मिर्गौला – News Polar

मिर्गौलाको सुरक्षातर्फ बढ्दो जनचासो
काठमाडौँ: मानव शरीरका विभिन्न अङ्गहरूमा विविध किसिमका रोगहरू देखा पर्ने गर्दछन् । तैपनि कतिपय अङ्गमा भएका रोगको सामान्य उपचार गर्दा राम्रो हुन्छ भने केही अङ्ग काटेर फ्याँक्दा र नक्कली राख्दा पनि मानिस स्वस्थ रही दैनिक कार्य गर्न सक्दछ, जटिल नबन्न सक्दछ तर मिर्गौला रोग भने बेग्लै किसिमको हुने गर्दछ । यसमा मिर्गौला बेकम्मा हुँदा कतिका लागि सम्पत्ति विनाशको ठूलो बाटो बन्ने गरेको छ भने सर्वसाधारणका लागि मृत्युको कारण बन्दै आएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको आँकडाअनुसार विश्वमा हरेक १० जनामा एकजना व्यक्तिमा मिर्गौलासम्बन्धी कुनै न कुनै समस्या देखा पर्ने गरेको छ । नेपालमा भने हाल करिब १० हजारभन्दा बढी मिर्गौला रोगी रहेकामा १० प्रतिशतले मात्र उपचार पाउन सकेका छन् र पीडित हुनेको संख्या वार्षिक २५ सयदेखि तीन हजारका दरले बढ्दैछ ।

सामान्य अवस्थामा हाम्रो शरीरमा दुई वटा मिर्गौला ढाडको बीचमा मेरुदण्डको दुबैतिर मुठीजत्रो सिमीको गेडाको आकारमा रहेको १५० ग्रामको नभई नहुने उत्सृजक अङ्ग हो । हरेक मानिसमा २ वटा मिर्गौला रहन्छन् । स्वस्थ अवस्थामा दुवै मिर्गौला क्रियाशील हुन्छन् तर दुईमध्ये एउटाले मात्र काम गर्दा पनि मानिस स्वस्थ रहन सक्छ । एउटा मिर्गौलामा करिब १३ लाख नेफ्रोन हुन्छन् । त्यसले पिसाब बनाउने क्षमता राख्दछ । ४० वर्ष नाघेपछि नेफ्रोनको संख्यामा वार्षिक एक प्रतिशतका दरले हस हुन्छ तर अन्य नेफ्रोनले कार्य वृद्धि गरी जीउबाट निकाल्नुपर्ने पानी, लवण र फोहोर त्यही मात्रामा र त्यही दरमा निकालिरहन्छन् । रोग वा उमेर तथा अन्य कारणले भएको नेफ्रोनको संख्याको कमी भने परिपूर्ति वा पुन:नयाँ नेफ्रोन बन्ने काम भने हुँदैन ।

मानिसको उमेर बढ्दै जाँदा मिर्गौलाको कार्य क्षमता पनि घट्दै गई स्वस्थ मानिस ९० वर्ष पुग्दा मिर्गौलाले क्षमताको ५० प्रतिशत जति मात्र काम गरे पनि स्वस्थ नै मानिन्छ । मुटुबाट निस्कासन भएको करिब २२ प्रतिशत रगत दुई मिर्गौला हुँदै सञ्चार हुने गर्दछ अर्थात् प्रत्येक २४ घण्टामा १८० लिटरभन्दा बढी रगत मिर्गौलाको कार्य एकाइ नेफ्रोनको पहिलो भाग ग्लोमेरुलस हुँदै बग्दछ । यसमा १७८।५ लिटर भाग वा प्रोटिन बाहेक पानी र अन्य तत्वहरू नेफ्रोनको सुक्ष्म नली हुँदै वरिपरि पैmलिएका कम चाप भएका रक्तनलीद्वारा सोसिएर फेरि शरीरमै जाने गर्दछ । यसै क्रममा युरिया, क्रेटिनिन, युरिक एसिड र अन्य विषालु तत्व अति कम मात्रामा सोसिने भएकाले ठूलो मात्रामा पिसाव भएर शरीर बाहिर निस्कन्छन् ।

हामीले खाएको खानेकुराबाट शरीरले चाहिएको कुरा अवशोषित गरी बाँकी रहेका अनावश्यक पदार्थहरू रगतमा रहन्छन् । शरीरमा उत्पादित विकारयुक्त पदार्थ भएको उक्त रगतलाई छानेर रगत सफा गर्ने र तिनलाई पिसावको रुपमा मुत्रथैलीमा पठाई पिसावमार्फत बाहिर फ्याँक्ने प्रमुख काम मिर्गौलाको हो । शरीरमा अनावश्यक नून, पानी, पोटासियम, क्याल्सियम र अन्य आयनलाई थुप्रिन नदिई सन्तुलनमा राख्दछ ।

