रेखा थापा – News Polar

आठ वर्षपछि निर्देशनमा रेखा थापा
काठमाडौं । नयाँ नेपाली कथानक चलचित्र ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा गरिएको छ ।

आइतबार महाशिवरात्रीको शुभ अवसर पारेर राजधानीमा एक विशेष कार्यक्रमकाबीच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो ।

यो चलचित्रमार्फत नेपाली सिनेमा क्षेत्रकी प्रभावशाली अभिनेत्री रेखा थापा लामो समयको अन्तरालपछि पुनः निर्देशनमा फर्किएकी छन् ।

‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता चलचित्र निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय प्रयास हो । झण्डै आठ वर्षपछि निर्देशनमा फर्किएकी रेखाले यसपटक आफ्नै ‘रेखा फिल्मस्’ भन्दा बाहिरको ब्यानरमा काम गर्न लागेकी हुन् । नेपाली चलचित्र इतिहासमा कुनै पनि स्थापित महिला निर्देशकले बाहिरी ब्यानरको चलचित्र निर्देशन गर्न लागेको यो सम्भवतः पहिलो पटक हो ।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण हुने यस चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारहरूको जम्बो टोली रहनेछ ।

चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका रहनेछ ।

निर्माण पक्षले चलचित्रको घोषणसँगै दुईवटा फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । दिल श्रेष्ठको साथमा तीन अभिनेत्रीहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह देखिएको पहिलो पोस्टरले चलचित्रमा प्रेमका विभिन्न पाटाहरू वा सम्भावित ‘प्रेम त्रिकोण’ को कथा हुनसक्ने अनुमान गर्न सकिन्छ ।

पोस्टरमा तीनै अभिनेत्रीहरू रातो रङको भब्य पहिरन (लेहेंगा र सारी) मा सजिएका छन् । रातो रङले प्रेम, विवाह र सम्बन्धको गहिराइलाई संकेत गर्छ । जसमा दिल श्रेष्ठ र नम्रता श्रेष्ठको सामिप्यता झल्किएको छ भने सृष्टि र नीति शाहका भावहरू अलि गम्भीर देखिन्छन् । यसले चलचित्रमा प्रेमका विभिन्न पाटाहरू, सम्बन्धमा आउने उतारचढाव वा सम्भावित ‘लभ ट्रयाङ्गल’ (प्रेम त्रिकोण) को कथा हुन सक्ने संकेत गर्छ।

दोस्रो पोस्टरमा अभिनेता दिल एक वृद्ध (वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ) को साथमा भावुक मुद्रामा देखिएका छन् । ह्विलचेयरमा बसिरहेका मदनकृष्ण श्रेष्ठको हात समातेर भुइँमा बसेका दिल श्रेष्ठको मुद्राले सन्तानको कर्तव्य र बुढेसकालको सहाराको कथालाई प्रस्तुत गरेको छ ।

चलचित्रको शीर्षक ‘माया भनेकै यस्तै होला’ ले नै प्रेमको परिभाषा खोज्ने प्रयास गरेको देखिन्छ । एकातिर बुढ्यौली अवस्थाको सेवा र अर्कोतिर युवापुस्ताको प्रेमलाई पोस्टरमा स्थान दिएर सबै वर्गका दर्शकलाई समेट्न खोजेको बुझिन्छ ।

यस्तै, चलचित्रमा लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायतको पनि अभिनय रहनेछ ।

हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस चलचित्रले प्रेम कथाका माध्यमबाट सामाजिक भावनालाई उठान गर्ने संकेत दिएको छ । चलचित्रको शीर्षकले नै यो एउटा सुमधुर प्रेमकथामा आधारित हुने प्रष्ट पार्छ ।

सुदीप बराल डिओपी रहने यस चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म कोअर्डिनेटर, संगीत

प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन सुमन तिवारी रहेका छन् ।

निर्माण पक्षका अनुसार चलचित्रको छायांकन फागुनको दोस्रो साताबाट सुरु हुनेछ । निर्माण टोलीले यस चलचित्रलाई आगामी वर्षको तीजको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

पत्रकार सम्मेलनमा निर्देशक रेखा थापाले यो चलचित्र हाम्रो आफ्नै समाजमा घटेका घटनामा रहेको बताइन् । उनले भनिन्, “यो चलचित्रमा तपाईँको जीवनमा घटेका, मेरो जीवनमा घटेका र समाजले अनुभूति गरेका विषयहरूलाई उठाइएको छ। एउटा निर्देशकाको रूपमा मैले यसलाई मानिसहरूकै कथाको रूपमा प्रस्तुत गरेकी छु।”

निर्देशिका रेखा थापाले अभिनेता दिललाई निकै क्षमतावान् र राम्रो अभिनय गर्न सक्ने कलाकारको रूपमा चित्रण गरेकी छिन् । उनले दिलको अभिनय कौशलको प्रशंसा गर्दै भनिन्, “उहाँ निकै क्यापाबल र राम्रो पर्फर्मेन्स दिन सक्ने कलाकार हुनुहुन्छ । यदि उहाँले चलचित्रलाई नै निरन्तरता दिएको भए अहिलेसम्म उनी निकै राम्रोसँग स्थापित भइसक्नुहुने थियो ।”

यस्तै, चलचित्रमा तीन जना पूर्व मिस नेपालहरू श्रृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहलाई एकैसाथ देख्न पाइने बारेमा स्पष्ट पार्दै रेखाले थपिन्, “मिस नेपालको ट्याग भएका कारणले मात्र उहाँहरूलाई लिएको होइन । मेरो चलचित्रको विषयवस्तु र कथाको माग अनुसार नै श्रृष्टि, नम्रता र नीति फिट हुनुभएकाले उहाँहरूलाई छनोट गरिएको हो ।”

चलचित्र घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले रेखा थापाको निर्देशनमा काम गर्न पाउनु आफूलाई एउटा छुट्टै संसारमा प्रवेश गरे झैँ लागेको बताए । उनले भने, “म केबल हास्य कलाकार मात्र होइन, ‘परान’ जस्ता चलचित्रबाट मैले आफूलाई गम्भीर भूमिकामा पनि प्रमाणित गरिसकेको छु । यस चलचित्रमा पनि मेरो सशक्त भूमिका रहनेछ ।”

यस चलचित्रमा मुख्य अभिनेताको रूपमा देखिन लागेका श्रेष्ठले लामो समयको ग्यापपछि चलचित्रमा फर्किएका र आफ्ना सहकर्मी अभिनेत्रीहरू श्रृष्टि श्रेष्ठ र नम्रता श्रेष्ठसँगको सहकार्यलाई रमाइलो मानेका छन् ।

अभिनेत्री सृष्टि श्रेष्ठले चलचित्रमा काम गर्न पाउनु र दिग्गज कलाकारहरुसँग स्क्रिन सेयर गर्न पाउनु नै आफुलाई मायाको अर्को रुप जस्तो लागेको बताइन् । उनले रेखा थापाले आफु माथि गरेको विश्वासलाई प्रेमको रुपमा लिएकी छिन् ।

