मानव बेचबिखन – News Polar

‘मानव बेचबिखनको बदलिँदो स्वरूप–जटिल बन्दै उद्धार प्रक्रिया’
काठमाडाैँ । नेपालमा मानव बेचबिखनको स्वरूपमा आएको तिब्र परिवर्तनले यसको नियन्त्रण र उद्धार प्रक्रियामा नयाँ तथा जटिल चुनौतीहरू थपिएका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो र स्थानीय तहका सरोकारवालाहरूले पछिल्लो समय वैदेशिक रोजगारी तथा आप्रवासनका नाममा हुने मानव बेचबिखनको स्थिति भयावह बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

मानव बेचबिखन नियन्त्रणका लागि ‘पीडित केन्द्रित न्याय प्रणाली’ आवश्यक रहेको विज्ञहरूको ठम्याइ छ । यसका लागि स्थानीय तहसम्म प्रभावकारी सूचना प्रणालीको विकास, अन्तर्राष्ट्रिय निकायहरूसँगको समन्वय र वैदेशिक रोजगारीमा जानेहरूको सूक्ष्म अध्ययन जरुरी छ ।

साथै स्वदेशमै कृषि र उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गरी वैदेशिक रोजगारीको बाध्यतालाई न्युनिकरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

नेपालमा मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको र यसले जटिल चुनौती थपेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोका प्रहरी उपरीक्षक (एसपी) हरिबहादुर ओलीकाअनुसार पछिल्लो समय वैदेशिक रोजगारी र आप्रवासनका नाममा हुने मानव बेचबिखन तथा ओसारपसारको स्थिति भयावह देखिएको छ ।

विगतमा अन्य प्रहरी इकाईहरूबाट सम्पादन हुँदै आएको मानव बेचबिखन सम्बन्धी कार्यलाई विशिष्टीकृत ढंगले अगाडि बढाउन वि.सं. २०७५ सालमा यस ब्युरोको स्थापना गरिएको थियो ।

हाल विद्यमान ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४’ पुरानो भइसकेको र यसले मानव तस्करी, जबरजस्ती श्रम (फोस्र्ड लेबर) र आप्रवासनका नवीन चुनौतीहरूलाई पूर्ण रूपमा सम्बोधन गर्न नसकेकाले ऐन संशोधनको प्रक्रियामा रहेको एसपी ओलीले जानकारी दिए ।

आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार ब्युरो र अन्य सरोकारवाला निकायको समन्वयमा विभिन्न मुलुकबाट ठूलो सङ्ख्यामा पीडितहरूको उद्धार गरिएको छ । प्राप्त विवरणअनुसार ओमानबाट ११७, कुवेतबाट ५२५, युएईबाट ५३, दक्षिण एशियाली मुलुकहरूबाट ३४०, दक्षिणपूर्वी एशियाबाट ९६ र युरोपबाट २८ जनाको उद्धार गरिएको छ ।

यसैगरी दक्षिणपूर्वी एशियाली मुलुकहरूबाट डिपोर्ट (निष्कासित) भएर आउनेको सङ्ख्या पनि उच्च रहेको छ । म्यानमारबाट १०६ जना (७ महिला र ९९ पुरुष) र कम्बोडियाबाट २३२ जना गरी जम्मा ३३८ जनाको उद्धार तथा फिर्ती भएको छ । यस्तै, अमेरिका जाने अवैध बाटो (डन्की रुट) बाट ९६३ जना डिपोर्ट भएका छन्, जसमा सबैभन्दा बढी दाङका २८७, पश्चिम रुकुमका २११ र पूर्वी रुकुमका ८४ जना रहेका छन् ।

पछिल्लो समय कम्बोडिया र म्यानमारका ‘स्क्याम सेन्टर’ हरूमा नेपालीहरूलाई वन्धक बनाई अनलाइन ठगीमा लगाउने गरिएको अनुसन्धानले देखाएको छ । आकर्षक तलबको प्रलोभनमा पारिएका नेपालीहरूलाई त्यहाँ शारीरिक तथा मानसिक यातना दिने गरिएको छ ।

यसै गम्भीरतालाई बुझेर कम्बोडिया सरकारले हालै ५ लाख डलरसम्म जरिवाना र जन्मकैदसम्मको सजाय हुनेगरी नयाँ कानून पारित गरेको एसपी ओलीले बताए । अमेरिका जाने प्रलोभनमा परेर नेपालीहरूले करोडौं रुपैयाँ गुमाउने गरेको र ज्यान जोखिममा पार्ने गरेको पाइएको छ ।

दलालहरूले अफ्रिकी मुलुक र मेक्सिको हुँदै अवैध बाटोबाट लैजाने क्रममा पीडितहरूलाई वन्धक बनाउने, कुटपिट गर्ने र भिडियो बनाएर परिवारसँग थप रकम असुल्ने गरेको पाइएको छ । अधिकांश कारोबार अनौपचारिक (हुन्डी) माध्यमबाट हुने भएकाले कानुनी कारबाहीका लागि प्रमाण जुटाउन कठिन हुने गरेको ब्युरोको निष्कर्ष छ ।

वास्तविक पीडित चिन्न गाह्रो हुनु र पीडितहरूले नै उजुरी दिन नचाहनु, लेनदेनका प्रमाणहरू नहुनु र पीडितले पीडकको स्पष्ट विवरण खुलाउन नसक्नु, भिजिट भिसाको माध्यमबाट अवैध रूपमा मान्छे ओसार्ने प्रवृत्ति बढ्नु, हालको २५ दिने अनुसन्धान अवधि अपर्याप्त हुनु, कम्बोडिया जस्ता धेरै देशहरूमा कूटनीतिक नियोग नहुँदा उद्धारमा समस्या हुने गरेको उनको भनाइ छ ।

प्रहरी उपरीक्षक ओलीले मानव बेचबिखन नियन्त्रणका लागि ‘पीडित केन्द्रित न्याय प्रणाली’ आवश्यक रहेकोमा जोड दिए । यसका लागि स्थानीय तहसम्म सूचना प्रणाली प्रभावकारी बनाउनुपर्ने, वैदेशिक रोजगारी र अध्ययन भिसामा जानेहरूको सुक्ष्म अध्ययन गर्नुपर्ने र अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय बढाउनुपर्ने सुझाव दिए ।

ब्युरोले हाल सूचना सङ्कलन, पीडित पहिचान, उद्धार, काउन्सिलिङ र सरकारी वकिलमार्फत मुद्दा चलाउने प्रक्रियालाई तिब्रता दिएको छ । साथै, इन्टरपोल र युरोपोलमार्फत विदेशमा रहेका पीडकहरूलाई कानूनी दायरामा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले देशमा विद्यमान कानूनको कार्यान्वयन पक्ष फितलो हुँदा मानव बेचबिखन र श्रम शोषणका घटनाहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिन् । मानव बेचबिखन नियन्त्रण कानून संशोधन र श्रम आप्रवासनसँगको अन्तर सम्बन्धकाे सम्बोधनबारे आयोजित कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले संविधान र कानून बने पनि त्यसको सही पालना हुन नसक्दा नागरिकहरूले विभिन्न सास्ती भोग्नुपरेको बताइन् ।

उपप्रमुख चौधरीले डान्स बार, मसाज पार्लर र अर्केस्ट्रा जस्ता क्षेत्रमा महिला तथा बालबालिकाहरू बाध्यताले श्रम शोषणमा परिरहेको उल्लेख गरे । विशेषगरी भारतसँगको खुला सीमानाका कारण विना राहदानी र भिसा आवतजावत सहज हुँदा नेपाली महिलाहरू शोषणको उच्च जोखिममा रहेको उनको भनाइ छ ।

उनले भनिन्, “बाध्यता र मजबुरीका कारण धेरै दिदीबहिनीहरू भारतका विभिन्न शहरमा पुगेर श्रम तथा यौन शोषणको सिकार हुनुपरेको छ । यस्ता समस्या समाधानका लागि सामूहिक आवाज बुलन्द पार्नु आवश्यक छ ।”

कानूनमा प्रयोग गरिएका कतिपय शब्दहरूले महिलाको मानमर्दन गरिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै उनले ‘वेश्यावृत्ति’ वा ’वेश्यागमन’ जस्ता अपमानजनक शब्दहरूलाई परिमार्जित गरिनुपर्ने माग गरिन् । यस्तै भन्सारमा सर्वसाधारणले सानो परिमाणको सामान ल्याउँदा भोग्नुपर्ने सास्ती र ठूला कर छली गर्नेहरूमाथि हुने फितलो निगरानीको समेत उनले आलोचना गरिन् ।

समाजमा व्याप्त बालश्रमबारे उनले पसल तथा ग्यारेजमा काम गर्ने बालबालिकाहरूको अवस्था दयनीय रहेको बताइन् । बालश्रमिकहरूको उद्धार गरे पनि उनीहरूको उचित पुनस्र्थापना र व्यवस्थापनमा राज्यको संरचना अझै प्रभावकारी हुन नसकेको उनको अनुभव छ ।

उनका अनुसार नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका वा पीडित महिलाहरूलाई आयआर्जनका लागि लघु उद्यमसँग जोड्ने कार्य गरिरहेको छ ।

उपप्रमुख चौधरीले विदेश जानुपूर्व आवश्यक कागजातको प्रतिलिपि घरमा छोड्न र सीप सिकेर मात्र जान आग्रह गरिन् । हतारमा वा प्रक्रिया पूरा नगरी जाँदा विदेशमा संकटमा परिने र उद्धार गर्न कठिन हुने उनको तर्क छ ।

मानव बेचबिखनको उजुरी नै कम, पीडितहरु अझै पनि मौन
काठमाडौं: नेपालमा मानव बेचबिखन दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको छ। प्रविधिको विकाससँगै यसको स्वरुप र गन्तव्य बदलिँदै गइरहेको भए पनि प्रभावकारी नियन्त्रण संयन्त्रको अभावका कारण यसको नियन्त्रणमा कठिनाइ भइरहेको छ।

विशेषज्ञहरूका अनुसार मानव बेचबिखन नियन्त्रणको प्रयासलाई सामाजिक लाञ्छना, विभेद र पीडकको धम्कीले थप जटिल बनाइरहेको छ। पीडितहरूले उजुरी नदिने प्रवृत्तिले पनि वास्तविक अवस्था सार्वजनिक हुन नपाएको गुनासो छ।

मानव बेचबिखन प्रायः स्वदेश तथा वैदेशिक रोजगारीको आवरणमा हुने गरेको छ। पीडितले उजुरी गरे पनि प्रायः ठगी मुद्दा दर्ता हुने भएकाले बेचबिखनकर्ताहरू सजिलै उन्मुक्ति पाउँछन्। यसले अभियोजन प्रक्रिया कमजोर बनाएको छ भने तथ्याङ्कमा पनि ठूला खाडल देखिएको छ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र १३५ वटा मुद्दा दर्ता भएका छन्। राष्ट्रिय मानव अधिकार आयोगका अनुसार १९ लाखभन्दा बढी नेपाली नागरिक बेचबिखनको जोखिममा छन्।

२०७६/७७ देखि २०८१/८२ सम्मको अवधिमा ३४५ मुद्दा दर्ता हुँदा मात्र ४३४ जना पीडित पहिचान भएका छन्। तीमध्ये २६५ महिला, ७४ बालिका, ९३ पुरुष र २ बालक रहेका छन्। यस्तै, पक्राउ परेका ३१७ मध्ये ८० महिला र २३४ पुरुष छन् भने ५२५ फरार प्रतिवादीमध्ये १६८ महिला र ३५७ पुरुष छन्।

महिला तथा बालिकाहरु अझै पनि उच्च जोखिममा रहेको तथ्यांकले देखाउँछ। साथै, धेरै प्रतिवादी फरार रहेकाले न्याय प्रवाहमा बाधा आइरहेको छ।

यस समस्याको समाधानका लागि प्रस्तावित ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४’ लाई संशोधन गर्न बनेको विधेयक २०८१ तत्काल पारित गर्न विज्ञहरूको माग छ। साथै, अनुसन्धान तथा अभियोजन संयन्त्र सुदृढ गर्दै अन्तर्राष्ट्रिय समन्वय, सीमा निगरानी र मानव स्रोत परिचालनको आवश्यकता औँल्याइएको छ।

मानव बेचबिखन प्रभावित क्षेत्रमा सचेतना अभियान, उद्धार तथा पुनःस्थापनाका लागि विशेष कार्यक्रम तथा बजेटको व्यवस्था, प्रदेशस्तरीय कार्ययोजना निर्माण, शिक्षा, सीप विकास र रोजगारी सिर्जनामा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने विज्ञहरूको भनाइ छ।

यस्तै, शान्ति फाउण्डेशनजस्ता संस्थाहरूले एचआईभी संक्रमित तथा मानव बेचबिखन प्रभावित महिलाको संरक्षण, उद्धार र सशक्तीकरणमा उल्लेखनीय भूमिका खेल्दै आएका छन्। कानुनी सहायता, नीति निर्माणमा सहयोग र जनचेतनामूलक कार्यक्रममार्फत पीडितको जीवनस्तर उकास्ने काम संस्थाले गर्दै आएको छ।

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
धरान । प्रहरीले मानव बेचबिखनको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चार जना बालिकालाई पैदलयात्रामार्फत नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो ।

जिल्लाको कोशी गाउँपालिका–८ भाण्टाबारीबाट सप्तरी कञ्चनरुप नगरपालिका–१२ बस्ने २६ वर्षीय सनोज सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । ‘भारतमा काम गर्ने मानिसको आवश्यकता छ, भनेको जस्तो तलब पाइन्छ’ भनी प्रलोभन देखाएर भारततर्फ लगिरहेको अवस्थामा निजलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

पक्राउ परेका सदालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार चारै जना बालिकालाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।

मानव बेचबिखन गर्न लागेको आरोपमा एक जना पक्राउ
चितवन । मानव बेचबिखनको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई पक्राउ गरेको छ ।

पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी भारत पठाउन लागेको अवस्थामा प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ का ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले निजलाई नारायणगढबाट बुधबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको कार्यालयका प्रमुख गौतम मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न स्थानका युवतीहरुलाई नारायणगढमा भेला पारी सुनौली जाने बसमा चढाउन लागेको अवस्थामा थिङ्लाई पक्राउ गरिएको हो ।

मिश्रले भन्नुभयो, “थिङले युवतीहरुको पासपोर्ट सङ्कलन गरी भिसा लगाउनका लागि भारत पठाउन लागिएको थियो । भारतबाटै विदेश जानुपर्छ भनी युवतीहरुलाई लैजान लागेको सूचना पाएपछि पक्राउ गरिएको हो ।” मानव बेचबिखनको यो नयाँ स्वरुप भएको उहाँले बताउनुभयो ।

