म्याग्दी – News Polar

म्याग्दीमा विद्युतीकरण योजना अलपत्र
काठमाडाैँ । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको पन्थोक र जुग्जामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि सञ्चालित योजना अलपत्र छ ।

केन्द्रीय लाइनको विद्युत् सुविधा विस्तारमा भएको ढिलाइले रातको समयमा उज्यालो, मोबाइल चार्ज गर्न, इन्टरनेट चलाउन, टेलिभिजन हेर्न, विद्यालयमा कम्युटर विषयको पठनपाठन, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रवाह र कुटानी पिसानी मिल सञ्चालनमा समस्या भएको छ ।

पन्थोकस्थित भीम माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक डम्मरबहादुर घर्तीले दुई वर्षअघि सुरु भएको विद्युतीकरण योजनाले पूर्णता नपाउँदा बिजुलीको आशामा रहेका स्थानीयवासी निराश भएका बताउनुभयो । एक सय ३२ परिवारको बसोबास रहेको पन्थोकमा गौडाखोला लघुजलविद्युत् परियोजनाको नहर मर्मतका लागि यही वैशाख ८ गतेदेखि बन्द गरिएको छ ।

“हामी अन्धकारमा बस्न बाध्य छौँ, ७२ परिवारको बसोबास रहेको जुग्जामा विद्युतीकरणका लगेका पोल र तार बाटोमै थन्किएका छन्”, उनले भने। पोल गाड्ने, मुख्य लाइन तान्ने काम सकिएको पन्थोकका बासिन्दाले वायरिङ गरिसकेका छन् । मिटरबक्स जडान र कालोतार जोड्न बाँकी छ ।

जुग्गामा पोल गाड्न, तार तान्न, ट्रान्सफर्मर जडान गर्नेलगायतका धेरै काम बाँकी छन् । लघुजलविद्युत् परियोजना र सौर्य ऊर्जाबाट उज्यालोका लागि बिजुली बाले पनि कम्युटर, मिल, उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक सेवा प्रवाहमा असर परेको घर्तीले बताए। नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत पन्थोक र जुग्जालगायतका म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तारका लागि पोल गाड्ने, तार तान्ने, ट्रान्सफर्मर जडान गर्ने काम गर्न २०८१ असोजमा बेनीको न्यू ढुङ्गाना निर्माण सेवाले ठेक्का लिएको थियो ।

उक्त निर्माण कम्पनीका सञ्चालक दिनेश ढुङ्गानाले नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले आवश्यक उपकरण र गरेको कामको भुक्तानी नगरेकाले योजनाको काम प्रभावित बनेको बताए। “बेनी वितरण केन्द्रले उपकरण र सामग्री उपलब्ध गराएको छैन”, उनले भने, “ठेक्का सम्झौता भएयता पेस्कीबाहेकको रकम भुक्तानी पाइएको छैन । कार्यालयले बिल भुक्तानीमा सहजीकरण र सिफारिस नगरिँदा मजदुरलाई ज्याला तथा आपूर्तिकर्तालाई भुक्तानी दिन समस्या भएको छ ।”

म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजलामा पर्यटकको चहलपहल बढ्न थालेको छ । म्याग्दीको बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना–खोरिया–मरेनी–जलजला–ढोरपाटन हँुदै पूर्वीरुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि जलजलामा आन्तरिक पर्यटक बढेका हुन् ।

समुन्द्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको माथिल्लो जलजलामा छ वर्षदेखि ‘गोठस्टे’ सञ्चालन गर्दै आउनुभएका धवलागिरि गाउँपालिका–२ लुलाङका फूलबहादुर विकले दैनिकजसो पर्यटक आउन थालेका बताए  ।

“यसअघि ढोरपाटनमा आएका सीमित पर्यटकमात्रै जलजलामा आउने गरेका थिए”, उनले भने, “म्याग्दी–ढोरपाटन र पूर्वीरुकुम जोड्ने सडकको मार्ग खुलेपछि दैनिकजसो चार–पाँचवटा गाडी तथा १५–२० वटा मोटरसाइकलमा पर्यटक आउन थालेका छन् ।”

बेनीदेखि १२२ किलोमिटर दूरीमा रहेको तकसेरा जोड्ने सडकको गत फागुनमा मार्ग खुलेपछि पूर्वीरुकुमको पुथाउत्तरगङ्गा र बागलुङको ढोरपाटन उपत्यका घुम्न आउनेहरू जलजलादेखि मुना हुँदै फर्कने ‘रुट’ बनाउन थालेका छन् ।

मोटरसाइकल र गाडीमा यात्रा गर्नेहरूका लागि जलजला साहसिक र आकर्षक गन्तव्य बनेको छ । चार जनाको समूहमा दुईवटा मोटरसाइकलमा तीन दिनमा बुटवलबाट तकसेरा–ढोरपाटन–जलजला हुँदै पोखराको यात्रा गरेका बुटवलका सुदीप न्यौपानेले नयाँ मार्गमा साहसिक र रोमाञ्चक यात्रा भएको अनुभव सुनाए।

घना जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य । शरद्याममा खुलेका आकाश । वसन्तयाममा पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । वन्यजन्तु र पन्छीहरूको आवाज । शान्त र एकान्त वातावरण पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लाको भूगोलमा फैलिएको ढोरपाटन सिकार आरक्षको आकर्षण हो ।

जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान भएको धवलागिरि गाउँपालिका–२ लमसुङबाट घुम्न गएकी बिनु पुनले बताइन् ।

“शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदोरहेछ”, उनले भनिन् , “समथर फाँटमा बसेर आँखै अगाडि देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गरायो ।”

जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजङ्गल, वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विषेशता हो । गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा बस्ती, होटल र रेष्टुरेन्ट छैन ।

म्याग्दीको लुलाङका विकले गोठमा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आएका छन्। च्याउ, टुसाका परिकार, ढकायोको सागको अचार, गाईभैँसीको दूध, दही, भेडा र खसीको मासु गोठस्टेका परिकार हुन् । क्याम्पिङ गर्ने पर्यटकले आफैँ बन्दोबस्तीका सामान लगेर जानुपर्छ।

ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टा तीन मिनेट यात्रा गर्नुपर्छ । धवलागिरि गाउँपालिकाको केन्द्र मुनादेखि जिप र मोटरसाइकलमा दुई घण्टाको यात्रापछि जलजला पुगिन्छ ।

जलजला क्षेत्रको जङ्गलमा दुर्लभ वन्यजन्तु हाब्रे (रेडपाण्डा)को बासस्थान भएकाले थप महत्व रहेको छ । दुईतर्फबाट पैदलयात्रा गरेर जलजला पुग्न पाँचदेखि छ घण्टा लाग्छ । जलजला धवलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र हो ।

धवलागिरि गाउँपालिकाको कार्यपालिकाका प्रवक्ता देवेन्द्र रोकाले म्याग्दीको मुना हुँदै ढोरपाटन र पूर्वीरुकुमको तकसेरा जोड्ने सडकको मार्ग खोल्नुको एउटा उद्देश्य जलजलालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु पनि भएको बताए  ।

यस वर्ष धवलागिरि गाउँपालिकाले जलजलामा सार्वजनिक शौचालयलगायत पर्यटकीय पूर्वाधार निर्माण र प्रवर्द्धनको कार्यक्रम आयोजना गर्ने तयारी गरेको वडा नं ३ का अध्यक्षसमेत रहेका रोकाले बताए  ।

म्याग्दीमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो
काठमाडाैँ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुदै बागलुङको तमानखोला जोड्ने सडक स्तरोन्नति थालिएको छ ।

मालिका गाउँपालिकाले यस सडकको बतासे–फुलबारी खण्डमा स्तरोन्नतिका लागि आयोजना शुरु गरेको हो । विसं २०६६ मा मार्ग खुलेको यस सडक सामान्य मर्मतको भरमा सञ्चालन हुदै आएको थियो ।

प्रदेश समपुरक शीर्षकमा गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. एक करोड बजेट बिनियोजन गरेको यस आयोजना निर्माणका लागि मंगला कन्ट्रक्सन बाबियाचौरले रु. ६५ लाख २३ हजार चार सय ३२ मा गत माघ २६ गते ठेक्का सम्झौता गरेको छ ।

आगामी असार १५ गतेसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्य अघिनै सम्पन्न गर्ने कार्ययोजना अनुसार पहिलो चरणमा डोजर परिचालन गरेर सडक फराकिलो पार्ने कामलाई तिब्रता दिएको निर्माण कम्पनीका प्रतिनिधी चक्रलाल पाण्डेले बताए। हाल तीन दशमलब पाँच देखि चार मिटर चौडाई भएको सडकलाई कम्तीमा छ मिटर फराकिलो पार्न भित्ता काट्ने काम भैरहेको छ ।

फराकिलो पारेपछि करिब पाँच सय मिटर दुरीमा नाली, ग्रेड, घुम्ती मिलाउने, ग्यावीयन, पलम पर्खाल निर्माण र ढलान गरिने निर्माण ब्यवसायी पाण्डेले बताउनुभयो । मालिका गाउँपालिकाको प्राबिधिक शाखाका प्रमुख दिपक सापकोटाका अनुसार यस आयोजना मार्फत ११ हजार घनमिटर भित्ता काट्ने, चार सय ४५ घनमिटर ग्यावीयन जालीको पर्खाल, दुई सय ५४ घनमिटर नाली, दुई सय ५० घनमिटर ढलान र २७ घनमिटर पलम पर्खाल निर्माण हुनेछ् । य

