रामचन्द पौडेल – News Polar

१९औँ गणतन्त्र दिवसमा राष्ट्रपतिको सम्बोधन – गणतन्त्र राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा हो : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा भएको बताउनुभएको छ।

राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो ।

“गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ, यसले हामीलाई समुन्नत भविष्यका लागि एकतावद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ, यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने संकल्पका लागि अभिप्रेरित गरेको छ, किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमीको स्वामित्व दिएको छ, त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा हो”, उहाँले भन्नुभयो ।

उहाँले म आशा गर्छु कि गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ सम्बृद्ध बनाउन हामी सबै राजनीतिक निष्ठा, मूल्यमान्यता एवम् आचरणमा परिवर्तनसहित एकतावद्ध भएर लाग्नेछौं भन्नुभयो । राष्ट्रपति पौडेलले गणतन्त्र फगत एक व्यवस्था होइन, यो आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि हो भन्नुभयो ।

“यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई विर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौ, आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र सम्वृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम् र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आवद्ध गर्न प्रेरणा देओस्”, उहाँले भन्नुभयो ।

मुलुकमा उत्पन्न विषम परिस्थितिको निकासका लागि भएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको र यसले जनताको चाहनाअनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रुपमा अगाडि बढाउने निर्णय गरेको उहाँले उल्लेख गर्नुभयो ।

साथै, उहाँले शासकीय सुधारका एक सय कार्यसूचिलाई पूर्ण कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र, तौलरहित व्यापारको निमित्त संरचनागत र कानूनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने विश्वास व्यक्त गर्नुभयो ।

“हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षाहरू पूरा हँुंदैनन्, यसका लागि हाम्रो राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ, अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले आज हाम्रो सबैभन्दा ठूलो शत्रु अरु कोही होइन, ढिलासुस्ती, अनियमितता र वेथिति भएको बताउनुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकहरूलाई यीनै वेथितिहरूले निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्दछ भन्नेमा जोड दिनुभयो ।

“जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँंग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पुरा हुँदैन”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले आज नागरिकले सुशासनसहितको सम्बृद्धि खोजेका छन् भन्दै यसका लागि हाम्रा स्रोतहरूको उच्चतम् प्रयोग गर्न आवश्यक भएको बताउनुभयो । उहाँले अनि मात्र हामी हाम्रो कृषि, पर्यटन, उर्जालगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौ भन्नुभयो । “अनि मात्र आर्थिक विकास र सम्बृद्धिबाट शासन व्यवस्थालाई हामी नागरिकको जीवनसँग जोड्न सक्छौं, यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो, यो अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ, म आशा गर्छु हामी यो दायित्वलाई बिर्सने छैनौ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

राजनीतिक उपलब्धिहरू मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन भन्दै उहाँले हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ र हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले अब हामीले प्राप्त उपलब्धीलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्दछ भन्नुभयो । साथै, हामीले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक सम्बृद्धि सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

“हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनैपर्दछ, हाम्रा शासकीय संरचना र राज्यअंगहरूलाई गतिशील र परिणाममुखी बनाउनै पर्दछ, हामीले सशासनको प्रत्याभूति दिनै पर्दछ”, उहाँले भन्नुभयो ।

हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले अधिकारका विभिन्न प्रकार उल्लेख गरेपनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्र्तय भएको धारणा व्यक्त गर्नुभयो ।

“हामी सबैलाई थाहा छ, लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था हो, जनता आफैंले बनाएको संविधानमार्फत यसलाई हामीले संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादको सारगर्वित मान्यताहरूले सिञ्चित गरेर थप सर्वोत्कृष्ट बनाएका छौं, अतः संसारमै यो भन्दा उन्नत अर्को कुनै व्यवस्था छैन”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले यो यसकारण पनि कि, यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ, राज्य सत्ता र शक्तिको स्रोत पूर्णतः नागरिकलाई मानेको छ, हाम्रो संविधानले नागरिक सर्वोच्चतालाई महान उपलब्धिका रुपमा अभिलेखन गरेको छ र हामी त्यसैको अभ्यासमा जुटेका छौं, यही अभ्यासले सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पु¥याएको छ भन्नुभयो ।

