मिरुना मगर – News Polar

मिरुना भन्छिन्– ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’बाट पोजेटिभ भाइब्स आइरहेको छ
काठमाडौं । नेपाली चलचित्र उद्योगमा मिरुना मगरलाई भाग्यमानी नायिका भने पनि हुन्छ । किनकी तुलनात्मक रूपमा उनका चलचत्र असफलभन्दा पनि सफल धेरै छन् ।

सुरुवाती वर्षाका केही चलचित्रलाई छोड्ने हो भने जब उनी स्थापित भइन्, लगातार हिट चलचित्र दिइन् । ‘कबड्डी–४ फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ उनका हिट सिनेमा हुन् । यी तीन सिनेमाले हिटमा ह्याट्रिक गरे ।

‘रङ्गेली’ र ‘मनसरा’ तुलनात्मक रूपमा सफल नभए पनि त्यसपछि आएका ‘घरज्वाइँ’ र ‘ऊनको स्वीटर’ फेरि हिट भए । अब ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ रिलिज हुँदा उनले फेरि दोस्रो पटक हिटमा ह्याट्रिक गर्लिन् त ? यदि, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ व्यापारिक रूपमा सफल भयो भने मिरुनाका लागि यो दोस्रो ह्याट्रिक हुनेछ ।

आम नेपाली समाजको कथा, इमोस्नल टच, अब्बल कलाकारको लाइनअप रहेकाले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’बाट पनि उनले सफलताको अपेक्षा गरेकी छन् ।

“जसरी यसअघि सफल भएका सिनेमामा काम गर्दा पोजेटिभ भाइब्स आउँथ्यो । यो सिनेमा गर्दा पनि त्यस्तै महसुस भइरहेको छ,” मिरुना भन्छिन्, “त्यसैले यो चलचित्रबाट पनि धेरै आशा छ । दर्शकले मन पराइदिनुहुन्छ भन्नेमा विश्वस्त छु ।”

बलियो लाइनअप रहेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदै छ । हिमाल न्यौपानेले निर्देशन गरेको यो चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

राउतले यसअघि ‘प्रेमगीत ३’ मा मुख्य भूमिका निभाएका थिए भने अहिले निर्देशनतर्फ पाइला चालेका छन् । उनी भन्छन्,

“यसले निम्न र मध्यम वर्गीय नेपालीको समस्या उजागर गर्छ । नेपाली दर्शकको मुड र रुचि अनुसार तयार गरिएको यो सिनेमा सम्पूर्ण वर्गको प्रतिनिधि कथा बन्नेछ ।”

“हाम्रो केही न केही हराएको हुन्छ, कहिले वस्तु, कहिले सम्बन्ध, कहिले अस्तित्व,” एसोसिएट निर्देशक राउत भन्छन्, “यो कुनै समुदाय विशेषको मात्र नभई सबैको साझा कथा हो । त्यही भएर मिरुना मगरलाई चलचित्रमा जोडेका हुौँ । उहाँ मार्फत आम नेपालीले भोगेको समस्या यो सिनेमाले देखाउछ । दर्शकको रुचि र चाहनालाई सम्बोधन गर्नेमा म विस्वस्त छु ।’

आम नेपाली समाजमा गहिरो गरी गुञ्जिरहेको भावनात्मक र सामाजिक यथार्थमा आधारित रहेको चलचित्रमा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।

अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।

‘जनै हराएको बाहुन’ मा केकी र मिरुना अनुबन्ध
काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’को लाइनअप बलियो हुँदै गएको छ । रिलिज डेट लिइसकेको सिनेमाले लाइनअप पनि सार्वजनिक गर्दै आएको छ ।

निर्माणपक्षले यो चलचित्रको मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगरलाई अनुबन्ध गराएको छ । अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबन्ध भइसकेका छन् ।

