शताब्दी घर – News Polar

‘शताब्दी घर’को संरक्षणका लागि ‘गो फन्ड मी’
गण्डकी । बहुसांस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्न लागिएको पर्वतको कुश्मा नगरपालिका–६ माझगाउँस्थित ‘शताब्दी घर’को जीर्णोद्धार र संरक्षणका लागि क्राउड फन्डिङ ‘गो फन्ड मी’मार्फत सहयोग गर्न सकिने भएको छ । कुश्मा कला परियोजनाले तीन सय वर्ष पुरानो ऐतिहासिक महत्वको उक्त घर संरक्षणका लागि ‘गो फन्ड मी’ खातामा आर्थिक सहयोग गर्न सार्वजनिक आह्वान गरेको हो ।

सबै जातजाति तथा भाषाभाषीको अपनत्व हुने गरी बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने लक्ष्यसहित ‘गो फन्ड मी’ अभियान चलाइएको परियोजनाका अध्यक्ष आरके अदिप्त गिरीले बताउनुभयो । “गो फन्ड मीमार्फत सहयोग जुट्ने क्रम सुरु भएको छ, विभिन्न देशका ११ जना दाताबाट झण्डै पाँच सय डर खातामा जम्मा भइसकेको छ”, उहाँले भन्नुभयो, “शताब्दी घर संरक्षणका लागि रु ५० लाख सङ्कलन गर्ने लक्ष्य संस्थाले लिएको छ ।”

शताब्दी घरलाई अनुसन्धान, साहित्य, कला, संस्कृति र पर्यटन केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले परियोजनाले काम गरिरहेको छ । कलाको माध्यमबाट संस्कृति संरक्षण र समाज विकासमा भूमिका खेल्ने ध्येयले परियोजना स्थापना गरिएको अध्यक्ष गिरीको भनाइ छ । पहाडे वास्तुकला झल्काउने उक्त शताब्दी घरको आँगनलाई ‘नृत्य आँगन’, भुइँ तलामा पुस्तकालय र खुला स्टुडियो, पहिलो तलामा सङ्ग्र्रहालय र सिरानको तला बुइँगल ९सिरानतला०लाई पुराना भाँडावर्तन, भेषभूषा, अस्त्रसस्त्र र विभिन्न जातजाति र समुदायका लोपोन्मुख वाद्यवादनका सामग्री राखेर सङ्ग्रहालयका रुपमा रुपान्तरण गरिँदैछ ।

सोही तलाको बाँकी ठाउँलाई सामुदायिक सिकाइ केन्द्रका रुपमा विकास गरिने भएको हो । शताब्दी घरको आँगनमा ढुङ्गा बिछ्याउने र काठको फल्चा बनाउने योजना रहेको अध्यक्ष गिरीले सुनाउनुभयो । आँगनलाई ‘डबली’ कला प्रदर्शनी, कथावाचनस्थल आदिका लागि प्रयोग गरिने उहाँले बताउनुभयो ।

“भुइँ तलाको खुला स्टुडियोमा ललितकलाका सबै आयाममाथि चर्चा र चिन्तन गर्न मिल्ने गरी संरचना बन्दैछ”, अध्यक्ष गिरीले भन्नुभयो, “पहिलो तलामा रहने सङ्ग्रहालयमा परम्परागत काष्ठकला, मूर्तिकलाका सामग्री, घरायसी हस्तकला, हातहतियार, औजार, उपकरण, वाद्ययन्त्रलगायत सामग्री राखिनेछ ।”

कला, अनुसन्धान, खोज आदि गर्न खोज्नेका लागि अतिथि आवास गृह पनि निर्माण गरिने परियोजनाले जनाएको छ । कलाको आवासीय कक्षासमेत सञ्चालन गर्ने उद्देश्य संस्थाले लिएको अध्यक्ष गिरीले बताउनुभयो । “समाजका लागि उपयोगी कला, सीपका सिर्जनात्मक गतिविधि सञ्चालन हुने छन्, शताब्दी घरलाई कला र ज्ञानको मन्दिरका रुपमा विकास योजना छ”, उहाँले भन्नुभयो ।

तीनतले शताब्दी घरको बार्दलीलाई ग्यालरीका रुपमा प्रयोग गरिने उहाँले बताउनुभयो । उक्त ग्यालरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारका चित्र, संस्कृति र सम्पदाका तस्बिर, श्रव्यदृश्य सामग्रीलगायत राखिनेछ । सामुदायिक सिकाइ केन्द्रका रुपमा रहने सिरानको तलामा ‘कखरा स्कुल पाठशाला’, सिर्जनात्मक कला कार्यशाला, कथावाचन शृङ्खला सञ्चालनमा गरिने अध्यक्ष गिरीले बताउनुभयो ।

“परिवर्तन र विकासको नाममा हामीले हाम्रो मौलिक परम्परा, संस्कार, संस्कृति र रीतितिथि बिर्सिरहेका छौँ”, उहाँले भन्नुभयो, “मानिसले भुल्दै, बिसिँदै गएको आफ्नोपनको आभासलाई जोगाउन कुश्मा कला परियोजना स्थापना गरिएको हो ।”

अध्यक्ष गिरीले सांस्कृतिक धरोहर, सम्पदा बचाउनेभन्दा पनि मास्ने प्रवृत्ति बढिरहेको भन्दै उहाँले संस्कृति संरक्षणका लागि देशभर अभियान चलाउनुपर्ने बताउनुभयो । “हाम्रो कला, संस्कृति दिनप्रतिदिन सङ्कटमा परिरहेको छ, संस्कृति म¥यो भने हाम्रो क्षमता पनि मर्छ, त्यसैले संस्कृति, सभ्यता र कला बचाउनुपर्छ”, उहाँले भन्नुभयो ।

पुरानो संस्कृति र सम्पदाको महत्व आम मानिसलाई बुझाउने कोसेढुङ्गाका रुपमा ‘शताब्दी घर’लाई विकास गर्नुपर्ने परियोजनाको शुभेच्छुक संस्था ‘लियो डिस्ट्रिक काउन्सिल–३२५ एफ नेपाल’का अध्यक्ष युवराज पराजुलीले बताउनुभयो । कुश्मा कला परियोजना र शताब्दी घरको संस्थागत विकासका लागि सबैको सहयोगको हातेमालो चाहिने उहाँको भनाइ छ । “क्राउड फन्डिङ सोही उद्देश्यका लागि आह्वान गरिएको छ”, अध्यक्ष पराजुलीले भन्नुभयो, “एक व्यक्तिले सुत्रधार गरेको यस अभियानमा हामी सबै जोडिऔँ ।”

मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरणका लागि शताब्दी घरको अवधारणा अगाडि सारिएको परियोजनाले जनाएको छ । वर्षौंदेखि संरक्षणविहीन बनेको उक्त घरलाई ‘शताब्दी घर’ नाम दिएर परियोजनाले बहुसांस्कृतिक सङ्ग्रहालय बनाउने योजना बनाएको हो । स्थानीय राम गिरीको उक्त घर अहिले शताब्दी घरका रुपमा परिचित छ ।

मर्मत र रङरोगनपछि घरको मुहार फेरिएको छ । तीन सय वर्षभन्दा अगाडि गिरीका जिजुहजुरबुबा धनराजले उक्त घर बनाएको बताइन्छ । गिरी परिवारका सात पुस्ता सोही घरमा हुर्के बढेको परियोजनाका अध्यक्ष आरेके अदिप्त गिरीले बताउनुभयो । रासस