त्यस्तै, अभिनेत्री नम्रता श्रेष्ठले रेखा थापालाई ‘लिजेन्डरी’ व्यक्तित्वको संज्ञा दिँदै उनको निर्देशनमा काम गर्न आफू निकै उत्साहित रहेको र वर्कसपको अनुभवले चलचित्र उत्कृष्ट बन्ने संकेत दिएको बताइन् ।

१० वर्षपछि लेखनमा फर्किएका लेखक ध्रुव लम्सालले स्क्रिप्टमा निकै मिहिनेत गरिएको बताए । उनले रमाइलो शैलीमा भने, “यो चलचित्र हेरेपछि मेरा साथीहरूले मलाई गाली गर्ने छैनन्, बरु प्रशंसा गर्नेछन् भन्नेमा म ढुक्क छु ।”

चलचित्र ‘फ्रेन्च किस’मा रेखा थापाको इन्ट्री
काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’मा सुपरस्टार अभिनेत्री रेखा थापा आबद्ध भएकी छन् । छायाकंनरत चलचित्रको निर्माणपक्षले अभिनेत्री रेखालाई ‘फ्रेन्च किस’मा अनुबन्ध गरेको हो ।

यो चलचित्रको केही दिनदेखि चितवनका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।

नयाँ पुस्ताको लभ स्टोरी ‘फ्रेन्च किस’मा रेखालाई अनुबन्ध गरेको जानकारी दिँदै कार्यकारी निर्माता सौगात बस्नेतले उनको इन्ट्रीसँगै चलचित्र थप सशक्त, आकर्षक र प्रतिक्षित बन्ने विश्वास व्यक्त गरे ।“रेखा थापा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनु भएको छ ।

आफ्नो दमदार अभिनय, प्रभावशाली उपस्थिति र दर्शकमाझको लोकप्रियताका कारण परिचित उहाँको प्रवेशसँगै हाम्रो चलचित्र थप सशक्त हुने हाम्रो विश्वास छ,” कार्यकारी निर्माता बस्नेतले भने, “विभिन्न सफल चलचित्रमार्फत उहाँले आफ्नो छुट्टै पहिचान स्थापित गरिसक्नु चएको छ ।

‘फ्रेन्च किस’मार्फत उहाँ नयाँ पुस्ताको प्रेमकथामा फरक ढंगले प्रस्तुत हुनुहुनेछ ।”कार्यकारी निर्माता बस्नेतले रेखाको अनुभव र स्टारडमले चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत विशेष चर्चा दिलाउने अपेक्षा रहेको बताए ।

रङ्गमञ्चमा रेखाको इन्ट्री
काठमाडौंँ । करिब एक महिनादेखि नेपाली सिने उद्योगकी पहिलो महिला सुपरस्टार रेखा थापा झण्डै साढे दुई दशकदेखि आफू व्यस्त रहेको क्षेत्रभन्दा फरक अवस्थामा आफ्नो दैनिक चारदेखि पाँच घण्टा व्यतित गरिरहनुभएको छ । ‘हिरो’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू भएकी ‘स्टार’ अहिले ठूलो पर्दाको आकाशबाट नाटकको धर्तीमा आफूलाई अभ्यस्त गराइरहनुभएको छ । अर्थात उहाँ आफ्नो अभिनय करियरमा पहिलोपटक मञ्चमा मञ्चित हुनुहुँदैछ ।

कान्तिपुर थिएटर, गैरीधारामा आज जेठ १५ गते पहिलोपटक दीपक सिंजाली लिखित तथा सुन्दर धिताल निर्देशित ‘मीरा’बाट डेब्यू हुन लागेको संयोग सुनाउँदा उहाँ केही कौतुहलतासहितको एउटा फरक उत्साह अनुभूत गरिरहनु भएको छ । नाटकका लागि केही वर्षअघि दुईवटा नाटक गर्ने प्रस्ताव आएको थियो । त्यो लकडाउनको सेरोफेरोमा आएको प्रस्ताव थियो । तर आफ्नो व्यस्त दैनिकीले नाटकका लागि दिनुपर्ने एक डेढ महिनाको समय उहाँका लागि त्यतिबेला सम्भव थिएन, त्योसँगै उहाँलाई नाटकमा गर्छु वा गर्ने भन्ने आत्मविश्वास पनि नभएको उहाँले बताउनुभयो ।

‘रिहर्सल अनि दैनिक मञ्चनजस्ता कुरा मेरा लागि फरक संसार जस्तो कुरा थियो । समय व्यवस्थापनमा नै समस्या देखेकाले मैले त्यतिबेला चासो दिइन’, उहाँले भन्नुभयो । तर यसपटक कसरी उहाँको मञ्च उक्लने कुरा सम्भव भयो त रु यो सम्भव गराउने काम कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरका संचालक प्रकाश पुरीको मुख्य हात रहेको उहाँको भनाइ छ ।

पुरीले स्क्रिप्ट राइटरका रूपमा रेखा फिल्म्सबाट नै डेब्यू गर्नुभएको हो । ‘प्रकाशले नाटकघर सञ्चालन गर्न लाग्नुभएको र म आफैँले उहाँको क्षमता देखेर डेब्यूसमेत गराएकाले उहाँमाथिको विश्वास र समय संयोजन गर्न सक्ने दुबै संयोग मिलेकाले नाटक गर्ने निर्णय गरें’, उहाँले भन्नुभयो । उहाँलाई यतिले मात्र नभई ‘मीरा’ उपन्यासको कथाले पनि बलियो गरी आकर्षण ग¥यो ।

‘कथा सुनेपछि १५ दिन ‘मीरा’को जीवन एकपटक जिएर हेरौंँ न भनेर हो । मीरा एउटा सच्चा क्रान्तिकारी हो । ऊ भावुक पनि छ । समाज र परिवारका बन्धनले उसलाई कसरी भित्रभित्र खाइरहेको छ र त्यो कुरालाई ऊ कसरी सामना गर्छे भन्ने कुराले मलाई मञ्चमा ‘मीरा’ हुन मन लाग्यो’, उहाँले भन्नुभयो । थापाका अनुसार प्रेमका विभिन्न प्रकारहरू देखिने र तिनमा समाजका विविध कुराको प्रभाव र असर पर्ने गरेको छ । प्रेममा जातका कुरा, समुदायका कुरा, आर्थिक वर्गका कुरा, समाजका कुरा तथा दुई परिवारका द्वन्द्वलगायतका कुराहरूले प्रभाव पार्ने उहाँ बताउनुहुन्छ ।

‘मीरा’ नाटकमा यसकी शीर्षक पात्र ‘मीरा’को प्रेमकथा हामीले आमरूपमा सोच्दै–हेर्दै–देख्दै–पढ्दै आएको प्रेमकथाहरूभन्दा फरक भएको उहाँको भनाइ छ । ‘एउटा यस्तो फरक प्रेमकथा छ, जुन तपाईं हामीले झट्टै सोचिहाल्ने वा अनुमान गरिहाल्ने किसिमको छैन । त्यो प्रेमकथामा वास्तविक जीवनकी रेखा थापा थियो भने त्यही प्रकारको विद्रोह गर्न सक्थी रु के उसले त्यो प्रेम गर्न सक्थी रु कसलाई छनोट गर्थी होला रु समाज, परिवार, प्रेमी या प्रेममा कृष्णकी मीराझैँ हुन्थी रु यस्ता प्रश्नको उत्तर यो नाटकमा छ’, उहाँले भन्नुभयो ।