सअघिको बर्षमा थापाचौर देखि देविस्थान जाने घुम्ति सम्मको खण्डमा स्तरोन्नति भएको थियो । यो सडक मालिका गाउँपालिकाको ४, २, ३ नम्बर वडाका साथै बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्छन् । यो मालिका गाउँपालिकाको चालु आर्थिक वर्षको प्राथमिकताप्राप्त आयोजना भएको प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकालले बताए ।

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित
काठमाडाैँ । बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक महत्वका बहुवर्षीय सडक आयोजनाहरुको निर्माण प्रभावित बनेको छ । पूर्वाधार विकास कार्यालयलाई प्रदेश सरकारले बहुवर्षीय आयोजनाका लागि विनियोजन गरेको बजेट सकिएपछि व्यवसायीले भुक्तानी पाएका छैनन् ।

कार्यालयका अनुसार म्याग्दीमा चालु आर्थिक वर्षका सडक पूर्वाधारसम्बन्धी ३२ योजनाका लागि रु ६२ करोड विनियोजन भएको थियो । बेनी–पाखापानी सडकको भुतादैला–तोरीपानी खण्डको चार किलोमिटर दूरीमा कालोपत्र र ग्राभेल गर्ने कार्य लक्ष्यभन्दा पाँच महिनाअघिनै सम्पन्न भए पनि बजेट अभावमा भुक्तानी नपाउँदा समस्या भएको निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले बताए।

रु दुई करोड बजेट विनियोजन भएको यो योजनाका लागि थप रु दुई करोड ५० लाख बजेट अपुग भएको छ । गलेश्वर–पुलाश्रम (पछै)– जगन्नाथ जोड्ने सडक आयोजनाका निर्माण व्यवसायी भीम सापकोटाले पनि लक्ष्यभन्दा पाँच महिनाअघिनै योजना सम्पन्न गरे पनि बजेट अभावका कारण ऋण खोजेर मजदुरको ज्याला र आपूर्तिकर्तालाई भुक्तानी दिनुपरेको गुनासो गरे।

हाडेभिर–बगरफाँट–भकिम्ली र भगवती–सिजलगाउँ–बेग सडक योजनाका निर्माण व्यवसायी नीरज भण्डारीले बजेट सकिएपछि निर्माण कार्य स्थगित गरेको बताए । क्रमागत १७ वटा योजनाका लागि रु ५२ करोड र नयाँ १५ वटा योजनाका लागि रु १० करोड बजेट प्राप्त भएको थियो । सङ्घीय र प्रदेश सरकारको लागत साझेदारीमा गत वर्ष ठेक्का सम्झौता र यस वर्ष रु २३ करोड २२ लाख बजेट बिनियोजन भएको दरवाङ–ताकम–शिवाङ–मुना–जलजला–ढोरपाटनबाहेक धेरैजसो सडकमा बजेट अभाव भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले बताए ।

“सालबसाली योजनाहरुको ठेक्का प्रतिस्पर्धाको क्रममा घटेको करिब डेढ करोड आन्तरिक रकमान्तर र थप रु आठ करोड ४५ लाख रकमान्तरका लागि मन्त्रालयमा सिफारिस गरेका छौँ”, उनले भने, “बजेट भएका योजनामा काम नहुँदा खर्च गर्न सकिएको छैन, काम भएका योजनाको बजेट सकिएपछि व्यवसायीलाई काममा लगाउन समस्या भएको छ ।”

बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना–जलजला, दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तीवाङ, पखेर बरङ्जा ३ र ४ हुँदै महेश धापुङ ताराखोला गापा जोड्ने सडक, दरवाङ– मुना– ढोरपाटन, दरवाङ–बिम–दिच्याम, दरखोला सडक पुल, शिवरात्रि खोला सडक पुल, रुमदेखि ताराखोला जोड्ने सडक, दाङखोला पुल र साँवता थापाचौर झोलुङ्गे पुल निर्वाचन क्षेत्र १(२) का क्रमागत बहुवर्षीय योजनाहरु हुन् ।

निर्वाचन क्षेत्र १(क) मा बेनी–तोरीपानी, हाँडेभिर–बगरफाँट–दूधेखोला– हल्लेगौडा– डोलेमुसुङ, गलेश्वर–पिप्ले – भगवति, गलेश्वर–पुलाश्रम, चित्रे– घोडेपानी, भगवति–सिजलगाउँ–बेग जोड्ने क्रमागत बहुवर्षीय सडक निर्माणाधीन छन् । रु एक÷एक करोड बजेट विनियोजन भएको बिम–मराङ–मल्कवाङ–पाखापानी, जैसीखोर–खहरेखोला–रिसिन चौतारी हुँदै बैसरी सडक स्तरोन्नति योजनाको बहुवर्षीय ठेक्का आह्वान भएको छ ।

रु एक करोड बजेट विनियोजन भएको फापरखेत पहिरोको वैकल्पिक मार्गमा पर्ने म्याग्दीखोलामा बेलिब्रिज निर्माणका लागि बहुवर्षीय ठेक्का आह्वान गर्न स्रोत सुनिश्चितता भएको छ । जिल्लाका प्रदेशसभा सदस्यद्वय रेशमबहादुर जुग्जाली र हरिबहादुर भण्डारीले बजेट अभावमा सडकको निर्माण अवधि लम्बिने अवस्था देखिएको विषयमा प्रदेश सरकार र विभागीयमन्त्रीको ध्यानाकर्षण गराएको बताए । अपुग बजेट रकमान्तरण गरेर काम गरेका व्यवसायीलाई भुक्तानीको व्यवस्था मिलाउन सरकारसँग पहल गरिरहेको उनीहरुले बताए।

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
काठमाडौं ।गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका लागि योजना सञ्चालन भएका छन् ।

बेनीमा रहेको एकिकृत सेवा कार्यालय मार्फत सञ्चालित ती योजनाहरुका लागि प्रदेश सरकारले रु. एक करोड ४० लाख बजेट बिनियोजन गरेको छ ।

तीन वटा योजना सम्पन्न भइसकेका कार्यालयका नायव सुब्बा सुवास सुवेदीले जानकारी दिए ।

बाँकी योजनाहरुको सर्वेक्षण, डिजाइन (नक्साङकन), लागत अनुमान तयार, सम्झौता र कार्यान्वयनको चरणमा रहेका छन् । रु. पाँच÷पाँच लाख बजेट बिनियोजन भएको बेनपा–९ को ढाडा पधेरा आरोटा, पाखाथर र रघुगंगा गाउँपालिका–३ को गलेश्वर–बगैचा पदमार्ग निर्माण सम्पन्न भएको हो ।

मालिका गाउँपालिका–७ मा प्रभुचेला ध्यानाश्रम, बिम–डाडागाउँ पदमार्गलाई रु. १०÷१० लाख, मालिका –३ को लामखोरिया–डाडागाउँ र मालिका–४ को गौखोरे–मतौका पदमार्गलाई रु. छ/छ लाख बिनियोजन भएको छ ।

रु. पाँच लाख बजेट बिनियोजन भएको अन्नपूर्ण गाउँपालिका–४ को नारच्याङ झरना पर्यटन पूर्वाधार निर्माण योजना पनि सम्पन्न भएको छ । रु. १० लाख बजेट बिनियोजन भएको चिमखोला देखि काली बराह पदमार्ग र रु. आठ लाख बजेट बिनियोजन भएको धवलागिरी गाउँपालिका–४ को खिवाङ–चेचुङ पदमार्ग निर्माणाधिन रहेको छ ।

रु. पाँच÷पाँच लाख बजेट रहेको बेनी नगरपालिकाको बराहपाखो पदमार्ग, लभ्लिडाडा घेराबार र सनातन धार्मिक आश्रम घेराबार तथा उद्यान निर्माण योजना कार्यान्वयनको चरणमा रहेका एकिकृत सेवा कार्यालय म्याग्दीका प्रमुख सम्शेर घर्ती क्षेत्रीले बताए  ।

मंगला गाउँपालिका–४ को गम्फाधुरी – दापु– छहरा पूर्वाधार, मालिकाको बिम तल्लो गाउँ मान्थान देखि प्रभुचेला पदमार्ग र मालिका धुरी आधुनिक पूर्वाधार योजना कार्यान्वयनको चरणमा छन् ।

रघुगंगा गाउँपालिकाको फुलडाडा पदर्मा, मुलपानी देखि भगवती स्वास्थ्यचौकी जैसिखोर, खइसे धौलागिरी आइसफल पदमार्ग डिपिआर र गायत्री मन्दीर उद्यान निर्माण योजनाको उपभोक्ता समितिसँग सम्झौता भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको टिकोट –सोबन्ध पदमार्ग, मारका पदमार्ग, चित्रे हुदै घान्द्रुक देउराली पदमार्ग र फगाम–सुवा–दुवारी–मतिचौर पर्यटन पदमार्ग योजना निर्माणाधिन रहेका छन् । पर्यटनतर्फ हालसम्म १६ योजनाहरुको सम्झौता भइसकेको एकिकृत सेवा कार्यालयले जनाएको छ ।

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
म्याग्दी । म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । सात वर्षअघि सरकारले केही नेपाल ऐन संशोधन गरेर म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरे पनि व्यवहारिक रूपमा कार्यान्वयनमा आउन नसकेकाले यहाँका उम्मेदवारले उक्त विषयलाई चुनावी मुद्दा बनाएका हुन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन ऐन, नियम र कार्यविधि संशोधन गर्ने विषयलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका हुन् । सरकारले विसं २०७५ फागुन १९ गते राजपत्रमा प्रकाशित गरी म्याग्दीलाई २१औँ हिमाली जिल्लाका रूपमा सूचीकृत गरेको थियो । ऐन तथा कानुन संशोधन नहुँदा हिमाली जिल्लाको मापदण्डअनुसार सङ्घीय र प्रदेश सरकारले विनियोजन गर्ने बजेट, सञ्चालन गर्ने योजना, स्थानीय तहले पाउने अनुदान, शिक्षक तथा कर्मचारीले सेवासुविधालगायत पाउन सकेका छैनन् ।

नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले म्याग्दीले पाएको हिमाली जिल्लाको मापदण्ड कार्यान्वयन गराएर विकास आयोजना कार्यान्वयन गराउनेदेखि सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउनुपर्ने मुख्य आवश्यकता रहेको बताउनुभयो ।

तराई, सहरी र सुगम जिल्लाको मापदण्ड र कार्यविधिका कारण म्याग्दीमा विकास निर्माण र सार्वजनिक सेवा प्रवाहमा असर परेकाले कानुन संशोधन गर्नुपर्नेमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार हरिकृष्ण श्रेष्ठले जोड दिनुभयो ।

विकास आयोजना कार्यान्वयनमा देखिएको जटिलता, कर्मचारी आउनै नमान्ने, आए पनि सुगम क्षेत्र खोजेर जाने गर्नाले सार्वजनिक सेवा प्रवाहमा देखिएको समस्या समाधानका लागि हिमाली जिल्लाको मापदण्ड कार्यान्वयन गराउनुपर्ने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापाले बताउनुभयो ।

सन्तुलित विकासका लागि हिमाली जिल्लाको मापदण्ड कार्यान्वयनमा जोड दिने स्वतन्त्र उम्मेदवार महाविर पुनले उल्लेख गर्नुभयो । शिक्षक तथा कर्मचारीले हिमाली जिल्लाको मापदण्डअनुसार अतिरिक्त आर्थिक सुविधा र कार्यसम्पादन मूल्याङ्कनको अङ्क नपाउँदा आकर्षित हुन सकेका छैनन् ।

सुगम ठाउँको मापदण्डलाई आधार मानेर दुर्गम र हिमाली जिल्लाको योजनामा छुट्टाइने र बजेट अपुग हुने भएकाले अलपत्र पर्ने, अधुरा हुने र पूर्णता दिनका लागि नागरिक तथा स्थानीय तहलाई बढी भार पर्दै आएको उम्मेदवारको भनाइ छ । सुविधा र मूल्याङ्कन नहुँदा सरकारी कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी अभाव हुने समस्या पनि देखिएको उहाँहरूले बताउनुभयो ।

हिमाल नजिकका बस्ती पहाडी भेगमा सूचीकृत हुँदा राज्यले हिमाली भेगका अन्य जिल्लाका बासिन्दालाई दिने सेवा सुविधाबाट म्याग्दीका दुर्गम बस्तीका बासिन्दा वञ्चित भएका धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

धौलागिरि गाउँपालिकाको मुदी, गुर्जा, मल्कवाङ, रघुगङ्गाको कुइनेमङ्गले, चिमखोला, अन्नपूर्णको नारच्याङ र शिखको भूभाग हिमालसँग जोडिएका छन् । विश्वको सातौँ अग्लो (८,१६७ मिटर)धौलागिरि प्रथमदेखि छैटौँसम्मका चुचुरासँगै मानापाथी, गुर्जा, चुरेन, पुथा, अन्नपूर्ण प्रथम, बराह शिखर, नीलगिरि हिमालको दक्षिण र पूर्वी मोहडा म्याग्दीको भूगोलमा समेटिएको वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।

पैँतालिस वडा र छ स्थानीय तह रहेको म्याग्दीमा आसन्न निर्वाचनका लागि ११ दल र एक जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसका भण्डारी, एमालेका श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका थापा र स्वतन्त्र उम्मेदवार पुन मुख्य प्रतिस्पर्धी देखिनुभएको छ । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाको उम्मेदवारी कायम रहे पनि उहाँले पुनलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, नेकपा ९माओवादी०का क्षेत्रबहादुर घिमिरे, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मङ्गोल नेशनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उम्मेदवार बन्नुभएको छ । म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता छन् भने ८२ वटा मतदानस्थल र १२० वटा मतदान केन्द्र कायम गरिएका छन् ।

सुनसान बस्तीमा चहलपहल, म्याग्दीमा बढ्यो चुनावी सरगर्मी
गलेश्वर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति ३० दिनमात्र बाँकी रहँदा म्याग्दी जिल्लामा पनि चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल, उम्मेदवार, प्रमुख निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासनलगायत सम्बन्धित निकायहरु निर्वाचनको लगभग अन्तिम तयारीमा जुटेका छन् भने नागरिकहरु मतदानको प्रतीक्षामा छन् ।

माघको चिसोमा शरीरभरि न्यानो कपडा लगाएर उम्मेदवारहरू आफ्ना एजेन्डासहित मतदाताको घरदैलोमा पुग्न थालेपछि लामो समयदेखि सुनसान देखिने गाउँबस्ती, सदरमुकाम बेनी बजार, सार्वजनिकस्थल र चिया पसलहरूमा चुनावी बहस सुरु भएको छ ।

एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक जना स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका गरी १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । नेकपा (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट अर्जुनबहादुर थापा उम्मेदवार रहेका हुनुहुन्छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट युवराज रोका, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट डम्बरबहादुर सुवेदी, राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विक, श्रम संस्कृति पार्टीबाट विनोद राना, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० बाट क्षेत्रबहादुर घिमिरे, मङ्गल नेशनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी, नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा र स्वतन्त्रबाट महावीर पुन चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

दलहरू घरदैलोमा सक्रिय

निर्वाचन नजिकिँदै जाँदा यहाँ राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । ठूलादेखि साना दल र स्वतन्त्र उम्मेदवारले मतदाताको समर्थन जुटाउन घरदैलो, आन्तरिक छलफल, भेला तथा समन्वय बैठकहरू सञ्चालन गरिरहेका छन् ।

नेकपा (एमाले)ले वडादेखि टोलस्तरसम्म छलफल, भेला र बैठक गर्दै सङ्गठनात्मक गतिविधि तीव्र बनाएको जनाएको छ । पार्टीले निर्वाचन परिचालन कमिटी गठन गरी प्रचारप्रसारलाई गति दिएको र मतदाता भेटघाटमा व्यस्त रहेको नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो । एमालेले जिल्ला बाहिर (पोखरा) मा रहेका मतदाताहरुसँग उम्मेदवारसहितको टोली पोखरामा नै पुगेर मतदाता भेटघाट गरेको जनाएको छ ।

नेपाली कांग्रेसले पनि घरदैलो गरी मतदाता भेटघाट कार्यलाई तीव्र बनाएको छ । रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका केही वडामा पुगेर मतदाता भेटघाटपछि उम्मेदवार भण्डारीसहित नेपाली कांग्रेसका नेता कार्यकताहरु सोमबार मतदाता भेटघाटका लागि पश्चिम म्याग्दीतर्फ लागेका नेपाली कांग्रेस म्याग्दीका नेता विक्रम बोगटीले बताउनुभयो ।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि मतदाता भेटघाट, आन्तरिक भेला, जनवर्गीय सङ्गठनका बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । पोखरामा रहेका मतदाताहरुसँग भेटघाट गरी जिल्ला फर्केको नेकपाको टोली यतिबेला गाउँका मतदाताहरु भेट्न व्यस्त छ ।

स्वतन्त्र उम्मेदवार डा महावीर पुनलगायत अन्य दलका उम्मेदवारहरु पनि मतदाता भेटघाट गरी आफ्ना योजना तथा विचारहरु सुनाउन घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ ।

मुख्य तीन दल र स्वतन्त्र उम्मेदवार पुनबीच प्रतिस्पर्धा

म्याग्दीमा कांग्रेस, एमाले, नेकपा र स्वतन्त्र उम्मेदवार महावीर पुनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । विसं २०७९ को प्र्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ९खम्वीर० ले २४ हजार २१ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार, १८९ मत प्राप्त गर्नुभएको थियो ।

उक्त निर्वाचनमा नेपाली कांग्रेसलाई तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलले समेत सर्मथन गरेका थिए । यस पटकको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीसँगै  स्वतन्त्र उम्मेदवार डा पुन पनि रहनुभएको छ । यसपटक प्रतिस्पर्धा थप चुनौतीपूर्ण हुने आकलन गरिएको स्थानीयको भनाइ छ । यहाँका मतदाताले प्रत्येक निर्वाचनमा स्वविवेकको आधारमा फरक–फरक दललाई अवसर दिँदै आएको देखिन्छ । यही कारण यसपटकको निर्वाचन परिणाम २०७९ सालको भन्दा फरक हुन सक्ने अनुमान गरिएको छ ।

पूर्व शिक्षामन्त्री डा पुन भित्रिएपछि राष्ट्रि«य स्वतन्त्र पार्टीले भने मैदान छोडेको छ । स्वतन्त्र पार्टीका जिल्ला सभापति युवराज रोकाले पार्टीको सहमतिमा उमेदवारी फिर्ताको घोषणा गरे पनि हालसम्म जिल्ला, प्रदेश र केन्द्रीय समितिले समर्थनको पत्र सार्वजनिक गरेको भने छैन । पुराना दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपासँग स्वतन्त्र उम्मेदवार डा पुन नै प्रमुख प्रतिस्पर्धी मानिनुभएको छ । म्याग्दीका राजनीतिक दलले डा पुनको उपस्थितिको सुरुमा कल्पना नगरेपनि अन्तिममा उहाँले उम्मेदवारी दिनुभएको थियो ।

एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेका छन् । जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको यस जिल्लामा प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र छ । यहाँ कूल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।

