विपद्जन्य घटना – News Polar

पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद्जन्य घटनामा पाँच जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु, रोल्पामा पाँच जनाको मृत्यु भएको हो । मकवानपुर, मोरङ, सिरहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरका भएका विपद्यन्ज घटनामा अन्य ११ जना घाइते भएका प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार रौतहट, बारा र कपिलवस्तुमा सर्पले डसेर एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो । रोल्पाको गङ्गादेव गाउँपालिका रातमाटामा खहरे भेलले बगाएर दुई बालकको मृत्यु भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रवक्ता महतका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा २५ वटा विपद्जन्य घटना भएकामा ती घटनाबाट ६३ लाखभन्दा बढीको भौतिक क्षति भएको छ ।

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते
काठमाडौँ। विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै २३ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि १२ गतेसम्म भएका ४२२ वटा विपद्का घटनामा उनीहरुको मृत्यु भएको छ ।

ती घटनाबाट ७३ जना घाइते भएका र ५२७ परिवार प्रभावित भएका प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी सात जनाको आगलागीमा परे ज्यान गएको छ ।

चट्याङबाट चार, हावाहुरीका कारण चार, लेक लागेर दुई, डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । यस्तै वन डढेलोबाट एक, सर्पदंशबाट एक, जनावरको आक्रमणबाट एक र पहिरोबाट एक जनाको मृत्यु भएको छ ।

घाइते हुनेमा पनि सबैभन्न्दा बढी आगलागीबाट २४ जना रहेका छन् । सर्पदंशबाट १९ र जनावरको आक्रमणबाट १३ जना घाइते भएका प्राधिकरणले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको र अन्य सात जना घाइते भएका प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले विपद्जन्य घटनाका सावधानी अपनाउन र घटना भएमा तत्काल सम्बन्धित ‘फोकल पर्सन’ वा प्रहरी कार्यालय तथा प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।  रासस

वैशाखयता चार हजार ६०० विपद्जन्य घटना
काठमाडौँ । यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् भने एक हजार २६४ जना घाइते भएका छन् ।

बाढीका मात्रै तीन सय १६ घटना हुँदा ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन् । त्यसैगरी, पहिरोका पाँच सय ५० घटना हुँदा ६७ जनाको मृत्यु र चार जना बेपत्ता तथा चट्याङका तीन सय ५६ घटना हुँदा ४४ जनाको मृत्यु, सर्पदंशका पाँच सय ३८ घटना हुँदा ९२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, जनावरको आक्रमणका दुई सय ६९ घटनामा २५ जनाको मृत्यु र एक बेपत्ता, लेक लागेका ८० घटनामा २७ जनाको मृत्यु भएको छ ।

भारी वर्षाका चार सय २० घटनामा सात, आगलागीका एक हजार ६१४ घटनामा २६ र हुरीबतासका दुई सय ८६ घटनामा आठ जनाको मृत्यु भएको प्रवक्ता महतले जानकारी दिनुभयो ।

हिउँ पहिरोमा परी नौ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । शनिबार मात्रै विभिन्न विपद्जन्य घटनामा दुई जनाको मृत्यु भएको छ । विपदजन्य ४६ घटना भएको र उक्त विपद्ले ३१ जिल्ला प्रभावित बनाएको प्राधिकरणले जानकारी दिएको छ । रासस

विपद्को एक वर्ष: आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
काठमाडौँ । गएको एक वर्षमा विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा आठ हजार ८६१ वटा विपद्का घटना घटेको र ती घटनामा परी ७४५ जनाको मृत्यु भएको हो ।

ती घटनामा परी ६९ जना बेपत्ता भएका र एक हजार ७०२ जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार एक वर्षमा विपद्बाट १८ हजार ९९१ घरपरिवार प्रभावित हुन पुगेका छन् । कुल रु तीन अर्ब १३ करोड बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

कुन घटनामा कति मानवीय क्षति?