मिश्रले भन्नुभयो, “थिङ्को नियत खराब भएको थाहा पाएपछि युवतीहरुले आफन्तमार्फत प्रहरीलाई खबर गरेका थिए ।” थिङलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत चितवनबाट चार दिनको म्याद थपगरी थप अनुसन्धान सुरु गरिएको जनाउँदै उहाँले युवतीहरुको संरक्षणका लागि सुरक्षित गृहमा पठाइएको बताउनुभयो । रासस

मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम
राँझा । प्रविधिले धेरै कामलाई निकै सहज बनाए पनि यसको दुरुपयोगले नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्दै आएका छन् । प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा बिचौलियाको भूमिका कम हुँदै गए पनि महिला दलालको फन्दामा सिधै पर्न थालेका छन् ।

चेलीबेटी बेचबिखनविरुद्ध सरकारी र गैरसरकारी निकाय सक्रिय भएसँगै दलालले आफ्नो शैली पनि फेरेका छन् । विगतमा भौतिक उपस्थितिमै ललाईफकाई महिला बेच्ने गिरोह अहिले मोबाइल फोनबाटै महिलालाई लोभ्याएर विदेश पुर्‍याउने गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइराला बताउनुहुन्छ ।

दलालले फोनमा देखाएको प्रलोभनले ग्रामीण सोझा, अशिक्षित महिला मात्रै नभई सचेत महिला पनि फस्ने गरेका छन् । ग्रामीण क्षेत्रका अधिकांश महिलाले ‘फेसबुक’भन्दा इमो बढी चलाउने गरेका छन् । “फेसबुक र म्यासेन्जरभन्दा इमोमार्फत कुराकानी गर्न सहज हुन्छ, जोखिममा रहेर उद्धार गरिएका धैरै महिलाले इमोमार्फत सम्पर्क भएको बताउने गरेका छन्”, कोइरालाले भन्नुभयो, “दलालले इमोमार्फत महिलालाई ललाईफकाई गर्ने शैली अपनाएपछि यसको रोकथाममा पनि चुनौती थपिएको छ ।”

मोबाइल फोन, फेसबुक, म्यासेन्जर, इमेलगायत कारण मानव तस्करलाई नयाँ व्यक्तिसँग चिनजान र सम्पर्क बढाउन सहज बनाइदिएको छ । यसले मानव बेचबिखन तथा ओसारपसारलाई अझै बढी सहज बनाउँदै भनेको समय र स्थानमा बोलाएर भेट्न सजिलो भएको छ । चाँडो समयमा अपरिचित मान्छेले फोन गर्ने, नाता जोड्ने, भेटघाट गर्ने र राम्रो जागिर लगाइदिने, प्रेम तथा विवाह गर्ने बहानामा युवतीलाई सीमा कटाउने क्रम बढेकाले पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा चुनौती रहेको छ । माइती नेपाल नेपालगञ्जका संयोजक कोइराला अहिले मोबाइल फोन, फेसबुक मानव बेचबिखन तथा ओसारपसारको गतिलो माध्यमका रुपमा प्रयोग भएको बताउनुहुन्छ ।

सूचना प्रविधिको विकाससँगै प्रयोग भएका नयाँ शैलीले मानव बेचबिखन विरुद्धको अभियानमा चुनौती थपिएको छ । सामाजिक सञ्जाल फेसबुक, टिकटक र इमोमा एकअर्कालाई साथी बनाएर कुरा गरेकै भरमा बेचिन पुग्नेजस्ता जोखिमहरु देखापर्न थालेका छन् । बेचबिखनमा टिकटकको प्रयोग चुनौतीपूर्ण देखिन थालेको छ । “कुनै समय गाउँगाउँमा गएर अशिक्षित महिला अथवा किशोरीहरुलाई फकाएर बेचबिखनका लागि भारत तथा तेस्रो मुलुक लैजाने गरिएका घटनाहरू निकै सुनिन्थे । अहिले त्यसको स्वरुपमा परिवर्तन आएको छ, शैली फेरिएको छ, जोखिम बढेको छ”, कोइरालाले भन्नुभयो, “मानव बेचबिखन पहिलेको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको छ । मानव बेचबिखन हुने सङ्ख्या मात्रै नभई शैली पनि बढ्न थालेका छन् ।”

केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलाहरू मात्रै बेचबिखनका जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरुमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिलाहरु पनि बेचबिखनको जोखिममा पर्न थालेको कोइरालाको भनाइ छ । मानव बेचबिखन र ओसारपसारमा पछिल्लो समय लोकप्रिय भइरहेको सामाजिक सञ्जाल टिकटकको दुरुपयोग तीव्र रुपमा बढिरहेको छ । विशेषगरी किशोरावस्थाका युवतीहरू टिकटकका माध्यमबाट अपरिचित व्यक्तिको सम्पर्कमा पुगी बेचबिखनको जोखिममा परेका छन् ।

सामाजिक सञ्जालबाट सम्बन्ध विस्तार

पछिल्लो समय धेरै प्रयोगमा आएको सामाजिक सञ्जाल फेसबुक र टिकटकबाट सम्बन्ध विस्तार गरी महिलाहरु बेचबिखनको जोखिममा पर्ने गरेका छन् । टिकटकको माध्यमबाट चिनजान र कुराकानी भई घरबाट हिँडेका घटनामा जोखिम बढी पाइएको माइती नेपाल नेपालगञ्जका संयोजक कोइरालाले बताउनुभयो । माइती नेपालले यसरी टिकटकको माध्यमबाट चिनजान भई सीमापार जान लागेका किशोरीलाई उद्धार गरेपछि टिकटक पनि बेचबिखनको माध्यम बनेको खुलेको हो ।

गत आर्थिक वर्षमा मात्रै २० भन्दा बढी महिला सामाजिक सञ्जालमै चिनजानको भरमा भारत जान लागेका महिलालाई सीमा नाकाबाट फर्काइएको माइती नेपाल नेपालगञ्जले जनाएको छ । “सामाजिक सञ्जालमा एकअर्कालाई साथी बनाएर कुरा गरेकै भरमा बेचिन पुग्ने जस्ता जोखिमहरु देखा पर्न थालेका छन् । अझ अहिले बेचबिखनमा टिकटकको प्रयोग चुनौतीपूर्ण देखिन थालेको छ”, बेचबिखनमा आएको परिवर्तित शैलीबारे संयोजक कोइरालाले भन्नुभयो, “सामाजिक सञ्जालको दायरा फैलिएको छ । फेसबुक, ह्वाट्स एपपछि अहिले मानव बेचबिखनमा टिकटकको प्रयोग तीव्र रुपमा बढिरहेको छ । यसले अशिक्षित र गाउँका महिला मात्रै होइन शिक्षित र सहरिया महिलाहरु पनि जोखिममा छन् ।”

राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा महिला जानाजान जोखिम मोल्न तयार हुने गरेको पाइएको उहाँको भनाइ छ । माइती नेपालले गत आर्थिक वर्ष २०८०/८१ मा भारत जान लागेका पाँच सय २६ महिलालाई नेपालगञ्जस्थिच नेपाल–भारत सीमाक्षेत्र जमुनाह नाकाबाट उद्धार गरेको छ । पश्चिम नेपालका पहाडी जिल्लाबाट मानव बेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकालाई उद्धार गरी आवधिक गृहमा परामर्श गरी घर फिर्ता पठाइएको संस्थाका संयोजक कोइरालाले बताउनुभयो ।

उद्धार गरिएकामध्ये ५११ जनालाई माइती नेपालले वैदेशिक रोजगारको जोखिम तथा त्यहाँ पर्न सक्ने जोखिमबारे परामर्श दिएर फिर्ता गराएको छ । हराएको भनी माइती नेपालमा ५८७ जनाको खोजतलासको निवेदन परेकोमा २९५ जना फेला परेको बताइएको छ ।

नयाँ शैलीले बढ्दो जोखिम

मानव बेचबिखन तथा ओसारपसारमा प्रयोग भएको नयाँशैलीले रोकथाम अभियान चुनौतीपूर्ण बन्दै गएको मानव बेचबिखनविरुद्ध काम गरिरहेका सङ्घसंस्थाका प्रतिनिधिको भनाइ छ । मानव दलालहरुले अपनाउने फरक–फरक शैलीले जोखिम बढ्दै गएको शान्ति पुन:स्थापना गृहका क्षेत्रीय संयोजक निर्मल सुवेदी बताउनुहुन्छ । “वैदेशिक रोजगारीका नाममा भनेर लैजाने तर प्रक्रिया नपुगेका कारण श्रम शोषण, यौनशोषण हुने काममा लगाउने गरेका धेरै घटनाहरु छन्”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमार्फत एकले अर्कालाई साथी बनाउने र ती साथीसँग कुरा गरेकै भरमा बेचिन पुग्नेजस्ता जोखिमहरु देखापर्न थालेको छन् ।”

उहाँका अनुसार विगतमा अशिक्षित र गाउँका महिला बेचबिखनमा पर्ने भए पनि अहिले भने शिक्षित र सहरी क्षेत्रकै महिलाहरु पनि विदेश जाने र धेरै कमाउने लोभमा बेचबिखनमा पर्ने घटनाहरु बढेका छन् । आफू जोखिममा पर्दैछु भन्ने थाहा भए पनि वैदेशिक रोजगारीमा जान चाहने शिक्षित महिलाहरुलाई जोगाउन झन् चुनौतीपूर्ण रहेको छ ।

ग्रामीण नाका प्रयोग गर्दै मानव दलाल

बाँकेको मुख्य नाका जमुनाहमा मानव बेचबिखनविरुद्ध संस्थाहरुको निगरानी बढेपछि दलालले ग्रामीण क्षेत्रका नाका प्रयोग गर्ने गरेको पाइएको छ । नेपालगञ्जस्थित जमुनाह नाकामा मानव बेचबिखनविरुद्ध सङ्घसंस्था र सुरक्षा निकायको सक्रियता बढेपछि मानव दलालले नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा रहेका ग्रामीण नाका प्रयोग गर्न थालेको मानव बेचबिखनविरुद्ध क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिले जनाएका छन् ।

मानव बेचबिखनविरुद्ध बाँकेमा क्रियाशील संस्था शान्ति पुन:स्थापना गृहले मात्रै ग्रामीण नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका महिलालाई उद्धार गरेको छ । जानकी गाउँपालिकाको शिवपुरी नाका, डडुवाको खडैंचा नाका, नरैनापुरको सुइया नाका र कोहलपुर बसपार्कबाट समेत उद्धार गरिएको शान्ति पुन:स्थापना गृहका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले जानकारी दिनुभयो । “हरेक दिनजसो मानव तस्करले समय परिस्थितिअनुसार प्रविधिको प्रयोगदेखि विभिन्न उपाय अपनाउने गरेको पाइएको छ”, सुवेदीले भन्नुभयो । पछिल्लो पटक जमुना नाकामा सङ्घसंस्थाको निगरानी बढेपछि ग्रामीण नाका प्रयोग गर्न थालेको पाइएको छ ।

नेपालगञ्जस्थित जमुनाह नाकामा विभिन्न माइती नेपाल, साथी संस्थालगायतका विभिन्न आठ संस्थाले मानव बेचबिखनविरुद्ध परामर्श केन्द्र सञ्चालन गरिरहेका छन् । तर ग्रामीण क्षेत्रमा रहेका नाकामा मानव बेचबिखनविरुद्धको अभियान र रोकथामका गतिविधि न्यून छन् । “सबैभन्दा बढी मानव बेचबिखनको जोखिममा रहेका उमेर समूह १८ देखि २५ वर्षको रहेको तथ्यले देखाएको छ”, शान्ति पुन:स्थापना गृह, बाँकेकी संयोजक सुवेदीले भन्नुभयो, “नयाँ नयाँ ढङ्गले मानव बेचबिखनको प्रयास हुने गरेको छ ।”

नक्कली प्रेम, झुटो विवाह र रोजगारीको प्रलोभनमा महिलाहरुलाई दलालले फसाउने गरेको पाइएको उहाँको अनुभव छ । बाँकेमा मुख्य नाका जमुनाहमा मानव बेचबिखनविरुद्ध क्रियाशील धेरै संस्थाको परामर्श हुने भएकाले ग्रामीण क्षेत्रका नाका प्रयोग गर्ने पाइएको सुवेदीले बताउनुभयो ।

मानव बेचबिखनका घटना बढ्दो

मानव बेचबिखनका घटना प्रत्येक वर्ष बढ्दै गएका छन् । बढ्दो विलाशिताप्रतिको आकर्षण, सञ्चार प्रविधिको दुरुपयोग र असुरक्षित बसाइँसराइका कारण मध्यम वर्गका व्यक्ति बेचबिखनमा पर्ने गरेको पाइएको छ । राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा पनि महिला जानाजान जोखिम मोल्न तयार हुने गरेको शक्ति समूहकी क्षेत्रीय अधिकृत निर्मला पौडेलले बताउनुभयो । उहाँले मानव बेचबिखनविरुद्ध कुनै एक व्यक्ति वा एक संस्थाले मात्र प्रयास गरेर नहुने भएकाले समाज, प्रहरी प्रशासनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

मानव बेचबिखनविरुद्धको जिल्लास्तरीय समितिका संयोजक एवम् बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङले मानव बेचबिखनलाई रोक्न समाजमा जनचेतना बढाउनाका साथै रोजगारका अवसरहरू प्रदान गर्नुपर्नेमा जोड दिंँदै ठोस योजना बनाएर सबै सरोकारवाला लाग्नुपर्ने बताउनुभयो । रासस

मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम
राँझा । प्रविधिले धेरै कामलाई निकै सहज बनाए पनि यसको दुरुपयोगले नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्दै आएका छन् । प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा बिचौलियाको भूमिकासमेत कम हुँदै गए पनि महिला दलालको फन्दामा सिधै पर्न थालेका छन् ।

चेलीबेटी बेचबिखनविरुद्ध सरकारी र गैरसरकारी निकाय सक्रिय भएसँगै दलालले आफ्नो शैली पनि फेरेका छन् । विगतमा भौतिक उपस्थितिमै ललाइफकाइ महिला बेच्ने गिरोह अहिले मोबाइल फोनबाटै महिलालाई लोभ्याएर विदेश पुर्‍याउने गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइराला बताउनुहुन्छ ।

दलालले फोनमा देखाएको प्रलोभनले ग्रामीण सोझा, अशिक्षित महिला मात्रै नभई सचेत महिला पनि फस्ने गरेका छन् । ग्रामीण क्षेत्रका अधिकांश महिलाले ‘फेसबुक’भन्दा ‘इमो’ बढी चलाउने गरेका छन् । “फेसबुक र ‘म्यासेन्जर’भन्दा इमोमार्फत कुराकानी गर्न सहज हुन्छ, जोखिममा रहेर उद्धार गरिएका धैरै महिलाले इमोमार्फत सम्पर्क भएको बताउने गरेका छन्”, कोइरालाले भन्नुभयो, “दलालले इमोमार्फत महिलालाई ललाइफकाइ गर्ने शैली अपनाएपछि यसको रोकथाममा पनि चुनौती थपिएको छ ।”