अम्ल र क्षारको मात्रा नियन्त्रण गर्दछ । प्रोटिनबाट बन्ने सल्फ्युरिक र फोस्फोरिक एसिड निस्कासन गर्ने अङ्ग एक मात्र मिर्गौला हो । रगतको रातो रक्तकोष बनाउने हर्मोन एरिथ्रोपोइटीन ९० प्रतिशत मिर्गौला र १० प्रतिशत कलेजोले बनाउँछ । मिर्गौलाले भिटामिन डी को सक्रिय रुप क्याल्सिट्रोल बनाउँछ र क्याल्सियम तथा फोस्फेटको नियन्त्रण गर्दछ । आन्द्रामा क्याल्सियम संयोजन प्रोटिन बनाई क्याल्सियमको खपत बढाउँछ । लामो उपवासमा बसेको बेला एमिनोएसिडबाट चिनी बनाउने, रक्तचाप सन्तुलित राख्ने पनि गर्दछ ।

मिर्गौलाला किन बिग्रन्छ ?

मिर्गौलाको कार्यक्षमता ५० प्रतिशतभन्दा बढी घट्न थालेपछि मात्र स्वास्थ्य समस्या पैदा हुन थाल्छ । मिर्गौलासम्बन्धी रोगहरू नेफ्राइटिसको उपचार नगरेको वा उपचार सफल नभएको, उच्च रक्तचाप, मधुमेह, पिसावको सङ्क्रमण, मिर्गौला पिसावको नली र थैलीमा हुने पत्थरी जस्ता रोगहरूबाट लामो समयदेखि पीडित भएको तथा जथाभावी  मकै, भटमास खाएजस्तै एण्टीबायोटिक र पेनकिलर औषधि सेवन गरेको व्यक्तिको मिर्गौला उमेर नपुग्दै बिग्रने सम्भावना रहन्छ ।

त्यसैगरी जन्मदै मिर्गौलामा पानीका फोका भएको तथा उक्त फोकाहरूको संख्या र आकार बढ्दै गए खराबी शुरु भएको वयस्क अवस्थामा नै थाहा हुन सक्छ । अन्य कारणमा वंशानुगत, मोटोपना, धुम्रपान, ५० वर्ष नाघेका व्यक्ति तथा सङ्क्रमणहरू पर्दछन् ।

लक्षण कस्तो हुन्छ ?

कुनै लक्षण बिना एक्कासी केही दिन वा साताको अन्तरालमा पनि मिर्गौला काम गर्न छोड्ने हुन सक्छ । यस विकासको खराबीलाई एक्युट रेनलफेलर भनिन्छ । झाडापखाला, हैजाजस्ता बिरामीको अत्यधिक मात्रामा शरीर सुक्खा भएमा, धेरै रगत खेर गएमा, मिर्गौलाको सङ्क्रमण, क्यान्सर, रगतको खराबी तथा मिर्गौलाको पत्थरी जस्ता समस्याले मिर्गौलाले काम नगर्ने हुन सक्छ । यस्ता समस्याको समयमा नै निदान हुनसक्यो भने मृगौला बचाउन सकिन्छ । एक्युट रेनल फेलर भएका मध्ये ५० देखि ७० प्रतिशत बिरामीको मृत्यु हुनसक्छ ।

लामो समयसम्म रहेको रक्तअल्पता उच्च रक्तचाप, हर्मोनहरुको असन्तुलन, बारम्बार पिसाबको सङ्क्रमण भइरहनु वा त्यसको उपचार राम्ररी नगर्नु, स–साना पत्थरी रहनु तथा पेटका खराबीले मिर्गौलालाई नराम्रो असर गर्दछ । मिर्गौलालाई रगत पुर्‍याउने धमनीको सङ्कुचन हुनु, रगतको खराबी हुनु, मिर्गौलाको क्षयरोग, पिसाब थैलीको खराबी आदि जुनसुकै समस्याले धेरै लामो समयसम्म ग्रसित बिरामीको मिर्गौला काम नलाग्ने भएका चाहिँ राम्रो बनाउन सकिँदैन ।

सामान्यतया मिर्गौला खराब हुँदा खानामा रुचि घट्दै जाने, चाँडै थकाइ लाग्ने, राति बढी ९दुईपटक भन्दा बढी० पिसाब हुने, पिसाब गर्दा पोल्ने, रातो, गाढा वा फिँजयुक्त हुने, पिसावको मात्रा घट्दै जाने, वाकवाक लाग्ने, जिउ चिलाउने, बिहान उठ्दा मुख फुल्ने र सुन्निँदै जाने, गोरो मानिस कालो हुँदै जाने लक्षणहरू देखा पर्दछन् । यस्ता लक्षणहरू अन्य थुप्रै रोगहरूमा पनि देखिने भएकाले यकीन गर्न रगत परीक्षण गरी युरिया र क्रियाटिनिन बढे नबढेको हेर्नु पर्दछ ।

