शुक्लाफाँटा नगरपालिका – News Polar

सीपमार्फत विपन्नलाई उद्यमसँग जोड्दै शुक्लाफाँटा नगरपालिका
कञ्चनपुर। स्थानीय साधनस्रोतको उपयोग गर्दै न्यून आय भएका समुदायलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाले ‘एक वडा-एक उद्यम’ कार्यक्रम सञ्चालन गरेको छ ।

नगरले परम्परागत सीपलाई आधुनिक बजारको मागसँग जोड्दै आयआर्जन र रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कार्यक्रम अगाडि बढाएको हो ।

नगरपालिकाको उद्यम विकास शाखामार्फत प्रत्येक वडामा सीपमूलक तालिम सञ्चालन गर्न रु दुई लाखका दरले बजेट विनियोजन गरी दक्ष प्रशिक्षकबाट तालिम प्रदान गरिएको उद्यम शाखाका प्रमुख धनबहादुर चौधरीले बताउनुभयो ।

उहाँका अनुसार वडा नं १ मा बेसार प्रशोधन, वडा नं २ मा दुनाटपरी निर्माण, वडा नं ३ मा सिन्की तथा अचार उत्पादन, वडा नं ४ मा लोपोन्मुख समुदायका परम्परागत पोशाक निर्माण, वडा नं ५ मा सिमेन्ट टायल उत्पादन, वडा नं ६ मा दुनाटपरी निर्माण, वडा नं ८ मा काष्ठकला, वडा नं ९ मा गड्यौँला मल उत्पादन, वडा नं १० मा गुन्द्री बुन्ने तथा वडा नं ११ मा दुनाटपरी निर्माणसम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

वडा कार्यालयले स्थानीय आवश्यकता र सम्भावनाका आधारमा कार्यक्रम छनोट गरी प्रस्ताव गरेपछि सोहीअनुसार तालिम सञ्चालन गरिएको शाखाका प्रमुख चौधरीले जानकारी दिनुभयो । तालिम प्राप्त सहभागीलाई सङ्गठित गरी घरेलु तथा लघुउद्यम स्थापना गर्ने योजनासहित नगरपालिका अघि बढेको उहाँको भनाइ छ ।

उद्योग तथा व्यवसाय सञ्चालन गर्न इच्छुक व्यक्तिलाई आवश्यक प्राविधिक सहयोगसँगै औजार तथा उपकरणसमेत अनुदानमा उपलब्ध गराउने तयारी गरिएको चौधरीले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको सहभागिता रहेको छ । नगरपालिकाका अनुसार हालसम्म विभिन्न तालिममार्फत १२० जना प्रत्यक्ष लाभान्वित भएका छन् ।

नगरपालिकाले स्थानीयस्तरमा उपलब्ध स्रोत, सीप र कच्चा पदार्थलाई उत्पादनसँग जोडेर रोजगारी सिर्जना गर्ने तथा वैदेशिक रोजगारको विकल्पका रूपमा स्वरोजगार प्रवद्र्धन गर्ने लक्ष्य लिएको जनाएको छ ।

स्थानीय तहले सञ्चालन गरेको यस कार्यक्रमले परम्परागत सीपको संरक्षणसँगै आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस

शुक्लाफाँटा नगरपालिकाद्वारा निःशुल्क शव चिस्यान सेवा सञ्चालन
कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरवासीका लागि निःशुल्क शव चिस्यान (डेथ बडी फ्रिजर) सेवा सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले ठेक्का प्रक्रियामार्फत रु तीन लाख लागतमा आवश्यक उपकरण खरिद गरी यो मानवीय सेवा सुरु गरेको हो ।

नगर कार्यपालिकाको हिउँदे अधिवेशनले गरेको निर्णयबमोजिम ठेक्का प्रकृयामार्फत उपकरण खरिद गरिएकोे नगरपालिकाको पूर्वाधार शाखाका प्रमुख दीपक धामीले जानकारी दिनुभयो ।

“वैदेशिक रोजगारी वा देशका विभिन्न दुर्गम क्षेत्रमा रहेका परिवारका सदस्य समयमै घर फर्किएर आफ्ना दिवङ्गत आफन्तको अन्तिम अनुहार हेर्न सकून् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो,” शाखा प्रमुख धामीले भन्नुभयो, “यो चिस्यान यन्त्रको सहयोगले शवलाई चारदेखि पाँच दिनसम्म सुरक्षित रूपमा राख्न सकिन्छ ।”

उहाँका अनुसार पछिल्लो समय युवा वैदेशिक रोजगारी तथा अध्ययनका सिलसिलामा घरबाहिर रहने क्रम बढ्दो छ । यस्तो अवस्थामा परिवारका सदस्यको आकस्मिक निधन हुँदा आफन्त आइपुग्नुअघि नै अन्त्येष्टि गर्नुपर्ने बाध्यात्मक अवस्थालाई यस सेवाले अन्त्य गर्ने विश्वास गरिएको छ ।

नगर प्रवक्ता लालबहादुर ऐरले यस सेवालाई मानवीय संवेदनासँग जोडिएको एक महत्वपूर्ण र संवेदनशील कार्यक्रमका रूपमा व्याख्या गर्नुभयो ।

“मृत्युलाई कसैले टार्न सक्दैन, तर कम्तीमा टाढा रहेका आफन्तले घर फर्केर मृतकको अन्तिम दर्शन गर्न पाऊन् भन्ने हाम्रो चाहना हो,” उहाँले भन्नुभयो । नगरपालिकाले आवश्यक परेका परिवारको घरदैलोमै नगर प्रहरीमार्फत यो यन्त्र पु¥याउने व्यवस्थासमेत मिलाएको छ ।

यसैबीच, नगरपालिकाले आगामी असार मसान्तभित्रै शव वाहन सेवा सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेको छ । पूर्वाधार शाखा प्रमुख धामीका अनुसार शववाहन खरिदका लागि ठेक्का प्रक्रिया पूरा भइसकेको र असारभित्रै गाडी नगरपालिकामा आइपुग्नेछ । शव चिस्यान र शववाहन दुवै सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि नगरवासीलाई थप राहत पुग्नेछ ।

आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका लागि निजी क्षेत्रबाट यस्तो सेवा लिन निकै महँगो पर्ने भएकाले स्थानीय बासिन्दाले नगरपालिकाको यस लोककल्याणकारी एवं सेवामूलककार्यको स्वागत गरेका छन् । रासस

शुक्लाफाँटा नगरपालिकाद्वारा छ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन
कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो छ महिनामा रु ७१ लाख ४२ हजार ३४ आन्तरिक राजस्व सङ्कलन गरेको छ । नगरपालिकाको मुख्य कार्यालय र मातहतका १२ वटै वडा कार्यालयमार्फत उक्त राजस्व सङ्कलन गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार मुख्य कार्यालयबाट रु २७ लाख ७६ हजार ६६० र वडा कार्यालयहरूबाट रु ४३ लाख ६५ हजार ३७४ राजस्व सङ्कलन भएको छ ।

नगरपालिकाले सम्पत्ति करबाट रु एक लाख ६० हजार ४७४, मालपोत करबाट रु १२ लाख ४१६, घरबहाल करबाट रु सात लाख ९४ हजार ६८०, बहाल बिटौरी करबाट रु एक लाख ८४ हजार ६२० र सवारीसाधन करबाट रु ५७ हजार ५०० सङ्कलन गरेको छ ।

त्यसैगरी, व्यवसाय करबाट रु ५९ लाख १२५, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबार करबाट रु ७५ हजार ३०० र अन्य करबाट रु २३ हजार ६२३ सङ्कलन भएको छ ।

सरकारी सम्पत्तिको बहाल तथा बिक्रीबाट रु दुई लाख ५५ हजार ८९५, सरकारी सम्पत्ति बिक्रीबाट रु ४४ हजार ५००, अन्य बिक्रीबाट रु एक हजार, विद्युत् सेवा शुल्कबाट रु ३००, अन्य सेवा शुल्क तथा बिक्रीबाट रु चार हजार ६००, न्यायिक दस्तुरबाट रु ५०० र अन्य प्रशासनिक सेवा शुल्कबाट रु ९४ हजार १०० राजस्व प्राप्त भएको छ ।

त्यसैगरी, नक्सापास दस्तुरबाट रु ५९ हजार ७४२, सिफारिस दस्तुरबाट रु नौ लाख ६६०, व्यक्तिगत घटना दर्ताबाट रु एक लाख ४८ हजार ७००, नाता प्रमाणितबाट रु ५० हजार ४५० र अन्य दस्तुरबाट रु छ लाख ५४ हजार ४५८ सङ्कलन भएको छ ।

व्यवसाय दर्ता दस्तुरबाट रु ९५ हजार ९७५, विद्युत्सम्बन्धी दस्तुरबाट रु २५ हजार ३००, अन्य क्षेत्रको आयबाट रु एक लाख ३६ हजार २७५, न्यायिक दण्ड–जरिवाना तथा जफतबाट रु एक हजार ३९२ र प्रशासनिक दण्ड–जरिवाना तथा जफतबाट रु ४२ हजार १५१ राजस्व उठेको छ ।

यसैगरी, अन्य राजस्वबाट रु ६६ हजार ५७७, व्यवसाय करबाट रु १९ लाख ४७ हजार ४८२ र बेरुजु फछ्र्यौटबाट रु ५६ हजार ३२६ सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत बिष्टले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षका लागि नगरपालिकाले रु तीन करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा नगरपालिकाले रु तीन करोड १६ लाख आन्तरिक राजस्व सङ्कलन गरेको थियो ।

स्थानीय राजस्व परामर्श समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख कल्पना पन्तले आन्तरिक आय न्यून रहेकाले राजस्व वृद्धि गर्न करको दर घटाउने र दायरा विस्तार गर्ने नीति लिइएको बताउनुभयो ।

