रामबहादुर बम्जन – News Polar

रामबहादुर बम्जनको सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्च अदालतमा पेसीमा चढ्यो
काठमाडौँ । सर्लाही जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा चलान भएका रामबहादुर बम्जनको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दा अब सर्वोच्च अदालतमा सुनुवाइको लागि पेसीमा आएको छ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मुद्दा सुनुवाइका लागि पेसी तोकेको हो। बम्जनमाथि २०८१ फागुन ५ गते सर्लाही जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो।

जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएपछि बम्जनले जनकपुर उच्च अदालतमा यसविरुद्ध उजुरी गरेका थिए। उच्च अदालतले जिल्ला अदालतको आदेशलाई सदर गरेपछि बम्जनले थुनामुक्त गर्न दफा ७३ अन्तर्गत निवेदन दर्ता गर्दै सर्वोच्चमा पुगेका हुन्।

बम्जनमाथि कुल ८ करोड २७ लाख ५९ हजार ४८१ रुपैयाँ बिगोसहित सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो। अदालतले बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार कैद सजाय माग गरेको थियो।

यसअघि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा पनि सजाय सुनाएको थियो।

२०८१ असारमा अदालतले उनलाई १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति तोकेको थियो। तर बम्जनले उच्च अदालत जनकपुरमा पुनरावेदन दिएका थिए, जसमा उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई २०७८ चैत ६ गते सफाइ दिएको थियो।

उच्च अदालतबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए।

बाल यौन दुराचारको आरोप लागेका बम्जनले कसरी पाए सफाई ?
काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुराचारमा जिल्ला अदालतबाट दोषी ठहर भएका रामबहादुर बम्जनलाई सफाई दिएको छ । उच्च अदालतले हदम्यादका कारण मुद्दै चल्न नसक्ने भन्दै बम्जनलाई सफाइ दिएको हो ।

सर्लाही जिल्ला अदालतले गत वर्ष असार १७ गते बम्जनलाई १० बालबालिकामाथि यौन दुव्र्यवहार गरेको भन्दै १० वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला गरेको थियो । त्यसमाथि भएको पुनरावेदनमा उच्च अदालत जनकपुरका न्यायाधीशहरु खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले हदम्यादका कारण बम्जनमाथि मुद्दा नचल्ने देखिएको भन्दै जिल्ला अदालतको सजाय लागू हुन नसक्ने ठहर गरेको हो ।

गएको चैत ६ गते फैसला भएको यो मुद्दाको पूर्ण पाठ आज सार्वजनिक भएको हो । पूर्णपाठमा प्रचलित कानुनअनुसार हदम्यादभित्र अभियोगपत्र दायर नभएको भएको जिकिर गरिएको छ । २०७३ साउन २० गते उक्त घटना भएको थियो । त्यतिबेला प्रचलित कानुनअनुसार जबर्जस्ती करणी कसुरका लागि ६ महिना हदम्याद रहेको थियो ।

सो हदम्यादअनुसार वादी पक्षले २०७३ माघ १९ गतेभित्रै अभियोगपत्र दायर गरिसक्नुपर्ने थियो । तर, पीडित पक्षले २०७३ माघ २३ गते मात्रै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए । सो समयसम्म हदम्याद नाघेको र पीडित तत्कालीन बालबालिका ऐन, २०४८ अनुसार १६ वर्ष पुगेर बालिग भइसकेको पूर्णपाठमा उल्लेख गरिएको छ । पीडित ०७४ असार १९ मै १६ वर्ष पुगिसकेको फैसलामा भनिएको छ ।

‘सुरु सर्लाही अदालतको फैसला नमिलेकोले बदर भई अभियोगपत्र नै खारेज हुने ठहर्छ,’पूर्णपाठमा उल्लेख गरिएको छ,‘कसुरदार ठहर भएका पुनरावेदक प्रतिवादी रामबहादुर बम्जन भन्ने रामलाल बम्जनले समेत आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदक जिकिर पुग्न सक्दैन ।’