शरीरमा रोग बढाउने रोगका उपनामले चिनिने मिर्गौला रोगहरूबाट मिर्गौलाको क्षति अन्तिम अवस्थामा पुग्दा उपचार नभए मुटुमा र हड्डीमा भिटामिन डी र क्याल्सियमको कमीले हड्डी दुख्ने, सुन्निने र नरम हुन्छ, करङ, कम्मर र अन्य स्थानका हड्डीहरू भाँच्चिने सम्भावना रहन्छ । तर हाम्रो विडम्बना मिर्गौला असफल भएको मिर्गौलाको कार्य क्षमता ७० प्रतिशतभन्दा बढी नष्ट हुँदा पनि थाहा पाउन र अनुभव गर्न सकिँदैन र रोगको लक्षण नदेखिंदै उपचार खोज्ने कुरा पनि भएन जसका लागि नियमित जाँच नै आवश्यक छ । मिर्गौलाको कार्यक्षमता ५० प्रतिशतबाट घटेर १० प्रतिशतसम्म झरेको अवस्थालाई क्रमश: प्रारम्भिक, मध्यम र अन्तिम चरणको खराबीको रुपमा लिइन्छ ।

सामान्य व्यक्तिभन्दा मिर्गौला रोगीमा मधुमेह उच्च रक्तचाप र मुटु तथा रक्तनलीसम्बन्धी समस्या गाँसिएमा मृत्यु हुने सम्भावना १० गुणा बढी हुने भएकोले मिर्गौला बेकम्मा हुनुभन्दा पहिले नै हृदयाघातबाट व्यक्तिको मृत्यु हुने सम्भावना रहन्छ । मिर्गौला रोगका कारण मुटुसम्बन्धी रोगको चपेटामा पर्ने व्यक्ति करिव एक करोड २० लाख छन् विश्वमा । १०–२५ प्रतिशत मधुमेहीमा मिर्गौला रोग देखिने गरेको छ भने मिर्गौला बेकम्मा हुनेहरूमा ४४ प्रतिशत मधुमेह र २८ प्रतिशत उच्च रक्तचापको कारणले देखिएको छ ।

शरीरमा रगत सफा गर्ने फिल्टरको मुख्य काम गरिरहेको मिर्गौैला अस्वस्थ भएमा रगतमा विषालु पदार्थहरू जम्मा भई रगतबाट शरीरभरि विचरण गरी सबै अङ्गमा नकारात्मक असरहरू उत्पन्न गर्दछ । मिर्गौला रोगी भएको १–२ वर्षदेखि दशौँ वर्षसम्म पनि लक्षण नदेखिई चलिरहन सक्छ र जब मिर्गौलाले २०–३० प्रतिशतसम्म मात्र काम गरिरहेको हुन्छ, तब लक्षणहरू देखिन्छन् तर यसबेला थप बिग्रन नदिन उपचार मात्र गर्न सकिन्छ, रोग निको भने पार्न सकिंदैन । दुवै मिर्गौलाले काम गर्न छोडी मिर्गौला बेकम्मा भई पीडितहरू केवल दुई वटा विकल्पमा बाँच्न बाध्य हुन्छन् या त कृत्रिम तरिकाले रगत सफा गर्ने पद्दति डायलाइसिस वा नजिकको रगतको नातेदारको मेल खाने स्वस्थ मिर्गौला प्रत्यारोपण ।

उपचार के हुन सक्छ ?

नियमित स्वास्थ्य परीक्षण, औषधि सेवन र खानपिनमा ध्यान दिंदा पनि समस्या नियन्त्रणमा आउने गर्दछ । प्रोटिन बढी हुने माछा, मासु, गेडागुडी जस्ता खानेकुरा पानी र झोलपदार्थ चिकित्सकले तोकिदिएअनुसार खानुपर्दछ । यदि मिर्गौलाको कार्यक्षमता १० प्रतिशतभन्दा पनि कम हुन थाल्दछ भने नियमित रुपमा रगत सफा गर्ने हेमोडायलाइसीस, हेमोफिल्ट्रेशन र पेरीटोनीयल डाइलाइसीस वा स्वस्थ मिर्गौला राख्ने ‘प्रत्यारोपण’ जस्ता सघन र ठूला उपचारको आवश्यकता पर्दछ तर कुन विधि रोज्ने भन्ने निर्णय मिर्गौला अन्तिम अवस्थामा पुग्नेभन्दा पहिले नै गर्नु पर्दछ । जसबेला ग्लोमेरुलस भएर छानिने रगतको बेगदर १२५ मिलिलिटर प्रतिमिनटबाट घटी पाँच मिलिलिटर प्रतिमिनेट मात्र हुन्छ ।

सन् २००८ मा मिर्गोला प्रत्यारोपण शुरु भयो र हालसम्म तीन हजारले गरेका छन् भने सन् २०१० मा जेष्ठ नागरिक, हेपाटाईटिस बीका रोगी र बिपन्न नागरिकलाई डायलासिस नि:शुल्कको सुविधा प्रदान गरिएको थियो । हाल सबैका लागि हेमोडायलासिस नि:शुल्क मात्र होइन, मिर्गौला प्रत्यारोपण समेत नि:शुल्क छ ।

प्रत्यारोपण नै किन ?