‘जनै हराएको बाहुन’मा विजय पछि मुख्य भूमिकामा केकी र मिरुना अनुबन्ध भएका हुन् । सिनेमामा विजयसँग जोडीका रूपमा यी दुई अभिनेत्रीमध्ये को हुने भन्नेबारे निर्माणपक्षले खुलासा गरिसकेको छैन ।

चलचित्रको केही समय अघि थिम मोसन पोस्टरमार्फत सार्वजनिक भइसकेको छ । ‘जनै हराएको बाहुन’ले आमा र छोराबीचको इमोस्नल कथा भन्नेछ । यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो ।

‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । उनको यो डेव्यु निर्देशन छन् । यो चलचित्रको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको नयाँ कथा र आकर्षक सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ ।

आदित्य फिल्मस् निर्माता रहेको चलचित्रमा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहेका छन् ।

यो वर्षको अन्त्यसम्ममा चलचित्र छायांकनमा जानेछ । यो चलचित्र आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुँदैछ । निर्माणपक्षका अनुसार यो सिनेमा नेपाल र ओभरसिज मार्केटमा एकै दिन रिलिज हुनेछ ।

‘सानुमाया’मा मिरुना र दीपकबीच प्रेम र करियरको द्वन्द्व
काठमाडौं । भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको ‘सानुमाया’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

यो भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथा मार्फत पहिचान, संघर्ष र प्रेमका गहिरा भावनाहरूलाई प्रस्तुत गरिएको छ।

पहिचानको अभाव, प्रेम र करियरबीचको द्वन्द्व, र सामाजिक संघर्षलाई भावनात्मक रूपमा उजागर गरेको ‘सानुमाया’ म्युजिक भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक महत्त्व र समाजभित्रको गहिराइलाई कलात्मक रूपले प्रस्तुत गर्ने प्रयास गरेको छ।

लेखक तथा निर्देशक विवेक रसाइलीद्वारा निर्देशित भिडियोमा मिरुना मगर, दीपक रसाइली र प्रेम सुब्बालाई फिर्चड गरिएको छ । मिरुनाको पात्रले आफ्नो प्रेम र करियरबीचको संघर्षलाई झल्काउँछ, जसले समाजमा पहिचान नभएको अवस्थाबाट उत्पन्न हुने द्विविधा र कठिनाइलाई चित्रण गर्छ।

मिरुना मगरले भुटानी नेपाली समुदायकी एक महिलाको भूमिका निर्वाह गरेकी छिन्, जो आफ्नो करियर र आफ्नो प्रेमबीच छनोट गर्नुपर्ने अवस्थामा छन्। उनको पात्रले पहिचानको अभावले ल्याउने सामाजिक दबाब र व्यक्तिगत द्वन्द्वलाई जीवन्त रूपमा पर्दामा उतारेको छ।

‘सानुमाया’ ले भुटानी नेपाली समुदायको सांस्कृतिक परम्परा, प्रेम, र पहिचान गुमाउनुपर्ने परिस्थितिलाई भावुक तर प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । गीतमा समेटिएका कथा र सांगीतिक संयोजनले दर्शकलाई पात्रहरूको भावनामा डुबाउन मद्दत गर्छ।

विजय बस्याल कार्यकारी निर्माता रहेको भिडियोका रेजोन थापा मुख्य सहायक निर्देशक र उज्ज्वल जोशी छायाकार हुन् ।

‘सानुमाया’ म्युजिक भिडियो भिजुअल आर्ट्स स्टुडियोको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । दर्शकहरूले यो सांगीतिक कथा मार्फत भुटानी नेपाली समुदायको वास्तविकता र संघर्षलाई अनुभव गर्न सक्नेछन्  सानुमाया   ले भुटानी नेपाली समुदायको सांस्कृतिक परम्परा, प्रेम, र पहिचान गुमाउनुपर्ने परिस्थितिलाई भावुक तर प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । गीतमा समेटिएका कथा र सांगीतिक संयोजनले दर्शकलाई पात्रहरूको भावनामा डुबाउन मद्दत गर्छ।

