रुपाताल – News Polar

रुपाताल संरक्षणसम्बन्धी काम समयमा सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपाताल संरक्षणसम्बन्धी कामलाई समयमा सम्पन्न गर्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रुपाताल संरक्षणका लागि गरिरहेको कामको आज निरीक्षण गर्दै उहाँले यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

“ऐतिहासिक रुपातालको आफ्नै महत्व छ, जनशक्ति थप गरेर समयमा गुणस्तरीय काम गरी यसलाई सम्पन्न गर्नेतर्फ लाग्नुहोस्”, मन्त्री खड्काले भन्नुभयो । रुपाताल संरक्षणका क्रममा बजेट अभाव हुन नदिन मन्त्रालयले आवश्यक समन्वय गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

तालमा हाल सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले पाँच सय ९० मिटर माटो र ४५ मिटर कङ्क्रिटको बाँध लगाउने काम गरिरहेको छ । एक सय २२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल बाँधेपछि एक सय ८३ हेक्टरको हुनेछ ।

तालको वरपर पैदलमार्ग निर्माण गर्न एक हजार एक सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म नौ सय रोपनी अधिग्रहण भइसकेको आयोजनाका प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिनुभयो ।

अनुगमनमा ऊर्जामन्त्री खड्कासँगै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य यज्ञबहादुर थापालगायत पुग्नुभएको थियो ।

रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक
कास्की । ‘रुपै राम्रो रुपातालको माथि भिरचोक गाउँ …’

पोखराका विम्बकविले उनेका शब्दमा सुनिल थापाको सङ्गीत र रजनी रिदम राईले स्वर भरेको यस गीतले नै रुपातालको सुन्दरतालाई झल्काउँछ । रूपातालको शान्त वातावरण, हरियाली र वरपरको हिमश्रृखङ्लाको मनोरम दृश्यावलोकनले प्रकृतिसँग घुलमिल हुन मन पराउनेका लागि यो उत्कृष्ट गन्तब्य बन्न थालेको छ । सूर्यको किरणसँगै बिहान, दिउँसो र साँझ फरकफरक रुप देखिने रुपातालको रुपले त्यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउँछ ।

पोखरा तालैतालको शहर । अधिकांशले पोखरा भन्नेबित्तिकै फेवाताल र माछापुच्छ्रेको तस्बिर सजाउने गर्दछन् । पोखरा क्षेत्रमा आठ वटा प्रमुख ताल रहेका छन् । फेवाताल, बेगनासताल, रुपाताल, खास्तेताल, न्यूरेनीताल, दीपाङताल, मैदीताल, गुँदेताल । सबैका आ–आफ्नै विशेषता छन् । यीमध्ये पनि रुपाको विशेषता अझ बेग्लै छ । “रुपातालको सौन्दर्य साँच्चिकै अनुपम छ,” होटल एण्ड रेष्टुरेण्ट एशोशिएसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेल भन्न्नुहुन्छ, “छिनछिनमा तालले आफ्नो रुप फेर्छ, जसले यो ताललाई ‘रुपा’ नामसँग सुहाउँदो बनाएको छ । बिहान, दिउँसो र साँझ सूर्यको प्रकाशसँगै तालको रूप नै परिवर्तन हुन्छ ।”

हरियाली पहाड, जङ्गल र जैविक विविधताले घेरिएको यो ताल आन्तरिक तथा बाह्य पर्यटकहरूको मन जित्न सफल भए पनि यसको सौन्दर्य रहस्यलाई अझ प्रचारप्रसार खाँचो रहेको उहाँको भनाइ छ । “यहाँ डुङ्गा शयर, चराचुरुङ्गी अवलोकन र आसपासका गाउँहरूमा रमाइलो गर्ने अवसर पाउँदा पर्यटकले यो स्थानलाई विशेष महत्व दिन थालेका छन् । योग र ध्यानका लागि पनि यो शान्त ठाउँ उपयुक्त मानिन्छ” कँडेलले भन्नुभयो ।