मिर्गौला प्रत्यारोपण गर्नु भनेको आफन्तको स्वस्थ मिर्गौला झिकेर बिरामीको शरीरमा राख्नु हो । प्रत्येक व्यक्तिमा हुने दुई वटा मिर्गौलामध्ये एउटैले मात्र काम गर्दा पनि मानिस स्वस्थ र जीवित रहन सक्ने भएकाले दुवै मिर्गौला बेकम्मा भएका बिरामीलाई एउटा मिर्गौला दान गरी आफू पनि नमर्ने  र बिरामीलाई जीवनदान दिन सकिन्छ । प्रत्यारोपित मिर्गौलाले लामो समयसम्म काम गरिरहोस् भन्ने उद्देश्यले सुरुमा बढीमात्रामा र पछि क्रमश: घटाउँदै गएर न्यूनतम् मात्रामा औषधि लिइरहनु पर्दछ । प्रत्यारोपित मिर्गौलाले पाँच दिनमा शरीरमा जम्मा भएको विकार सफा गरी सक्दछ ।

प्रत्यारोपण सुविधाका लागि पनि राज्यले २०५५ सालमा मानव अङ्ग प्रत्यारोपण ऐन तथा नियमावली ल्याएको छ । मानव शरीरको अङ्ग प्रत्यारोपण ९नियमित तथा निषेध० ऐन २०५५ र मृगौला प्रत्यारोपण नियमावली २०५८ ले प्रत्यारोपणको कानुनी बाटो खुला गरेको छ । कानुन अनुसार प्रत्यारोपणसम्बन्धी प्रक्रिया मिलाउने र अनुमति इजाजत दिने जिम्मेदारी पाएको अङ्ग प्रत्यारोपण समन्वय समिति छ ।

प्रत्यारोपण गरिएको व्यक्तिको स्वास्थ्य र जीवनयापनको गुणस्तर डायलाइसीसको भरमा बाँच्नेको भन्दा राम्रो हुन्छ साथै डायलाइसिस उपचार बाँचुन्जेल गराइरहनु पर्ने, धेरै खर्च लाग्ने र सबै स्थानमा सेवा उपलव्ध नहुनाले प्रत्यारोपणलाई नै सजिलो र भरपर्दो मानिन्छ । हप्तामा २–३ पटकसम्म डायलाइसिस भएको ठाउँमा जानु पर्ने, जीवनको गुणस्तर न्यून हुने, बाँच्ने सरदर आयु पनि थोरै हुने, कृत्रिम रुपले रगत छान्ने काम डायलाइसिसद्वारा गरिएपनि एरिथ्रोपोइटिनको लागि जिन्दगीभर अलग्गै सुई लिनुपर्ने, वर्ष दिन डायलाइसिस गर्न लाग्ने खर्च करिब तीन लाखले मिर्गौला प्रत्यारोपण हुने ९बाहिर जाँदा रु १०–१५ लाख० र त्यसको एक तिहाई खर्चले वर्ष दिनको औषधोपचार धान्न सकिन्छ र औषधोपचार खर्च पछिका वर्षमा अझ घट्दै जान्छ । यी विभिन्न कारणहरुले संसारभरि नै मिर्गौला प्रत्यारोपण तुलनात्मक सबैभन्दा बढी गुणस्तरीय जीवन प्रदान गर्ने, सस्तो लोकप्रिय र उत्तम उपचारको विधि भएको छ । जीवित व्यक्तिबाट लिइएको मिर्गौलाले धेरै राम्रो काम गर्ने, शल्यक्रिया गर्न सजिलो हुने र मिर्गौला सुरक्षित रहन्छ ।

प्रत्यारोपण गर्न आवश्यक मिर्गौलाको कमी अहिले विश्वले भोगिरहेको छ । मिर्गौलाको आंशिक समस्या पूर्ति गर्न मृतव्यक्तिको मिर्गौला प्रत्यारोपण सबैजसो देशले अपनाएका छन् किनभने सबै विरामीले जैविक नातेदारको मिर्गौला प्राप्त गर्न सक्दैनन् । नयाँ उपलब्धिअनुसार म्याच नखाएको मिर्गौलाको पनि विशेष उपचार ९एण्टीवडी हटाउने, हल्का रेडिएसन दिने, नयाँ मोनोक्लोनल एण्टीबडी थप्ने० गरी अस्वीकार गर्ने दर पाँच प्रतिशतभन्दा कम बनाइन्छ ।