“पर्याप्त आन्तरिक राजस्व सङ्कलन हुन नसक्दा नगरको विकास प्रक्रियालाई तीव्रता दिन कठिनाइ भइरहेको छ,” उहाँले भन्नुभयो, “त्यसैले करको दायरा विस्तारलाई प्राथमिकतामा राखेका छौँ ।”रासस

टोटी खोलामा पक्की पुल निर्माण थालियो
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन करोडको लागतमा पक्की पुल निर्माण थालिएको छ ।

शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट रु तीन करोड ४८ लाख जुटाइएको बताउनुभयो ।

निर्माण कम्पनीसँग रु दुई करोड ९८ लाखमा सम्झौता भएको जानकारी उहाँले दिनुभयो । रासस

भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-६ करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध निर्माणका तीनवटा आयोजना अघि बढाइएका छन् । योसँगै नदीका विभिन्न खण्डमा तटबन्ध निर्माण तीव्र रूपमा भइरहेको छ ।

शुक्लाफाँटा-६ का वडाध्यक्ष दानसिंह ऐरका अनुसार जनताको तटबन्ध कार्यालयमार्फत रु ८० लाख लागतमा १५० मिटर, सङ्घीय आयोजनाअन्तर्गत रु पाँच लाख लागतमा २५ मिटर र प्रदेश सरकारको आयोजनाअन्तर्गत रु १५ लाख लागतमा ५० मिटर तटबन्ध निर्माण भइरहेको छ ।

टोटी नालामा रु १० लाखभन्दा बढीको लागतमा करिब ४० मिटर तटबन्ध निर्माणको तयारी गरिएको उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष ऐरले वर्षाका बेला तीव्र भू(क्षय हुँदै आएको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी तटबन्ध निर्माण अघि बढाइएको बताउँदै दोस्रो प्राथमिकतामा सार्वजनिक जग्गा तथा बगर संरक्षण क्षेत्रलाई समेटिएको उल्लेख गर्नुभयो ।

स्थानीय बन्दा रानाले स्याली नदीले बर्सेनि वर्षातका बेला जग्गा कटान गर्दा ठूलो समस्या भोग्नु परेको भन्दै अब समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । भू-क्षयको समस्या वडा कार्यालयमा राखेपछि वडाध्यक्षसहित जनप्रतिनिधिको पहलमा तटबन्ध निर्माण हुन थालेको उहाँको भनाइ छ ।

स्याली नदीमा निर्माण भइरहेका तटबन्ध आयोजनाले सार्वजनिक सडक जोगिनुका साथै दुई सयभन्दा बढी स्थानीयको जग्गा भूक्षयबाट सुरक्षित हुने अपेक्षा गरिएको छ ।

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० आम्दानी
महेन्द्रनगर । एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक रु एक लाख ५० लाख आम्दानी गरिरहेका छन् । सन् २०१४ मलेसिया पुगेका २६ वर्षीय उहाँ एक वर्षमै स्वदेश फर्किए ।

“एजेण्टले भने अनुसार तलब नदिएपछि वर्ष दिनमै घर फर्किए ।” रानाले भन्नुभयो, “मलेसियाबाट आएर भारतका विभिन्न ठाउँमा पनि रोजगारीका लागि कुदेँ ।”दुई वर्षअघि गाउँमै फार्म बनाएर अण्डा उत्पादनमा जुटेका रानाले छोटो समयमै व्यवसायमा सफलता हात पारेको बताउँछन् । “अहिले चार हजार कुखुराले अण्डा दिँदैछन् ।” उहाँले भन्नुभयो,“मासिक नौ÷दश लाखको कारोबार भए पनि मुनाफा अढाइ लाख भइरहेको छ ।”

व्यवसायी रानाले कात्तिक महिनादेखि माघसम्म अण्डाको व्यापार राम्रो हुने गरेको बताउनुभयो । “एक हजार पाँच सय कुखुरा पाल्नबाट सुरु गरेको अहिले चार हजार कुखुरा छन् ।” उहाँले भन्नुभयो–“रु तीस लाखबाट सुरु गरेको कारोबार अहिले ८० लाखको हाराहारीमा पुगिसकेको छ ।” अहिले दैनिक दुई हजार पाँच सय देखि तीन हजार अण्डा बिक्री हुने गरेको छ ।

मलेसिया रोजगारीका बेला मामा नातापर्ने सीताराम राना त्यहाँ अण्डा उत्पादन कम्पनीमा कार्यरत थिए । “मामालाई भेट्न जाँदा आफूमा पनि स्वदेश गएर उत्पादनमा लाग्ने सोच पलायो, फर्किए पनि । लगानी नहुँदा केही समय भारत पनि पसँे ।” उहाँले भन्नुभयो–“धान कुटानीको मिल बिक्री गरेर आएको रकम अण्डा उत्पादनका लागि लगानी गरेर अघि बढे ।”

कृषि ज्ञान केन्द्र, पशु कार्यालय लगायतका सरोकार वाला निकायबाट भने कुनै खालको अनुदान रकम नपाएको रानाको भनाइ छ । उहाँले कञ्चनपुरमै पहिलो पटक आधुनिक ९केजस्टक० प्रविधिबाट अण्डा उत्पादन गर्ने कुखुरा पालेका हुन । “गाउँ घरमा राना थारु समुदायले परम्परागत रुपमा त कुखुरा पाल्न थालेको दशकाँै भयो होला तर व्यावसायिक रुपले आधुनिक प्रविधिसँग जोडिएर यहाँ सुरु मैले नै गरेको हुँ ।” व्यवसायी रानाले भन्नुभयो–“लगानी, सीप र मेहनत भए रोजगारीका लागि खाडीमूलुक जान पर्देन ।”हाल भइरहेको आम्दानीबाट रानाले कुखुरा फार्ममै लगानी विस्तार गरिरहेका छन् ।

उहाँले फार्मबाट उत्पादन भएको अण्डाको बिक्रीका लागि बजारको कुनै समस्या नरहेको बताउनुभयो । “यहाँको सबैजसो पालिकाका बजारमा अण्डा दैनिक बिक्री वितरणका लागि गइरहेको छ ।” रानाले भन्नुभयो,“स्वदेश मै उत्पादनमूलक कार्यमा जुटेका हामी जस्ता युवाहरुलाई प्रोत्साहनका सरकारले ध्यान दिनुपर्छ ।”

“निम्न आयस्तर भएको युवालाई कृषि, उत्पादनमा लाग्दा स्थानीयदेखि केन्द्र सरकारले सहयोगी प्याकेज दिनुपर्छ ।” उहाँले भन्नुभयो–“वास्तविक किसानसम्म सरकारको सहयोग पुग्ने हो भने धेरै युवाहरु घर आँगनमै रोजगारी पाउँछन् ।” रासस

प्राङ्गारिक मलको प्रयोगले माटोको उर्वराशक्ति बढ्यो
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-९ स्थित सामुदायिक पशुचौपाया व्यवस्थापन केन्द्रले किसानलाई प्राङ्गारिक मल वितरण गर्न थालेपछि माटोको उर्वराशक्ति वृद्धि हुनुका साथै कृषिजन्य उत्पादनमा सुधार देखिन थालेको छ ।

व्यवस्थापन केन्द्रमा रहेका पशुचौपायाबाट उत्पादित मल किसानलाई सहुलियत दरमा उपलब्ध गराउन थालेपछि माटोको उर्वराशक्ति र उत्पादनमा वृद्धि शुन थालेको हो ।

शुक्लाफाँटा–९ का वडाध्यक्ष रमेशबहादुर ऐरका अनुसार किसानलाई अहिले प्रतिट्याक्टर रु चार हजार ५०० मा प्राङ्गारिक मल उपलब्ध गराउने व्यवस्था गरिएको छ । “किसानलाई रासायनिक मलको असर र प्राङ्गारिक मलका फाइदाबारे निरन्तर सचेतना दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “रासायनिक मलले माटोको गुणस्तर घटाउँछ भने प्राङ्गारिक मलले दीर्घकालीन रूपमा उर्वर बनाउँछ ।”

पछिल्लो समय सचेतना फैलाउन थालेपछि प्राङ्गारिक मलको माग पनि बढिरहेको बताउँदै ऐरले अहिले १५ देखि २० ट्याक्टर मल मौज्दात रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पराल दिने किसानलाई निःशुल्क मल वितरणको व्यवस्था गरिएको छ ।

“एक ट्याक्टर पराल ल्याउने किसानलाई सोही परिणाममा निःशुल्क मल दिन्छौँ”, वडाध्यक्ष ऐरले भन्नुभयो, “यसले पशुचौपायाका लागि परालको आपूर्ति सहज बनाएको छ भने केन्द्रलाई पराल खरिदमा लाग्ने खर्च पनि घटाएको छ ।” मल बिक्रीबाट प्राप्त रकम नगरपालिकाको सञ्चित कोषमा जम्मा गर्ने जनाउँदै उहाँले उक्त रकम वडाको पूर्वाधार विकासका क्षेत्रमा खर्च गरिने उल्लेख गर्नुभयो ।

नगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापनका लागि स्थापना गरेको उक्त केन्द्रमा हाल करिब चार सयभन्दा बढी पशुचौपाया राखिएका छन् । चौपायाको चारो, घाँस, औषधोपचार, हेरचाह र हेरालाका लागि नगरपालिकाले खर्च व्यवस्थापन गर्दै आएको छ ।

पछिल्लो समय उत्पादनमा सुधार हुन थालेपछि किसानले पनि प्राङ्गारिक मलको फाइदा अनुभव गर्न थालेका आलुखेतीमा संलग्न लालबहादुर ऐरले बताउनुभयो । प्राङ्गारिक मलको प्रयोगपछि माटोको गुणस्तरमा सुधार आउनुका साथै विगतका वर्षको तुलनामा उत्पादन पनि बढेको उहाँको भनाइ छ । “पाँच बिघामा आलुखेती गरेको बताउँदै उहाँले केन्द्रबाट ल्याइएको मल प्रभावकारी देखिएको महसुस भइरहेको धारणा राख्नुभयो ।