मोबाइल फोन, फेसबुक, म्यासेन्जर, इमोलगायतका कारण मानव तस्करलाई नयाँ व्यक्तिसँग चिनजान र सम्पर्क बढाउन सहज बनाइदिएको छ । यसले मानव बेचबिखन तथा ओसारपसारलाई अझै बढी सहज बनाउँदै भनेको समय र स्थानमा बोलाएर भेट्न सजिलो भएको छ । छोटो समयमा अपरिचित मान्छेले फोन गर्ने, नाता जोड्ने, भेटघाट गर्ने र राम्रो जागिर लगाइदिने, प्रेम तथा विवाह गर्ने बहानामा युवतीलाई सीमा कटाउने क्रम बढेकाले पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा चुनौती रहेको छ । माइती नेपाल नेपालगञ्जका संयोजक कोइराला अहिले मोबाइल फोन, फेसबुक मानव बेचबिखन तथा ओसारपसारको गतिलो माध्यमका रुपमा प्रयोग भएको बताउनुहुन्छ ।

सूचना प्रविधिको विकाससँगै प्रयोग भएका नयाँ शैलीले मानव बेचबिखनविरुद्धको अभियानमा चुनौती थपिएको छ । सामाजिक सञ्जाल फेसबुक, टिकटक र इमोमा एकअर्कालाई साथी बनाएर कुरा गरेकै भरमा बेचिन पुग्नेजस्ता जोखिमहरु देखापर्न थालेका छन् । बेचबिखनमा टिकटकको प्रयोग चुनौतीपूर्ण देखिन थालेको छ । “कुनै समय गाउँगाउँमा गएर अशिक्षित महिला अथवा किशोरीहरुलाई फकाएर बेचबिखनका लागि भारत तथा तेस्रो मुलुक लैजाने गरिएका घटनाहरू निकै सुनिन्थे । अहिले त्यसको स्वरुपमा परिवर्तन आएको छ, शैली फेरिएको छ, जोखिम बढेको छ”, कोइरालाले भन्नुभयो, “मानव बेचबिखन पहिलेको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको छ । मानव बेचबिखन हुने सङ्ख्या मात्रै नभई शैली पनि बढ्न थालेका छन् ।”

केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलाहरू मात्रै बेचबिखनका जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरुमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिलाहरु पनि बेचबिखनको जोखिममा पर्न थालेको कोइरालाको भनाइ छ । मानव बेचबिखन र ओसारपसारमा पछिल्लो समय लोकप्रिय भइरहेको सामाजिक सञ्जाल टिकटकको दुरुपयोग तीव्र रुपमा बढिरहेको छ । विशेषगरी किशोरावस्थाका युवतीहरू टिकटकका माध्यमबाट अपरिचित व्यक्तिको सम्पर्कमा पुगी बेचबिखनको जोखिममा परेका छन् ।

सामाजिक सञ्जालबाट सम्बन्ध विस्तार

पछिल्लो समय धेरै प्रयोगमा आएको सामाजिक सञ्जाल फेसबुक र टिकटकबाट सम्बन्ध विस्तार गरी महिलाहरु बेचविखनको जोखिममा पर्ने गरेका छन् । टिकटकको माध्यमबाट चिनजान र कुराकानी भई घरबाट हिँडेका घटनामा जोखिम बढी पाइएको माइती नेपाल नेपालगञ्जका संयोजक कोइरालाले बताउनुभयो । माइती नेपालले यसरी टिकटकको माध्यमबाट चिनजान भई सीमापार जान लागेका किशोरीलाई उद्धारसमेत गरेपछि टिकटक पनि बेचबिखनको माध्यम बनेको खुलेको हो ।

गत आर्थिक वर्षमा मात्रै २० भन्दा बढी महिला सामाजिक सञ्जालमै चिनजानको भरमा भारत जान लागेका महिलालाई सीमा नाकाबाट फर्काइएको माइती नेपाल नेपालगञ्जले जनाएको छ । “सामाजिक सञ्जालमा एकअर्कालाई साथी बनाएर कुरा गरेकै भरमा बेचिन पुग्ने जस्ता जोखिमहरु देखापर्न थालेका छन् । अझ अहिले बेचबिखनमा टिकटकको प्रयोग चुनौतीपूर्ण देखिन थालेको छ”, बेचबिखनमा आएको परिवर्तित शैलीबारे संयोजक कोइरालाले भन्नुभयो, “सामाजिक सञ्जालको दायरा फैलिएको छ । फेसबुक, ह्वाट्स एपपछि अहिले मानव बेचबिखनमा टिकटकको प्रयोग तीव्र रुपमा बढिरहेको छ । यसले अशिक्षित र गाउँका महिला मात्रै होइन शिक्षित र सहरिया महिलाहरु पनि जोखिममा छन् ।”

राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा महिलाहरू जानाजान जोखिम मोल्न तयार हुने गरेको पाइएको उहाँको भनाइ छ । माइती नेपालले गत आर्थिक वर्ष २०८०/८१ मा भारत जान लागेका ५२६ महिलालाई नेपालगञ्जस्थिच नेपाल–भारत सीमाक्षेत्र जमुनाह नाकाबाट उद्धार गरेको छ । पश्चिम नेपालका पहाडी जिल्लाबाट मानव बेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकालाई उद्धार गरी आवधिक गृहमा परामर्श गरी घर फिर्ता पठाइएको संस्थाका संयोजक कोइरालाले बताउनुभयो ।

उद्धार गरिएकामध्ये ५११ जनालाई माइती नेपालले वैदेशिक रोजगारको जोखिम तथा त्यहाँ पर्नसक्ने जोखिमबारे परामर्श दिएर फिर्ता गराएको छ । हराएको भनी माइती नेपालमा ५८७ जनाको खोजतलासको निवेदन परेकामा २९५ जना फेला परेको बताइएको छ ।

नयाँ शैलीले बढ्दो जोखिम

मानव बेचबिखन तथा ओसारपसारमा प्रयोग भएको नयाँशैलीले रोकथाम अभियान चुनौतीपूर्ण बन्दै गएको मानव बेचबिखनविरुद्ध काम गरिरहेका सङ्घसंस्थाका प्रतिनिधिको भनाइ छ । मानव दलालहरुले अपनाउने फरक–फरक शैलीले जोखिम बढ्दै गएको शान्ति पुन:स्थापना गृहका क्षेत्रीय संयोजक निर्मल सुवेदी बताउनुहुन्छ । “वैदेशिक रोजगारीका नाममा भनेर लैजाने तर प्रक्रिया नपुगेका कारण श्रम शोषण, यौनशोषण हुने काममा लगाउने गरेका धेरै घटनाहरु छन्”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमार्फत एकले अर्कालाई साथी बनाउने र ती साथीसँग कुरा गरेकै भरमा बेचिन पुग्ने जस्ता जोखिमहरु देखापर्न थालेको छन् ।”

उहाँका अनुसार विगतमा अशिक्षित र गाउँका महिलाहरु बेचबिखनमा पर्ने भए पनि अहिले भने शिक्षित र सहरी क्षेत्रकै महिलाहरु पनि विदेश जाने र धेरै कमाउने लोभमा बेचबिखनमा पर्ने घटनाहरु बढेका छन् । आफू जोखिममा पर्दैछु भन्ने थाहा भए पनि वैदेशिक रोजगारीमा जान चाहने शिक्षित महिलाहरुलाई जोगाउन झन् चुनौतीपूर्ण रहेको छ ।

ग्रामीण नाका प्रयोग गर्दै मानव दलाल

बाँकेको मुख्य नाका जमुनाहमा मानव बेचबिखनविरुद्ध संस्थाहरुको निगरानी बढेपछि दलालले ग्रामीण क्षेत्रका नाका प्रयोग गर्ने गरेको पाइएको छ । नेपालगञ्जस्थित जमुनाह नाकामा मानव बेचबिखनविरुद्ध सङ्घसंस्था र सुरक्षा निकायको सक्रियता बढेपछि मानव दलालले नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा रहेका ग्रामीण नाका प्रयोग गर्न थालेको मानव बेचबिखनविरुद्ध क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिले जनाएका छन् ।

मानव बेचबिखनविरुद्ध बाँकेमा क्रियाशील संस्था शान्ति पुन:स्थापना गृहले मात्रै ग्रामीण नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका महिलालाई उद्धार गरेको छ । जानकी गाउँपालिकाको शिवपुरी नाका, डडुवाको खडैंचा नाका, नरैनापुरको सुइया नाका र कोहलपुर बसपार्कबाट समेत उद्धार गरिएको शान्ति पुन:स्थापना गृहका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले जानकारी दिनुभयो । “हरेक दिनजसो मानव तस्करले समय परिस्थितिअनुसार प्रविधिको प्रयोगदेखि विभिन्न उपाय अपनाउने गरेको पाइएको छ”, सुवेदीले भन्नुभयो । पछिल्लो पटक जमुना नाकामा सङ्घसंस्थाको निगरानी बढेपछि ग्रामीण नाका प्रयोग गर्न थालेको पाइएको छ ।

नेपालगञ्जस्थित जमुनाह नाकामा विभिन्न माइती नेपाल, साथी संस्थालगायतका विभिन्न आठ संस्थाले मानव बेचबिखनविरुद्ध परामर्श केन्द्र सञ्चालन गरिरहेका छन् । तर ग्रामीण क्षेत्रमा रहेका नाकामा मानव बेचबिखनविरुद्धको अभियान र रोकथामका गतिविधि न्यून छन् । “सबैभन्दा बढी मानवबेचबिखनको जोखिममा रहेका उमेर समूह १८ देखि २५ वर्षको रहेको तथ्यले देखाएको छ”, शान्ति पुन:स्थापना गृह, बाँकेकी संयोजक सुवेदीले भन्नुभयो, “नयाँ नयाँ ढङ्गले मानव बेचबिखनको प्रयास हुने गरेको छ ।”

नक्कली प्रेम, झुटो विवाह र रोजगारीको प्रलोभनमा महिलाहरुलाई दलालले फसाउने गरेको पाइएको उहाँको अनुभव छ । बाँकेमा मुख्य नाका जमुनाहमा मानव बेचबिखनविरुद्ध क्रियाशील धेरै संस्थाको परामर्श हुने भएकाले ग्रामीण क्षेत्रका नाकासमेत प्रयोग गर्ने पाइएको सुवेदीले बताउनुभयो ।

मानव बेचबिखनका घटना बढ्दो

मानव बेचबिखनका घटना प्रत्येक वर्ष बढ्दै गएका छन् । बढ्दो विलासिताप्रतिको आकर्षण, सञ्चार प्रविधिको दुरुपयोग र असुरक्षित बसाइँसराइका कारण मध्यम वर्गका व्यक्ति बेचबिखनमा पर्ने गरेको पाइएको छ । राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा पनि महिला जानाजान जोखिम मोल्न तयार हुने गरेको शक्ति समूहकी क्षेत्रीय अधिकृत निर्मला पौडेलले बताउनुभयो । उहाँले मानव बेचबिखनविरुद्ध कुनै एक व्यक्ति वा एक संस्थाले मात्र प्रयास गरेर नहुने भएकाले समाज, प्रहरी प्रशासनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

मानव बेचबिखनविरुद्धको जिल्लास्तरीय समितिका संयोजक एवम् बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङले मानव बेचबिखनलाई रोक्न समाजमा जनचेतना बढाउनाका साथै रोजगारका अवसरहरू प्रदान गर्नुपर्नेमा जोड दिंँदै ठोस योजना बनाएर सबै सरोकारवाला लाग्नुपर्ने बताउनुभयो । रासस

मानव बेचबिखनविरुद्धको पालेर्मो प्रोटोकल : प्रगतिशिल व्यवस्था कार्यान्वयन सुस्त
नेपालमा पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या तथ्यांकमा घटेको देखिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष वैदेशिक रोजगारमा जानेको संख्या झण्डै चार प्रतिशतले घटेको छ । सरकारको तथ्यांकलाई आधार मान्ने हो भने के नेपालीले नेपालमै रोजगार पाउन थालेका हुन् ? वा नेपालीले विदेशमा रोजगार पाउन छाडेका हुन् ? भन्ने प्रश्न उठ्छ र यि दुबै प्रश्नको जवाफ खोज्न अहिले नेपालीहरु कसरी कसरी विदेश गएर काम गरिरहेका छन् भन्ने तथ्यांक पनि हेर्नु पर्ने हुन्छ ।

अहिले नेपालीहरु पहिलो त सरकारसँग श्रम स्वीकृति लिएर विदेश गइ काम गरिरहेका छन् । दोश्रो श्रम स्विकृति नलिई लुकिछिपी वा गैरकानुनी बाटोबाट विदेश गएर काम गरिरहेका छन् । तेश्रो भिजिट भिसामा पर्यटकका रुपमा विदेश जाने अनि काम गरेर बस्ने पनि गरिरहेका छन् । चौथो विद्यार्थी भिसामा जाने अनि काम गरेर बस्ने पनि छन् । यसैगरी कतिपय नक्कली विवाह गरेर जाने अनि काम गरेर बसिरहेका छन् । यसरी हेर्दा सरकारको वैदेशिक रोजगारमा घटेको तथ्यांक श्रम स्वीकृति लिएर विदेश काम गर्न जानेहरुमा मात्र आधारित देखिन्छ । नेपालमा रोजगारीको अभावका कारण विदेश गएर काम गर्नु बाध्यता हो । यसकारण सरकारी संयन्त्रबाट स्वीकृति लिएर जानेको संख्या घटेको देखिएपनि अन्य अवैधानिक उपायबाट विदेश जाने क्रम रोकिएको छैन ।

अवैधानिक उपायबाट विदेश जाने क्रम बढेसँगै असुरक्षित आप्रवासन बढेको अनुमान गर्न सकिन्छ । यसले मानव बेचबिखन तथा ओसारपसार र मानव तस्करीको जोखिम बढाइरहेको छ । जुलाई ३० मानव बेचविखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस हो । संयुक्त राष्ट्र संघको महासभाले सन २०१३ जुलाई ३० मा एक विशेष प्रस्ताव पारित गर्दै मानव बेचबिखनबाट प्रभावितहरुको अधिकार रक्षा र प्रवर्धनका लागि उनिहरुको अवस्थाका बारेमा जनचेतना फैलाउने आवश्यकता महसुस गरि यस दिनलाई मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । सोहि बमोजिम सन २०१४ को जुलाई ३० देखी हरेक वर्ष मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जनचेतना जगाउन तथा अन्तर्राष्ट्रिय समुदायलाई कारवाहि अगाडी बढाउन प्रोत्साहन गर्ने उद्देश्यले यो दिवस मनाउँदै आइएको छ ।

संयुक्त राष्ट्र संघको यो प्रस्तावले विशेषत: शारीरिक तथा यौन दुर्व्यवहार, हानी नोक्सानी क्षति तथा निर्वासनको धम्की, झूटा आश्वासन र वाचाहरू, आर्थिक तथा मनोवैज्ञानिक दबाव वा हेरफेर र शोषण तथा क्रूर माध्यमबाट श्रम गर्न बाध्य पार्ने वा व्यावसायिक यौनकर्ममा बाध्यात्मकरुपमा लगाउने कार्यलाई मानव बेचबिखन तथा ओसारपसार मानेको छ । सन् २०२४ मा यो दिवसका लागि ‘मानव बेचबिखन विरुद्धको लडाइँमा कुनै पनि बालबालिका नछुटुन्’ भन्ने नारा तय गरिएको थियो । यहि नाराबाट पनि थाहा हुन्छ, अहिले मानव बेचबिखन तथा ओसारपसारबाट बालबालिका धेरै प्रभावित छन् ।

महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समुह, एट्विनले हरेक वर्ष गर्ने मानव बेचबिखन तथा ओसारपसार विरुद्धका समाचारमा आधारित सञ्चार अध्ययन प्रतिवेदनले पनि यो तथ्य बाहिर ल्याएको छ । हुन पनि मानव बेचबिखनको कुरा गर्नु पर्दा, सबैभन्दा जोखिममा बालबालिका र महिलाहरु नै पर्ने गरेका छन् । नेपालको सन्दर्भमा पनि तथ्यांकहरुले बालबालिका र महिलालाई सबैभन्दा बढी जोखिममा देखाएको छ । पछिल्लो समय वैदेशिक रोजगारी र शिक्षाका लागि विदेशिने क्रम बढिरहँदा असुरक्षित आप्रवासनका कारण पनि मानव बेचबिखन तथा ओसारपोसारको जोखिम बढ्दो छ । यस संगठित अपराध विरुद्ध संयुक्त राष्ट्र संघले धेरैवटा सन्धि महासन्धिहरु पारित गरेको छ । यसैगरी विशेष प्रस्ताव र आलेखहरु पनि पारित गरेको छ । त्यो मध्येको एउटा मुख्य आलेख हो पालेर्मो प्रोटोकल ।

पालेर्मो प्रोटोकल के हो ?

