रेडपान्डा – News Polar

इलामको जौबारीमा मृत भेटियो पोथी रेडपान्डा
मङ्गलवारे: लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका–५ जौबारीमा मृत अवस्थामा फेला परेको छ । स्थानीय प्रज्वल भट्टराईका अनुसार गैरीबास रोड नजिक वृक्षारोपण गरिएको क्षेत्रमा तारबार गर्ने क्रममा पोथी रेडपाण्डा मृत फेला परेको हो ।

सन्दकपुर गाउँपालिका पशु शाखाका प्रमुख सविन भट्टराईका अनुसार सो रेडपान्डालाई सन्दकपुर गाउँपालिका पशु सेवा शाखा, सन्दकपुर सव डिभिजन देउराली, चोयाटार सामुदायिक बन उपभोक्ता समिति, प्रहरी चौकी तथा स्थानीयको रोहवरमा शव परीक्षणका लागि भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र इलाम पठाइएको छ ।

जौबारी भारत नजिक पर्दछ । खुला सिमानाका कारण रेडपान्डाको तस्करी हुँदै आएको स्थानीय बताउँछन् । को सन्दकपुर गाउँपालिकाको जौबारी, जमुना, चोयाटारलगायत स्थानमा रेडपाण्डा पाइन्छन् । रेडपाण्डा संरक्षाणमा केही संस्था क्रियाशील रहे पनि लक्ष्यित उद्देश्य हासिल नभएको उनीहरूको गुनासो छ । केही समय अघि पनि यहा मृत अवस्थामा रेडपाण्डा फेला परेको थियो ।रासस

रेडपान्डा संरक्षणका लागिः हिमाली संरक्षण मञ्च
फुङ्लिङ । पहाडदेखि अलि माथि लेकाली क्षेत्रहरुमा अहिले मालिङ्गोहरुको टुसा पलाउन थालेको छ । दुर्लभ जनावार रातो हाब्रे (रेडपान्डा) को आहारा मालिङ्गोले मुना बलाउन थालेसँगै रेडपान्डाका पोथीले बच्चा जन्माउने र बच्चा हुर्काउने समय सुरुआत भएको छ । यो समय भनेको रेडपान्डाको बच्चा हुर्काउने समय हो ।

रेडपान्डाले शान्त ठाउँमा बस्न मन पराउँछ । मानव तथा अन्य जनावरले अशान्ति गरेको मन पराउँदैन । त्यसैले ताप्लेजुङको केही सामुदायिक वनहरूले सार्वजनिक सूचना जारी गरेरै दुर्लभ मानिने रेडपान्डा पाइने क्षेत्रका जङ्गलमा प्रवेशमा रोक लगाएको छ । साउनदेखि असोजसम्म जङ्गलमा पस्न र घाँस दाउरासमेत ल्याउन नपाइने गरी जङ्गल पस्न रोक लगाइएको छ ।

रेडपान्डाले बच्चा हुर्काउने समय भएकाले जङ्गलमा होहल्ला भएमा माउले बच्चा छोडेर हिँड्ने खतरा हुने भएकाले यस्तो सूचना जारी गरिएको पाथीभरा क्षेत्रको देउराली भित्री सामुदायिक वनभित्र प्रवेश निषेध गरिएको समुदायिक उपभोक्ता समितिले जनाएको छ । उपभोक्ता समितिका अध्यक्ष निमा कृपा शेर्पाका अनुसार रेडपान्डाले अशान्त माहोलबाट बच्चा जोगाउन अन्यत्रै लिएर हिँड्न खोज्ने, ठाउँ सार्न खोज्ने र सम्हाल्न नसके छोडेर अन्यत्रै जान्छ । यसबाट स्याहार नपुगेर बच्चाको मृत्यु पनि हुन सक्छ ।

जेठ अन्तिमदेखि साउनभर रेडपान्डाले बच्चा जन्माउँछ । त्यसपछिका दुई महिना नियमित हेरचाह गरेर हुर्काउँछ । यो अवधिमा कुनै अवरोध नभए बच्चाहरू सहजै हुर्कन्छन् । त्यसैले यो अवधिलाई विशेष महत्वका साथ हेरिने रेडपान्डासम्बन्धी काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राई बताउनुभयो ।