चलचित्र ‘ऊनको स्वीटर’ वैशाख २६ गते रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
काठमाडौं । विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । केही महिना अघि सार्वजनिक गरिएको फर्स्ट लुक पोस्टरमा नयाँ ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहेका विपिन र गुरुङ पहिरनमा मिरुना मगर चित्रित थिए । सोमबार सार्वजनिक गरिएको पोस्टरमा सोही फोटोको एक अंशलाई निरन्तरता दिइएको छ । साथै, पोस्टरमा डोको बोकिरहेका विपिनले हातमा डायरी बोकेका छन् भने मन्द मुस्कानमा रहेकी मिरूनालाई राखिएको छ । ’ऊनको स्वीटर’ शीर्षकलाई ऊनको धागोले बुनिएको डिजाइनमा तयार पारिएको छ ।

पोस्टर सार्वजनिकसँगै यस चलचित्रको रिलिज मिति पनि घोषणा गरिएको छ । यो चलचित्र २०८२ सालको वैशाख २६ गते रिलिज हुने जनाइएको छ । यस चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।

नवीन चौहानले निर्देशन गरेको ‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.ले निर्माण गरेको पहिलो फिचर चलचित्र हो, जसले यसअघि थुप्रै म्युजिकल फिल्महरू निर्माण गरेर लोकप्रियता हासिल गरेको थियो । ‘घुमी घुमी,’ ‘देखेर तिमीलाई –  तीनपाते,’ ‘फूलथुङ्गे रानी,’ ‘चन्द्रमा’ जस्ता साङ्गीतिक चलचित्रहरूका निर्देशक समेत रहेका चौहानको यो नै पहिलो फिचर चलचित्र हो । चलचित्रलाई निर्देशक चौहानले नै लेखेका हुन् भने लेखन सहकार्यमा सुरज कटुवाल रहेका छन् । चलचित्रको छायाङ्कन पाँचथर र नेपाल भारत सिमाना फालेलुङमा गरिएको छ ।

यसअघि यस चलचित्रको ओएसटी गीत ‘फूल’ बहु चर्चित भइसकेको छ । छायाङ्कन जानुअघि लिरिकल स्टाइलमा सार्वजनिक गरिएको गीतलाई हालसम्म १ करोड ४० लाख भन्दा बढी पटक युट्युबमा हेरिएको छ । चलचित्रका सङ्गीत निर्देशक सुजन चापागाईँ हुन् र सङ्गीत निर्माण तथा ब्याकग्राउण्ड म्युजिक कोबिद बज्रले तयार गरेका छन् । चलचित्रमा समावेश गीतका रचनाकारहरू हर्क साउद र युवराज काफ्ले हुन् भने सङ्गीतकारहरू सुजन चापागाईँ र झुमा लिम्बु हुन् । गीतमा सुजन चापागाईँ, झुमा लिम्बु, सुनिता थेगीम र सलिना बि.क.को स्वर रहेको छ । कोरियोग्राफी रोशन बि.क. र डिप गुरुङले गरेका छन् । चलचित्रको सिनेमाटोग्राफी चिन्तन राजभण्डारीले गरेका छन् भने सम्पादन कृष्ण भण्डारीले गरेका छन् ।

चलचित्रको एशोसियट निर्माता केन्द्र मोशन पिक्चर्स हो भने सह-निर्माताहरूमा साहाङ्ग चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने रहेका छन् । कार्यकारी निर्मातामा सागर बुढाथोकी र मिलन खत्री छन् ।

चलचित्रको कला निर्देशन विशाल न्यौपानेको टिमले सम्हालेको छ । पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका छन् । सोसल मिडिया व्यवस्थापनमा प्रकाश क्षेत्री, विवेक खकुरेल, र ज्ञानु सङ्गम खड्का रहेका छन् । यस चलचित्रको वितरण काफिया फिल्म्स प्रा.लि. र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन् ।