बहुराष्ट्रिय सङ्गठित अपराध विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धि अन्तर्गत रहेको तीन वटा पूरक आलेख मध्ये मानव बेचबिखन, खास गरी महिला र बालबालिकाहरूको बेचबिखन तथा ओसारपसारको रोकथाम, दमन तथा सजाय गर्ने सम्बन्धमा व्यवस्था भएको एक पूरक आलेख हो, पार्लेमो प्रोटोकल । यो पुरक आलेखमा मानव बेचबिखन र खास गरी महिला तथा बालबालिकाको बेचबिखन तथा ओसारपसारको कसुरमा सम्बन्धित देशको सिमाना भन्दा बाहिर स्रोत, ट्रान्जिट र गन्तव्य देशहरूसम्म पुगेर अन्तर्राष्ट्रिय सहकार्य मार्फत बेचबिखन तथा ओसारपसार रोक्ने, अभियुक्त वा दलालहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउने तथा मानव बेचबिखन तथा ओसारपसारबाट प्रभावित व्यक्तिहरूको मानव अधिकारको संरक्षण गर्दै न्याय प्राप्तिका कुरालाई प्राथमिकता दिइएको छ ।

यो पूरक आलेखलाई संयुक्त राष्ट्र संघ महासभाले सन् २००० को नोभेम्बरमा १५ मा पारित गरेको थियो । यसलाई सन् २००० को डिसेम्बरमा इटालीको पालेर्मोमा हस्ताक्षरका लागि खुला गरिएकाले यसको नाम नै पालेर्मो प्रोटोकल रहन गएको हो । यो प्रोटोकलको नेपाल पक्ष राष्ट्र बनिसकेको छ । नेपालको संघीय संसदमा यो २०७६ सालमा पारित भएको यो । २०७६ साल माघ ५ गते राष्ट्रिय सभाबाट र सोही वर्ष फागुन २९ गते प्रतिनिधी सभाबाट प्रोटोकल अनुमोदन भएको हो ।

वृहत परिभाषा तथा अन्तरदेशिय अधिकार सृजना

पालेर्मो प्रोटोकलले मानव बेचबिखन तथा ओसारपसारको परिभाषालाई वृहत बनाएको छ । नेपालको मानव बेचबिखन तथा ओसारपसार विरुद्धको ऐन २०६४ ले यो अपराधको परिभाषाको दायरालाई केही फराकिलो पारेको भएपनि काम गर्ने सिलसिलामा अपराधको रोकथाम र अभियुक्तलाई पक्राउ गरि कानुनी कारवाही अगाडी बढाउन तथा प्रभावितलाई न्याय प्रदान गर्न धेरै बाधा अवरोध रहेको थियो । एउटा व्यक्ति नागरिक एउटा देशको हुन्छ उ पीडित अर्को देशमा पुगेर हुन्छ । अपराध गर्ने व्यक्ति पनि नागरिक एउटा देशको हुन्छ तर अपराध अर्को देशमा गएर समेत गर्छ । अर्कोतर्फ पहिला पहिला यो अपराध व्यक्ति एक्लैले गर्ने गरेकोमा अहिले संगठितरुपमा हुन्छ । यसकारण यो संगठित अन्तरदेशिय अपराध रोकथामका लागि वृहत परिभाषा र अन्तरदेशिय क्षेत्राधिकार सृजना गर्नु आवश्यक थियो । यसमा पालेर्मो प्रोटोकल सफल भएको छ ।

पालेर्मो प्रोटोकलको परिभाषा अनुसार मानव बेचबिखन तथा ओसारपासर संगठित अपराध भित्र परेको छ । गम्भीर प्रकृतिको अपराधमा कम्तीमा चार वर्ष वा सो भन्दा बढी कैद सजाय हुने अपराध पर्दछ । यस महासन्धिले सङ्गठित समूह बनाएर गरिने अपराधलाई संगठित अपराध मानेको छ । तीन वा तीनभन्दा बढी व्यक्तिहरूको संलग्नतामा अपराध भएको रहेछ भने महासन्धिले संगठित समुह मानेको छ । यसैगरी यस्तो सङ्गठित समूह निश्चित समयसम्म अस्तित्वमा रहेको हुनुपर्छ अर्थात कुनै अपराध गर्ने योजना निर्माण देखी कार्यान्वय गरेको वा कार्यान्वयन हुन नसकेको अवस्था भएपनि प्रयासमा रहेको अवस्थामा पनि संगठित अपराध हुन सक्छ । अर्कोतर्फ निहित उद्देश्य अर्थात कुनै अपराध गर्ने उद्देश्य लिएर यस्तो समुह संगठित भएको र कम्तिमा एउटा आपराधिक कार्य गरेको रहेछ भने त्यो संगठित अपराध हुने परिभाषा गरिएको छ ।

नेपालमा पनि यसैसँग मिल्दोजुल्दो हिसाबको परिभाषा सहित सङ्गठित अपराध निवारण ऐन, २०७० ल्याइएको थियो । यो ऐनले तीन जना वा सो भन्दा बढी व्यक्ति मिलेर गरेको कसूरलाई सङ्गठित अपराध मानेको छ । यस ऐनको दफा ३ को उपदफा २ ले आपराधिक समूहको लाभका लागि, आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहको तर्फबाट, आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भई जानीजानी गरिने गम्भीर अपराधलाई सङ्गठित अपराध भनेर ब्याख्या गरेको छ । यसैगरी दफा २ (घ) मा प्रत्यक्ष वा परोक्ष रुपमा सङ्गठित अपराध गर्ने उद्देश्यले नेपालभित्र वा नेपाल बाहिर रहे भएको सङ्गठित वा असङ्गठित तीन वा तीन भन्दा बढी व्यक्तिहरूको समूह भनि व्याख्या गरेको छ । यसका साथसाथै प्रचलित कानुन बमोजिम तीन वर्षभन्दा बढी कैद सजाय हुने कसू्र, भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरण वा आतंककारी क्रियाकलापमा वित्तीय लगानी मानिने कसूर, आपराधिक समूहको स्थापना, न्यायिक कारवाहीमा अवरोध, विध्वंशात्मक कार्य, आपराधिक लाभ लिने कार्य लगायतलाई पनि संगठित अपराध मानेको छ ।

पालेर्मो प्रोटोकलको धारा ३ (क) मा “मानव बेचबिखन तथा ओसारपसार” भन्नाले शोषण गर्ने उद्देश्यले धम्की वा बलको प्रयोग वा अन्य प्रकारको करकाप, अपहरण, धोकाधडी, झुक्यान, शक्ति वा नाजुक परिस्थितिको दुरुपयोग वा भुक्तानी वा लाभको लेनदेनको माध्यमबाट अर्को व्यक्तिमाथि नियन्त्रण भएको व्यक्तिको सहमति प्राप्त गर्न व्यक्तिहरूको भर्ति, ओसारपसार, स्थानान्तरण, आश्रय दिने वा प्राप्त गर्ने काम सम्झनुपर्छ भनी उल्लेख भएको छ । मानव बेचबिखन विरुद्धको क्षेत्रमा काम गर्दै आएको एटविनले पालेर्मो प्रोटोकललाई स्थानीयकरण गर्न सहयोग पुग्ने उद्देश्यले जानकारी पुस्तिका नै प्रकाशन गरेको छ । प्रोटोकलले “शोषण” भन्नाले न्यूनतम रुपमा अरुको वेश्यावृत्तिको शोषण वा अन्य स्वरुपका यौन शोषण, जवर्जस्ती श्रम वा सेवामा लगाउने काम, दासता वा दासता सरहका अभ्यास, बाँधा बनाउने वा मानव अंग झिक्ने काम समेतलाई जनाउँछ भनी परिभाषालाई अझ प्रष्ट पारेको छ । यसैगरी पालेर्मो प्रोटोकलले धारा ३ (ग) ले धम्की वा बल प्रयोग वा अन्य प्रकारको करकाप, अपहरण, धोका, अख्तियारको दुरुपयोग वा नाजुक अवस्थामा रहेको स्थिति वा भुक्तानी वा लाभको लेनदेनको माध्यमको उपयोग बिना भएको भएतापनि शोषणको प्रयोजनको लागि कुनै बालबालिकाको भर्ति, ओसारपसार, स्थानान्तरण, आश्रय दिने वा प्राप्त गर्ने काम “मानव बेचबिखन तथा ओसारपसार” मानिने छ भनी उल्लेख गरेकाले अठार वर्ष उमेर नपुगेका व्यक्तिको हकमा मानव बेचबिखन तथा ओसारपसारको परिभाषालाई थप प्रस्ट एवम् संवेदनशील बनाएको छ ।

नेपाल सरकारको दायित्व

नेपाल सरकारले हस्ताक्षर गरिसकेको तथा संसदबाट समेत पारित भइसकेको अवस्थामा पालेर्मो प्रोटोकलको कार्यान्वयनका लागि सरकारले प्रोटोकलका प्रावधान बमोजिम यससँग सम्बन्धित कानुनहरूको संशोधन तथा परिमार्जन गर्नुपर्नेछ । यसैगरी संगठित अपराधमा दुई देशिय संयन्त्रहरु परिचालन हुने हुँदा यसतर्फ पनि सरकारले संयन्त्र निर्माण गरेर काम थाल्नु जरुरी छ । आवश्यक परेका स्थानमा कानुनी सहायताका लागि धेरैभन्दा धेरै राज्यहरूसँग दुईपक्षिय सहकार्य गर्नुपर्ने पनि हुन सक्छ । यसको ढाँचा पनि तयार पार्नु पर्नेछ ।

तर पालेर्मो प्रोटोकल नेपालको संसदबाट पारित हुन जसरी लामो समय लाग्यो त्यसैगरी यसका प्रावधानहरुलाई स्थानीयकरण गरेर कानुनहरुमा संशोधन तथा संयन्त्र निर्माणमा समय लागिरहेको छ । नेपालको संसदले सन २०२० मा पारित गरेको भएपनि अहिले २०२४ भइसक्दा पनि यो स्थानीयकरणको प्रक्रिया निकै सुस्त गतिमा अगाडी बढिरहेको छ । यसको गति सुस्त हुँदा नेपालमा बढिरहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा अहिले समस्या ज्यूँका त्यूँ छ ।

यौन शोषण र श्रम शोषणका लागि हुने मानव बेचबिखन तथा ओसारपसारले विशेष गरेर महिला र बालबालिका बढी प्रभावित हुने गरेको एट्विनको अध्ययनले नै देखाएको छ । यहिकारण पालेर्मो प्रोटोकलले महिला तथा बालबालिका विरुद्ध हुने अपराधमा विशेष ध्यान दिंदै मानव बेचबिखन तथा ओसारपसारको रोकथाम गर्ने तथा प्रतिरोध गर्ने उद्देश्य यसले लिएको हो ।

यसैगरी बेचबिखन तथा ओसारपसारबाट पीडित भएकाहरूको मानव अधिकारको सम्मान र संरक्षण गर्दे सहायता प्रदान गर्ने र यि मध्ये पनि महत्वपुर्ण यि कार्यहरुका लागि पालेर्मो प्रोटोकलका पक्ष राष्ट्हरु बीच एकआपसमा सहयोग आदानप्रदान गर्ने उल्लेख गरेको छ ।

वैदेशिक रोजगारीका लागि विदेशिनु पर्ने बाध्यताका बीच महिला र विभिन्न उद्देश्यले बालबालिकाको ‌ओसारपसार तथा बेचबिखन बढिरहेकाले सरकारले पालेर्मो प्रोटोकललाई स्थानीयकरणको प्रक्रिया तत्काल सकाएर कार्यान्वयनमा जान ढिला भइसकेको छ ।

मानव बेचबिखनविरुद्ध चेतना जागृत गर्दै बाँकेका महिला
राँझा । जिल्लाको जानकी गाउँपालिकाका महिला मानवबेचबिखन र लैङ्गिक हिंसाविरुद्ध गाउँबस्तीमा चेतना जागृतिमा क्रियाशील भएका छन् । जानकी–१ साइगाउँ, वडा नं ४ खजुराखुर्द र वडा नं ६ गनापुरका महिलाले सङ्गठित भएर मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध विविध गतिविधि सञ्चालन गर्दै आएका छन् ।

जानकी–४ नहरचोक निवासी देवीसरा ठकुरी भुजुवाले घरेलु हिंसाकै कारण महिला हिंसामा पर्दै आएकाले घरपरिवारमै चेतना जागृत गर्नुपर्ने बताउनुभयो । “गरिबी र अर्थाभावको फाइदा उठाएर महिलालाई ललाइफकाई गर्नेविरुद्ध सचेत हुन जरुरी छ”, देवीसारले भन्नुभयो, “आर्थिक रूपमा कमजोर महिला, अभिभावकविहीन बालबालिकालाई दलालले आँखा लगाउन सक्छन् ।”

स्थानीय ज्ञानु स्वर्णकारले टोलबस्तीमा गठन भएका स्वावलम्बन समूहमा महिला दिदीबहिनीबीच मानव बेचबिखन र लैङ्गिक हिंसाका बारेमा छलफल र चेतना जगाउने गतिविधि हुँदै आएकाले अहिले सबै जागरुक हुँदै गएको बताउनुभयो ।