यसअघि जिल्ला अदालत सर्लाहीले आंशिक दाबी पुग्ने फैसलासहित बम्जनलाई दोषी ठहर गरेको थियो । त्यतिबेला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति दिने फैसला सुनाएका थिए ।

रामबहादुर बम्जनले पाए सफाइ
काठमाडौँ । बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनले सफाइ पाएका छन् ।

उच्च अदालत जनकपुरले जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो ।

सो इजलासले २०८० ६ चैतमा रामबहादुरसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको छ ।

उनीहरू दुवैले जिल्ला अदालतमा पनि सफाई पाएका थिए ।

जिल्ला अदालत सर्लाहीले २०८१ असार १७ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय
काठमाडौँ । रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार गरेको कसूरमा १० वर्ष सजाय सुनाएको छ ।

जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

यसअघि न्यायाधीश भण्डारीको इजलासले १० असारमा बम्जनलाई दोषी ठहर गरेको थियो भने सजाय निर्धारणका लागि सोमबारका लागि पेशी तोकिएको थियो ।

आफूलाई तपश्वी दाबी गर्ने बम्जन २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ परेका थिए ।

जिल्ला अदालत सर्लाहीद्वारा रामबहादुर बम्जनलाई दोषी ठहर
बरहथवा (सर्लाही)। रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले बालिकामाथि कसुर गरेको ठहर गरेको छ ।

आज सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले अभियुक्त बम्जनलाई कसुदार ठहर गरेको हो । सरकारी वकिल कार्यालयले पेश गरेको अभियोजनअनुसार इजलासबाट बम्जनलाई दोषी ठहर भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो । “आजको इजलासले बम्जनलाई बालिकामाथि कसुर गरेको ठहर गरेको छ”, उहाँले भन्नुभयो, “सजाय कति हुने भन्ने फैसला असार १७ गतेको इजलासले टुङ्ग्याउने छ ।”

अभियुक्त बम्जन हाल पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका छन् । फैसला पूर्व आजको इजलासमा दुवैतर्फका वकिलले अन्तिम बहस गरेका थिए । बहसमा बम्जनको पक्षमा वरिष्ठ अधिवक्ता सीताराम केसी, अधिवक्ता राम घिमिरे, मनोहर झा, राष्ट्र विमोचन तिमल्सिना र दिलीप झाले बहस गर्नुभएको थियो ।

अभियोगबमोजिम कैद सजायको मागसहित जिल्ला सरकारी वकिल कार्यालय मलङ्गवाका प्रमुख जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले बहस गर्नुभएको थियो । बारा जिल्लाको निजगढ नगरपालिका–१२ निवासी ३० वर्षीय बम्जनविरुद्ध २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएको थियो । न्यायाधिश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते बम्जनलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । रासस

रामबहादुर बम्जनविरुद्ध मुद्दा हालेकी किशोरीको बुवाको सवारी दुर्घटनामा मृत्यु
काठमाडौं । रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुवा सवारी दुर्घटनामा ज्यान गएको छ ।

मंगलबार बेलुका पौने ८ बजे सिन्धुलीको भिमानमा प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले दुईवटा मोटरसाइकललाई ठक्कर दिएको थियो।

सिन्धुली प्रहरीका अनुसार डगाबाट भिमानतर्फ जाँदै गरेको उक्त ट्याक्टरले विपरीत दिशातर्फ जाँदै गरेको बा ५८ प ९१४१ र ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई ट्याक्टरले भिमानमा ठक्कर दिँदा उनको मृत्यु भएको हो।

ठक्करबाट बा ५८ प ९१४१ नम्बरमा सवार रौतहटको गुजरा नगरपालिका(२ का ६३ वर्षीय रणे तामाङ र ना ११ प ५७५ मोटरसाइकलका चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका ६३ वर्षीय विष्णुबहाजुर थिङ घाइते भएका थिए।