त्यसैगरी थापाले आफूलाई एउटा विद्रोही अभिनेत्रीका रूपमा हेरिने भए पनि आफूमा ‘मीरा’ पात्रको झैँ विद्रोही नभएको बताउनुभयो । ‘प्रेमको मामिलामा त मैले विद्रोह नै गर्न पाइन । समाजसँग जुन विद्रोह गर्ने रेखा थापा छ, अन्याय अत्याचारविरुद्ध, पात्र त्यस्तै हो तर मीरा अझ बढी सशक्त र विद्रोही हो’, उहाँले भन्नुभयो ।

यसैगरी नाटकको अभिनय र सिनेमाको अभिनय दुबै अभिनय नै भए तापनि थापाको एक महिनाको अनुभवले उहाँ यसलाई बिना एक्सन–कटको फिल्म मान्नुहुन्छ । ‘दुबैमा प्रयोग हुने त अभिनयका नवरस नै हुन्, तर यसमा एक्सन–कट, टेक–रिटेक भन्ने हुन्न । रिहर्सल पढाइ हो भने मञ्चन त्यसको परीक्षा जहाँ उत्कृष्ट हुनु जरुरी छ, जस्ट पास भन्ने नै हुँदैन’, उहाँले भन्नुभयो, ‘दर्शकसँग प्रत्यक्ष रहेर गर्ने काम हो । म मेरो पात्रमा सजीव हुनुपर्छ । यसमा भेटेको फरक भनेको शुद्धता, किनकि यसमा एडिटिङ भन्ने हुन्न, भ्वाइस डब भन्ने हुन्न, अलिकति ठूलो स्वरमा बोल्नुपर्छ । एउटै रफ्तारमा बहनुपर्छ ।’

नाटकलाई लिएर उहाँ अहिले आत्मविश्वासमा हुनुहुन्छ भने यो महिना दिनको अवधिले उहाँलाई ‘हिरो’ फिल्मबाट डेब्यू हुनुअघिको तयारीका दिनहरूको सम्झना गराइरहेको स्मरण गर्नुभयो । ‘जीवनमा म दोस्रोपटक यसरी अभ्यास गरिरहेकी छु । ‘हिरो’ फिल्ममा डेब्यू हुने भएपछि १६ वर्षकी रेखा थापाले नृत्य र अभिनयको प्रशिक्षण लिएको सम्झना मलाई यतिखेर भइरहेको छ । विश्व बस्नेत (अन्याय फिल्मका नायक)ले अभिनय सिकाउनुहुन्थ्यो भने कमल राईले नृत्यको अभ्यास गराउनुहुन्थ्यो । आज २४ वर्षपछि म फेरि १८ वर्षकी मीरा हुने अभ्यास गरिरहेकी छु । यसमा दुईवटा मीरा छन्– एउटा १७–१८ वर्षकी र अर्को ३५–३६ वर्षकी । मलाई अहिलेको अभ्यासले पहिलाकै ऊर्जा बोकेकी रेखा थापा भएको अनुभव भइराखेको छ । अभ्यास गरिरहँदा पहिलो फिल्ममा डेब्यू गर्दाको अनुभव अहिले मलाई भइरहेको छ ।’

यस्तै, सिनेमामा अभिनय गर्ने रेखा र अब नाटकमा देखिने अभिनेत्री रेखामा फरक अनुभव गरिरहेको उहाँले बताउनुभयो । ‘यहाँ अझ बढी राम्रोसँग अभिनय गर्न पाइन्छ । एक्सन–कट हुँदैन, पात्रको संवेगसँग बग्नुपर्छ । एउटा लयमा बग्न पाइन्छ । अझ राम्रो प्रस्तुति ‘मीरा’मा हुनेछ भन्ने मेरो विश्वास छ’, उहाँले भन्नुभयो । आगामी दिनमा नाटकमा पुनः रेखा थापा मञ्चित हुने–नहुने कुरा आफूलाई आउने नाटकका प्रस्तावमा भर पर्ने उहाँले बताउनुभयो । समय जुर्दा आगामी दिनमा राम्रा कथा भएका नाटकलाई स्वीकार गर्ने उहाँको भनाइ छ । ‘मेरा लागि रङ्गमञ्च होस् या सिनेमा, अभिनय उत्तिकै सम्मानीत र प्रगाढ भएर बसेको छ । त्यसैले नाटकका लागि भविष्यमा पनि म खुला नै हुनेछु’, उहाँले भन्नुभयो ।

एक महिने नाटक जीवनपछि थापाको नजरमा नाटक एउटा साधना र ध्यानजस्तो भएको अनुभव हुन गएको छ । अब रेखा १५ गतेको पर्खाइमा हुनुहुन्छ । त्यतिखेर दर्शकका लागि आफू एउटा ‘सरप्राइज’ बनेर आउनेमा ढुक्क हुनुहुन्छ । यो नाटकले थापालाई धेरै उत्साह भरेको छ । उहाँ यो नाटकलाई मञ्चबाट बाहिर लाने सोचमा पनि रहनुभएको छ । ‘हुनसक्छ यो सिनेमा नै बन्नेछ, तर त्यो नभएमा सिरिजका रूपमा निश्चित रूपमा आउनेछ । मैले यसका लागि निर्देशक सुन्दर धितालसँग कुरा गरिराखेकी छु ।’

कुराकानीका क्रममा साथै रहेका निर्देशक सुन्दर धितालले सुरुमा नाटकका लागि प्रस्ताव गर्न केही हिच्किचाएको भए पनि प्रस्ताव गरिसकेपछि अभिनेत्री थापालाई पूर्ण रूपमा एउटा निर्देशकको कलाकारका रूपमा भेटेको सुनाउनुहुन्छ । निर्देशकका कलाकारका रूपमा उपस्थित भएकाले थापालाई नाटक गराउन सहज भएको र आफूले चाहेको आकारमा नै उहाँले बताउनुभयो । ‘मलाई उहाँसम्म पुग्न कठिन थियो सुरुमा, तर कान्तिपुर एकेडेमीमा आएर प्रकाश सरसँग कुरा गरेपछि सरले म उपन्यास पढ्छु भन्नुभयो । उहाँले “दिदी पनि बगाले थापा हो र पात्र पनि, एकपटक कुरा गर्ने हो” भन्नुभयो । अनि उहाँलाई सोधियो, उहाँले सुन्छु भन्नुभयो । उहाँले मन पराउनुभयो र गर्न तयार हुनुभयो । तर सुरुमा मलाई यो चिज असम्भव लागिरहेको थियो’, उहाँले भन्नुभयो । नाटक जेठ १५ गते बिहीबारबाट असार ७ गतेसम्म प्रत्येक दिन बुधबार बाहेक ५ः३० बजे मञ्चन हुनेछ ।

माओवादीप्रति अभिनेतृ रेखा थापाको कटाक्ष– ‘लालसेना खोज्न मधेशतिर हिँडेछन्’
काठमाडौं । अभिनेत्रीसमेत रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले नेकपा माओवादी केन्द्रले गरिरहेको मधेश केन्द्रित अभियानप्रति कटाक्ष गरेकी छन् ।

अभिनेतृ थापाले आज सामाजिक सञ्जालबाट माओवादी केन्द्रप्रति तिखो टिप्पणी गरेकी हुन् । उनले माओवादीले आफ्नो सत्ता आएपछि जे पनि गर्छु भनेर जनतालाई आश्वासन दिएको तर आफ्नै आधार इलाकामा जनताले पत्याउन छाडेको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्–

‘हाम्रो सत्ता आएपछी सुनको चर्पी हुन्छ भनेको होइन र ? फेरी एक चोटि मधेस तिर लालसेना खोज्न हिंडेछन काम्रेडहरु, पुराना आधार ईलाकामा पत्याउन छोडे कि क्या हो ?