सामान्यतया एक सय ३५ दिनको गर्भाधारणपछि बच्चा जन्माउने रेडपान्डाले पुसदेखि फागुनसम्म गर्भाधारण गर्छ । गर्भवती भएको अवस्थामा ठूलो रूखको प्वाल खोजेर जन्माउने र हुर्काउने ठाउँ बनाउँछ । मेहनत गरेर बनाउने भएकाले बिनाअवरोध त्यहीँ हुर्काउन पाए बच्चालाई दूध चुसाएरै हुर्काउने भएकाले तीन महिना मात्रै राम्रो वातावरण पाए बच्चा सहजै हुर्कने रेडपान्डा संरक्षाकर्मीहरुको भनाइ छ ।

लजालु स्वभावको रेडपान्डा यो अवधिमा चलायमान हुन्छ  । खानेकुरा खोज्न गुँडबाहिर निस्कन्छ । आफूलाई असुविधा महसुस भए ठाउँ सार्ने गर्छ । सन् १९८९ मा लाङटाङ राष्ट्रिय निकुञ्जमा गरेको अध्ययनअनुसार ८६ प्रतिशत रेडपान्डाको बच्चा अवस्थामै मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । गाडीको हर्न बजे, घाँस दाउरा गर्दा ठूलो आवाजले कराए, रूखको हाँगा खसाले वा रूख काटेमा रेडपान्डा त्रसित हुने गर्छ । त्यस्तो अवस्था आए बच्चा सार्नतिर लाग्छ । सार्न थालेपछि बच्चाका लागि उपयुक्त वातावरण दिन नसक्ने भएकाले मृत्यु पनि हुन सक्छ । कुकुरबाट पनि जोखिम हुन्छ । कुकुर नियन्त्रणका लागि बर्सेनि बन्ध्याकरण शिविर सञ्चालन गरिरहेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक राईले बताउनुभयो ।

मालिङ्गोको टुसा, टेङ्गाको दाना, भालुचिण्डेजस्ता वस्तु खाएर बाँच्ने यसले गुँड बनाउँदा आफूले खाने आहारालाई पनि ध्यान दिएको हुन्छ । यो बेला प्राकृतिक रूपले सबै आहारा पाउने समय भएकाले बाँच्नै समस्या भने हुँदैन । ताप्लेजुङमा एक सय ३५ भन्दा बढी सङ्ख्यामा रेडपान्डा रहेको अनुमान गरिएको मञ्चको तथ्याङ्क छ । रेडपान्डा मुलुकका ताप्लेजुङ, पाँचथर र इलामका वनहरूमा धेरै पाइन्छ । विभिन्न समयमा गरिएको सर्वेक्षणअनुसार मुलुकभर यसको सङ्ख्या तीन सयको हाराहारीमा रहेका छन् ।

विद्यार्थीलाई पढाइँदैछ रेडपान्डा संरक्षण

लोपोन्मुख अवस्थामा रहेको दुर्लभ रेडपान्डा संरक्षणका लागि ‘रेडपान्डा नेटवर्क’ले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा विद्यालयमा पठनपाठन गराउँदै आएको छ । हाब्रे संरक्षणमा क्रियाशील सो नेटवर्कले वातावरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक तयार गरेर विभिन्न विद्यालयमा अध्ययनअध्यापन गर्दै आएको हो ।

हाब्रे पाइने ताप्लेजुङ, पाँचथर र इलाम गरी २८ विद्यालयमा रातो हाब्रेका विषयमा पठनपाठन भइरहेको रेडपान्डा संरक्षणसम्बन्धी काम गर्दै आएको हिमाली संरक्षण मञ्च ताप्लेजुङका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । कक्षा ६ र ७ मा पठनपाठन सुरुआत गरिएको हो । विद्यालयस्तरबाटै वातावरण संरक्षणको चेतना जगाउन स्थानीय पाठ्यसामग्री तयार पारिएर अध्ययन हुँदै आएको उहाँले बताउनुभयो ।