मुख्य सहायक निर्देशक फिरोज खड्का, लाइन प्रोड्युसर फुङ्सो जबेगु, स्थानीय सहजकर्ता प्रज्वल बास्कोटा हुन् । प्रोडक्सन डिजाइन काजी राना र गुणराज देवानले गरेका छन् । मेकअप आर्टिस्ट आयाज शेख, कस्ट्युम डिजाइनर सुजन परियार, हेयर स्टाइलिस्ट सुशीला साम्बा, एक्टिङ तथा कास्टिङ निर्देशक सुरज तमू रहेका छन् ।

‘रङ्गेली’मा ‘जुनकिरी’को दह्रो उपस्थिति छ: मिरुना मगर
काठमाडौं। अभिनेत्री मिरुना मगर यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘जुनकिरी’चरित्रमा देखिँदै छिन् । मिरुनाको भनाइमा उनले निभाएको यो चरित्र उनको चलचित्र करियरकै अहिलेसम्मको फरक चरित्र हो । उनलाई यो चलचित्रमा थारु गेटअपमा दर्शकले हेर्न पाउनेछन् ।

जुनकिरी चरित्रमा अभिनय गरिरहँदा मिरुनाले समाजका धेरै पात्रहरूको प्रतिनिधित्व गरेको अनुभव भएको स्मरण गर्छिन् । ‘जुनकिरी एकदमै स्वतन्त्र र आफ्नै बाटोमा हिँडिरहेकी पात्र हो । यस चलचित्रका खलपात्रहरु जो ‘ब्ल्याक एण्ड ह्वाइट’ नभईकन ‘ग्रे’जोनका छन्, उनीहरूको यात्रामा उसले आफैलाई एकदमै कठोर तरिकाले डिल गर्छिन् त ? यो चलचित्रमा हेर्न पाइन्छ’, मिरुना भन्छिन् ।

स्क्रिप्ट पढ्दा देखि नै जुनकिरीको चरित्र विकासमा ध्यान दिएको उनी बताउँछिन् । ‘मैले आफैँले पात्र चित्रण गर्दा समाजमै भएको पात्रहरूलाई हेरेर उनीहरूको यात्रा, भावना र भोगाइलाई वास्तविक हिसाबले हेरेर त्यसलाई चलचित्रमा देखिने प्रयास गरेकी छ’, मिरुना भन्छिन्, ‘रङ्गेलीमा प्रमुख पात्रहरू विजय (दयाहाङ राई ), भगवान् दादा (अर्पण थापा), माने (प्रवीण खतिवडा) र यादव (रुपेश झा) मेरो जीवनमा जोडिने चरित्रहरू हुन् ।’

उनले यस चलचित्रमा जुनकिरीको सम्बन्ध अन्य चरित्रसँग ‘चाखलाग्दो’ र ‘जटिल’ मान्छिन् । ‘उहाँहरू सबैसँगको जुनकिरीको यात्रा चाहिँ एकदमै जटिल छ । उनीहरूको यात्रासँग जोडिँदा दर्शकमा अब के हुन्छ, कता कता जान्छ, कसरी यस्तो हुन्छ भन्ने कौतुहलता सिर्जना गर्छ’, उनको बुझाई छ । उनले प्राय: चलचित्रमा महिला कलाकारलाई प्रेमको पात्रको रूपमा मात्र चित्रण गरिने भएता पनि यो चलचित्रमा आफ्नो चरित्र प्रेम भन्दा माथि रहेको बताइन् ।