चटक पनि कती जानेका ? यो देशमा सत्ता बाहिर बस्न यती पिडा महसुस गर्ने माओवादी, आफ्नो समिक्षा कहिले गर्ला ? छातीमा गोली थाप्नेहरु हराए, युद्दमा लाग्ने लस्कर हराए, देशमा नयाँ युग ल्याउछौ भन्नेहरु हराए, अब फेरी अभिनय किन ? बरु सिधै भन्नु नि– हामी राजनीतिमा भाईरल हुने अधुरो रहर बोकेर गाउ छिरेका छौ ।’

रेखा थापाले जन्मदिन र छोरीको अन्नप्राशन एकै दिन मनाइन्
काठमाडौं । नेपालकी चर्चित अभिनेत्री रेखा थापाले आफ्नो जन्म दिन र छोरी वैभवीको अन्नप्राशन एकै दिन मनाएकी छन् ।

थापाले परिवार र साथीभाई माझ जन्मदिन मनाएकी हुन् । हिजो दिनभर जसो उनी व्यस्त भइन् । सामाजिक सञ्जालदेखि मोबाइलसम्म प्रशंसक र आफन्तको जन्मदिन शुभकामना ग्रहण गरेकी उनले जन्मदिनको पूजापाठसमेत गर्न भ्याइन् ।

अर्कोतिर, छोरी वैभवीको अन्नप्राशनका लागि उनी बिहानै पशुपतिमा पुगेर अन्नपूर्णदेवीको पूजाआजा गरिने । त्यहाँ उनले अन्नपूर्ण भण्डारा चलाइरहेकी छिन् । यो भण्डारा चलाउनुको उद्देश्य नि:सहाय, गरिब र विपन्न सर्वसाधारणलाई भोजनको सहज उपलब्धता होस् भन्ने रहेको उनको भनाइ छ ।

रेखाकी छोरी वैभवी सात महिना लागेकी छन् । अर्कोतर्फ, रेखा चाँडै दर्शकलाई नयाँ फिल्म र यसको अपडेटसहित सरप्राइज दिन चाहन्छिन् । सवीर श्रेष्ठले निर्देशन गर्ने आगामी फिल्मलाई लिएर चाँडै एक सरप्राइज अपडेट दिने उनको तयारी छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका, सलकपुरमा जन्मिएकी रेखा २०५७ सालमा फिल्म ‘हिरो’बाट रजतपटमा प्रवेश गरेकी हुन् । उनले दर्जनौं फिल्ममा अभिनय गरेकी छन् । पछिल्लो समय फिल्म निर्माणमा समेत सक्रिय रेखाको पछिल्लो फिल्म ‘उपहार’ हो । रेखा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृसमेत हुन् ।

विशेष महाधिवेशन गरेर राप्रपा नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: रेखा थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले राष्ट्रवादी आन्दोलनलाई मूर्तरुप दिन विशेष महाधिवेशनबाट नयाँ उर्जा लिएर अघि बढ्नु पर्ने सुझाएका छन् ।

राप्रपा भित्रको सुस्त संगठन र पार्टीमा आकर्षणको कमी भएको बेला विशेष अधिवेशन गर्न हिचकिचाउनु नहुने, यस्तो कदम पार्टी र विचारको हितमा हुने ठहर राप्रपा कार्यसम्पादन समिति सदस्य थापाको छ ।

‘पार्टी प्रक्रियासम्मत ढंगबाट अघि बढ्न सकिराखेको छैन, गुट उपगुट मौलाएको छ । संगठन सुस्त छ, आकर्षणमा कमी छ, यस्तो बेलामा विशेष महाधिवेशन गरेर नयाँ उर्जाका साथ अघि बढ्न सके राष्ट्रवादी आन्दोलनले मूर्तरुप लिन्छ । पार्टी र विचारको हित हुन्छ,’ मंगलबार ट्वीट गर्दै थापाले भनिन् ।

‘पार्टी जीवनमा यस्तो निर्णय लिन हिचकिचाउनु हुँदैन,’ उनको भनाइ छ ।

रेखाको गुनासो: क्यूएफएक्सले नेपाली सिनेमालाई विभेद गरी विदेशी सिनेमाको भरणपोषण गर्‍यो
काठमाडौं । निर्मात्री तथा अभिनेत्री रेखा थापाले केही फिल्म हलहरुले नेपाली सिनेमालाई विभेद गरी विदेशी सिनेमाको भरणपोषण गरेको आरोप लगाउनु भएको छ ।

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्मको शो बाँडफाँटलाई लिएर उहाँले आपत्ति जनाउनु भएको हो । आफ्नो फिल्म ‘उपहार’लाई कम शो उपलब्ध गराएको भन्दै उहाँले बिग, एफक्युब लगायतले सम्मानजनक शो दिएको तर क्यूएफएक्सले नेपाली सिनेमालाई विभेद गरी विदेशी सिनेमाको भरणपोषण गरेको आरोप लगाउनु भएको हो ।

उहाँले लेख्नु भएको छ-

‘यसरी नेपाली चलचित्रलाई विदेशी फिल्मको वकालत गर्ने क्यूएफएक्सले विभेद गरेको छ । सँगैको बिग मुभिज, वान सिनेमा र एफक्युब लगायतका हलले सम्पूर्ण नेपालभरि सम्मानजनक शो उपलब्ध गराएको छ । त्यसमा आभार व्यक्त गर्दछु । क्यूएफएक्स चेनले नेपाली फिल्मलाई विभेद गरी विदेशी सिनेमाको भरणपोषण गरेकोमा आपत्ति छ ।

तीनवटा पर्दा भएका अन्य हलले चार शो दिन सक्ने तर काठमाडौंमा मात्र १३ स्क्रिन भएको चेनले तीन शो मात्र उपलब्ध गराउनुको अर्थ के हो रु नेपाली चलचित्रप्रेमी दर्शक र नेपाली चलचित्रसँग सम्बन्धित संघसस्थाहरु किन मौन ?’