सबैभन्दा बढी पहिरोका कारण ३५१ जनाको ज्यान गएको छ । त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आलागीबाट ७७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । भारी वर्षाका कारण आठ, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदंशबाट १९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, डढेलोबाट १०, हुरीबतासका कारण सात, डुङ्गा पल्टेर एक र अन्य विविध कारणबाट सात जनाको मृत्यु भएको छ । पहिरोबाट ४८, बाढीबाट १८ र हिउँ पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् ।

सबैभन्दा बढी आगलागीका घटना

विपद्जन्य घटनाका सङ्ख्या अध्ययन गर्दा सबैभन्दा बढी आगलागीका घटना यस वर्ष भएका छन् । विसं २०८१ वैशाख १ देखि चैत २९ गतेसम्मको तथ्याङ्कानुसार आगलागीका मात्र चार हजार १४५ वटा घटना भएका छन् । त्यसपछि डढेलोका एक हजार १९५ वटा र पहिरोका एक हजार पाँच घटना भएको छ ।

त्यस्तै बाढी ४१८, भारीका वर्षाका ५६८, चट्याङका ४१८, जनावर आक्रमणका ४७७, लेक लागेका १११ वटा घटना भएका छन् । हवाई दुर्घटनाका दुई, सर्पदंशका ८४, हावाहुरीका ३४९, डुङ्गा पल्टेका एक, हिउँ पहिरोका छ, भूकम्पका ७४, असिनापानी एक र अन्य सातवटा विपद्जन्य घटना भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

जेठ यता विपद्जन्य घटनाबाट १७० जनाको मृत्यु, ४४ बेपत्ता, यि हुन् सरकारका आगामी रणनीति
काठमाडौँ ।  नेपालमा यस वर्ष गत जेठ २८ गतेबाट मनसुन भित्रिएको थियो । त्यस यता साउन २७ गतेसम्म १७० जनाको निधन भएको छ । यस वर्षको मनसुनमा सरदर भन्दा बढी पानी पर्ने जल तथा मौस्म विज्ञान विभागले जनाएको थियो । हालसम्मको तथ्यांकअनुसार नेपालमा सरदर भन्दा ४८.५ प्रतिशत बढी वर्षा भएको सरकारले जनाएको छ ।

गृहमन्त्री रमेश लेखककाअनुसार सरदर भन्दा बढी वर्षाका कारण यस वर्ष बाढी, पहिरो लगायतका मनसुनजन्य विपद्का घटनामा बढोत्तरी भएको छ । यस वर्ष बाढी, पहिरो लगायतका मनसुनजन्य घटना तथा क्षति उल्लेख्य रहेको पनि बताउनु भयो ।

चालु वर्षमा बाढी, पहिरो लगायतका मनसुनजन्य घटना तथा क्षति

आईतवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री लेखकले दिनुभएको जानकारीअनुसार २०८१ जेठ २८ गतेदेखि साउन २६ गतेसम्म ५ सय ४६ वटा पहिरोका घटना भएका छन् । जसबाट १ सय ९ जनाको मृत्यु भएको छ । पहिरोबाट ३९ जना बेपत्ता र ९६ जना घाइते हुनुभएको बताउनु भयो । गृहमन्त्री लेखकले २१२ वटा बाढीजन्य घटनाबाट ३५ जनाको मृत्यु, ६ जना बेपत्ता, २४ जना घाइते हुनुभएको बताउनु भयो ।

त्यस्तै सरकारकाअनुसार भारी वर्षाका ३ सय २६ घटनामा १ जनाको मृत्यु र २२ जना घाइते भएका छन् । उहाँले १२८ चट्याङका घटनाबाट २४ जनाको ज्यान गएको छ भने ५५ जना घाइते भएको बताउनु भयो । सरकारले १ हजार २ सय १२ वटा विपद्जन्य घटनाबाट साउन २६ गतेसम्म १६९ जनाको मृत्यु भएको जनाएको छ । त्यस्तै ४५ जना बेपत्ता छन् भने १९७ जना घाइते भएका छन् । साउन २७ गते बेपत्ता एक जनाको शव फेला परेसँगै मृतकको संख्या १७० र ४४ जना बेपत्ता रहेको सरकारले बताएको छ ।

विपद् व्यवस्थापन सम्बन्धमा हालसम्म सरकारले गरेका कामहरु

सरकारकाअनुसार मिति २०८१ जेठ २१ गते बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको २३ औं बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना स्वीकृत गरी कार्यान्वयनमा लगेको थियो । दैनिक विपद् बुलेटिन प्रकाशन गरी विपद्को जोखिम र घटनाको जानकारी गराइएको गृहमन्त्री लेखकले बताउनु भयो । उहाँले दैनिक बुलेटिन प्रकाशन गर्ने गरेको र त्यो बुलेटिनले विपद्का घटनाहरु केके भएका छन् ? त्यसमा सरकारले के गरेको छ ? भन्नेकुराको जानकारी सार्वजनिक गरिने बताउनु भयो ।

