विष्णु पौडेल – News Polar

पार्टी हालको अवस्था र कार्यशैलीबाट मात्र अगाडि बढ्न सक्दैन : विष्णु पौडेल
काठमाडौँ: नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले गत वर्षको फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले सोचेअनुरूप परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै सांगठनिक पुनर्गठनको प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।

निर्वाचनमा व्यहोरेको पराजयलाई ‘गम्भीर धक्का’ का रूपमा चित्रण गर्दै उहाँले यसलाई अस्थायी असफलतामा सिमित राखेर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने उद्घोष गर्नुभएको हो । पार्टीको पछिल्लो बैठकका निर्णयहरूबारे जानकारी दिँदै उपाध्यक्ष पौडेलले निर्वाचनमा प्राप्त परिणामका आन्तरिक र वाह्य कारणहरूको गम्भीर समीक्षा भइरहेको बताउनु भयो । उपाध्यक्ष पौडेलले पार्टी हालको अवस्था र कार्यशैलीबाट मात्र अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेको जानकारी दिनुभयो । सचिवालयको पछिल्लो बैठकले पार्टीको सांगठनिक जीवनलाई पुनर्गठित गर्ने निर्णय गरेको उल्लेख गर्दै उहाँले त्यसका लागि आवश्यक गृहकार्य शुरु भइसकेको बताउनु भयो ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले निर्वाचनको विस्तृत समीक्षा गर्न र पार्टी पुनर्गठनसम्बन्धी ठोस प्रश्ताव तयार पार्न एक कार्यदल समेत गठन गरेको छ । उक्त कार्यदलले तयार पार्ने प्रतिवेदन र प्रस्तावका आधारमा एमालेले आगामी रणनीति तय गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले प्रश्न खडा भएको छ । जनताबाट अनुमोदित भएका नेता–कार्यकर्ताको पार्टीको प्रश्न हामीले यसलाई थ्योराइज गरेका छौँ । तर अहिले हामी यो निर्वाचनमा गम्भीर धक्का खाएका छौँ । यो समस्यालाई हामी कसरी सम्बोधन गर्छौं त भन्ने प्रश्न पनि हाम्रा सामु उपस्थित भएको छ । प्रतिष्पर्धामा श्रेष्ठता आर्जन गर्ने नेता–कार्यकर्ताको पार्टी । यसरी यस्ता विषयहरूलाई हामीले पार्टी निर्माणका सन्दर्भमा संस्थागत गरेका छौँ । म कमरेडहरूसँग के राख्न चाहन्छु भने, अहिले हामीले जुन प्रकारको धक्का व्यहोरेका छौं । असफलता व्यहोरेका छौं, अघि पनि मैले भनेँ, यो असफलता र धक्कालाई हामी अस्थायी धक्काका रूपमा लिएर स्थायी सफलतामा परिणत गर्न चाहन्छौँ । हो, त्यसै भएर हामीले विगतमा निर्वाचनपछिको परिस्थिति जस्तो परिस्थिति हामीसँग उपलब्ध थियो, त्यो परिस्थितिलाई सदुपयोग गर्दै वास्तवमा पार्टीका केही गम्भीर बैठकहरू बसेका छौँ । यसबीचमा सचिवालयका बैठकहरू बसेका छन् । सचिवालयको पछिल्लो बैठकको अध्यक्षता स्वयम् अध्यक्ष कमरेडले गर्नुभएको छ । र त्यो सचिवालयको बैठकबाट केही महत्वपूर्ण निष्कर्षहरू तथा महत्वपूर्ण प्रश्तावनाहरूलाई हामीले अघि सारेका छौँ । अघि अध्यक्ष कमरेडले पछि राख्नु नै हुनेछ कि हामीले खासगरी यो निर्वाचनमा किन धक्का व्यहोर्नुप¥यो, यसका कारणहरूमा हामी जान चाहेका छौँ । पराजयका कारणहरूमा आन्तरिक कारण के रहे, वाह्य कारण के रहे, देशभित्रका र बाहिरका कारण के रहे, पार्टीभित्रका कारण के रहे—यी सबै कुराको हामी समग्र रूपमा समीक्षा गर्नेछौँ । यसबाट हामी यथोचित ढंगले शिक्षा लिनेछौँ । हाम्रो पार्टी अहिले जस्तो छ, हामी जसरी काम गर्दैछौं, यही रूपमा र यस्तै ढंगले अगाडि बढ्न सक्दैन भन्ने निष्कर्षका साथ हामीले पार्टीको संगठनात्मक जीवनलाई पनि पुनर्गठन गर्नेछौं भन्ने निष्कर्ष सचिवालयको बैठकबाट निकालेका छौँ । त्यो सचिवालयको बैठकले निर्वाचनको समीक्षा गर्ने, समीक्षा प्रश्ताव तयार गर्ने तथा पार्टीको पुनर्गठन सम्बन्धी प्रश्ताव तयार गर्ने प्रयोजनका लागि एउटा कार्यदल निर्माण गरेको छ भन्ने मलाई लाग्छ ।’

उपाध्यक्ष पौडेलले निर्वाचनको धक्कालाई शक्तिमा बदल्न र पार्टीलाई जनताको विश्वासिलो शक्तिका रूपमा पुनस्र्थापित गर्न सांगठनिक सुदृढीकरण अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

नेपालको कम्युनिस्ट आन्दोलन इतिहासकै कठिन मोडमा छ, धुलो टकटक्याएर फेरि उठ्छौँ

पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनले इतिहासकै सबैभन्दा गम्भीर धक्का र पराजय व्यहोरेको स्वीकार गर्नुभएको छ ।  पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचनको परिणामलाई केन्द्रित गर्दै उहाँले आन्दोलनले ठूलो क्षति भोगेको बताउनुभएको हो । उपाध्यक्ष पौडेलले वि.सं. २००६ सालदेखि हालसम्मको इतिहासलाई मूल्याङ्कन गर्दा अहिलेको अवस्था सबैभन्दा चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले भदौ २३ र २४ गतेका घटनाक्रमदेखि फागुन २१ को निर्वाचनसम्म आइपुग्दा पार्टीले ठूलो धक्का बेहोर्नुपरेको टिप्पणी गर्नुभयो । उपाध्यक्ष पौडेलले वर्तमान परिस्थितिलाई एउटा शिक्षाको रूपमा लिँदै पार्टी पुनः सङ्गठित भएर अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो । आगामी कार्यदिशाबारे प्रष्ट पार्दै उहाँले अबको बाटो जनता, कार्यकर्ता र राष्ट्रिय हिततर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘स्वाभाविक रूपमा यतिबेला नेपालको कम्युनिष्ट आन्दोलनले एउटा गम्भीर धक्काको सामना गरेको छ । खासगरी भदौ २३–२४ हुँदै फागुन २१ को निर्वाचनसम्म आइपुग्दा हामीले धेरै ठूलो धक्का र क्षति व्यहोरेका छौँ । हाम्रो आन्दोलनले निकै ठूलो क्षति व्यहोरेको छ । कतिपय मानिसहरूलाई लागेको छ कि अब यो आन्दोलन उठ्न सक्दैन, नेपालको कम्युनिष्ट आन्दोलन सदा–सदाका निम्ति समाप्त भएर जान्छ । कतिपयले यस्तो अनुमान गरेका छन् भने कतिपयले त्यस प्रकारको कामना पनि गरेका छन् । म यहाँहरूसँग विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु—हो, हाम्रो आन्दोलनले धेरै ठूलो धक्का व्यहोरेको छ । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासलाई २००६ सालदेखि आजसम्म समग्र रूपमा मूल्याङ्कन गर्ने हो भने, यो धक्का इतिहासकै सबैभन्दा ठूलो धक्का हो । यो पराजय इतिहासकै सबैभन्दा ठूलो पराजय हो । तर म कमरेडहरूसँग आग्रह गर्न चाहन्छु कि हामी यो धक्कालाई चिर्नेछौँ, यो असफलताबाट शिक्षा लिनेछौँ र फेरि उठ्नेछौँ । हामी धुलो टकटकाउनेछौँ र अगाडि बढ्नेछौँ । हामी जनतातिर फर्किएर, कार्यकर्तातिर फर्किएर र देशको समग्र राष्ट्रिय हिततर्फ उन्मुख हुँदै नयाँ ऊर्जा र दृढताका साथ अघि बढ्नेछौँ ।’