नेपालमा एकातिर गरिबी, अशिक्षा र भौतिक पूर्वाधार तथा जनशक्तिको अभाव छ त अर्कोतिर भौगोलिक विकटता, द्वन्द्वले गर्दा नागरिकहरूको स्वस्थ जीवनको लागि आवश्यक सेवा र सुविधा चुनौतीपूर्ण तथा असम्भव हुँदै आएको छ । यस्ता आवश्यकता पूर्ति गर्नका लागि सरकारी प्रयास मात्र पर्याप्त नहुने भएकाले आ–आफ्नो जीवनको लागि नागरिक आफैँ चेतनशील भई समस्या समाधानमा नलागेसम्म ससाना स्वास्थ्य समस्याले पनि जटिलता उत्पन्न गर्न सक्दछन् । त्यसकारण रोगबारे जानकारी राखौँ आफ्नो स्वास्थ्य परीक्षण गराऔँ, अरुलाई पनि परीक्षण गर्न प्रोत्साहित गरौँ, स्वस्थकर जीवनशैली अपनाउन तत्काल पाइला चालौँ र भविष्य राम्रो, स्वस्थ र सुरक्षित बनाऔँ ।रासस

-लेखक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा बुढाथोकी नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।

मिर्गौला बचाउन नियमित परीक्षण गरौंः डा काफ्ले
हाम्रो शरीरमा दुई थरीका अंगहरू छन्, एकथरी नहुँदा पनि बाँचिन्छ र अर्को थरी नहुँदा वा काम नगरेमा बाँचिन्न । यस्तै नभई नहुने अंग हो मिर्गौला । प्रत्येक व्यक्तिको मेरुदण्डको दुवैतर्फ १२औं करङको हाराहारीमा आफ्नो मुठ्ठी बराबरको सिमी आकारको गोलो अंगलाई मिर्गौला भनिन्छ । केही व्यक्तिहरू एउटा मात्र मिर्गौला लिएर जन्मेका हुन्छन्, तर उनीहरू पूर्णरूपमा स्वस्थ हुन्छन् यदि त्यो मिर्गौला स्वस्थ छ भने । मिर्गौलाले पिसाब बनाउँछ ।

पिसाबमा शरीरलाई नचाहिने फोहोर पदार्थहरू र बढी पानी हुन्छ । झोल पदार्थ कम बेसी हुँदा पिसाब बढी वा कम हुने गर्दछ । पिसाब बाहेक रक्तचाप सन्तुलन, नुन व्यवस्थापन, रगतमा हेमोग्लोबिनको मात्रा निर्धारण, भिटामिन डी लाई सक्रिय बनाउनेलगायत धेरै काम गर्छ । ३० वर्षको उमेरमा मिर्गौलाले सबैभन्दा बढी काम गरेको पाइएको छ भने क्रमशः उमेरसँगै मिर्गौलाले कम काम गर्दछ, ९० वर्ष पुगेको स्वस्थ व्यक्तिको मिर्गौलाले आधीमात्र काम गर्दछ र त्यो उमेरको लागी पर्याप्त हुन्छ ।

मिर्गौलामा लाग्ने रोगहरू पिसाबको संक्रमण, पत्थरी, नेफ्राइटिस बाहेक रक्तचाप र मधुमेहले पनि मिर्गौलामा असर पार्छ । पिसाब घटेमा, पोलेमा, फेर्न गाह्रो भएमा उपचार गरिने चलन छ, तर मिर्गौला क्रमशः बिग्रँदै गएको, उक्त अंगको क्षमता घट्दै गएको थाहा पाइँदैन । अधिकांश मिर्गौला बिग्रँदै गरी लागेको रोग लक्षणविहीन हुने हुनाले जाँच पड्ताल गरिँदैन । अधिकांश बिरामीहरू रोगले धेरै चापेपछि मात्र उपचार गर्न आउने गर्छन् ।

मिर्गौला बिग्रिसकेपछि, उपचार भनेको डायलाइसिस वा प्रत्यारोपण हो । डायलाइसिस भनेको बिरामीको रगत शुद्ध गर्ने उपचार विधि हो । हेमोडायलाइसिसमा बिरामीको रगत मेशिनमा पठाएर शुद्ध पारिन्छ । यो गर्न हप्तामा दुई पटक र एक पटकमा चार घण्टा लाग्छ । पेरीटोनियल डायलाइसिस वा पानी डायलाइसिस भन्नाले बिरामीको पेटभित्र दुई लिटरको विशेष औषधियुक्त पानी दिनमा तीन पटक राखेर रगत शुद्ध पारिन्छ ।

