मुगु – News Polar

मुगुमा अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा
काठमाडौं । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मुगुका विभिन्न पाटनमा यार्सागुम्बा सङ्कलन गर्न गएका एक बालिकासहित २५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।

“अनुमतिविना पाटन वन क्षेत्रमा प्रवेश गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ, उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ”, उहाँले भन्नुभयो ।

मुगुम कार्मारोङ गाउँपालिकाले यार्सागुम्बा सङ्कलनसम्बन्धी सूचना प्रकाशित गरेको छैन । यार्सागुम्बा सङ्कलनको समय नजिकिँदै गर्दा मुगुका यार्सापाटनमा सुरक्षा बढाइएको छ ।

मुगुका दुई दर्जनभन्दा बढी वन तथा पाटनमा पाइने बहुमुल्य, बहुउपयोगी जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, अछामसहित मुलुकभर र भारतबाट सङ्कलनकर्ता र खरिदकर्ता पाटन पुग्ने गरेका छन् ।

यार्सागुम्बा दुर्गमका जनताको प्रमुख आर्थिक स्रोतका रुपमा रहेको छ । यहाँ जनता आफ्नो वर्षभरिको पारिवारिक खर्च यार्सागुम्बा बिक्रीबाटै जुटाउने गर्दछन् ।

मुगुमा चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन
मुगु । आसन्न दसैँतिहारजस्ता ठूला चाडपर्वलाई ख्यालगर्दै सोमबारदेखि यहाँ सहुलियत मूल्य पसल सञ्चालन गरिइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयद्वारा सञ्चालन गरिएको पसलमा सहुलियत दरमा दैनिक उपभोग्य सामग्री राखिएका छन् ।

पसलमा उपभोक्ताले चामल, तेल, चिनीलगायत प्रमुख खाद्य सामग्री छुट मूल्यमा खरिद गर्न सक्नेछन् । बजारमा सामान्यतया महँगो मानिने रिम्स जिरा चामलदेखि अरुवा सोना चामल, मध्यम तथा मोटा चामलसम्म सस्तो मूल्यमा पाइने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । त्यस्तै सूर्यमुखी, तोरी र सोयाबिन तेल तथा चिनी पनि छुटमा बिक्री गर्ने तयारी गरिएको छ ।

सहुलियत पसलबाट कृत्रिम मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । हरेक चाडपर्वमा बजारमा अचानक मूल्य बढ्ने, उपभोक्तालाई ठगिने तथा व्यापारीले कृत्रिम अभाव सृजना गर्नेजस्ता समस्या देखिने भएकाले यसपालि समयमै सहुलियत पसल सञ्चालन गरिएको शाखा प्रमुख केशव गिरीले जानकारी दिनुभयो ।

स्थानीय उपभोक्ताले भने सहुलियत पसलले आफूहरूलाई प्रत्यक्ष राहत पुगेको बताएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार सहुलियत पसल नियमित रूपमा सञ्चालन हुने र आवश्यकताअनुसार थप सामग्री उपलब्ध गराउने तयारी गरिएको छ ।

मुगुमा करेन्ट लागेर दश खच्चर मरे
मुगु । विद्युत सेवा चुहावट हुँदा छायानाथ रारा नगरपालिका–११ कुसा टाउमा दश खच्चर मरेका छन् । जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै गरेका ती खच्चरलाई नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत चुहावट हुँदा सो करेन्ट लागेको थियो ।

प्राधिकरणले कम क्षमताको ट्रान्समिटर राख्दा र विद्युत्को अर्थिङ सुरक्षित नबनाउँदा आइतबार दिउँसो ती खच्चरलाई करेन्ट लागेको खच्चड धनी छायानाथ–१ का स्थानीय कन्नबहादुर मल्लले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पानी परिरहेका बेला सडक छेउमा रहेको ट्रान्समिटरबाट विद्युत जमिनमा बगेको रहेछ हामीलाइ थाहै भएन, एक्कासी १० खच्चर करेन्ट लागेर मरे, मलाई पनि करेन्ट लागेको थियो चप्पल लगाएको हुनाले सामान्य झड्कामात्र लाग्यो म बचेँ ।” उहाँका अनुसार एउटा खच्चरको मूल्य एक लाख ५० हजारभन्दा बढी पर्दछ । उहाँले खच्चरको क्षतिपूर्ति दिन प्राधिकरणसँग माग गर्नुभयो ।

छायाँनाथ रारा–१ का कर्णबहादुर मल्लका चार, वडा नं १० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका तीन–तीनवटा खच्चर मरेका हुन् । गत शुक्रबार मात्र पनि वडा नं १२ कम्फागाउँ निवासी खड्कबहादुर बुढाको भैँसी करेन्ट लागेर मरेको थियो ।

नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रले वितरण गरेको विद्युत् सेवा व्यवस्थित र सुरक्षित नबनाउँदा यहाँ दिनहुँ स्थानीयले सास्ती भोग्नुपरेको बढुवालले बताउनुभयो ।

केन्द्रका प्रमुख साजन ऐडीले वर्षात र हुरीबतासका कारण विद्युत सेवा प्रभावित हुँदा समस्या भएको र नियमानुसार पाउने क्षतिपूर्तिका लागि आफूले प्रादेशिक र केन्द्रीय कार्यालयमा सिफारिस गर्ने जानकारी दिनुभयो । रासस

मुगु ६५औँ साक्षर जिल्ला
मुगु । विकट हिमाली जिल्ला मुगुलाइ साक्षर जिल्ला घोषणा गरिएको छ । आज एक औपचारिक कार्यक्रम गर्दै मुगु साक्षर जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका चार स्थानीय तहहरुले साक्षर पालिका घोषणा गरेसँगै मुगु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिले आयोजना गरेको साक्षर जिल्ला घोषणा कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।

जिल्ला समन्वय समिति प्रमुख मन्जनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न साक्षर जिल्ला घोषणा कार्यक्रममा सामाजिक विकास मन्त्री भण्डारीसहित सरोकारवालाले सामुहिक रुपमा घोषणापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

“हिजोका दिनमा गाउँघरमा परदेशबाट आफन्तहरुले पठाएको चिठी पढ्न गाउँमा पढेको मान्छे खोज्दै हिँडनुपर्ने अवस्था थियो । अब त्यो अवस्था छैन, आज सबै पढ्न सक्ने भएका छन्”, नेपाल शिक्षक महासङ्घका जिल्ला अध्यक्ष विष्णुमाया भामले भन्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष नृपेन्द्रबहादुर मल्लले साक्षर जिल्ला घोषणा गरिएपनि स्थानीय तहहरुले साक्षरताको १२ सूचकमध्ये छ सूचक मात्र पूरा गरेको र बाँकी छ वटा सूचक पनि पूरा गर्न सुझाव दिनुभयो । नागरिक अगुवा रुपबहादुर मल्लले साक्षर जिल्ला घोषणामा मात्र सीमित नरहनुपर्ने बताउनुभयो ।