जनताको विश्वास जितेर र आन्तरिक कमजोरीहरू सुधार्दै कम्युनिस्ट आन्दोलनलाई पुनः उचाईमा पु¥याउने उहाँको प्रतिवद्धता छ । –न्युज एजेन्सी नेपाल

विष्णु पौडेलको प्रश्नः वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले, किन चलाइरहेका हुन् ?
काठमाडौं: नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमालेका लागि गत निर्वाचनमा भएको चिन्ताजनक पराजयको गभीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची रहेको बताउनु भएको छ ।

उहाँले सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै यस यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कस्ले, किन चलाइरहेका हुन्  भनी प्रश्न गर्नु भएको छ ।

नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बिच एकता हुन लागेको र त्यसका लागि दुबै पार्टीका शीर्ष नेताहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बिच वार्ता भइरहेको भन्दै केही दिनदेखि राजनीतिक वृत्तमा चर्चा चुलिएसँगै उपाध्यक्ष पौडेलले आफ्नो धारणा सार्वजनिक गर्नु भएको हो ।

एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनर्गठन गर्न पौडेलले अग्रसरता लिने
काठमाडौं । नेकपा एमाले भित्र नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनर्गठन गर्ने आबाज उठेको छ ।

प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद पराजय व्यहोरेसँगै पुनर्गठनको मुद्धा उठेको हो । एमाले उपाध्यक्ष विष्णु पौडेलले बिगतमा पार्टीका तर्फबाट भएका गल्ती कमजोरीहरूको गंभीर समिक्षा गर्न, जनअपेक्षा अनुसार आफैलाइ रुपानन्तरण गर्न र नेकपा (एमाले) को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भैरहने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

रुपन्देही क्षेत्र नं २ बाट विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेललाई बधाई तथा शुभकामना दिने क्रममा पनि पौडेलले पुनर्गठन गर्न अग्रसरता लिने उल्लेख गर्नुभएको थियो ।

उहाँले भन्नुभएको थियो -निर्वाचनको यो परिणामबाट कत्ति पनि विचलित नहुनुहोस । राजनीति एउटा लामो यात्रा हो, जहाँ उतारचढाव आइरहन्छन । कस्तै परिस्थितिमा पनि हाम्रो निष्ठा र सङ्कल्प कमजोर हुनुहुँदैन। यसर्थ, अझ सशक्त रूपमा जनताको सेवामा समर्पित हुन हार्दिक अनुरोध गर्दछु ।

‘रुपन्देहीलाई शिक्षा, स्वास्थ्य र रोजगारीको केन्द्र बनाउने मेरो संकल्प हो’: विष्णु पौडेल
रुपन्देही: नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेलले रुपन्देहीलाई देशकै नमूना जिल्ला बनाउने संकल्प लिएको बताउनुभएको छ ।

फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा बोल्दै नेता पौडेलले संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई समृद्धि र सुशासनको बाटोमा अघि बढाउन आफूले उम्मेदवारी दिएको प्रष्ट पार्नुभयो ।

मुलुकमा समृद्धि र सामाजिक न्याय त्यसै प्राप्त नहुने बताउँदै उहाँले त्यसका लागि सही सोच, दृष्टिकोण र दृढ इच्छाशक्तिको आवश्यकता पर्ने र आफ्नो उम्मेदवारी तिनै राष्ट्रिय उद्देश्य पूरा गर्न केन्द्रित रहेको बताउनु भयो ।

रुपन्देही जिल्लालाई पूर्वाधार र मानवीय विकासका दृष्टिकोणले देशकै अग्रणी जिल्ला बनाउन आफूहरु सफल भएको दाबी गर्दै पौडेलले अबको योजना निर्माण सम्पन्न भएका आयोजनाको प्रभावकारी व्यवस्थापन र निर्माणाधीन आयोजनाको सफल कार्यान्वयन रहेको बताउनु भयो । यसका साथै जिल्लामा थप नयाँ र ठूला आयोजनाहरु शुरु गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘फागुन २१ सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा म रुपन्देही क्षेत्र नम्बर २ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेको छु । मेरो उम्मेदवारी समग्रतामा संविधानको रक्षा, लोकतन्त्रको रक्षा, समृद्धि र सामाजिक न्यायको यात्रामा मुलुकलाई अगाडि बढाउनका लागि हो । राजनीतिक स्थायित्व र सुशासनका लागि हो । समृद्धि यसै प्राप्त हुँदैन, सामाजिक न्याय यसै प्राप्त हुँदैन त्यसका निम्ति सही सोच, सही दृष्टिकोण र दृढ इच्छाशक्तिको आवश्यकता पर्दछ । त्यस हिसावले यी उद्देश्यहरु हासिल गर्नका लागि हो । जहाँसम्म रुपन्देही क्षेत्र नम्बर २ को सन्दर्भ छ, रुपन्देही क्षेत्र नम्बर २ को सन्दर्भमा रुपन्देही जिल्लाको सन्दर्भमा मेरो उम्मेदवारीको प्रयोजन, हामीले यसबीचमा रुपन्देही जिल्लालाई देशकै पूर्वाधार विकास र मानवीय विकासका दृष्टिकोणले देशकै अग्रणी जिल्ला बनाउन सकेका छौं । गर्व गर्न लायक धेरै ठूला पूर्वाधारका आयोजनाहरु सम्पन्न भएका छन् या त निर्माणाधिन अवस्थामा छन् । मेरो उम्मेदवारी निर्माण सम्पन्न भएका आयोजनाहरुको प्रभावकारी व्यवस्थापन र सञ्चालन गर्नका लागि हो, निर्माणाधिन अवस्थामा रहेका आयोजनाहरुको प्रभावकारी ढंगले कार्यान्वयनका लागि हो र अरु केही नयाँ ठूला आयोजनाहरु शुरुवात गर्नका लागि हो । र मैले यो रुपन्देही जिल्लालाई शिक्षाको केन्द्र बनाउन चाहेको छु, स्वास्थ्यको केन्द्र बनाउन चाहेको छु, रोजगारी, स्वरोजगारी र आयआर्जनको केन्द्र बनाउन चाहेको छु । यहाँका विद्यार्थी विद्यालय शिक्षा र उच्च शिक्षाका निम्ति देशका अन्य भागमा वा अन्यत्र जान नपरोस् । यहाँका नागरिकहरु उपचारको निम्ति अन्यत्र जान नपरोस्। रोजगारीका निम्ति नयाँ नयाँ सम्भावनाहरु यही जिल्ला भित्र उपलब्ध हुन सकुन् । स्वरोजगारीका नयाँ नयाँ सम्भावनाहरु यही उपलब्ध हुन सकुन् ।यस उद्देश्यका साथ मैले यो जिल्लालाई भौतिक र मानवीय विकासका दृष्टिकोणले देशको नमुना जिल्ला बनाउने मेरो संकल्प छ । यही संकल्प, यही उद्देश्य हासिल गर्नका लागि मेरो उम्मेदवारी हो ।’