उहाँले जल तथा मौसम विज्ञान विभागसँगको समन्वयलाई प्रभावकारी बनाइ जोखिमका सूचनाहरु निरन्तर आदानप्रदान गरिएको जानकारी दिनुभयो । सोही आधारमा प्राधिकरणले २०८१ साल साउन २२ गते उच्च शतर्कताका लागि सूचना जारी गरेको बताउनु भयो । उहाँले चीन सरकारको सहयोगमा करिव ५ करोड रुपैयाँ बराबरको उद्धार तथा राहत सामग्री प्राप्त गरी देशका विभिन्न गोदामहरुमा भण्डारण गरिएको बताउनु भयो । थप १७ करोड रुपैयाँ बराबरको उद्धार तथा राहत सामग्री प्राप्तिको प्रक्रियामा रहेको सरकारले जनाएको छ ।

कास्की, स्याङ्जा, ताप्लेजुङ, काठमाडौं लगायतका जिल्लाहरुमा पहिरोको जोखिम अध्ययन

कास्की, स्याङ्जा, ताप्लेजुङ, काठमाडौं लगायतका जिल्लाहरुमा पहिरोको जोखिम अध्ययन गर्ने काम भएको गृहमन्त्री लेखकले बताउनु भयो । खोज, उद्धार र राहत कार्यमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट, गृह मन्त्रालयको विपद्पूर्वतयारी तथा प्रतिकार्य शाखा, प्रादेशिक आपत्कालीन कार्यसञ्चालन केन्द्रहरु, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रहरु, सथानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रहरुसँग नियमित समन्वय भइरहेको बताउनु भयो । उहाँले बहुप्रकोपीय पूर्वसूचना प्रणालीका लागि नागरिकलाई पूर्वसूचित गर्न ४९ स्थानमा स्मार्ट साइरन जडान गरिएको बताउनु भयो ।

सुरक्षा निकायका १८ हजार ७ सय ७७ जना जनशक्ति परिचालन

मनसुनबाट प्रभावित परिवारलाई तत्काल राहतस्वरुप १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म उपलब्ध गराइएको बताउनु भयो । उहाँकाअनुसार सरकारले विपद्मा ज्यान गुमाएका परिवारलाई विपद् पीडित उद्धार तथा राहत मापदण्ड, २०७७ अन्तर्गत राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा रकम पठाइएको छ । जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, रेडक्रस लगायत विभिन्न संघसंस्थाद्वारा प्रभावित परिवारलाई तत्काल खाद्यान्न तथा गैरखाद्यान्न वस्तु वितरण गरिएको बताउनु भयो । उहाँले नेपाल प्रहरीका ८ हजार २५२, सशस्त्र प्रहरी बल, नेपालका ५ हजार ८१७ जना र नेपाली सेनाका ४ हजार ७ सय ८ जना गरी १८ हजार ७ सय ७७ जना जनशक्ति खोज, राहत तथा उद्धारमा संलग्न भइ काम गरेको बताउनु भयो ।

मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको आगामी रणनीति

नेपालमा मनसुन असोज महिनासम्म नै रहने मौसवविद्हरुको प्रक्षेपण रहेको छ । अझै डेढ महिना मनसुन सक्रिय हुने र अत्याधिक वर्षा हुने आँकलन रहेको छ । अहिलेसम्म देशका अधिकांश भागमा सरदर भन्दा बढी पानी परेर जमिन गलेका कारण विपद्का घटनाहरु हुनसक्ने भएकाले चनाखो रहँदै थप कदमहरु चाल्ने सरकारको योजना रहेको छ । गृहमन्त्री लेखकले हालै बसेको विपद् जोखिम न्युनिकरण कार्यकारी समितिको साउन २१ गतेको बैठकले विभिन्न स्थानमा फुटेका तटवन्धहरु तत्काल मर्मसम्भार नगरेको खण्डमा मनसुन अवधिभरमा ठूलो क्षति हुने भएकाले तटवन्धहरुको पुनर्निर्माण गर्ने कार्य उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमार्फत तत्काल अघि बढाउने बताउनु भयो ।