शुक्रबार तीन नेपाली फिल्म उपहार, काँडेतार र रंगेलीसहित विदेशी फिल्महरु ‘कुङ्फु पान्डा ४’ र ‘शैतान’ रिलिज हुँदैछन् ।

रेखा थापालाई पुत्री लाभ
काठमाडौँ । अभिनेत्रि रेखा थापालाई पुत्री लाभ भएको छ । शुक्रबार सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै रेखाले छोरीलाई स्वागत गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै लेखेकी छन्, ‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान कारण छ । वैभबी राज्यलक्ष्मी शाही ठकुरी ।’

रेखाले छोरी वैभबीलाई अमेरिकामा जन्म दिएकी हुन् ।

https://www.facebook.com/rekha.thapa.399/posts/7207482192662650?ref=embed_post

रेखाको ‘उपहार’ लाई सांसद सुनिलको शुभकामना
काठमाडौं । आगामी फागुन ७ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘उपहार’को सफलताको लागि सांसद सुनिल शर्माले शुभकामना दिनु भएको छ ।

गत निर्बाचनमा मोरङ क्षेत्र नं ३ प्रतिस्प्रर्धी रहनु भएकी रेखा थापाको चलचित्रको लागि उहाँले शुभकामना दिनु भएको हो । सांसद शर्माले सामाजिक सञ्जालमार्फत फिल्म ‘उपहार’ लाई शुभकामना दिनु भएको हो ।

शुभकामना दिदै सांसद शर्माले लेख्नु भएको छ – ‘नेपाली सिने जगतकी सुपर स्टार चर्चित अभिनेत्री महिला नेतृ बहिनी रेखा थापा टीमको फागुन २५ गते शिवरात्रीको दिन चलचित्र ‘उपहार’ प्रदर्शनमा आँउदैछ । सोहि अनुरुप फिल्मको टेलर सार्वजनिक भयो, हेरियो । निक्कै कौतुहलता जगाउने टेलर हेरे पछि पक्कै पनि यो फिल्मबाट रेखा र टिमले नेपाली चलचित्रको हाईट अझै माथि पुर्याउने आशा एवम् बिस्वास राखेको छु । रेखा म निर्वाचित मोरङ क्षेत्र नम्बर ३ को बिराटचौक निवासी चेली पनि हुन् । उनी नेतृत्वदायी भुमिका निभाउन सक्ने,हक्की निडर र महिला दिदीबहिनीहरुको पिर भावना बुझ्न सक्ने क्षमतावान नारी हुन् । बहिनीलाई मेरो साथ सहयोग र शुभेच्छा सधै रहने छ । सहकार्य रहने छ । बहिनी रेखा तथा सिंगो उपहार टिमलाई बधाई तथा शुभकामना ।’

उपहार चलचित्रको शुक्रबार ट्रेलर सार्वजनिक भएसंगै दर्शकहरुको सकारात्मक प्रतिकृया पाइरहेको थापाले जनाउनु भयो।

रेखाको फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
काठमाडौं । फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको रेखा थापाको बहुप्रतिक्षित चलचित्र ‘उपहार’को ट्रेलर सार्वजनिक भएको छ ।

शुक्रबार सार्वजनिक गरिएको तीन मिनेटको ट्रेलरमा फुटपाथ व्यापारीको कथा देख्न सकिन्छ । ट्रेलर डोजरले चियाघर भत्काएको दृश्यसँगै ट्रेलर सुरु हुन्छ । सडकमा व्यापार गरी गुजारा गर्दै आएका व्यापारीलाई महानगरले धपाएको र संरचना भत्काएको दृश्य ट्रेलरमा देखाईएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्ममा रेखा थापासहित मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको अभिनय रहेको छ ।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

मातृत्वको अगणित हिसाबमा रेखा र राजेन्द्र-‘कोही बोलीमा रस हुन्छ कोही बोलीमा रिस…’
आमा एक पवित्र र दुर्लभ शब्द हो । यस जगतका हर प्राणीले प्राप्त गर्ने आमाको काख र माया अरु कुनै पनि विषयसँग तुलना नहुने अर्थात् अतुलनीय र अपार रहेकाले पनि यो शब्दको वजन र महत्व अरु केहीसँग नमिल्ने हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेत्री तथा नेपाली सिने जगतकी एक चर्चित अभिनेत्री रेखा थापा पनि आफ्ना सन्तानको खुसीका लागि आमाले गर्ने बलिदानीको गहिराइ बुझ्न यतिबेला अमेरिकामा हुनुहुन्छ । पहिलो पटक आमा बन्दै गर्नुभएकी रेखा आमा हुँदै गर्दाको करुणामय अनुभूति लिइरहनु भएको छ ।

आमाले सन्तानका निम्ति गरेको त्यागको हिसाबको लेखाजोखा सायदै कतै हुन्छ होला । किनभने यो अगणित विषय हो । तर पनि यतिबेला भने उहाँले यो असम्भव हिसाबको गणना निकाल्नुपर्ने बाध्यतामा हुनुहुन्छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले एक सार्वजनिक कार्यक्रममा देशको अवस्था चित्रण गर्दै ‘एक कलाकार आफ्नो सन्तानलाई नेपाली बनाउन नचाहेर अमेरिका पुगेको’ बताएपछि त्यसको संकेत रेखा थापातर्फ थियो नै । त्यसैले पनि नचाहेरै पनि अहिले यी आमा बन्दै गरेकी सेलिब्रेटीलाई यो हिसाब निकाल्नु परेको हो । उहाँ आमा बन्दै गर्दा आफ्ना सन्तानको खुुसीको असीमित पर्खाइमा हुनुहुन्छ ।

त्यसैले उहाँका कुरा सुन्दा लाग्छ– मातृत्वको सुखद अनूभतिका लागि यतिबेला उहाँ अमेरिका त के, सके र सम्भव हुने भए चन्द्रमा नै जान मन लागेको छ । रेखाले शुभेच्छा आशीर्वचन चाहिने समयमा यस्ता नकारात्मक टिप्पणी त सुन्न पनि लायक ठान्दिनन् । तर पनि यस्तै बेला मान्छेको आबरण, आचरण, चित्र र चरित्र चिनिँदो रहेछ । मानिस चिनिरहेकी छु । उनलाई कतिपयको अभिव्यक्ति सुन्दा लाग्छ– बिरालालाई जतिसुकै खास्टोले छोपे पनि एक दिन त म्याउ गर्छ नै ।

हुन पनि अहिले राजेन्द्रलाई त्यही बोली गलपासो बनेको छ । एक नेपाली उखान छ– सिसाको घरमा बस्नेले अर्कालाई ढुङ्गा हान्नु हुँदैन । रेखा थापातर्फ तेर्साएको अंकुशले अहिले उहाँ आफैँलाई तानेको छ । र त उच्च अध्ययनका लागि अमेरिकामा रहेकी आफ्नै छोरीका बारेमा स्पष्टिकरण दिदै हिड्नु परेको छ ।

सायद राजेन्द्रको यो पछिल्लो अभिव्यक्ति उनकै छोरीलाई पनि चित्त बुझेका छैन होला । किनकी सबल र सक्षम सन्तान अरुको पहिचानको टेकोमा नभएर आफैँ उभिन, टेकिन र पहिचानमा जीउन चाहान्छन् । यस्ता व्यक्ति प्राय: अरुका विषयमा न चियो गर्छन् र नत चर्चा नै । किनभने उनि पनि राजेन्द्रको छोरी भएर नभई आफनै नाम र क्षमताकै कारण उच्च शिक्षा अध्यायनका लागि उता पुगेकी होलिन् ।