बदलिँदो राजनीतिक परिवेश

विसं २०७९ पछि सरकार परिवर्तन, गठबन्धन फेरबदल, नीति विवाद र जनआक्रोशका घटनाले राजनीतिक माहोल बदलिएको छ । युवा मतदाताको सक्रियता, सामाजिक सञ्जालको प्रभाव र नयाँ मतदाताको प्रवेशले २०८२ को निर्वाचनलाई थप चासोपूर्ण बनाएको देखिएको छ ।

घोषित निर्वाचन मिति नजिकिँदै जाँदा म्याग्दीमा राजनीतिक गतिविधि झन सक्रिय बन्दै गएको छ । गत भदौको ‘जेनजी’ आन्दोलनपछि केही समय सुस्त देखिएको दलीय गतिविधि पुनः पुरानै लयमा फर्किएको स्थानीयहरू बताउँछन् ।

सुरुमा विगतमा झैँ नेकपा एमाले र नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धाको अनुमान गरिएको भए पनि अहिले परिस्थिति फेरिएको धेरैको अनुमान छ । नेकपा एमालेको २०४६ सालयता बलियो आधार मानिएको अन्नपूर्ण गाउँपालिका ८, राम्चे, नाँगीका स्थायी बासिन्दा हुनुहुन्छ डा पुन । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका एमालेको बलियो मत भएको क्षेत्रमा डा पुनको उपस्थितिले नयाँ तथा पुराना मतदाताहरूको सोचमा पनि फेरबदल आउन सक्ने देखिन्छ ।

यस्तो छ निर्वाचनको तयारी

आसन्न निर्वाचनका लागि मतदाताको सुरक्षा, मतदानस्थलको निरीक्षणलगायत आवश्यक सम्पूर्ण तयारीहरु तीव्र गतिमा रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । जिल्लामा ८२ वटा मतदान स्थल र १२० मतदान केन्द्रमध्ये माघ १९ गते ९आइतबार०सम्म एकसय मतदान केन्द्रको अनगुमन तथा निरीक्षण गरेर आवश्यक तयारी गर्न सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमलगायत सुरक्षा अधिकारीको टोलीले मतदानस्थलको अनुगमन तथा निरीक्षण गरेको हो ।

टोलीले मतदानस्थलको भौतिक पूर्वाधार, सडक, खानेपानी, शौचालय, घेराबार, विद्युत्लगायतको अवस्थाका बारेमा अनुगमन तथा निरीक्षण गरेको जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिनुभयो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, सुव्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदानस्थलको भौतिक पूर्वाधार र सुरक्षाका विविध पक्षमा अनुगमन गरिएको हो ।

“मतदानस्थलमा पानी, बिजुली, मतपत्र ढुवानीको सहजता, मतदातालाई सुविधालगायत समग्र पूर्वाधारको अवस्थाका बारेमा अनुगमन निरीक्षण  गरेका छौँ”, प्रजिअ आचार्यले बताउनुभयो । सबै मतदानस्थलको अनुगमन सकेपछि सुधार गर्नुपर्ने देखिएका मतदानस्थलको तत्काल सुधारको काम पनि थाल्ने योजना बनाएको उहाँले बताउनुभयो ।

निर्वाचन प्रहरी छनोट तथा प्रशिक्षण

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहहादुर थापाका अनुसार शारीरिक परीक्षण र लिखित परीक्षामार्फत छनोट भएका निर्वाचन प्रहरीहरूलाई आवश्यक निर्देशन र प्रशिक्षण दिन सुरु गरिएको छ ।  निर्वाचन प्रहरीको वैकल्पिक सूचीमा छनोट भएका २८६ जनामध्ये २१२ जना छिमेकी जिल्ला बागलुङमा पठाइएको छ । छनोट भएका निर्वाचन प्रहरीहरुका लागि आइतबारदेखि तालिम सञ्चालन गरिएको छ ।

निर्वाचनको शान्ति सुरक्षाको व्यवस्थापनमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सघाउनका लागि निर्वाचन प्रहरी नियुक्त गरिएको हो । जिल्ला सुरक्षा समितिले म्याग्दीमा कायम भएका ८२ मतदानस्थलमध्ये आठ वटालाई अति संवेदनशील, २९ संवेदनशील र ४५ स्थललाई सामान्य वर्गमा विभाजन गरेर निर्वाचन सुरक्षा रणनीति बनाएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रजिअ आचार्यसहित सुरक्षा अधिकारीहरुको टोलीले मतदानस्थलको निरीक्षण कार्यलाई अन्तिम चरणमा पुर्याएको जनाइएको छ । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्यमा दुई, छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ८२ मतदानस्थलमा १२० मतदान केन्द्र कायम गरिएको छ । रासस

अब बेनीदेखि दिल्लीसम्म बसमा सरर
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको दिल्ली बस सेवा सुरुआत भएको छ । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले आजदेखि बेनी कालिपुल बासपार्कबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या, आग्रा हुँदै नयाँ दिल्लीसम्मको यात्रा गर्न सकिने बस सेवा सञ्चालनमा ल्याएको हो ।

बस सेवाको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शुभारम्भ गर्नुभयो । म्याग्दी, मुस्ताङको धार्मिकस्थललाई भारतसँग जोड्न त्यहाँका पर्यटकलाई समेत भित्र्याउन सेवाले महत्वपूर्ण भूमिका खेल्ने मोडर्न इरा टुर्स एन्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारीदिनुभयो ।

“बेनीदेखि दिल्लीसम्म २७ घण्टामा यात्रा गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “बेनीदेखि हरेक दिन बिहान ६ः४५ बजे र दिल्लीको सरोजनी नगरबाट साँझ ४ः०० बजे बस छुट्नेछ ।” बेनीबाट नयाँ दिल्लीसम्मको प्रतियात्रु शुल्क ५४ सय रुपैयाँ र नयाँ दिल्लीबाट ३२ सय सय भारु भाडादर कायम भएको छ ।

बसको क्षमता ४५ जनाको रहेको छ । बेनी–दिल्लीको दूरी १४ सय किलोमिटर छ । यस सेवाबाट म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका सर्वसाधारण लाभान्वित हुनेछन् । यसअघि म्याग्दीबाट भारत जान पोखरा पुगेर गाडी चढ्नुपर्ने समस्या थियो । एक दिनअघिनै पोखरा पुगेर बास बसी भोलिपल्ट बस चढेर दिल्ली जानुपर्ने समस्या हटेको मङ्गला गाउँपालिका–१ भरजुलाका सुसन किसानले बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख केसीले दिल्लीसँग म्याग्दीको यातायात सम्पर्क स्थापना भएपछि पर्यटक विकासमा पनि सहयोग पुग्ने बताउनुभयो । म्याग्दीको गलेश्वरधाम, पुलहआश्रमका साथै मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीय पर्यटकलाई बस सेवाबाट सहज हुने नगर प्रमुख केसीले बताउनुभयो ।

सृष्टि यातायात प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले नेपाल–भारतमैत्री बस सेवा कार्यक्रमअन्तर्गत दिल्लीदेखि कालीगण्डकी कोरिडोरको सडक भएर म्याग्दी हुँदै चीनको सिमानामा रहेको कोरला नाकासम्म यातायात सञ्चालनका लागि पहल गरिएको बताउनुभयो ।

मुस्ताङको मुक्तिनाथ मन्दिरमा वार्षिक एक लाख जनाभन्दा बढी भारतीय दर्शनका लागि आउने गरेका छन् । म्याग्दीबाट रोजगार, शिक्षा, उपचारसहित अन्य विभिन्न कामले भारत जाने यात्रुलाई भारतीय क्षेत्रमा रेलमा लाग्नेभन्दा निकै सस्तो भाडा, लुटिने जोखिमसमेत कम हुने यातायात व्यवसायी ऐनबहादुर शाहीले बताउनुभयो । रासस

म्याग्दीको गुुर्जा र घोडेपानीमा हिमपात
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुुर्जा र अन्नपूूर्ण गाउँपालिका–६ घोडेपानीमा बुधबार हिमपात भएको छ ।

हिमपातका कारण जनजिवन प्रभावित भएको छ । धवलागिरी गाउँपालिका–१ गुुर्जाका वडा सदस्य गुनराम छन्त्यालले बिहानैदेखि निरन्तर हिमपात भइरहेको जानकारी दिनुभयो । राती पानी परेको र करिब दुई इञ्ज बाक्लो हिउँ जमेको उहाँले बताउनुभयो ।

समुन्द्रि सतहदेखि दुई हजार सात सय मिटर उचाईमा रहेको गुुर्जा जोड्ने पदमार्ग र सडक हिउँपरेपछि अवरुद्ध भएको छ । सर्वसाधारणहरु घरभित्रै आगो तापेर बसेका छन् । गाईबस्तुु, भेडाबाख्रालाई गोठमै राखेर सुुख्खा घाँस खुुवाएर राखेका छन् ।

पर्यटकीय स्थल घोडेपानी, पुुनहिल, खोप्रा र मोहरेडाडा पनि हिउँले छोपिएको छ । घोडेपानीका होटल व्यवसायी मिना पुुनले हिमपात सुुरुभएपछि चहलपहल घटेको बताउनुभयो । घोडेपानी र पुुनहिल घुुम्न आउने पर्यटक घटेपछि सुनसान भएको छ ।

यो वर्षको दोस्रो हिमपात भएको हो । म्याग्दी जिल्लाभर बर्षा भएको छ । बर्षाका कारण हिउँदेबालीमा फाइदा पुुगेको छ । हिउँ र आकाशे पानीले सिचाईको काम गरेको मालिका गाउँपालिका ७ का कृषक भुपेन्द्र शर्माले बताउनुभयो ।

