योग दिवस – News Polar

आज राष्ट्रिय योग दिवस मनाइँदै
काठमाडौँ । एघारौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।

यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुुरु भएको हो ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका छन् ।

आयुर्वेदलाई योगसँग जोड्न विसं २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो । विसं २०५८ देखि क्षेत्रीय आयुर्वेद चिकित्सालय विजौरी दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन सुरु गरिएको छ । स्वास्थ्यलाभ, मानसिक शान्तिका लागि योग अभ्यास गर्ने सङ्ख्या दिनप्रतिदिन बढ्न थालेको छ ।

योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । गीतामा ‘योग कर्मसु कौशलम्’ अर्थात् नियमित योगको अभ्यास गर्नेले नै कुलतापूर्वक काम गर्न सक्दछ भन्नेजस्ता उदाहरण प्रस्तुत गरिएको छ ।

इसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरकसंहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ ।

योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने यस क्षेत्रमा लागेकाहरुको भनाइ छ । नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ ।

प्रवेशिका परीषा उत्तीर्ण गरेकालाई छ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको हो । जुनसुकै विषयमा स्नातक गरेकालाई प्राच्य स्वास्थ्य शिक्षामा दुई वर्षे स्नातकोत्तरको पाठ्यक्रमसमेत स्वीकृत भएकोे विद्यापीठका योग र प्राकृतिक चिकित्सा विभाग प्रमुख डा पोखरेल बताउनुहुन्छ । स्वास्थ्य विषयमा स्नातक गरेकालाई प्राथमिकता दिएपनि जुनसुकै विषयमा स्नातक पूरा गरेकाले स्नातकोत्तर कक्षामा सहभागी हुन सक्नेछन् ।

विसं २०५१ देखि पाठ्यक्रम विकास केन्द्रले कक्षा नौ र दशमा इच्छाधीन विषयका रुपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद राखे पनि यस विषयमा स्नातक गरेका जनशक्ति नभएपछि सही रुपमा सुरु हुन सकेको छैन । केही विद्यालयमा सुरु भएपनि प्रभावकारी हुन नसकेको जनाइएको छ ।

मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिन्छ । प्रारम्भिक कालमा योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवं साधु सन्तका लागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो । अहिले स्वास्थ्य, मानसिक शान्ति र खुसीसँग जोडिएर योग आएको छ ।

“जुन मान्छे जहाँ छ, त्यसबाट व्यवस्थितरुपमा अघि बढ्ने माध्यम योग हो, यसले कार्यक्षमता वृद्धि गर्छ, यसलाई पश्चिमी देशले जीवन व्यवस्थापन शास्त्र भन्न थालेका छन्”, डा पोखरेलले भन्नुभयो । योगभित्र मनोविज्ञान, परामनोविज्ञान र भावातीत मनोविज्ञान भएको उहाँले बताउनुभयो । अमेरिकाका क्याम्पसमा परामनोविज्ञान र भावातीत मनोविज्ञानको अध्ययन अध्यापन सुरु भएको छ ।

योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकरसङ्क्रान्तिअर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । यस अवसरमा आज देशभर विभिन्न कार्यक्रम गर्न लागिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भक्तपुरमा योग दिवसको मूल कार्यक्रम आयोजना गर्न लागिएको छ ।

योग, आरोग्य र समृद्धि
काठमाडौँ : योग एक पूर्ण मनुष्य बन्ने जीवन पद्दति हो । सर्वाङ्गीण स्वास्थ्यको विज्ञान हो । योग प्रत्येक मनुष्यको सबै दुःखबाट मुक्तिको साधन हो । विगत केही वर्षयता विश्वमा योग विज्ञानको प्रभाव र अभ्यास गर्ने व्यक्तिहरूको सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको छ । पृथ्वीका सबै मनुष्यहरूले अब योग र अध्यात्मको लाभ लिन सक्नुपर्छ । योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज हो । योग हाम्रो प्राचीन ज्ञानशास्त्रको महत्वपूर्ण विधा हो र यसले मानिसको शरीर, मन र कर्मलाई एकै स्थानमा अवस्थित गर्दछ । मन, शरीर र कर्मको दूरी हटाई एकरसता प्रदान गर्नु योग हो ।

