मानसिक समस्या – News Polar

मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ
काठमाडौँ । सहरभित्र मानिसको भीड छ । तर, भीडभित्रका हरेक मानिस एक्ला छन् । यो भावना होइन । न त यो साहित्यिक अभिव्यक्ति नै हो ।

काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले ह्यापी माइण्डसँगको सहकार्यमा काठमाडौँमा सञ्चालन गरेको मनोसामाजिक स्वास्थ्य शिविर र टोलका विभिन्न ठाउँमा पुगेर विभिन्न उमेर समूह र पेशासँग सम्बन्धित व्यक्तिहरुसँग कुराकानी गरेपछि निकालिएको निष्कर्ष हो ।

शिविर जेठ ३० गते शनिवारदेखि असार ८ गते सोमबारसम्म चलेको थियो । स्वयम्भू भगवान पाउ, कमलपोखरी, पञ्चमुखी हनुमान मन्दिर खरिबोट, बौद्ध स्तुप परिसर, इटुम्बहाल, चिवाद्यो आँगन, गहनापोखरी, हाँडीगाउँ डवली, न्हुःघ जोशी देगल मन्दिर परिसरगरी ९ ठाउँमा शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा आएर सेवा लिनेमा उमेरगत रुपमा १० वर्ष र अधिकतम ८४ वर्ष उमेर व्यक्तिलाई परामर्श प्रदान गरियो । यसमध्ये सबैभन्दा धेरै १८ वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्ति हुनुहुन्थ्यो । यस्तै लैङ्गिकताका आधारमा ५५ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक ५५५ जना महिला र ४०५ जना पुरुष सहभागी हुनुभएको थियो ।

परामर्शका क्रममा सेवाग्राहीले सुनाएका मनका व्यथा

बालबालिका जसको अन्तरमनले खेल्न खोजिरहेको छ । तर, खेल्दा पढाइ कमजोर हुने हो कि, परीक्षामा ‘जीपीए’ कम भएर अभिभावकले गाली गर्नुहोला कि भन्ने गहिरो डर छ । जीवनको उत्तरार्धमा पुगेका ज्येष्ठ नागरिक जसले आधुनिक सहरको कोलाहलमा आफ्नो भाषा बोल्ने र मनका कुरा सुनिदिने कोही देख्नुहुन्न । यसबाट उहाँहरुले समाजबाट आफू ‘परित्याग गरिएको’ महसुस गरिरहनु भएको अहिलेको अवस्थाले देखाउँछ । शिविर सञ्चालन गर्ने ह्याप्पी माइण्डसका संस्थापक श्रीया गिरीले अनुभव सुनाउनुभयो ।

यी दुई प्रतिनिधि अवस्था मात्र हुन् । मनोसामाजिक शिविरबाट प्राप्त भएको तथ्याङ्कले सहरमा मानसिक स्वास्थ्य अब व्यक्तिगत समस्या मात्र नभई एउटा भयावह ‘जनस्वास्थ्य संकट’ का रूपमा विकसित हुँदै गएको गिरीको अनुभूति छ ।

शिविरमा १० वर्षदेखि ८४ वर्ष उमेर समूहका व्यक्तिहरूले आफ्नो मनको गाँठो फुकाउनु भएको थियो ।

बालबालिका र किशोरकिशोरी: ‘डिजिटल फिक्सेसन’ र आत्महानीको जोखिम

१० वर्षदेखि १९ वर्ष उमेर समूहका बालबालिका र किशोरकिशोरीमा शैक्षिक नतिजाको तनाव यति गहिरोदेखियो कि, कम जीपीए आउँदा परिवार र विद्यालयबाट हुने सजायको डरले उनीहरूको निद्रा नै बिथोलिएको छ ।

प्रविधिप्रतिको अत्याधिक आशक्ति (डिजिटल फिक्सेसन) ले उनीहरूमा ध्यान केन्द्रीत गर्न नसक्ने (ल्याक अफ कन्सन्ट्रेसन) समस्या बढेको छ । अझ चिन्ताजनक कुरा त के छ भने उनीहरुमा ‘कसैले मलाई बुझ्दैनन्’ भन्ने भाव आउँछ । पटक पटक दुव्र्यवहारमा परेका कतिपय बालबालिकाहरू ‘आत्महानी’ (सेल्फ हार्म)को अवस्थासम्म पुगेको पाइएको छ । विद्यालयमा अनुशासनका नाममा दिइने शारीरिक सजाय र घरभित्रको असहयोगी वातावरणले उनीहरूलाई थप गुम्स्याएको छ ।

युवा पुस्ता: करियर र सम्बन्धको अनिश्चितता

२० वर्षदेखि २९ वर्षका युवाहरूमा भने भविष्य र करियरको चिन्ता प्रमुख देखिएको छ । ‘अब के गर्ने ? जीवन कसरी चलाउने ?’ जस्ता अनुत्तरित प्रश्नहरूले उनीहरूलाई घेरेको छ । सहरको महँगो जीवनशैलीमा समायोजन हुन नसक्नु र प्रविधिको प्रतिस्पर्धामा पछि परिने डरले उनीहरूमा सामाजिक एन्जाइटी (सोसल एन्जाइटी) बढाएको छ ।