सुख्खा भएको जमिन भिजेर बिरुवाले आवश्यक तत्व पाउने र खेतीबाली सप्रिने उहाँले बताउनुभयो । गहुुँ, जौ, केराउ, सुुन्तलाजात फलफुलका लागि बर्षाले सहयोग गरेको छ ।

महारानीथान–छाप–डाडाखेत–ठुलोखोला सडकको टुनीखर्क क्षेत्रमा स्तरोन्नति शुरु
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जोड्ने बेनी–दरवाङ सडकको वैकल्पिक मानिएको महारानीथान–छाप–डाडाखेत–ठूलोखोला सडकको टुनीखर्क खण्डमा स्तरोन्नति थालिएको छ ।

बेनी नगरपालिकाले १८ वर्षअघि मार्ग खुलेको सडकलाई फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान र कालोपत्र गर्न थालेको हो । रु एक करोड ६१ लाख लागत अनुमान गरिएको सडक निर्माणका लागि रु एक करोड १५ लाखमा ठेक्का पाएको शङ्कर निर्माण सेवाले डोजर परिचालन गरेर सडक फराकिलो पार्ने र पर्खाल निर्माण शुरु गरेको छ ।

आगामी जेठ १५ गतेसम्म ठेक्काको म्याद रहेको छ । योजनामार्फत ३५० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र र ४०० मिटर ढलान गरिने बेनी नगरपालिकाका सिनियर सबइञ्जिनियर कमल थापाले बताउनुभयो । उहाँका अनुसार ३५० मिटरमा पक्की नाला र ४०० घनमिटर पलम पर्खाल निर्माण हुनेछ ।

हाल मिटर फराकिलो सडकलाई छ मिटर चौडा पारिनेछ । आर्थिक वर्ष २०६४/६५ मा ‘ट्रयाक’ खोलिएको बेनी नगरपालिकाको ७, ६, ५ र ४ नम्बर जोड्ने यो सडक म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डको वैकल्पिक मार्ग भएको बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाले बताउनुभयो ।

रणनीतिक महत्त्वको वैकल्पिक सडक भएकाले बेनीको महारानीथानबाट डाडाबारी–छाप, डाडाखेत हुँदै ठूलोखोलाको विभिन्न ठाउँमा पछिल्लो चार वर्षयता स्तरोन्तिको काम हुँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ म बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र भएको थियो ।

आर्थिक वर्ष २०८१/०८२ मा छाप क्षेत्रमा कालोपत्र भएको सडक गुणस्तरीय नभएपछि मापदण्ड अनुसारको काम गर्न निर्माण व्यवसायीको धरौटी रोक्का गरिएको वडा अध्यक्ष बानियाले बताउनुभयो । त्यसअघिका वर्षमा ठूलोखोलाबाट डाडाखेत खण्डमा घुम्ती र मोड सुधार तथा ढलान भएको थियो ।

बेनी नगरपालिकाले गौरवको आयोजनाका रूपमा महारानीथानबाट छाप हुँदै डाँडाखेततर्फ सडक स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिएको छ । मार्ग खुलेको १८ वर्षपछि पक्की सडक निर्माण हुन थालेकोमा खुसी लागेको स्थानीयबासी भुवन आचार्यले बताउनुभयो । रासस

म्याग्दीको मल्कवाङमा पहिलोपटक बस पुग्यो
म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका(५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ । सदरमुकाम बेनीबजारबाटयात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो ।

बसका धनी जगत दगामी मगर र चालक श्याम मिजारलाई स्थानीयले अबिर र माला लगाएर स्वागत गरेका छन् । धवलागिरि(५ मल्कवाङका वडाध्यक्ष अमर छन्तयालसहित जनप्रतिनिधि, स्थानीय अगुवा, आमा समूह र युवा क्लबका प्रतिनिधिहरूले चालक र सवारीधनीलाई स्वागत गर्नुका साथै खुसीयाली मनाएका हुन् ।

वडाध्यक्ष छन्त्यालका अनुसार विसं २०७८ मा सडक सञ्जालमा जोडिएको मल्कवाङमा यसअघि जिप, ट्याक्टर र मोटरसाइकल मात्र आउने गरेका थिए । गाउँपालिकामार्फत बर्खामा अवरुद्ध सडक मर्मत गर्ने क्रममा अप्ठ्यारो ठाउँमा ग्रेड र घुम्ती मिलाएर बस सञ्चालन गर्न मिल्ने बनाइएको उहाँले बताउनुभयो ।

सडक सञ्जालमा जोडिएको पाँच वर्षपछि मल्कवाङमा बस सञ्चालन हुन थालेको हो । बस सञ्चालन भएपछि स्थानीयवासीले जिपको तुलनामा सस्तो भाडादरमा यात्रा गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् । यसअघि जिपमा मल्कवाङ–बेनी यात्रा गर्दा प्रतिव्यक्ति रु एक हजार भाडा तिर्नुपर्ने बाध्यता थियो ।

बसका लागि प्रतिव्यक्ति भाडादर रु सात सय ५० कायम गरिएको वडाध्यक्ष छन्तयालले जानकारी दिनुभयो । “बेनीबाट मल्कवाङसम्मको दूरी ४५ किमी छ । बस सेवा सञ्चालन भएसँगै मल्कवाङ, भेडिखाल्डा, कुइनेखानी, आरवाङ, घण्टीवाङका तीन सयभन्दा बढी परिवार लाभान्वित भएका छन्”, उहाँले भन्नुभयो ।

असारदेखि असोजबाहेक आठ महिना बस सञ्चालन गर्न मिल्ने गरेर सडक बनाइएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो । म्याग्दी यातायात प्रालिले बेनीबाट हरेक बिहान ७ः०० बजे र मल्कवाङबाट बिहान ८ः०० बजे प्रत्येक दिन एउटा–एउटा बस छुट्ने जनाएको छ ।

यसअघि मल्कवाङ, भेडिखाल्टा, आरवाङ, घण्टीवाङ, कुइनेखानीका बासिन्दा पैदलयात्रा गरेर मराङ बेँसी पुगेर बस चढ्ने गर्दथे । मल्कवाङबाट भेडीखाल्टालाई सडक सञ्जालमा जोड्नका लागि धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षको योजना कार्यान्वयनको तयारी गरेको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । उहाँका अनुसार उक्त खण्ड विस्तार तथा स्तरोन्नतिका लागि यस वर्ष रु ३० लाख विनियोजन भएको छ ।

भेडिखाल्टामा पनि हालसम्म सडक पुगेको छैन । गण्डकी प्रदेश सरकारले मालिका गाउँपालिकाको बिमलुरवाङ, मराङबेँसी, अर्वाङ हँुदै मल्कवाङ जोड्ने सडक स्तरोन्नतिका लागि बहुवर्षीय योजना सञ्चालन गर्ने लक्ष्यसहित चालु आवमा रु एक करोड विनियोजन गरेको छ ।

प्रदेशसभा सदस्य रेशम जुग्जालीले उक्त बजेटलाई २० प्रतिशत मानेर रु पाँच करोड स्रोत सुनिश्चितता गराई बहुवर्षीय ठेक्का आह्वान गर्नुपर्ने धारणा राख्नुभयो । लुरवाङबाट मल्कवाङ खण्डको अप्ठ्यारो ठाउँको सडकलाई स्तरोन्नति गरेर सहज बनाउन पहल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रकृतिलाई खुुसी पार्न तोरन तार्ने चलन
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको बराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ ।

म्याग्दीको अर्मन र बागलुङको ताराखोलाका बासिन्दाहरुले गाउँबाट लगेको तोरणलाई बाजागाजा सहित समुन्द्रि सतहदेखि दुई हजार नौ सय ३२ मिटर उचाईमा रहेको तिनचुुलेको बराह ताल र शिवालय मन्दिर परिक्रमा गराएर बिधीपूर्वक तानिएको हो ।

खेती किसानी र पशुुपालन गर्ने स्थानीयबासीहरुले परापुर्वकालदेखि हरेक वर्षको कात्तिक शुुक्ल पूूर्णीमाका दिन प्रकृतिलाई खुसी पार्न सामुुहिक रुपमा तोरण तार्ने चलनलाई यस वर्ष पनि निरन्तरता दिइएका धार्मिक पर्यटकीय क्षेत्र तिनचुुले संरक्षण तथा प्रर्वद्धन समितिका सल्लाहकार भपिन्द्र घर्तीले बताउनुभयो ।

“कात्तिक पूर्णिमाका दिन तिनचुुले बराह तालमा तोरन तारेमा गाउँमा अनिष्ट, प्राकृतिक विपद्, महामारी, रोगब्याधी नहुुने र शिवालय मन्दिरमा पुुुजाआजा गरेमा मनोकाक्षा पुुरा हुुने जनविश्वास रहेको छ,” उहाँले भन्नुभयो “चार वटा टोलबाट सामुुहिक र भाकल पुुरा भएकाले व्यक्तिगत रुपमा तोरण ल्याएर तार्ने चलन छ ।”

बैकुुण्ठ चर्तुुदर्शीका साँझ गाउँगाउँबाट माझखर्कमा लगिने तोरनलाई त्यहाँ देखि डोलीमा चढाएर बाजा र भजनकिर्तन सहित बराहताल र शिवालय मन्दिर परिक्रमा गराई तान्ने चलन छ । शिवालय मन्दिर देखि बराहतालको पुुर्वी छेउको रुखमा तोरन तान्ने गरिएको छ ।

बाबियोको डोरी बाटेर थरिथरिका फुलहरु गाँसेर तोरन बनाउने चलन छ । तोरन लिएर पुुगेका भक्तजनहरु बैकुुण्ठ चर्तुुदर्शीको रात माझखर्कमा रहेको धर्मशालामा जाग्राम बसेर भजनकिर्तन गर्ने गर्छन् ।