नेता पौडेलले रुपन्देहीलाई शिक्षा, स्वास्थ्य र रोजगारीको मुख्य केन्द्र बनाउने आफ्नो मुख्य लक्ष्य रहेको सुनाउनु भयो । उहाँले जिल्लामै रोजगारी र स्वरोजगारीका नयाँ–नयाँ सम्भावनाहरु सिर्जना गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । भौतिक विकाससँगै मानवीय विकासलाई सँगसँगै अगाडि बढाएर रुपन्देहीलाई देशकै सर्वोत्कृष्ट र नमूना जिल्ला बनाउने संकल्पका साथ आफू चुनावी मैदानमा होमिएको उहाँले स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल

सेटिङका आधारमा प्रक्षेपण गरिएका छन् ती वास्तविक र तथ्यपरक होइनन् : एमाले उपाध्यक्ष पौडेल
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले केही मिडिया र सामाजिक सन्जालमा सार्वजनिक प्रक्षेपण गलत मनशायबाट आएकाले स्वदेशी तथा विदेशी संस्थाहरुले गरेको वास्तविक प्रक्षेपण केही दिनमा आउने जनाएका छन् ।

आज बुटवलमा प्रेस चौतारी निकट पत्रकारसँगको अन्तरसंवादमा उनले रुपन्देही क्षेत्र नं २ सहित देशका विभिन्न निर्वाचन क्षेत्रहरुमा योजनावद्ध रुपमा आएका प्रक्षेपण वास्तविक नभएको र वास्तविक प्रक्षेपण केही दिनमा आउने दाबी गरेका छन् ।

‘सेटिङका आधारमा विभिन्न प्रकारका प्रक्षेपण गरिएका छन् तर ती वास्तविक र तथ्यपरक होइनन्, फिल्डको अवस्था धेरै फरक छ, ती प्रक्षेपणहरू फेल खानेछन्, यहाँका मतदाताले एमालेलाई नै जिताउनुपर्ने छ भन्ने माइन्डसेड गरेर बसेका छन् जनताको त्यो परिवर्तन गर्न निकै कठिन छ’ पौडेलले भने–‘त्यस्ता प्रक्षेपण सार्वजनिक गर्न हुने कि नहुने भन्ने विषयमा पछि कुरा गरौंला तर भरपर्दो राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरुले गरेका प्रक्षेपणमा अहिले सार्वजनिक गरिएजस्ता भ्रमहरु छैनन् ।’

प्रतिस्पर्धी दल तथा उम्मेदार कसैको आलोचना नगरी उनले आफ्नो पार्टी राष्ट्रिय राजनीतिको मियो भएकाले ठूलो पार्टी बन्नबाट रोक्न कसैले नसक्ने जनाए । पौडेलले ५ निर्वाचन क्षेत्र रहेको रुपन्देही र २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा एमाले नै बहुमतसहित पहिलो शक्ति बन्ने दाबी गरे । उपाध्यक्ष पौडेलले भने–‘निर्वाचनपछि एमाले राष्ट्रिय राजनीतिको मियो बन्ने र मुलुक सञ्चालनको ड्राइभिङ सिटमा बस्ने विश्वास छ । एमालेविरुद्ध गरिएका अनर्गल प्रचारबारे मतदाता प्रष्ट भइसकेको अवस्था छ ।’

रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवार रहेका पौडेलले विगतमा गरेका काम पूरा गर्न र नयाँ सपना कार्यान्वयन गर्नका लागि जनताको विश्वास रहेको जनाए ।पूर्वअर्थमन्त्री पौडेलले जतिसुकै षडयन्त्रको हल्ला गरे पनि जनताले योजना र विगतका अनुभवका आधारमा आफ्नो प्रतिनिधि छान्ने जनाए ।

‘पौडेलले रुपन्देही क्षेत्र नं। २ मात्र होइन पाँच वटै क्षेत्रमा एमाले पहिलो बन्ने दाबी गरे। ‘विगतमा अरू क्षेत्रको तुलनामा क्षेत्र नं। ४ केही कमजोर देखिन्थ्यो तर, अहिले त्यो क्षेत्र पनि निकै सुधारिएकोले एमाले रुपन्देहीको सर्वाधिक बलियो र ठुलो शक्तिको रूपमा पुन उदय हुँदै छ,’ उनले भने।

‘एमालेले केबल चुनाव जित्नका लागि मात्र जित्न चाहेको छैन, रुपन्देहीलाई र सिङ्गो लुम्बिनी प्रदेशलाई नै नमुना बनाउनको लागि जित्न चाहेको छ, अहिले निर्माणाधीन बुटवल नारायणगढ र बुटवल गोरुसिङ्गे सडक आयोजनासँगै सिद्ध बाबा सुरुङ मार्ग, सिद्धार्थ राजमार्गको स्तरोन्नति, कालीगण्डकी तिनाउ डाइभर्सन आयोजनाहरूको निर्माण हाम्रा सपना हुन्,’ पौडेलले भने। पौडेलले सिद्धार्थ राजमार्गको स्तरोन्नतिपछि लुम्बिनी र गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रहरू एक आपसमा जोडिने र त्यसैको माध्यमबाट पर्यटकहरूलाई आकर्षित गर्न सकिने बताए।

उनले रुपन्देहीमा संचालित पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न र सम्पन्न भएका आयोजनाहरूको प्रभावकारी व्यवस्थापनसहित सञ्चालनका लागि पनि एमालेको जित अपरिहार्य हुने बताए।

मतदाताका सुझाव लिंदै पौडेलको टोलभेला जारी
बुटवल: एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले सैनामैना नगरपालिका अन्तर्गत विभिन्न वडाहरुमा टोलभेला गर्दै मतदाताका गुनासो सुनेका छन् । त्यसक्रममा मतदाताले राखेका सुझाव र गुनासालाई आफूले सम्बोधन गर्ने प्रतिवद्धता पनि पौडेलले व्यक्त गरेका छन् । उनले बुधबार करिव एक दर्जन स्थानमा विभिन्न टोल भेलामार्फत मतदाताको गुनासो सुनेका थिए ।

उनले बुधबार सैनामैना स्थित पर्रोहा बोलबम धाममा दर्शन गरेर प्रचार अभियानको सुरुवात गरेका थिए । त्यसपछि विभिन्न टोलमा घरदैलो तथा टोल भेला आयोजना गरिएको थियो ।