“पहिले रासायनिक मल प्रयोग गर्दा बाली राम्रो लाग्थ्यो, तर वर्षौँपछि माटोको गुणस्तरमा नकारात्मक असर पर्दै गयो”, किसान भागिराम चौधरीले भन्नुभयो, “जबदेखि प्राङ्गारिक मलको प्रयोग गर्न थाल्यौँ, माटो फेरि जीवित जस्तो भएको अनुभूति गरेका छौँ ।”

प्राङ्गारिक मलको प्रयोगले माटोको उर्वराशक्ति बढ्नुका साथै मानव स्वास्थ्य र वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने नगरपालिकाका कृषि शाखा प्रमुख करनसिंह बुढा ऐरले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले दीर्घकालीन योजना बनाएर अभियानका रूपमा रासायनिक मलको प्रयोग घटाउने र वातावरणमैत्री कृषि प्रणालीलाई प्रोत्साहन गर्ने नीति लिएकोे छ ।

हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २९ वर्षीय वीरबहादुर रानाले आधुनिक प्रविधिबाट च्याउखेती गरेर गाउँमै आत्मनिर्भर किसानको उदाहरण प्रस्तुत गरेका छन् ।

अठार महिने कृषि (जेटिए) अध्ययन गरेका रानाले हाइटेक टनेलमा मौसमी र बेमौसमी च्याउ उत्पादन गर्दै वार्षिक रु १५ लाखभन्दा बढीको च्याउ बिक्री गर्छन् । खर्च कटाएर उहाँले वर्षमा झण्डै रु १० लाख नाफा कमाउने गरेका छन् ।

रानाले चिसो मौसममा कन्या र गर्मीमा मिल्की च्याउको खेती गर्छन् । मिल्की च्याउ डल्ला राखेको १५ दिनमा र कन्या च्याउ २० देखि २५ दिनमा तयार हुने उहाँको भनाइ छ । पिँकी च्याउको पनि उत्पादन गरे पनि बजार अभावका कारण हाल त्यो खेती स्थगित गरिएको रानाले बताउनुभयो ।

महेन्द्रनगर र झलारी बजारमा बेमौसमी कन्या च्याउको थोक मूल्य प्रतिकिलो रु ३५० र मौसमी समयमा रु १०० मा बिक्री गरेको छभने मिल्की च्याउ प्रतिकिलो रु ४०० मा बिक्री हुने गरेको छ । माग बढेसँगै उहाँले बाह्य बजारमा पनि च्याउको आपूर्ति गर्दै आउनुभएको छ ।

विवाह, भोजभतेर र चाडपर्वमा च्याउको माग बढी हुने गरेको छ । हाल उहाँले मोटरसाइकलमार्फत माग आएका ठाउँमा च्याउ ढुवानी गर्दै आउनुभएको छ । विसं २०७७ मा जेटिए अध्ययनका क्रममा विद्यालयमा पढेको ज्ञानलाई व्यवहारमा उतार्दै उहाँले घरकै गोठको एक कुनामा पहिलोपटक च्याउखेती गर्न सुरु गर्नुभएको थियो । घरमा उपलब्ध भाँडाकुँडामै पराल उमालेर, खटियामा सुकाएर २५ वटा परालका डल्ला बनाएर बीउ राख्दा राम्रो उत्पादन भएपछि उहाँले यसलाई व्यावसायिक रूपमा विस्तार गर्नुभयो ।

पहिलो सफलतापछि उहाँले बाँसको झुपडीमा ५०० परालका डल्ला राखेर मौसमी च्याउखेती सुरु गर्नुभयो । बजारमा सहज बिक्री भएपछि व्यवसाय विस्तारको हौसला मिलेको उहाँले सम्झनुभयो । हाल रानासँग च्याउखेतीका लागि फलामका छवटा हाइटेक टनेल रहेका छन् । छवटै टनेलमा निरन्तर बाह्रै महिना च्याउ उत्पादन भइरहेको छ । पराल काट्न, उमाल्न र सुकाउन आधुनिक मेसिनको प्रयोग हुने गरेको छ । केही उपकरण र टनेल अनुदानमा प्राप्त भए पनि धेरैजसो उपकरण उहाँले आफ्नै आम्दानीबाट खरिद गर्नुभएको हो ।

आधुनिक प्रविधिको प्रयोगले समय, जनशक्ति र खर्च तीनैमा बचत हुने उहाँको भनाइ छ । च्याउ उत्पादनमा उहाँका श्रीमतीसहित घर परिवारका सदस्यले साथ दिने गरेका छन् । कामको चाप अधिक भएका बेला कामदारलाई ज्यालादारीमा राखेर काम लिने गरेका छन् ।

“बिक्री नभएको च्याउ सुकाएर दोब्बर मूल्यमा बेच्न सकिन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि अहिले आधुनिक इलेक्ट्रोनिक ड्रायर खरिद गर्ने योजना बनाएको छु ।” हाल उहाँको च्याउ उत्पादनमा झण्डै रु २० लाख बराबरको लगानी रहेको छ । भविष्यमा लगानी बढाएर डल्ले च्याउको उत्पादन सुरु गर्ने तयारीमा उहाँ हुनुहुन्छ ।

रानाले च्याउखेतीमा गुणस्तरीय बीउको प्रयोग अत्यावश्यक रहेको बताउनुभयो । “बीउ राम्रो भए उत्पादन बढी हुन्छ, कमसल बीउ भए फसल पनि कमजोर हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले बीउ उत्पादकहरूले गुणस्तरमा ध्यान दिनुपर्छ ।”

च्याउमा पनि अन्य बालीजस्तै रोगब्याधि लाग्ने भएकाले समयमै उपचार आवश्यक हुने रानाको भनाइ छ । उहाँले विद्यालयमा सिकेको कृषि ज्ञानले नै आजको सफलताको बाटो देखाएको बताउनुभयो । “च्याउखेतीलाई अझै विस्तार गर्न आधुनिक तालिम र प्रविधिको आवश्यकता छ”, उहाँले भन्नुभयो, “कृषिसम्बन्धी निकायले त्यसमा चासो देखाउनुपर्छ ।”

हालसम्म आफ्नै प्रयासमा च्याउखेती विस्तार गर्दै आउनुभएका राना अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बनेका छन् । गाउँमा बस्दै आधुनिक प्रविधिबाट सफल हुन सकिन्छ भन्ने सन्देश उहाँको सफलताले दिएको छ । रासस

शुक्लाफाँटामा आधुनिक फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा
दोधारा चाँदनी । शुक्लाफाँटा नगरपालिकामा आधुनिक एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ ।

बजार तथा ग्रामीण क्षेत्रमा उत्सर्जन हुने फोहरमैला सङ्कलन गरेर केन्द्रमा ल्याइन्छ । केन्द्रमा रहेका सफाइकर्मीले कुहिने, नकुहिने र पुनःप्रयोग हुने फोहरलाई छुट्याएर राख्छन् । केन्द्रमा सङ्कलित फोहरलाई वर्गीकरण गरेपछि कुहिने फोेहरबाट कम्पोस्ट मल उत्पादन गरिन्छ भने पुनःप्रयोग गर्न सकिने फोहरलाई कबाडीमा बिक्री गरिन्छ ।

रु ३० करोड २५ लाख लगानीमा निर्माण भएको फोहर व्यवस्थापन केन्द्र तीन दशमलव नौ हेक्टर क्षेत्रफलमा फैलिएको छ । करिब छ मेट्रिकटन क्षमता भएको केन्द्रमा अहिले दैनिक दुईदेखि तीन मेट्रिकटन मात्रै फोहर सङ्कलन भइरहेको एकीकृत फोहर व्यवस्थापन केन्द्रका इन्जिनियर जयन्त भट्टले जानकारी दिनुभयो । “यो फोहरमैला व्यवस्थापन मात्रै नभएर प्रशोधन केन्द्र पनि हो, बजारबाट आउने विभिन्न फोहरलाई यहाँ वर्गीकरण गरिन्छ”, भट्टले भन्नुभयो, “थोरैभन्दा थोरै फोहर सेलमा राखेर माटोले पुरिन्छ यसले वातावरणलाई असर गर्दैन ।”

बिहान फोहर सङ्कलक गाडी नगरको सहरी र ग्रामीण क्षेत्रमा डुलेर फोहर सङ्कलन गरेर ल्याउने यहाँले बताउनुभयो । केन्द्रमा कुहिने, नकुहिने र पुनःप्रयोग हुने फोहरलाई छुट्याएर राखिने र कुहिने फोहरबाट ‘कम्पोष्ट’ मल तयार गरेर बिक्री गरिने योजना रहेको इञ्जिनियर भट्टले बताउनुभयो । यसले वातावरण स्वच्छ राख्न र फोहरमैलाको उचित व्यवस्थापनमा मात्रै नभई स्थानीयमा रोजगारीको अवसर पनि सिर्जना गरेको छ ।

निर्माणको काम सम्पन्न भएपछि गत भदौदेखि फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको निर्माण कम्पन्नी रमन केएस जेभीका साइट इञ्चार्ज उद्धवसिंह साउदले जानकारी दिनुभयो । “हरेक दिन बिहान हामीले बजारबाट फोहर सङ्कलन गर्छौं, यहाँ ‘रिसाइकल’ हुन्छ”, उहाँले भन्नुभयो, “चाहिने फोहर छुट्याएर राख्छौँ, काम नलाग्ने फोहर सेलमा जम्मा गरिन्छ ।”

फोहरमैला व्यवस्थापन केन्द्रमा १० वटा फोहर सङ्कलन गर्ने साधन छन् । आठ जना सरसफाइ कर्मचारी राखिएको छ । एसियाली विकास बैंक ९एडिबी०को आर्थिक सहयोगमा एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण भएको हो । रमन केएस जेभी धनगढीसँग २०७९ वैशाख २५ मा निर्माण सम्झौता भएको थियो । फोहरमैला व्यवस्थापन केन्द्रको क्षमता छ मेट्रिक टन रहेको भए पनि अहिले दैनिक क्षमताको आधा मात्रै फोहर सङ्कलन भइरहेको छ ।