उहाँकाअनुसार सरकारले डेंगु, झाडापखाला, हैजा लगायतका महामारीजन्य रोग फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र खानेपानी मन्त्रालयमार्फत तत्काल आवश्यक कार्य अघि बढाउन निर्देशन दिइसएिको छ । कतिपय नदी तथा खोलामा आवश्यकता भन्दा बढी गेग्रान थुप्रिन गइ पानीको सतह बढेको कारण पुलहरुको क्लियरेन्स घटेको तथा बस्तीमा बाढी पस्नसक्ने अवस्थाबाट सम्भावित विपद् रोक्नका लागि नीतिगत व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले सहजीकरण गरी सडक विभाग र स्थानीय तहले गेग्रान हटाइ जोखिम कम गर्ने व्यवस्था गर्न निर्देशन दिइएको पनि बताउनु भयो । गृहमन्त्र िलेखकले विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि आवश्यक उपकरण तथा राहत सामग्री उचित प्रवन्ध गरी खोज, उद्धार तथा आपत्कालीन राहतमा ढिलाइ हुन नदिने योजना बनाएको बताउनु भयो ।

मनसुनबाट आवास क्षतिग्रस्त भएका परिवारको स्थायी आवास निर्माणको कार्य अघि बढाइने

विपद् व्यवस्थापनमा विशिष्ट योगदान पु¥याउनेलाई पुरस्कार तथा सम्मान गर्ने

कार्यसमितिको बैठकले विपद्बाट प्रभावित अस्थायी आवास निर्माण अनुदान कार्यविधि २०८१ पारित गरिएको र यस वर्षको मनसुनबाट आवास क्षतिग्रस्त भएका परिवारको स्थायी आवास निर्माणको कार्य अघि बढाइने बताउनु भयो । गृहमन्त्री लेखकले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा स्वयंसेवी भावना विकास गर्न विपद् व्यवस्थापनमा विशिष्ट योगदान पु¥याउनेलाई पुरस्कार तथा सम्मान गर्ने योजना रहेको बताउनु भयो ।

सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको निस्कर्ष र कार्यान्वयनको कार्ययोजना

गत असार २८ गते बिहान करिव साढे ३ बजे नारायणगढ–मुग्लिङ सडकखण्डको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोमा परी दुई वटा यात्रुवाहक बस त्रिशुलीमा खसी बेपत्ता भएका थिए । जसबाट ठूलो मानवीय क्षति भएको थियो । सो सम्बन्धी गृहमन्त्रीस्तरमा असार ३१ को निर्णयबाट २०८१ असार २८ गते नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा भएको दुर्घटनाको अध्ययन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण समावेश रहेको कार्यदलको गठन भइ घटना के कसरी र कसको लापरवाहीमा वा कमजोरीमा भएको देखिन्छ ।

घटनामा बेपत्ता भएका तथा ज्यान गुमाएका यात्रुका परिवारलाई के कस्तो राहत उपलब्ध गराउन सकिन्छ ? आगामी दिनमा स्ता घटना हुन नदिन विभिन्न निकायले चाल्नुपर्ने कदमहरु केके हुनसक्छन् ? भन्ने कार्यादेश दिइ गठन गरिएको कार्यदलले साउन २२ गते मन्त्रालयमा प्रतिवेदन बुझाएको गृहमन्त्री लेखकले जानकारी दिनुभयो । सिमलताल दुर्घटना अध्ययन समितिले यस प्रकारका घटना आगामी दिनमा हुन नदिन केही सुझावसहित निकायगत जिम्मेवारीहरुसमेत सुझाएको बताउनु भयो । प्रतिवेदनले भनेका सुझाव कार्यान्वयन गर्न सम्बन्धित निकायसँग समन्वय गरी आगामी दिनमा उक्त प्रतिवेदनलाई कार्यान्वयन गर्ने कार्यायोजना मन्त्रालयको रहेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल

वैशाखयता विपद्जन्य घटनामा ११८ को मृत्यु
काठमाडौं । गएको वैशाखयता विपद्जन्य घटनामा ११८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो बीचमा एक हजार ३४ विपद्जन्य घटना भएको र त्यसमा परेर ११८ को मृत्यु, एक बेपत्ता र २७१ घाइते भएको जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी चट्याङबाट ४९ जनाको मृत्यु भएको छ । कूल १४० चट्याङ परेकामा ११७ जना घाइते भएको सार्वजनिक विवरणमा उल्लेख छ । प्राप्त विवरणमा आगलागीबाट १९, जनावरको आक्रमणबाट १२, पहिरामा परेर १५, बढीका कारण तीन र हावाहुरीका कारण नौ जनाको मृत्यु भएको हो ।