आइएनएफ बाँकेले सञ्चालन गरेको ‘मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि समुदायमा हाम्रो प्रयास’ परियोजनामार्फत गठित स्वावलम्बन समूहमा महिला दिदीबहिनीले गाउँटोलका सामाजिक समस्या र मानवबेचबिखन, महिला हिंसालगायत विषयमा छलफल गर्दै आउनुभएको छ ।

जानकी गाउँपालिका–६ कपासीकी गीता तिवारीले मानवबेचबिखन र लैङ्गिक हिंसाका बारेमा महिला दिदीबहिनी सचेत हुँदै गए पनि घटना कम गर्न नसकेको बताउनुभयो । मानव बेचबिखन तथा घरेलु हिंसाको प्रारम्भ आर्थिक कमजोरीका कारण हुने भएकाले आर्थिक रूपमा महिलालाई लाभ हुनेगरी स्थानीय सरकार र सामाजिक सङ्घसंस्थाले कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको माग छ ।

“पढेलेखेका, जानेबुझेका महिला दिदीबहिनी नै लैङ्गिक हिंसाको सिकार भइरहनुभएको छ”, उहाँले भन्नुभयो, “लैङ्गिक हिंसालाई घरपरिवारको आन्तरिक मामिला ठान्ने परिपाटीले बाहिर आउन सकेको

छैन ।” जानकीको साईगाउँ, खजुराखुद्र्ध र गनापुरमा गठन भएका ३० स्वावलम्बन समूहमा आबद्ध करिब तीन सय महिलाले अहिले गाउँ समाजमा मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध आफू सचेत हुँदै समाजलाई सचेत बनाउन लागिपर्नुभएको छ । जानकी गाउँपालिका–६ गनापुर निवासी सञ्जु गडरियाले समूहमा आबद्ध भएपछि अहिले मानव बेचविखन हुने कारण, लैङ्गिक तथा घरेलु हिंसाका बारेमा जान्ने बुझ्ने अवसर पाएको बताउनुभयो ।

जानकी गाउँपालिका–४ का वडाध्यक्ष रमेशकुमार बर्माले समुदायस्तरमा आइएनएफले सञ्चालन गरेको परियोजनाले धेरै सकारात्मक काम गर्दै आएको बताउँदै स्थानीयवासीले सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “मधेसी समुदाय अझै पनि शिक्षा र चेतनाका हिसाबले पछाडि रहेकाले लैङ्गिक हिंसालगायत सामाजिक विकासमा पनि पछाडि परको छ ।”

आगामी आवका लागि मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको तर्फबाट पनि समन्वयमा कार्यक्रम प्रभावकारी बनाइने छ”, वडाध्यक्ष बर्माले भन्नुभयो । रासस

अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो
काठमाडौँ : अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ ।

अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले राससलाई जानकारी दिनुभयो ।

“अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, उहाँले भन्नुभयो, “हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझनेछौँ ।”

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ व्यक्ति पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको छ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ व्यक्तिलाई पक्राउ गरेको छ । त्यसमध्ये ६७ पुरुष र २२ महिला छन् । सोही अवधिमा जम्मा ७९ मुद्दा दर्ता भएका छन् ।

मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराध नियन्त्रण गर्न नेपाल प्रहरीमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले विशिष्टिकृत एकाइका रुपमा काम गर्दै आएको छ । सम्बन्धित अपराध अनुसन्धानलाई प्रभावकारी र परिणाममुखी बनाउन ब्युरोले सक्रिय एवं प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ ।

सो अवधिमा एक सय ४९ व्यक्तिलाई अभियोग लागेको छ । सो अवधिमा देशभरबाट दुई सय ३६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये एक सय ५० महिला, २६ पुरुष र ६० बालिका रहेका छन् । नेपाल आन्तरिक र सीमा वारिपारि हुने मानव बेचबिखनबाट अति प्रभावित रहेको छ ।

त्यसमा वैदेशिक रोजगारका लागि नेपालबाट ठूलो सङ्ख्यामा भारत, मलेसिया, कतार, साउदी अरब, लिबिया, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स, अमेरिका तथा विभिन्न युरोपेली र अफ्रिकन देशलगायत अन्य विभिन्न मुलुकमा नेपाली काम गर्ने वा अवैधानिक बसोबासको प्रलोभनमा परी बेचबिखनमा पर्ने गरेका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो

उहाँले भन्नुभयो, “यही तथ्य र संवेदनशीलतालाई मनन गरेर नेपाल प्रहरीले यस्ता अपराधको अनुसन्धानलाई विशेष जोड दिएको छ, अनुसन्धानलाई अझै प्रभावकारी बनाउन विद्यमान मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ मा समयसापेक्ष परिमार्जनको आवश्यकता महसुस गर्दै परिमार्जनका लागि पहल भइरहेको पनि छ ।”

विसं २०७५ मा मानव बेचबिखन अनुसन्धान ब्युरोको स्थापना भएको र ब्युरो स्थापनापछि हालसम्म जम्मा एक हजार एक सय १८ जना पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सात सय ८३ जना पुरुष र तीन सय ३५ महिला छन् । सो अवधिमा एक हजार नौ सय १९ जनालाई अभियोग लागेको छ । सोही अवधिमा जम्मा आठ सय ९२ मुद्दा दर्ता भएका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले मुख्यत: मानव बेचबिखन तथा ओसारपसार अपराधको अनुसन्धान तथा नियन्त्रण र पीडितको उद्धार गर्दछ । समस्या सहजीकरण, समन्वय तथा सहकार्य, जनचेतना एवं सशक्तीकरणका कार्यक्रम सञ्चालन, दक्ष जनशक्ति तथा प्रविधिको विकासलगायत काम गर्ने गरेको ब्युरोका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रचलित नेपालको कानुनको अधिनमा रही ब्युरोले सक्रियरुपमा काम गर्दै आइरहेको छ । देशभित्र आन्तरिकरुपमा हुने मानव बेचबिखन तथा ओसारपसार र अन्तरदेशीयरुपमा हुने त्यस्ता घटनाको प्रभावकारी अनुसन्धान गर्दै संलग्न व्यक्ति र समूहलाई कारबाहीको दायरामा ल्याइएको प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

नेपालमा मानव बेचबिखन र बाल उद्धार अभियान नेपालको सत्कर्म
कुनै पनि व्यक्तिलाई उसको इच्छा विपरितको काम गराउन नियन्त्रणमा राख्ने अथवा किनवेच गर्ने काम नै मानव बेचबिखन हो । समाजमा यस्ता मानिसहरु पनि हुन्छन्जसले आफ्नो व्यक्तिगत इच्छा पूर्ति गर्न होस् अथवा व्यवशायिक लाभको उद्देश्यले पैसाको लोभ देखाएर होस् वा शक्तिको दुरुपयोग गरेर मानव बेचबिखन गर्दछन्।

विशेषगरी यौनदासी बनाउन र विनापारिश्रमिक काममा लगाउन मानव बेचबिखन हुने गर्दछ । मानव बेचबिखन एक सामाजिक अपराध हो । विश्वमा लागूऔषध पछिको दोश्रो ठूलो र तीब्र रुपमा बढ्दै गएको अपराध नै मानव बेचबिखन हो । नेपाल मानव बेचबिखन दृष्टिले निक्कै नै जोखिमपूर्ण देश हो ।

मानव बेचबिखनको वैज्ञानिक र सर्वस्वीकार्य परिभाषा पालेर्मो प्रोटोकल (मानव बेचबिखनलाई रोक्ने दबाउनेर सजाय गर्ने संयुक्त राष्ट संघको प्रलेख २०००) ले गरेको पाइन्छ । यस प्रलेखलाई नेपाल सरकारले पनि अनुमोदन गर्ने निर्णय गरिसकेका छ ।

हरेक बर्षको जुलाई ३० तारिखका दिनलाई संयुक्त राष्ट्र संघले अन्तराष्ट्रिय मानव बेचबिखन बिरुद्धको दिवसको रुपमा मनाउँदै आएको छ । मानव बेचबिखन एक अपराध मात्र नभई यो मानव अधिकार मर्यादा तथा मानिसको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको गम्भीर उल्लंघन हो । मानव बेचबिखन विश्वव्यापी साझा समस्याको रुपमा रहेको छ । यो समस्या विश्वव्यापी रुपमा पहिचान भएको छ तर पनि मानिसहरुको बेचबिखन तथा बाध्यकारी श्रममा लगाउने क्रम रोकिएको छैन्।

नेपालमा मानव बेचबिखनको अवस्था

यौनदासी बनाउनकै लागि हरेक बर्ष १५ हजार भन्दा बढी महिला तथा वालिकाहरु नेपालबाट भारतमा बेचिन्छन् भने केही बर्ष यता मध्यपूर्व र दक्षिण एशियाली देशहरुमा पनि बेचिने गरेका छन्। महिलाहरुलाई यौनदासी बनाउने, कठिन श्रममा लगाउने लगायत अन्य विभिन्न उद्देश्यको लागि किनबेच हुने गरेको पाइन्छ ।

विगत केही बर्ष यता पुरुषहरु समेत किनबेच हुने गरेका छन्। बेचबिखनमा परेका ५० प्रतिशत भन्दा बढी पिडितहरु नातेदार र चिनेजानेका मानिसहरुबाट बेचिने गरेका छन् । यस्तै ११ दखि २५ बर्षका महिलाहरु तथा वालिकाहरु बेचबिखनको उच्च जोखिममा रहेका छन्। बैदेशिक रोजगारी, शैक्षिक परामर्श, अन्तरदेशीय विवाह, पर्यटन तथा साँस्कृतिक कार्यक्रम, धर्मसन्तान लगायतका विभिन्न नाममा मानव बेचबिखनका घटनाहरु बढ्दै गएको पाइन्छ ।

मानव तस्करहरुले संगठित रुपमा युवायुवतीहरुलाई मलेसिया लगायत खाडी मुलुक, इराक, लिबिया, अफ्रीका, अमेरिका, अष्ट्रेलिया, जापान, जर्मनी, सिरिया, ओमान, ताजकिस्तान तथा युरोपीयन देशहरुमा पुर्‍याउने प्रलोभनमा भारतको बाटो हुँदै लैजाने र विचैमा बेच्ने समेत गरेको पाइन्छ ।

सञ्चार जगतमा आएको पविर्तनले संसारलाई एक बनाएको छ । संसारका कुनै पनि भागमा भएका, घटेका घटनाहरु क्षणभरमा नै सबैको हातमा भएको मोवाइलमा पुग्ने गरेको छ । जसले गर्दा एकातिर मानिसहरुको आवश्यकताहरु बढ्दै गएका छन्भने अर्कोतिर इन्टरनेटमा भएको पहुँचका कारण राम्रा, नराम्रा सबैखाले गतिविधिमा मानिसहरु आकर्षित हुने गरेका छन्। आवश्यकताहरु पुरा गर्न होस्अथवा राम्रा, नराम्रा कुराहरुको अनुभव गर्न मानिसहरु

अपराधिक कार्य गर्न, गराउन लागि पर्ने गरेको पाइन्छ ।

विशेषगरी वालवालिकाहरु र अशिक्षितहरुलाई सामाजिक सञ्जालमा उपलब्ध सामाग्रीहरुले छिट्टै प्रभाव पार्ने हुँदा मानव बेचबिखन जस्ता अपराध कर्म गर्नेहरुलाई सजिलो भएको छ । बेचिएका चेलीहरु मध्य १ प्रतिशतकोमात्र उद्धार हुने र घर फर्कने गरेको तथ्याङ्क पाइन्छ । जसको उद्धार हुन सक्दैन तिनीहरुको यौवनकाल यौनकार्य र श्रम शोषणमा वित्ने गरेको र बृद्ध, असक्त र विरामी नभएसम्म नरकीय जिवन विताउनु परेको छ । यस अवस्थामा एकातिर मानव बेचबिखन रोक्नु त पर्छ नै तर पनि बेचिएकाहरुलाई उद्धार गरेर घर फर्कने वातावरण बनाउन अझ बढी सक्रियता जरुरी हुन्छ ।

नेपालमा आन्तरिक मानव बेचबिखन नेपालमा मानव बेचबिखन केवल नेपालबाट अन्य देशमा मात्र नभइ नेपालभित्रै आन्तरिक रुपमा समेत भइरहेको कुरा विदितै छ । मानव बेचबिखनको सन्दर्भमा नेपालमा नागरिकस्तर तथा सरकारको गतिविधि सीमापार मानव बेचबिखनमा बढी केन्द्रीत भएको सन्दर्भमा नेपालभित्रै भइरहेको आन्तरिक मानव बेचबिखनको सवाल भने छायाँमा परेको छ । यसको प्रमुख कारण पर्याप्त र उपयुक्त कानूनी व्यवस्थाको अभाव तथा मानव बेचबिखन प्रभावित प्रति हुने सामाजिक लाञ्छनाका साथै आम मानिसहरुमा रहेको मानव बेचबिखनको सिमित बुझाइ नै हो ।

शहरी क्षेत्रमा मनोरञ्जन तथा यौन कार्यका लागि युवा युवतीहरूको बढ्दो मागले मानव बेचबिखनलाई विस्तार गर्न थप बल पुर्‍याएकोछ । मनोरंञ्जन व्यवसायको आडमा यौन धन्दा लगायत अन्य शोषणयुक्त बाध्यकारी श्रममा लाग्न बाध्य बनाउने जस्ता बेचबिखन क्रियाकलापहरू पछिल्लोसमयमा बढ्दै गएको पाइन्छ ।

नेपालभित्रै मानव बेचबिखनको घटनाहरु विशेषत: वयस्क मनोरञ्जन व्यवसाय तथा इट्टाभट्टामा हुने श्रम शोषणका क्षेत्रमा भएको पाइन्छ । विषेशत: मनोरञ्जन तथा सत्कार सेवा व्यवसाय अन्तर्गत डान्सबार, दोहोरी साँझ, रोधी, मसाज पार्लर, क्याबिन, गेष्टहाउस, डिस्को आदि व्यवसायहरुमा महिला तथा बालबालिकाहरु जबरजस्ती श्रम, यौन शोषण तथा बेचबिखनमा रहेको पाइन्छ । यस क्षेत्रमा रहेका श्रमिकहरुलाई मुख्यत: ऋण सापटी दिएर, अघिल्लो महिनाको तलब रोक्का गरेर, अन्यत्र रोजगारीबाट रोक्ने धम्किको प्रयोग गरी तथा बालश्रमिकका आफन्त, अविभावक वा नातेदारसँगको सम्झौता देखाई जबर्जस्ती श्रममा लगाउने गरिएको पाइएको छ ।

