शिवपुरी गाउँपालिका – News Polar

बालबालिकाको निःशुल्क मुटु परीक्षण
नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको आज निःशुल्क मुटु परीक्षण गरिएको छ ।

पल्मोनरी हाइपरटेन्सन एशोसियन नेपालद्वारा आयोजित कार्यक्रममा ४२७ बालबालिकाको मुटु परीक्षण गरिएको सो संस्थाका अध्यक्ष सम्झना खनाल गड्तौलाले जानकारी दिनुभयो ।

शिविरमा काठमाण्डु मेडिकल कलेज, वीरेन्द्र सैनिक र कान्ति बाल अस्पतालका चिकित्सकले परीक्षण र परामर्श दिएका थिए । शिविरको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले गाउँगाउँका बालबालिकालाई नियमित स्वास्थ्य परीक्षण र अभिभावकमा स्वास्थ्य सचेतना फैलाउन प्रयास भइरहेको बताउनुभयो ।

पदमार्ग निर्माणसँगै शिवपुरीको लौके झरनामा आन्तरिक पर्यटकको घुइँचो
थानापति । गोठाला र घाँसीहरूले गीत गाउँदै हिँड्ने छहरेको वन र झरनामा जान पहिला–पहिला निकै कठिन हुन्थ्यो । घारीको बाटोमा काँढा बिझ्ने, जुका लाग्ने र खोल्सीहरूमा फसिने जोखिम हुन्थ्यो । भिरबाट लडिने डरले मानिस गोठालो–घाँस–दाउरा र पानी लगाउन जाँदा एक्लै हिँड्दैनथेँ । अहिले पदमार्ग बनेपछि छहरे खोलामा बग्ने लौका आकारको सुन्दर झरनासम्म पुग्न ज्येष्ठ नागरिक र बालबालिकलाई पनि सहजता मिलेको छ । साथै यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

काठमाडौँ, विदुर वा अन्य सहरका उकुसमुकुसलाई मेटाउने नजिकको सुन्दर प्राकृतिक गन्तव्यस्थलमा पूर्वाधार विकास भएपछि आक्कलझुक्कल गाउँ बस्ने र अरु बेला सहर बस्ने स्थानीयवासी पनि झरनाको सौन्दर्य र विकासको नयाँ उपक्रमलाई नजिकबाट नियाल्न झर्नामा पुग्न थालेका छन् ।

गाउँलेहरूको त्यो उत्साह शनिबारको पदमार्ग उद्घाटनको कार्यक्रममा देखिएको थियो । खेतीपातीका काम छाडेर स्थानीयवासी आफ्नै जीवनकालमा त्यो भिरपाखामा देखिएको आधुनिक विकासको निर्माता र साक्षी हुन पाएका छन् । त्यसैले होला, उनीहरु असारे पानीको पर्वाह नगरी झरना क्षेत्रमा जम्मा भएका देखिन्थे । नव प्रशिक्षित महिला बाजा समूहको पञ्चेबाजाको प्रस्तुतिले वारीपारी डाँडाकाँडा गुञ्जयमन त भएकै थियो । झरना र दहमा पुग्नेहरुले सुसेलीका भाका पनि हाल्न भ्याएका थिए ।

“त्यस्तो भिरमा के लगानी गरेका होलान् ?” शिवपुरी गाउँपालिका–८ को माथिल्लो ढोडिनीबाट सानो छहरे र ठूलो छहरे (लौके) झरनासम्मको पदमार्ग निर्माणका लागि बजेट विनियोजन गर्दा नुवाकोटको जनप्रतिनिधिमाथि यस्ता प्रश्न नआएका होइनन् । गाउँपालिकाको कटिबद्धता, विभिन्न निकायको सहयोग र जनश्रमदानका कारण छोटो अवधिमै पदमार्गमा ढलान र आवश्यक सिँढीहरू निर्माण सम्पन्न भई यात्रीका लागि विश्रामस्थल पनि बनेपछि त्यस्ता प्रश्न आफैँ फिक्का सावित भएका छन् ।

शिवपुरी गाउँपालिको वडा नं ८ र ककनी गाउँपालिकाको वडा नं ५ को सिमानामा पर्ने ठूलो छहरे (लौके) झरना जान अहिले काठमाडौँ–टोखा छहरे सडकबाट निकै सहज भएको छ । काठमाडौँ–टोखा छहरे सडकको स्तरोन्नति र कालोपत्रपछि काठमाडौँ–विदुर र अन्य स्थानबाट उक्त सडक प्रयोगको क्रम बढेको छ । यस पर्यटकीयस्थलमा पूर्वाधार विकासपछि आन्तरिक र बाह्य पर्यटक वृद्धि हुने ठानिएको छ । वन र भिरको बीच भागमा रहेको सानो छहरे र ठूलो छहरे झरनामा करिब १० वर्षअघि नेपाल क्यानोनिङ सङ्घबाट क्यानेनिङ सञ्चालन गरिएपछि यसको पर्यटकीय पहिचान उजागर भएको थियो । अहिले पदमार्ग र विश्रामस्थलको निर्माणले झरनाप्रति थप आकर्षण बढेको छ ।

नवनिर्मित पदमार्ग र विश्रामस्थलको गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले शनिबार उद्घाटन गरिरहँदा स्थानीय र आन्तरिक पर्यटकको एक प्रकारले लर्को लागेको थियो । सोही क्रममा ‘छहरे झरना पर्या–पर्यटन प्रवर्द्धन संस्था’को पनि उद्घाटन भएकाले यसप्रति स्थानीयवासीको चासो बढेको छ । काठमाडौँबाट माथिल्लो ढोडिनीसमको सडकमार्गको दूरी २९ किलोमिटर रहेको छ भने टोखा छहरे सडकबाट घट्टेखोलाबाट सानीपिपल हुँदै तीन किलोमिटर सडकबाट ढोडिनी पुग्न सकिन्छ । अहिले ढोलिनीसम्म चारपाङ्ग्रे सवारीसाधन पुग्ने बाटो बनिसकेको छ । ढोडिनीबाट झरनासम्म आठ सय मिटर पदमार्ग निर्माण गरिएको हो ।