यस वर्ष पाँच वटा तोरन तारिएको र करिब एक हजार जना भक्तजनले शिवालय मन्दिरमा पुुजाआजा तथा दर्शन गरेका समितिका अध्यक्ष धनबहादुुर घर्तीले जानकारी दिनुभयो । तोरन तार्न र पुुजाआजाका लागि आएका भक्तजनहरुलाई समितिले निशूल्क प्रसाद र चिया वितरण गरेको थियो ।

ताराखोला, करिमेला, हिले, नागबेलीखोला, सिप, अर्गल, सिरकुुम, निस्कोट, टिकावाङ, किमचौर, अर्मन, नेटा, बाबियाचौर, पिपलबोट लगायतका ठाउँबाट भक्तजन आएका थिए । माझखर्कबाट तिनचुुलेतर्फ तोरन लैजानुुअघि अन्धनिशान र छेलो फाल्ने प्रतियोगिता भएको थियो ।

पहलमान पहिचान गर्न गरिने थेलो फाल्ने प्रतियोगितामा बिजयी भएका टिकावाङका लालबहादुुर पटेललाई पहलमान घोषणा गरिएको थियो । पटेललाई फेता गुुटाएर काँधमा बोकेर मन्दिर र बराह ताल परिक्रमा गरिइएको थियो ।

म्याग्दी र बागलुङ दुवै तर्फबाट सडक र पदमार्गले जोडिएको तिनचुुलेमा यातायातको सहज सुविधासँगै भक्तजनको आगमन बढेको समितिका सचिव पूर्णभद्र निउरेले बताउनुभयो ।

ताराखोला, मङ्गला गाउँपालिका, गण्डकी प्रदेश सरकार र समुदायको सहकार्यमा तिनचुुलेलाई धार्मिक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माणमा जोड दिएको उहाँले बताउनुभयो । सिस्ने, गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुुच्छ्रे हिमालको सम्मुखमा रहेका तिनचुुले पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त रहेको छ ।

म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री
म्याग्दी । गत आर्थिक वार्षिकमा यहाँबाट करिब रु एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा यहाँबाट रु ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो ।

केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले गत आवमा एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा उत्पादन भएको ३५ हजार चार सय ९० मेट्रिकटन आलु प्रतिकिलो न्यूनतम रु ३५ का दरले बिक्री हुँदा रु ६० करोडको कारोबार भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार एक हजार आठ सय २० क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिकटनका दरले आलु उत्पादन भएको छ । चार सय २५ हेक्टर क्षेत्रफलमा उत्पादन भएको चार हजार सात सय ८१ दशमलव तीन मेट्रिकटन सुन्तला प्रतिकिलो रु ८० का दरले ३३ करोड ४६ लाख ७० हजारमा बिक्री भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो ।

म्याग्दीको आलु र सुन्तला बेनी, पोखरा, काठमाडौँ र चितवनका बजारमा बिक्री हुन्छ । क्षेत्रफल विस्तार, अनुकूल मौसम, रोगकीराको समस्या नदेखिएकाले आलु र सुन्तलाको उत्पादन बढेको प्रमुख बाँस्तोलाले बताउनुभयो । आव २०८०र८१ मा एक हजार सात सय ५० हेक्टरमा ३१ हजार चार सय ५० मेट्रिकटन आलु र रु २४ करोड बराबरको तीन हजार ६०० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्रका प्राविधिकले ‘क्रपकटिङ’ विधिबाट फलफूल, तरकारी र खाद्यबाली उत्पादनको तथ्याङ्क सङ्कलन गर्दै आएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा आलु उत्पादन हुन्छ । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैँचा छन् ।

सवारीसाधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलु र सुन्तलाले बजार पाउन थालेको हो । कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले जिल्लामा आलु र सुन्तलाखेती विस्तार तथा प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गरेका छन् ।

गत आर्थिक वर्षमा केन्द्रको रु ४७ लाख १४ हजार सहयोगमा ४२ वटा फार्म तथा समूहमा आवद्ध एक सय ६४ परिवार किसानले तीन सय ७० रोपनी बगैँचा सुदृढीकरण र ४० रोपनीमा विस्तार गरेका कृषिप्रसार अधिकृत गङ्गा लामिछानेले जानकारी दिनुभयो ।

खायन आलु कार्यक्रममार्फत तीन वटा सहकारी र २७ समूहलाई बीउ, यान्त्रिकरण, सिँचाइ पूर्वाधार, ‘प्याकेजिङ’ र ढुवानीका लागि रु ८७ लाख ६४ हजार अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ । यस वर्ष सुन्तलाजात फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि रु छ लाख र सुदृढीकरणका लागि रु १९ लाख ८० हजार बजेट प्राप्त भएको छ ।

जिल्लामा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिका–९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ । यसवर्ष पर्वत, बागलुङ र म्याग्दीमा सञ्चालन भइरहेको सुन्तला जोनमा रु ५३ लाख ८५ हजार, रघुगङ्गा, बेनी र अन्नपूर्ण गाउँपालिका कार्यक्षेत्र भएको आलु जोनका लागि रु १६ लाख ६८ हजार बजेट प्राप्त भएको परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले जानकारी दिनुभयो ।रासस

म्याग्दीका तीस ग्रामीण सडकको स्तरोन्नति
म्याग्दी । जिल्ला पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ३० वटा ग्रामीण सडक स्तरोन्नति गरेको छ ।

कार्यालय प्रमुख विष्णु पौडेलका अनुसार रु नौ करोड ५० लाख बजेट विनियोजन भएका ३७ वटा सालबसाली योजनामध्ये २९ वटा ठेक्का प्रक्रिया र उपभोक्ता समितिबाट तीन वटा योजना कार्यान्वयन भएका छन् । ती योजना कार्यान्वनयका लागि निर्माण व्यवसायी र उपभोक्ता समितिहरुसँग रु पाँच करोड ९० लाख ८१ हजारमा सम्झौता भएको थियो ।

ग्रामीण सडक फराकिलो पार्ने, ग्रेड तथा घुम्ती सुधार गर्ने, पानीको निकासका निम्ति नाली तथा ‘रिटेनिङ’ पर्खाल निर्माण, कालोपत्र, ढलान गर्न तथा मोटरेबल र झोलुङ्गे पुल निर्माणसम्बन्धी सालबसाली ३७ सहित ७१ वटा योजनाका लागि पुँजीगततर्फ रु ५९ करोड ३१ बजेट विनियोजन भएको थियो ।

गत वर्ष चार दशमलव ९० किलोमिटर कालोपत्र र ढलान, चार दशमलव १४ किलोमिटर ग्राभेल, तीन दशमलव ३० किलोमिटर नयाँ कच्ची सडक निर्माण, ३१ दशमलव ६० किलोमिटर सडक फराकिलो बनाउने, १० दशमलव ७२ किलोमिटर नाली र ३१ हजार २९ घनमिटर टेवा पर्खाल निर्माण भएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।

यसैगरी २९ वटा कल्भर्ट कजवे, १२ दशमलव ५० किलोमिटर सडक मर्मत, एक वटा झोलुङ्गे, दुई वटा मोटरेबल पुल र एक वटा भवन निर्माणसम्बन्धी योजना सम्पन्न भएका छन् । गत आवमा रु ६४ करोड एक लाख ४३ हजार विनियोजन भएकोमा रु ४७ करोड १४ लाख ९१ हजार खर्च भएको छ । रासस

म्याग्दीका छवटा विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना
म्याग्दी । म्याग्दीका छवटा सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएको छ ।

धवलागिरि गाउँपालिका–७ शिवाङको हेम नमूना आवासीय मावि, मङ्गला गाउँपालिका–२ बाबियाचौरको मङ्गला मावि, रघुगङ्गा गाउँपालिका–३ पिप्लेको रघुगङ्गा मावि र अन्नपूर्ण गाउँपालिका–६ घारको मुक्तिमार्ग माविमा २१/२१ वटा कम्प्युटरको व्यवस्थापन गरेर प्रयोगशाला स्थापना भएको हो ।

रघुगङ्गा गाउँपालिका–४ दग्नामको जनता माविमा ११ र वडा नं ६ ठाडाखानीको मालिका आधारभूत विद्यालयमा १० वटा कम्प्युटर जडान गरेर प्रयोगशाला स्थापना भएको छ । क्वालिटी एजुकेसन नेपाल, अस्ट्रेलिया र एजुटेक नेपाल, न्युजिल्यान्डको आर्थिक सहयोगमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)ले संयोजन गरेर रु ४८ लाखको लागतमा प्रयोगशाला स्थापना भएको हो ।

विद्यालयको पठनपाठनमा प्रयोग हुने विद्युतीय पाठ्यक्रम र पुस्तक राखिएको कम्प्युटरका साथै विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाका लागि ब्याट्री र इनभर्टर पनि जडान गरिएको लर्न संस्थाका निर्देशक कृष्ण तिलिजाले जानकारी दिनुभयो ।

गत वर्ष धवलागिरि गाउँपालिका–४ मुदीको बुद्धिविकास मावि, रघुगङ्गा–३ मौवाफाँटको ज्ञानोदय र अन्नपूर्ण–४ को प्रभा माविमा ‘सर्भर सिस्टम’बाट चल्ने २०र२० वटा कम्प्युटर जडान गरेर प्रयोगशाला स्थापना भएको थियो ।

निर्देशक तिलिजाका अनुसार आधुनिक कम्प्युटर ल्याबका रूपमा स्थापना गरिएको कम्प्युटर कक्षलाई ‘डिजिटल’ साक्षरताका रूपमा विकास गर्न उपयोग गरिनेछ । प्रविधिको प्रयोग गरेर पठनपाठन गराई विद्यार्थीको पढाइप्रति रुचि र सिकाइ उपलब्धि वृद्धि गर्ने कम्प्युटर प्रयोगशाला स्थापना गर्नुको उद्देश्य रहेको छ ।

विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएपछि विद्यार्थीलाई प्रयोगात्मक अभ्याससहित कम्प्युटर विषयको पठनपाठन गराउन सहज हुने मुक्ति मार्ग मावि घारका प्रअ रामकृष्ण खड्काले बताउनुभयो । कम्प्युटर प्रयोगशाला स्थापनाका लागि फर्निचर, फर्निचर, पर्दा, कार्पेट, कक्षाकोठा व्यवस्थापनको काम भने विद्यालयहरूले नै गरेका हुन् । रासस

म्याग्दीमा व्यावसायिक अरिङ्गालपालन
म्याग्दी । पाखो बारीको भित्तामा सासाना प्वाल छन् । नजिकनजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ । यिनै ओतमुनि अरिङ्गालका गोला छन् । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाहीले राहुवडास्थित पाखोबारीमा व्यावसायिक अरिङ्गालपालन गर्दै आउनुभएको छ ।

शाहीले नजिकैको जङ्गलबाट ल्याएर ११ गोला अरिङ्गाल पाल्न थालेको जानकारी दिनुभयो । राहुवडामा खुर्सानीखेतीका लागि सम्याएको पाखाको भित्ता र जामुनाखर्कमा घरको बार्दलीमा उहाँसँगै श्रमतीतले गीताले अरिङ्गालपालन गर्नुभएको हो ।

“नयाँ किसिमको व्यवसाय गर्ने योजनाअनुसार गत वर्ष जङ्गलबाट घरमा ल्याएर गरेको अरिङ्गालपालन सफल भएको छ”, गीताले भन्नुभयो, “मौरी जसरी नै गोला स्थानान्तरण विधिबाट अरिङ्गाल पाल्दा यसको संरक्षणसँगै आम्दानीको स्रोत हुने रहेछ ।”

पर्वतको जलजला गाउँपालिकाको लघुउद्यम विकास सहजकर्तासमेत रहनुभएकी गीताको योजनालाई गाउँमा हस्तकला तथा फर्निचर उद्योग सञ्चालन गर्दै आउनुभएका श्रीमान् अशोकले साथ दिनुभएको छ ।

प्रत्येक दुई महिनामा एउटा गोलाबाट आठ किलोसम्मको अरिङ्गालको लार्भा निकाल्न सकिने शाहीले जानकारी दिनुभयो । “जङ्गलमा अरिङ्गालको गोला देखाउनेलाई बिक्री गरेर भएको आम्दानीको आधा रकम दिने गरेका छौँ”, अशोकले भन्नुभयो, “अरिङ्गालले टोक्न नसक्ने कपडा र सुरक्षा कवच ९सेफ्टी बेल्ट० प्रयोग गरी रुखमा चढेर रानीसहितको अरिङ्गालको गोला ल्याएर पाल्ने गरेका छौँ ।”

जङ्गलबाट ल्याइएको अरिङ्गाल २५ प्रतिशत भागेर जाने र ७५ प्रतिशत मात्रै राखेको ठाउँमा बस्ने गरेका शाही दम्पतीको अनुभव छ । “बेनीका होटलमा अरिङ्गालको लार्भाबाट बनेका परिकार बिक्री हुन्छन् । काँचो लार्भा प्रतिकिलो रु तीन हजार ५०० का दरले बिक्री हुने गरेको छ”, शाहीले भन्नुभयो ।

गत वर्ष ३० किलो लार्भा उत्पादन गरेका शाही दम्पतीले यस वर्ष २५ वटा गोला पालेर करिब एक क्विन्टल लार्भा बेच्ने लक्ष्य राखेको बताउनुभयो । “एउटा गोलाबाट एकपटकमा आठ किलोसम्म लार्भा निकाल्न सकिन्छ । प्रत्येक दुई÷दुई महिनामा लार्भा निकाल्न सकिन्छ”, उहाँले भन्नुभयो ।

पालेका अरिङ्गाल चरनका लागि जङ्गल र खेतबारीमा जान्छन् । किरा, फट्याङ्जा, विभिन्न प्रजातिका फूल तथा फलफूल अरिङ्गालका आहारा हुन् । झरी परेको समयमा मासु र फलफूल आहाराका रूपमा दिने गरेको शाहीले बताउनुभयो ।

शक्तिवद्र्धक मानिने अरिङ्गालको भुटेको लार्भा प्रतिरिकापी रु ६०० का दरले बिक्री हुने बेनीका होटल व्यवसायी राजन लामाले बताउनुभयो । अरिङ्गाल बर्खायाममा बेनीमा आउने पाहुनाको प्रमुख रोजाइमा पर्ने गरेको उहाँको अनुभव छ । जेठबाट गोला बनाउन सुरु गर्ने अरिङ्गालका लार्भा कात्तिकसम्म बिक्री हुन्छन् ।

“अरिङ्गाल पाल्न सजिलो काम भने होइन । गोला जङ्गलबाट सार्दा सावधानी अपनाउन सकिएन भने ज्यान जोखिममा पर्छ । अरिङ्गाल रिसाएर टोक्ने सम्भावना बढी हुन्छ”, अशोकले भन्नुभयो, “बास बसेको समयमा स्थानान्तरण गर्नुपर्छ । मानिसको आवतजावत कम हुने ठाउँमा ल्याएर पालेका छौँ ।” उहाँका अनुसार रातो र कालो जातका अरिङ्गाल बढी पाइन्छन् ।

जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले अरिङ्गालपालन म्याग्दीमा नयाँ वनजन्य उद्यम भएको बताउनुभयो । “लार्भाका लागि गोला पोलेर अरिङ्गालको वंशनै नष्ट गर्नुभन्दा पालन गर्दा यसको संरक्षण पनि हुने, आम्दानी पनि हुन्छ”, उहाँले भन्नुभयो, “जोखिम भएकाले अरिङ्गालपालनमा सावधानी भने अपनाउन आवश्यक छ ।”रासस

म्याग्दीको टिकोट तरकारी पकेट क्षेत्र
म्याग्दी । आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटमा तरकारीको पकेट विकास कार्यक्रम सुरु भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गाउँपालिकाले टिकोटको हरिमूल कृषि तथा पशुपक्षी कृषक समूहमार्फत पकेट कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाका कृषि अधिकृत श्यामशरण कुर्मीले २० जना आबद्ध समूहमार्फत १४० रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारीखेती भएको जानकारी दिनुभयो ।

“समूहमा आबद्ध नभएका कृषकलाई पनि समेटेर बन्दा, काउली, काँक्रो, करेलालगायत तरकारीखेती भएको छ,” उहाँले भन्नुभयो, “पकेट कार्यक्रममार्फत कृषकलाई अनुदानमा बीउ, कृषि औजार र प्रविधि सहयोग गरेका छौँ ।”

गाउँपालिकाको रु ११ लाख ९९ हजार ३२२ र कृषकको रु आठ लाख ५४ हजार ८९८ गरी कुल रु २० लाख ५४ हजार २२१ को लागतमा यस वर्ष विभिन्न कार्यक्रम भएको छ । कृषकले सिँचाइ सामग्रीमा ८५ प्रतिशत र अन्यमा ५० प्रतिशत अनुदान पाएका छन् ।

आठवटा प्लाष्टिक घर निर्माण, चारवटा मिनिटेलर हलो, पाँच तराजु, एक हजार लिटर क्षमताको १३ वटा सिँचाइ ड्रम, दुई हजार ४०० मिटर पाइप, २५ वटा पाँच लिटर क्षमताको हजारी, १६ लिटर क्षमताको १३ वटा स्प्रेयर, २०० वटा क्रेट, नौवटा थोपा सिँचाइ सेट, १४० थान स्पिङ्कल, ९८ किलोग्राम लुज पाइप र १०० वटा सिड ट्रे वितरण गरिएको छ ।

रु एक लाख ३५ हजारको बीउ, रु एक लाखको सुष्म तत्व र जैविक मल, रु एक लाखको विषादी तथा रु ३० हजार बराबरको २०० किलोग्राम पिटमस वितरण गर्नाका साथै तीनदिने तरकारीखेतीसम्बन्धी तालिम सञ्चालन भएको थियो । उच्च पहाडी भूगोलको चिसो हावापानीमा तरकारीखेती राम्रो हुने भएकाले पकेट क्षेत्र स्थापना गरिएको हरिमूल कृषि समूहका अध्यक्ष थमबहादुर पुर्जाले बताउनुभयो । टिकोटका कृषकले उत्पादन गरेको तरकारी बेनी, जोमसोम, पोखरा, बागलुङलगायतका ठाउँमा बिक्री हुने गर्छ ।

दुई वर्षसम्म सञ्चालन हुने कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा रु छ लाख बजेट प्रस्ताव गरिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो ।रासस

हीरक महोत्सवले गरायो ‘अन्नपूर्ण प्रथम’को वास्तविक चिनारी
म्याग्दी । विश्वमा आठ हजार मिटर अग्ला हिमालमध्ये सबैभन्दा पहिलोपटक मानव पाइला परेको ‘अन्नपूर्ण प्रथम’ हिमालको आफ्नो पहिचान र चिनारी ढिला गरी स्थापित भएको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो ।