मानव बेचबिखनका कारणहरु

-गरिबी, अशिक्षा, जनचेतनाको कमी,

-घरेलु हिंसा,

-नयाँ अवसरको खोजी,

-अपहेलनामा परेका टुहुरा, सिमान्तकृत, राज्यमा पहुँच नभएकाहरुको समूह

– आधुनिक सुविधाको उपभोग गर्ने चाहना, विदेश घुम्ने रहर, धन कमाउने अभिलाषा,

-पारिवारिक बन्धनबाट मुक्तिको चाहना,

– दलाल, विचौलिया, तस्करहरुको प्रभावमा पर्नु,

– समाजका ठूलाठालुहरुको देखासिकी गर्नु,

– सञ्चार जगतमा आएको पविर्तन र नागरिकहरुको पहुँच,

– इन्टरनेट मार्फत सामाजिक सञ्जालमा भेटिने सामाग्रीको प्रभाव,

– फितलो कानुन र दलाल, विचौलिया, तस्करहरुले पाउने उन्मुक्ति

नेपालमा मानव बेचबिखन रोक्न सरकारी प्रयास

नेपालले मानव बेचबिखनको सरोकारलाई ७ दशक भन्दा पहिलेदेखि नै उठाउँदै आएको पाइन्छ । वि सं. २००४ को गोरखापत्रमा पनि भारतमा चेलिबेटी बेचबिखन हुन सक्ने हुँदा नागरिकहरुलाई सचेत हुनका लागि सूचना प्रकाशन गरिएको पाइन्छ । नेपालको संविधान २०७२ ले मानव बेचबिखनलाई संवैधानिक रुपमा निषेध र दण्डनीय बनाएको छ ।

मौलिक हक अन्तर्गत महिलाको हक, रोजगारीको हक, शोषणविरुद्धको हक, न्यायको हक, यातना विरुद्धको हक, स्वतन्त्रताको हक तथा बालबालिकाको हकको सन्दर्भमा मानव बेचबिखनलाई निषेधित गरिएको छ । नेपालले मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण गर्ने ऐन २०६४

निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।

नेपाल संयुक्त राष्ट्र संघले पारित गरेका प्रमुख ९ मानव अधिकार महासन्धिहरु मध्ये ७ वटा महासन्धिको र आइएलओ महासन्धिहरु मध्ये ९ वटा महासन्धिको पक्ष राष्ट्र हो । मानव बेचबिखन विरुद्धको अभियानलाई प्रभावकारी बनाउन नेपालमा मानव अधिकार आयोग, राट्रिय समाधिक्षकको कार्यालयको स्थापना समेत भएको छ । तर पनि मानव बेचबिखन सम्बन्धि नेपालको विद्यमान ऐनले शोषणको परिभाषा प्रचलित मानव अधिकारका मापदण्ड तथा मानव बेचबिखनविरुद्धका अन्तर्राष्ट्रिय परिभाषा अनुरुप गरेको पाईंदैन ।

नेपालमा रहेको विद्यमान मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण र सजाय गर्ने ऐन (२०६४) को परिभाषामा रहेको अन्यौलता र सिमितताका कारण मानव बेचबिखनका घटनाहरुलाई कानुनी दायरामा ल्याउन नसकिएको राष्ट्रिय मानव अधिकारआयोगले समेत औंल्याएको छ । ऐनले श्रम शोषण, अंग प्रत्यारोपण, जबर्जस्ती विवाह तथा अन्य प्रयोजनका लागि हुने वा भइरहेका बेचबिखनका घटनाहरुलाई स्पष्ट रुपमा उल्लेख नगर्नाले मानव बेचबिखनका घटनाहरु छायाँमा पर्न गएको छ ।

मानव बेचबिखनमा देखा परेका चुनौतीहरु

-मानव बेचबिखनमा बेचिने व्यक्तिलाई आफू बेचिंदै छु, दलालको फन्दामा पर्दैछु भन्ने जानकारी नहुनु।

– मानव तस्करी र बेचबिखन गर्ने गिरोहले प्रत्यक व्यक्तिलाई फरक फरक लालच दिने र प्रभावमा पार्ने गर्नु ।

– मानव तस्करी र बेचबिखन गर्ने गिरोहले नक्कली बिवाहको नाटक, नक्कली नातासम्बन्ध बनाउने गर्नु ।

-महिला, बालबालिका, पुरुष सबै दलालहरुको पलन्दामा परेर बेचिनु।

-पहिले जस्तो वेश्यालयमा मात्र लैजाने उद्देश्यमा परिवर्तन आएर मनोरञ्जनका लागि डान्स बार, क्याविन रेष्टुरेन्ट, सर्कस, अस्लिल भिडियो निर्माण, मानव अंगहरु मृगौला, छाला, कलेजो आदि झिक्ने जस्ता विभिन्न कार्यको लागि पनि मानव तस्करी र बेचबिखन हुने गर्नु ।

– संगठित समूह, योजना र गन्तब्यको आधारमा मानव तस्करी र बेचबिखन हुने गर्नु ।

– मानव तस्करी र बेचबिखन गर्ने गिरोहको सञ्जार विश्वभरी नै फैलिदै जानु।

-सरकारी स्तरबाट सूचना प्रवाह, अभिलेखिकरण, नियन्त्रणका प्रयासका वारेमा तथ्य परक जानकारी दिन नसक्नु।

-सामाजिक सञ्जाल, सञ्चार माध्यमलाई प्रभावकारी रुपमा प्रयोगमा ल्याउन नसक्नु।

– पिडितले आफ्नो र परिवारको इज्जत, प्रतिष्ठा आदिका कारण पनि यो विषलाई बाहिर ल्याउन नचाहनु, दोषीलाई कारवाही गर्न जाहेरी नदिनु ।

हाल आएर मानव बेचबिखनको लागि इन्टरनेट र मोवाइल फोनमा उपलब्ध हुने नयाँनयाँ एपको समेत प्रयोग हुने गरेको पाइन्छ । सूचनाप्रविधिमा बढ्दो पहँचका कारण त्यसको दुरुपयोग गर्दै मानव बेचबिखनको क्रम झन बढ्दै गएको छ । कलिला युवतीहरुलाई मानव बेचबिखनका दलालहरुले समाजिक सञ्जालको माध्यमबाट सजिलै सम्पर्क गर्ने, फकाउने, प्रभाव पार्ने र बेच्ने काम गर्दै आएका छन्।

रोकथामका उपायहरु

– मानव तस्करी र बेचबिखन विरुद्ध जनचेतना अभिबृद्धि गर्नु पर्ने

– विद्यालय तहदेखि नै मानव तस्करी र बेचबिखन, आफू कसरी बच्ने र अरुलाई कसरी बचाउने भन्ने बारेमा शिक्षा दिनु पर्ने

– रोजगारीका लागि विदेश जानेहरुलाई मानव तस्करी र बेचबिखन बारेमा शिक्षा दिने, गलत मान्छे र बाटोबाट जाँदा हुने संभावित घटनाहरुको बारेमा जानकारी दिने

– शंकास्पद व्यक्ति र जोखिममा रहेकाहरुको बारेमा निगरानी राख्ने

-मानव तस्करी र बेचबिखन विरुद्ध काम गर्ने संघसंस्थाहरुसँग समन्वय, सहकार्य गर्ने

– पिडितहरुलाई परिवार र समाजमा स्थापित हुन पाउने वातावरणको सिर्जना गर्ने

-मानव तस्करी र बेचबिखन विरुद्धको कानुनमा आवश्यक परिमार्जन गरी उचित दण्ड, जरिवाना र सँजायको सुनिश्चितता गर्ने

– अबैध रुपमा भारतीय सिमा नाकाबाट मानव तस्करी र बेचबिखन हुने गरेकाले सिमानाकामा निगरानी गर्ने

-अनुसन्धान प्रकृयालाई प्रभावकारी, व्यवहारिक र बैज्ञानिक बनाउने

– मानव बेचबिखनका विरुद्धका कानुनहरुलाई समयानुकुल परिमार्जन गर्ने र प्रभावकारी रुपमा कार्यन्वयनमा ल्याउने

– राजनैतिक नेतृत्व, सरकारका उच्च तह, पार्टी नेतृत्व, समाजका अगुवा कतैबाट पनि दोषीलाई हुने कारवाहीमा हस्तक्षेप हुनुभएन

बाल उद्धार अभियान नेपाल

समाजसेवी, व्यवशायी, सेवानिबृत्त कर्मचारी लगायतका व्यक्तिहरु मिलेर १५ बर्ष अगाडि स्थापना गरिएको बाल उद्धार अभियान नेपाल समाज कल्याण परिषदमा दर्ता भएको छ । बाल उद्धार अभियान नेपालको प्रमुख उद्देश्य भनेको अभाव र गरिबीको चपेटामा परेका, टुहुरा, असाहाय पिछडिएका वालवालिकाहरुलाई सहयोग गर्ने, नेपालमा रहेको चरम गरिबी, घरेलु दासत्व, जबरजस्ती बालश्रम, मानव बेचविखन जस्ता सामाजिक अपराधका घटनामा परेकाहरुको उद्धार गर्नु, उक्त कार्यहरुको विरुद्धमा जनचेतना अभिबृद्धि गर्नु, भूकम्प लगायतका विभिन्न प्राकृतिक विपत्तिहरुमा परेकाहरुलाई मानवीय सेवा प्रदान गर्नु लगायतका छन्।

यस संस्थाको ‘शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो जसलाई संसार परिवर्तन गर्न प्रयोग गर्न सकिन्छ’ भन्ने मूल मन्त्र रहेको छ । चिल्ड्रेन रेस्क्यू मिसन अमेरिकाको सहयोग र सहकार्यमा बाल उद्धार अभियान नेपालले आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । संस्थाले गर्दै आएका कामहरु

-मानव बेचविखन र गरिबीबाट बचाउन वालवालिकाहरुलाई नियमित रुपमा विद्यालयमा उपस्थित भएर पढ्ने वातावरण प्रदान गर्ने ।

-गरिब मध्यका पनि गरिबहरुसँग आफ्ना वालवालिकाहरुलाई अर्काको सहायता विना विद्यालय पठाउन सक्ने अवस्था छैन । ती वालवालिकाहरुलाई उपयुक्त पालनपोषण गर्दै विद्यालय जाने वातावरण बनाउने ।

– आमाबाबुको मृत्यू अथवा वेपत्ता भएका कारण अनाथ बनेका वालवालिकाहरुलाई सुरक्षित रुपमा परिवारका अन्य सदस्य, नातेदारहरुको घरमा संस्थाको सहयोगमा बस्ने, पढ्ने व्यवस्था मिलाउने ।

-अहिलेको अवस्थामा २७० भन्दा बढी वालवालिकाहरु यस संस्थाको कार्यक्रममा सहभागी छन्। त्यस्तै १६३ लाभान्वित वालवालिकाहरु स्नातक भइसकेका छन्।

-यस संस्थाले प्रमुख रुपमा सिन्धुपाल्चोक, काठमाडौं, गोरखा, बाँके र सुर्खेत लगायतका जिल्लाहरुमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसको साथै प्राकृतिक विपत्ति लगायतका आपतकालीन अवस्थामा अन्य जिल्लाहरुमा पनि मानवीय सहायताको कार्यक्रमहरु गर्दै आएको छ ।

– २०७२ सालको महाभूकम्प पछि पिडितहरुलाई राहत सामाग्रीहरु जस्तै खाध्यान्न, लत्ताकपडा, औषधी, त्रिपाल, ब्लाङ्केट आदि वितरण गरिएको थियो ।

– कोभिड १९ को वेलामा २५०० भन्दा बढी परिवारलाई खाध्यान्न, लत्ताकपढा, औषधी लगायतका अत्यावश्यक कुराहरु वितरण गरियो । यसै गरी वालवालिकाहरुलाई किताब, कापी, झोला, खाजा आदिको व्यवस्था समेत गरिएको थियो ।

-सिन्धुपाल्चोक, काठमाडौं, गोरखा, बाँके र सुर्खेत लगायतका जिल्लाहरुमा संस्थाले जनचेतना अभिबृद्धि गर्ने सेवकहरु खटाएको छ । उनीहरुले विभिन्न विद्यालयहरु र समुदायमा गएर हरेक हप्ता मानव बेचबिखन विरुद्ध सचेतनामूलक सामुदायिक प्रस्तुति समेत दिंदै आएका छन्।

-संस्थाले विशेषगरी पहुँच नपुगेका दुर्गम गाउँहरुमा काम गर्दछ । त्यहाँका मानिसहरु प्राय: अशिक्षित र आर्थिक अभाव भएका हुन्छन् । जनचेतनाको कमी र सानातिना प्रलोभनमा पनि पर्न सक्ने भएकोले उनीहरुलाई मानव बेचबिखन सम्बन्धि सचेतना तालिमहरु प्रदान गरिन्छ । साथै उनीहरुलाई पर्चा तथा अन्य चेतनामूलक सामग्री बाँढ्ने, मानव बेचबिखनको जोखिममा पर्ने परिस्थितिबाट कसरी बच्न सकिन्छ भन्ने सत्य घटनामा आधारित बृतचित्र, चलचित्रहरु देखाउने पनि गर्दै आएको छ ।

-बाल उद्धार अभियान नेपालले मानव बेचबिखन हुने अति प्रभावित जिल्लाहरुमा रहेका गरिब तथा दलित समुदायका वालवालिकाहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्ने, छात्रबृत्ति प्रदान गर्ने, मानव बेचबिखन विरुद्ध सचेतना कार्यक्रमहरु गर्ने, अभिवाकहरुको आर्थिक स्तरोन्नति हुने खालको कार्यक्रमहरु सञ्चालन गर्ने गर्दै आएको छ ।

-वालवालिकाहरु, पिछडिएका समुदायहरु, गरिबीको चपेटामा परेकाहरुले पनि सम्मान पूर्वक बाँच्न पाउनु पर्दछ । त्यस्ता व्यक्ति र समुदायहरुलाई बाल उद्धार अभियान नेपाललेसहयोग गर्दै आएको छ ।

– दुर्गम बस्तीहरुमा रहेका अशिक्षित र गरिब एकल महिलाहरुलाई पनि बाल उद्धार अभियान नेपाललेसहयोग गर्दै आएको छ । जसले गर्दा असाहाय एकल महिलाहरुलाई चेतना अभिबृद्धि गर्ने, आयमुलक कार्यमा लाग्ने, सम्मानका साथ समाजमा बाँच्ने वातावरण बनाउन सहयोग पुगेको छ ।

बाल उद्धार अभियान नेपालको सवलीकरण र क्रियाशिलताका प्रयासहरु

बाल उद्धार अभियान नेपाललाई आर्थिक, व्यवस्थापकीय सवल र क्रियाशिल बनाउन संस्थाका संस्थापक अध्यक्ष ज्ञान पन्थ सक्रिय हुनुहुन्छ । नियमित रुपमा बाल उद्धार अभियान नेपालको कार्यक्रमहरु लक्षित जिल्ला र समुदायमा अविछिन्न रुपमा चलोस्, आवश्यकताको आधारमा अन्य जिल्ला र समुदायहरुमा पनि सञ्चालनमा ल्याउन सकियोस्भन्ने उहाँको धारणा छ ।

