मुनकेक – News Polar

चीनमा मध्यशरद चाड अर्थात् ‘केक पर्व’को रौनक
चीन । केही हप्ता अगाडिदेखि चिनियाँ बजारमा एक प्रकारको ‘रोटी’ अर्थात् केकको बिक्री भइरहेको छ।

यो केक नियमित खाइने नभएर कुनै एक साँझ मात्र खाइने एक प्रकारको चिनियाँ सांस्कृतिक खानेकुरा हो। एउटा साँझ मात्र खाइने केकले बजार भरिभराउ भएको देख्ता गैर चिनियाँहरु चाहिँ आश्चर्य मान्छन्। परम्परागत चिनियाँ पात्रो अनुसार आठौँ महिनाको १५ औँ दिन एउटा चाड पर्छ।  चिनियाँ नयाँ वर्ष जनवरीको अन्तिम तथा फेब्रुअरीको पहिलो साताबाट सुरु हुने गर्दछ।

यो चाडलाई चिनियाँ भाषामा चुङछुङच्ये भनिन्छ। चुङको अर्थ मध्य हो भने छुङको अर्थ शरद हो अनि च्ये भनेको चाहिँ चाड हो। यतिबेला चीनमा शरद ऋतुको मध्य पर्दछ। अनि आज (बिहीबार)साँझ चिनियाँहरु चन्द्रमा हेर्दै केक खाँदै गरेका हुनेछन्।चिनियाँ भनाइ अनुसार मध्यशरत चाडका दिन चन्द्रमा पृथ्बीको सबैभन्दा नजिक आइपुग्छ र सबैभन्दा बाटुलो पनि देखिन्छ। तसर्थ यो साँझ चिनियाँहरुले चन्द्रमा हेर्दै केक खान्छन्।

नेपालीमा रोटी र केक फरक भए पनि यसलाई चिनियाँ भाषामा ‘युएपिङ’ भनिन्छ। युए भनेको चन्द्रमा हो भने पिङ भनेको रोटी। तर अंग्रेजीमा चाहिँ मुनकेक भनिएकाले रोटी र केक पर्याय बन्न गएका हुन्।

तर्सथ यसलाई ‘मुनकेक फेस्टिभल’ पनि भनिन्छ। परापूर्वदेखि मनाइँदै आएको यो चाडलाई सातौ शताब्दीमा चीनको थाङ राजवंशले राष्ट्रिय चाडका रुपमा मनाउन थालेको हो। यो चाड मनाउनका लागि टाढा पुगेका परिवारका सदस्यहरु एकै ठाउँ भेला हुनैपर्ने भएकाले यसलाई पारिवारिक पुनर्मिलनको चाडका रुपमा लिइन्छ। अहिले पनि यो चाडका अवसरमा चीनमा सार्वजनिक विदा हुने गर्छ। यो चाड मनाउँदा चन्द्रमा हेर्नै पर्ने मान्यता छ। बरण्डा अथवा झ्यालको छेउमा गएर चन्द्रमा हेर्दै चिनियाँहरु केक खान्छन्।

मुख्य रुपमा पिठोमा अण्डा र विभिन्न फलफूल मिसाएर बनाइने केकलाई बासनादार र स्वादिलो बनाउनका लागि विभिन्न फूलको रस मिसाउने गरिन्छ। मूलतः यो चाड मनाउनका लागि तीनवटा कुरा हुन अनिवार्य छ। पहिलो केक, दोस्रो चन्द्रमा देखिनु र तेस्रोमा पारिवारिक पुनर्मिलन। केक र पारिवारिक पुनर्मिलन त मानवीय नियन्त्रणमा हुन सक्छ तर मौसम बिग्रिएर आकाश बादलले ढाक्यो भने के गर्ने त्यस्तो भएमा दुर्भाग्यपूर्ण मानिन्छ।

यही दुर्भाग्यलाई व्यवसाय गर्नका लागि सन् २०१३ मा एक चिनियाँ बिमा कम्पनीले मुनकेक फेस्टिभललाई लक्षित गरी बिमा प्रिमियम बेचेको थियो। बेइजिङ, शाङहाई, क्वाङचौ र शनचनमा बस्ने व्यक्तिले २० युआन प्रिमियम तिरेपछि यदि मौसम खराब भएर साँझ ८ देखि १२ बजसम्म चन्द्रमा देख्न नसकेमा ५० युआन क्षतिपूर्ति पाउने व्यवस्था थियो। त्यसैगरी चीनका अध्य ४१ सहरमा ९९ युआनको प्रिमियम किनेपछि उल्लिखित समयमा चन्द्रमा नदेखिएमा १८८ क्षतिपूर्ति पाउने भनिएको थियो।

त्यो समयमा ५ हजारले बिमा गराएका थिए तर त्यसपछि यसप्रकारको अनौठो बिमा गराइएको छैन। पहिले पहिले घरमा गोलो ठूलो रोटी पकाएर परिवारका सदस्यबराबर भाग लगाएर चन्द्रमा हेर्दै खाने चलन थियो। मान्यता कति कडा थियो भने सो रोटीलाई भाग लगाउँदा परिवारका सदस्यभन्दा एक टुक्रा पनि घटीबढी बनाउन पाइन्नथ्यो।