दुर्गम जिल्लाको स्वास्थ्य, शिक्षाको गुणात्मक सुधारका लागि आफूले कर्णाली प्रदेश सरकारमा उपलब्धीमूलककार्यमा ध्यान दिने सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मुगु साक्षर घोषणा भएसँगै देशका ६५ जिल्ला साक्षर घोषणा भएका छन् । अझै १२ जिल्ला साक्षर घोषणा हुन बाँकी छन् ।

कार्यक्रममा स्थानीय देउडा, हुड्के नाचसहित विभिन्न विद्यालयले साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।

मुगुको मुहार काठमाडौंमा -फोटो फिचर
काठमाडौं । आन्तरीक तथा बाह्य पर्यटकको प्रमुख रोजाईमा रहेको मुगु जिल्ला झल्कने गरी काठमाण्डौमा तस्बिर,भिडियो, कर्णालीमा उत्पादीत सामाग्रीहरु शनिबार देखि प्रर्दशनी सुरु गरीएको छ ।

आईतबार मध्यान्न प्रर्दशनी अबलोकन गर्न पुग्नु भएका वन तथा बाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जिल्ला नै पुगेको अनूभुत गर्नुभयो । कार्यक्रम आयोजक मध्येका एक फोटो पत्रकार भरतबन्धु थापाले मन्त्री शााहीले फोटो बारे बुझाउन खोज्दा उहाँले भन्नुभयो ‘यो त सबै मेरो पेरीफेरीको ठाउ हो । निकै सुन्दर फोटो खिच्नु भएछ । मुगुको मुहार काठमाडौ ल्याईदिनुभएकोमा धन्यबाद ।’

फोटो हेरेपछि मन्त्री शाहीले न्यूजपोलारसंग भन्नुभयो ‘पर्यटनका हिसाबले कर्णालीमा अपार सम्भाबना छ तर त्यसको प्रचुर प्रसार प्रसार हुन सकेन , पूर्वाधारको कमिले पर्यटक पनि कम पुगे पुगेकाहरु पुन जान कठिन मान्छन् । उहाँले भन्नुभयो त्यहा पुग्नको दु ख त छदैछ पुगेपछिको गाँस बाँसको दु खले गर्दा पनि कर्णाली ओझेलमा पर्‍यो । पूर्वाधारमा राज्य र नीजि क्षेत्रबाट लगानी हुने हो भने कर्णालीले मुहार फेर्छ ।’

कार्यक्रममा रहनु भएका पर्यटक व्यवसायी तथा रारा होल्डिङस् प्रालिका अभिषेक विक्रम शाहले भन्नुभयो ‘स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा पर्यटक आकर्षित गर्न सकिएको छैन । यदि रारामा मात्र पर्याप्त पूर्वाधार बनाउने हो भने यस क्षेत्र कै कायापलट हुन सक्छ ।’

अष्ट्रेलियाको एक्सपर्ट ग्रुप र रारा होल्डिङस् प्रालिको सयुक्त लगानीमा मुगुको छायानाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा लक्जरी रिसोर्ट बनाउने संम्झौता भएको छ ।

मुगुको मुगुमकार्मारोङ्ग गाउँपालिकाको ठूलो कोइकी पाटन क्षेत्रमा चरिरहेका चौँरीगाईहरु ।

शब्द दृश्य ,चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली “कनेक्टिङ कर्णाली” अभियान अन्तगर्त मुगु जिल्लाको प्रर्दशनी सुरु गरीएको हो । मनघरी फाउण्डेशनको आयोजनामा शनिबार देखि सुरु भएको प्रर्दशनी सोमबार सम्म जारी रहने छ ।

ताल्चा विमानस्थल । यो रारा तालको प्रवेशद्वारका रुपले पनि प्रख्यात छ । यो विमानस्थल २ हजार ७ सय ३५ मिटर उचाइमा छ ।

संघिय राजधानीमा कर्णाली प्रदेशका जिल्लाहरुलाई शब्द,चित्र र भिडियोका साथै कर्णालीमा उत्पादीत सामाग्रीहरु मार्फत कर्णालीका संम्भावना र सुन्दरतालाई पस्कने क्रममा असार महिनामा दैलेखको प्रर्दशनी गरेका थियो भने साउन महिनामा मुगु जिल्ला प्रर्दशन गर्न लागिएको कनेक्टिङ कर्णालाका परिकल्पनाकार एव मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए ।

आन्तरीक पर्यटकको प्रमुख रोजाईमा रहेको रारा तालको सबै मौसमको तस्बिरहरु राखिएको छ । रारा ताललाई हिउले ढपक्क ढाक्दा र रगिविरगी फुलहरुले घेर्दा रारा तालको सुन्दरता मनोमोहक देखिएको छ ।

प्रर्दशनीमा मुगु जिल्लामा अवस्थित धार्मिक, पुरातात्वीक, प्राकृतीक सुन्दरता सहित मुगु जिल्ला झल्कने गरी २५ वटा तस्बिरका साथै मुगु जिल्लाई केन्द्रित गरी कर्णाली झल्कने भिडियो प्रर्दशनी र उत्पादीत सामाग्री प्रर्दशनीमा राखिएको आयोजकले जनाएको छ ।

मुगु जिल्ला सदरमुकाम गमगढीदेखि उत्तर पश्चिममा रहेको चंखेली हिमाल ।

अहिले देशको सबैभन्दा स्वच्छ उद्योगका रुपमा पर्यटन क्षेत्र नै छ । जुन क्षेत्रका लागि कर्णाली प्रदेश विल्कुल नयाँ गन्तव्य बन्न सक्ने अथाह सम्भावना छन् । तर तीनिहरुको उचित प्रचार प्रसार हुन सकेको छैन , यही कुरालाई मनन गर्दै कार्यक्रम गर्न लागेको अध्यक्ष भरतबन्धु थापाले बताए । प्रर्दशनीमा भरतबन्धु थापाका १४ वटा तस्बिर, कबिराज कार्कीका ९ वटा तस्बिर र कुबेर राज कार्कीका २ वटा तस्बिर तस्बिर रहेको छ । भिडियोहरु मनघरी फाउण्डेशनले तयार गरेको आयोजकले जनाएको छ ।