त्यसको लागि अमेरिका बसेर उहाँले कोष बृद्धि (फण्ड रेजिङ्ग) को विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आउनु भएको छ । उहाँले बर्षमा कम्तिमा २ पटक नेपाल आउने, संस्थाका गतिविधिहरुको प्रत्यक्ष निरिक्षण गर्ने, विभिन्न संघ, संस्थाहरुसँग सहकार्य गर्ने, लक्षित बर्ग र सम्बन्धित क्षेत्रका विज्ञहरुसँग अन्तरक्रिया, भेटघाट गर्ने गर्दै आउनु भएकोछ ।

सदाझै यस पटक अक्टोवर–नेभेम्वरमा पनि ज्ञान पन्थ नेपाल आउनु भयो । काठमाडौं, गोरखा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके लगायतका जिल्लाहरुमा भ्रमण गरेर संस्थाको गतिविधिलाई प्रभावकारी बनाउन पहल गर्नु भयो। यस्तै हालैको भूकम्पले जाजरकोट र रुकुममा घरवार विहिन भएका, परिवार गुमाएकाहरुलाई सहयोग जुटाएर पठाउनु भयो।

काठमाडौंमा पछिल्लो अन्तरक्रिया कार्यक्रम संस्थापक अध्यक्ष ज्ञान पन्थले आफू अमेरिका फर्कनु अगाडि २०८० मंसिर ४ गते काठमार्डौमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गर्नु भयो । उक्त कार्यक्रममा बाल उद्धार अभियान नेपालले चेलीवेटी बेचबिखन विरुद्ध काम गर्दै आएको शक्ति समूह र अमेरिकी संस्था ब्लु एन्भिल सँग सहकार्य गर्ने बारेमा पनि सहमती भयो। साथै संस्थापक अध्यक्ष पन्थले बाल उद्धार अभियान नेपालले गर्दै आएका कार्यहरु र भविश्यको योजनाको बारेमा प्रकाश पार्नु भयो ।

मानव बेचबिखनमा परेर, नरकीय जिवन बाँचेर फर्केकाहरु मिलेर खोलिएको शक्ति समूहको सञ्चालिका चरीमाया तामाङ्ग, ब्लु एन्भिलका अमेरिकी नागरिक याडम पार्कर, डा. हिमलाल घिमिरेको विशेष उपस्थिति रहेको उक्त अन्तरक्रिया कार्यक्रममा बाल उद्धार अभियान नेपाललका उपाध्यक्ष इन्द्र राई, समाजसेवी तथा पर्यटन व्यवशायी बलराम खड्का लगायत अन्य विभिन्न व्यक्तिहरुको उपस्थिति रहेकोथियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा चरीमाया तामाङ्गले १७ बर्षको कलिलो उमेरमा भारतमा बेचिएर आफूले भोगेका नरकीय जिवन र संघर्षको कथा वर्णन गर्दै सबैलाई भावुक बनाउनु भयो । त्यस्तै अमेरिकाको प्रहरी संगठनमा धेरै बर्ष काम गरेका आडम पार्करले आफू नेपाल आउनुको कारण, विगत ६ बर्ष देखि नेपालमा रहेर मानव बेचबिखन विरुद्ध र वालवालिकाको हितमा संस्थाले गर्दै आएकोकार्यको बारेमा बताउनु भयो ।

डा. हिमलाल घिमिरेले मानव बेचबिखन कम गर्न जनचेतना अभिबृद्धि गर्नु पर्ने, मानव तस्करहरुलाई ऐन, कानुन बमोजिम दण्ड, सजाय दिनु पर्ने र कुनै पनि वालवालिकाहरु शिक्षाबाट बन्चित हुन नदिन सबैले ध्यान दिनु पर्ने बताउनु भयो ।

निष्कर्ष

गरिबी, शिक्षा र चेतनाको अभावमा टुहुरा, असहाय, पिछडिएका समुदायका महिला तथा वालवालिकाहरु यौनदासी र बन्धन युक्त श्रमदासको रुपमा बेचिने गरिन्छ । बच्चाहरु सफल र सक्षम हुनको लागि शिक्षा कुञ्जी हो । नेपालमा बेचबिखनमा परी उद्धार गरिएकाहरुले कानुनी सहायता पाउन र सहज रुपमा परिवार र समाजमा स्थापित हुन पाउने वातावरणकोकमी छ । एकातिर यस अपराधको संगठित जालो तोड्नु छ भने अर्को तर्फ अपराधिहरुलाई

कानुनी दायरामा ल्याएर उचित दण्ड, जारिवनाको व्यवस्था गर्नु पर्दछ ।

यसैगरी पिडितहरुलाई उचित न्याय र क्षतिपूर्तिको सुनिश्चितता गराउनु राज्यको दायित्व हो । यस्तो अपराधलाई रोक्न, अपराधीलाई कारवाही गर्न र पिडितलाई समाजमा स्थापित गराउन संघसंस्था तथा नागरिक तहबाट पनि आवाज उठाउनु पर्ने र सरकारसँग सहकार्य गर्नु पर्ने हुन्छ ।

खुला सीमाना, कमजोर र परम्परागत सीमा अनुगमन, नेपाल भारत सहकार्य र समन्वयको औपचारिक प्रणालीको अभावले नेपाल भारत मानव बेचबिखनमा गैरसरकारी संस्थाहरुबाट केही गतिविधिहरु भए पनि पर्याप्त र दिगो सम्बोधन हुन सकेको छैन ।

अन्तमा, आजको आधुनिक युग, शिक्षित र चेतनशील समाज, सञ्चार जगतमा भएको चरम विकासको अवस्थामा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित र अपराधिक कार्य फस्टाउँदै जानु सभ्य समाज र मौलिक हकको ग्यारेन्टी गर्ने लोकतान्त्रिक पद्धती माथिकै कलंक हो । त्यसैले यस्तो जघन्य अपराधको बारेमा सतर्क रहनुको साथै अन्यायमा परेकाहरुलाई सहयोग गर्नु सबैको मानवीय दायित्व नै हुन आउँदछ ।

मानव बेचबिखनमा टिकटकको दुरुपयोग बढ्दै
राँझा (बाँके):  केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन् ।

मानव बेचबिखनविरुद्ध नेपालगन्जमा क्रियाशील माइती नेपालका संयोजक केशव कोइरालाले भन्नुभयो, “कुनै समय गाउँ–गाउँमा गएर अशिक्षित महिला अथवा किशोरीलाई फकाएर बेचबिखनका लागि भारत तथा तेस्रो मुलुक लैजाने गरिएका घटना निकै सुनिन्थे । अहिले त्यसको स्वरुपमा परिवर्तन आएको छ । ” उहाँका अनुसार मानव बेचबिखन पहिलेको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको छ । अहिले नयाँ प्रविधि र सामाजिक सञ्जालको प्रयोगले सहरकै शिक्षित महिला पनि जोखिममा छन् मानव बेचबिखन र ओसारपसारमा पछिल्लो समय लोकप्रिय भइरहेको सामाजिक सञ्जाल टिकटकको दुरुपयोग तीव्ररुपमा बढिरहेको छ ।

विशेषगरी किशोरावस्थाका युवती टिकटकका माध्यमबाट अपरिचित व्यक्तिको सम्पर्कमा पुगी बेचबिखनको जोखिममा परेका छन् । पछिल्लो समय धेरै प्रयोगमा आएको सामाजिक सञ्जाल टिकटकबाट सम्बन्ध विस्तार गरी महिला बेचबिखनको जोखिममा पर्ने गरेका छन् । टिकटकको माध्यमबाट चिनजान र कुराकानी भई घरबाट हिँडेका घटनामा जोखिम बढी पाइएको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालले बताउनुभयो । माइती नेपालले यसरी टिकटकको माध्यमबाट चिनजान भई सीमापार जान लागेका किशोरीलाई उद्धारसमेत गरेपछि टिकटक पनि बेचबिखनको माध्यम बनेको खुलेको हो ।

सामाजिक सञ्जाल टिकटकको माध्यमबाट चिनजान भई भारत जान लागेका छ जनालाई माइती नेपालका कर्मचारीले जमुनाहनाकामा रोकेर परिवारलाई बुझाए । पछिल्लो छ महिनामा टिकटकको माध्यमबाट चिनजान भएकै आधारमा घर छाडेका १२ युवती बेचबिखनको जोखिममा परेको जनाउँदै परिवारले खोजतलासका लागि माइती नेपालको नेपालगन्जस्थित कार्यालयमा निवेदन दिएका छन् ।

“सामाजिक सञ्जालमा एकअर्कालाई साथी बनाएर कुरा गरेकै भरमा बेचिन पुग्नेजस्ता जोखिम देखा पर्न थालेका छन् । अझ अहिले बेचबिखनमा टिकटकको प्रयोग चुनौतीपूर्ण देखिन थालेको छ”, बेचबिखनमा आएको परिवर्तित शैलीबारे संयोजक कोइरालाले भन्नुभयो, “सामाजिक सञ्जालको दायरा फैलिएको छ । फेसबुक, ह्वाट्स एपपछि अहिले मानव बेचबिखनमा टिकटकको प्रयोग तीव्ररूपमा बढिरहेको छ । यसले अशिक्षित र गाउँका महिलामात्रै होइन, शिक्षित र सहरिया महिला पनि जोखिममा छन् ।” राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा महिला जानाजान जोखिम मोल्न तयार हुने गरेको पाइएको उहाँको भनाइ छ । दलालले फोनमा देखाएको प्रलोभनले ग्रामीण सोझा, अशिक्षित महिलामात्रै नभई सचेत महिला पनि फस्ने गरेका छन् ।

ग्रामीण क्षेत्रका अधिकांश महिलाले फेसबुकभन्दा इमो बढी चलाउने गरेका छन् । “फेसबुक र म्यासेन्जरभन्दा इमोमार्फत कुराकानी गर्न सहज हुन्छ, जोखिममा रहेर उद्धार गरिएका धैरै महिलाले इमोमार्फत सम्पर्क भएको बताउने गरेका छन्”, उहाँले भन्नुभयो, “दलालले इमोमार्फत महिलालाई ललाइफकाइ गर्ने शैली अपनाएपछि यसको रोकथाममा पनि चुनौती थपिएको छ ।” मोबाइल फोन, फेसबुक, म्यासेन्जर, इमोलगायतका कारण मानव तस्करलाई नयाँ व्यक्तिसँग चिनजान र सम्पर्क बढाउन सहज बनाइदिएको छ । यसले मानव बेचबिखन तथा ओसारपसारलाई अझै बढी सहज बनाउँदै भनेको समय र स्थानमा बोलाएर भेट्न सजिलो भएको छ ।

छोटो समयमा अपरिचित मान्छेले फोन गर्ने, नाता जोड्ने, भेटघाट गर्ने र राम्रो जागिर लगाइदिने, प्रेम तथा विवाह गर्ने बहानामा युवतीलाई सीमा कटाउने क्रम बढेकाले पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा चुनौती रहेको छ । संयोजक कोइराला अहिले मोबाइल फोन, फेसबुक मानव बेचबिखन तथा ओसारपसारको गतिलो माध्यमका रूपमा प्रयोग भएको बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसारमा प्रयोग भएको नयाँ शैलीले रोकथाम अभियान चुनौतीपूर्ण बन्दै गएको मानव बेचबिखनविरुद्ध काम गरिरहेका सङ्घसंस्थाका प्रतिनिधिको भनाइ छ । मानव दलालहरूले अपनाउने फरक–फरक शैलीले जोखिम बढ्दै गएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक निर्मल सुवेदीले बताउनुभयो । “वैदेशिक रोजगारीका नाममा भनेर लैजाने तर प्रक्रिया नपुगेका कारण श्रमशोषण, यौनशोषण हुने काममा लगाउने गरेका धेरै घटना छन्”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमार्फत एकले अर्कालाई साथी बनाउने र ती साथीसँग कुरा गरेकै भरमा बेचिन पुग्नेजस्ता जोखिम देखापर्न थालेको छन् ।” उहाँका अनुसार आफू जोखिममा पर्दैछु भन्ने थाहा भए पनि वैदेशिक रोजगारीमा जान चाहने शिक्षित महिलाहरूलाई जोगाउन झन् चुनौतीपूर्ण रहेको छ । मानव बेचबिखनका घटना प्रत्येक वर्ष बढ्दै गएका छन् ।

बढ्दो बिलासिताप्रतिको आकर्षण, सञ्चार प्रविधिको दुरुपयोग र असुरक्षित बसाइँसराइका कारण मध्यम वर्गका व्यक्ति बेचबिखनमा पर्ने गरेको पाइएको छ । राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा पनि महिला जानाजान जोखिम मोल्न तयार हुने गरेको शक्ति समूहकी क्षेत्रीय अधिकृत निर्मला पौडेलले बताउनुभयो । उहाँले मानव बेचबिखनविरुद्ध कुनै एक व्यक्ति वा संस्थाले मात्र प्रयास गरेर नहुने भएकाले समाज, प्रहरी प्रशासनको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

मानव बेचविखनविरुद्धको जिल्लास्तरीय समितिका संयोजक एवं बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि शर्माले सङ्घसंस्था मुख्य नाकामा केन्द्रित हुँदा ग्रामीण नाकाबाट मानव बेचबिखनको जोखिम बढेको बताउनुभयो । उहाँले मानव बेचबिखनविरुद्ध कार्यरत सङ्घसंस्थालाई स्थानीय तह र ग्रामीण नाकासम्म गतिविधि र निगरानी बढाउन आग्रह गर्दै आएको उल्लेख गर्नुभयो ।रासस

सामाजिक सञ्जालमा आउने भ्रामक विज्ञापन सुरक्षित आप्रवासनमा मुख्य चुनौति
काठमाडौँ । महिला मानव बेचबिखन बिरुद्धको विश्वव्यापी सञ्जाल (ग्लोवल एलायन्स अगेन्स्ट ट्राफिक इन वुमन) ले संयुक्त अरब इमिरेट्समा कार्यरत आप्रवासी कामदारको अवस्थाको अनुगमन गरेको छ ।

सञ्जालले श्रम उत्पत्ति मुलुक मध्येका नेपाल, भारत, बंगलादेश र श्रीलंकामा मानव बेचबिखन बिरुद्ध तथा सुरक्षित आप्रवासनमा काम गरिरहेका संस्था समेतको सहभागितामा युएईमा आप्रवासी कामदारको अवस्थाबारे अनुगमन गरेको हो ।

युएईमा मानव बेचबिखन बिरुद्ध काम गरिएको मिडल इस्ट सेन्टर फर ट्रेनिङ एण्ड डेभलपमेण्ट (एम ई सि टि इ डी ) ले समन्वय गरेको सो अनुगमनका क्रममा चार वटै देशबाट श्रमका लागि युएई गएर काम गरिहेका विभिन्न क्षेत्रका श्रमिकसँग छलफल गरिएको हो । नेपालबाट युएई गएको टोलीले नेपाली युएई समाज, गैरआवासीय नेपाली समाज, श्रमिक सञ्जाल लगायत आप्रवासी कामदारको अधिकारको क्षेत्रमा काम गरेका स्थानीय संघसंस्थाका प्रतिनिधिसँग छलफल गरेको छ ।