राष्ट्रपति पौडेलले स्थानीय र प्रदेश सरकारहरूले संविधान बमोजिमको जिम्मेवारी निर्वाह गरिरहेका छन् भन्दै यस शासकीय व्यवस्थामा जनताको घरआँगनबाटै सार्वभौमिकताको अभ्यास भइरहेको बताउनुभयो । “नागरिकको गुनासो भए शासकीय संरचनाबाटै सम्बोधन गर्न सकिने उदार, उन्नत लोकतान्त्रिक अभ्यास भैरहेको छ, यसले लोकतन्त्रको जरा बलियो बनाउँछ, लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुन् भन्ने मान्यता स्थापित भएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले आजको दिन हाम्रा लागि विशेष भएको र यो दिन मात्र एक साधारण दिन हैन, यो हाम्रा लागि एक ऐतिहासिक दिन हो, किनभने आजभन्दा ठिक १९ वर्ष अगाडि हामीले नागरिक सर्वोच्चतासहितको लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका थियांै भन्नुभयो ।

राष्ट्रपति पौडेलले यस ऐतिहासिक अवसरमा बहुलवादमा आधारित लोकतन्त्र, जनअधिकार, नागरिक स्वतन्त्रता, सुशासनसहित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न इतिहासका विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनआन्दोलन तथा विभिन्न आन्दोलन र संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहिदहरूप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु भन्नुभयो ।

साथै, उहाँले आन्दोलनका क्रममा जेल, नेल, निर्वासनसहित अनेकौं यातना सहने र जस्तै कष्टमा पनि अविचलित भइ परिवर्तनको पक्षमा क्रियाशील हुने लोकतन्त्रका योद्धाहरूलाई सम्मानसहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु भन्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न ठूलो त्याग र परिश्रम गर्नुहुने अग्रज नेताहरू तथा परिवर्तनका सारथी नागरिक समाज र राजनीतिक दल सबैलाई यो अवसरमा सम्मानपूर्वक स्मरण गर्न चाहन्छु भन्नुभयो ।

समाराेहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधिश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगण,संवैधानिक निकायका प्रमुख, नेपालस्थित कुटनीतिक नियाेगका प्रमुख एवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी अधिकारी र समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावहरूकाे सहभागिता थियाे ।

हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज यहाँ आयोजना गरिएको ‘सगरमाथा समिटर्स समिट–२०२६’ लाई सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनुभएको हो ।

“सगरमाथा केबल नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिङ्गो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा हो, यी सम्पदाको संरक्षण, सम्वद्र्धन, प्रचारप्रसार र सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्रमार्फत हाम्रो अर्थतन्त्रमा टेवा पुगेको छ”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहर थुप्रिनेजस्ता समस्या अहिले चुनौती बनेको बताउनुभयो ।

“यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित एवं दिगो र प्रविधिमैत्री बनाउन थप प्रयास र सहकार्य आजको आवश्यकता हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

हिमाल र हिमाली पर्यावरणको संरक्षणका लागि अन्तरराष्ट्रिय सहकार्य, संवाद तथा सचेतना अभिवृद्धिमा विश्वभरिका सगरमाथा आरोहीलाई एकैठाउँमा भेला गराएर विशेषतः सगरमाथासहित हिमाली क्षेत्रको बहुआयामिक पक्षबारे सार्थक छलफल हुने यो सम्मेलनको विशेष महत्व रहेको धारणा उहाँले व्यक्त गर्नुभयो ।

“आरोहणका क्रमका भोगाइ र अनुभवबाट प्राप्त गरेको ज्ञान नेपाल र नेपालीको मात्र नभएर विश्वकै गौरव, शान र पहिचानका रुपमा रहेको सगरमाथालाई यसको प्राकृतिकस्वरुपमा जीवन्त राख्न पनि यस सम्मेलनले विशेष ध्यान दिने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालको पर्यटन प्रवद्र्धनमा ‘सगरमाथा समिटर्स समिट–२०२६’ फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असर सगरमाथा र नेपालका हिमालमा पर्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहिबार राति काठमाडौंको असनमा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना गर्नुभएको छ ।