हिजोआज बनिबनाउ केक बजारमा छ्यापछ्याप्ती किन्न पाइने भएपछि चिनियाँहरु घरमा बनाउँदैनन्। सानो संख्यामा रहेका परिवारका सदस्यभन्दा बजारबाट किनिएका बट्टामा रहेका केकको संख्या पक्कै पनि बढी हुन्छ। त्यसमाथि साथीहरुबाट यो समयमा पाउने उपहार पनि यही केकका बट्टाहरु नै हुन्। त्यतिमात्र होइन आफूले काम गर्ने ठाउँबाट पनि उपहारका रुपमा केकका बट्टाहरु ओसारिरहेका हुन्छन् चिनियाँहरु।

लक्जरी प्याकेजिङको आलोचना

विगत केही वर्षदेखि बजारमा बेच्न राखिएका मुनकेकमा अत्यधिक प्याकेजिङको तीब्र आलोचना हुन थालेको छ। विशेषगरी वातावरण मैत्री बनाउन यसका अभियन्ताहरुले हरेक वर्ष मुनकेक उत्पादनकर्ता तथा विक्रेताहरुलाई प्याकेजिङलाई सरल बनाउन भनिरहेका छन्। उपभोक्ताको क्रयशक्तिमा भएको बढोत्तरी र बजारलाई आकर्षण गर्नका लागि भड्किला प्याकेजिङहरुमा कमी आएको छैन। बाक्ला कागज र प्लाष्टिकमामा गरिएका प्याकेजिङसँगै विभिन्न टिन, स्टिल तथा एल्मुनियमका बट्टामा मुनकेकलाई प्याक गर्ने चलन बढ्दै गएको छ। यस प्रकारका प्याकेजिङका मूलतः दुईवटा बेफाइदा रहेका छन्।

पहिलो यसरी प्याक गरिएको मुनकेको मूल्य महङ्गो पर्छ र उपभोक्तामाथि आर्थिक भार थोपरिन्छ। दोस्रो यसले वातावरणलाई प्रदूषित गर्दछ। मध्यशरत चाडका दिन केक खाएपछि प्याक गरिएका कागज, प्यास्टिक, टिन, स्टिल तथा एल्मुनियमका महङ्गा बट्टाहरुको कुनै प्रयोग हुँदैन। फलतः यिनीहरु डम्पिङ हुन्छन्। त्यसकारण मुनकेकमा भएको अत्यधिक प्याकेजिङले चीनले पछिल्लो समय अँगालेको हरित विकास र कम कार्बन उत्सर्जन पहललाई चुनौति दिएको छ।

चीन विश्वकै सबैभन्दा ठूलो विकासोन्मुख मुलुक हो। सुधार र खुलापनसँगै चीनले अन्धाधुन्द विकास गर्दा चीनको वातावरण ध्वस्त जस्तै भएको थियो। सी चिनफिङ सत्तामा आएपछि व्यवस्थित र वातावरणमैत्री विकास अँगाल्दै पर्यावरण स्वच्छतालाई प्राथमिकता दिन थालिएको छ। विगत पाँच वर्षमै बेइजिङ लगायत अत्यधिक जनसंख्या भएका शहरको आकाश निलो देखिन थालेको छ।

यद्यपि चीनका शहरहरुलाई पूरै स्वच्छ बनाउनका लागि अझै निकै लामो यात्रा र ठूलो मिहिनेतको आवश्यक छ। पर्यवारणीय स्वच्छताका लागि चीन सरकारको अभियानमा चुनौतिको एउटा उदाहरण मात्र हो मुनकेकको प्याकेजिङ। चीन देश नै त्यस्तो हो जहाँ उत्पादित सामग्रीको गुणस्तरभन्दा प्याकेजिङमा बढी ध्यान दिइन्छ। उपभोक्ताको आँखा झट्ट प्याकेजिङमा पर्ने भएकाले महङ्गो पैसा तिर्न उनीहरु तयार हुन्छन्। मुनकेक त्यस्तो पदार्थ हो जो एक साँझमा मात्र खाइन्छ।

एउटा साँझमा चन्द्रमा हेर्दै खाने केही युआनको केकलाई प्याकेजिङले नै सयौँदेखि हजारौँ युआन पर्दछ। मुनकेक फेस्टिभलको दुई साता अगाडिदेखि सुपरमार्केट र डिपार्टेमेन्टल स्टोहरु मुनकेकका आकर्षक प्याकेजले सिँगारिएका हुन्छ। प्याकेजिङ पनि कस्ता कस्ता भने चीनका ऐतिहासिक सांस्कृतिक सम्पदा फर्बिडन सिटी, टेम्पल अफ हेभन, लामा टेम्पल लगायतका स्थानको फोटो अंकित टिन तथा एल्मुनियमका बट्टाहरु हुन्छन्।

यसप्रकारको भड्किलो प्याकेजिङलाई रोक्नका लागि चिनियाँ अभियन्ताहरुले आवाज उठाउन थालेका छन्। उद्योग तथा वाणिज्य संघहरू, उपभोक्ता संघहरू र अन्य विभागहरूले सक्रिय रूपमा सुपरिवेक्षणको गर्नुपर्ने र अत्यधिक प्याकेजिङ देख्नासाथ तुरून्तै रोक लगाउनु पर्ने उनीहरुको आवाज रहेको छ।

यसप्रकारको लक्जरी प्याकेजलाई उपभोक्ता आफैँले बहिस्कार गर्नुपर्ने विचार पनि चिनियाँ समाजिक संजालहरुमा देख्न सकिन्छ। स्वास्थ्यका दृष्टिले पनि ‘लक्जरी’र ‘हार्डकभर’ प्याकेज भएका मुनकेकभन्दा सामान्य प्याकेज भएका मुनकेक उपयुक्त हुने ठानिन्छ।

-पत्रकार आचार्य सीआरआई नेपाली सेवामा कार्यरत हुनुहुन्छ ।