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
काठमाडौँ । हत्या र यौन हिंसाका अभियुक्त ‘तपस्वी’ रामबहादुर बम्जनलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेको हो ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो ।

रामबहादुर बम्जनको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने
काठमाडौँ । हत्या र यौन हिंसाका अभियुक्त ‘तपस्वी’ रामबहादुर बम्जनको मुद्दामा थुनछेक बहस सकिएको छ ।

सर्लाही जिल्ला अदालतमा न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा बम्जनविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको हो ।

अब इजलासले केहिबेरमा बम्जनलाई पुर्पक्षका लागी थुनामा पठाउने वा तारेखमा छाड्ने भन्नेबारे निर्णय गर्नेछ ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो ।

रामबहादुर बम्जनविरुद्ध सुनुवाइ सुरु
मलङ्गवा । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ ।

जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो । उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले  जानकारी दिनुभयो ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो ।रासस

बम्जनको घरमा भेटियो पैसाको चाङ
काठमाडौँ । तपस्वी रामबहादुर बम्जनको घरबाट पैसाको चाङ भेटिएको छ । काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का अनुसार उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ । सीआइबीका अनुसार उक्त पैसामाथि अनुसन्धान भइरहेको छ ।

सर्लाहीकी एक अनुयायीमाथि बाल यौन दूराचार गरेको आरोप लागेपछि जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो । तर प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

मंगलबार सीआईबीले उनी बसेको बुढानीलकण्ठस्थित घरमा छापा मारेको थियो । त्यस क्रममा उनी २ तला माथिबाट हामफालेर भाग्ने प्रयास गरेका थिए । यद्यपि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको थियो ।

सीआईबीले बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराउने तयारी गरेको छ ।

रामबहादुर बम्जनलाई सीआईबीले हत्कडीसहित सार्वजनिक गर्‍यो
काठमाडौं । मंगलबार पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई सीआईबीले सार्वजनिक गरेको छ ।  आज पत्रकार सम्मेलन आयोजना गर्दै सीआईबीले बम्जनलाई हत्कडीसहित सार्वजनिक गरेको हो ।

हत्या, बलात्कारजस्ता आरोपमा सिआइबीले बम्जनलाई मंगलबार बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले बम्जनविरुद्ध किटानी जोहरी दिएकी थिइन् ।

बम्जनमाथि सर्लाहीस्थित आश्रममा बलात्कार गरेको भन्दै उजुरी समेत परेको थियो । साथै, सिुन्धलीस्थित आश्रमबाट बाराका ३४ वर्षीय सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बम्जनको  बूढानीलकण्ठस्थित  घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको बताएको छ ।  उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ । सीआइबीका अनुसार उक्त पैसामाथि अनुसन्धान भइरहेको छ ।

पाँच करोडको ल्याण्डक्रुजर चढ्ने योजनामा थिए ‘तपस्वी’ बम्जन
काठमाडौं । बलात्कार र हत्या आरोप लागेका ‘तपस्वी’भनिने रामबहादुर बम्जनले झण्डै पाँच करोड रुपैयाँ पर्ने ल्याण्डक्रुजर गाडी खरिद गर्न लागेको पाइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बुधबार उनीबारे गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।

सीआईबीका अनुसार उनले बौद्ध श्रवण ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा गाडी खरिद गर्न तीन करोड नगदै भुक्तानी गरेको खुलको छ ।

उनले सेतो रंगको टोयटा गाडी र चारवटा मोटरसाइकल पनि प्रयोग गर्नेगरेको सीआईबी बताउँछ ।

तपस्वी बम्जनलाई आफूहरूको जिम्मा लगाउन समर्थकहरुको माग
काठमाडौँ । तपस्वी रामबहादुर बम्जनलाई आफूहरुसमक्ष जिम्मा लगाउन भन्दै उनका समर्थकहरु महाराजगञ्जस्थित सीआइबी कार्यालय पुगेका छन् ।