कोही बोलीमा रस हुन्छ कोही बोलीमा रिस, यही बोलीले गर्दा… । सायद यो गीतले भनेजस्तै बोलीमा सन्तुलन नहुदा गर्न नपरेका हिसाब राजेद्रका बाबुछोरी र रेखाले गरिरहेका छन् भन्ने देखिन्छ ।

प्रसुतिका लागि हैसियतले भ्याउदासम्म कहाँ जाने र कुन चिकित्सकलाई देखाउने भन्ने आमाको अधिकारभित्रै पर्ने विषय हो । त्यसका पनि परिवारको सल्लाह र भरोसा बढी जहाँ हुन्छ त्यहीँ जाने हो ।

प्रसुतिका लागि विदेशी गएकी रेखा पहिलो र अन्तिम आमा होइनन् । नेता, अभिनेता, लगायत अन्य क्षेत्रका व्यक्तिहरु आ आफनो अनुकुलु मुलुकमा पुग्ने गरेका छन् । अझ पछिल्लो समय त झन ठुला भनिएका नेताहरु परिवारका साथ प्रसुति सेवा तथा पर्व मनाउन बिदेश हानिन्छन् । उतै बसेर देशको चिन्ता गरेझैँ गर्छन् र सगर्व फोटो पोष्ट गर्छन् । यो हामीले देखी भोगी आएकै कुरा हो ।

आफनो र परिवारको अनकुलतामा रेखा अमेरिका पुगिन् यता पार्टी भित्रको राजनतिको रेखा बाङ्गो टिङ्गो हुन थाल्यो । भलै पार्टीको कार्यसम्पादन समितिको बैठकमा थापाबाट व्यक्त भएको बिचार होस वा गत निर्वाचनमा मोरङमा पार्टी नेतृत्वबाट भएको सहयोग वा असयोग बारे पार्टीमा घन्च मन्च नभएको होइन ।

संविधान पूर्ण रुपमा स्वीकार नगर्ने र संघीयता नमान्ने पृष्ठभूमीमा राजनीति गर्दै आएको राप्रपाले अवसर पाउँदा संविधान र संघीयता बलियो बनाउने अभियानमा जोडिदै आएको छ । बागमतीमा सभामुख, केन्द्र सरकारमा सहभागीतासँगै पछिल्लो पटक कोशीमा सहभागिताको विषयलाई लिएर पार्टी भित्र फैलिएको असन्तिुष्टि मोड्न लिङदेनले त्यता तारो त हानेका हैनन् भन्ने शंका पनि पार्टी भित्र रहेको छ ।

राप्रपाका लागि मात्र होईन राप्रपाका लागि म रेखा सक्रिय थिईन त्यसैले कसैको पनि महत्व कम आँकलन गर्न पनि हुदैन । के देशमा अहिले कुनै एजेण्डा छैन र ? देश बदल्ने कसम खाएर संसदमा पुगेका उहाँहरुको मनमा आउने एजेण्डा मेरो प्रसुति मात्रै हो त ? राप्रपा पनि एजेण्डा बिहिन भएको हो ? सिंगो पार्टीकै अध्यक्षज्यू मेरो पछि किन लाग्नुभयो ? सायद रेख यही सोचिरहेकी होलिन् ।

कुनै पनि मुलुकमा राम्रो जीबनयापन गर्ने हैसियतमा राख्न सक्ने व्यक्ति हुन् रेखा । नेपालको कलाक्षेत्रका लागि सक्दो योगदान पनि गरिरहेकी छिन् । कुन अभिभावकले आफनो सन्तानको भविष्यको ठेक्का लिन सक्छ ? उसले कुन बाटो लिन्छ निजी जीवन र छोराछोरीको ठेक्का लिन सकिन्छ र ? यस्तो विषयमा पनि मानसिक तनाव सहनु परिरहेको उनले ।

नेता हुनु भनेको अगुवा बन्नु हो । कामको अगुवाई नै नेत्रीत्व हो । अनि नेता भनेको अग्रज पनि भएकाले संस्कार पनि दिनुपर्ने हो । उहाँहरुले दिएको संस्कारको अनुशरण गरेर त उहाँको पार्टीमा कार्यकता, जनता पछि लाग्ने हो नि, होइन र ? तर अग्रजले यस्तो सस्कार दिनेले पार्टीका कस्तो सस्कार हुर्कदै छ भन्ने पुष्टि भएको छ । एउटा नारी जो आमा बन्ने सम्वेदनशील अबस्थामा छे, उसललाई यस्तो व्यबहार गर्नेले अरुलाई पनि कस्तो गरेका होलान् ? सुनेकी थिएँ– राजनीति गर्ने मान्छेले नारी स्वतन्त्रता र मातृ सम्मान प्रदान गर्दछन् ।

राजेन्द्रलाई अमेरिकामा रहेकी छोरीको भविष्यलाई लिएर जति चिन्ता र सुर्ता छ त्यो भन्दा बढी आउदै गएको आफ्नो सन्तानको चिन्ता र चासो रेखालाई हुनु स्वभाबिकै हो । भनिन्छ नि जिन्दगीको चौतारीमा ममताको छाया आफुभन्दा पनि धेरै सन्तानको माया हो । अहिले म यही ममताको प्रतिक्षामा छिन् रेखा ।

चलचित्रमा मात्र होइन, व्यबहारमै हिम्मतावाली हुँन् रेखा । त्यसैले उनि ठान्दिहुन् मलाई कसैले कठै नभनोस् । नारी कहिल्यै पनि कठै नबनोस् । मानिस टिठलाग्दो होइन लोभलाग्दो भएर जिउने हो । त्यसैले पनि उनलाई सहानुभूति े होइन, एक सक्षम र बलियो आमा बन्ने आशीर्वाद भने चाहिएको छ । त्यो पनि सच्चा मन र बचनले । अनि शुभचिन्तकहरुबाट ।

आमा सृष्टि हुन् । त्यसैले त पृथ्वी माताले आफ्ना सबै सृष्टिमा बराबरी ममता दर्शाउँछिन् । जसले गर्भमा राखेर सन्तानको सुरक्षा गर्दै आफैलाई पीडाको पोखरीमा राखेर धर्तीमा ल्याउँछ, उसैको नाम हो आमा । यसकारण जसरी सन्तानका लागि आफ्नो आमाभन्दा ठूलो केही हुँदैन, त्यसैगरी आमाका लागि सबैभन्दा प्रिय वस्तु भनेको पनि आफ्ना सन्तान् हुन् । यिनै अनूभूतिको सागरमा डुबुल्की मार्दै मेरा दैनिकी अहिले अघि बढ्दैछन् प्रिय सन्ताको पर्खाइमा ।

नेपाली कलाक्षेत्रमा राम्रै हैसियतमा रहेकी रेखाले चाहदा बिदेशको बसाई खासै ठुलो कुरा थिएन होला तर आज सम्म त्यो निर्णय गरेकी छैनन् होला । महिला शसक्तिकरणा लागि भएको अभियानमा पनि उनको नाम पनि कतै त कतै आईहाल्छ । सायद बिगतको कर्मलार्य उनले आफनो अनुकुलतामा फेरी निरन्तरता दिन्छिन् होला । तर बिशुद्ध आफनो कामको लागि केही समय बिदेशजाँदा पार्टी नेतृत्वबाट रेखाको नाममा राष्ट्रबादको राजनीतिको रोटी सेक्ने काम भने उपयुक्त भएन ।