त्यति मात्र होइन, विवाह र सम्बन्धका विषयमा पनि युवाहरू त्रसित छन् । ‘वैवाहिक सम्बन्ध नजोडिएकाहरुमा कोसँग, कसरी सम्बन्ध जोडिएला भन्ने उत्सुकतासँगै त्रास देखियो । सम्बन्ध जोडिएकाहरुमा सम्बन्ध टुट्ने जोखिमबाट कसरी बच्ने भन्ने डर देखियो । यसकारण उनीहरुमा तनाव सिर्जना भएका छन् ।

अभिभावक र वयस्क: आर्थिक बोझ र भावनात्मक दमन

३० वर्षदेखि ५९ वर्षसम्मका वयस्क र मध्यम उमेरका व्यक्ति भने घर र समाजको दोहोरो चेपुवामा छन् । गुँड खाली हुनु अर्थात छोराछोरीहरु घर छोडेर विदेश जाने क्रमले यस उमेरका अभिभावकमा सबैभन्दा धेरै मानसिक तनाव देखिन्छ । कामको तुलनामा कम आय हुनु, पारिवारिक अपेक्षा अधिक हुनुले परिवारको आर्थिक बोझ धान्न नसक्नुले मध्यम वर्गका व्यक्तिहरु तनावमा भेटिए । यो कुरा अरुलाई भन्न वा सुनाउन पनि नमिल्ने भएकोले पीडा बढ्ने क्रममा देखियो ।

अर्कोतर्फ, धेरै आमाहरूले परिवारमा कलह नहोस् भनेर आफ्ना संवेग र आवेगहरू लुकाउने गरेको पाइएको छ । अरूलाई बचाउन खोज्दा आफैँ मानसिक जोखिममा पर्ने प्रवृत्ति महिलाहरूमा बढी छ । मध्यम उमेरका महिलाहरूमा मेनोपज (महिनावारी सुक्ने) अवस्थाले आउने शारीरिक परिवर्तन र त्यसले निम्त्याउने अनिद्रा तथा छटपटीले उच्च रक्तचाप र थाइरोइड जस्ता स्वास्थ्य समस्या समेत बढाएको छ ।

ज्येष्ठ नागरिक: एक्लोपनको गहिरो घाउ

६० देखि ८४ वर्षका ज्येष्ठ नागरिकहरूमा भने ‘आफ्नो समय’ र ‘अहिलेको समय’ बिचको खाडलले पीडा दिएको छ । छोराछोरी र आफन्तको शोक, परम्परागत चालचलन र संस्कृतिमा आएको परिवर्तन र आधुनिक जीवनशैलीसँग तालमेल मिलाउन नसक्दा उनीहरूमा असाध्यै एक्लोपना देखिएको छ । ज्येष्ठ नागरिकहरुको एउटै आवाज खोज्दा पाइने भाव हो, ‘जीउ दुख्छ । उपचार गराइदिने छैन । मन दुख्छ । कुरा सुनिदिने, भावना बुझिदिने कोही छैन । आफ्नै भाषा बोलिदिने कोही भए मन बुझाउन सजिलो हुन्थ्यो । तर, त्यो पनि छैन ।’

‘काठमाडौँ महानगरपालिका देशकै एक मात्र कस्पोपोलिटन सिटीका रुपमा विकास र विस्तार भइरहेको छ । यस सहरमा बसोबास गर्ने मानिसहरुको सामाजिक मानसिक स्वास्थ्य पनि विशिष्ट खालको छ । तसर्थ मानसिक स्वास्थ्य सम्बन्धी केही गर्नका लागि मनोसामाजिक शिविरको माध्यमबाट समुदाय स्तरको अवस्था अध्ययन गर्न शिविर चलाएका हौँ ।’ महानगरपालिकाको स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन भन्नुहुन्छ, ‘मानसिक स्वास्थ्य समस्या अव मनभित्रै र घरभित्रै लुकाउने विषयका रुपमा हेर्नु हुँदैन । सरीरमा लागेको रोग जसरी उपचार गराइन्छ । त्यसरी नै मनमा लागेको रोगको पनि उपचार गराउनुपर्छ । शिविर तथा प्रत्यक्ष संवादबाट प्राप्त तथ्यको निष्कर्षले महानगरपालिकालाई स्वास्थ्य नीति तर्जुमा गर्न सहयोग पुगेको छ ।’

महर्जन थप्दै भन्नुहुन्छ, ‘सहरमा सबै मानिस कुनै न कुनै मानसिक समस्यामा गाँजिएकै छन् । सबैलाई कुनै न कुनै रुपको उपचार चाहिएको छ । यसका केही उपचार व्यक्ति आफैँले गर्न सक्छन् । केही परिवारबाट सम्भव छ । केही समाजबाट र केही चाहिँ स्वास्थ्यकर्मीबाटै उपचार गराउनुपर्छ ।’

सहरमा मानसिक स्वास्थ्य समस्याको तथ्याङ्कगत अवस्थाले, बढ्दो अवस्था घटाउन विद्यालयमा मानसिक स्वास्थ्य परामर्शदाताको व्यवस्था, अभिभावकलाई सचेतना, युवाहरूका लागि रोजगारीको सुनिश्चितता र ज्येष्ठ नागरिकका लागि सामाजिक सक्रियताका कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकता दिनु पर्ने देखिएको छ ।

महानगरपालिकाले अहिले सञ्चालन गरेका कार्यक्रमलाई तीव्र विस्तार अहिलेको आवश्यकता हो । नत्र, सहर एकदिन ‘मानसिक समस्याको मौन महामारी’ मा पर्ने जोखिम छ ।