योग जीवन जोड्नु वा स्थापित गर्नु हो । जोड दुई चरणमा सम्भव छ । पहिलो आफूभित्र रहेका सम्भावना र क्षमतासँग जोडनु हो । क्षमता र सम्भावना मुख्यतः स्वास्थ्यको सम्भावना र सुख, शान्ति, प्रेम, आनन्द, समृद्धिको सम्भावना हामीभत्र लुकेको हुन्छ । मानिसलाई जे सम्भावना दिएको छ, त्यसको भरपुर उृपयोग गर्नुु नै योग हो । दोस्रो योगको माग जसरी आफ्नो क्षमतासँग जोडिन चाहन्छ, अरुलाई आफ्नो क्षमता र सम्भावनालाई जोड्न मद्दत गर्नु योग हो । हामी हरेक व्यक्ति आन्तरिक र बाह्य जीवन जिउन चाहन्छौँ । योगको माध्यमबाट मात्रै आन्तरिक र बाह्य जीवनलाई जोड्ने सकिन्छ । जसले जोड्न पहल गर्छ, यसको जीवनमा नेतृत्वकलाको पनि विकास हुन्छ । हरेक व्यक्तिभित्र नेतृत्व क्षमता हुन्छ । त्यस्तो क्षमता भनेकै योग हो ।

योगको सरल, प्राकृतिक र मौलिक चरित्र हुन्छ । सरल यस अर्थमा कि योग जसले पनि गर्न सक्छ । यसमा कुनै जटिलता हुँदैन । हाम्रो शारिरीक संरचना नै योगको अभ्यास गर्ने गरी प्राकृतिक रुपमै निर्माण भएको छ । मौलिक यस अर्थमा कि योग हिमबत्खण्डबाट सिर्जित भएको विद्या हो । यो हाम्रो मौलिकता हो, सम्पत्ति हो र क्षमता पनि हो ।

योगलाई हामी प्रत्यिके व्यक्तिले जीवन पद्दति बनाउन सक्नुपर्छ । यसलाई व्यक्तिगत रुपमा मात्र नभई सामाजिक र सरकारी तहबाटै आत्मसात गर्नु आवश्यक छ । यस वर्षको योग दिवसको नारा‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने रहेको छ । यो नारा हाम्रो देशको सन्दर्भमा निकै नै सान्दर्भिक रहेको छ । समाज स्वस्थ त्यतिखेर हुन्छ, जब हरेक व्यक्तिले योगदलाई प्रयोग गर्छन् । जब हामी योगको पद्दतिमा प्रवेश गर्छौं, रोग, अभाव समाप्त भएर जान्छ र त्यसले स्वभाविक रुपमा समृद्धि ल्याउँछ । हाम्रो योगको विज्ञान र विधिअनुसार अरुलाई सिकाउन थाल्यौं भने समृद्धि बढ्छ ।

योगले आफूलाई सक्रिय र सजग बनाउँछ, सम्बन्ध बढाउन ऊर्जा बढाउने काम गर्छ भने स्वतः भाइचाराको विकास हुन्छ, बन्धुत्वको भाव आत्मिय रुपमा विकास हुन्छ । योगलाई व्यापक अर्थमा प्रयोग गर्न सकिन्छ । योगको पहुँच नेपालमा भएका आयुर्वेदिक पद्दति, प्राकृतिक चिकित्साका पद्दतिसँग रहेको छ ।

हाम्रा अमूल्य जडिबुटीहरू, मठमन्दिर, ध्यान केन्द्रहरू, जात्रा–महोत्सवजस्ता धार्मिक सांस्कृतिक अवयवहरू योगसँग नै जोडिएका हुन्छन् । नेपाल सरकारले योगलाई स्वास्थ्य र कल्याणका लागि महत्त्वपूर्ण अभ्यासका रूपमा अघि सार्नु आवश्यक छ । रेको छ । विभिन्न विद्यालय, विश्वविद्यालय, र समुदायस्तरमा योग अभ्यासलाई प्रोत्साहित गर्न सकिन्छ ।