माघको महिना हिउँले ढपक्क ढाकेको बेला सूर्योदय हुँदा देखिएको रारा ताल ।

साउने संक्रान्तिको साँझ दियालो बाल्दा झिलिमिली देखिएको मुगाली वस्ती ।

गान्टेमुला (स्थानीय भाषामा चोतो)बाट असुरो बनाउँदै स्थानीय महिला ।

मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु
मुगु । हिमाली जिल्ला मुगुमा पहिलो पटक पटक व्यावसायिक रुपमा फुजी स्याउको उत्पादन सुरु भएको छ । यसअघि स्थानीय जातको स्याउ उत्पादन र बिक्री गरिँदै आए पनि नयाँ जातको स्याउको बिरुवा वितरण भएको दुई वर्षपछि बिरुवाले उत्पादन दिन थालेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले दुई वर्षअघि छायानाथ रारा नगरपालिका–५ र ४ का किसानलाई ‘फुजी गाभा’ जातका स्याउका बिरुवा वितरण गरेको थियो । उक्त जातका स्याउ उत्पादनका लागि मुगुको हावापानी उपयुक्त भएकाले बिरुवासहित अन्य आवश्यकीय पूर्वाधार, औँजार, प्राविधिक सहयोग गरिएको परियोजना, कार्यान्वयन इकाइ कार्यालय मुगुका प्रमुख तेज विक्रम मल्लले बताउनुभयो ।

उहाँका अनुसार बिरुवा लगाएको एक वर्षपछि स्याउका बिरुवाले स्याउ उत्पादन दिन थाले पनि दुई वर्षदेखि दिन थालेको स्याउ गुणस्तरीय हुन्छ । थोरै क्षेत्रफलमा धेरै विरुवा रोप्न मिल्ने र एउटै बोटमा धेरै स्याउ उत्पादन गर्न सकिने प्रमुख मल्लको भनाइ छ ।

परम्परागत जातको स्याउका बिरुवाप्रति हेक्टर तीन सय बिरुवा लगाउन सकिन्छ भने फुजी स्याउको बिरुवा प्रतिहेक्टर तीन हजारसम्म लगाउन मिल्छ । यो प्रविधिबाट लगाएको फुजी स्याउको बिरुवाले एक वर्षमै फल दिने भए पनि पहिलो पटकको स्याउ कम गुणस्तरको हुने र दोस्रो लटदेखि गुणस्तरीय उत्पादन हुन्छ ।

आथिक वर्ष २०७९/८० मा व्यावसायिक फुजी स्याउ उत्पादन गर्न पहिलो पटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुगुले उच्च घनत्व स्याउ प्रदर्शन कार्यक्रमअन्तर्गत दुई वटा कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा आठ सय बिरुवा उपलब्ध गराएको थियो ।

छायानाथ रारा नगरपालिका–४ अन्तर्गत मुसेचौर कृषि पशुपक्षी फर्मलाई पाँच सय बिरुवा र वडा ५ सक्षम कृषि पशुपंक्षी फामलाई तीन सय बिरुवा दिइएको थियो । यस वर्षदेखि प्रत्येक प्रतिबोटमा पाँचदेखि आठ केजीसम्म स्याउ उत्पादन भएको छ ।

अन्य स्याउको तुलनामा फुजी स्याउको माग राम्रो भएको र मूल्य पनि राम्रो पाउने गरेको मुसिचौर कृषि, पशुपक्षी फार्मका सञ्चालक मनबहादुर भाम बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “फुजी स्याउको बिरुवाले छिटै स्याउ उत्पादन दिने र लामो समयसम्म दिने भएकाले हामी जस्ता व्यावसायिक स्याउ खेतीमा लागेका किसानका लागि यो जातको स्याउ उपयुक्त लाग्यो ।”

व्यवसायी जसबहादुर बुढा बाबुबाजेले गर्दै आएको स्याउको तुलनामा यो जातको स्याउले राम्रो आम्दानी दिएको बताउनुभयो । “मेहनतअनुसारको प्रतिफल पाइने र थोरै जग्गामा पनि धेरै विरुवा रोप्न सकिने भएकाले यो राम्रो भएको छ”, उहाँले भन्नुभयो ।

परियोजना कार्यान्वयन इकाइले आव २०८०र८१ मा नौ सय बिरुवा वितरण गरेको र चालु आवमा तीन हजार फुजी स्याउका बिरुवा ५० प्रतिशत अनुदान छुटमा वितरण गर्ने लक्ष्य लिएको छ ।

परम्परागत जातको स्याउको बोटले बढीमा १० वर्षसम्म फल दिन्छ भने फुजी स्याउको बोटले कम्तीमा १५ वर्ष दिने गरेको इकाइ प्रमुख तेज विक्रम मल्लले बताउनुभयो । राम्रो सुरक्षा, गोडमेल र मलजल पाएमा २० वर्षसम्म फल दिनसक्ने उहाँको भनाइ छ । फुजी स्याउको उत्पादनबाट मात्रै यस वर्ष यहाँका किसानले रु पाँच लाखभन्दा बढी आम्दानी गरेका छन् । रासस

मुगुको डोल्फुमा यार्सा सङ्कलन गर्न जाँदा २३ घरमा लुटपाट
मुगु । मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो ।

हतियारधारी समूहले शनिबार साँझ डोल्फु गाउँमा घरघरमा खानतलासी गर्दै नगद, गहना, सरसामानलगायत बहुमूल्य सामान लुटेर लगेका मुगुम कार्मारोङका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनुभयो । “गाउँमा बूढाबूढी र बालबालिकका मात्र रहेको मौका छोपी हरियारधारी समूहले ५० घरमध्ये २३ घरमा लुटपाट गरेका छन्”, उहाँले भन्नुभयो । लुटेरा समूहले गाउँमा रहेका गुम्बाका पुजारीलाई समेत कुटपिट गरेको अध्यक्ष लामाले बताउनुभयो । उनीहरुले घरको हेरचाहका लागि राखिएका कुकुरलाई समेत कुटपिट गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले लुटपाटको खबर थाहा पाएपछि गाउँदेखि पाँच घण्टा टाढाको पुलु प्रहरीचौकीबाट प्रहरी टोली पठाएको बताउनुभयो । विगत वर्षमा पनि स्थानीयवासी यार्सागुम्बा सङ्कलनमा गएको समयमा सो गाउँमा लुटपाट हुँदैआएको थियो ।

मुगुम कार्मारोङ–१ का वडाध्यक्ष कार्मा तुन्डुक लामाले गाउँमा भएको लुटपाटबारे प्रहरीलाई जानकारी गराउनुभएको थियो । बन्दुक, तरबार, खुकुरीसहित आएको हतियारधारी समूहले घर फोडेर त्यहाँ रहेका सुन, चाँदी, पुराना भाँडाकुँडा, जडीबुटी, पुराना गरगहना, लत्ताकपडालगायत सामान लुटेर लगेको उहाँले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनास्थल सञ्चारको पहुँचभन्दा टाढा भएकाले त्यहाँ गएका प्रहरीसँग सम्पर्क गर्न मुश्किल भएको बताउनुभयो । मुगुम कार्मारोङ–१, ३ र ४ नम्बर वडाका वन तथा पाटन से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ओगटेको क्षेत्र हो । मुगुम कार्मारोङ गाउँँपालिकाले यही जेठ १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएको छ । स्थानीयवासी जेठ १० गते नै गाउँ छाडेर यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ गएका छन् । रासस

