विन्दुकुमार थापा – News Polar

छ वर्षदेखि निरन्तर तलबभत्ताबापतको रकम सामाजिक सेवामा
लेखनाथ । गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले छ वर्षदेखि निरन्तर प्रदेशसभा सचिवालयबाट प्राप्त तलबभत्ता सामाजिक तथा विकास निर्माणका काममा खर्च गर्नुभएको छ । प्रदेश सभा सदस्यमा कास्की निर्वाचन क्षेत्र नं २ बाट दोस्रो पटक निर्वाचित थापा निरन्तर आफ्नो तलबभत्ता सामाजिक सेवामा खर्च गर्ने एक्लो सदस्य हुनुहुन्छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य थापाले पछिल्लो एक वर्षमा सामाजिक क्षेत्रमा गरिएको खर्च विवरण सार्वजनिक गर्नुभएको हो । विसं २०७९ पुस २५ देखि २०८० पुससम्म गण्डकी प्रदेशसभाका विभिन्न मासिक तलब, बैठक भत्ताबाट प्राप्त रु आठ लाख ९६ हजार ६० र व्यक्तिगतरुपमा रु दुई लाख १६ हजार थप गरी जम्मा रु ११ लाख १२ हजार छ सय पाँच सामाजिक क्षेत्रमा खर्च गरिएको उहाँले बताउनुभयो । छ वर्षमा रु ७० लाखभन्दा बढी तलबभत्ता सामाजिक सेवामा खर्च गरेको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा थापाले निःस्वार्थरुपमा गरिने जनताको सेवाबाट आफू सन्तुष्ट रहेको र जनप्रतिनिधिको मूल उद्देश्य यही हुनुपर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधि जनताको चाहनाअनुसार निःस्वार्थरुपमा चल्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य, शिक्षा र विकास निर्माणका काममा तलबभत्ता खर्च गर्दै आएको भए पनि विशेषगरी पैसाको अभावमा उपचार गर्न नसक्ने बिरामीलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गरेको प्रदेशसभा सदस्य थापाले जानकारी दिनुभयो । नेपाली कांग्रेसकोतर्फबाट निर्वाचित थापा उद्योगपति हुनुहुन्छ ।

क्यान्सर रोगबाट पीडित पोखरा–१५ का ओमबहादुर गुरुङ, पोखरा–१६ का राधा गायक, पोखरा–२० निर्मल बास्तोला र पोखरा–८ की लक्ष्मी छत्कुली तथा मुटुरोगी मिठु सर्किनीलगायत बिरामीलाई सहयोग गरेको थापाले दाबी गर्नुभयो ।

खानेपानी, बाटो निर्माण, आमासमूह, युवाक्लब, विद्यालय, समाजघर, सीपमूलक तालिम, भूकम्प प्रभावित तथा सिँचाइका क्षेत्रमा तलबभत्ता खर्च गर्ने गरेको थापाको भनाइ थियो । बाँकी चार वर्षको तलबभत्ता सामाजिक क्षेत्रमा नै खर्च गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

प्रेस युनियन कास्कीका अध्यक्ष वासुदेव मिश्रको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीलगायतण्ले भनाइ राख्नुभएको थियो । रासस

गण्डकीका मन्त्री थापाले फिर्ता गरे गाडी
पोखरा । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले गाडी फिर्ता गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सोमबार मन्त्रालयका सचिवलाई गाडी फिर्ता गरेको जानकारी गराएका छन् ।

आसन्न प्रदेशसभा निर्वाचनका लागि कास्की २(ख) बाट उम्मेदवार बनेका थापाले उम्मेदवारी दिएपछि गाडी फिर्ता गरेका हुन् ।

‘आसन्न प्रदेश सभाको निर्वाचनमा मनोनयन दर्ता गरेसँगै अब म उम्मेदवार पनि भएकाले चुनावी प्रचार प्रसार लगायत अन्य काममा समेत संलग्न हुनुपर्ने भएकाले सुविधा स्वरुप प्राप्त झण्डावाल गाडी आज मन्त्रालयका सचिवज्यूलाई फिर्ता गरेको छु ।’ उनले फेसबुकमा लेखेका छन् ‘प्राप्त तलब, भत्ता तथा अन्य सुविधा पनि विभिन्न सामाजिक कार्यमा खर्च गरेको विवरण केही दिन अघि पत्रकार सम्मेलन गरी जानकारी गराएको थिएँ ।’

गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चातापः मन्त्री थापा(भिडियोसहित)
कास्की । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चाताप भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले मुख्यमन्त्री र अर्थमन्त्रीबीच बजेट निर्माणमा कुरा नमिल्दा सोचे अनुरुप काम हुन नसकेको समेत स्वीकार गर्नुभयो । गण्डकी सरकारले बजेटको बेला सवारी, मालपोत लगायत क्षेत्रमा गरेको कर वृद्धि निर्वाचन मिति घोषणापछि सच्याएको समेत मन्त्री थापाले बताउनु भयो । उहाँले बजेट निर्माणका क्रममा आफूले कुनै भुमिका नपाएको र आफ्नो मन्त्रालयले पाइरहेको बजेट कटौती गरेको गुनासो गर्नुभयो ।

उहाँले पार्टीले टिकट दिए फेरि पनि कास्की क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने इच्छा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘संघीयतापछि पहिलो प्रदेश सरकार भएको कारण केही कमीकमजोरी भएका हुन सक्छन्, तिनलाई सुधारेर आगामी दिनमा अगाडि बढ्ने छौं ।’

मन्त्री थापाले प्रदेशसभा सदस्यमा निर्वाचित भएदेखि हालसम्म खाइपाइ आएको सेवासुविधा विकास निर्माण र सामाजिक कार्यमा खर्चिने गरेकोमा हालसम्मको रकम सार्वजनिक गर्नुभयो । वि.सं.२०७४ सालमा निर्वाचित भएदेखि २०७८ चैत्रसम्म विकास निर्माण र सामाजिक कार्यमा आफूले ५८ लाख २९ हजार रुपैयाँ खर्च गरेको जानकारी दिनुभयो ।

उहाँले प्रदेशसभाको पहिलो वर्ष १० लाख ५४ हजार, दोस्रो वर्ष ९ लाख ३ हजार, तेस्रो वर्ष १२ लाख, ४७ हजार र चौथो वर्ष ११ लाख ३६ हजार रुपैयाँ सामाजिक कार्यमा खर्च भएको बताउनु भयो । थापाले सार्वजनिक गरेको विवरणअनुसार वि।सं। २०७४ सालदेखि हालसम्म उनको बैंक खातामा ४० लाख ७१ हजार रुपैयाँ रहेको छ । जुन रकम बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधा समेतको भएको मन्त्री थापाले बताउनु भयो ।

मन्त्री थापाले सांसद निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।