शुक्लाफाँटामा सञ्चालनमा आएको एकीकृत फोहर व्यवस्थापन केन्द्र कञ्चनपुरको पहिलो हो । यस्तै, फोहर व्यवस्थापन केन्द्र भीमदत्तमा पनि निर्माण गर्ने तयारी भए पनि त्यसका लागि स्थान नपाउँदा परियोजना फिर्ता भएको छ । स्थानीयले फोहर व्यवस्थापन केन्द्र निर्माण गर्दा त्यसले वातावरण प्रदूषित हुने भन्दै विरोध गरेपछि परियोजना फिर्ता भएको होे ।

फोहरमैला व्यवस्थापन केन्द्रमा कुहिने फोहरबाट मलखाद बनाइने र नकुहिने तर पुनःप्रयोग गर्न सकिने वस्तु प्रशोधन गरिने भएकाले यो वातावरणीय प्रदूषण न्यूनीकरण गर्न र स्थानीयस्तरमा आम्दानीको स्रोतसमेत बनेको छ ।

पुख्र्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना
दोधारा चाँदनी । शुक्लाफाँटा नगरपालिका–७ का जगतबहादुर सिंहलाई यतिबेला कपडा उत्पादन र तयारी पोशाक बनाउन भ्याइनभ्याइ छ ।

चाडपर्वका कारण बजारमा माग बढेपछि श्रीमान, श्रीमतीसहित परिवारका सदस्य कपडा बुन्न र सिलाउन व्यस्त देखिन्छन् । घरमै तान बनाएर सुरु गरिएको उद्योगमा धागो कात्ने, कपडा बुन्ने र पोशाकसमेत तयार गरिन्छ । पुख्र्यौली सीपलाई पुस्तान्तरण गर्न स्थापना गरिएको उद्योगमा अहिले अल्लो, गाँजा, बाँस र ऊनका कपडा उत्पादन हुने गर्दछन ।

यसबाट सीपको सदूपयोग र परिवार नै स्वरोजगार भएकाले सिंह बताउनुहुन्छ । “हाम्रा पूर्खाले दार्चुलामा हुँदा राडी पाखीको काम गर्थे, हाम्रा पूर्खाबाट सीकेको सीपलाई सदुपयोग गर्न घरमै उद्योग स्थापना गरेका हौं”, सिंहले भन्नुभयो, “रु तीन लाख लगानीमा हाते मेसिनबाट सुरु गरेको उद्योगमा अहिले रु २० लाख लगानी पुगिसक्यो ।” उहाँले अहिले चार वटा मोटर मेसिन थप गरेर उद्योगमा थप लगानी गरेको बताउनुभयो ।

“एक जना भारतीय कामदार राखेका छौं, दुई छोरा, श्रीमती र आफु पनि उद्योगमै काम गर्छौं”, उहाँले भन्नुभयो, “यसबाट हाम्रो परिवारको खर्च चलेको छ, सन्तुष्ट छौं ।” सुरुवातका वर्षहरुभन्दा पछिल्ला वर्षमा तयारी कपडाको माग धेरै आउने गरेको उहाँले बताउनुभयो । सिंह परिवारको पुख्र्यौली पेशा नै कपडा बुन्ने हो । दार्चुलामा राडीपाखी बनाएर बिक्री गर्ने उहाँहरु २०४४ सालमा तराई बसाइ सर्नुभयो । त्यसपछि पुख्र्यौली पेशाले निरन्तरता पाउन नसके पनि ३५ वर्षपछि पारिवारिक सल्लाहपछि पुनः आफ्नो कामलाई सुरुवात गरेको उहाँको भनाइ छ ।

“सीप हुँदा हुँदै त्यतिकै बस्ुनभन्दा उद्योग स्थापना गरौं भन्ने एक दिनको पारिवारिक बसाइमा सल्लाह भयो”, सिंहले भन्नुभयो, “उद्योग स्थापनापछि हरेक वर्ष राम्रो आम्दानी हुदै गएको छ, गत वर्ष मात्रै रु तीन लाख आम्दानी भयो ।” घरमै उद्योग स्थापना गर्दा कामदारको समस्या भोग्नु परेको उहाँ बताउनुहुन्छ । “अहिले पनि उद्योगमा कामदार पाउन मुस्किल छ, भारतीय कारिगर मात्रै छन्”, उहाँले भन्नुभयो, “देशभित्र मेहनत गर्ने बानी छैन सबैमा विदेश मोह छ ।”

उहाँले आफुले स्वदेशमै कच्चा पदार्थ प्रशोधन गरेर धागो उत्पादन गर्ने गरेको बताउनुभयो । केही कच्चा पदार्थ भने भारतबाट आयात गर्ने गरेको उहाँको भनाइ छ । कपडाभन्दा तयारी पोसाकको माग धेरै आउने गरेकाले अहिले तयारी पोसाक उत्पादनमा जोड दिएको सिंह बताउनुहुन्छ । “स्थानीय उत्पादन टिकाउ पनि हुन्छ स्वास्थ्यका लागि पनि फाइदाजनक छ”, सिंहले भन्नुभयो, “सुरुवातमा बजारमा समस्या थियो अहिले माग धेरै आउने गरेको छ ।”

प्राकृतिक फाइबरबाट निर्मित कपडा शरिरका लागि निकै फाइदाजनक मानिन्छ । यसको  निर्माणका लागि अल्लो र गाँजाको धागो मात्रै उत्पादन हुने गर्दछ भने कटनका लागि भारतबाट धागो आयात गर्नुपर्ने झन्झट छ । त्यसैले यस्ता कच्चापदार्थ स्वदेशमै उत्पादन गर्न सके त्यसले घरेलु उद्योग सञ्चालनमा निकै टेवा पुग्ने उहाँको भनाइ छ ।

शुक्लाफाँटाका दुई सामुदायिक वन क्षेत्रको अतिक्रमण हटाइयो
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ स्थित दुई वटा सामुदायिक वनमा गरिएको अतिक्रमण आज हटाइएको छ ।

संगठित रुपमा करिब १५० बढी व्यक्तिले अमरजित सामुदायिक वन र प्रगति महिला सामुदायिक वनक्षेत्रमा अस्थायी झुपडी बनाएर बसेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, वन कर्मचारी र सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रुपमा आज उनीहरुलाई हटाएको हो ।

सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज बिष्टका अनुसार तीन दिन दिनअघि देखि उनीहरुले झुपडी बनाउन थालेका थिए । “असहज परिस्थितिको फाइदा उठाउँदै संगठित रूपमा वन क्षेत्र अतिक्रमण गर्न आएका व्यक्तिहरूलाई समयमै हटाएर सामुदायिक वन जोगाएका छौँ,” उहाँले भन्नुभयो ।

स्थायी संरचना निर्माण गर्नुअघि नै हटाउन सफल भएको उहाँले बताउनुभयो । अतिक्रमण हटाउने प्रयास दुई पटक असफल भएको थियो । उल्टै अतिक्रमणकारीहरुले आक्रमण गरी वन सुरक्षाकर्मी चढेको गाडीमा क्षति पु-याएका थिए ।

“हामीले प्रमुख जिल्ला अधिकारीसँग सुरक्षा माग गरेका थियौँ, उहाँसँगको समन्वयमा सुरक्षाकर्मी परिचालन भएपछि मात्र अतिक्रमण हटाउन सफल भयौँ,” निर्देशक बिष्टले भन्नुभयो । रासस

उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउन पुरैनातालमा माछापालन
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–९ मा अवस्थित वृन्दावन सामुदायिक वनभित्र रहेको प्राकृतिक पुरैनातालमा व्यावसायिक रूपमा माछापालन गरिएको छ । उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यसहित सामुदायिक वन उपभोक्ता समितिले माछापालन गरेको हो ।

सामुदायिक वनका अध्यक्ष मोहनसिंह ऐरका अनुसार तालमा रोहु, कमन र ग्रास जातका गरी २५ हजार माछाका भुरा राखेर माछापालन गरिएको छ । “हाल माछाको तौल एक किलोदेखि दुई किलोसम्म पुगिसकेको छ”, अध्यक्ष ऐरले भन्नुभयो, “दसैँतिहारको समयमा बिक्रीका लागि निकाल्ने योजना बनाएका छौँ ।”

तालबाट दुई सयदेखि दुई सय ७५ क्विन्टल माछा उत्पादन हुने उहाँले बताउनुभयो । उहाँका अनुसार माछा बिक्रीबाट सङ्कलित आम्दानी वन क्षेत्रमा मेसवायर जडान, विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति, र उपभोक्तालाई तरकारीखेती र पशुपालनतर्फ प्रोत्साहन गर्न प्रयोग गरिनेछ ।

“पहिलो प्राथमिकता वन संरक्षण र विकासलाई दिएका छौँ”, अध्यक्ष ऐरले बताउनुभयो, “छ किलोमिटर क्षेत्रमा मेसवायर जडान गरिनेछ, त्यसपछि कृषि तथा पशुपालनमा लगानी हुनेछ ।” गर्मीयाममा अकासे पानी मात्रमा निर्भर तालमा पानी सुक्ने समस्या देखिएको छ ।

“अटोजन बोरिङको व्यवस्था भएमा तालमा एकनासको पानी आपूर्ति गर्न सकिनेछ”, अध्यक्ष ऐरले भन्नुभयो, “यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई आवश्यक बजेटका लागि आग्रह गरेका छौँ ।”