ताप्लेजुङ, इलाम र पाँचथरका वातावरण, भौगोलिक अवस्था, मानवीय अवस्थाको विषय समेटिएर तयार पारिएको पाठयक्रम भएकाले स्थानीय परिवेश बुझ्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ । कक्षा ६ को पुस्तकमा संरक्षण, संरक्षित क्षेत्र र संरक्षणका स्थानीय अभ्यास, हाब्रे, मानव र वन्यजन्तुबीचको द्वन्द्व र न्यूनीकरणका अभ्यास, संस्कार, संस्कृति र पर्यटनसम्बन्धी पाठ्यसामग्री समावेश गरिएको छ ।

कक्षा ७ को पुस्तकमा पूर्वी हिमाल, जैविक विविधता, संरक्षणसम्बन्धी ऐन, कानुन, प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जनका अभ्यास र जलवायु परिवर्तन शीर्षकका छन् । ती विद्यालयमा बाल क्लब बनाएर यसअघिदेखि नै वातावरण संरक्षणसम्बन्धी ज्ञान दिइँदै आए पनि त्यति प्रभावकारी हुन नसकेपछि स्थानीयस्तरमै पाठ्यक्रम तयार पारी लागू गरिएको रेडपान्डा नेटवर्कले जनाएको छ ।

लोपोन्मुख हाब्रेको संरक्षण २०६३ देखि हुन थालेको हो । ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा करिब दुई सयको हाराहारीमा हाब्रे रहेको अनुमान गरिएको छ । इलाममा उच्च पहाडी संरक्षण संस्था नेपाल, पाँचथरमा दीपज्योति युवा क्लब र ताप्लेजुङमा हिमाली संरक्षण मञ्चले हाब्रे संरक्षण गर्दै आएका छन् । हाब्रे उच्च हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने गर्दछ । विशेषगरी मालिङ्गोका पात र तामा खाने गर्दछ । रेडपान्डा नेपाल, चीन, म्यान्मा, भूटानलगायत देशमा पाइने भए पनि यिनीहरूको सङ्ख्या दिनानुदिन घट्दै गएको मञ्चका सचिव विवश केदेमले जानकारी दिनुभयो । नेपालमा दुई हजार पाँच सयको हाराहारीमा हाब्रे हुन सक्ने उहाँको भनाइ छ ।

यो एक हजार आठ सयदेखि चार हजार आठ सय मिटर उचाइका क्षेत्रमा पाइने गर्छ । खासगरी गुराँस र बाँस प्रशस्त भएको समशीतोष्ण पतझड र कोणधारी जङ्गल क्षेत्रमा बसोबास गर्ने गर्दछ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ ९आइयुसिएन०ले हाब्रेलाई सन् १९९६ देखि सङ्कटापन्न जीवको सूचीमा राखेको छ ।

विभिन्न कारणले गर्दा हाब्रेको सङ्ख्या दिनानुदिन घटिरहेको छ । यसको प्राकृतिक बासस्थान निरन्तरको विनाश, निगालो र बाँसजन्य जङ्गल अभाव, कम प्रजनन क्षमता, कम जन्मदर तर उच्च मृत्युदर, अत्यन्तै कमजोर शरीर, चोरीसिकारी, डढेलो लगायतका कारण हाब्रेका लागि चुनौती बनिरहेका छ । तीव्र रूपमा भइरहेको वनजङ्गलको विनाश र अवैध चोरी–सिकारीको कारणले गर्दा हाब्रे सङ्कटमा परिरहेको छ ।

हाब्रेको सिकार निषेधित भए पनि तस्करले यसको लुकीछिपी सिकार गर्ने गर्छन् । नेपालले पनि रेडपान्डालाई संरक्षित जीवका रूपमा सूचीकृत गरेको छ । सरकारको पछिल्लो सर्वेक्षणले रेडपान्डा २३ जिल्लामा पाइने यकिन भएको छ । रेडपान्डा नेटवर्कले ३५ जिल्लामा एक महिना लगाएर गरेको सर्वेक्षणले मुलुकको पश्चिमी क्षेत्रमा हाब्रेको बढी बासस्थान रहेको पहिचान गरेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, सोलोखुम्बु, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम, जाजरकोट, जुम्ला, मुगु र कालीकोटमा हाब्रेको उपस्थिति रहेको देखिएको छ ।