नेपाल आरोग्य पर्यटनको गन्तव्य बन्न सक्छ

नेपाल योगको उत्पत्तिसँग जोडिएको देश मानिन्छ । योग प्राचीन वैदिक परम्पराबाट आएको हुनाले यसको जरा नेपाली समाज र धर्ममा गहिरो छ । विश्व समुदायमा नेपालले जहिले पनि शान्ति र आरोग्यको कामना गर्दै आएको छ । विश्वमा अहिले आरोग्य पर्यटन बढ्दो छ । यसको फाइदा नेपालले लिन सक्नुपर्छ । यसले मुलुकको समृद्धिको साथै विश्व शान्तिमा पनि नेपालले योगदान गर्न सक्दछ ।

नेपालजस्तो हिमाली देशमा योग पर्यटनलाई प्रवद्र्धन गरेर विदेशी पर्यटकलाई आकर्षित गर्ने ठूलो सम्भावना छ । नेपालसँग प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको प्रशस्त सम्भावना छ । यी सबै सम्पदाहरू आरोग्यसँग जोडिएका छन् । एक अध्ययनले सन् २०३० सम्म विश्वव्यापी रुपमा पर्यटनको २० देखि २५ प्रतिशत हिस्सा आरोग्य पर्यटनले ओगट्ने देखाएको छ ।

त्यसैले नेपाललाई आरोग्य गन्तव्यको रुपमा विकास गर्न सकिएमा पर्यटनको माध्यमबाट ठूलो फाइदा लिन सकिन्छ । विगतमा जस्तो पर्यटनलाई नहेरी सरकारले आरोग्य पर्यटनको नेतृत्व लिने गरी नीति, योजना र कार्यक्रमहरू बनाउनु आवश्यक छ । यसका लागि हामीसँग राम्रो क्षमता छ । आरोग्य पर्यटनबाटै मुलुकले अर्थतन्त्रको आधारविन्दुको रुपमा स्वीकार गरी घोषणा गरी अघि बढ्नुपर्छ । यसमा सरकार र निजी क्षेत्र दुबैको उत्तिकै भूमिका रहेको छ ।

अन्य पर्यटकको तुलनामा आरोग्य पर्यटकले ३० देखि ३५ प्रतिशत बढी खर्च गर्ने सन् २०२१ मा गरिएको एक अध्ययनले देखाएको छ । नेपालमा आउने पर्यटकहरू भनेको खासगरी आरोग्य पर्यटकहरू नै हुन् । यहाँको प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाहरूको स्वाद लिन नै उनीहरू आएका हुन्छन् । अब हामीले विधिवत् रुपमै छुट्टै गहिरो, प्रभावकारी अर्थतन्त्रमा टेवा पुग्ने गरी आरोग्य पर्यटनलाई विकास गर्नुपर्छ ।

आरोग्य पर्यटनको महत्व बुझेका देशहरूले यसलाई ब्राण्डिङ गर्न खोजिरहेका छन् । नोपलको मौलिकता यस्तो छ कि यसका लागि हामीले अलग्गै पूर्वाधार वा अन्य प्रयासहरू गर्न जरुरी छैन, नेपालको उत्पत्तिसँगै विकास भएर आएका छन्, मात्रै हामीले त्यसलाई व्यवस्थित रुपमा सञ्चालन गरे पुग्दछ ।

त्यसैले नेपाल भ्रमणमा आउने पर्यटकहरू सुन्दर भाव लिएर फर्किन्छन् । नेपाललाई उनीहरू स्वास्थ्य र शान्ति प्राप्त गर्न सकिने देशको रुपमा लिने गर्छन् । तसर्थ, नेपालले योगलाई सांस्कृतिक र ऐतिहासिक रूपमा महत्व दिनु पर्दछ ।

आज हामी ससाना समस्याहरूसँग पनि जुध्ने क्षमता गुमाइरहेका छौँ । आफूभित्र रहेको अपार सम्भावनालाई खोज्न नसक्दा ठूलो युवा शक्ति विदेश पलायन भइरहेको छ । विदेशीहरूले हाम्रा होटल, होमस्टे, ध्यान केन्द्रहरूमा नै ठूलो ज्ञान शक्ति आर्जन गरिरहेका छन् ।