वृन्दावन सामुदायिक वन क्षेत्रमा पुरैना, लरङ्गा र अजिङ्गर ताल रहेका छन् । पुरैनाताल पूरै सुक्दैन, तर बाँकी दुई तालमा गर्मीयाममा पानी सुक्ने समस्या देखिन्छ । तीनै तालमा बाह्रै महिना पानी रहने व्यवस्था मिलाइएमा यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको अध्यक्ष ऐर बताउनुहुन्छ ।रासस

शुक्लाफाँटा नगरपालिकाको वनसमिति–कसरौल सडक जोखिमपूर्ण
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको नगर गौरवको योजना चक्रपथको उत्तरतर्फको सडकखण्डअन्तर्गत पर्ने वनसमिति–कसरौल सडक जोखिमपूर्ण रहेको छ । सडकको दायाँ र बायाँ सुकेका साल, असनाका रुखका कारण जोखिम रहेको छ ।

जुनसुकैबेला गुडिरहेका सवारीसाधन र पैदलयात्रुमाथि रुखका हाँगा र रुख नै खसेर दुर्घटना निम्तिनसक्ने खतरा रहेको छ । स्थानीय रतनलाल रानाका अनुसार सडकमा पैदल हिँड्दै गरेका स्थानीय ६० वर्षीय फिरुवा रानाको सुकेको रुखको हाँगाले लागेर केही वर्षअघि मृत्यु भएको थियो ।

विद्यार्थी बोकेर जाँदै गरेको स्थानीय विद्यालयको बसमाथि सुकेको रुख खसेको थियो । बसमाथि रुख खसे पनि मानवीय क्षति भने नभएको उहाँ बताउनुहुन्छ । “स्थानीय रामदिन रानाको गाई, गोरु बाँधेको गोठमाथि नै रुख खस्यो”, उहाँले भन्नुभयो, “गोठमा क्षति पुग्यो, तर बस्तुभाउ जोगिए, गत वर्षमात्रै दानु रानाको घरको कुना तोड्दै रुख खस्यो, धन्न घर जोगियो घरभित्रै परिवारका सदस्य थिए, सबै जोगिए ।”

सुकेका रुखहरुकै कारण दुर्घटना निम्तिन थालेपछि सडकमा हिँड्न डराउनुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ । पुराना सुकेका जीर्ण भएका रुख जुनसुकैबेला पनि खस्नसक्ने भएकाले हटाउनुपर्ने पूर्ववडाध्यक्ष जगता रानाले बताउनुभयो । “विगतमा सुकेका रुखकै कारण मानवीय क्षति भइसकेको छ”, उहाँले भन्नुभयो, “हावाहुरी चलेका बेला, चट्याङ परेका बेला र वर्षात्का बेला ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने बाध्यता छ, यसक्षेत्र भएर जाने अर्को वैकल्पिक सडक छैन, जोखिमसँगै हिँड्नुपर्छ ।”

उहाँका अनुसार सडक छेउमा घर भएकाले रुख कुनबेला खस्ने हुन् पत्तो नै छैन । स्थानीय जहरसिंह रानाले भन्नुभयो, “गाडी चल्ने बेला रुख खसेर दुर्घटना हुने सम्भावना छ, पैदल यात्रुको टाउकामा कुनबेला रुखका हाँगा र रुख नै बजारिने हो पत्तो छैन, हावाहुरी चलेका बेला त्यस सडक भएर हिँड्नु भनेको ज्यान जोखिममा पार्नु हो, त्यही भएर वर्षात् र हावाहुरीका बेला त्यो सडक भएर हिँड्न नै छाड्छौँ ।” सडक छेउका जीर्ण रुख व्यवस्थापन गरिदिनका लागि उहाँ माग गर्नुहुन्छ ।

वनसमितिदेखि कसरौलसम्मको डेढ किलोमिटर सडक कालोपत्रका लागि पूर्वाधार विकास कार्यालयले रु तीन करोडमा ठेक्का सम्झौता गरेको शुक्लाफाँटा नगरपालिकाका इञ्जिनियर दिपक धाँमीले बताउनुभयो । “सुकेका जीर्ण रुख व्यवस्थापन नभई कार्य सञ्चालन गर्न कठिन छ”, उहाँले भन्नुभयो, “सडक स्तरोन्नतिदेखि कालोपत्रसम्मका लागि वातावरण अध्ययन र डिपिआर निर्माणको कार्य भएको छ, सुकेका रुख काट्ने अनुमति अहिलेसम्म पाइएको छैन ।”

अनुमतिका लागि नगरपालिकाले पहल गरिरहेको उहाँको भनाइ छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले निकुञ्ज सम्बद्ध मन्त्रालयसँग कटानी आदेशका लागि पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष दानसिंह ऐरका अनुसार वनसमिति–कसरौल सडक वडा नं ६, ७ र ८ तर्फ जाने मुख्य सडकका रुपमा रहेको छ ।

वडा कार्यालय, स्वास्थ्य चौकी र खानेपानीलगायत कार्यालय जाने मुख्य सडक त्यही नै रहेको छ । “सुकेका रुख व्यवस्थापनका लागि निकुञ्जसँग समन्वय गरेका छौँ”, उहाँले भन्नुभयो, “वन मन्त्रालयको टोलीले त्यस क्षेत्रको स्थलगत अवलोकनको कार्य गरिसकेको छ, समस्या लिएर मन्त्रालयसम्म पुगेका छौँ ।”

उहाँका अनुसार सडक छेउका १०५ रुख हटाउनुपर्ने देखिएको छ । त्यसका लागि प्रारम्भिक वातावरणीय परीक्षणका लागि निकुञ्ज कार्यालयले स्थलगत प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेस गरेको छ । स्थानीयले तत्काल असुरक्षित रुख काटेर हटाउनुपर्ने, सडक कालोपत्रसँगै चौडाइ बढाउन माग गरेका छन् । रासस

शुक्लाफाँटामा हात्ती आतङ्क
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका बासिन्दा दुई सातादेखि जङ्गली हात्तीको त्रासमा बाच्न बाध्य छन् । रात पर्नुअघि नै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिर्ने हात्तीले स्थानीयको धानबालीमा क्षति गर्दै आएका छन् ।

स्थानीयका अनुसार यस अवधिमा ३५ भन्दा बढी परिवारको झण्डै चार विघा खेतको धानबालीमा हात्तीले नोक्सानी पुर्याएका छ । “पहिले हात्ती धान पाक्ने बेला मात्र आउँथे, तर यस वर्ष बाला नलाग्दै पुगेका छन्”, स्थानीय केशवदत्त जोशीले भन्नुभयो, “यसरी निरन्तर आउँदा बाली पूर्णरूपमा सखाप हुने खतरा बढ्दै गएको छ ।”

जोशीले गए राती घरको आँगनमै हात्ती पुगेको घटना सुनाउनुभयो । “ढोकाबाट निस्कँदै गर्दा हात्ती आँगन नाघ्दै थियो”, उहाँले भन्नुभयो, “जम्का भेट भएको भए ज्यानै लिने थियो भगवानले बचाए ।” गाउँका अधिकांश पुरुष रोजगारीका लागि भारततर्फ गएका हुँदा घरमा महिलामात्र हुने गरेका छन् । “दिउँसो मजदुरी गर्न जानुपर्छ, रातभर हात्ती धपाउन जाग्राम बस्नुपर्छ, यसरी मजदुरी गर्नै नसक्ने अवस्था छ”, प्रेम लुहारले दुखेसो पोख्नुभयो, “मजदुरी नगरे पेट पालिन्न, हात्ती नभगाए बाली नष्ट हुन्छ, कहिलेकाहीँ घरै भत्काउने खतरा हुन्छ ।”

स्याली नदी किनारमा लगाइएको मेसवायर भत्काएर हात्ती खेत र बस्तीमा प्रवेश गर्ने गरेका छन् । “हात्तीले ठाउँ–ठाउँमा मेसवायर भत्काएका छन्, विद्युतीय तारवार जडानको माग गर्दा सुनुवाइ भएको छैन”, स्थानीय दानसिंह कुवँरले भन्नुभयो ।

उहाँका अनुसार मेसवायरमा जनावरलाई नमार्ने तर झड्का दिने प्रणाली भए हात्तीको प्रवेश रोक्न सकिन्थ्यो । निकुञ्ज कार्यालयदेखि स्थानीय तह र प्रदेश सरकारसम्म माग गर्दा पनि सहयोग नपाएको गुनासो उहाँले सुनाउनुभयो । “अघिल्ला वर्ष हात्ती आगो देखेर तर्सन्थे, तर अहिले तर्सनै छाडेका छन्”, उहाँले भन्नुभयो, “ निकुञ्ज कार्यालयसँग पटाका माग्दा जनावर रिसाउने र ठुलो क्षति गर्ने भन्दै दिन नमिल्ने जवाफ दिएर फर्कायो, आगो देखेर तर्सिदैंन, हात्ती बस्ती प्रवेश गर्ने ठाउँमा बत्तीको व्यवस्था छैन, यसले मानविय क्षति हुने सम्भावना बढ्दै गएको छ ।”

सिमलफाँटा गाउँको गल्ली नं १ र २ सबैभन्दा बढी प्रभावित छन् । वडाध्यक्ष प्रतापसिंह धामीका अनुसार विद्युतीय करेन्ट प्रवाह गर्ने उपकरण महँगो भएकाले वडाको बजेटले धान्दैन । “नगर र प्रदेश सरकारसँग आवश्यक सहयोग मागेका छौं”, उहाँले भन्नुभयो, “अश्वासन पाइए पनि अहिलेसम्म बजेटको टुङ्गो लाग्न सकेको छैन ।” सुनदेवी मध्यवर्ती समितिले दातृ निकायको सहयोगमा मेसवायर लगाएको भए पनि हात्तीले भत्काएपछि अन्य जनावर पनि खेतमा पस्ने र बाली नष्ट गर्ने समस्या बढेको स्थानीयको भनाइ छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नगरपालिकाका १० वडा प्रभावित रहेका छन् । वर्षातको समयसँगै भारतीय दुधुवा नेशनल पार्कमा पानी भरिन सुरु भएपछि हात्तीको बथान लालझाडी संरक्षण क्षेत्र हुँदै निकुञ्ज प्रवेश गर्ने गर्दछन् । निकुञ्जको अग्लो क्षेत्रमा वर्षातको समयभर हात्तीका बथान ओहोर दोहोर गर्ने गर्दछन् । निकुञ्ज वरपरका गाउँका किसानले लगाएको धान लगायतका बालीमा क्षति पुर्याउने गर्दछन् । विगत तीन वर्षदेखि हात्तीले मानविय र भौतिक क्षति पनि निम्त्याउदै आएका छन् । रासस