चलचित्रका हरेक दृश्यमा उनलाई उत्तिकै चुनौती भइरहेको थियो । चलचित्रमा देखिने आफ्ना भावुक दृश्यअघि अन्य पात्रको भावना बुझ्न आफूलाई निकै गाह्रो भएको उनको कथन छ । ‘पात्रसँगको सम्बन्ध र त्यो पात्रसँग कथाभित्र के पाउन खोजिएको छ, त्यो कुरा बुझ्न र कथाका विकास गर्न केही समय लाग्यो । जुनकिरी चरित्र निर्वाह गर्दा आफ्ना भावनाहरू आफूभित्र नभोगेका कुराहरू नहुन पनि सक्थ्यो, त्यो भावना बाहिर निकाल्न मलाई अलिक गाह्रो भयो’, उनी भन्छिन्, ‘मैले वास्तविक जीवनमा त्यो अवस्था भोगेको छैन, तर मेरो चरित्रले भोगेको छ । मैले नदेखेको कुरा ल्याउनुपर्दा चाहिँ आफूलाई प्रस्तुत गाह्रो भयो ।’

मिरुनाको बुझाइमा चलचित्र निर्वाह गरेको ‘जुनकिरी’ चरित्रको आयामबाट दर्शकले धेरै कुरा प्राप्त गर्छन् । ‘जनकिरी एउटा विश्वभित्र एक्लै लडिरहेकी हुन्छिन् । उसले आफ्नो जीवन अगाडि बढाइरहँदा आउने उतार चढावले जुनकिरीमाथि चुनौती थप्छ’, मिरुना थप्छिन्, ‘त्यो चुनौतीलाई डिल गर्दै जुनकिरी एकदमै दह्रो भएर अगाडि आउँछिन् । त्यो कुरा दर्शकले चलचित्र हेर्दा महसुस गर्नुहुनेछ ।’

उनले मानव जीवनमा र चरित्र निर्वाह गर्दा भोगेको समानान्तर अनुभव, अवस्था या देखिरहेको अवस्थालाई खोतलेर त्यहाँबाट प्राप्त भावनालाई आफ्नो चरित्रमा देखाउने प्रयास गरेको खुलाइन् । ‘अन्य चरित्रको जस्तै जुनकिरीलाई पनि पावर चाहिन्छ । उसले पनि धोका पाउँछे । दैनिक जीवनमा पनि मान्छेसँग पावर भयो भने आफूले गर्न चाहेको कुरा गर्न पाउँछन् । यो चलचित्रकी जुनकिरी चरित्रको कुरा पनि त्यही हो । यो दृष्टिकोणबाट हेर्दा जुनकिरीलाई पनि मैले नै उसको यात्रामा त्यसरी गाइड गर्न खोजेको बुझेको छु’, मिरुना प्रस्ट्याउँछिन् ।

‘रङ्गेली’मा ‘जुनकिरी’ चरित्र निभाइरहँदा समाजमा राम्रो र नराम्रो नभई ‘ग्रे’ जोनमा बसिरहेको मान्छेहरूको जीवनमा कसरी ट्वीस्ट आउँछ भन्ने कुरा आफूले ‘विजय’ र ‘भगवान् दादा’को पात्रबाट देखेको बताइन् । ‘उहाँहरू कसरी त्यहाँसम्म आइपुग्नुभयो । त्यो विन्दुसम्म समाजले उहाँहरूको आफ्नो अनुभवले कसरी गाइड गर्दै गयो भन्ने कुरा नै बुझ्ने प्रयास गरेँ जस्तो लाग्छ । खल पात्र भनेको जसरी हामीले चित्रण गरिन्छ, जसरी समाजमा बुझिन्छ, त्यो भन्दा पनि किन भयो त, कसरी त्यहाँसम्म आइपुग्नु भयो र उहाँहरूले के हिसाबमा खल पात्र मानिनुभयो भन्ने कुरा नै सुरुमा नै मैले बुझ्ने प्रयास गरेकी हु’, मिरुना भन्छिन् ।