हिमालमा मानव पाइला परेको हिसाबले जेठो हिमालको नामले परिचित अन्नपूर्ण प्रथम हिमालको वास्तविक पहिचान र चिनारी अन्नपूर्ण हीरक महोत्सवले दिएको हो । पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गर्न प्रयोग भएको आधार शिविर र पदमार्ग म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ । यसअघि कास्की र राजधानी काठमाडौँ केन्द्रित कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएकामा पहिलोपटक वास्तविक भूगोलमै सरकारी तवरबाट अन्नपूर्ण आरोहण दिवस मनाइएको हो ।

गाउँपालिकाको नेतृत्वमा नेपाल पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, टान, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको आयोजनामा अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा यही जेठ १६ देखि २२ गतेसम्म अन्नपूर्ण हीरक महोत्सव मनाइएको छ ।

हीरक महोत्सवको मूल समारोहलाई उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली नारच्याङ आउनुभएको थियो । धेरै कोसिस र प्रयास गरेर अन्नपूर्ण आरोहण दिवसलाई वास्तविक भूगोलमा मनाउन सम्भव भएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

“अन्नपूर्णको गुमेको पहिचान फिर्ता ल्याउन अन्नपूर्ण हीरक महोत्सवले सम्भव भएको छ, हिजोको दिनमा आरोहण आधार शिविर र पदमार्ग गुमनाम थिए, अब राज्य र सरोकारवाला सबैलाई वास्तविकताबारे जानकारी भएको छ, अब यस क्षेत्रको पर्यटन विकासमा रचनात्मक सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो ।

प्रधानमन्त्री र फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभलदेखि प्रथम आरोही मौरिस हर्जोगका छोरा माथिएसलगायतका परिवारका सदस्य र फ्रान्सेली नागरिकहरुको समेत सहभागितामा अन्नपूर्ण हीरक महोत्सव मनाइएकाले आगामी दिनमा अन्नपूर्ण आधार शिविर र पदमार्गको प्रचारप्रसारमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

हीरक महोत्सवका अवसरमा करिब २०० जनाको सहभागितामा नारच्याङदेखि आधार शिविरसम्मको पदयात्रा, आधार शिविरदेखि नारच्याङ गाउँसम्मको ३८ किलोमिटर लामो म्याराथन दौड प्रतियोगिताका साथै नारच्याङमा मूल समारोह र पुख्र्यौली नृत्य प्रस्तुतिलगायत कार्यक्रम समावेश गरिएको थियो ।

हिमाल आरोहणको इतिहासमा नेपालकै जेठो हिमालका रुपमा परिचित भए पनि आरोहण भएको वास्तविक भूगोल ओझेलमा परेकाले हीरक वार्षिकोत्सवलाई आरोहण आधार शिविरमै आएर मनाइएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिनुभयो ।

“जेठो हिमालका रुपमा अन्नपूर्ण हिमालको संसारभर नाम फैलिए पनि वास्तविक आरोहण आधार शिविर उपेक्षामा परेको रहेछ, हामीले यस पटक सबै सरोकारवालासँग समन्वय गरेर अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमै आएर आरोहण दिवस मनाएका छौँ, यसले अन्नपूर्णको लुकेको पहिचानलाई अन्तरराष्ट्रियकरण गर्न सघाउ पुग्ने विश्वास गरेका छौँ”, लामिछानेले भन्नुभयो ।

सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । आरोहण मार्गको हिसाबले ऐतिहासिक महत्व बोकेको भए पनि प्रचारप्रसार र पूर्वाधार निर्माणको अभावले अन्नपूर्ण प्रथम आधार शिविर ओझेलमा परेको थियो ।

अन्नपूर्ण हिमाल आरोहण दिवस यसअघि पोखरा आसपासका क्षेत्रमा मनाउने गरिएकामा यस पटक हिमाल आरोहणमा इतिहास बोकेको अन्नपूर्ण प्रथम आधार शिविरमै आएर मनाउँदा यसले न्याय भएको महसुस भएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

भौगोलिक विकटता रहेको र राज्यको माथिल्लो निकायमा पहुँच राख्न नसकेको कारण अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्गमा पूर्वाधार निर्माण हुन सकेको थिएन भने यहाँको पहिचानसमेत गुमनाम बनेको थियो ।

सन् २०१० मा हेलिकप्टरमार्फत नारच्याङ गाउँ आउनुभएका प्रथम आरोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम आधार शिविरको ऐतिहासिक महत्वबारे स्थानीयवासीलाई अवगत गराएपछि विसं २०६८ मा नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङको नेतृत्वमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग पहिचान गरिएको थियो ।

“हामीले वर्षौं लगाएर पदमार्गलगायत पूर्वाधार बनाएका हौँ, हर्जोगकै सम्मानमा हामीले उहाँकै नामबाट मौरिस हर्जोग पदमार्गका रुपमा नामकरणसमेत गरेका छौँ, वर्षांैदेखि ओझेलमा परेको यो क्षेत्रले पहिलोपटक हीरक महोत्सवमा न्याय पाएको अनुभूति गरेका छौँ,” पदमार्गका अभियानकर्मी गुरुङले भन्नुभयो ।

उहाँका अनुसार हीरक महोत्सवका अवसरमा आधार शिविरमा प्रथम आरोहीहरुको सालिक अनावरण गर्नाका साथै अहिलेसम्मका सबै आरोहीहरुको अभिलेख समेत खुला सङ्ग्रहालय बनाएर राखिएको छ । प्रथम आरोही हर्जोगले हिमाल आरोहणमा प्रयोग गरेका उपकरण नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण गरिएको छ । रासस

बजेट अभावले रोकिए बहुवर्षीय सडक योजना
म्याग्दी । म्याग्दीमा गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित सात वटा बहुवर्षीय सडक आयोजना निर्माण ठप्प भएको छ । बजेट अभावका कारण गत चैत महिनादेखि सडक निर्माण ठप्प भएको हो ।

गत वर्ष म्याग्दीमा सात वटा सडक स्तरोन्नति र दुई वटा मोटरेबल पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको थियो । अर्थ मन्त्रालयले रु एक अर्ब २० करोड बजेटको स्रोत सुनश्चितता गरेको थियो । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित गत वर्ष ठेक्का सम्झौता भएका तीन आयोजनामा यस वर्ष रु एक करोड ५० लाख देखि दुई करोड मात्र बजेट बिनियोजन भएको थियो ।

सरकारले स्रोत सहमति र सुनश्चितता गरेर बहुवर्षीय ठेक्का सम्झौता भइसकेका योजनाका लागि पर्याप्त बजेट व्यवस्थापन नगरेका कारण निर्माण प्रभावित भएका गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले बताउनुभयो ।

“बिनियोजन भएको बजेट हिउँद सकिएपनि सबैजसो निर्माण कम्पनीले चैतसम्म काम गरिरहेका थिए”, उहाँले भन्नुभयो, “सरकारले रकमान्तर अथवा अन्य स्रोत व्यवस्थापनमा ढिलाइ गर्दा रोकिएको निर्माण नयाँ आर्थिक वर्ष नलाएसम्म सञ्चालन हुने देखिएन् ।”

विषयगत मन्त्रालयका सचिव, मन्त्रि र मुख्यमन्त्रीलाई काम भइरहेका तथा सम्पन्न हुने चरणका योजनामा बजेट अभाव हुन नदिन आग्रह गरेपनि वेवास्ता गरेका जुग्जालीले गुनासो गर्नुभयो । बेनी–पाखापानी, बेनी–दरवाङ, धारापानी–ताकम–शिवाङ, अदिभारा–डाडागाउँ, पखेर–बङ्जा, बगरफाँट–भकिम्ली सडक आयोजना पूर्ण रुपमा ठप्प छन् ।

खारा–बिम सडक र शिवरात्रिखोला मोटरेबल पुलका ठेकेदारले कामको गति घटाएका छन् । चित्रे–घोडेपानी सडक र दरखोला मोटरेबल पुल योजनाका ठेकेदारले निर्माण सुरु नै गरेका छैनन् ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले चैतमा बहुवर्षीय योजनाहरुका लागि मन्त्रालयमा रु १३ करोड ९० लाख थप बजेट प्रस्ताव गरेको थियो । बेनी–दरवाङ सडकको तेस्रो खण्डका ठेकेदार बिरुवा–क्याराभानलाई मात्र आन्तरिक रकमान्तर मार्फत रु एक करोड भुक्तानी भएको छ ।

पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख विष्णुप्रसाद पौडेलले बिनियोजित बजेट भुक्तानी भइसकेको र रकमान्तर अथवा थप बजेट व्यवस्थापन नहुँदा निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकेको बताउनुभयो ।

अर्जेखोलाको मोटरेबल पुलका ठेकेदारले गत असारमै लक्ष्यभन्दा एक वर्ष अघिनै काम सकेपनि अझै भुक्तानी पाएका छैनन् । अदिभारा मोटरेबल पुलका ठेकेदारले भने बजेट सकिएपनि निर्माणलाई पूर्णता दिने उद्देश्यले काम गरिरहेका छन् ।

पखेर–बरङ्जा सडक योजनाका निर्माण व्यवसायी जीवन रोकायाले सरकारले बजेट व्यवस्थापन गर्न नसकेपछि निर्माण स्थगित गरेको बताउनुभयो । रासस

म्याग्दीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
म्याग्दी । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग१६प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग२ख २१३९ नंको बसमा ठोक्किँदा दुर्घटना भएको हो ।

मोटरसाइकल चालक वीरगञ्जका अन्दाजी २० वर्षीय अफताप सलमानको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख श्यामबहादुर रानाले बताउनुभयो । अफताप दानामा मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गर्दै आएका थिए । बसका चालकले तीव्र गतिमा मोटरसाइकल आफूूतर्फ आइरहेको देखेपछि आफ्नै साइडमा गाडी रोकेका थिए । मोटरसाइकल एक्कासी गाडीमा आएर ठोक्किँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।