अधियाँ खेतीमै निर्भर छ भूमिहीन परिवार
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ नौखरीका कान्छा चौधरी बिहान सबेरै हलो बोकेर निस्कन्छन्, तर त्यो हलो उनी आफ्नै खेत जोत्न होइन ।

छिमेकीको अधियाँ–बटैयामा बनाएको खेत बारी जोत्नका लागि हो । उहाँसँग घरवासका लागि मात्रै जग्गा छ । त्यस जग्गाले परिवारको वर्षभरिको खानाको जोहो नहुने भएपछि अधियाँ–बटैयामा जग्गा कमाउँदै आउनुभएको छ । उहाँजस्तै अधियाँ–बटैयामा खेती गर्ने नगरपालिकामा दर्जनौँ किसान छन् ।

जो जीविका चलाउनकै लागि अधियाँ अर्थात् बटैयामा खेती गर्दै आएका छन् । बटैयामा खेती गर्ने किसानले र जग्गाधनीले उत्पादन भएको अन्न आधा आधा बाँडेर लिने गरेका छन् ।

जसका लागि जग्गाधनीले जग्गासँगै सिँचाइका लागि पानी निःशुल्क रूपमा उपलब्ध गराउँछन् । अधियाँ लगाउनेले खेत जोत्छन् । खेती लगाउ छन्, काट्छन्, बाली पाकेपछि भित्र्याउने जिम्मा पनि अधिया गर्नेकै हुने कान्छा बताउनुहुन्छ ।

तर जोत्ने कार्यबाहेक थ्रेसिङ गर्दा लाग्ने खर्च, मलखाद, विषादी, बीउबिजनलगायतको खर्च अधियाँ बनाउने र जग्गा धनिले आधा–आधा बेर्होछन् ।

जग्गा थोरै हुँदा वर्षभरी खान नपुग्ने परिवारले अधियाँ खेती लगाउने गरेका छन् । अधियाँ खेती गर्ने कार्य भने धेरै वर्षअघिदेखि चल्दै आएको छ । अधियामा खेती गरेर जग्गाधनी र खेती लगाउने व्यक्ति गरी दुई परिवारको जीविका चल्ने गरेको कलेशु चौधरीले बताउनुभयो ।

उहाँका अनुसार अधियाँ लगाउने जोताहा किसानलाई जग्गाधनीले पहिला घरको काममा पनि लगाउने गर्दथे । त्यसका लागि अधिया माग्न जाँदानै मौखिक रूपमा करार गर्नुपर्दथ्यो । बदलिँदो परिवेशअनुसार हाल अधियाँ लगाउने व्यक्तिले जग्गाधनीको घरायसी काम भने गर्नुपर्दैन । त्यो चलन हटेको छ ।

“कसैले स्वविवेकले कार्य गरे भने त्यो बेग्लै कुरा हो”, कलेशुले भन्नुभयो, “पुरानो चलन हटेको छ, मौखिक रूपमा विश्वासका आधारमा हाल काम हुने गरेको छ, अधियाँ लगाउने र जग्गाधनीबीच भने कुनै लिखित करार हुने गरेको छैन ।”

जग्गाधनीले अधियाँ लगाउने किसानले खेती राम्ररी नलगाएबीचमै छुटाउने कार्य हुँदै आएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल सुदूरपश्चिम प्रदेश सचिव रामबहादुर चुँनाँराले बताउनुभयो । त्यस कार्यले अधियामा जीविका चलाउने परिवार भने समस्यामा पर्ने गरेको उहाँ बताउनुहुन्छ ।

मञ्चले सङकलन गरेको तथ्याङकअनुसार नगरपालिकामा खेती गर्ने जमिन थोरै छ । जमिनमा आश्रित जनसङ्ख्या अत्यधिक छ । नगरपालिकाको कूल १६२ दशमलव ७५ वर्गकिलोमिटर क्षेत्रफलमध्ये केवल आठ दशमलव ४२ वर्ग किलोमिटर (५.१७ प्रतिशत) जमिन मात्रै खेतीयोग्य छ । बाँकी सबै क्षेत्रमा वन, बस्ती, सडक, खोलानाला, धार्मिक क्षेत्र र अन्य प्रयोगको जमिन रहेको छ ।

नगरपालिकामा १२ हजार ५८ घरधुरीमध्ये ८२८ परिवारसँग अझैपनि आफ्नो नाममा जग्गा छैन । पुरुषको जग्गामा स्वामित्व ९४ प्रतिशत छ भने, महिलाको नाममा पाँच दशमलव आठ प्रतिशत जग्गाको स्वामित्व छ । लैङ्गिक समानताका चर्का कुरा गरिए पनि व्यहारमा भने महिलाको सम्पती माथिको अधिकार सीमित रहेको मञ्चका सचिव चुँनारा बताउनुहुन्छ ।

उहाँका अनुसार भूमिहीनहरूमध्ये धेरैजसो दलित, सुकुम्बासी र आदिवासी जनजाति समुदायका व्यक्तिहरू रहेका छन् । जसले पुस्तौँदेखि अरुको जमिनमा अधियाँ जग्गा कमाउनका लागि पसिना बगाइरहेका छन् । “हामी पुर्खौदेखि अरुको जमिन जोत्दै आएकाछौँ”, गोरे दमाईले भन्नुभयो, “आफ्नो नाममा जग्गा छैन अरुकै भरमा जीविका चल्दै आएको छ ।”

भूमि अधिकार मञ्चका अनुसार, हालसम्म नगरपालिकाबाट एघार हजार ८५४ अव्यवस्थित बसोबासी, २१५ भूमिहीन दलित र १४८ सुकुम्बासीले जग्गा स्वामित्वका लागि भूमिसम्बन्धी समस्या समाधान आयोगमा निवेदन दिएका छन् । निवेदन दिएकामध्ये केही वडाका अव्यवस्थीत बसोबासीको जग्गा नापजाँचको कार्य भएको छ भने केही हुने क्रममा रहेको छ । भूमिहीन दलित र सुकम्बासीले निवेदन दिए पनि कुनै पनि कार्य अगाडि बढन सकेको छैन ।

जग्गामा खेती लगाए पनि बर्सेनि आउने बाढीले शुक्लाफाँटाका किसानलाई सास्ती दिने गरेको छ । बाढीकै कारण लगाइएको खेती डुबान र कटानका कारण प्रतिवर्ष प्रभावित हुने गरेको छ । जलवायु परिवर्तनको असरका कारण बेमौसमी वर्ष हँुदा खेती भित्र्याउन नपाउँदै कुनै वर्ष खेतमै धान, गहुँलगायतका बालीमा नोक्सानी बेहोर्नुपर्ने अवस्था रहने मञ्चका सुदूरपश्चिम अध्यक्ष नन्दादेवी जोशीले बताउनुभयो ।

उहाँका अनुसार अघिल्लो दुई वर्षमा मात्रै नगरपालिकाका आठभन्दा बढी परिवार बाढी र डुबानले प्रत्यक्ष प्रभावित भएका थिए । “जसबाट सबैभन्दा बढी मार अधियाँ जग्गा कमाउने जोताहा किसानलाई पर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “जसमा भूमिहीन दलित, सुकुम्बासी परिवारका व्यक्तिहरू समस्यामा पर्ने गरेका छन् ।”

जलवायु परिवर्तनको असरले वर्षा चक्र अनियमित बन्दा कहिले अति पानी, कहिले खडेरी हुन्छ । तापक्रमको वृद्धिसँगै नयाँ रोग र किराको प्रकोप फैलिएको छ । जसले नगदेबाली र तरकारी उत्पादनमा ठूलो असर परेको नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले बताउनुभयो ।

पछिल्ला वर्षहरूमा केही उत्साही कृषकहरूले व्यावसायिक तरकारीखेती, फलफूल (केरा, आँप, लिची), नगदेबाली, कुखुरापालन र बङ्गुरपालनजस्ता मिश्रित खेती र पशुपालनलाई अँगाल्न थालेका छन् । तिनीहरूको सङ्ख्या भने थोरै रहेको छ ।

“अब परम्परागत खेतीले मात्रैले हुँदैन, मौसमको अनिश्चिततासँग जुध्नका लागि खेतीमा परिवर्तन गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “मौसम सुहाउँदो बढी उत्पादन दिने बाली लगाउनका लागि किसानलाई उत्प्रेरित गर्ने कार्य हुँदै आएको छ ।” त्यसका लागि किसानलाई नगरपालिकाका तर्फबाट बीउबिजन, कृषि औजार, उपकरण, सिँचाइका साधनमा अनुदान दिने कार्य हँदै आएको उहाँले बताउनुभयो । रासस

नदीमा बगेर बेपत्ता भएका वृद्धको शव फेला
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित स्याली नदीमा बगेर बेपत्ता भएका अन्दाजी ७० वर्षीय गणेश कुँवरको शव आज फेला परेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुरस्थित शिवरमा बस्दै आएका कुँवर नदी तर्ने क्रममा शुक्रबार साँझ बगेर बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार खोजतलास गर्ने क्रममा बगेको ठाउँभन्दा करिब दुई किलोमिटर दक्षिण सनवोरा र स्याली नदीको दोभानमा आज कँुवरको शव फेला परेको हो ।

शव परीक्षण गर्नका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको जनाउँदै उहाँले कुँवरको तीन दिनसम्म प्रहरी, स्थानीय बासिन्दालगायतले खोजी गरेका बताउनुभयो ।