योग दिवसको सान्दर्भिकता

नेपालमा पनि राष्ट्रिय योग दिवस प्रत्येक वर्ष जुन २१ मा विविध कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । एको देश भएकाले यहाँको समाजमा यस दिनको विशेष प्रभाव छ । आफ्नो क्षमता जोडेर निर्णय गर्न सक्नु पनि योग हो । अब राजनीतिक विषयलाई लिएर प्रतिस्पर्धा, विरोध गर्ने होइन, योगको अभ्यास गरी आफू र राष्ट्रलाई समृद्ध हुनेतर्फ अग्रसर हुनु समयको आवश्यकता हो ।

योग दिवस नेपालमा स्वास्थ्य र आध्यात्मिकताको प्रवद्र्धनका साथै योगलाई राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्ने अवसर हो । योगको महत्वका बारेमा जनचेतना अभिबृद्धि गर्ने र यसका सरल विधिहरूको जनसाधारणमा पहुँच पु-याउने काममा यस दिवसलाई सबै तह र क्षेत्रले सार्थक बनाउनु पर्दछ । योग दिवसको यस अवसरमा योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सकिन्छ । राष्ट्रिय योग दिवसले हामीमा योग, आरोग्य र समृद्धिको बाटोमा हिँड्न आत्मविश्वास र वातावरण तयार गरिदेओस् ।

(जीवन विकास विशेषज्ञ शर्मासँग गरिएको कुराकानीमा आधारित)

स्काईवाक टावरमा दसौं योग दिवस- फोटो फिचर
काठमाडौँ: दसौं राष्ट्रिय योग दिवसका अवसरमा आज योग अभ्यास र त्यसको महत्वका बारेमा चर्चा गर्दै काठमाडौँको कमलादिस्थित ‘स्काईवाक टावर’ मा योग दिवसको आयोजना गरिएको छ ।

स्काईवाक, अष्टाङ्ग योग, योग भुमी, बिश्व शान्ति ध्यान केन्द्रको संयुक्त आयोजनामा आज उक्त स्काइ टावरको दुई सय ५६ फिट माथी रहेको स्काईवाकमा दसौं राष्ट्रिय योग दिवसको आयोजना गरिएको हो ।

उक्त अवसरमा अष्टाङ्ग योग, कृतीपुर योग समाज, तारकेश्वर योग केन्द्र, अनामनगर महिला योग समाज तथा योग भुमीका गरी करिब एक सय ५० जनाहरुको सहभागितामा स्काईवाकमा योगाभ्यास गरिएको ‘स्काईवाक टावर’का प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दसौं राष्ट्रिय योग दिवसका अवसरमा हामीले टावरको दुई सय ५६ फिट माथी रहेको स्काईवाकमा योगाभ्यास गरेका छौँ । अब प्रत्यक हप्तामा यहाँ योगाभ्यासको आयोजनालाई निरन्तरता दिइने छ ।”

साहसिक योगाभ्यासको विकास गर्ने उदेश्यले आज ‘स्काईवाक टावर’ मा योग दिवसको आयोजना गरिएको आयोजकले जनाएको छ । योग शिक्षालाई सबैतहमा अझ फराकिलो बनाउदै स्वस्थ्य नागरिकको विकास गर्ने विषयलाई आफुहरुले प्राथमिकतामा राखेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।

योगका आयामलाई सन्तुलित रुपमा जीवनपद्धती बनाउने कार्यमा दिवशले प्रेरणा दिने बिश्व शान्ति ध्यान केन्द्रका योग गुरु स्वामी कल्याणले बताउनुभयो । आफैलाई आफैले बुझ्ने परम साधनको रुपमा योग साधनलाई बुझ्नुपर्ने उहाँको भनाई थियो ।

आजको योगाभ्यासमा एकसय आठ सूर्य नमस्कार गरिएको थियो । बिहान ६ बजेदेखि ९ बजे सम्म सुरु भएको उक्त योगाभ्यासमा महिला पुरुषहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री (फाेटाे फिचर)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताउनुभएको छ ।

विश्व योग दिवस २०२४ को अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्‍याने बताउनुभयो ।

“शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भइ कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्त हुनेजस्ता गुणको विकास हुन्छ ।”

तनावमुक्त शान्त मन र रोगमुक्त स्वस्थ शरीर विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने बताउँदै प्रधानमन्त्रीले योग र ध्यानका अभ्यासहरूबाट व्यक्तिमा नसर्ने रोगहरूको रोकथाम, उपचार र पुन:स्थापनाका लागि महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