रेडपान्डा जोगाउन कुकुरको बन्ध्याकरण

विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण गरिँदै आएको छ । कुकुरको आक्रमणबाट रेडपान्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण अभियान थालिएको हो । रेडपान्डा पाइने क्षेत्र वा बासस्थान नजिकका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपान्डामाथि आक्रमण हुने गरेको छ । कुकुरको आक्रमणका कारण दुर्लभ रेडपान्डाको अस्तित्व थप सङ्कटमा पर्दै गएपछि रेडपान्डा संरक्षण गर्ने उद्देश्यले कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान थालिएको हो ।

रेडपान्डाको संरक्षणमा क्रियाशील संस्थाहरु रेडपान्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले कुकुरको बन्ध्याकरण अभियान थालेका हो । रेडपान्डाको संरक्षण गर्नलाई कुकुर नियन्त्रण गर्न आवश्यक देखिएपछि स्थानीय तहसँग समन्वय गरेर विगत छ वर्ष अघिदेखि नै बन्ध्याकरण अभियान थालेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो । रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा सुरु गरिएको अभियानअन्तर्गत हालसम्म करिब ८५ वटा कुकुरको बन्ध्याकरण गरिएको राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको आर्थिक वर्षमा मात्र नौवटा कुकुरको बन्ध्याकरण गरिएको थियो । अभियानअन्तर्गत नै चालु आर्थिक वर्ष २०७८÷८९ मा कम्तीमा १८ वटा कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको हिमाली संरक्षण मञ्चले जनाएको छ । बन्ध्याकरणसँगै कुकुरलाई रेबिजविरुद्ध खोप र भिटामिन पनि खुवाउन थालिएको छ । कुकुरलाई दिइने खोप र भिटामिनले पनि रेडपान्डा संरक्षणमा सघाउ पुग्ने मञ्चले जनाएको छ ।

कार्यक्रम संयोजक राईका अनुसार कुकुरको शरीर स्वस्थ्य भई मोटाउने र भद्दा हुने भएपछि सिकार गर्न नरुचाउने हुँदा रेडपान्डा संरक्षणमा सहयोग पुग्नेछ । रेडपान्डा पाइने नजिक क्षेत्रका गाउँमा रहेका कुकुर र बिरालो समेतलाई रेबिजविरुद्धको खोप लगाउनाका साथै भिटामिन खुवाउन थालिएको राईले बताउनुभयो । उहाँका अनुसार गत हप्ता मात्र चार सय १४ वटा कुकुर र १९ वटा बिरालोलाई रेबिज रोगविरुद्ध खोप र भिटामिन उपलब्ध गराइएको छ ।

रेडपान्डा पाइने जिल्लाको मिक्वाखोला गाउँपालिका–५ र ६ फाकुम्बामा ५३ कुकुरलाई रेबिज रोगविरुद्धको खोप लगाएको र उक्त कुकुरलाई भिटामिन पनि खुवाइएको छ । पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बु र ३ तिरिङ्गेमा ६६, सिरिजङ्गा गाउँपालिका–३ सिकैँचा–७ खेबाङ र ८ याम्फुदिन क्षेत्रमा एक सय ६३ कुकुरलाई रेबिजविरुद्ध खोप र भिटामिन दिइएको छ ।

यस्तै सिदिङ्वा गाउँपालिका–१ कालीखोलामा १६ वटा कुकुर, फुङ्लिङ नगरपालिका–१० फुरुम्बो र ११ फावाखोलामा ९६ वटा कुकुरलाई खोप र भिटामिन दिएको मञ्चले जनाएको छ । उक्त क्षेत्रमा केही बिरालोहरुलाई पनि रेबिजविरुद्ध खोप लगाएको र भिटामिन खुवाएको हिमाली संरक्षण मञ्चका सचिव विवश केदेमले जानकारी दिनुभयो । केदेमका अनुसार रेबिज रोगविरुद्ध खोप लगाएको र भिटामिन खुवाएका अधिकांश कुकुर घरपालुवा छन् भने केही सामुदायिक कुकुर रहेका छन् । मञ्चले सङ्कलन गरेको तथ्याङ्कअनुसार ताप्लेजुङमा करिव एक सय ३४ रेडपान्डा रहेको अनुमान छ ।

