लामबद्ध सेवाग्राही – News Polar

बिहानैदेखि लामबद्ध यातायातका सेवाग्राहीको आक्रोश
भक्तपुर । बिहानको ६ बजेको चिसो तुसारो । जाडोले थरथर कमाउने शरीर । दुईघरको चेपुवामा रहेको साँघुरो गल्लीमा लामबद्ध सेवाग्राही । अगाडि कालोपत्र सडकमा दायाँबायाँ सवारी साधनको पार्किङ । त्यही सडकमा सेवाग्राहीको अर्को ।

मध्यपुरथिमि नगरपालिका–७ राधेराधेस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) भक्तपुरमा सेवा लिन आज बिहान ६ बजेदेखि लामबद्ध सेवाग्राहीको अवस्थाको दृश्य हो, यो । यस्तो दृश्य आज बिहानको मात्रै होइन, यातायात कार्यालयमा सवारी चालक अनुमति पत्रका विभिन्न सेवा लिन आउने सेवाग्राहीको दैनिक देखिने दृश्य हो ।

पुसको कठाग्रिदो जाडोको पर्वाह नगरी काठमाडौँ उपत्यकादेखि सिन्धुपाल्चोकसम्मका सेवाग्राही दिनरात नै माया मारेर नयाँ सवारी चालक अनुमति पत्र, नवीकरण, लिखित परीक्षा, प्रतिलिपी, स्वास्थ्य परीक्षणलगायत सेवा दिने यस कार्यालयमा सधैँ हुने सेवाग्राहीको भीड कोलाहालले यहाँका स्थानीयवासीसमेत दिक्क भएका छन् ।

बागमती प्रदेशका १३ जिल्लाका सेवाग्राहीले सेवा लिने यस कार्यालयमा लिखित परीक्षाका दिन जाडोको पर्वाह नगरी बिहान ५ बजेदेखि नै सेवाग्राही लाइनमा बस्ने गरेका छन् । बिहान ६ बजे सेवा लिन लाइनमा बस्नु भएकी सिन्धुलीकी रुपा खड्काले दुई दिनदेखि लाइन बसेर पनि सेवा नपाएको गुनासो गर्नुभयो । उहाँले हिजो पनि १२ बजे सर्भर डाउन भएको सूचना निकालेर सेवाग्राहीलाई फर्काएको र आज पनि बिहानैदेखि लाइन बसे पनि फेरि सर्भरमा समस्या आयो भनेर सेवा प्रवाह नै रोकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस्तो चिसोमा बिहानैदेखि लाइन बसेका छौँ, यस्तो साँघुरो ठाउँमा कार्यालय राखेको छ, त्यो पनि दिनभरी लाइन बस्दा पनि सेवा पाइदैन । एउटै सेवा लिन चार ठाउँमा लाइन बस्नुपर्छ, एकै दिनमा सबै सेवा लिन सकिन्न, यहाँ आफन्तको घरमा आएर बसेको छु, सरकारले कहिले दिन्छ सहज सेवा रु”

खड्काको यो प्रतिनिधि प्रश्न मात्रै हो । यातायात कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका सकस यहाँ भोग्नेलाई मात्रै थाहा हुन्छ । स्थानीय व्यापारी सनोजकुमार श्रेष्ठले बिहान ५ बजेदेखि सेवाग्राही लाइनमा बसेर सेवा नपाएको देख्दा अचम्म लाग्ने गरेको बताउनुभयो ।

“बिहान कार्यालय खुलेपछि हुने भीडभाड, बिचौलियाको चलखेल, लाइनमा बस्नेको पीडा, एउटै व्यक्ति कोठा कोठा धाएको हामी दैनिक देख्नेलाई त दिक्क लाग्न भने भोग्ने सेवाग्राहीलाई कस्तो हुँदो हो ।”, उहाँले भन्नुभयो, “हामी कस्तो राज्यका नागरिक हौँ, पैसा तिरेर सेवा लिन पनि सधैँ सकस ।” कार्यालय अगाडि दैनिक हुने होहल्लाले स्थानीयवासी पनि आजित भएको बताउनु हुन्छ, उहाँ ।

बिहानैदेखि लामो लाइनमा बसेका सयौँ सेवाग्राहीले सेवा नपाएर बिचल्लीमा परेपछि सेवाग्राहीले कार्यालय अगाडि नै नाराबाजी गरेका छन् । अनलाइन फाराम भरेर आजका लागि बोलाइएका सेवाग्राही बिहानैदेखि लाइन बसेर फर्किन बाध्य भएपछि बिरोध गर्दै नाराबाजी गरेका हुन् ।