उहाँका अनुसार रुपाताल आसपासमा ३५ वटा पर्यटकीय स्तरका होटल तथा रेष्टुरेंट छन् । पहिला पहिला सुन्दरीडाँडाबाट रुपाताल हेर्न आउने मात्रै पर्यटक हुन्थे अहिले रुपाताललाई नै प्रमुख गन्तब्य बनाएर आउने पर्यटक बढ्न थालेका छन् । रुपाको सुन्दरताको अवलोकन, डुङ्गा शयरसँगै तालको ताजा माछा र स्थानीय रहनसहन संस्कृतिसँग परिचित हुँदै स्थानीय परिकारको स्वाद लिन पर्यटक आउने गर्दछन् । यो सँगै साइवेरियालगायतका अन्य ठाउँबाट आउने पाहुना चरासँगै करिब तीन सय ५० प्रजातिका चराहरु पनि यस आसपासमा रहेका छन् । यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको खुला चिडियाखाना निर्माणको योजना पनि अघि बढाइएकाले नयाँ पर्यटकीय गन्तव्यका रूपमा यसको महत्व बढ्दै गएको उहाँको भनाइ छ ।

नेपाल घुम्न आएका फ्रान्सेली नागरिक लुइ र जुलीले रुपाताल अद्भूत लागेको बताउनुभयो । “रुपाताल साँच्चै अद्भूत छ, तालको शान्त पानी र चारैतिर हरिया पहाडहरूले घेरिएको वातावरणले हाम्रो मनलाई शान्त बनायो । हामीले डुङ्गामा यात्रा ग¥यौं, चरा चुरुङी देख्न पायौँ, र प्राकृतिक सौन्दर्यको मजा लियौँ । उहाँहरुले स्थानीय बासिन्दाहरूको मैत्रीपूर्ण व्यवहारले पनि बेग्लै खुशी थपिदिएको बताउनुभयो । उहाँहरुले भीडभाडबाट टाढा एकान्त र शान्त रुपातालमा नेपाल आउने सबैलाई यो स्थान घुम्न सिफारिस गर्ने बताउनुभयो ।

रुपाताल छेउमा बसेर दृश्यावलोकन गरिरहनुभएका भारतको राजस्थानबाट साथीभाइ र परिवारका सदस्यका साथ पोखरा घुम्न आउनुभएका जयकुमार वर्माले पनि रुपाताल सुन्दर लागेको बताउनुभयो । “नेपालको प्राकृतिक सुन्दरताको बारेमा सुनेको थिएँ, आज रुपाताल आएर त्यो अनुभव गर्न पाइयो । तालैतालको शहर, हरियालीको सुन्दरताले फेरिफेरि आउन प्रेरित ग¥यो ।” पहिलोपल्ट पोखरा घुम्न आउनु भएका वर्माले फेवाताल र वेगनास ताल अनि सराङकोट पुग्दा पाएको अनुभव सुनाउनुभयो ।

ताल क्षेत्र पर्यटकीय दृष्टिकोणले आकर्षक मात्र नभई स्थानीय समुदायको आर्थिक विकासमा पनि योगदान पु¥याउँदै आएको बताउनुहुन्छ रुपाताल पुनस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवराज अधिकारी । “रुपातालको प्राकृतिक सुन्दरता र जैविक विविधता नै ठूलो सम्पत्ति हो”, अधिकारीले भन्नुभयो “रुपातालको माछापालनले यहाँको समुदायको लागि आर्थिक उपार्जनको आधार बनेको छ । सहकारीमार्फत सामूहिक रूपमा आयआर्जनका नयाँ उपायहरूमा हामी जुटेका छौँ ।” सहकारीमा एक हजार ३८ जना शेयर सदस्य रहेका छन् । उहाँले आर्थिक विकास र पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाउन सके यस क्षेत्रका बासिन्दा थप लाभान्वित हुने धारणा राख्नुभयो ।

रुपातालमा स्थानीय समुदाय माछापालनमा संलग्न भएर तालको संरक्षण र विकासमा योगदान दिँदै आएका छन् । रुपातालमा वार्षिक रु एक करोड ७० लाखको माछा विक्री हुने गर्दछ । दैनिक करिब एक सयदेखि एक सय ५० किलो माछा उत्पादन हुने गर्दछ । दैनिक पाँच सय केजी माछाको माग भए पनि उत्पादन एकसय ५० केजीमा मात्र सिमित भएको छ । रुपातालमा अहिले ३५ प्रजातिका माछाहरु रहेका छन् । माछा प्रतिकेजी समयअनुसार रु चार सयदेखि १५ सयसम्ममा विक्री हुने गर्दछ । ताजा र स्वस्थ्यकर भएकाले यहाँको माछा पर्यटकहरूमाझ लोकप्रिय हुँदै गएकोे अधिकारीको भनाइ छ ।