चलचित्रमा ‘जुनकिरी’को दह्रो उपस्थिति नै चलचित्रको अर्को उल्लेख्य पक्ष रहेको मिरुनाको बुझाई छ । ‘जसरी हाम्रो समाजमा यस्तो हुनुपर्छ, यसरी गर्नुपर्छ भनेर कुराहरू आउँछ, त्यो सामाजिक विषयवस्तुलाई चरित्रले राम्रैसँग बोकेको छ । त्यो हुँदाहुँदै पनि मैले समाजसँग भन्दा पनि आफूले विश्वास गर्ने कुराहरू, मेरो मूल्य र मान्यतालाई धेरै फाइट गर्नु परेको थियो । मैले विश्वास गर्ने कुरा र जुनकिरीको जीवनमा हुने कुरा धेरै फरक छन् । त्यो विशाल बाटोमा एकदमै गहिरो तहमा नहुन सक्छ । जुनकिरीको यति धेरै छ कि ती सबै खोल्न पनि मिल्दैन । तर चलचित्र हेर्दा समाजमा हुने घटनाको र समाजमा हुने पात्रहरूको एउटा राम्रो उपस्थिति देखिन्छ’, मिरुनाले बताइन् ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो)एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

अभिनेत्री मिरुना र फिल्म प्राविधिक ठकुरीविरुद्ध कुटपिट आरोपमा मुद्दा दायर
काठमाडौँ । अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध मुद्दा दायर गरिएको छ । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दायर गरेका हुन् ।

तामाङले दुवैजनालाई कानूनबमोजिमको सजायको माग गरेका छन् । माफी माग्ने बेलामा पटकपटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि बाध्य भएर मुद्दा दर्ता गर्नुपरेको तामाङले उजुरीमा उल्लेख गरेका छन् ।

उनले मिरुनालाई फिल्म प्राविधिक ठकुरीले उक्साएको भन्दै उनीविरुद्ध पनि मुद्दा दायर गरेको बताएका छन् । गत जेठ १५ गते काठमाडौँ को सिभिल मलस्थित एक कफी सपमा कबड्डी ४ फिल्मको प्रचारका लागि पुगेकी मिरुनाले आफूलाई दुर्व्यवहार गरेको भन्दै तामाङलाई थप्पड हानेकी थिइन् ।

त्यसपछि बौद्ध भिक्षु र बौद्ध समुदाय फिल्मविरुद्ध नै प्रदर्शनमा उत्रिएका थिए । त्यसपछि फिल्मसम्बद्ध पक्ष र बौद्ध समुदायबीच माफी मागेर सहमति भएको थियो ।

तर सहमति भएको एक सातामै मिरुना र फुर्वा फेरि विवादमा उत्रिएका थिए । अहिले मिरुनाले माफी माग्नुपर्ने भन्दै फुर्वाले मुद्दा दायर गरेका हुन् ।

स्वर्णपदक सहित मिरुनाले लण्डनको ब्रनेल विश्वविद्यालय बाट पुरा गरिन स्नातकोत्तर तह- फोटोफिचर
काठमाडौं । अभिनेत्री मिरुना मगरले लण्डनको ब्रनेल विश्वविद्यालयबाट बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा ब्रनेल गोल्ड अवार्ड सहित स्नातकोत्तर तहउत्तीर्ण गरेकी छिन् ।

चत्रचित्र ‘कबड्डी ४’का नायीका मिरुनाले अनगिन्ती बाधा र अड्चनको बाबजुद मास्टर्स डिग्री उत्तीर्ण गरेको भन्दै सामाजिक संञ्जालमा एक भाबनात्मक सन्देश राखेकी छिन् ।