डायलाइसिसबाहेक अर्को उपचार हो मिर्गौला प्रत्यारोपण । आफन्त स्वस्थ व्यक्तिको मिर्गौला शल्यक्रिया गरेर बिरामीको शरीरमा जोडिन्छ र बिरामी पूर्णतः स्वस्थ बन्छ तर त्यो प्रत्यारोपण गरेको मिर्गौलालाई काम गराउन औषधि (Immuno Suppresive Medicine ) जीवनभर नटुटाइकन खानुपर्छ । डायलाइसिस गर्न पाइएन, प्रत्यारोपण भएन भने मृत्यु अवश्यम्भावी छ ।

स्वस्थ व्यक्तिको मिर्गौला कसरी बिग्रन्छ त ?

हाम्रो बिग्रँदो जीवनशैली, स्वास्थ परीक्षण नगराउने बानी, लक्षणको पछाडि दौडेर उपचार गराउने चलनले रोग ढिलो पत्ता लाग्छ । हार्ट टु हार्ट नेपाल (Heart to Heart Nepal) का अनुसार नेपालमा १० प्रतिशत जनसंख्यामा अर्थात् ३० लाख व्यक्तिमा मिर्गौलाको समस्या हुने रहेछ । संसारभरीको तथ्यांकले यही भन्छ । यिनै ३० लाख मध्येबाट प्रत्येक वर्ष तीन हजार व्यक्तिको मिर्गौला पूरा काम नलाग्ने हुन्छ र डायलाइसिस वा प्रत्यारोपणले मात्र बचाउन सक्छ । चुरोट, खैनी, सुर्ती, जाँडरक्सी, अत्यधिक मासु, अस्वस्थ तरिकाले पकाएको खाना, बेलुकी ढिलो खाने बानी, कसरत, व्यायाम गर्न नभ्याउने वा नगर्ने, मिसावटी खाना, प्रदूषण सबैले मिर्गौला रोग बढाइरहेको छ ।

नेपालमा २०४५ सालबाट डायलाइसिस सेवा सुरु भयो वीर अस्पतालबाट । आज देशका विभिन्न ठाउँमा ६० वटा भन्दा बढी अस्पतालले यो सेवा प्रदान गरिरहेका छन् । केन्द्रले करिब पाँच हजार मिर्गौला रोगीलाई डायलाइसिस सेवा दिइरहेछन् । आठ वटा अस्पतालले मिर्गौला प्रत्यारोपण अनुमति पाएका छन् । विपन्न नागरिकलाई डायलाइसिस निःशुल्क छ, साथै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण पनि रोगको उपचार सजिलो छैन, तर परेपछि नगरी सुख छैन ।

मिर्गौला स्वस्थ राख्न हामीले ध्यान दिनु छ । दिनको सुरुवात एक गिलास पानीबाट गरौं ताकि हामी दुई÷तीन लिटर पिसाब फेर्ने गरी झोल पदार्थ पिउने बानी बसालौं । बढी पसिना आउँदा धेरै पानी पिउने गरौं । दिनमा सात किलोमिटर हिँड्ने व्यायाम, योग, प्रणायाम, खेलकुद गरौं ताकि हामी १० हजार पाइला चाल्नेछौं भने हामी स्वस्थ रहन सक्छौं । खाना खाँदा स्वस्थ ताजा र सागसब्जी तरकारी, फलफूल, दाल गेडागुडी बढी खाएमा स्वस्थ रहन मद्दत पुग्दछ । मासुको परिकार कम, गुलियो कमको साथसाथै मैदाबाट बनेको र तैयारी खाना कम खाने बानी बसाल्नुपर्छ । राति सुत्नुभन्दा तीन घण्टाअघि खाने र सो खाना हल्का भएमा स्वस्थ हुन सकिन्छ । निद्रा पुग्नेगरी सुत्ने गर्नुपर्छ कम्तीमा ६ देखि ८ घण्टा । कुनै लक्षण नभए पनि । आफूलाई स्वस्थ महसुस भए पनि वर्षमा एकपटक पिसाब जाँच र रगतमा क्रिटिनिन जाँच गर्नुपर्छ ।

पिसाबमा प्रोटिन गएको छ भने मिर्गौलामा रोग छ, रगतमा क्रिटिनिन बढेको छ भने मिर्गौला बिग्रन लाग्यो भन्ने बुझ्नुपर्छ । समयमै उपचार ग-यो भने मिर्गौलाको रोग निको पार्न सकिन्छ साथै मिर्गौला बिग्रने सम्भावना घटेर जान्छ ।