रुपाताल एकृकित विकास परियोजनाका इन्जिनीयर कृष्ण विश्वकर्माले रुपातालको थप सौन्दर्य र संरक्षणका लागि वृहत परियोजनामार्फत काम गरिरहेको बताउनुभयो । “रुपाताल दीर्घकालीन आर्थिक समृद्धि र पर्यावरणीय संरक्षणको दृष्टिले एक महत्वपूर्ण कदम हो, यो परियोजनाले ताल र यसको आसपासको क्षेत्रलाई व्यवस्थित गर्दै पर्यटनको विकासमा मद्दत पुग्नेछ ।” उहाँले रुपातालको संरक्षण र पूर्वाधारहरू सुधार गर्दै, स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने र स्थानीय समुदायको आयआर्जनमा योगदान पु¥याउने लक्ष्यसहित परियोजनाको काम अघि बढेको बताउनुभयो ।

परियोजनाको मुख्य उद्देश्य तालको जैविक विविधता संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम राख्नु, साथै वातावरणमैत्री पर्यटनलाई प्रवद्र्धन गर्नु रहेको छ । परियोजनाअन्तर्गत वृक्षारोपण, माटो संरक्षण, सफाइ अभियान, र पर्यटकका लागि सूचना केन्द्र र संग्राहलय स्थापना गर्ने कार्यहरू भइरहेको छ । इन्जिनीयर विश्वकर्माका अनुसार रुपाताल संरक्षण एकीकृत विकास परियोजना आर्थिक वर्ष २०७३÷७४ मा करिब चार अर्ब ५१ करोड ६६ लाख रुपैयाँ लाग्ने अनुमानसहित शुरु भएको परियोजना हो । अहिले यसको करिब ४५ प्रतिशत काम सम्पन्न भएको छ । मुख्य बाँध निर्माणको करिब १५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ ।

ताल वरपरको संरचना र पर्या–पर्यटनलाई बढावा दिने उद्देश्यले तालको वरिपरि साइकल र पैदलमार्गसहितको ‘इको ट्रेल’ निर्माण गरिनेछ । पर्यटकीय पूर्वाधारको रूपमा आकर्षक बगैँचा र अन्य सुविधाहरू निर्माण गर्दै ताललाई स्थानीय तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनाउने योजना रहेको छ । आव २०८३ ÷८४ मा सम्पन्न लक्ष्य राखिए पनि निर्माण कार्य देखिएका विविध कारण समयमै सम्पन्न हुन नसक्ने भएपछि समयावधि बढाउनुपर्ने अवस्था आउने विकले जानकारी दिनुभयो ।

निर्माण कार्यमा हालसम्म दुई अर्ब २६ करोड रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ । यस परियोजनाबाट ७।९ किलोमिटर क्षेत्रमा सडकको निर्माण सम्पन्न भएको छ । ताल क्षेत्रलाई विस्तार आवश्यक आवश्यक संरचना निर्माणमा १४ सय ७२ रोपनी जग्गा आवश्यक जग्गामध्ये नौ सय ९५ रोपनी जग्गाको मुआब्जा दिइसकिएको छ । मुआब्जाका लागि करिब एक अर्ब ३५ करोड रुपैयाँ बजेट छुट्टाइएको थियो । करिब ९३ करोड मुआब्जामा वितरण भइसकेको छ । कतिपय ऐलानी जग्गा भएकाले मुआब्जा दिन नपर्ने भएको उहाँको भनाइ छ ।

विसं २०३२ को नापीले १३६ हेक्टर क्षेत्रफलमा फैलिएको तालको अहिले परियोजनाको सर्भेमा एकसय २२ हेक्टर देखिएको छ । परियोजना सम्पन्नपश्चात यसको क्षेत्रफल एकसय ८३ पुग्ने बताइएको छ । ताल खुम्चिनुको कारणहरूमा माटोको कटान, जलाधार क्षेत्रमा हुने अव्यवस्थित विकास र अतिक्रमण हुन् । रुपाताल पोखराका नौ तालमध्ये तेस्रो ठूलो ताल हो र यो परियोजनाले यसको दीर्घकालीन संरक्षण र विकासमा योगदान पु¥याउँदै, स्थानीय अर्थतन्त्रलाई पनि समृद्ध बनाउने विश्वास लिइएको छ ।