चुरेमा हात्तीको बथान, बस्तीमा त्रास
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान आइपुगेको छ । भारतीय दुधुवा नेसनल पार्कमा वर्षात्को पानी भरिन थालेपछि हात्तीको बथान प्रत्येक वर्ष चुरे क्षेत्रका वनमा आइपुग्ने गर्दछ ।

यस वर्ष हात्तीको बथान अरू वर्षको तुलनामा चाँडै चुरे क्षेत्रमा पुगेको छ । हात्तीको बथान बस्ती नजिकैका वन क्षेत्रमा दैनिक देखापर्न थालेपछि सामुदायिक वनमा उपभोक्तलाई नजानका लागि सचेत गराउने कार्य भइरहेको छ ।

हात्ती रहेको क्षेत्रमा घाँस, दाउरा, सोतरका लागि पुग्ने उपभोक्तालाई जानबाट रोक्ने कार्य भइरहेको वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीले बताउनुभयो । उहाँका अनुसार वन क्षेत्रमा जान पूर्ण रूपमा निषेध गरिएको छ ।

“हात्तीको बथान सामुदायिक वनको कार्यालय नजिकैको बाँसघारीमा दैनिकजसो बाँसका टुसा खानका लागि पुग्ने गरेका छन्”, उहाँले भन्नुभयो, “उपभोक्तालाई वन क्षेत्रमा नजानका लागि आग्रह गर्दै आएका छौँ ।”

मानवीय क्षति हुन नदिनका लागि उपभोक्तालाई सचेत पार्ने कार्य भइरहेको उहाँले बताउनुभयो । बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महरा हात्तीको गतिविधि दैनिक नियाल्दै आएको बताउनुहुन्छ ।

“मानव बस्तीमा हात्ती छिर्न सक्ने प्रबल सम्भावना हुन्छ,” उहाँले भन्नुभयो, “हात्ती धपाउनका लागि स्थानीय बासिन्दा जाँदा मानवीय क्षति पनि हुन सक्छ, त्यसलाई रोक्न हात्ती कुन ठाउँमा पुगेका छन् भनेर चियोचर्चो गर्ने कार्य गरिँदै आएको छ ।”

वन क्षेत्र भएर धारापानी, पिलरीफाँटा जाने स्थानीय बासिन्दालाई साँझबिहान जानका लागि रोक्ने कार्य गरिँदै आएको उहाँले बताउनुभयो । दिउँसो वन क्षेत्र भएर जानेलाई पनि सतर्कता अपनाएर जानका लागि सल्लाह दिने गरेको उहाँ बताउनुहुन्छ । कम्तीमा १० देखि १५ को सङ्ख्यामा हात्तीको बथान चुरे क्षेत्रमा रहेको छ । विगत तीन वर्षदेखि हात्तीको बथानले बस्तीमा छिरेर मानवीय र भौतिक क्षति पु¥याउँदै आएको छ ।

किसानले धान नभित्र्याउँदासम्म हात्तीको बथान चुरे क्षेत्रका वनमा रहने गर्दछ । बर्सात् कम हुँदै गएपछि चुरे क्षेत्रबाट तलका बस्तीमा पुगेर धान, उखु, केरालगायतका बालीमा नोक्सानी पु¥याउने गर्दछ । हात्तीकै कारण विशेषगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका किसानले बालीनालीमा बढी क्षति व्यहोर्दै आएका छन् ।

हात्तीलाई रोक्नका लागि मध्यवर्ती क्षेत्रका केही ठाउँमा ‘मेसवायर’ जडान गरिएको भए पनि हात्तीले त्यसलाई भत्काएर खानाको खोजीमा बस्तीमा प्रवेश गर्दै आएको छ । नगरपालिकाको वडा नं ७ का बासिन्दा दानसिंह कुवँर मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने सिमलफाँटा क्षेत्रमा जडान गरिएको मेसवायरमा हात्ती नियन्त्रण गर्नका लागि सौर्य ऊर्जामा आधारित विद्युतीय करेन्ट छाड्ने व्यवस्था गरिदिनका लागि माग गर्दै आएको बताउनुहुन्छ ।

“करेन्ट प्रवाह भएको मेसवायर हात्तीले भत्काउँदैन”, उहाँले भन्नुभयो, “हात्ती बस्तीमा प्रवेश गर्न पाउँदैन, प्रवेश नगरे बालीनाली र जीउज्यान जोगाउन सकिन्छ ।”

हात्तीकै कारण खेतबारी लगाएको अन्न भित्र्याउन नपाइने गरेका कारण सिमलफाँटाका अधिकांश बासिन्दा रोजीरोटीका लागि भारततर्फ लाग्ने गरेको उहाँको भनाइ छ ।

हात्ती नियन्त्रणका लागि वडादेखि नगरसम्म ध्यानाकर्षण गर्दै आए पनि सुनुवाइ हुन नसकेको गुनासो उहाँ गर्नुहुन्छ । हात्तीको बथान धानबाली किसानले भित्र्याई सकेपछि मात्रै दुधुवा नेसनल पार्कतर्फ लाग्ने गर्दछ । त्यसपछि गहुँबाली खेतमा हरियो हुन थालेपछि पुनः यी क्षेत्रमा फर्कने गर्दछ ।

बाख्र्रापालनका लागि साझेदारीमा व्यवस्थित खोर निर्माण
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा बाख्रापालनका लागि साझेदारीमा सुरक्षित खोर निर्माण गरिएका छन् । कनेक्ट परियोजनाअन्र्तगत नगरपालिकाका छ वडाका २६ बाख्रापालक किसानका लागि साझेदारीमा खोर निर्माण गरिएको हो ।

सिमेन्टका पिल्लर, काठ, नट, बोल्ट, फलामका किला, जस्तापाता, तारजालीको प्रयोग गरी हिमालयन नेचर, नगरपालिका र किसानको संयुक्त साझेदारीमा सुरक्षित खोर निर्माण गरिएको छ ।

हिमालयन नेचरका कार्यक्रम संयोजक श्रीराम घिमिरेका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्र्तगत पर्ने सुनदेवी मध्यवर्ती समितिअन्तर्गत पर्ने नगरपालिकाका वडा नं १०, ६ र ७ मा गरी १३ र त्रिशक्ति मध्यवर्ती समितिअन्तर्गत पर्ने नगरपालिकाका वडा नं १, २ र ५ मा गरी १३ बाख्रापालनका लागि खोर निर्माण गरिएका छन् ।

“मध्यवर्ती क्षेत्रका किसानलाई व्यावसायिकरुपमा बाख्रापालनतर्फ डोर्याउनका लागि साझेदारीमा खोर निर्माण गरेका छौं”, उहाँले भन्नुभयो, “घरमै घाँसखेती गरी किसानले खोरमै सुरक्षित तरिकाले बाख्रपालनको कार्य गर्दै आएका छन् ।”

खोर निर्माणका लागि प्रति किसानलाई हिमालयन नेचरले रु २५ हजार, नगरपालिकाले रु १५ हजार, बाख्रापालक किसानले रु पाँच हजारसहित खोर निर्माणका लागि काठको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । काठ र अन्य सामग्री गरी प्रति खोर निर्माण गर्न रु दुई लाख बढीको खर्च आएको उहाँले उल्लेख गर्नुभयो ।

नगरपालिकाको वडा नं ७ का बाख्रापालक किसान रमेश दमाईले निकुञ्ज नजिकैको बस्ती भएकाले चितुवा लगायतका जनावरले गोठबाटै तानेर बाख्रा खाइदिने गरकामा सुरक्षित र व्यवस्थित तरिकाले खोर निर्माण गरिएपछि बाख्रालाई जोगाउन सकिएको बताउनुभयो ।

“खोरमा तारजालीको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “चितुवा लगायतका हिंस्रक जनावरले बाख्रालाई अब नोक्सान पुर्याउन सक्दैनन्, सहज रुपमा बाख्रापालनको कार्य गर्न सकिने भएको छ ।” वडा नं १० का किसान बिरु चुनाराले परम्परागत गोठमा बाख्रालाई बाध्ने कार्य गरिँदा सरसफाइ गर्न निकै समस्या हुने गरेको बताउनुभयो ।

“बाह्य परजिवीको त्यतिकै समस्या हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले अग्लो तारजालीसहितको व्यवस्थित खोर निर्माण गरिएकाले बाख्राको मलमुत्र व्यवस्थापन गर्न सहज भएको छ, घाँस दानापानी खुवाउन सहज छ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लवबहादुर विष्टले किसानलाई अनुदानमा खोर निर्माण गरिएपछि निकुञ्ज तथा सामुदायिक वन माथिको निर्भरता कम हुने बताउनुभयो । खेतबारीमै किसानले घाँस उत्पादन गरी खोरमै बाख्रापालन गरी आम्दानी लिने भएकाले विगतको जस्तो वन क्षेत्रमा चराउनका लागि लैजानुनपर्ने उहाँको भनाइ थियो ।

नगर प्रमुख रणबहादुर महराले व्यवस्थित तरिकाले खोर निर्माण गरिएकाले खोर सफा, सुक्खा र हावा चल्ने भएकाले बाख्रालाई रोग कम लाग्ने, परजिवीको सङ्क्रमण कम हुने र चिसो÷तापबाट बचाउन सहयोग पुर्याउने बताउनुभयो ।

“व्यवस्थित खोरले बाख्राको स्वास्थ्य सुदृढ हुन्छ”, नगर उपप्रमुख कल्पना पन्तले भन्नुभयो, “आम्दानी बढने कार्यसँगै थोरै लगानीमा धेरै फाइदा दिने राम्रो उपायका रुपमा व्यवस्थित खोर रहेको छ ।” अनुदानमा खोर निर्माण गरेका किसानले सातदेखि १५ सम्म बाख्रापालनको कार्य गरेका छन् । बाख्रापालन गरी वर्षमा किसानले रु ७० हजारदेखि रु एक लाख २० हजारसम्म आम्दानी गर्दै आएका छन ।

