शर्माले दुई देशबीचको सम्बन्ध सुधारका क्षेत्रमा उल्लेख्य भूमिका पनि निर्वाह गरिरहेका छन् । अष्ट्रेलियामा रहेको नेपाली तथा अष्ट्रेलियन समुदायमा नेपालमा लगानी गर्नका लागि उत्प्रेरित गर्नुका साथै नेपालको पर्यटन प्रवर्धन र प्रविधि हस्तान्तरण (टेक्नोलोजी ट्रान्सफर) का क्षेत्रमा उनी निकै सक्रिय रहेको त्यहाँ रहेका नेपाली समुदाय बताउँछन् ।

अष्ट्रेलियामा रहेर उनले नेपालको पर्यटन, जलविद्युत पूर्वाधार निर्माणका क्षेत्रमा लगानीका लागि वकालत पनि गर्दै आएका छन् । उच्च शिक्षादेखि हाल विद्यावारिधी (अध्ययनरत) सम्मको शिक्षा अष्ट्रेलियामा नै लिएका उनले नेपालमा पनि शिक्षाका क्षेत्रमा काम गरिरहेका छन् ।

उनी खासगरी शिक्षाका क्षेत्रबाट नेपाल अष्ट्रेलिया सम्बन्धको विकास र विस्तारका क्षेत्रमा काम गर्न थालेका हुन् । उनले नेपालको बुटबलमा एचिभर्स् कलेज, चितवनमा न्यु क्यापिटल कलेजका साथै स्वास्थ्य क्षेत्रका आयोजना जस्तै बुटबलकै मेडिटेक र दाङको देउखुरीमा रहेको देउखुरी सामुदायिक अस्पतालमा पनि लगानी गरेका छन् ।

शिक्षा र स्वास्थ्यका अतिरिक्त उनको अगुवाइमा पछिल्लो समयमा नेपालमा पर्यटन र हस्पिटालिटी क्षेत्रमा उल्लेखनीय लगानी सुरु हुन लागेको छ । जस्तो कि नेपालमा केही समय अघि सम्पन्न लगानी सम्मेलनका क्रममा उनको कम्पनी रारा होल्डिङ्सले मुगु जिल्लाको रारा ताल क्षेत्रमा एक चार तारे रिसोर्ट सञ्चालनको लागि सम्झौता नै गरेको थियो । योसँगै सञ्जिव शर्माको यही समूहले नै बुटबलमा पनि सोही स्तरको रिसोर्ट सञ्चालनको प्रस्ताव गरिरहेको छ ।

अष्ट्रेलियामा रहेको नेपाली समुदायबीच समाजसेवी, नेपाली शिक्षा सेवी र उद्यमीको पहिचान बनाउन सफल उनले द एक्सपर्ट फाउन्डेसनको स्थापना गरी नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् । कोरोना महामारीका समयमा सोही फाउन्डेसनमार्फत् उनले अष्ट्रेलियामा समस्यामा परेका नेपाली विद्यार्थीहरुलाई २ लाख ३० हजार अष्ट्रेलियन डलर बारबरको आर्थिक तथा विविध लजिस्टिक सहयोग गरेका थिए ।

त्यसैगरी नेपालमा विसं २०७२ मा आएको महाभूकम्पका समयमा पनि सोही फाउन्डेसनमार्फत् नेपालमा सहयोग गरिएको थियो । सञ्जिव शर्माको अगुवाइमा सोही फाउन्डेसनले नेपालका विभिन्न स्थानमा आर्थिक तथा खाद्यान्न राहात, उद्धारमा सहयोगका साथै भूकम्पबाट अति प्रभावित जिल्ला सिन्धुपाल्चोकमा एक विद्यालय भवन निर्माण गरिएको थियो ।

त्यसैगरी नेपालका बारा, बिर्तामोड, इटहरी चितवन, दाङ, नेपालगञ्ज लगायतका जिल्ला तथा स्थानमा आएको बाढीबाट प्रभावित भएकाहरुका लागि पनि सो फाउन्डेसनमार्फत् राहात उपलब्ध गराइएको थियो । गैरआवासीय नेपालीहरुको सोसियल वेलफर फण्डका लागि पनि सो फाउन्डेसनले सहयोग गरेको थियो ।