ती घटनाबाट एक हजार ३४७ परिवार प्रभावित भएका छन् भने रु ७७ करोड ५९ लाख बढीको क्षति भएको छ । रासस

यसपाली विपद्जन्य घटनाबाट २० लाख मानिस प्रभावित हुने
काठमाडौँ । बाढी, पहिरालगायत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको मुलुकमा यसपाली २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपले चार लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमानका आधारमा प्रतिकार्य योजना तयार पारिएको छ ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले विगत ११ वर्षको प्रकोपको अवस्था विश्लेषण गरेर उक्त अनुमान गरिएको जानकारी दिनुभयो । जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने अनुमान सार्वजनिक गरिसकेका सन्दर्भमा प्राधिकरणले प्रभावित जनसङ्ख्या अनुमान गरेको हो ।

“कुनकुन क्षेत्रमा बढी वर्षा हुने रहेछ, त्यसले कहाँकहाँ बढी प्रभावित बनायो रु बाढी पहिराबाट हुने मृत्युलगायत अन्य जोखिम के रहेछ, विगतको समग्र ट्रेण्ड विष्लेषण गरियो”, डा भट्टराईले रासससँग भन्नुभयो, “सोही आधारमा जोखिम न्यूनीकरणका पूर्वतयारी तथा राहत, उद्धार तथा पुनस्स्थापनका लागि समन्वयात्मकरुपमा प्रतिकार्य योजना तयार भएको छ ।”

गत वर्ष (विसं २०७८) मा १८ लाख मानिस प्रभावित हुने अनुमान गरिएको थियो । विसं २०७८ मा बढीबाट ६३ र पहिराबाट १८२ सहित ४९ को मृत्यु भयो । बाढीबाट ३४ र पहिराबाट ३३ सहित ७० जना बेपत्ता भए । प्रभावित जनसङ्ख्या अनुमान गरिएभन्दा बढी भयो ।

विसं २०७८ मा आकलनअनुसार नेपालमा औसतभन्दा १५ प्रतिशत बढी वर्षा भई अक्टोबर ११ मा आठ दिन ढिला गरी मनसुन बाहिरिए पनि कात्तिकमा परेको बेमौसमी वर्षाले धानबालीसहित पुनस्ठूलो धनजनको क्षति पुर्‍याएको थियो ।

यसपाली पनि त्योक्रम दोहोरिने सम्भावना कायमै छ । मौसम विज्ञान विभागको तथ्याङ्कका आधारमा यसपाली प्रदेश नं १ को झापा, मोरङ, सुनसरी र मधेस प्रदेशको सप्तरीमा बढी वर्षा हुने अनुमान रहेको डा भट्टराईले जानकारी दिनुभयो ।

तराईका अन्य क्षेत्रमा सरदरको वर्षा हुनेछ । बागमती प्रदेशको सिन्धुपाल्चोक र रामेछापमा बढी वर्षा हुने तथा उपत्यकामा सरदर वर्षा हुने सम्भावना छ । गण्डकी प्रदेशको दक्षिणी भेगमा सरदरभन्दा बढी वर्षा हुने तथा लुम्बिनी र कर्णाली प्रदेशमा बढी हुने देखिएको डा भट्टराईले बताउनुभयो ।

समग्रमा पश्चिम तराई धेरै प्रभावित हुने अनुमानसँगै त्यस क्षेत्रमा बाढी पहिरो र डुबानका बढी समस्या हुनसक्ने देखिएको छ । ती वर्षा हुने भनी अनुमान गरिएका जिल्लासहितका क्षेत्रमा आवश्यक पूर्वतयारी तथा प्रतिकार्य योजना बनिसकेका छन् ।

मनसुन सुरु भएसकेको र कतिपय स्थानमा विपद्जन्य घटना देखिइसकेको छ, तर पनि केन्द्रीयस्तरको प्रतिकार्य योजना कार्यकारी समितिबाट अझै पारित भइसकेको छैन ।

प्राधिकरणका अनुसार केन्द्रीयस्तरबाट प्रतिकार्य योजना तयारी भएको र त्यसलाई कार्यकारी समितिबाट औपचारिकता दिन मात्रै बाँकी रहे पनि विषयगत निकायले आवश्यक योजना बनाएर लागू गरिसकेका छन् ।