“नेपाल योग पर्यटनका निम्ति अत्यन्त सम्भावनायुक्त देश हो,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “तसर्थ, हामीले योगको विश्वव्यापीकरणमा जोड दिनुपर्दछ । यस दिशामा योजनाबद्ध पहल लिन योगका अभियन्ताहरू र योग गुरूहरूमा म हार्दिक अपील गर्दछु ।”

योग नेपालको आम जीवनपद्धति एवं अमूल्य निधि भएको बताउँदै प्रधानमन्त्री दाहालले नेपालले परिकल्पना गरेको योगमाया आयुर्वेद विश्वविद्यालयले भविष्यमा विश्वस्तरीय विश्वविद्यालयको रूपमा स्थापति हुने विश्वास व्यक्त गर्नुभयो ।

आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै
काठमाडौं । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ ।

सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी हुनेछन् ।

मूल कार्यक्रमअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभातफेरी हुने उक्त मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिनुभयो ।

मूल समारोह समितिको गत जेठ ३० गतेको बैठकले दिवसको आदर्श वाक्य ‘महिला सशक्तीकरणका लागि योग’ चयन गरेको थियो । सोही बैठकले प्रदेश र स्थानीय तहमा पनि योग दिवस मनाउन पत्राचारका साथै विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो । महासभामा उक्त प्रस्ताव भारत सरकारले प्रस्तुत गरेको थियो ।

योगले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्छ: उपराष्ट्रपति
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अन्तर्राष्ट्रिय योग दिवसले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ । साथै योगको अनुकूलतामा समावेशीतालाई अक्षुण्ण राख्न तथा स्वस्थ एवं खुशियाली मानव जीवनमा योगदान पुग्ने उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले मानव जातिलाई आफ्नो स्वास्थ्यप्रति जागरुकता प्रदान गर्दै योगाभ्यासबाट लाभान्वित हुने अवसर प्रदान गर्न बताउनुभयो । उपराष्ट्रपति यादवले अन्तर्राष्ट्रिय योग दिवस शारीरिक अभ्यासलाई बढावा दिने उत्सव मात्र होइन कालजयी हाम्रा परम्परालाई स्मरण गर्ने महत्वपूर्ण दिन पनि हो भन्नुभयो । दिवसले योगाभ्यासको फाइदाबारे विश्वव्यापी जागरुकता बढाउँदै राम्रो स्वास्थ्यका लागि आदर्श जीवनशैली अपनाउनका लागि पनि प्रोत्साहित गर्ने उहाँको भनाइ छ ।

उपराष्ट्रपति यादवले योगबाट हुने फाइदाबारे सबैलाई दीक्षित गर्दै सिङ्गो मानव समुदायलाई योगाभ्यासप्रति थप प्रोत्साहित गर्नसके मात्र यो दिवसको सार्थकता, आवश्यकता र औचित्यताको पुष्टि हुनसक्ने धारणा राख्नुभयो ।

“अन्तर्राष्ट्रिय योग दिवसको उद्देश्य योगाभ्यास र यसको फाइदाबारे जनचेतना र जागरुकता बढाउने नै हो । त्यसैले योगको विभिन्न अभ्यासका माध्यमबाट शारीरिक, मानसिक एवं आध्यात्मिक लाभको प्रचारप्रसार गर्ने विशेष अवसरका रुपमा हामीले यो दिवसलाई उपयोग गर्न सक्नुपर्दछ । दिवसले विश्वका सम्पूर्ण मानिसलाई राष्ट्रियता, धर्म र संस्कृतिभन्दा माथि उठेर सबैलाई एउटै मञ्चमा ल्याउँदै विश्वव्यापी एकता अभिवृद्धि गर्न सहयोग गर्दछ”, शुभकामना सन्देशमा भनिएको छ ।

उहाँले योगको समग्र दृष्टिकोण आमनागरिक र पृथ्वीको कल्याण गर्नु नै रहेकाले यसमा अन्तर्निहित अहिंसा, करुणा तथा सबै जीवित प्राणीप्रति सम्मान प्रकट गर्ने सिद्धान्त–विश्वव्यापी शान्तिको बृहत्तर एव व्यापक लक्ष्यअनुरुप हामी सबै सक्रियताका साथ अघि बढ्न जरुरी रहेको बताउनुभयो । योगले मुटुरोग, क्यान्सर र मधुमेहजस्ता नसर्ने रोगको मुख्य जोखिमको कारक ‘शारीरिक निष्क्रियता’लाई निरुत्साहित गर्दै  योगाभ्यासलाई नियमित दिनचर्यामा समावेश गर्न उत्प्रेरित पनि गर्ने उहाँको भनाइ छ ।