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ वनहरा नदी तटीय क्षेत्रमा झोपडी बनाएर बस्दै आएका भूमिहीन परिवार सुरक्षित स्थानमा सर्ने तयारीमा जुटेका छन् । कोही झोपडी बनाउन व्यस्त छन् भने कोही झोपडीमा च्यातिएका त्रिपाल र कपडा राख्नमा व्यस्त छन् ।

बस्दै आएको ठाउँमा बाढी पस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै भूमिहीन परिवार पूर्वपश्चिम राजमार्ग छेउमा सर्न थालेका हुन् । लगातार दुई दिनदेखि अविरल वर्षा भइरहेकाले नदीमा पानीको बहाव बढन थालेपछि जीउज्यान जोगाउनका लागि सुरक्षित स्थानमा सर्नुपरेको कलावती दमाईले बताउनुभयो ।

“गत वर्ष रातिका बेला सुत्ने तरखर गरिरहेका बेला बाढीले शिविर डुबाउँदा एकसरो लुगामा भागेर ज्याउन जोगाएका थियौँ”, उहाँले भन्नुभयो, “यो वर्ष पनि त्यो पीडा खेप्नु नपरोस् भनेर निरन्तरको वर्षा भइरहेकाले नदीमा बाढी आउने सम्भावना बढेपछि बाढी आउनुआगावै ओढ्ने, ओछ्याउने कपडासहित बालबालिकालाई सुरक्षित स्थानमा सार्नुपरेको छ ।”

केही भूमिहीन परिवारले दातृ निकायले उपलब्ध गराएका त्रिपाल, केहीले पुराना च्यातिएका प्लाष्टिक र कपडाले ढाकेर झोपडी बनाएका छन् । जति पानी बाहिर पर्छ, त्यति नै पानीभित्र चुहिने भएकाले बालबालिकालाई काखीमा च्याप्दै भिज्दै रात काट्नुपरेको दलबहादुर बोहराले बताउनुभयो ।

“वर्षा नभएका बेला नदीमाथिको पक्की पुलमुनि सुत्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “वर्षा भएपछि पुलमुनि बाढीको पानी आउने भएकाले चुहिने झोपडीमा गएर बस्नुपर्ने बाध्यता छ ।”

पहिला नदीमा बाढी आउन थालेपछि सामुदायिक वन क्षेत्रको उँचो क्षेत्रमा गएर रुखमुनि ओत लाग्ने गरेको प्रकाश साउदले बताउनुभयो । “वन क्षेत्रमा लामखुट्टेले टोकेर हैरान बनाउँथ्यो”, उहाँले भन्नुभयो, “बर्खे झरीमा भिजेरै भए पनि ज्यान जोगाउने गरेका थियौँ, खाद्यान्नलगायत सामान बोकेर लैजान नसकिँदा नोक्सानी हुन्थ्यो, त्यही भएर राजमार्ग छेउमा झोपडी बनाएर बस्न थालेका हौँ ।”

भूमिहीन परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । वर्षात्को समय भएकाले मजदुरी नपाइँदा भोकभोकै बस्नुपरेको गुनासो माघी रावतले सुनाउनुभयो ।

झुल, त्रिपाल र टर्च लाइटको व्यवस्था गरिदिनका लागि भन्दै वडा कार्यालयदेखि नगरपालिका कार्यालयसम्म पटकपटक धाए पनि सुनवाइ हुन नसकेको भूमिहीन परिवार बताउँछन् । “सुरुमा जाँदा जनप्रतिनिधिले समस्या समाधान गर्छौँ भन्थे, अहिले जाँदा झर्केर बोल्न थालेपछि माग्नका लागि जानै छाडेका छौँ”, भूमिहीन परिवारहरूले भन्नुभयो ।

शिविरमा बस्दै आएका परिवारले भूमि समस्या समाधान आयोगको लगतमा जग्गा र आवासका लागि निवेदन दिएका छन् । निस्सा प्राप्त गरे पनि अहिलेसम्म बसोवासको टुङ्गो भने लाग्न सकेको छैन । वनहरा भूमिहीन शिविरमा २८ परिवारको बसोबास छ । भूमिहीन परिवारले झोपडीमा राख्नका लागि त्रिपाल, वर्षात्का बेला काम नपाइँदा दुई छाक खानका लागि अन्नको व्यवस्था र रातिका बेला हिँडडुल गर्न टर्चलाइटको व्यवस्था गरिदिनका लागि दातृ निकायसँग अनुरोध गरेका छन् । रासस

धानखेतीको तालिका बदलिँदैः अब जेठमै पाक्छ धान
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान रामसिकन राना अहिले चैते धान काट्ने तयारीमा हुनुहुन्छ । अधिकांश किसानले वर्षमा एक पटक मात्र धान रोप्ने गरेका छन्, तर रानाले चैते र बर्खे गरेर वर्षमा दुई पटक धानखेती गर्दै आउनु भएको छ । डेढ बिघा खेतमा उहाँले ‘चैते–५’ जातको धान रोप्नुभएको छ । रानाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत उहाँले बीउ, मल र सिँचाइमा ८५ प्रतिशत अनुदान पाउनुभएको छ ।

कृषि प्राविधिकको सल्लाहअनुसार खेती गरेकाले रोग–कीराको समस्या देखिएको छैन । “चैते  धान पाक्नै लागेको छ”, उहाँले भन्नुभयो, “एक दुई दिनमा चैते धान काटेर वर्षे धानको रोपाइँ गर्ने सुरसारमा छौँ, वर्खे धान जस्तो चैते धानमा रोग कीराको समस्या छैन, उत्पादन पनि सोचेभन्दा बढी नै हुनेमा विश्वस्त छौँ ।” लगातार वर्षा हुन थालेकाले खेतमा काटेको चैते धान थन्क्याउने र थ्रेसिङ गर्ने पिरलो भने उहाँलाई छ ।

परियोजना अन्तर्गत कञ्चनपुरमा यस वर्ष ५४ हेक्टरमा चैते धानखेती गरिएको छ । विगतको तुलनामा चैते धानखेती गर्ने किसानको सङ्ख्या बढेको कृषि अधिकृत सञ्जु उपाध्याय रिमालले बताउनुभयो । उहाँका अनुसार चैते धान माघमा बीउ राखी फागुनदेखि चैतको पहिलो सातासम्म रोपिन्छ र १२० दिनभित्र पाकेर असारको सुरुवातमा कटनीका लागि तयार हुन्छ ।

कृषि ज्ञान केन्द्रका अधिकृत जागृत खनालका अनुसार सीमसारयुक्त र डुबानग्रस्त खेतमा चैते धान उपयुक्त मानिन्छ । विशेषगरी बेलडाँडीलगायत डुबान हुने ठाउँका किसानका लागि यो वैकल्पिक बालीका रूपमा देखिएको छ । यस वर्ष कञ्चनपुरमा कूल २६० हेक्टर क्षेत्रमा चैते धानखेती भएको छ । त्यसमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि परियोजना, पालिकाको अनुदान र किसानको लगानी समावेश छ । चैते धानप्रति हेक्टर चार दशमलव छ मेट्रिकटन उत्पादन हुने गरेको छ ।

महाकाली सिँचाइको कमाण्ड एरियाका किसानले थोरै लागतमा चैते धानखेती गर्दै आएका छन् । भूमिगत सिँचाइ९पम्पसेट, स्यालो ट्युबेल, डिप ट्युबेल० लगायतको सहायताले सिँचाइ गर्ने किसानको लागत खर्च भने बढी लाग्ने गरेको छ । बाली विकास अधिकृत खनालका अनुसार पुनर्वास नगरपालिकामा चालु आवमा चैते धानखेतीलाई प्रवद्र्धन गर्नका लाागि कार्यक्रम सञ्चालन गरिएको छ ।

सो अन्तर्गत किसानलाई साना सिँचाइ, उन्नत बीउबिजन, कृषि औजार, उपकरण लगायतमा अनुदान दिइएको छ । त्यस अन्तर्गत नगरपालिका क्षेत्रमा २४ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको छ । जिल्लाको सिँचाइ सुविधा उपलब्ध भएका पुर्नवास, बेलौरी, भीमदत्त, शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिकाका किसानले चैते धानखेती गर्दै आएका छन् । कृष्णपुर नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका केही किसानले फाट्टफुट्ट रुपमा चैते धानखेती गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्रको अनुदानमा मात्रै जिल्लामा एक सय ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुदै आएको छ । किसानले उत्पादन गरेको चैते धानको बजारमा लागतअनुसार मूल्य नपाउने गरेको गुनासो गरेका छन् । उत्पादित चैते धान चिउरा र भुजा बनाउनका लागि बढी प्रयोग हुने गरेको छ । चैते धानखेती गर्ने किसालाई भने छाडा चौपायाबाट बाली जोगाउनका लागि खेतमै पहरा दिनुपर्ने बाध्यता छ । चैते धानमा रोग प्रतिरोधी क्षमता हुने भएकाले मौसमी असरमा पनि किसानले सोचेभन्दा बढी उत्पादन दिने कृषि प्राविधिकको भनाइ छ ।

शुक्लाफाँटा नगरपालिकाका कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐर एकै वर्षमा वर्खे र चैते धानखेती गरी किसानले दुई पटक धान उत्पादन लिन थालेको बताउनुहुन्छ । “धानको उत्पादन बढेसँगै किसानको वार्षिक आम्दानी दोब्बरले बढेको छ”, उहाँले भन्नुभयो, “गहुँ बाली तथा तरकारी बाली लगाएर खाली हुने खेतको सदुपयोग भएको छ, देशको खाद्य भण्डार बढाउने कार्यसँगै आपतकालीन अवस्थामा खाद्य आपूर्तिका लागि चैते धानखेती सहयोगी रहेको छ ।” रासस