भेटघाटका क्रममा पौडेलले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीको समस्या समाधान अन्तिम चरणमा पुग्दा विभिन्न अवरोध खडा गरिएको गुनासो गरे । “समाधानको चरणमा पुगेका कामलाई रोक्ने उद्देश्यले नयाँ सरकारले आयोग खारेज गर्यो, त्यसको विरोधमा मुद्दा परेपछि सर्वोच्चले उक्त निर्णय बदर गरेपछि अव काम अगाडि बढ्ने देखिएको छ, अब त्यसलाई निष्कर्षमा पु¥याइनेछ,” उनले भने ।

आफ्नो पहलमा सैनामैनामा प्राकृतिक चिकित्सालय, पर्रोहा परमेश्वर बोलबध धामको पुनर्निर्माण, सैनामैना चक्रपथ, नगर अस्पताल, ज्येष्ठ नागरिक मिलन केन्द्र तथा सामुदायिक विद्यालयका भवन निर्माण सम्पन्न भएको उनले स्मरण गराए । विद्यालयहरूमा आधुनिक प्रयोगशाला स्थापना गरिएको र प्रदेशस्तरीय फोहरमैला प्रशोधन केन्द्र निर्माण प्रक्रिया पनि आफ्नो नेतृत्वमा अघि बढाइएको उनले बताए ।

त्यसैगरी, सैनामैना–३ गंगानगरको लामीरह क्षेत्रमा बहुउद्देश्यीय जलाशययुक्त बाँध निर्माणका लागि वातावरणीय अध्ययन सम्पन्न भइसकेको र चाँडै ठेक्का प्रक्रिया अगाडि बढ्ने जानकारी दिए । वन संरक्षण, हरियाली प्रवद्र्धन, वन अनुसन्धान केन्द्र विकास तथा आयआर्जन वृद्धि कार्यक्रमलाई प्राथमिकतामा राखिने उनले बताए ।

भेटघाटका क्रममा मतदाताहरूले सडक स्तरोन्नति, सिँचाइ विस्तार, युवाका लागि रोजगारी सिर्जना र खानेपानी व्यवस्थापनलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए । स्थानीयले सुरु भएका विकास योजनालाई निरन्तरता दिन र अधुरा काम समयमै सम्पन्न गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा सहभागीहरूले विगतमा सुरु गरिएका पूर्वाधार विकासका कामलाई सकारात्मक रूपमा लिँदै अब ती योजनाको प्रभावकारी कार्यान्वयन र पारदर्शितामा जोड दिनुपर्ने धारणा राखेका थिए । पौडेलले जनताका सुझावलाई आफ्नो आगामी कार्ययोजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरे । उनले युवा र विद्यार्थीका समस्यालाई आफूले गहिरोसँग बुझेको भन्दै युवालाई उद्यम र रोजगारसँग जोड्ने र विद्यार्थीलाई गुणस्तरीय शिक्षा आफ्नै गाउँ ठाउँमा प्राप्त गर्ने गरी आफूले काम गर्ने पनि बताए ।

एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने
काठमाडौँ । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई रुपन्देही–२ बाट प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको छ।

यसअघि शनिबार राति सम्पन्न सचिवालय बैठकले रुपन्देही–२ खाली राखी पौडेललाई पाल्पा–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर पार्टी केन्द्रले उक्त निर्णय संशोधन गर्दै उनलाई रुपन्देही–२ मै उम्मेदवार बनाउने निर्णय गरेको हो।

यसैबीच, आज बसेको रुपन्देही–२ क्षेत्रीय कमिटीको विशेष बैठकले जसरी पनि विष्णु पौडेललाई उक्त क्षेत्रबाट उम्मेदवार बनाउने र जिताउने सम्पूर्ण जिम्मेवारी आफूहरूले लिने निर्णय गरेको जनाएको छ।

बिष्णु पौडेल रुपन्देही–२ बाट चुनाव लड्न निश्चित भएपछि रुपन्देहीका पाँचै क्षेत्रका उम्मेदवार निश्चित भएको छ। रुपन्देही–१ दधिराम न्यौपाने, रुपन्देही–२ विष्णुप्रसाद पाडैल, रुपन्देही–३ बाट बासुदेव घिमिरे, रुपन्देही–४ बाट सुनिता थथेर र रुपन्देही–५ बाट खिमलाल भट्टराई उम्मेदवार टुंगिएको हो।

नेकपा (एमाले)को एघारौं राष्ट्रिय महाधिवेशन :विष्णु पौडेलको निर्वाचन क्षेत्रमा स्वस्थ लोकतान्त्रिक अभ्यास
रुपन्देही । विष्णु पौडेलको निर्वाचन क्षेत्र रुपन्देही– २ मा एघारौं राष्ट्रिय महाधिवेशनका लागि हिजो सम्पन्न भएको प्रतिनिधिहरुको निर्वाचनमा स्वस्थ एवम् लोकतान्त्रिक अभ्यास अवलम्बन गरिएको छ । मतदाताले ब्यक्तिको योग्यता, योगदान, निष्ठा र इमान्दारितालाई निर्वाचनको मूख्य आधार बनाएका छन् ।

गोपाल राना, वासुदेव घिमिरे, राजु गुरुङ, तेजेन्द्र केसी, बावुराम भट्टराई, कुमार थापा, ज्ञानु केसी, कल्पना थापा, विमला श्रेष्ठ र वालकृष्ण पाण्डे प्रतिस्पर्धाद्वारा निर्वाचित भएका छन् । जिल्लास्तरको निर्वाचन क्षेत्रबाट सोही निर्वाचिन क्षेत्रका एकराज विश्वकर्मा र बावुराम विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिनिधिहरुको अनुहारमा निर्वाचन क्षेत्रको समाजिक बनोट प्रतिविम्वित भएको छ । जस अनुसार बाहुन क्षेत्री चार जना (बाहुन दुई जना, क्षेत्री दुई जना), जनजाति पाँच जना (मगर तीन जना, गुरुङ एक जना, नेवार एक जना), महिला तीन जना, ४० बर्ष मुनीको युवा एकजना र दलित दुईजना निर्वाचित भएका छन् ।

एमाले निर्वाचनबाट डराउँदैनः विष्णु पौडेल
बुटवल: नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले एमाले निर्वाचनबाट डराएर नभाग्ने बताउनुभएको छ । उहाँले एमाले सधै जनताबाट अनुमोदित शासन व्यवस्थाको वकालत गर्ने पार्टी भएकोले निर्वाचनबाट नभाग्ने बताउनुभयो ।

प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले जनताको माझमा जान आफूहरु तयार रहेको बताउँदै तर यो प्रकारको निर्वाचनको तयारीले चुनावको वातावरण वन्न नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले देशलाई संवैधानिक प्रकृयामा ल्याउन प्रतिनिधि सभाको पुनर्स्थापना गर्ने र प्रतिनिधिसभामार्फत बन्ने नयाँ सरकारले निर्वाचन गराउनुपर्ने नेकपा एमालेको बटमलाईन हो भन्नुभयो ।

उपाध्यक्ष पौडेलले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने एमालेको माग रहेको बताउँदै प्रतिनिधि सभामार्फत संविधान संशोधन गरेर प्रतिनिधि सभाको सदस्य नभएको व्यक्ति पनि प्रधानमन्त्री र मन्त्री वन्न सक्ने प्रावधान ल्याई सोही सरकारले निर्वाचन गराउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले संसद पुनर्स्थापना गरी संविधान संशोधनमार्फत मात्रै निर्वाचनमा जानुपर्ने जिकिर गर्नुभयो ।