उच्च शिक्षाका लागि बिदेशी जान लागेकी छोरीलाई बिदेश जादाँ बिमानस्थलमा बिदाई गर्न गएका राजेन्द्र रेखा सन्तान लिएर स्वदेश फर्कदा बिमानस्थलमा स्वागत गर्न पुग्ला कि नपुग्लान यदि पुगे के भन्छन् होला ? देश चलाउने मुल नीति राजनीति हो तर सबै कुरा राजनीति होईन ,नचाहिने स्थानमा राजनीतिको रंग प्रयोग गर्दा राजेन्द्रको हिसाब बिग्रिएको हो ।

रेखाको फिल्म ‘उपहार’को तेस्रो गीत ‘हारेको छैन’ सार्वजनिक
काठमाडौं । फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको रेखा थापाको बहुप्रतिक्षित चलचित्र ‘उपहार’को शीर्ष गीत सार्वजनिक भएको छ ।

ओएसआर डिजिटल युट्युब च्यानलमार्फत् सावजनिक गरिएको ‘हेरेको छैन’ बोलको ‘टाईटल सङ’ फिल्मको तेस्रो गीत हो ।

अडियो र भिडियो पक्ष बलियो रहेको गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, सुष्मा कार्की फिचर्ड छन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्ममा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको अभिनय रहेको छ ।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

राप्रपा युवासंघका अध्यक्ष केसीको नेतृ रेखा प्रति कटाक्ष: लिङ्देनको निष्ठा र इमान्दारितामा टिप्पणी गर्ने हैसियत नै पुग्दैन
काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसी पार्टी नेतृ रेखा थापालाई अध्यक्ष राजेन्द्र लिङ्देनको निष्ठा र इमान्दारितामा टिप्पणी गर्ने हैसियत नै नपुग्ने टिप्पणी गर्नुभएको छ ।

केही दिन अघि राप्रपा अध्यक्ष लिङ्देनले देशको अबस्था बिग्रदै जाँदा नयाँ पुस्तालाई जन्म दिन समेत बिदेश गएको बताउनु भएको थियो ।  राप्रपा नेतृ थापा पनि प्रसुतिका लागि हाल अमेरिका हुनुहुन्छ ।

आफु माथी अध्यक्षले कटाक्ष गरेको भन्दै थापाले सामाजिक संञ्जाल मार्फत लिङ्देनलाई देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्छ नी अमेरीकामा किन राखेको भन्दै प्रश्न गर्नुभएको थियो ।

अध्यक्ष लिङ्देन पुत्रि अध्यायनका लागि हाल अमेरिका मा हुनुहुन्छ ।

अध्यक्ष प्रति थापाको टिप्पणी पछि केसीले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

अध्यक्ष राजेन्द्र लिङ्देनको निष्ठा र इमान्दारितामा टिप्पणी गर्ने तिम्रो हैसियत पुग्दैन रेखा । Rekha Thapa

योग्यता र क्षमता भएका सबैले संसारको जुनसुकै युनिभर्सिटीबाट आफ्नो शैक्षिक डिग्री प्राप्त गर्न सक्छन् । हाम्रो अध्यक्षको छोरीले अध्यक्षको छोरी भएबापत विशेष सेवा, सुविधा लिएर र प्राथमिकतामा परेर विदेशमा अध्ययन गर्न गएकी होइनन् । अरु सरह काम गरेर आफ्नो अध्ययनलाई अघि बढाउदैछिन् । ढुक्क हुनुहोस् अध्ययन सकिनासाथ उनी नेपाल फर्किन्छिन् । उनका अग्रज, समकालीन र जुनियर साथीहरु कार्डको प्रक्रियामा लाग्दापनि उनी त्यस्तो प्रक्रियामा सहभागी हुने सोचाइ र रुचिमा छैनन् । देश फर्कने र देशमै भविष्य खोज्ने उसको दृढता छ । भ्रम सिर्जना नगरौं ।

तस्बिरमा हेर्नुस् अमेरिकामा रेखा थापा दम्पतीको ‘बेबी सावर’
काठमाडौँ । रेखा थापा दम्पतीले अमेरिकामा ‘बेबी सावर’ गरेका छन् ।

कोलोराडो स्प्रिङ्समा शनिबार अभिनेत्री थापा र उनका श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना गरेका हुन् । समारोहमा अमेरिकास्थित रेखा थापाको परिवार र आफन्त सहभागी थिए ।

रेखाले ‘बेबी सावर’को तस्वीर र भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

सन्तान जन्माउन रेखा यतिबेला अमेरिकामा छिन् । रेखा दम्पती माघ अन्तिम वा फागुनमा नयाँ सन्तानलाई स्वागत गर्नका लागि तयार छन् ।

तस्बिरः रेखा थापाको इन्स्टाग्राम

अभिनयलाई निरन्तरता दिन्छु: अभिनेत्री रेखा थापा
काठमाडौँ । केही समयसम्म चलचित्रबाट टाढा रहनुभएकी अभिनेत्री रेखा थापा पुन:चलचित्र उपहारमार्फत निर्माण र अभिनयमा सक्रिय हुनुभएको छ । केही समय राजनीति र घर गृहस्थीमा व्यस्त भएकाले कलाकारितामा निरन्तरता दिन नपाएको उहाँले बताउनुभयो ।

“म चुनावको क्रममा घुम्दा पनि दर्शकले पर्दामा नदेखिएको धेरै भयो, नयाँ चलचित्र कहिले हेर्न पाइन्छ ? भन्ने जिज्ञासा राख्नुहुन्थ्यो । म विविध कारणले केही समय विश्राममा रहे पनि अलग भने भएको थिइन्”, अभिनेत्री थापाले भन्नुभयो ।

उहाँले आफू चिनिएको चलचित्रकर्मबाट आउँदा दिनमा पनि लामोसमय नटाढिने बताउनुभयो । उपहार चलचित्रमा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिषा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पणजङ्ग कार्की, शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, विनोदकुमार पौडेललगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्नुभएको हो । उहाँले अभिनेत्री थापासँग लामो समयदेखि काम गरिरहेको स्मरण गर्दै चलचित्रमा तीन अभिनेत्रीलाई मुख्य पात्रका रुपमा प्रस्तुत गरेको बताउनुभयो ।

रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र फागुन २५ गते प्रदर्शन तय भएको छ । चलचित्र वितरण काठमाडौँ उपत्यकामा करण श्रेष्ठ र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ । रासस

आमा बन्न लागेकी हुन् रेखा ?
काठमाडौँ । अभिनेत्री एवं नेतृ रेखा थापा आमा बन्ने भएकी छन् । गतवर्ष प्रेमी बलराम केसीसँग वैवाहिक जीवनमा बाँधिएकी उनी आमा बन्न लागेकी हुन् ।