रेडपान्डा अनुसन्धान केन्द्र बन्दै

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपान्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्रको भवन निर्माण हुँदै गरेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले निर्माण हुन लागेको केन्द्रको भवनको कूल लागत रु एक करोड ५७ लाख रहेको छ ।

काठमाडाँैस्थित एसएनपी निर्माण व्यवसायीले निर्माण गरिरहेको सो भवनको अङ«ग्रेजी अक्षर एल आकारको जग बसेको छ । वातारणमैत्री भवन भएकाले जैविक सामग्री प्रयोग गरिएको छ । निर्माण व्यवसायी संस्था एसएनपीका साइट सुभरभाइजर अमृत भट्टराईका अनुसार यो स्रोत केन्द्र बनाउँदा प्रयोग भएका सबै कच्चापदार्थ वातावरणमैत्री र स्थानीय उत्पादनका सामग्री छन् ।

गोबर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चुना, माटो, परालको टुक्रालाई मुछेर स्रोत केन्द्रको निर्माणमा प्रयोग गरिएको छ । उल्लिखित सामग्रीको मिलानले संरचना वातावरणमैत्री बन्नाका साथै बलियो, टिकाउ र मौसम अनुकूलित प्रकृतिको हुने उहाँले बताउनुभयो । नेपालमा यस्ता कमै संरचना रहेको र त्यो तहको संरचना हिमाली जिल्ला ताप्लेजुङमा पनि बन्न लागेकामा यो पूर्वी नेपालकै लागि गौरवकै विषय भएको उहाँको भनाइ छ ।

विसं २०७६ मङ्सिरदेखि भवनको निर्माण सुरु भएको हो । गत असार मसान्तमा सम्पन्न हुनुपर्नेमा कोरोना महामारीका कारण लामो समयको लकडाउनले तोकिएको समयमा पूरा गर्न नसकिएको साइट सुभरभाइजर भट्टराईले बताउनुभयो । भवन निर्माणको कार्य ९५ प्रतिशत सम्पन्न भएको छ । देउराली भित्री वन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष निमा कृपा शेर्पाले भवन बनेपछि वन र वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय स्तरमा भएको जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवद्र्धन तथा सदुपयोग गर्न, पर्यापर्यटन व्यवसाय सञ्चालन गरी वन उपभोक्ता समूहको आयआर्जनका स्रोत स्थापित गर्न तथा महत्वपूर्ण जडीबुटी, रेडपान्डा र संरक्षित जङ्गली जनावर, पक्षी र दुर्लभ प्रजातिको प्रदर्शनी थलो बनाउन केन्द्र प्रभावकारी हुने उनको भनाइ छ । मञ्चका सचिव विवस केदेमले पाथीभरा क्षेत्र रेडपान्डाका लागि उपयुक्त वासस्थान भएको क्षेत्र भएकाले यो केन्द्रलाई अध्ययन तथा अनुसन्धान केन्द्रका रुपमा विकास गरिने बताउनुभयो ।

रेडपान्डाका लागि दुई करोड बजेट

हिमाली संरक्षण मञ्चले रेडपान्डा संरक्षण अभियानका लागि ताप्लेजुङमा रु दुई करोड दुई लाख बजेट रहेको बताइएको छ । रेडपान्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा उक्त रकम चारवटा शीर्षकमा खर्च गरिने जनाएको छ । मञ्चका कार्यक्रम संयोजक रमेश राईले अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, दिगो जीविकोपार्जन र पर्या–पर्यटन प्रवर्धन शीर्षकमा खर्च हुने बतानुभयो ।

जिल्लाको एक नगरपालिका र आठ गाउँपालिकामध्ये आठराई त्रिवेणी गाउँपालिकाबाहेक सबै पालिकाको वडामा कार्यक्रम कार्यानवयन हुने मञ्चले जनाएको छ । रेडपान्डा नेटवर्कले ताप्लेजुङ सहित पाँचथर र इलाममा पनि कार्यक्रम सञ्चालनमा छ । रासस