‘लदी’पर्व – News Polar

खोला सरसफाइ र पूजा गर्दै माझी समुदायले मनाए ‘लदी’पर्व
सिन्धुपाल्चोक । खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा नदी सफा गरी मङ्गलबार धुमधामका साथ मौलिक ‘लदी’ अर्थात् ‘कोशीपर्व’ मनाएका छन् । पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् ।

कोशी पूजा संरक्षण समिति जालपादेवी माझी गाउँ युवा क्लबको आयोजना र नेपाल माझी उत्थान सङ्घ सिन्धुपाल्चोकको सहआयोजनामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधानलगायतले शुभकामना व्यक्त गर्दै माझी समुदायको संस्कृति संरक्षणमा नगरले सहयोग गर्ने बताउनुभयो ।

जिल्लाका माझीहरूले कोशीपर्व मनाउन मेलम्ची –१२ स्थित इन्द्रावती नदीको किनारमा मौलिक पोशाकमा भेला भएर खोलाको सामूहिक पूजा गरेका थिए । सीमान्तकृत माझी समुदायले पछिल्लो समय कोशीपर्व भव्यरूपमा मनाउँदै आएको स्थानीय पूर्ण माझीले बताउनुभयो ।

माझी समुदायले लदीपर्वलाई राष्ट्रिय पर्वको मान्यता तथा सार्वजनिक बिदा दिन माग गर्दै आएका छन् । लोप हुँदै गएको कोशीपर्व नेपाल माझी उत्थान सङ्घले २०५५ सालमा सिन्धुलीको मरिनखोलामा पूजा गरेर मनाउन थालेको हो ।

नदी र प्रकृति दोहनसम्बन्धी चित्रकला प्रदर्शन

चित्रकार तथा कलाकार विजेन्द्र श्रेष्ठले मेलम्ची–१२ बाहुनेपाटी बगरमा एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । चित्रमा आजभोलि आधुनिकीकरणका नाममा प्रकृतिलाई कुरुपतातिर धकेल्दै गरेको अवस्थालाई चित्रण गरिएको छ । अस्तित्व नामक चित्रमा इन्द्रावती नदी दोहन, सडकलगायत अन्य संरचना बनाउने नाममा दिनप्रतिदिन भइरहेको प्रकृति दोहनको विरुद्ध श्रेष्ठले कोशी पूजाको अवसरमा एकल चित्रकला प्रदर्शनी गर्नुभएको हो ।

उहाँले नेपाल प्राकृतिक सुन्दर अनुपम नमूना मुलुक रहेको भन्दै हामी सबै प्राणीहरू प्रकृतिका अभिन्न अङ्ग रहेको र प्रकृतिबिना हाम्रो अस्तित्व सम्भव नभएको चित्रमार्फत प्रस्तुत गर्नुभएको छ । “प्रकृतिलाई केही कसैगरी शृङ्गार गर्न पर्दैन, यो आफँैमा सुन्दर छ । हामीले सजाउने र बनाउने बाहनामा बिनाश निम्त्याइरहेका छौँ । आधुनिकीकरणका नाममा हामी कुरुपतातिर धकेल्दैछौँ”, श्रेष्ठले भन्नुभयो । इन्द्रावतीको सुन्दरता स्वच्छ र स्वतन्त्र भएर बगेको परिदृश्य अझै पनि आफ्नो मस्तिष्कमा स्पष्ट रहिरहेको भन्दै उहाँले बाल्यकालको हरेक मधुर आवाजसँग रम्ने गरेको स्मरण गर्नुभयो ।

पछिल्लो समय इन्द्रावती नदी र किनारमा भइरहेको दुर्दशा देख्दा पश्चाताप बोध गराउने श्रेष्ठले भन्नुभयो । विकासको निमित्त इन्द्रावतीको छातीमा मानवनिर्मित ठूला डोजर सलबलाइरहेको देख्दा त्यो बाल्यकालसँग जोडिएको इन्द्रावतीको सम्झना दिलाउने उहाँले बताउनुभयो । मृग, चराचुरुङ्गी र माछा नाचिरहने ठाउँमा आज डोजर र गाडी गुडिरहँदा आफ्नै शरीरमाथि दौडिरहेको जस्तो भान हुने भन्दै श्रेष्ठले एक कलाकारको नाताले लुकेर रहेको पीडा आफ्नो क्यान्भासमा रङको मध्यमबाट दर्शाउने प्रयास गरेको बताउनुभयो ।

चित्रको मेलम्ची नगरपालिकाका प्रमुख तामाङ, उपप्रमुख प्रधान, वडाध्यक्षलगायत स्थानीयले अवलोकन गर्नुभयो । अवलोकनपछि नगरप्रमुख तामाङले यहाँको विगतको सुन्दरतालाई झल्काउँदै तयार पारिएको चित्रले नगरपालिकाको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले आगामी दिनमा यहाँको प्रकृतिलाई जोगाउँदै कसरी अगाडि बढ्ने र कसरी व्यवस्थापन गर्दै अगाडि बढ्ने भन्ने कुरामा आफू लागिरहेको बताउनुभयो । रासस