उपराष्ट्रपति यादवले दिवसका अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । “विश्वसमुदाय र प्रकृतिबीच एकताको भाव खोज्ने एउटा माध्यम पनि योग भएकोले यसबाट विश्वमा शान्ति र शान्तिको आदर्शलाई बलियो एवं सुदृढ बनाउनमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।

हरेक वर्षको जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ । योग एउटा समग्र अभ्यास हो जसमा शारीरिक आसन, प्राणायाम (श्वास अभ्यास), ध्यान र नैतिक सिद्धान्त ९यम र नियम० समावेश रहेको हुन्छ । यो मन, शरीर र आत्माबीच तादम्यता एवं सद्भावको भावलाई विकसित एवं त्वरित गर्ने प्रतीक पनि हो । यसले हामीलाई वर्तमानमा केन्द्रित हुँदै तनाव एवं नकारात्मकताबाट बच्न सिकाउँदछ । साथै हामीलाई आफ्नो जीवनमा शान्ति र सद्भाव खोज्नमा सघाउँदछ ।

विश्वभरका अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्नसक्छ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभर कै अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्न सक्ने बताउनुभएको छ ।

विश्व योग दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले विश्व योग दिवसले योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई शारीरिक र मानसिकरूपमा स्वस्थ एवं खुसी रहन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले विश्व योग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिएवम् सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाबाट  सन् २०१४ को डिसेम्बर ११ का दिन पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन सुरू  गरिएको हो । यस वर्ष हामी ‘आफू र समाजका लागि योग’ भन्ने  नाराका साथ विश्व योग दिवस मनाइरहेका छौँ ।

राष्ट्रपति पौडेलले योग शारीरिक अभ्यास मात्र नभई  निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने  वैज्ञानिक जीवनशैली एवम् जीवनपद्धति समेत हो  भन्दै योग, ध्यान र साधनाका कारण तनावबाट मुक्त भई सकारात्मक उर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

“यससँग सँगै हाम्रो दैनिक कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, सकारात्मक सोचको विकास हुने,  आन्तरिक उर्जा प्राप्त  हुनेर आत्मप्रेरणा हासिल हुने लगायत सकारात्मक गुणको विकास हुन्छ ।योगले मन र शरीरलाई जोड्नुका साथै ज्ञान, कर्म, चेतना, सबलता एवम् स्थिरता तर्फ डोर्‍याउँछ । साथै, योगले स्वस्थ्यकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पुर्‍याउँछ”, शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले हाम्रा योग गुरुहरू र अध्येताका साथै ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको देश भन्ने पुष्टि गर्दछ भन्नुभयो ।  भौतिक विकास गरी सुख प्राप्त गर्ने आकाङ्क्षामा रहेका संसारका मानिसहरू मानसिकरूपले तनावग्रस्त भई अनेक मानसिक एवम् मनोशारीरिक समस्याबाट पीडित बन्दै गइरहेको वर्तमान अवस्था छ ।

“नेपालको सांस्कृतिक इतिहासलाई खोतल्ने हो भने यहाँका प्राचीन भवन, शहर, ढुङ्गेधारा, कुवा, इनार र राजकुलोहरूको  निर्माणमा पनि योग विज्ञान एवम् वास्तु शिल्पको प्रयोग गरिएको देखिन्छ । साथै, हाम्रा मठमन्दिर, मूर्तिकला र चित्रकलामा समेत योगको प्रभाव रहेको छ”, राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँ: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ । दसौँ विश्व योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै योगाभ्यासलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी स्वथ्य जीवनयापनको मार्गमा अघि बढ्न आह्वान गर्नुभयो ।

नागरिकलाई स्वस्थ, नैतिकवान् र जिम्मेवार बनाउन योगको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

“योगाभ्यासबाट रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुनेछ”, शुभकामना सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ ।