पोखराको प्रमुख बजार क्षेत्रबाट १५ किलोमिटर दूरीमा अवस्थित रुपाताल पोखरा महानगरपालिका–३१ मा पर्छ । जैविक विविधता र संरक्षणको दृषटिकोणले निकै महत्वपूर्ण रहेको यस क्षेत्रमा जैविक संरक्षण क्षेत्रको रूपमा विकास गर्ने प्रयास थालिएको छ । रुपातालको माथिको झोलुङ्गे पुल र सुन्दरी डाँडा र पचभैया जस्ता स्थलहरू पनि अहिले पर्यटकको रोजाइमा परेका छन् । रासस

पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
गण्डकी । पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो ।

तालैतालको सहरको उपमा पाएको पोखरामा नौ ताल रामसार सूचीमा समेत सूचीकृत भइसकेका छन् । यिनै तालतलैयाका कारण पोखरा चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य बनेको छ । पोखराका तालतलैयामा बर्सेनि झण्डै तीन सय प्रजातिका विदेशी चरा चीन, साइबेरिया लगायतका देशबाट आउने गरेको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनुुभयो ।

प्रत्येक वर्षको हिउँद र वर्षात्का समयमा छुट्टाछुट्टै प्रजातिका चरा पोखराका तालतलैयामा देखिने गरेको उहाँले जानकारी दिनुुभयो । “विशेषगरी हिउँदको समयमा सिकारी प्रजातिका चरा पोखराका तालतलैयामा देख्न सकिन्छ, वर्षात्को समयमा कोइली प्रजातिका चरा देख्न सकिन्छ”, उहाँले भन्नुुभयो, “साइवेरियालगायत टाढाटाढा विदेशी मुलुकबाट आएका चरा केही समय बिताएर फर्कने गरेका छन् ।”

पोखराका रामसार सूचीमा सूचीकृत तालमध्येको एक रुपाताल पनि हो । सुन्दा अचम्म लाग्न सक्छला तर, रुपातालले बर्सेनि झण्डै रु ५० लाख बराबरका माछा विदेशी चरालाई खुवाउँदै आएको छ । साविक लेखनाथ नगरपालिका–१०, ११ र १४ का केही भागले छोएको यस तालमा प्रत्येक वर्षको हिउँदमा आउने जलेवालगायत प्रजातिका चराले रु ५० लाखभन्दा बढीको माछा खाएर जाने गरेको रुपाताल पुन:स्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले बताउनुुभयो ।

“विशेषगरी पुस माघको समयमा करिब तीन महिना साइबेरियालगायत स्थानबाट रुपातालमा आउने करिब दुई सय ५० सङ्ख्याका जलेवाको आहारा माछा नै हो”, उहाँले भन्नुुभयो, “सामान्यत: एउटा जलेवाले दिनभरिमा आधा किलोसम्म माछा खाने गर्दछ ।”

रातको समयमा ताल आसपासको जङ्गलमा बस्ने जलेवा बिहान सूर्योदयदेखि सूर्यास्तसम्म तालमा नै रहने र माछा खाने गरेको उहाँले जानकारी दिनुुभयो । विगतमा अतिक्रमणमा पर्दै गएको ताललाई संरक्षण गर्ने उद्देश्यका साथ २०५८ सालदेखि सहकारी स्थापना गरी माछापालन गर्दै आयआर्जनसमेत गरिँदै आइएको उहाँले जानकारी दिनुुभयो ।

सहकारी सञ्चालनमा आएसँगै यसका माध्यमबाट तालको संरक्षण र उपयोगमा जोड दिइएको बताउँदै उहाँले हाल सहकारीमा एक हजार ३० जना आबद्ध भइसकेको बताउनुुभयो । सहकारीअन्तर्गत माछा मार्न, चौकीदार, बैंकिङ कारोबार आदिका लागि २४ जनालाई रोजगारी दिन सकिएको सहकारीले जनाएको छ ।

सहकारीले वार्षिक करिब रु दुई करोड बराबरको माछा उत्पादन गर्न सफल बनेको जनाउँदै उहाँले तालमा रहु, नैनी, कमन, सिल्भर कार्प, तिलापियालगायत जातका माछा उत्पादन हुने गरेको बताउनुुभयो । उहाँका अनुसार तालमा करिब २४/२५ स्थानीय जातका माछा रहेका छन् । रुपाताल पछिल्लो समयमा जलचर, वन्यजन्तु, पर्यावरण अध्ययन अनुसन्धान गर्ने खुला पाठशाला जस्तै बनेको जनाउँदै उहाँले वर्षेनी करिब २५ राष्ट्रबाट अध्ययन अनुसन्धानकर्ता आउने गरेको जानकारी दिनुुभयो ।