मुगुको गमगढीमा नि:शुल्क स्वास्थ्य शिविर, दुई हजार एक सयले लिए सेवा
सिमकोट । मुगुको गमगढीमा बृहत नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो शिविरबाट दुई हजार एक सय जना स्थानीय नागरिकले स्वास्थ्य जाँच गराएर लाभान्वित भएका छन् ।

काठमाडौँ मेडिकल कलेज, सिनामङ्गलका विशेषज्ञ चिकित्सकहरुको टोलीले कर्णालीका विभिन्न जिल्लामा पुगेर नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा बुधबार गमगढीमा सो शिविरको आयोजना गरिएका हो । सो शिविरमा नेपाली कांग्रेसका नेता एवं सांसद डा सुनिल शर्माको नेतृत्वमा सो अस्पतालका २५ जना विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी उपचारमा सहभागी भएका थिए ।

सो टोलीले हिजोमात्र हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाका एक हजार आठ सय जनालाई उपचार सेवा दिएको थियो । त्यसैगरी सो चिकित्सक टोलीले यसअघि यही वैशाख १३ गते डोटीको दिपायल र १५ गते बाजुराको तिलिचौरमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

गमगढीमा आयोजित सो शिविरमा मुटु रोग, बाथरोग, न्यूरोसम्बन्धी समस्या, पाठेघरको समस्या, दम, हाडजोर्नी, निमोनियालगातका रोगको स्वास्थ्य परीक्षण गरी नि:शुल्क औषधि वितरण गरिएको सांसद डा शर्माले जानकारी दिनुभयो । यसरी स्वास्थ्य जाँच गरिएका बिरामीमध्ये ९७ जनामा गम्भीर प्रकृतिको रोग देखिएको र उनीहरुको शल्यक्रिया गर्नुपर्ने भएकाले उनीहरुलाई काठमाडौँ रेफर गरिएको डा शर्माले बताउनुभयो ।

सामान्य रोग देखिएका र यहीँ सम्भव हुने नागरिकलाई यही शिविरबाटै उपचार दिने र गम्भीर रोग देखिएका या आशङ्का लागेकालाई बाटोखर्च समेत दिई काठमाडौँ बोलाइएको र सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा नि:शुल्क शल्यक्रिया तथा थप उपचार गरिने पनि डा शर्माले बताउनुभयो ।

उहाँले सुलभरुपमा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेका हुम्लालगायत कर्णाली र सुदुरश्चिमका स्थानमा पुगेर नि:शुल्क सेवा दिने उद्देश्यले यही वैशाख १३ गतेदेखि कर्णालीका विभिन्न जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर राखेर उपचार दिइएको जानकारी दिनुभयो । रासस

मुगुमा आगलागीमा परी दुई दाजुबहिनीको मृत्यु
काठमाडौँ। मुगुमा आगलागी परी एउटै घरका दाजुबहिनीको मृत्यु भएको छ ।

आइतबार राति १ बजे खत्याड गाउँपालिका–२ गाडेखोलास्थित लालु सञ्ज्यालको घरमा आगलागी हुँदा लालु सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो ।

आज बिहान ६ बजेतिर आगलागी भएको र दुई बालबालिका फेला नपरेको भन्ने खबर आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

शव पहिचान गर्न नसकिएपछि डाक्टरलाई बोलाएर शबको पहिचान गरी परिवारलाई दाहसंस्कारका लागि बुझाइएको प्रहरीले जनाएको छ ।

खाना पकाउने भान्सा कोठाबाट आगलागी सुरू भएको आगलागीबाट घरमा धनसम्पत्ति, पशु चौपाय र खाद्यान्न पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।

मुगुमा फैलिदै भाइरल इन्फ्लुएन्जा, तीन जनाको मृत्यु, एक सय ५० जना सिकिस्त
मुगु । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरुमा तीन जनाको ज्यान जाने गरी फैलिएको रुघाखोकी इन्फ्लुएन्जा भएको पुष्टि भएको छ ।

सोरु गाँउपालिका–६ का पुरुमुरु र जिमा गाउँमा डेढसाता अघिदेखि फैलिएको रुघाखोकीबाट तीन जनाको मृत्यु र एक सय ५० जना सिकिस्त भएका थिए । थला परेकामध्ये एक सय ३५ जना गरिएको परीक्षणमा इन्फ्लुएन्जाको लक्षण देखिएको उनीहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएको जिल्ला अस्पताल मुगुका डा कमल ढु्ङ्गानाले जानकारी दिनुभयो ।

इन्फ्लुएन्जा सङ्क्रमण पुष्टि भएपछि थप अनुसन्धानका लागि त्यस क्षेत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमोलोजी महाशाखा, विश्व स्वास्थ्य सङ्गठनको टोली र जिल्ला अस्पातल मुगुबाट तीन जना डाक्टरसहितको टोली उक्त क्षेत्रतर्फ लागेको मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले गाउँपालिकाले सो क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिसकेको छ । उहाँले दुवै गाउँमा अहिले बिरामीको सङ्ख्या कम हुँदै गएको बताउनुभयो । रुघाखोकीका कारण पुरुमुरुका ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृित छत्याल र २४ वर्षीया कुशुम ढोलीको रुघाखोकी र ज्वरोका कारण केही दिनअघि मृत्यु भएको थियो ।

मुगुमा भाइरल ज्वरो: तीन जनाको मृत्यु
मुगु । जिल्लाको सोरुगाँउपाली– ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्युभएको छ ।

भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका– ६ जिमा गाँउका कर्णजित बुमीले राससलाई बताउनुभयो ।

जिल्लाका पुरुमुरु,जिमा,भिई,नार्थपु,सिप,ख्याल्च,वुम्च,लगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन् । जिल्ला अस्पताल बिरामीले भरिएका छन् ।

गाँउभर बिरामी छन् तर स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएको उहाँले गुनासो गर्नुभयो । विपन्न वर्ग उपचारको अभावमा छटपटाइरहेका छन् । स्वास्थ्यचौकीमा सिटामोलसमेत नपाइने अवस्था रहेको उहाँले बताउनुभयो ।

यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले मङ्गलबार चिकित्सकसहितको टोलीबाट सोरुगाँउपालिका,पुरुमुरु र जिमा गाँउका एक सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ ।

जिल्ला अस्पतालका चिकित्सक कमल ढुङ्गानाले चिसोका कारण बिरामी बढेका बताउँदै ‘भाइरल फिबर’ नियन्त्रण हुन केही समय लाग्ने जानकारी दिनुभयो । उहाँले तारन्तार पसिना आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, खानामा अरुची हुने, कमजोर महसुस हुने भाइरल फिबरका लक्षण हुन् भन्नुभयो । रासस

बालिका बलात्कार प्रकरण: पक्राउ परेकालाई थुनामा राखी अनुसन्धान गर्न अनुमति
मुगु । मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनामध्ये तीन जनामाथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद पाएको छ ।