सेवा लिन काभ्रेपलाञ्चोक पनौती नगरपालिका–५ देखि बिहान ७ बजे लाइनमा बस्नुभएकी कविता केसीले यातायात कार्यालयले दिने सास्तीप्रति आक्रोश व्यक्त गर्दै भन्नुभयो, “यस्तो चिसोमा बिहान सात बजेदेखि नै लाइनमा बसियो, म भन्दा अगाडि ६ बजेदेखि नै लाइनमा बस्ने ५० जना जति थिए, १० बजेदेखि सेवा प्रवाह गर्नुपर्ने हुन्छ, तर सेवा अवरुद्ध हुँदा पनि एकछिनमा हुन्छ भनेर पर्खाइयो, दिन सकिए पछि सर्भर डाउन भो भनेर सूचना पो टाँस्छ, अनि कति पीडा हुन्छ हामीलाई, हाम्रो दिन यत्तिकै खेर गएन ?”

सेवा लिन काभ्रेका बनेपादेखि आउनुभएका राजेश श्रेष्ठले उस्तै गुनासो गर्नुभयो । बिहान ६ः३० बजेदेखि लाइनमा बसे पनि कार्यालयले सेवा नदिएको भन्दै सेवाग्राहीले नाराबाजी गर्नुपरेको बताउनुभयो । कार्यालयले हिजो सोमबार पनि बिहानैदेखि लामबद्ध सेवाग्राहीलाई सर्भर चलेन भन्दै फर्काएको थियो भने आज पनि सर्भर डाउन भो भनेपछि सेवालिन आएका सेवाग्राही निकै मर्कामा परेका हुन् ।

कार्यालयले सूचना जारी गर्दै भनेको छ, “प्रविधिमा आएको खराबीका कारण कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवा आजका लागि सञ्चालन नहुने भएकाले आज दिएको सेवा लिन आउँदो २१ गते बिहीबारका लागि सारिएको जानकारी गराउँछौँ ।” कार्यालयका प्रमुख शिवकुमार निरौलाले सर्भरमा समस्या आएर सेवा प्रभावित भएपछि सेवाग्राहीले हुलदङ्गा गरेको बताउनुभयो ।

उहाँले सेवाग्राहीले नाराबाजी गर्दै हुलदङ्गा गर्न थालेपछि बिहीबारका लागि आउन सूचना जारी गरेको बताउनुभयो । उहाँले यो समस्या भक्तपुरमा मात्र नभई सबैतिर भएको बताउनुभयो । कार्यालयले नयाँ सवारी चालक अनुमति पत्र, परीक्षा, नविकरणलगायतका विभिन्न सेवाका लागि दैनिक एक हजार पाँच सय जनालाई सेवा दिँदै आएको प्रमुख निरौलाले बताउनुभयो ।

सर्भर डाउन हुँदा हिजो र आज यातायात व्यवस्था कार्यालय भक्तपुर, सानोभ¥याङ, सुकेधारा, गुर्जुधारालगायत देशभरका विभिन्न कार्यालयमा सेवा प्रभावित भएको छ । यातायात व्यवस्था कार्यालयमा हरेक दिन बिहानै ६ बजेदेखि नै सेवाग्राहीहरु लाइनमा बस्ने गरेका छन् भने कार्यालय समयसम्म नै सेवाग्राहीको भीड लाग्ने गरेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन भएकै दिन बसेको पहिलो मन्त्रिपरिषद् बैठकले राहदानी लाइसेन्सलगायत सेवामा लाइन बस्न नपर्ने गरी व्यवस्था गर्ने निर्णय गरेको भएपछि समस्या जस्ताको तस्तै छ । राहदानीको समस्या समाधान गर्न समिति गठन भए पनि लाइसेन्सका लागि अहिलेसम्म कुनै पहल भएको छैन ।

देशभरको यातायात व्यवस्था कार्यालयका सर्भर सङ्घीय सरकारअन्तर्गत यातायात व्यवस्था विभागको नियन्त्रण छ भने प्रदेश सरकारअन्तर्गत यातायात कार्यालयले यो सर्भरको प्रयोग गर्दै आएका छन् । यातायात व्यवस्था विभागकै कमजोरीका कारण आफूहरूले बारम्बार सेवाग्राहीको अपजस भोग्नुपरेको गुनासो कार्यालय प्रमुखहरूले गर्दै आएका छन् ।