अष्ट्रेलियामा समय समयमा आयोजना गरिने नेपाल फेस्टिभलमार्फत नेपाली कला र संस्कृतिलाई नेपालबाहिर चिनाउने, नेपालीपनको विकास र विस्तार गर्ने तथा अष्ट्रेलियामा ठूलो संख्यामा रहेका नेपाली डायस्फोराका सन्ततिहरुलाई नेपाली संस्कृति र परम्पराका बारेमा जानकारी गराउने काममा उनी सक्रिय रुपमा लाग्दै आएका छन् ।

यस फेस्टिभलमार्फत् नेपाल बाहिर नेपाली नयाँ पुस्ताका सन्ततिहरुमा नेपाल र नेपालीपनको पहिचान र विस्तार हुनुका साथै नेपाली संस्कारको अष्ट्रेलियामा पनि प्रचार गर्न सहयोग पुगेको छ । यसबाट नेपालीहरुकाबीचमा निकटता र सद्भावको भावना जागृत गराउन पनि सहयोग पुग्दै आएको अष्ट्रेलियामा रहेका नेपाली डायस्फोरा बताउँछन् ।

उनी सो स्टेटको अवैतनिक वाणिज्यदूत नियुक्त भएपछि दुई देशका बीचको सम्बन्ध विस्तारका साथै जनस्तरमा समेत त्यसलाई स्थापित गराउनका लागि आगामी दिनमा काम गर्ने उनले बताए । नेपाल सरकारले आफूलाई सो पदका लागि योग्य देखेर नियुक्त गरेकामा सरकारलाई धन्यवाद ज्ञापन गर्दै उनले भने “म सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु ।

मैले हिजोका दिनमा पनि अष्ट्रेलियामा रहेका नेपाली डायस्फोराका बीचमा रहेर उनीहरुकै साथ र सहगोगमा उनीहरुका लागि र आफ्नो जन्मभूमि नेपालका लागि काम गर्दै आएकै हो र आगामी दिनमा पनि यसलाई थप सशक्त बनाउने छु । अब म अष्ट्रेलियामा नेपाल सरकारको वैधानिक प्रतिनिधिका रुपमा नियुक्त भएकाले दुई देशबीचको सम्बन्ध विस्तारका क्षेत्रमा थप लाग्नेछु ।”

आफ्नो नियुक्तिबाट अष्ट्रेलियाको नेपाली समुदाय निकै खुसी भएकाले आगामी दिनमा पनि आफूले उनीहरुको साथ र सहयोगबाट उनीहरुकै लागि तथा यहाँ रहेर आफ्नो जन्मभूमि नेपालका लागि काम गर्ने शर्माले बताए ।

नेपाल अधिक सम्भावनाले भरिपूर्ण रहेको देश भए पनि ती सम्भावनाहरुको पहिचान गरी आवश्यक लगानी गर्न नसक्दा उचित प्रतिफलबाट लगानीकर्ता तथा नेपाल स्वयं वञ्चित रहेकाले आगामी दिनमा नेपालमा अष्ट्रेलियाको लगानी भित्र्याउने काममा आफू लागिपर्ने प्रतिबद्धता पनि शर्माले व्यक्त गरे ।

शर्माले बिशेषगरी यहाँका दोस्रो पुस्ताका नेपालीहरुलाई नेपालसँग जोड्ने बिभिन्न कार्यक्रमहरु आफ्नो प्राथमिकतामा पर्ने जानकारी गराए ।

उनले भने “विभिन्न साँस्कृतिक, सामाजिक एवम् खेलकुदसम्बन्धी गतिबिधिहरुमार्फत नेपालमा लगानी भित्र्याउन सहयोग पुग्ने कार्यक्रमहरुमा नेपाली दूतावास र अन्य वाणिज्यदूतहरुसँग सहकार्य गर्ने चाहना छ ।”