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो । तीमध्ये तीन जनालाई थप अनुसन्धानका लागि १३ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले दुई जनालाई म्याद थपका लागि बुधबार अदालत पेस गरिने जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा संलग्न रहेका चार जना आरोपी फरार रहेका छन् ।

स्थानीय १४ वर्षीया बालिकामाथि नगर प्रहरीका एक जवानसहित नौ जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँचजना पक्राउ परेका प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी वसन्तबहादुर कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी वसन्त रोकाया छन् ।

अन्य तीनजना बालक भएकाले उनीहरूको नाम खुलाइएको छैन । ती बालिकामाथि गत असोजमा बलात्कार भएको र बालिकाको गर्भमा भ्रूण हुर्कंदै गएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक बुढाथोकीका अनुसार सुरुमा बालिका आफ्नो पेटमा रहेको बच्चा फाल्न जिल्ला अस्पताल गएकी थिइन् । “चिकित्सकले सोधखोज गर्दा उनले एक युवकको नाम लिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । सोही युवकले अन्य छ जना समेतले बलात्कार गरेको बताएपछि प्रहरीले चार जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो”, उहाँले भन्नुभयो । रासस

चिसोले सीमा प्रहरी चौकीका सुरक्षाकर्मी सदरमुकाम झरे
मुगु । केही दिनयता मुगुमा चिसो बढ्दै गएको छ । हिमपात पनि सुरु भएको छ । चिसो बढेपछि जिल्ला प्रहरी कार्यालयले मुगुम कार्मारोङ्ग गाउँपालिका–२ मुगु गाउँमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सदरमुकाम झरेका छन् ।

अत्यधिक जाडो बढेपछि प्रहरी सहायक निरीक्षक नेतृत्वको ११ जनाको टोलीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । यही मङ्सिर १५ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले चौकीमा तैनाथ सुरक्षाकर्मीलाई सदरमुकाम झार्ने निर्णय गरेको हो । उनीहरुलाई आगामी वैशाखसम्मका लागि जिल्ला बोलाइएको हो ।

गर्मी याम सुरु भएपछि प्रहरी टोलीलाई पुन: सीमा प्रहरी चौकी पठाइने प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।  मुगुम कार्मारोङ्ग–२ मुगु गाउँका सबै बासिन्दा जाडो छल्न बेँसी झरेका छन् । रासस

माथिल्लो मुगु र रारा क्षेत्रमा हिमपात
मुगु । हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा यस वर्षको सुरुवाती हिमपात हुन थालेको छ । आइतबार रातिबाट बदली हुँदै गएपनि आज बिहानैदेखि उच्च भुभागमा हिउँ र बेँसीमा पानी पर्न सुरु गरेको हो ।

मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटन, कोइकी हिमाल मुगु र डोल्फु क्षेत्रमा हिमपात सुरु भएको डोल्फु गाउँका नेग्मा सेराव लामाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रमुख पर्यटकीय क्षेत्र रारा र मुर्माटपमा पनि बिहानैदेखि हिउँ पर्न सुरु भएको र चिसो असाध्यै बढेको छ ।

रारा घुम्न आएका पर्यटन हिमपात तथा पानीले हवाई र स्थलमार्ग बन्द हुनसक्ने भन्दै बिहानै यहाँबाट घरतर्फ जान तरखर गरेका रारा राष्ट्रिय निकुन्जका रेन्जर हिमाली खत्रीले जानकारी दिनुभयो । जिल्लाका अन्य क्षेत्र बुलबुले, सात ताल, दूधताल, चन्खेली, बाम, रिणिमोक्क्ष, खेस्मालिका, सोरुकोटमा पनि हिउँ पर्न सुरु गरेको खबर प्राप्त भएका उहाँले बताउनुभयो ।

सदरमुकाम गमगढीमा पानी पर्न सुरु गरेको छ । अत्यधिक पानी र हिउँका कारण सडक अवरुद्ध भई दैनिक उपभोग्य वस्तुका साथै अन्य निर्माण सामग्री अभाव हुन्छ कि भन्ने चिन्ता बढेको मुगु उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमल बुढा बताउनुभयो ।

पानी र हिमपात हुन थालेपछि हिउदे बाली गहुँ, जौ र नाफल खेती राम्रो हुने, हिमाली यार्सा, जडीबुटी वृद्धि हुनुका साथै गुणस्तरको हुने भन्दै किसान, जडीबुटी व्यापारी खुसी भएका छन् । रासस

मुगु सामूहिक हत्या प्रकरण: दुईजना पक्राउ
मुगु । मुगु छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई बिहीबार पक्राउ गरेको छ । उनीहरूलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गर्ने तयारी गरेको छ ।

पक्राउ पर्नेमा एक जना मृतकका मामाको छोरा तथा अर्का छिमेकी गाउँको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घटनाको कारण, हत्याका आरोपीबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

यही कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको सामूहिकरुपमा हत्या गरिएको थियो । हत्यारा पत्ता लगाउन कर्णाली प्रदेश प्रहरी, मुगु प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोलगायत टोली खटिएको थियो । रासस

मुगु सामूहिक हत्या भएको हप्ता दिन पुग्दा पनि अनुसन्धानको टुङ्गो लागेन
मुगु । छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक हत्या भएको हप्ता दिन पुगेको छ । हप्ता दिन पुगिसक्दा पनि प्रहरी घटनाको यथार्थ विवरण बाहिर ल्याउन नसके पनि अनुसन्धान भइरहेको बताउँदै आएको छ ।

गत ८ गते बुधबार सो घटना भए पनि दुई दिनपछि शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचनापश्चात् प्रहरीले २८ वर्षीय आमा श्रीदेवी, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहरलाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा पुर्‍यायो ।

सोमबारसम्म चारवटै शवको परीक्षण सकिए पनि मृतक श्रीमती र छोराछोरीको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अड्को दीपकले थापेपछि दाहसस्कार हुन सकेको छैन । घटनाबारे जानकारी पाएलगतै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सुक्ष्म अध्ययन गरिरहेको छ ।

सो घटना मृत्यु नभइ सामूहिक हत्या भएको आशङ्का गरी प्रहरीले शनिबार ११ गतेदेखि सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान ब्यूरो टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुरसहित खोज अनुसन्धान टोली खटाएर अनुसन्धान तीव्र बनाएको थियो । जुम्लाबाट पनि सो घटनाको अनुसन्धानमा सघाउन प्रहरीको विशेष टोली मुगु पुगेको थियो ।

घटनाको प्रकृति र अनुसन्धानको प्रगतिबारे नजिकबाट बुझ्न प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल १२ गते घटनास्थलमा पुग्नुभएको थियो । उहाले भन्नुभयो “अनुसन्धानलाई सघन बनाएर लगिएको छ । सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरेका छौँ । हत्यामा संलग्न दोषी पत्ता लगाउने तहसम्म जतिसक्दो चाँडो प्रहरी पुग्नेछ ।”