रुपातालमा उत्पादित माछाको बजारका लागि कुनै समस्या नरहेको सहकारीका कर्मचारी रामजी अधिकारीले बताउनुुभयो । रुपातालको माछाको माग बढिरहेको जनाउँदै अधिकारीले मागबमोजिम पुर्‍याउन धौधौ हुने गरेको अनुभव सुनाउनुुभयो ।

तालको संरक्षण र विकासका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनामार्फत पूर्वाधार विकासका काम भइरहेका छन् । परियोजना लक्षित काम सम्पन्न भएसँगै तालको संरक्षण, पर्यटकीय विकास हुँदै स्थानीयको जीवनस्तर बढ्ने विश्वास लिइएको छ ।

चरणबद्ध अघि बढ्ने परियोजनाको लागत रु चार अर्ब ५२ करोड ८८ लाख रहेको परियोजनाका सूचना अधिकारी इञ्जिनियर कृष्णबहादुर विकले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनाअन्तर्गत जग्गा अधिग्रहणका लागि नौ सय ९५ रोपनी जग्गाको सूचना निकालिएकामा हालसम्म नौ सय ८७ रोपनी क्षेत्रको मुआब्जा वितरण गरिसकिएको छ ।

मुआब्जा वितरणका साथै तालबेंसीको पुल निर्माण भइसकेको छ भने सडक निर्माण पनि सम्पन्न भइसकेको छ । हाल बाँध निर्माणको काम अघि बढेको उहाँले जानकारी दिनुुभयो । बाँध निर्माण भएपछि हाल रहेको पानी सतह छ सय २० मिटरबाट बढेर छ सय २४ मिटर हुने र तालको क्षेत्रफल हालको एक सय २२ हेक्टरबाट बढेर एक सय ८३ पुग्ने उहाँले जानकारी दिनुभयो ।

लक्षित योजनाअनुसारको परियोजना सम्पन्न भएसँगै त्यसले तालको संरक्षण र यससँग जोडिएका जैविक विविधता, जलमा आश्रित जीवजन्तुको संरक्षण आदिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

रुपातालको जलाधार क्षेत्र आसपासका जङ्गललाई समेटेर खुला चिडियाखाना सञ्चालनमा आउनुले पनि यस क्षेत्रको संरक्षण र विकासमा थप योगदान पुग्ने देखिएको छ । पचभैया प्राणी उद्यान केन्द्रका रुपमा सञ्चालित चिडियाखाना बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रुपमा साविक लेखनाथ नगरपालिकाका वडा नं ११, १२ र १४ मा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर बनाइएको हो । यहाँको एक सय ३४ हेक्टर क्षेत्रफललाई समेटेर पूर्वाधार विकासका कार्यक्रम अघि बढाइएको छ ।

चिडियाखाना परिसर एवं रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा तीन सय ६१ प्रजातिका वनस्पति, एक सय ७५ प्रजातिका जडीबुटी पाइन्छन् । त्यस्तै रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चराका साथै जङ्गल क्षेत्रमा बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छन् ।

यहाँ आउने पर्यटकले यहाँबाट रुपातालको मनोरम दृश्यसँगै चिडियाखानामा चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिङ्गर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन् ।

रुपा तालमा मोती उत्पादनको पनि सम्भावना देखिएको छ । यसअघि लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेसँगै रुपातालमा पनि मोति उत्पादन गर्ने सोच अघि बढाइएको सहकारीका अध्यक्ष अधिकारीले बताउनुुभयो । उक्त विषयलाई हाल परीक्षणका रुपमा अघि बढाइएको बताउँदै उहाँले परीक्षण सफल भएसँगै मोतिखेतीसमेत गरिने जानकारी दिनुुभयो । रासस

रुपातालको किनारमा पक्की सडक निर्माण
कास्की । कास्कीको पोखरा महानगरपालिका र रुपा गाउँपालिकाको बीचमा अवस्थित रुपातालको किनारमा पक्की कालोपत्र सडक निर्माण भएको छ ।

रूपाताल एकीकृत संरक्षण परियोजनाले रुपा गाउँपालिकाअन्तर्गत खोलाको छेउबाट तालबेँसीसम्म तालको देब्रे किनारमा साढे सात किलोमिटर अस्पाल्ट प्रविधिबाट पक्की सडक निर्माण गरिरहेको हो ।