प्रधानमन्त्रीले नेपाल शिव, जनक र बुद्ध सभ्यताको त्रिवेणीका रुपमा रहेको र यस हिमवत् क्षेत्रमा बस्ने प्राचीन योगी, ऋषि, महर्षिले दीर्घ तप: साधनाको माध्यमबाट योगअभ्यासको विकास र प्रवद्र्धन गरेका उल्लेख गर्नुभयो ।

“उहाँहरूले प्रदान गरेको योग अभ्यासको ज्ञान र परम्परा अहिले पनि उत्तिकै सान्दर्भिक र जीवनका लागि ऊर्जा प्रदायक छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “त्यसैले, वर्तमान परिवेशमा योगाभ्यास र शिक्षासम्बन्धी उचित नीतिको प्रबन्ध, प्रभावकारी संरचनात्मक व्यवस्था र नेपालको अभ्यासको विश्वव्यापीकरणमा ध्यान दिनुपर्दछ ।” यसबाट योग पर्यटन विस्तार गर्न सकिने उहाँको भनाइ थियो ।

‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ यसवर्ष विश्व योग दिवस मनाइँदै छ ।

आठौँ राष्ट्रिय योग दिवस मनाइँदै
काठमाडौँ । ‘स्वस्थ जीवनको चाहनाः योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।

यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।

वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस

भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।

सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।

माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरूले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए ।

“योगको सुरुआत शिव र पार्वतीको संवादबाट सुरु भएको मानिन्छ, शिव पार्वतीको वास नेपालकै हिमालय क्षेत्रमा थियो, नेपाल माहात्म्यको हिमवत्खण्डमा यसको चर्चा छ”, योग दिवसका अभियानकर्मी डा पोखरेलले भन्नुभयो ।

आयुर्वेदलाई योगसँग जोड्न वि सं २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो । विसं २०५८ देखि क्षेत्रीय आयुर्वेद चिकित्सालय बिजौरी दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन शुरु गरिएको छ ।

योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । इसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरकसंहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ ।

योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने यस क्षेत्रमा लाग्नुभएका स्नातकोत्तर योग विज्ञान एसोसिएसन नेपालका अध्यक्ष क्षितिज बाराकोटीको विश्वास छ ।

नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । प्रवेशिका गरेकालाई छ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको हो । जुनसुकै विषयमा स्नातक गरेकालाई प्राच्य स्वास्थ्य शिक्षामा दुई वर्षे स्नातकोत्तरको पाठ्यक्रमसमेत स्वीकृत भएकोे विद्यापीठका योग र प्राकृतिक चिकित्सा विभाग प्रमुख डा पोखरेल बताउनुहुन्छ । स्वास्थ्य विषयमा स्नातक गरेकालाई प्राथमिकता दिए पनि जुनसुकै विषयमा स्नातक पूरा गरेकाले स्नातकोत्तर कक्षामा सहभागी हुन सक्नेछन् ।

विसं २०५१ देखि पाठ्यक्रम विकास केन्द्रले कक्षा नौ र दशमा इच्छाधीन विषयका रूपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद राखे पनि यस विषयमा स्नातक गरेका जनशक्ति नभएपछि शुरु हुन सकेको छैन ।

मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिन्छ । प्रारम्भिक कालमा योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवं साधु सन्तका लागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो । अहिले स्वास्थ्यसँग जोडिएर योग आएको छ ।

“जुन मान्छे जहाँ छ, त्यसबाट व्यवस्थितरूपमा अघि बढ्ने माध्यम योग हो, यसले कार्यक्षमता वृद्धि गर्छ, यसलाई पश्चिमी देशले जीवन व्यवस्थापन शास्त्र भन्न थालेका छन्”, डा पोखरेलले भन्नुभयो ।

योगभित्र मनोविज्ञान, परामनोविज्ञान र भावातीत मनोविज्ञान भएको उहाँले बताउनुभयो । अमेरिकाका क्याम्पसमा परामनोविज्ञान र भावातीत मनोविज्ञानको अध्ययन अध्यापन सुरु भएको छ । योग र ध्यान साधनाका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरिएको हो । यस अवसरमा भक्तपुरको सानो ठिमीमा मूल कार्यक्रम गर्न लागिएको छ । रासस