चैत्र शुक्ल अष्टमीको अवसरमा आयोजित रथयात्रा असन पुगेपछि राष्ट्रपति पौडेलले परम्पराअनुसार पूजाअर्चना गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले असनमा रथको दर्शन गरी परम्परागत विधिअनुसार पूजाअर्चना गर्नुभएको थियो । यो रथयात्रा काठमाडौंको सांस्कृतिक महत्त्व बोकेको एक महत्त्वपूर्ण पर्व हो।

‘रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?’
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेकपा(एकीकृत समाजवादी)तर्फ इंगित गर्दै रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद नआउने बताउनुभएको छ ।

सोमवार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा ललितपुरमा आयोजित ‘नेपालमा समाजवादः चुनौती र सम्भावना’ विषयक विचार गोष्ठिमा बोल्दै वरिष्ठ नेता पौडेलले यस्तो बताउनुभएको हो । उहाँले नेताहरुले समाजवादको कुरा गरेपनि व्यवहार भने त्यस अनुसार नभएको बताउनु भयो । उहाँले पार्टीहरुले सरकारमा मन्त्री पठाएर चार दिन काम गर्न नपाई सबैलाई पालो पु¥याउन मन्त्री परिर्वतन गर्नु पार्टी प्रणाली नभएको बताउनु भयो । वरिष्ठ नेता पौडेलले मन्त्री बन्न सबैको पालो पु¥याउनुपर्ने चरित्र समाजवादी चरित्र नभएको टिप्पणीसमेत गर्नुभयो ।

उहाँले नेताहरुले समाजवादको नारा बोक्ने तर काम भने प्रतिक्रियावादी र सामन्तवादी गर्ने गरेको जिकिर गर्नुभयो । उहाँँले भन्नुभयो,‘ एउटा पार्टीमा सरकारका मन्त्री भएका छन् । ४ दिन काम गर्न पाएका छैनन् त्यसलाई हटाउनुपर्ने फेरिफेरि पालैपालो पु¥याउनु पर्ने त्यो पनि पार्टी सिस्टम हो । सबैको पालो पुग्नुपर्ने मन्त्री बन्नलाई कहाँ त्यस्तो हुन्छ । त्यस्तो सबैको पालो पुग्ने कुरा हुँदैन । म एउटा प्रश्न भन्न चाहन्छु आज के समाजवादको कुरा गर्दा के रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ । आउँछ यो देशमा ? कसरी आउँछ ? मैले भनिरहेको छु हामी समाजवादमा गैइरहेका छौं की ? हामी के आचरण र व्यवहार गरिरहेका छौं ।

हाम्रो चरित्र, आचरण र व्यवहारमा समाजवाद आउँछ की आउँदैन त्यो महत्वपूर्ण कुरा छ । हामी समाजवादका नारा फलाक्ने तर काम चाँही हामी घोर प्रतिक्रियावादी,सामन्तवादी सामन्तवाद बेलाका काम गर्ने ? यो चल्दैन । त्यसकारण हामी पूरै बदलिनु पर्छ । हाम्रो संस्कार परिर्वतन हुनुपर्छ । नेताहरु बदलिनु पर्छ । कार्यकताहरु बदलिनु पर्छ । नयाँ तालिमको आवश्यकता छ । त्यसरी गयौं भने समाजवाद लागू हुन्छ । नत्र समावाद एका तिर हामी,हाम्रा कार्यकर्ता,सरकार र राज्य सञ्चालन अर्कोतिर हुन्छ । यसमा विरोधाभास हुन्छ। यसले हामी सबैलाई डुबाउँछ । त्यसबाट बच्नको लागि हाम्रो आचरण र व्यवहार मिलाएर गरौं । सिद्धान्त र व्यवहारलाई मिलाएर जाऔं । हामी जे भन्छौं त्यो कुरा कार्यन्वयनमा गरौं ।’

नेता पौडेलले समाजवादको नारामा प्रतिक्रियावादी प्रवृति देखाउने गरिएको भन्दै अब राजनीतिक दलका नेता तथा कार्यकर्ता बदलिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।