“उपचारभन्दा रोकथाम राम्रो” भन्ने भनाई सबैलाई थाहा छ । तर यसलाई साकार पार्न रोकथामको उपाय अपनाउनु पर्छ । रोकथामको पहिलो चरण मेरो स्वास्थ्य कस्तो छ ? भनी थाहा पाउनुपर्छ । यसका लागि मिर्गौलाको परीक्षण गर्नुपर्छ । नेपालको धेरै ठाउँमा रगतमा क्रिटिनिन र पिसाब जाँच सम्भव छ । त्यसैले सबै व्यक्तिहरूले कम्तीमा पिसाब जाँच गर्न जरुरी छ । यसो गर्दा पिसाबमा प्रोटिन गए नगएको पत्ता लाग्छ । प्रोटिन गएको छ भने मिर्गौलामा रोग छ, प्रोटिन गएको छैन भने मिर्गौला स्वस्थ छ । त्यसपछि रगत जाँच गर्न पाए सुनमा सुगन्ध हुनेछ ।

“स्वस्थ मिर्गौैला–स्वस्थ नेपाल” र “मिर्गौला रोगमुक्त” नेपालको परिकल्पना गर्दै “मिर्गौला बचाऔं अभियान” सुरु गरिएको छ । मिर्गौला बारे जानकारी, मिर्गौला स्वस्थ राख्ने तरिकाबारे जानकारीको साथ साथै “अंगदान– जीवनदान” जस्ता कार्यक्रम सञ्चालन गर्दै मिर्गौला रोगबारे जानकारी दिँदै आएको छ ।

मिर्गौला स्वस्थ छ छैन भनी थाहा पाउन निःशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन गर्दै आएको छ । उच्च रक्तचाप, मधुमेह, मोटो व्यक्तिहरू, परिवारमा मिर्गौला रोग देखापरेका व्यक्तिहरू र ३० वर्षमाथि उमेरका प्रत्येकले वार्षिक मिर्गौला परीक्षण गर्ने सल्लाह घरघरमा पु¥याउने काम पनि गर्दै छ । हालसालै “स्वस्थ मिर्गौला स्वस्थ काठमाडौं” कार्यक्रम काठमाडौं महानगरपालिकासँग मिलेर सञ्चालनमा ल्याएको छ । यसको उद्देश्य समयमै परीक्षण गरौं र स्वस्थ रहौं भन्ने नै हो । सके दिनको एक रूपैयाँ मिर्गौला बचाऔं अभियानमा दान गरी रोकथाम कार्यक्रम अगाडि बढाऔं ।

– डा.ऋषि कुमार काफ्ले मिर्गौला रोग विशेषज्ञ हुनुहुन्छ

‘मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या धेरै’
जनकपुरधाम । धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ । बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले नेपालमै बसोबास गर्नेभन्दा खाडी मुलुक र मलेसियामा काम गरेर फर्किएका आप्रवासी नेपालीमा मिर्गौला समस्या बढी हुनसक्ने देखाएको हो ।

अध्ययनका क्रममा दुई वर्ष खाडीका छ मुलुक ९कतार, साउदी अरब, कुवेत, ओमान, युएई, बहराइन० र मलेसियामा काम गरी फर्किएका तर नेपाल फर्किएको एक वर्ष पूरा नगरेका आप्रवासी र नेपालमै रहेका नागरिकबीच तुलना गरिएकामा त्यस्तो देखिएको अनुसन्धानकर्ता टोलीमा सहभागी डा निर्मल अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका सात सय १८ जना (सबै पुरुष) र नेपालमै रहेका सात सय २० जना (३७० पुरुष र ३४१ महिला) स्थानीयबीच तुलना गरिएको थियो । मिर्गौलाको अवस्था जनाउने सबैभन्दा महत्वपूर्ण परीक्षण मानिने ‘ग्लोमेरुलर फिल्ट्रेसन रेट’को क्षमता जाँच गरिएकामा आप्रवासीमा ५ दशमलव ८ प्रतिशत र गैरआप्रवासीमा ३ दशमलव ६ प्रतिशत कमी देखिएको डा अर्यालले जानकारी दिनुभयो ।

“गैरअप्रवासीमा पनि कहिल्यै विदेश नगएका पुरुष र महिलाभन्दा पूर्वआप्रवासीमा बढी समस्या देखिएको छ । त्यसैगरी रगतमा क्रियटिनिनको औसत पनि गैरआप्रवासीभन्दा आपवासीमा बढी देखिएको छ । उक्त परीक्षणले रगतमा क्रियटिनिन भन्ने तत्वको मात्रालाई हेरी मिर्गौलाले एक मिनेटमा कति मात्रामा रगत छान्दछ भन्ने निक्यौल गर्दछ र घट्दो दरले मिर्गौलाको कार्य क्षमतामा कमी आएको मानिन्छ । यसले पनि आप्रवासीहरूमा बढ्दो मिर्गौला समस्याको सङ्केत गर्दछ”, डा अर्यालले भन्नुभयो ।