उहाँले संविधान बचाउने हो भने संसद पुनर्स्थापना गर्नुपर्ने तर्क राख्नुभयो । जेनजी युवा पुस्ताको माग सम्बोधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद पुनस्र्थापना हुनुपर्ने उहाँको भनाइ छ ।

पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेलले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको घटनाको छानविन गरी दोषीलाई कारवाही हुनुपर्ने बताउनुभयो । त्यसैगरी उहाँले भदौ २४ गते भएको आगजनी र विध्वंसको छानविन गरी दोषीमाथि कारवाही हुनुपर्ने बताउनुभयो ।

पौडेलले सुरक्षा निकायको मनोबल कमजोर भएको बताउँदै देशभर लुटिएका हतियार अझैपनि फिर्ता नभएकोले मुुलुकमा शान्ति सुरक्षाको अवस्था कमजोर रहेको टिप्पणी गर्नुभयो ।

काठमाडौंमा हुने एमालेको महाधिवेशनले सर्वसम्मत नेतृत्व छान्ने पौडेलको भनाइ छ । जेनजीहरुको भावनाको नेकपा एमालेले सम्मान गर्ने उल्लेख गर्दै उपाध्यक्ष पौडेलले नयाँ निर्वाचनमार्फत गठन हुने सरकारले संविधान संशोधन गरि देशमा जेनजीहरुको माग र भावना बमोजिमको व्यवस्थामा जान सकिने धारणा राख्नुभयो ।

कार्यक्रम प्रेस चौतारी रुपन्देहीकी अध्यक्ष भगवती पाण्डेको अध्यक्षतामा भएको थियो ।

पूर्वाधार निर्माणमा ठूलो स्रोत जुटाउन खोजिरहेको छौंः अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एव्ं अर्थमन्त्री विष्णु पौडेलले सरकारले पूर्वाधार निर्माणमा ठूलो स्रोत जुटाउन खोजिरहेको बताउनुभएको छ ।

बिहीवार अर्थसमितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले वैकल्पिक वित्त कोषमार्फत स्रोत जुटाउनका लागि कानूनका लागि प्रश्ताव गरिएको बताउनु भयो । उहाँकाअनुसार सरकारले पूर्वाधारका लागि स्रोत जुटाउन चाहिरहेको छ, लगानीकर्ताले ग्यारेन्टी खोजिरहेका छन् । कस्ता आयोजनामा ग्यारेन्टी गर्ने वा नगर्नेबारे वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि विधेयकमा प्रश्ताव गर्न खोजिएको बताउनु भयो । त्यस्ता आयोजनाहरु ग्यारेन्टी गर्ने सन्दर्भमा सजगत हुनुपर्ने अवस्था रहेको उहाँले बताउनु भयो ।

मन्त्री पौडेलले भन्नुभयो–‘सरकारले पूर्वाधारका लागि स्रोत जुटाउन चाहिरहेको छ, लगानीकर्ताले ग्यारेन्टी खोजिरहेका छन् । कस्ता आयोजनामा ग्यारेन्टी गर्ने वा नगर्नेबारे वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि विधेयकमा प्रस्ताव गर्न खोजिएको छ । त्यस्ता आयोजनाहरु ग्यारेन्टी गर्ने सन्दर्भमा हामी चिप्लीयौं भने देशलाई ठूलो क्षती हुने अवस्था छ । विधेयकमा ‘सेफगार्ड’ को विषयमा प्रस्ताव गरिएको छ नै । यसलाई थप स्पष्ट गर्नुपर्छ भने पनि गरौं ।’

उपप्रधानमन्त्री पौडेलले सोभरेन ग्यारेन्टी आंशि वा पूर्णरुपमा गर्नेगरी विधेयकमा राख्न प्रश्ताव गर्नुभयो । उहाँकाअनुसार संविधानभित्र सरकारलाई निकै धेरै अधिकार दिइएको छ । त्यसै अधिकारलाई टेकेर दुई देशबीच नेपालले कतिपय देशहरुसँग सन्धि सम्झौता गरिरहेको छ । सरकारले सोभरेन ग्यारेन्टी बस्दा कुनमा बस्ने कुनमा नबस्नेमा सोचबिचार गर्नैपर्छ ।

पूर्व सचिवालय सदस्यको ट्याक्सीमा अर्थमन्त्री पौडेल !
रुपन्देही । तीन दिने देखी बिभिन्न कार्यक्रममा सहभागी हुन रुपन्देही पुग्नु भएका एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले देवी वाग्लेलाई फोन गरेर बुटवलको मिलनचोकस्थित ड्रिम होटेल बोलाउनु भयो ।

वाग्ले केही बेरपछि ट्याक्सी लिएर होटलमा पुग्नु भयो । अर्थमन्त्री पौडेल सोही ट्याक्सी चढेर सुन्दनगर पुग्नु भयो । अर्थमन्त्रीसँग रहेको सरकारी गाडी सोही ट्याक्सीको पछि पछि लाग्यो ।अर्थमन्त्री पौडेल चड्नु भएको ट्याक्सी एक महिलाले चलाएकी थिइन्, जो एमालेकै पूर्वनेतृ हुनुहुन्छ ।

वाग्ले फूल (पुष्प) खेती गर्ने पहिलो महिला किसानका रुपमा त्यस क्षेत्रमा परिचित हुनुहुन्छ । उहाँले केही समय देखी विद्युतीय ट्याक्सी समेत चलाउदै आउनु भएको छ । अर्थमन्त्री पौडेलले ट्याक्सी ओर्लेपछि भाडासहित टिप्स समेत दिनु भएको थियो ।

ट्याक्सी चढेपछि पत्रकारहरुसँग अर्थमन्त्री पौडेलले राजनीतिक पहिचान समेत बनाएकी महिला नेतृले व्यवसायीकरुपमा ट्याक्सी चलाउनु अरु महिला र युवाका लागि प्रेरणाको विषय भएको बताउनु भयो । उहाँले इन्धनबाट चल्ने गाडीले प्रदुषण र व्यापार घाटा बढाइरहेको सन्दर्भमा देवीले विद्युतीय गाडी चलाएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो- ‘देवी वाग्लेलाई हौसला दिन र कुनै पनि काम सानो–ठूलो हुँदैन भन्ने आम महिला र युवामा सन्देश दिन उहाँको ट्याक्सी चढ्न बोलाएको हुँ,’ पौडेलले भन्नुभयो, ‘नेपाली समाजमा अझै पनि पुरुषले गर्ने कतिपय काम महिलाले शुरू गर्दा अविश्वास गर्ने, प्रोत्साहन नगर्ने परिपाटी छ, त्यसलाई अन्त्य गर्दै आफूसँग भएको सीपलाई आयआर्जनसँग जोड्नु राम्रो हो ।’

वाग्लेले नेपाल सरकारका माननीय उपप्रधान मन्त्री तथा सफल अर्थमन्त्री मेरो क्षेत्रवाट निर्वाचित प्रतिनिधि सभा सदस्यज्यू सशुल्क मेरो टेक्सी सेवा उपयोग गर्नुभएको भन्दै खुसी सहितको ईमाजी लेखेर सामाजिक संञ्जालमा पोष्ट गर्नुभएको छ ।

पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वाधार विकासमा निजी पुँजी आकर्षित गर्न वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ अघि सारिएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

विधेयकले स्वदेश र विदेशमा रहेका निजी क्षेत्रका लगानीकर्तालाई पूर्वाधार विकासतर्फ आकर्षित गर्ने उहाँको विश्वास छ । उहाँले पूर्वाधार विकासमा आवश्यक पर्ने पूँजीमा हाल परम्परागत स्रोतले मात्रै धान्न नसक्ने अवस्था आएको पनि बताउनु भयो । विकासको गुणात्मक गति बढाउन, राष्ट्रिय प्राथमिकताका आयोजनाहरूमा स्रोत जुटाउन र सार्वजनिक ऋणको चाप कम गर्न निजी क्षेत्रको पुँजी उपयोग गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यो विधेयकले विशेषगरी स्वदेश र विदेशमा रहेको निजी क्षेत्रको लगानी पूर्वाधार विकासका निम्ति आकर्षित गर्न सक्छौं । पूर्वाधार विकासको क्षेत्रमा स्वदेशी तथा विदेशी पूँजी आकर्षित गर्ने परिस्थिति बन्दा अरु गुणात्मक विकासलाई तिव्र पार्नका निम्ति मद्दत पुग्छ भन्ने अनुभूतिका साथ यो विधेयक अघि सारिएको हो । राष्ट्रिय प्राथमिकताका आयोजनाहरुमा स्रोत जुटाउन, सार्वजनिक पूर्वाधारमा विद्यमान लगानीको खाडल पुर्ति गर्न र परम्परागत वित्तिय स्रोतले धान्न नसक्ने आयोजनाहरुमा वित्तिय अन्तर पुरा गर्न, सार्वजनिक ऋणको आकार बढ्दै गएको सन्दर्भमा पूर्वाधार विकासमा निजी पूँजी आकर्षित गरी सार्वजनिक ऋणको चाप कम गर्न उक्त विधेयक अगाडि सारिएको हो ।’

उहाँले पूर्वाधार क्षेत्रमा ठूलो लगानी आवश्यकता भएपनि सार्वजनिक ऋण दिनप्रतिदिन बढिरहेको सन्दर्भमा सरकारले वैकल्पिक वित्तीय स्रोत खोज्नु अपरिहार्य रहेको बताउनु भयो ।

बाफिया विधेयकलाई छिटो टुंग्याउन अर्थ समितिलाई अर्थमन्त्रीको आग्रह
काठमाडौँ । अर्थ समितिमा छलफलमा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) विधेयकबारे छिटोभन्दा छिटो निष्कर्षमा पुग्न आग्रह गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा अन्तरगतको अर्थसमिति बैठकमा बाफिया बारेको छलफलमा मन्त्री पौडेलले यस्तो आग्रह गर्नुभएको हो । उहाँले छिटो भन्दैमा आवश्यक छलफल नै नगरी पास गर्ने भन्ने आशय आफ्नो नभएको भन्दै पर्याप्त छलफल गरेर चाँडो गर्नुपर्नेमा जोड दिनुभयो । उहाँकाअनुसार अर्थ समितिलाई बाफिया विधेयकलाई अघि बढाउने सन्दर्भमा अर्थ मन्त्रालय र राष्ट्र बैंकमा काम कारबाहीको जेजस्तो सूचना चाहिन्छ त्यसका लागि सहयोग गर्न तयार छ ।

अर्थमन्त्री पौडेलले भन्नुभयो–‘यो बाफियासम्बन्धि विधेयकमा हामी जुन छलफल गरिरहेका छौं । यसमा छिटोभन्दा छिटो समिति निष्कर्षमा पुगोस् भन्ने मेरो आग्रह छ । त्यसका लागि संशोधनकर्ता र समितिले जरुर सहयोग गर्नुहुन्छ भन्नेमा मेरो विश्वास छ । यो विधेयकको सन्दर्भमा हामी छिटो निष्कर्शमा पुगौं । छिटो भन्दाले सम्बन्धित विषयले जुन लेभलसम्मको छलफलको डिमाण्ड गर्छ त्यो तहसम्मको छलफल गरौं तर ढिला नगरौं ।’

उल्लेख्य स्वामित्व भएको व्यक्तिले ऋण लिन नपाउने व्यवस्था राख्न हुँदैन भन्ने धारणा देखिएको भन्दै अर्थमन्त्रीले यसमा छलफल गरेर निर्णयमा पुग्नुपर्ने उहाँको भनाइ छ । बैंकिङ प्रणालीलाई डिजिटलाइजेसन गर्नुपर्ने उहाँको भनाई छ ।

अर्थमन्त्री र मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलको टोलीबीच भेटवार्ता
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलको टोलीबीच भेटवार्ता भएको छ ।

शुक्रवार अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा लगानी सिर्जना गरी रोजगारी सिर्जना गर्नेबारे छलफल भएको हो । भेटमा सहभागीहरुले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वाधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका छन् । प्रतिनिधि मण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राह लगायत सहभागी हुनुहुन्थ्यो ।

भेटपछि कुराकानी गर्दै मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजाले  नेपालमा बेरोगारी दर उच्च रहेको बताउँदै सम्भावना धेरै भएकाले लगानी विस्तार गरेर रोजगारी सिर्जना गर्न सकिने बताउनु भयो । सो क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले बताएको छ । सचिवालयकाअनुसार लगानीकर्तालाई नेपालको पूर्वधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गर्नुभयो । ‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । नीतिहरु लगानीमैत्री छन् । लगानीका क्षेत्रहरु पहिचान राम्रो तयारी गरी अघि बढनुहोस् । सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ,’ अर्थमन्त्री पौडेलको भनाई उद्धृत गर्दै सचिवालयले भन्यो ।

उहाँले भन्नुभयो– ‘मलेसिया र नेपालबीचको सम्बन्ध राम्रो रहेको छ । हामीले अर्थमन्त्रीलाई भेटेर सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वाधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न खोजेको जानकारी गरायौं । बहुपक्षीय लगानीका बारेमा छलफल भयो । अर्थमन्त्रीले नेपालमा लगानी गर्नका लागि आह्वान गर्नुभयो । म नेपाल र मलेसियाबीच व्यापार तथा लगानीका थुप्रै सम्भावनाबारे अवगत छु ।  पूर्वाधार विकास, सूचना प्रविधि र पर्यटनलगायत क्षेत्रमा क्षेत्रमा नेपालसँग सहकार्य हुनसक्छ ।’

मलेसिया–नेपाल व्यापार परिषद् (एमएनबीसी) को टोलीले बिहीवार नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वकर्ताहरुसँग समेत छलफल गरेको थियो । सो क्रममा–मलेसिया व्यापारिक सम्बन्ध विस्तार तथा लगानी र आसपी सहकार्यका विषयमा छलफल भएको थियो ।

देशभित्र भविष्य खोज्ने अभियानलाई तिब्रता दिनुपर्छः अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले देशभित्र भविष्य खोज्ने अभियानलाई तिब्रता दिनुपर्ने बताउनुभएको छ ।