परियोजनाको रु २३ करोड १० लाख लागतमा काम भइरहेको छ । सडक सम्पन्न भएपछि स्थानीयलाई दैनिक यात्रा र्गा सहजता हुनुका साथै तालको महत्व बढ्ने र पर्यटक आगमन वृद्धि हुने अपेक्षा गरिएको छ ।

पोखराका फेवा र बेगनास तालपछि तेस्रो ठूलो तालका रुपमा रहेको रुपातालमा पहुँच सडकको अभावमा पर्यटकीय गतिविधि कम भएपछि सुविधा सम्पन्न पक्की सडक निर्माण थालिएको रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले बताउनुभयो ।

निर्माण सम्पन्न भएपछि तालको महत्व अझ बढ्नुका साथै यहाँको पर्यटन प्रवर्द्धन हुने र स्थानीयको आर्थिकस्तर वृद्धि हुने उहाँको भनाइ छ । उहाँले पक्की सडकले तालको मुहारका साथै स्थानीयको दैनिकी फेर्ने बताउँदै खुसी व्यक्त गर्नुभयो ।

“विसं २०५९ मा हामी आफैँले ट्रयाक खोलेको बाटो बनाउन सुरु गरेका हौँ । अहिले पूरै तालको एक छेउबाट अर्को छेउसम्म पुग्ने गरी पक्की सडक बन्दा असाध्यै खुसी भएका छौँ । पर्यटकीय गतिविधिसँगै स्थानीयलाई समेत बाटोले फाइदा हुनेछ”, अध्यक्ष अधिकारीले भन्नुभयो ।

अधिकारीका अनुसार सडक निर्माणले रुपातालमा माछा खरिद तथा बिक्रीका लागि सजिलो हुनुका साथै रुपा गाउँपालिकाका भङ्गरा, जमनकुना, तालबँेसीलगायत क्षेत्रका स्थानीय सडकबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

बेगनासताल हुँदै सुन्दरीडाँडा, तालबेँसी हुँदै लमजुङको भोर्लेटार जाने हालको सडक साँघुरो र जीर्ण भएको अवस्थामा रुपातालको किनार हुँदै बनेको यस सडक विकल्पका रुपमा प्रयोगमा आइसकेको अधिकारीले बताउनुभयो ।

रुपाताल एकीकृत संरक्षण परियोजनाका इन्जिनियर नरजङ्ग गुरुङले सडक निर्माणको हालसम्म ८० प्रतिशत काम सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षभित्रमा पूरा काम हुनेछ ।

सडक निर्माणका लागि विसं २०७८ असार २३ गते डुकुचु कन्ट्रक्सन प्रालि काठमाडौँसँग ठेक्का सम्झौता गरिएको थियो । सडक नालाबाहेक साढे पाँच मिटर फराकिलो हुनेछ । सम्झौता मितिले ३० महिनाभित्रमा काम सम्पन्न गरिसक्नुपर्ने भए पनि बजेट अभावमा ढिलाइ भएको निर्माण कम्पनीको भनाइ छ ।

“गत चैतभित्रमा कालोपत्रे गर्ने तयारी भएको थियो । बजेट अभावमा सडक समयमै सम्पन्न गर्न केही ढिलाइ भयो । चालु आर्थिक वर्षमा सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिएका छौँ”, इन्जिनियर गुरुङले भन्नुभयो ।

रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ । साविकको लेखनाथ नगरपालिका–१०, ११ र १४ का केही भाग तालले छोएको छ । ताल पर्यटकीय गन्तव्यसँगै आसपासका सर्वसाधारणको समृद्धिको महत्वपूर्ण आधार बन्ने स्थानीयको भनाइ छ ।

परियोजनाका इन्जिनियर सुनिता गैह्रेले रुपाताललाई पुरानै स्वरुपमा फर्काउन करिब रु चार अर्ब ५० करोडमा लागतमा विभिन्न संरचना निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार पहुँच मार्गसहित जलाधार क्षेत्रमा तीनवटा सिल्ट्रेसन ड्याम निर्माण गरिएको छ ।

लक्षित योजनाअनुसार काम सम्पन्न भई बाँध निर्माण भएपछि हाल रहेको पानी सतह छ सय २० मिटरबाट बढेर छ सय २४ मिटर हुने र तालको क्षेत्रफल हालको एक सय २२ हेक्टरबाट बढेर एक सय ८३ पुग्ने इन्जिनियर गैह्रेले जानकारी दिनुभयो । रासस