विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन – News Polar

विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन
काठमाडाैँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले युवालाई नवप्रवर्तनमार्फत स्वदेशमै क्रियाशील हुने वातावरण बनाइए विदेश जाने क्रम रोकिने बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लामो पहलपछि बेग्लै मन्त्रालय स्थापना भएको र यस क्षेत्रका लागि बजेट बढ्न थालेको बताउनुभयो । मन्त्री पुनले मुलुकमा आविष्कार केन्द्र खोल्न आफूले विगतमा गरेका कामको चर्चा गर्दै अघिल्ला सरकारहरुले विज्ञान र प्रविधिलाई कम महत्व दिएकाले आफू राजनीतिमा आउनुपरेको स्पष्ट गर्नुभयो ।

मन्त्रालयका लागि पुँजीगत खर्चको एक प्रतिशत (रु चार अर्ब) विनियोजन गरिएको जनाउँदै बजेट पेस भएको समयमा मन्त्री नियुक्त नभएकाले रु तीन अर्ब ४० करोड अवण्डामा राखिएको उहाँले बताउनुभयो । मन्त्री पुनले प्रदेश र स्थानीय तहले पनि पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान र प्रविधिको क्षेत्रमा विनियोजन गर्न आग्रह गर्दै आएको उल्लेख गर्नुभयो । मन्त्रालयले नेतृत्व पाएपछि नियम कानुनको तयारी एवं सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणलगायतका काममा लागेको उहाँले जानकारी दिनुभयो ।

युवा वैज्ञानिकलाई अनुसन्धानका लागि प्रस्ताव मागिने उहाँको भनाइ छ । मन्त्री पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक’ विचाराधीन रहेको र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई बजेट बढाइने अवगत गराउनुभयो । नेपालमा हालसम्म ‘प्याटेन्ट राइट्स’ जम्मा ९० वटा मात्रै दर्ता भएको स्थितिमा सुधार ल्याइने प्रतिबद्धता व्यक्त गर्दै विज्ञानमा हुने खर्च लगानीका रुपमा रुपान्तरण हुने बताउनुभयो ।

“विकसित देशले विज्ञान र प्रविधिका क्षेत्रमा लगानी गरेकाले उनीहरुले सुखको प्रतिफल पाएका छन्’’, मन्त्री पुनले भन्नुभयो, “देशको समृद्धिका लागि यस क्षेत्रमा बजेट बढाउनै पर्छ । विदेशमा रहेका प्रतिभा र वैज्ञानिकलाई खोजी खोजी स्वदेशमा ल्याउनुपर्छ । यसमा हामी काम गरिरहेका छौँ ।’’