कोरियाको अनुभवमा आधारित सफलताका कथाहरु नाम पुस्तकको राजधानीमा विमोचन गर्दै उहाँले सम्भावना हुँदाहुँदै पनि देशभित्र आफ्नो भविष्य खोज्नेहरु अहिले कमी रहेको बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलकाअनुसार प्रकृतिको वरदानका रुपमा चिनिने नेपालमा धेरै गर्न सकिन्छ । प्रचुर सम्भावनाहरुलाई उपयोग गरेर देशलाई समृद्ध बनाउनुपर्ने पौडेलले बताउनु भयो । विदेशमा सिकेको सीप पुँजी सबैले नेपालमा उपभोग गर्नसके देश छिट्टै विकसित हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो–‘भूगोलका हिसावले देश सानो छौं तर प्राकृतिक दृष्टिकोणले हामी सम्पन्न छौं । संस्कृतिक, ऐतिहासिक, पुरातात्विक, दृष्टिकोणले हामी सम्पन्न छौं । त्यसअर्थमा हामीले हाम्रो देश भित्र भविष्य खोज्नुपर्छ । तथापी आजको दुनियाँमा कोही पनि आफ्नो देशभित्र रहेर अघि बढ्न सम्भव हुँदैन । विभिन्न सन्दर्भमा अध्ययनका शिलशिलामा श्रम,  व्यवसायका शिलशिलामा मानिसहरु एउटाबाट अर्को मुलुकमा गइरहेका हुन्छन् ।’

कोरियामा सिकेको सीप र पुँजीलाई नेपालमै सदुपयोग गरेर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन युवाहरुलाई पौडेलले आह्वान गर्नुभयो । पुस्तकले अरुलाई पनि विदेशबाट नेपालमा आएर केही गर्न उत्प्रेरणा मिल्ने बताउनु भयो ।

नदीजन्य वस्तुहरु उत्खनन गरेर विदेशमा समेत बेच्ने वातावरण बन्दैछः अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले खानीजन्य, नदीजन्य वस्तुहरु उत्खनन गरेर स्वदेशमा मात्रै नभई विदेशमा समेत बेच्ने वातावरण बनाउन सरकार लागेको बताउनुभएको छ ।

खानीजन्य वस्तु निर्यात गर्नेगरी सरकार अघि बढेको बताउँदै उहाँले निर्माण सामग्रीको अभावमा आयोजना कार्यान्वयन हुन नसक्ने अवस्था हटाइने बताउनुभएको हो । खानीजन्य र नदीजन्य निर्माण सामग्रीको उत्खनन गरेर उपयोग गर्ने मात्रै नभई निर्यात गर्नेसम्म सम्मको बजेटमा राखिएको कार्यक्रमलाई प्रभावकारी हिसावले कार्यान्वयनमा लगिने उहाँको भनाई छ ।

आज राजधानीमा पूर्वाधार पत्रकार समाजले गरेको एक कार्यक्रमललाई सम्बोधन गर्दै उहाँले त्यसदिशा तर्फ सरकार अघि बढिसकेकाले अब ब्याक नहुने बताउनु भयो । कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटमा पूर्वाधार निर्माणको क्षेत्रमा जेजस्ता समस्या रहँदै आएका थिए ती समस्यालाई हदसम्मै पूरा गरिएको समेत बताउनु भयो । केही महत्वपूर्ण सुधारका प्रयास बजेटमा गरिएकाले परिणाम सकारात्मक आउनेमा आफू आशावादी रहेको उहाँको भनाई छ ।

अर्थमन्त्री पौडेलले भन्नुभयो– ‘अब निर्माण क्षेत्रमा नदीजन्य वस्तुहरुको अभाव हुन दिँदैनौं । । वातावरणीय प्रभाव अध्ययनबाट उपयुक्त र आर्थिक दृष्टिले सम्भाव्य देखिएका खानीजन्य र नदीजन्य निर्माण सामाग्री उत्खनन र प्रशोधन गरी आन्तरिक उपयोग गर्नेछौं ।  नेपालमा मात्रै नभई निर्यात गर्ने व्यवस्था मिलाउनेछौं । खानी जन्य, नदिजन्य वस्तुहरु अभाव भएका कारण निर्माण जन्य प्रभावित हुन पर्दैन । अब बजेटमा राखिएको कार्यक्रमबाट पछि हट्दैनौं । अर्थमन्त्री पौडेलले यसो भनिरहँदा उहाँले बजेटमा राखेको कार्यक्रम अदालतको फैसला विपरित रहेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भइसकेको छ । अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री–अर्थमन्त्रीलाई कारबाहीको माग राख्दै अबहेलना मुद्दा दर्ता गराउनुभएको छ ।’

अर्थमन्त्री पौडेलकाअनुसार जहिल्यै बजेटको विश्वसनियतामाथि प्रश्न उठ्दै आएको थियो । अहिले बजेटको आकार बढाउने भन्दा पनि यथार्थपरक बजेट ल्याइएको कारण विश्वसियतामाथि कसैले प्रश्न उठाउन सकेका छैनन् । चालु खर्चलाई वाञ्छित सीमामा राख्न सकिने बताउँदै उहाँले साधारण खर्चलाई विगतमा बढाइरहँदा अहिले सीमामा राख्न कठिन भएको समेत बताउनु भयो ।

पुँजीगत खर्चलाई बढाउने प्रयास गरिएको बताउँदै स्रोतको दुरुपयोग नहोस् भन्ने हिसावले बजेट छुट्टाइएको पौडेलले बताउनु भयो । ३ करोड भन्दा तलका आयोजनाहरु अब कसैले पनि बजेटमा राख्न हिम्मत नगर्ने बताउँदै पौडेलले अहिलेको बजेट अनुशासनका हिसावले यो महत्वपूर्ण डिपार्चर रहेको दाबी गर्नुभयो । अर्थमन्त्री पौडेलकाअनुसार साना आयोजनाहरु कटौतीमा परेका छन् । चालु आ.व.मा सम्पन्न हुने दायित्व सिर्जना भएका भने कटौतीमा परेका छैनन् । खुद्रे आयोजनाहरु लामोसमय रहँदैन ।

स्रोतलाई सही ढंगले उपयोग गर्नतर्फ सरकार लागेको छ । दिगो पूर्वाधार निर्माणको कामलाई अघि बढाउन सरकार अघि बढेको छ । सार्वजनिक खरिद ऐन नियमावलीको विषय लामोसमयदेखि छलफलमा आएको छ । केही समयअघि १४ औं संशोधन नियमावली गरेर केही हदसम्म मागहरु सम्बोधन गरेको छ । अहिलेपनि निर्माण क्षेत्रमा रहेका समस्याहरुलाई सार्वजनिक खरिद ऐनलाई फेरि संशोधन गरेर समाधान गरिने अर्थमन्त्री पौडेलले बताउनु भयो ।

अर्थमन्त्री पौडेलकाअनुसार रुग्ण अवस्थाका आयोजनाको व्यवस्थापनका बारेमा समेत ध्यान गएको छ । ठूला आयोजनाहरुमा सिमत स्रोत विनियोजन गर्नुपरेको छ । त्यस हिसावले बजेटमा टे«जरीबाट मात्रै विकासका पूर्वाधार पूरा गर्न सम्भव छैन । अहिले राजश्व साधारण खर्च पूरा गरेर पूर्वाधार निर्माण गर्न सजिलो छैन । राजश्वले पुँजीगत खर्च धान्ने सामथ्र्य बनाउनुपर्छ । वैकल्पिक वित्त कोषको व्यवस्था गरिँदैछ । संसदमा विधेयक पुगेको छ र कानूनबाट टे«जरीबाट मात्रै नभई स्वदेश र विदेशको पुँजीलाई उपयोग गर्न सकिनेछ । लगानीकर्तालाई आयोजनाहरुमा आकर्षित गरेर पूर्वाधार निर्माण गरिनेछ ।