यस्तै मिर्गौला रोगको अर्को परीक्षण पिसाबमा प्रोटिनको मात्रा भने आप्रवासीभन्दा गैरआप्रवासीमा बढी देखिएको छ । खासगरी गैरआप्रवासी महिलामा यो समस्या बढी देखिएकाले यसको कारकतत्व खोज्न छुट्टै अध्ययन गर्नुपर्ने अध्ययनको निष्कर्ष छ ।

त्यसैगरी अध्ययनले खाडी मुलुक र मलेसियाबाट फर्किएका नेपाली आप्रवासीमा स्थानीय गैरअप्रवासीको तुलनामा उच्चरक्तचाप (आप्रवासी ३८ प्रतिशत, गैरआप्रवासी १९ दशमलव ४ प्रतिशत), मधुमेह (आप्रवासी ७४ प्रतिशत, गैरआप्रवासी ४ दशमलव ७ प्रतिशत) र बढीतौल वा मोटोपन (आप्रवासी ६७४ प्रतिशत, गैरआप्रवासी ४९ प्रतिशत) को जोखिम निकै बढी रहेको देखिएको छ ।

डा अर्यालका अनुसार मिर्गौलाको रोगको जोखिम उच्च भएकामा सबैभन्दा धेरै लामो समयसम्म एकै स्थानमा काम गरेका कामदार, सुरक्षा गार्ड र सवारी चालक, प्रत्यक्ष घाममा, आउटडोर, धुलो–धुवाँमा काम गर्ने कामदारमा समेत यो समस्या धेरै पाइएको छ ।

यस अध्ययनका सिलसिलामा रगत र पिसाबको नमूना लिइएको र त्यसपछि प्रश्नावली सोधिएको थियो । अनुसन्धान टोलीका अर्का सदस्य एवं मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरका प्रमुख डा श्रवणकुमार मिश्रका अनुसार अध्ययनमा सहभागी करिब ९० प्रतिशत कतार, साउदी अरब र मलेसियामा कार्यरत थिए भने दुई तिहाइभन्दा बढी निर्माण र उद्योग क्षेत्रमा कार्यरत थिए ।

त्यसैगरी सहभागी आप्रवासीले औसतमा दैनिक १० दशमलव ७ घण्टा काम गर्ने गरेको र ३० दशमलव ९ प्रतिशतले औसतमा महिनाको एकदिन पनि विदा नलिने गरेको बताएका थिए । यस्तै २४ दशमलव ८ प्रतिशतले शारीरिकरुपले भारी र लगभग आधा सहभागीले (४४ दशमलव ४ प्रतिशत) गर्मीमा काम गर्नुपरेको, करिब ९७ प्रतिशत आप्रवासी सहभागीले काम गर्ने ठाउँमा पिउने पानी र शौचालयको सुलभ सुविधा रहेको बताएको डा मिश्रले जानकारी दिनुभयो ।

“आप्रवासी मात्रै होइन उहाँहरूको परिवारका सदस्य (विशेष गरी श्रीमती) मा पनि विभिन्न तनावका कारण धेरै समस्या हुनसक्ने देखिन्छ । यसर्थमा आप्रवासीमा उच्च रक्तचाप, मधुमेह र बढी तौल वा मोटोपन देखिएकाले ती देशमै यससम्बन्धी सचेतना जगाउन आवश्यक छ । त्यसका लागि नेपाली दूतावास र आप्रवासीको हकहितको लागि काम गर्ने सङ्घसंस्थाले पनि विशेष पहल गर्नुपर्छ”, डा मिश्रको भनाइ छ ।

बर्नमथ विश्वविद्यालय र ग्रिनतारा नेपाल नामक गैरसरकारी संस्थाले बेलायतस्थित द कोल्ट फाउण्डेशनको आर्थिक सहयोगमा गरेको यस अध्ययनमा मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला, संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन ९आइओएम० र बेलायतकै युनिभर्सिटी कलेज लण्डन (युसिएल) ले सहयोग गरेको जनाइएको छ । यस प्रकारको अध्ययन समुदायस्तरमा आप्रवासी नेपाली कामदार र गैरअप्रवासीबीच पहिलोपटक भएको दावी गरिएको छ ।

अनुसन्धानमा प्रमुख अनुसन्धानकर्ताको रुपमा डा प्रमोदराज रेग्मी (बर्नमथ विश्वविद्यालय, बेलायत) र उहाँको टिममा अनुसन्धानकर्ता डा निर्मल अर्याल, प्रा डा एडविन भान तेजलिन्जिन, प्रा डा अरुण सेढाइ, डा राधेश्यामकृष्ण केसी र डा श्रवणकुमार मिश्र सहभागी भएको ग्रिन तारा नेपालले जनाएको छ । रासस