प्रहरीले भने मङ्गलबार पक्राउ परेका बम्जनलाई सर्लाही लैजाने तयारी गरेको छ । पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेर सीआईबीले दिउँसो बम्जनविरुद्ध मुद्दा चलिरहेको सर्लाहीमा आवश्यक कारबाही प्रक्रियाका लागि लैजान लागेको हो ।

यसैबीच पूर्वभूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामाले बम्जनलाई आफूहरूले निजी गाडीमा लैजाने भन्दै आफूहरुलाई जिम्मा लगाउन माग गर्नुभएको छ । उहाँले रामबहादुर आफूहरूको ‘भगवान्’ रहेको भन्दै हतकडी नलाउनसमेत प्रहरी अधिकारीसँग आग्रह गर्नुभएको छ ।

यद्यपि सीआईबीका अधिकारीले त्यसरी जिम्मा दिन नमिल्ने भन्दै अदालतमा म्याद थपलगायत आवश्यक कारबाहीका लागि प्रहरीले नै लैजाने जवाफ दिएका छन् । सीआईबी प्रवक्ता नवराज अधिकारीले बम्जनमाथिको मुद्दा र पक्राउबारे विस्तृत जानकारी गराउन आज दिउँसो १ बजे पत्रकार सम्मेलन राखिएको जानकारी दिनुभयो ।

बम्जनका समर्थक बिहानैदेखि सीआईबीमा भेला भएका छन् । बम्जनले भने कानूनलाई सम्मान गर्ने भन्दै समर्थकलाई उत्तेजक नहुन आग्रह गरेको बताइएको छ ।

बलात्कार, हत्या, बेपत्ता पारेकोलगायतका आरोपमा बमजनविरुद्ध प्रहरीमा उजुरी छ । हिजो परिवार भेट्न आउँदा उनी बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।

रामबहादुर बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराउने
काठमाडौं । हत्या, बलात्कारजस्ता आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ ।

जिल्ला अदालत सर्लाहीबाट बम्जनविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी भएको सीआईबीका एक अधिकारीले बताए ।

सिआइबीले बम्जनलाई मंगलबार बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले बम्जनविरुद्ध किटानी जोहरी दिएकी थिइन् ।

बम्जनमाथि सर्लाहीस्थित आश्रममा बलात्कार गरेको भन्दै उजुरी समेत परेको थियो । साथै, सिुन्धलीस्थित आश्रमबाट बाराका ३४ वर्षीय सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ ।

मंगलबार पक्राउ परेका बम्जनको घरबाट प्रहरीले ३ करोड भन्दा बढी नगद बरामद गरेको छ । बरामद नगद ५ सय र १ हजार दरका छन् । सिआइबीले करिब ३ सय डलर विदेशी रुपैयाँ पनि बरामद गरेको छ । बरामद विदेशी रुपैयाँ चिन र इन्डोनेसिया लगायत मुलुकका छन् । त्यसबाहेक १५ वटा मोबाइल, ल्यापटप र ३० भन्दा बढी पेन ड्राइभ पनि बरामद भएको छ ।

रामबहादुर बम्जनको घरबाट ३ करोड बरामद
काठमाडौँ । ‘तपस्वी’ रामबहादुर बम्जनको बुढानीलकण्ठस्थित निवासबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ ।

हत्या, बलात्कारजस्ता आरोपमा पक्राउ परेका बम्जनको घरबाट ३ करोड भन्दा बढी नगद बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले जानकारी दिईन् ।

बरामद नगद ५ सय र १ हजार दरका छन् । सिआइबीले करिब ३ सय डलर विदेशी रुपैयाँ पनि बरामद गरेको छ । बरामद विदेशी रुपैयाँ चिन र इन्डोनेसिया लगायत मुलुकका छन् । त्यसबाहेक १५ वटा मोबाइल, ल्यापटप र ३० भन्दा बढी पेन ड्राइभ पनि बरामद भएको छ ।