घटना भएको सिङ्गो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिए पनि घटना भएको हप्ता दिन वितिसक्दा पनि खासै तथ्य भने प्रहरीले भेटाउन सकेको छैन । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार प्रदेश प्रहरीले प्रदेशभरिकै घटना गतिविधिमा मुगु घटनालाई उच्च प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुगेको छ ।अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । विभिन्न कोणबाट अनुसन्धान गर्दा सम्बन्धित व्यक्तिसँग भेरिफाइ गर्न कम्तीमा एकदेखि दुई दिनसम्म लाग्छ । चार/चार जनाको हत्या भएको छ कयौँ जनासँग सोधपुछ र भेरिफाई गर्दा धेरै दिन लाग्नु अनौठो होइन ।

“मुगु सुगम जिल्ला होइन यहाँ अनेकौ कठिनाइ ब्यहोरेर काम गर्नुपर्छ एक त घटनाको सूचना प्रहरीसम्म ढिला पुग्यो, फोन र नेटले भनेको बेला काम गर्दैन, भौगोलिक कठिनाइका कारण अनुसन्धानसम्बन्धी क्रियाकलाप गर्न घटनास्थल, सदरमुकाम र आसपास क्षेत्रमा पटक–पटक आवतजावत गर्न कठिनाइ छ यस्तै विविध समस्याले अनुसन्धानमा असर परिरहेको छ।” उहाँले भन्नुभयो । प्रहरीले अहिले प्राविधिक र मेनुल्ली दुई तरिकाबाट सो घटनाको अनुसन्धान गरिरहेको बताएको छ । घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल दुई फोन सेटमध्ये एक सेट भेटिए पनि अर्को स्मार्ट सेट नभेटिएकाले लुटपाट गर्ने मनसायले भन्दा अर्कै उद्देश्य र कारोवारले हत्या भएको हुनसक्ने अनुमान गरी प्रहरीले गरिरहेको छ ।

प्रहरीले हालसम्म पनि घटनामा संलग्न व्यक्तिबारे ठोस प्रमाण फेला पार्न नसके पनि अनुसन्धान भने जारी रहेकाले दोषी कुनै पनि हालतमा पत्ता लगाईछाड्ने प्रहरीले जिकिर गरिरहेको छ । हप्ता दिन बित्यो घटनाको केही क्लु फेला परेको छैन । के थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान टोली आउन लागेको हो भन्ने पत्रकारको प्रश्नमा प्रनाउ थापाले भन्नुभयो, “कुनै क्लु नभेटृाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) झिकाउनु भनेको समय खेर फाल्नु हो । त्यसैले अहिले फिल्डमा खटिएको टोलीले हत्या र हत्याराबारे केही क्लु भेटाएमा थप अनुसन्धान गर्न सिआइवी टोली पनि मुगु आउनसक्छ ।”

शवहरुको परीक्षण सोमबारै सकिएकोले अब घटनाबारे सुक्ष्म अध्यायन र अनुसन्धान हुने पनि प्रनाउ थापाले जानकारी गराउनुभयो ।यता जिल्ला अस्पतालमा शव राख्ने कोल्ड हाउस नहँुदा शवहरु गल्दै गएकाले समय मै दाहसंस्कार नभए अस्पताल क्षेत्रमा दुर्गन्ध फैलिने त्रासमा रहेको चिकित्सक अर्जुन भामले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले अनुसन्धान गरिरहेको छ सुक्ष्म अध्ययनका लागि शवपरीक्षण पनि भइसक्यो अब आफन्तहरुले शव बुझिदिए राम्रो हुनेथियो । रासस

मुगुमा पनि पुग्यो राष्ट्रिय प्रसारण लाइन, अब हुम्लामा मात्रै बाँकी
काठमाडौँ । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन मुगुको सदरमुकाम गमगाडसम्म विद्युत् पुर्याएको हो ।

प्राधिकरणले आइतबारबाट गमगाडलगायतका क्षेत्रमा विद्युत् आपूर्ति दिन सुरु गरेको छ । प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरुमा विद्युत आपूर्ति गर्दै आएको थियो । तर, राष्ट्रिय प्रसारण लाइनबाट भने पहिलोपटक विद्युत् आपूर्ति दिएको हो ।

मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै देशको ७७ जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ । अब हुम्लामा मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ । हुम्लामा पनि राष्ट्रिय प्रसारण लाइनमा पुर्याउन ठेक्का सम्झौता सम्पन्न भई सर्वे भइरहेको छ ।

अहिले मुगुमा प्राधिकरणका ३ हजार ५ सय घरधुरी ग्राहक रहेका छन् । गत वर्ष असोजमा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द भएको थियो । भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युतगृहको ११०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति पुर्याएको थियो । बाढीपहिरोबाट विद्युतगृहको सबस्टेसनका संरचनाहरुमा पनि क्षति पुगेको थियो । पछि नहरको पुनर्निर्माण र मर्मत जलविद्युत्गृह सञ्चालनमा ल्याइएको थियो ।

मुगुको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३/११ केभी सबस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए ।

छायाँनाथ र ऋणीमोक्ष धाममा दर्शनार्थीको भीड
मुगु । मुगुमा रहेका हिन्दू तथा बौद्ध धर्मालम्बिको प्रमुख तीर्थस्थल छायाँनाथ र ऋणीमोक्ष धाममा दर्शनार्थीको भिड लागेको छ ।

नित्य पुजाका लागि छायाँनाथ र ऋणीमोक्षका गाथ (शिव, पार्वती, बुद्ध र ३३ कोटी देउता र देवीका मूर्ति) छायाँनाथ रारा नगरपालिका–२ चैन गाउँमा रहेका दुवै धामका मन्दिरमा ११ महिना राखिँदै आए पनि प्रत्यर्क वर्ष हिन्दू धर्मालम्वीको दर्शनका लागि साउन महिनामा छायाँनाथ तथा ऋणीमोक्ष धाममा गाथ लिइने चलन छ । यो वर्षपनि गाथको दर्शन गर्न र आफू शुद्ध हुन छायाँनाथ तथा ऋणीकामोक्ष धाममा मानिसको भिड लागेको हो ।

यी स्थानमा कर्णाली तथा सुदूरपश्चिममा मनाइने विभिन्न देवताका धामी तथा कुल देवतालाई एक पटक छायाँनाथको दर्शन तथा शुद्धी गर्न ल्याउनैपर्ने परम्परा रहेकाले श्रावण शुक्ल अष्टमीदेखि जनैपूर्णिमासम्म छायाँनाथ जाने मानिसको भिड लाग्ने गर्दछ ।