थापाले सामाजिक सञ्जाल फेसबुकमा पतिसँगैको तस्बिर राख्दै क्याप्सन लेखेकी छन् – ‘भविष्य पनि गजबको ‘उपहार’ हो, जो नआउँदै हामीलाई किस्ता किस्तामा खुसी पठाइदिन्छ ।’ उनको पोस्टलाई लिएर सजिलै अनुमान गर्न सकिन्छ कि उनी आमा बन्न लागेकी हुन् भन्ने । डाक्टरले फागुन–चैतमा आमा बन्ने डेट दिएको अभिनेत्री रेखा बताउँछिन् ।

रेखा हाल फिल्म ‘उपहार’मा व्यस्त छिन् । फिल्मको अहिले काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ ।

राप्रपाको महिला विभाग प्रमुखमा कुन्ती र उपप्रमुखमा रेखा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महामन्त्री कुन्तीकुमारी शाहीलाई महिला विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई महिला विभाग प्रमुखमा मनोनयन गर्नुभएको पत्र दिनुभएको छ ।

त्यसैगरी महिला विभाग उपप्रमुख रेखा थापालाई बनाइएको छ। महिला विभागको सदस्य सचिवमा सवान्त थापा, सदस्यहरूमा सरस्वती लामा, नानु लामा नगरकोटी, बबिता शाही, इन्दिरा शाही र रिता कुँवरलाई जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ।

‘जन्मभूमिमा देखिएका गलत प्रवृत्तिको अन्त्य गर्न उम्मेदवारी दिएको हुँ’- रेखा थापा(भिडीयोसहित)
मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभाकी उम्मेदवार अभिनेतृ रेखा थापाले आफू जन्मेको ठाउँमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न प्रत्यक्षतर्फको निर्वाचनमा होमिनु परेको बताउनु भएको छ ।

बिहीबार सुन्दरहरैँचा वडा नम्बर ११ का मतदातासँगको भेटमा उहाँले समानुपातिकबाट सजिलै सांसद बन्ने अवस्था भएपनि आफू जन्मेको निर्वाचन क्षेत्रमा देखिएका गलत प्रवृत्तिको अन्त्य गर्न आफूले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको बताउनु भएको हो ।

अभिनेतृ थापाले मोरङ क्षेत्र नम्बर ३ का सबै घरपरिवार आफन्त भएको उल्लेख गर्दै उनीहरुसँग छलफल गरेर यस क्षेत्रको समस्या गर्न आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘मेरो दायित्व यहाँका माटोसँग छ, यो क्षेत्रसँग छ । समानुपातिक भन्ने छँदै थियो । म यसरी भेला नभईकन पनि तपाईहरुसँग नभेटीकन पनि माननीय बन्ने मेरो उद्देश्य थियो भने म त्यहीँ बसेर माननीय बन्थे ।’

‘मलाई तपाईहरुसँग भेट्नु थियो । तपाईहरुसँग मलाई कुरा गर्नु थियो । मलाई यो क्षेत्रको माटो र यो क्षेत्रका हरेक घर परिवार मेरा आफन्त हुन । मैले यहाँको रक्षा गर्नुपर्छ । र, गलत प्रवृत्तिको अन्त्य गर्नुपर्छ भनेर म यहाँ आएको हुँ । मलाई जनप्रतिनिधि हुनलाई, मलाई माननीय हुनलाई ठूलो कुरा थिएन । म त्यहीँ (काठमाडौं) बसेर पनि हुन्थे । तर म त्यहाँ बसिरहँदा त्यसरी माननीय बनिरहँदा मसँग तपाईहरुको भेट यसरी हुने थिएन । यहाँको समस्या मैले थाहा पाउने थिइन ।’

अभिनेतृ थापाले महिलाहरु नेतृत्वमा पुगे मुलुकको भ्रष्टाचार आफंै समाप्त हुने दावी समेत गर्नु भयो । घर चलाउन सक्षम महिलाहरु मुलुक चलाउन पनि सक्षम रहेको उहाँको भनाई थियो । कार्यक्रममा उपस्थित भएका स्थानीय केही युवाहरुले भने स्थानीय समस्या समाधानका लागि अभिनेतृ थापालाई मत दिने बताएका थिए ।

राप्रपा नेत्री रेखा थापाको मोरङ क्षेत्र नं ३ मा मनोनयन दर्ता(भिडीयोसहित)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेत्री रेखा थापाले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि मोरङ क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले उम्मेदवारी दर्ता गराएको तस्बिर पोस्ट गर्दै उहाँले आफ्नो राजनीतिक यात्रा समयको माग भएको बताउनुभएको छ ।

मोरङका जनताको सेवाका लागि विगत ३० वर्षदेखि संसद्मा पुगेका दलका नेताहरुले मोरङवासीका लागि गरेको काम हेदा समाजले एउटा नेतृत्वबाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका खातिर आफ्नो उम्मेदवारी युवाले गरेको विद्रोह भएको उल्लेख गर्नुभएको छ ।

“अब पनि हामी नबोले, हामीले आवाज नउठाए कस्ले उठाउँछ रु देश बनाउन कसम खाएका नेताहरुले देश त परै जावस् आफ्नो समाजका लागिसम्म पनि उत्तरदायी बन्न् किन सकेनन रु किन हामी मोरङवासी सधैँ देशको, राजनीतिको केन्द्रविन्दु हुँदाहुँदै पनि पछि परेका छौँ त रु यस्तै तमाम समस्याले गर्दा मैले मोरङ क्षेत्र नै ३ बाट युवा विद्रोहको रपमा उमेद्वारी दिएकी छु”, उहाँले भन्नुभएको छ ।

मोरङबाट चुनावमा उठ्ने रेखा थापाको तयारी
काठमाडौँ । नायिका समेत रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रेखा थापाले मोरङबाट प्रतिनिधिसभाको निर्वाचनमा उठ्ने तयारी गरेकी छन् ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उनको नाम मोरङ क्षेत्र नम्बर ३ बाट सिफारिस भएको हो ।

यद्यपि, उनी मोरङ – ६ बाट उठ्ने चर्चा पनि रहेको छ । नेकपा एमालेसँग राप्रपाको तालमेल भए थापाले उम्मेदवार बन्ने तयारी गरेकी हुन् । मोरङ क्षेत्र नम्बर– ६ मा सत्तारुढ गठबन्धनबाट कांग्रेस नेता डा. शेखर कोइराला उम्मेदवार बन्ने लगभग निश्चित छ । एमालेले लालबाबु पण्डितलाई अघि सार्ने तयारी गरेको छ । तर पण्डितको लोकप्रियता खस्कीएका कारण राप्रपासँग गठबन्धन भए मोरङ ६ राप्रपालाई छाड्ने सम्भावना छ ।

राप्रपासँग तालमेल भए क्षेत्र नम्बर ६ मा रेखा थापालाई उठाउने तयारी छ । सो क्षेत्रबाट थापा उठे पण्डितलाई समानुपातिक सूचीमा लैजाने सम्भावना रहेको छ ।

राप्रपा नेतृ रेखा थापाले गठबन्धन भए मोरङबाट उम्मेदवार बन्ने बताएकी छिन् । थापाले आफ्नो घर मोरङ भएकोले गठबन्धन भए मोरङको जहाँबाट पनि उम्मेदवार बन्न आफू तयार रहेको जनाएकी छन् ।