‘शिवपुरी विकास र समृद्धिको आधार : शिक्षा,, कृति, पर्यटन र पूर्वाधार’को नाराका साथ कार्यरत गाउँपालिकाका अध्यक्ष थपलिया कृषि पर्यटनको विकास कसरी गर्ने भन्ने विषयमा आफूहरूले योजनाबद्ध रूपमा काम गरिरहेकाले छहरे झरना क्षेत्रमा थालनी भएको पूर्वाधार विकासलाई त्यही रूपमा बुझ्न आग्रह गर्नुभयो । उहाँले झरनामा पर्यटक आउन थालेपछि स्थानीय रूपमा घरबासलगायत अन्य व्यवसाय सञ्चालन आउने र स्थानीय उत्पादनले बजार पनि पाउने भएकाले अनेक दु:खकष्ट सहेर पनि स्थानीयवासीको समृद्धिको चाहनालाई पूरा गर्न लागि पर्ने अठोट व्यक्त गर्नुभयो ।

सोही गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङले शिवपुरीको समृद्धिको एउटा आधार पर्यटन हो भन्ने पहिचान गरेर आफूहरूले पूर्वाधार विकासको काम आरम्भ गरेको बताउनुुभयो । गाउँपालिकाका वडा नं ८ का अध्यक्ष केशव रिजालले आगामी दिनमा ठूलो छहरे झरनामा ककनी जोड्ने झोलुङ््गे पुल निर्माण गर्ने, सो स्थानमा सेल्फी खिच्न मिल्ने ‘स्ट्याण्ड’ बनाउनेलगायत योजना रहेको सुनाउनुभयो । उहाँका अनुसार पदमार्ग र विश्रामस्थल निर्माणका लागि गाउँपालिकाको रु पाँच लाख, वडाको रु दुई लाख, नेपाल पर्यटन बोर्डको रु १७ लाख र प्रधानमन्त्री स्वरोजगार कोषको रु आठ लाख गरी करिब रु ३० लाख लागत रहेको छ ।

छहरे झरना पर्या–पर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष गोपाल सिलवाल गाउँपालिकाको नेतृत्व र स्थानीयवासीको श्रमदानबाट झरनासम्मका लागि पदमार्ग र विश्रामस्थल बनेकाले अब आन्तरिक र बाह्य पर्यटक नियमित भित्र्याउन घरबास र रिसोर्ट सञ्चालनको योजना अघि बढाइने बताउनुहुन्छ । स्थानीय राजनीतिकर्मी राजेन्द्र वलीले पर्यटन पूर्वाधारको विकासमा सबैको साथ रहने बताउँदै लौके झरनामा स्वदेशी र विदेशी पर्यटक ल्याउन लागिपर्ने जनाउनुभयो । उक्त झरनामा क्यानोनिङको थालनीमा भूमिका निर्वाह गर्ने स्थानीयवासी हरि सिलवालले क्यानेनिङ महोत्सवलाई निरन्तरता दिन सकिए आन्तरिक र बाह्य पर्यटक स्वत: बढ्ने बताउनुहुन्छ ।

नुवाकोटको दक्षिण पूर्वी भागमा अवस्थित शिवपुरी गाउँपालिका साविकका तलाखु, छाप, लिखु, सिक्रे महाकाली, समुन्द्रादेवी, सुनखानी र थानापती गाविस समावेश गरी बनेको हो । समुद्री सतहको छ सय २९ मिटरदेखि दुई हजार पाँच सय २० मिटरको उचाइमा रहेको गाउँपालिकाको केन्द्र सेराबगर जिल्ला सदरमुकाम विदुरबाट ३० किलोमिटर र सङ्घीय राजधानी काठमाडौँबाट ४० किलोमिटर सडकको दूरीमा रहेको छ । विदुर र काठमाडौँको करिब मध्यदूरीमा पर्ने भएकाले पनि छहरे (लौके) झरना पर्यटकीय प्रचुर सम्भावनाको बोकेको स्थल हुन पुगेको छ ।

परापूर्वकालमा भगवान् शिवले क्रिडा गर्नुभएको मानिएको यस भूमिमा शिवको आराधना र तपस्याका लागि ऋषि, महर्षि र तपस्वी आउने गरेका जनविश्वास छ । शिवको बसोबास ठानिएको यो धार्मिक महत्वको क्षेत्रलाई शिवपुरी भनिने गरिएको छ । यो गाउँपालिका शिवपुरी राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको छ । रासस

शिवपुरीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र विजयी
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

अध्यक्षमा कांग्रेसका गोविन्दप्रसाद थपलिया र उपाध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर तामाङ निर्वाचित हुनुभएको हो । थपलियाले निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का पदमबहादुर उप्रेतीलाई एक सय नौ मतले पराजित गर्नुभएको हो । थपलियाले चार हजार १८२ तथा उप्रेतीले चार हजार ७३ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा तामाङले चार हजार ५२० तथा उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी इन्दिरा खड्काले चार हजार ५६ मत ल्याउनुभयो । सो गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो ।

यस्तै वडाध्यक्षतर्फ वडा नं १, २, ३ र ७ मा माओवादी केन्द्र, वडा नं ४ र ८ मा कांग्रेस तथा वडा नं ५ र ६ मा एमाले विजयी भएको सहायक निर्वाचन अधिकृत दयाराम पौडेलले जानकारी दिनुभयो ।