देउताका धामी, कूल देउताका साथै आफना पृत्रीको मोक्षका लागि छायाँनाथ र ऋणीमोक्षभन्दा अर्को कुनै धार्मिकस्थल नभएको हिन्दू विश्वास गर्छन् । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–१ अवस्थित चार हजार आठ सय मिटर उचाइमा रहेको छायाँनाथ हिमालमा रहेको छायाँनाथ धाम र छायाँनाथ रारा नगरपालिका– १० र ११ मा पर्ने ऋणीकोक्ष धाममा यो बेला देशभित्रका र छिमेकी देश भारतबाटसमेत गरी हजारौँ तीर्थालु आउने गरेका छन् ।

आफ्ना कूल देवताको शुद्धि, नयाँ धामीझाँक्री औतार गर्न, आफूले चाहेको बर माग्न, जीवनमा जानेर नजानेर आफूबाट भएका पापबाट मोक्ष प्राप्त गर्न र पृत्रिको सम्झना र मोक्षका लागि आउने भएकाले दुवै धामका गाथ दर्शनका लागि र नयाँ धामीलाई बिदो, पुरानालाई शुद्धि अनि दर्शनार्थीलाई बर दिन छायाँनाथ र ऋणीमोक्ष धाममा लगिँदै आएको छायाँनाथका पुजारी सनतकुमार हमाल बताउनुहुन्छ ।

हिन्दूको धार्मिकग्रन्थ श्री स्वास्थानी वर्त कथाको १०औंँ अध्यायका अनुसार दक्षप्रजापतिले आफनो घरमा लगाएको महायज्ञमा आफ्ना ३३ कोटी ज्वाइँ देवता तथा देवीलाई बोलाए पनि भगवान महादेवलाई नबोलाउँदा छोरी सतिदेवीले आफना बुबा दक्षप्रजापतिलाई नबोलाउनुको कारणबारे सोध्दा दक्षप्रजापतिले महादेवबारे नानाथरिका गाली, लाल्छना, आरोप लगाउँदै त्यस्ता व्यक्ति महायज्ञमा आए आफनो बेइज्जयत हुने भएकोले नबोएको जवाफ दिएपछि आफना श्रीमान् बारेको बेइज्ज्यती सहन नसकी यज्ञको होमकुण्डमा हामफाली प्राण त्याग गरेको उल्लेख छ ।

सतीदेवीले प्राणत्याग गरेपछि विरक्तिएका महादेव सतीदेवीका लाश बोकी पृथ्वी लोगतिर झरेको र सतीदेवीको लास गल्दै जाँदा जहाँजहाँ सतीदेवीका अङ्ग पतन भए ती शक्ति पिठको रुपमा स्थापित भए । सोही क्रममा महादेव छायाँक्षेत्र हिमालमा पुगेको र त्यहाँ सतीदेवीका बाँकी रहेका सबै अङ्ग शरीर पतन हँुदा छायाँनाथ एक अदभूत शक्तिपिठका रुपमा स्थापित भएको उल्लेख छ । सतीदवीका अन्तिम शरीर सबै छायाँनाथमा पतन महसुस भई झस्केर बिउझिएका महादेव आफनो प्यिूँउमा सतीदेवीका शरीर नदेखेपछि झनै विरक्तिएको स्वर्गलोगमा नगई छायाँनाथमा बसेको र सतीदेवीको सम्झना गदै अझैपनि महादेव छायाँनाथमा रहेको विश्वास हिन्दूहरुले गर्ने गर्छन् । त्यही भएर छायाँनाथमा दर्शन गर्न गएमा साक्षात भगवान शिवको दर्शन हुने विश्वास गरिन्छ ।

यता ऋणीमोक्ष तीर्थस्थलबारे हिन्दू धर्मालम्बी छायाँनाथमा महादेव बसेकाले उहाँको ध्यान सतिदेवीबाट मुक्त गराउन र दक्षप्रजापति तथा ३३ कोटीदेवी देवताले महायज्ञमा महादेवबारे गरेको पापबाट मोक्ष दिलाउन स्वर्गबाट भगवान, विष्णु, बर्माले अप्सरा पृथ्वीमा पठाएको, ऋणीमोक्षमा अप्सराले नाचगान गरेको, जती नाचगान गरे पनि महादेवले छायाँनाथ क्षेत्र नछोडेकाले अझै पनि ऋणी मोक्षमा अप्सरा तथा ३३ कोटीदेवी देवता त्यही रहेकाले मानिस पूजाआजा गरी ऋणी मोक्षमादेवी देवतालाई खुसी पार्ने बर प्राप्त गर्ने, विभिन्न पापबाट मोक्ष पाउने, गौजो काट्ने गर्दछन् ।

शुद्ध मनले ऋणी मोक्षमा दर्शनार्थीले जे बर मागे त्यही पाउने अर्का पूजारी अश्विनीकुमार हमाल बताउनुहुन्छ । छायाँनाथ मन्दिर रहेको चैन गाउँबाट छायाँनाथ धाम तीन दिन टाढा हिमालमा रहेको र त्यहाँ बास, गाँसको व्यवस्था नभएकाले तीर्थालुले आफै बासगाँसको व्यवस्था मिलाउनुपर्छ । छायाँनाथ हिमालबाट निस्केको छायाँनाथ खोला र ऋणीमोक्षमा रहेको ऋणीमोक्ष तालमा नुहाइधुवाइ गरी शुद्धग्रहण गर्न गाथको दर्शन गरी तीर्थालु घर फन्कन्छन् ।

विश्वमा रहेका हिन्दू तथा ओमकार परिवारको प्रमुख तथा साझा आस्थाको केन्द्र रहेको छायाँनाथ धामको उचित प्रचारप्रसार र भौतिक विकासमा राज्यको ध्यान जाने हो भने देशले धार्मिक पर्यटक भित्र्याउन सक्ने ठूलो सम्भावना छ ।

कर्णालीमा रहेका यस्ता धार्मिक तथा पर्यटकीयस्थलमा पर्यटकमैत्री विकासका पूर्वाधारको निमार्ण गरी पर्यटक आकर्षक गर्न सकेमा कर्णाली प्रदेश सरकार र यहाँ रहेका स्थानीय सरकारले सधैँ सङ्घीय सरकारको मुख ताख्ने दिन अन्त हुनसक्छ । साउन अष्टमीका दिन सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित सरकारी टोली गाथसहित छायाँनाथ र ऋणीमोक्ष धाम निस्केको थियो । रासस

मुगु जिप दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
मुगु ।  सोमबार यहाँ भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । उपचारका लागि अस्पताल लैजाँदै गर्दा एक घाइतेको भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनुभएका सोरु गाँउपालिका-५ का वडा सदस्य लोकजङ्ग नेपालीको बाटोमै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख कमल ढुङ्गानाले जानकारी दिनुभयो । घाइते नेपालीको उपचारका लागि जिल्ला अस्पताल मुगुतर्फ ल्याउँदै बाटोमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक महेश बस्नेतका अनुसार दुर्घटनामा परी हुम्ला सर्केगाड-२ रिपगाउँका राम परियार, प्रकाश बोहोरा, राम परियार, पिउस परियारको मृत्यु भइसकेको छ ।