उद्योग मन्त्रालयको बजेट १० अर्ब १४ करोड
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट विनियोजन गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिनुभएको हो ।

यस्तै, उहाँले लगानी बोर्डको क्षमता वृद्धि गरिने बताउनुभयो । उहाँले विदेशमा गरिने लगानीको व्यवस्था लगानी बोर्डमार्फत हुने र लगानी बोर्डमार्फत नै विशेष आर्थिक क्षेत्र निर्माण गरिने बताउनुभयो ।

तयसैगरी, अर्थमन्त्रीले निजी क्षेत्रसँगको सहकार्यमा मेक इन नेपाल र मेड इन नेपाल कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

गभर्नर छनौट सिफारिस समितिको बैठक जारी
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर छनौटका लागि गठित समितिको बैठक अर्थ मन्त्रालयमा सुरु भएको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार, उक्त बैठकले आजै गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरी मन्त्रिपरिषदमा पेश गर्नेछ ।

राष्ट्र बैंक ऐन अनुसार गठन हुने गभर्नर छनौट समितिमा अर्थ मन्त्रीको संयोजकत्वमा अरु दुई जना अर्थ वित्त क्षेत्रका प्रबुद्ध व्यक्ति रहने प्रावधान छ । सोही अनुसार, हाल गभर्नर छनौट समितिमा अर्थमन्त्री विष्णु पौडेल, अर्थशास्त्री पोषराज पाण्डे र पूर्व गभर्नर महाप्रसाद अधिकारी हुनुहुन्छ । यस समितिले तीन जनाको नाम सिफारिस गर्नेछ जसमा राष्ट्र बैंकका एक जना डेपुटी गभर्नरको नाम अनिवार्य समावेश हुनेछ ।

राजनीतिक सहमतिका आधारमा हुन लागेको गभर्नर नियुक्तीका लागि सम्भावित नामहरुमा विश्व पौडेल, डेपुटी गभर्नर निलम ढुंगाना र अर्थविद अंगराज तिमिल्सिना हुनुहुन्छ ।

गभर्नरको नियुक्ति हुने चर्चा सँगै शेयर बजारमा उछाल आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नरमा प्रा.डा. विश्व पौडेल नियुक्ति गर्ने सहमति भएको छ।

गभर्नर छनोट सिफारिस समितिको बैठक बस्दै
काठमाडौँ । गभर्नर छनोट सिफारिस समितिको संयोजक तथा अर्थमन्त्री विष्णु पौडेलले समितिको बैठक आह्वान गरेका छन् ।

मंगलबार अपराह्न समितिको बैठक बस्ने गरी बोलाएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

समितिका सदस्यमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र विज्ञ सदस्यबाट पोषराज पाण्डे सदस्य छन् । समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । जसमध्ये मन्त्रिपरिषद् बैठकबाट एक जनालाई गभर्नर नियुक्ति गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटपछि अर्थमन्त्री पौडेलले बैठक बोलाएका हुन् ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलबाट प्राप्त सुझाव निरर्थक हुँदैनः अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलबाट प्राप्त सुझाव निरर्थक नहुने बताउनुभएको छ ।

बुधवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा सांसदहरुले दिएका राखको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले आगामी बजेट निर्माणका सन्दर्भमा सांसदहरुले व्यक्त गरेको चिन्ता, सुझाव र विचार निरर्थक नहुने बताउनु भयो । उहाँले प्राप्त सुझावलाई बजेट निर्माणका क्रममा ख्याल गर्ने र सोही सुझावबाट निर्देशित भएर बजेट निर्माण हुनेमा विश्वस्त हुन आग्रह गर्नुभयो । बजेट अनुशासनका सन्दर्भमा यसबीचमा धेरै गहकिला अनुभवहरु आर्जन गरेको बताउँदै उहाँले वित्त सन्तुलन र बजेट अनुशासनमा रहेकर जनताका आकांक्षालाई सम्बोधन गर्नेतर्फ ध्यान दिने स्पष्ट पार्नुभयो । साथै उहाँले वित्त सन्तुलन र बजेट अनुशासनमा फर्कन नसक्ने हो भने जनताका आकांक्षा पनि सम्बोधन नहुने र समृद्धितर्फ पाइला चाल्नसमेत नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘माननीय सदस्यज्यूहरुले दिनुभएका सुझावहरु, टिप्पणीहरु, केही अपेक्षाहरु अभिव्यक्त भएका छन् । छलफलमा भाग लिनुभएका माननीयहरुलाई धन्यवाद दिन चाहन्छु । यहाँहरुले गर्नुभएको चिन्तन, दिनुभएको सुझाव र व्यक्त गर्नुभएको विचार निरर्थक हुँदैन । हामीले बजेट निर्माणका सन्दर्भमा एउटा प्रणाली स्थापित गरेका छौं । जनताले तिरेको करको सदुपयोग कसरी गर्ने भन्ने विषयमा निर्णय गर्ने अन्तिम अधिकारी जनप्रतिनिधि हुन्, जनप्रतिनिधिमूलक संस्था हो । र यो त्यसरी जनताबाट उठाइएको करको सदुपयोग गर्दा कस्ता सिद्धान्तको आधारमा, कस्ता प्राथमिकताको आधारमा तय गरिन्छ भन्ने कुरा बजेट निर्माण अघि छलफल गर्ने र सांसदहरुबाट व्यक्त भएका सुुझावलाई समेत आधार बनाएर बजेट निर्माण गर्ने स्थापित प्रणाली हो । प्रि बजेट छलफलमा माननीयहरुबाट गहकिला सुझाव आउनेछन् र आगामी बजेट निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशासहित विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको हो । माननीयहरुले दिनुभएको सुझावलाई आपूmले बजेट निर्माणका क्रममा ख्याल गर्नेछु र निर्देशित हुनेछु भन्ने विश्वास दिलाउन चाहन्छु । हामीले जुन प्रकारको गति र ढाँचा अवलम्बन गर्दै आएका छौं त्यसले कहिँ पुराउँदैन । त्यसैले वर्तमानको गति र ढाँचा परिवर्तन गरिएको छ । हामीले व्यवस्था गरेका स्रोतको सही सदुपयोग हुन नसक्नु अर्को अवस्था हो । नीति तथा कार्यक्रमसँग यो सिद्धान्त र प्राथमिकताको मेल छ । नीति कार्यक्रमलाई अनुशरण गर्दै यो सिद्धान्त र प्राथमिकता आएको हो । ग्रे लिष्टका सम्बन्धमा हामी प्राप्त समयसीमा अघि नै बाहिर निस्कन्छौं । त्यही हिसावले तयारीमा सरकार रहेको छ ।’

नीति कार्यक्रमसँग यो सिद्धान्त र प्राथमिकता मेल रहेको बताउँदै उहाँले वर्तमान अवस्थामा विकासको ढाँचा, गति र संस्कृति परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।