जतिसुकै राम्रा योजना बने पनि कार्यान्वयन कस्तो छ भन्ने कुराले निर्धारण गर्ने विपद् व्यवस्थापन विज्ञको भनाइ छ । मुलुकमा पूर्वतयारी, आवश्यक स्रोतसाधन र जनशक्ति तथा समन्वयको अभावले विपद्जन्य घटनाबाट मुलुकले ठूलो क्षति बेहोर्दै आएको छ । प्रभावमा आधारित विपद् व्यवस्थापन कार्य हुन सकिरहेको छैन ।

प्राधिकरणले सम्भावित जोखिमको आकलनका बारेमा जानकारी गराएर काम अघि बढाएको डा भट्टराई बताउनुहुन्छ । विपद्बारे मानिसमा बुझाइमा नै समस्या छ । राहत बाँड्ने मात्रै हो भन्ने बुझाइबाट माथि उठ्नुपर्ने आवश्यकता छ ।

विपद् व्यवस्थापन विज्ञ डा कृष्णचन्द्र देवकोटा विपद्जन्य घटनाबाट क्षति न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार, निजी क्षेत्र तथा स्थानीय समुदायको प्रभावकारी समन्वय, आवश्यक प्रतिकार्य योजना, समयमै सूचना प्रवाह, स्थानीय समुदायमा भरपर्दो सूचना र जानकारी तथा आवश्यक पूर्वतयारीका सामग्री एवं राहत, उद्धार तथा पुनस्स्थापनका लागि चाहिने बन्दोबस्तीका सामान बेलैमा जोहो गर्नुपर्ने आवश्यकता औँल्याउनुहुन्छ ।

चुनौती कायमै

नेपालमा जोखिम न्यूनीकरणमा गर्ने खास योजनको अभाव छ । प्राधिकरण बनेपछि भर्खरै मात्र नीतिगतरुपमा व्यवस्थापनको काम सुरु भएको जनाइन्छ, तर पूर्वसूचना प्रणालीका काम चाहिनेजति प्रभावकारी हुन सकिरहेको छैन । मौसम विज्ञान विभागले तीन दिनको वर्षाको अवस्था जानकारी दिन सक्ने भएको छ तर अझै धेरै काम गर्न बाँकी छ ।

प्रभावका आधारमा हुने जोखिम अनुमान गरी त्यहीअनुसारको संस्थागत संरचना निर्माणमा काम गर्न बाँकी नै रहेको डा भट्टराई बताउनुहुन्छ । स्रोतसाधनको अभाव छ । उहाँले भइरहेका स्रोतसाधन र जनशक्तिको अधिकतम उपययोग गरेर काम गरिरहेको बताउनुभयो । प्रतिकार्य गतिविधि कार्यान्वयन गर्न कार्य विभाजनको कमी, तालमेल र सञ्चार अभाव भएको तथा दोहोरोपना जस्ता चुनौती कायमै छ ।

विपद् प्रतिकार्यका लागि उद्धार र राहत सामग्री व्यवस्थितरुपले भण्डारण गर्न पनि जरुरी छ । आवश्यकमात्रामा भण्डारण हुन नसक्दा विपद् निम्तिएपछि मात्रै राहत सामग्री सङ्कलनको आह्वान गर्नुपर्ने अवस्था विडम्बना हो । तत्कालका लागि व्यवस्थापन गर्ने सुरक्षित स्थानकोसमेत अभाव छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा पालिकाहरुको भूमिका नै महत्वपूर्ण हुने हुनाले पालिकाहरुलाई नै जिम्मेवार बनाउनुपर्ने आवश्यकता छ । त्यसतर्फ पनि ठोस कदम चालेको पाइँदैन । स्थानीय तहमा स्थानीय मनसुन पूर्वतयारी योजना बनाइ प्रभावकारी कार्यान्वयनको खाँचो छ ।

मनसुन प्रणाली विस्तार हुँदै

नेपालको प्रदेश नं १ मा यही जेठ २२ गते आगमन भएको यस वर्षको मनसुन प्रणाली बिहीबारदेखि मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा प्रवेश गरेको छ ।

देशका बाँकी भूभागमा केही दिनभित्रमा मनसुन प्रणाली प्रवेश हुने अनुमान गरिएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको थियो । नारायण ढुङ्गाना /रासस