साथै दुर्घटनामा परी घाइते सोरु-७ का चालक दिनेश लावड, सोरु(५ का गोविन्दा शाही सोरु(६ का सेरे रोकाया र हुम्ला सिमिकोट-२ का उदीप बोहोराको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । लगातार भइरहेको वर्षाका कारण घाइतेको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउन कठिनाइ भइरहेको अस्पतालले जनाएको छ ।

सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२ नं को जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो । जिप सडकबाट दुई सय मिटर तल छेउमा खसेको प्रहरीले जनाएको छ । रासस

गाउँमा बत्ती बल्यो, महिला खुसी
मुगु । सोरु गाउँपालिका–१ जवलधारा र गहताडी गाउँमा बिजुली बत्ती बलेपछि त्यहाँका बासिन्दामा खुसी भएका छन् । बिजुलीका कारण महिलालाई काम गर्न सहज हुनाका साथै कार्यबोझ पनि घटेकाले पुरुषभन्दा बढी बढी खुसी देखिएका छन् । बत्ती बलेपछि भान्सा, चुलोचौको, सरसफाइदेखि वनजङ्गलबाट दाउरा, दियालो ल्याउने काममा सहज हुनाका साथै र कामको बोज घटेकाले उनीहरूमा खुसी छाएको हो ।

“घरमा दाउरा र दियालोको प्रयोगले परिवारका लुगा छिट्टै मैला हुन्थे, भाँडाकुडा काला हुन्थे, अब बत्ती बलेपछि खाना बनाउन प्रयोग हुने दाउराको खपत कम हुने, घरमा उज्यालो गर्न दियालोको प्रयोग घटनाका साथै धुँवा कम हुने भएपछि आफूहरुको आधा काम कम भएको छ जवलधारा गाउँकी झपु मल्ल भन्नुहुन्छ, “हामीले जति राम्रो र सफासुग्घर गरेपनि धुँवाले गर्दा मैला देखिन्थ्यौँ अब राम्रो र चिटिक्क देखिने भयाँै ।”

सोही गाउँकी जालगेडी मल्ल पनि गाउँमा बिजुलीबत्ती बलेपछि खुसी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बत्ती नहुँदा घरको काम गर्न असहज हुन्थ्यो, छोराछोरीको पढाइलेखाइमा पनि गाह्रो हुनाका साथै घरका प्रायलाई स्वास प्रस्वास तथा अन्य समस्या देखापरेकोे थियो यी सबै समस्या बत्ती आएपछि हट्ने र आफूहरुको कार्यबोज घटेर आराम गर्न फुर्सद मिल्ने आश पलाएको छ ।”

पानीको स्रोत नै नभएका यी बस्तीमा जलविद्युत्बाट गाउँ झिलिमिली भएपछि सबै हर्षित छन् । बालबालिका विद्यालयबाट घर आएपछि बेलुका बत्ती नहुँदा दियालो र टुकीमा पढ्न बाध्य थिए ।

दियालोका कारण बालबालिकालाई कहिले पोल्ने कहिले घर नै आगलागी हुने घटना हुँदै आएको थियो । अब बिजुलीका कारण बालबच्चाको पढाइ, सरसफाइ र आनीवानीमा समेत सुधार आउनाका साथै देश विदेशका खबर टेलिभिजनमा हेर्न पाइने भएको सोही गाउँका चक्र छत्याल बताउनुहुन्छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु चार करोडको लागतमा गुल्माघाट जलविद्युत् आयोजनाबाट ३८ किलोवाट विद्युत् उत्पादन भएपछि पहिलो चरणमा जवलधारा गाउँको ९७ र गहताडी गाउँका २२ घरधुरी लाभान्नित भएका हुन् ।

कर्णाली प्रदेशका पूर्वमन्त्री चन्द्रबहादुर शाहीको सक्रियतामा गाउँमा बत्ती बालिएको गुल्माघाट जलविद्युत् आयोजना निर्माण समितिका अध्यक्ष कमानसिँह मल्ल सुनाउनुहुन्छ ।बत्तीले गाउँ झिलिमिली भएपछि गहताडी र जवलधारा गाउँबासीलाई मोबाइल चार्ज गर्न रेडियो बजाउन र राति पढ्न पनि सहज भएको छ ।

बत्तीले घरमा उज्यालो भएपछि बालबालिका खुसी हँुदै राति अबेरसम्म पढ्न थालेको शिक्षक हीरालाल शाही बताउनुहुन्छ । बिजुली बल्ने बित्तिकै विद्यार्थी कापीकलम समातेर पढन सुरु गर्छन् पहिले स्कुलबाहेक घरमा पढ्ने बानी प्राय विद्यार्थीमा थिएन शिक्षक शाहीको भनाइ थियोे । गुल्मा जिउलादेखि पाँच किलोमिटर टाढा हुम्ला कर्णाली नदी मुगु किनारबाट नहर बनाइ सोही नगरबाट पानी ल्याएर जलविद्युत् उत्पादन गरिएको उक्त आयोजना निर्माण समितिले जनाएकोे छ ।

उक्त विद्युत् निर्माणका लागि वैकल्पिक ऊर्जाले सहयोग गरेको करिब रु चार करोड बजेटमा विद्युत्को पोल, वाइरिङतार, आवश्यक उपकरण, पाइप खरिद तथा ढुवानीमा खर्च भएको र पावर हाउस स्थानीयवासीको श्रमदानबाट निर्माण गरिएको जलविद्युत् आयोजना निर्माण समितिका सचिव लोकबहादुर मल्ल जानकारी गराउनुहुन्छ ।

सो आयोजनाबाट उत्पादन गरिएको ३८ किलोवाटको विद्युत् गहताडी गाउँका २२ घरधुरीमा पनि पुर्‍याइएको स्थानीयवासी ऐनबहादुर मल्ल बताउनुहुन्छ ।

उक्त आयोजनाबाट नचारा गाउँका ५६, जोगीबाडा गाउँका २७, नार्थपु गाउँका ६४, धुपीगाउँका १० र जडेपानी गाउँका ४२ घरधुरीमा पनि विद्युत् पुर्‍याउने लक्ष्यका साथ पोल विस्तार र वाइरिङ गरी बत्ती बाल्ने काम अन्तिमचरणमा पुर्‍याइएको वडा नं १ का वडाध्यक्ष धनकर्ण मल्ल बताउनुहुन्छ ।

हुम्लाको कर्णाली नदीबाट गुल्मा सिँचाइ नहर प्रयोग गरेर ल्याइएको पानीबाट जलविद्युत् उत्पादनसँगै करिब १२ हेक्टर खेतीयोग्य जमिनलाई सिँचाइ गर्न टेवा पुगेको छ ।पानीको स्रोत नहुँदा धान र गहुँ उत्पादनमा कठिनाइ हुँदै आएकामा गुल्मा क्षेत्रको नहरबाट पानी पुगेपछि सिँचाइमासमेत सुबिधा पुगेको छ । रासस