उनले लेखेकी छिन् –

‘अनगिन्ती बाधा र अड्चनको बाबजुद मास्टर्स डिग्री उत्तीर्ण गर्न पाउँदा र यसबीचमा फिल्मको छायांकन पनि सम्पन्न गर्न सकेकोमा म आफूलाई गौरवान्तित महसुस गर्छु । कैयौं निद्रारहित रातहरु, लकडाउनका शून्यताहरु र भित्रैदेखि मन भाँचिएका कैयौं क्षणको नतिजाको रुपमा यो उपलब्धि हासिल भएको छ । यो सहयोग र समर्थनको लागि मेरो परिवार र साथीहरुलाई धन्यवाद नदिइरहन सक्दिनँ । मेरो जीवनमा उनीहरुलाई पाएकोमा कृतज्ञ छु ।’

दुवैले क्षमायाचना गर्दै मिरुना र फुर्बाबीच सहमति
काठमाडौं । ‘ब्याड टच’ प्रकरणमा अभिनेत्री मिरुना मगर र आरोपि फुर्बा तामाङबीच समझदारी भएको छ ।

दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

फिल्म ‘कबड्डी ४’ को टिमकाबीच दुई पक्ष सहमतिका लागि तयार भएका हुन् ।

सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ ।

सामाजिक सञ्जालमा यो घटनाले निकै चर्चा पाएको थियो । दर्शकहरुले फिल्म बहिस्कार गर्ने अभियान समेत चलाएका थिए भने राजधानीको केएल टावरमा प्रदर्शन समेत गरिएको थियो ।

अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु रिहा
काठमाडौं । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मुगुका बौद्ध भिक्षु लामालाई मंगलबार रिहा गरेको हो ।

अभिनेत्री मगरले सुन्धारास्थित सिभिल मलको एक कफी सपमा आफूविरुद्ध बौद्ध भिक्षु लामाले ‘दुर्व्यवहार’ गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि भिक्षु लामालाई प्रहरीले पक्राउ गरेको थियो ।

अभिनेत्रीमाथि ‘दुर्व्यवहार’को आरोपमा पक्राउ परेका बौद्ध भिक्षुलाई रिहा गर्न माग गर्दै प्रदर्शन
काठमाडौँ । एक अभिनेत्रीलाई ‘दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई रिहा गर्न माग गर्दै मंगलबार बिहान प्रदर्शन गरिएको छ । ‘कबड्डी ४’ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको भन्दै मुगु स्थायी घर भएका फुर्वा लामा नामक बौद्ध भिक्षुलाई प्रहरीले पक्राउ गरेको थियो ।

युवाहरुको एक समूहले मंगलबार बिहान चावहिलस्थित केएल टावरअगाडि फुर्वा लामाको रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेको हो । समूहले ‘कबड्डी ४’ को पोस्टरसमेत जलाइदिएको छ ।

अभिनेत्री मगरले सुन्धारास्थित सिभिल मलको एक कफी सपमा आफूविरुद्ध बौद्ध भिक्षु लामाले ‘दुर्व्यवहार’ गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि भिक्षु लामालाई प्रहरीले पक्राउ गरेको थियो ।

लामाको पक्राउको विरोधमा कर्णालीबासी र लामा समुदायले मंगलबार अपराह्न २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने र प्रशासनमा उजुरी दिने कार्यक्रम राखिएपनि स्थगित गरिएको बताइएको छ ।

‘कबड्डी ४’ का निर्माता र निर्देशकले मंगलबार बिहानै बौद्ध गुम्बाका केही लामा अगुवासँग वार्ता गरेका थिए । आफ्नो फिल्मविरुद्ध प्रदर्शन चर्किने संकेत पाएका निर्देशक रामबाबु गुरुङले तामाङ समुदायका विभिन्न संघसंस्थासँग छलफल गरेका थिए । उनले मेलमिलापतिर आफू गएको बताएका छन् ।

‘कबड्डी ४’का लागि सिनेमा हल पुगेकी अभिनेत्री मगरले सोमबार ती बौद्ध भिक्षुले आफूलाई तीनपटक पछाडिबाट नियोजित ढंगले छोएर दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।