साथै आ–आफ्ना देशका दुतावासहरुसँग पनि आप्रवासी कामदारको अवस्था, सरकारको दायित्व र जिम्मेवारी तथा भइरहेका राहत उद्धारबारे जानकारी लिएको छ । ४ वटै देशका संयुक्त प्रतिनिधि टोलीले संयुक्त अरब इमिरेट्समा रहेका विभिन्न महिला पुनस्थापना केन्द्र तथा श्रमिक आवासको निरीक्षण गरेको छ । सो क्रममा दुवई फाउण्डेसनको पनि टोलीले अनुगमन गरेको छ । सञ्जालकी अन्तर्राष्ट्रिय प्रतिनिधि वन्दना पटनायकले युएई सरकारले श्रमीकको हकहीत र सुरक्षाबारे कसरी काम गरिररहेको छ भन्नेबारेमा निरीक्षण गरेको बताउनु भयो ।

सञ्जालकी अन्तर्राष्ट्रिय प्रतिनिधि वन्दना पटनायकले भन्नुभयो “नेपाल, भारत, बंगलादेश, श्रीलंकाका प्रतिनिधिहरुले युएईमा श्रम गरिरहेका संस्थाहरुको अनुगमन गरिरहेका छन् । हाम्रो यो समूहले युएई सरकारले श्रमीकको हकहीत र सुरक्षाबारे कसरी काम गरिररहेको छ त्यो पनि हामीले हेरेका छाँै । हामीले श्रमीकको का गरिरहेको स्थानमा गएर पनि संवाद गरिरहेका छौँ । श्रमीक पठाएर मुलुकका दुतावासका अधिकारीसँग पनि छलफल गरेका छौँ । यो अनुगमनको प्रतिवेदन हामी सबै देशलाई सार्वजनिक गर्नेछौँ ।”

अध्ययन टोलीले गन्तव्य मुलुकहरु मध्ये अधिकांशको रोजाईमा परेको संयुक्त अरब इमिरेट्स पछिल्लो समय मानव बेचबिखनको ट्रान्जिट बन्दै गएकोमा चिन्ता व्यक्त गरेको छ । लामो समयदेखि आप्रवासी श्रमको मूल्य बढ्न नसकेको तथा दलालहरुले अन्य मुलुक पठाइदिने प्रलोभनमा पारेर भिजिट भिसामा लगेर अलपत्र पार्ने गरेको पाइएको भन्दै टोलीले गन्तव्य मुलुकमा पनि आप्रवासी कामदारलाई ती मुलुकका ऐन र कामदारका अधिकार बारे जनचेतना फैलाउनु अनावश्यक रहेको निस्कर्ष निकालेको छ ।

नेपालले घरेलु कामदारमाथि प्रतिवन्ध लगाएका कारण नेपाली आप्रवासी कामदारहरु आफ्नो घर फर्कन नसकेको पाइएकाले श्रमका लागि प्रतिवन्ध फुकुवा गरी श्रम अधिकारलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल सरकारसँग आग्रह गरेको छ ।

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस
काठमाडौँ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ ।

यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ । यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुन:स्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको सन्देश दिएको छ ।

सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनैरूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ ।

मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासन आदि कार्यका लागि भइरहेको देखिन्छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वव्यापी सङ्कट, द्वन्द्व र जलवायु आपत्कालले मानव बेचबिखनको जोखिम बढिरहेको छ । विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौँ मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन् । यस्तै गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घअन्तर्गतको लागुऔषध र अपराधसम्बन्धी कार्यालयका अनुसार विकासशील राष्ट्रहरूमा मानव बेचबिखनप्रतिको प्रतिक्रिया घट्दै गएको छ । सन् २०२० मा मानवबेचबिखन पत्ता लगाउने दर ११ प्रतिशतले घटेको र मावबेचविखनविरुद्ध सजायको दर २७ प्रतिशतले घटेको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय प्रतिवेदन, २०७६ अनुसार पछिल्लो समय महिला र बालबालिकाको एसिया, अरब, अफ्रिका, युरोप र अमेरिकाका अन्य विभिन्न मुलुकमा समेत बेचबिखन तथा ओसारपसार हुन थालेको छ ।

मानव बेचबिखनको आयाम फराकिलो बन्दै गएकाले यसको नियन्त्रण चुनौतीको विषय बन्दै गएको छ । मानव बेचबिखन नियन्त्रणका लागि समयसाक्षेप कानुनको संशोधन र निर्माण गर्न आवश्यक भएको यस क्षेत्रमा काम गर्दै आएका साझेदार संस्थाहरूको भनाइ छ ।

“मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्न हाम्रा कानुन अपुग र अव्यवहारिक छ”, समाजशास्त्री मीना पौडेल भन्नुहुन्छ, “पहिल्यैतिर लोभलालच वा झुक्याएर बेचबिखन हुन्थ्यो, अहिले यसको आयाम फराकिलो भएको छ । अहिले महिलामात्र होइन, पुरुष पनि यसको जोखिममा छन् ।” रासस

अमेरिका पठाईदिन्छु भन्दै भारत, श्रीलंकालगायतका देशहरुमा पुर्‍याई अलपत्र पार्ने एक जना पक्राउ
काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभ लालच र भ्रममा पारी मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेका कास्की पोखरा महानगरपालिका-२७ घर भई हाल काठमाडौं महानगरपालिका-८ गुह्रेश्वरी पन्चकन्या मार्ग डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

लोभ लालच देखाई अमेरिका पठाईदिन्छु भनी पीडितहरुलाई अन्यत्र देशमा अलपत्र पार्ने, बन्धक बनाई यातना दिने र फिरौती लिने जस्ता आपराधिक कार्यमा संलग्न रहेको खुल्न आएपछि तामाङलाई नेपाल प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

कमल तामाङ समेतले हवाई मार्ग हुदै अमेरिका लैजाने प्रलोभन देखाई जनही ११ लाख ३० हजारदेखि ६० लाख रूपैयाँसम्म रकम लिई हालसम्म पीडितहरुबाट जम्मा २ करोड २६ लाख २३ हजार ८ सय ९० रुपैयाँ लिएको खुलेको छ । उनले नेपालबाट अमेरिका लैजाने भनि भारतको नयाँदिल्ली, श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाईल्याण्ड, लाओस र जाम्बिया लगायतका देशहरुमा पुर्‍याई अलपत्र पारी थप रकम माग गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनायो ।

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

महिलालाई भारतमा यौन व्यवसायमा लगाउने सोनाम पक्राउ
त्रिशूली । आकर्षक रोजगारीमा लगाइदिन्छु भन्दै नेपालबाट दलालमार्फत पुर्याइएका महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने मुख्य व्यक्तिलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । नेपालबाट महिलालाई ललाइफकाई भारतमा पुर्याउने दलाल पक्राउ परेको छ वर्षपछि भारतमा कोठी सञ्चालन गर्दै आएकी सोनाम भन्ने हेरिङडोल्मा तामाङलाई नुवाकोट प्रहरीले विदुरबाट पक्राउ गरेको हो ।

नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखु निवासी ४० वर्षीया उनलाई भारतबाट नेपाल आएको समयमा काठमाडौँबाट रसुवा जाँदै गर्दा पीडितले दिएको सूचनाका आधारमा शनिबार पक्राउ गरिएको नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ती महिलालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सोमबार नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।

उनीमाथि मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐनअनुसार पीडितले दिएको उजुरीमा हदैसम्म ९सर्वस्वसहित०को कारबाहीको माग गरिएको छ । “दलालले विवाह गर्नेदेखि रोजगारमा लगाइदिने भनेर झुटो आश्वासन दिई भारतको कोठीमा पुगेका पीडित दुई महिलाले दिएको उजुरीका आधारमा कोठी सञ्चालन गर्दै आएकी सोनामलाई पक्राउ गरेका छौँ”, प्रनाउ खड्काले भन्नुभयो, “नेपाली महिलालाई भारत लैजाने दलाल कुमार तामाङलाई यसअघि नै २० वर्षको कैद फैसला भइसकेको छ भने उक्त अपराधमा जोडिएकी सोनामलाई थप अन्य पीडितले सोमबार दिएको जाहेरीका आधारमा अनुसन्धान भइरहेको छ ।”

प्रहरीका अनुसार सोनामले भारतको जेबीरोडमा कोठी नं ६८ सञ्चालन गर्दै आइरहेकी छिन् । त्यहाँ उनले विभिन्न दलालमार्फत बालिका तथा महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने गरेको देखिएको छ । उनलाई नेपालबाट त्यहाँसम्म बालिका तथा महिला पुर्‍याउने थप व्यक्तिलाई प्रहरीले खोजी गरिरहेको जनाइएको छ ।

नुवाकोट र काभ्रेका एक–एक महिलालाई उनले जनही पाँच लाख भारतीय रुपैयाँमा खरिद गरेर त्यहाँ यौन व्यवसायमा लगाएको पीडितले दिएको जाहेरी र प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । ती पीडित महिलालाई सिन्धुपाल्चोक जिल्लाको साविक राम्चे गाविस–१ का कुमारले बिक्री गर्न भारत पुर्‍याएका थिए ।

काभ्रेका किशोरीलाई विसंं २०७३ वैशाखमा भारतमा फेसन डिजाइनरमा रोजगार लगाइने भनेर लगिएको थियो भने नुवाकोटकी महिलालाई भारतमा गएर बिहे गर्ने र उता आफैँले होटल सञ्चालन गर्ने भनेर लगिएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

“फरक–फरक समयमा भारतको कोठीमा पुगेका ती दुई महिला विसं २०७३ कात्तिक २५ गते भागेर नेपाल आएपछि उनीहरूले न्यायका लागि गरेको प्रयासमा सफलता मिलेको छ”, प्रनाउ खड्काले भन्नुभयो, “कोठी सञ्चालक सोनामलाई यसअघि कुमारसँगको मुद्दामा पूरक अभियोग बनाइएको थियो भने अहिले पीडितले उनलाई नै मुख्य प्रतिवादी बनाएर जाहेरी दिएका छन् ।”

नुवाकोटको पीडित महिलाले दिएको जाहेरीको आधारमा पक्राउ परेका सिन्धुपाल्चोकका कुमारलाई नुवाकोट जिल्ला अदालतले विसं २०७५ मङ्सिर १४ मा २० वर्षको कैद सजाय तोकेको थियो । कैद सजाय तोक्ने समयमा उनी ३५ वर्षका थिए । अदालतको फैसलाअनुसार कुमार विसं २०९४ मङ्सिर १४ सम्म कैद बस्नुपर्नेछ भने पीडितलाई रु ५० हजार क्षतिपूर्ति तिर्नुपर्ने तत्कालीन जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेले गर्नुभएको फैसलामा उल्लेख थियो ।

पीडित ती महिलालाई दलालमार्फत खरिद गरेर कोठी सञ्चालन गर्दै आएकी सोनाम उक्त मुद्दामा पूरक अभियुक्त बनाइएकामा अहिले नुवाकोटसहित काभ्रेका महिलाले आफूलाई खरिद गरेर यौन व्यवसायमा लगाउने प्रमुख व्यक्ति ९प्रतिवादी० भनेर दिएको किटानी जाहेरीका आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाएको हो । पीडितको बयान, उनको फोन तथा सामाजिक सञ्जालको सम्पर्कमा उनीले खरिद गरेका दसभन्दा बढी किशोरी तथा बयस्क महिला हालसम्म पनि सम्पर्कविहीन छन् । उनीहरू पनि सोही अपराधमा पीडित भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस

मानव बेचबिखन गर्न वीरगञ्ज नाकाको प्रयोग बढ्दो
वीरगञ्ज । पछिल्लो समय पर्साको वीरगञ्जस्थित नाका मानव बेचबिखनका लागि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको छ । मानव तस्करले बेचबिखन गर्ने उद्देश्य राखेर आफै विवाह गर्ने वा भारतीय नागरिकसँग विवाह गराईदिनेलगायत प्रलोभनमा पारी बालबालिका, किशोरी तथा महिलालाई उक्त नाका हुँदै भारतका विभिन्न सहरमा पु¥याउने गरेको पाइएको छ ।

पर्सामा मानव बेचबिखनको घटनासम्बन्धी पछिल्लो तथ्याङ्कअनुसार पछिल्लो छ महिनाको अवधिमा ७३ जनाको भारतका विभिन्न ठाउँबाट प्रहरीले उद्धार गरी नेपाल फर्काएको छ । चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुस मसान्तसम्ममा भारतको विभिन्न स्थानबाट ५९ महिला र १४ बालिकाको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

आव २०७८/७९ मा पर्सा प्रहरीले भारतको विभिन्न सहरबाट एक सय ११ महिला, ४१ बालिका र ३८ बालकको उद्धार गरेको थियो । आव २०७७/७८ मा ८५ महिला, २२ बालिका र एक बालकको उद्धार गरिएको गिरीले बताउनुभयो । आव २०७८/७९ मा एक सय आठ महिला, एक सय ३३ बालिका, ४५ बालक र चार ज्येष्ठ नागरिक पर्साबाट हराएको उजुरी दर्ता भएकामा एक सय पाँच महिला, एक सय आठ बालिका, ४३ बालक र तीन ज्येष्ठ नागरिक फेला परेका प्रहरीले जनाएको छ ।

आव २०७७/७८ मा वीरगञ्ज नाका हुँदै पर्सामा ६५ महिला, ३१ बालक, ९३ बालिका र सात ज्येष्ठ नागरिक हराएका प्रहरीमा उजुरी परेको थियो । तीमध्ये ६१ महिला, २९ बालक, ९० बालिका र सात ज्येष्ठ नागरिक फेला परेका प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

बेचबिखनमा परेका बालबालिका, किशोरकिशोरी तथा महिलाको उद्धारमा कठिनाइ हुने गरेको मानव उद्धारमा सक्रिय संरक्षण नेपालका अध्यक्ष वृजमोहन कुश्वाहाले बताउनुभयो । दुवै देशको ऐन प्रभावकारी नभएकाले उद्धारमा कठिनाइ भइरहेको छ”, उहाँले भन्नुभयो । संरक्षण नेपालका पारस प्रसादले चालु आवको छ महिनामा ३७ बालक र १८ बालिकाको भारतका विभिन्न सङ्घ संस्था प्रहरीसित समन्वय गरी उद्धार गरिएको जानकारी दिनुभयो ।

भारतको मोतीहारीस्थित जिल्ला बालसंरक्षण कार्यालयकी सहायक निर्देशक ममता झाले बालबालिका, किशोरी तथा महिलालाई विभिन्न बाहाना तथा प्रलोभनमा पारेर भारतका विभिन्न स्थानमा पु¥याउने गरिएको पाइएको बताउनुभयो । “उद्धारमा दुवै देशको नीतिनियम तथा ऐन बाधक बन्ने गरेको छ”, उहाँले भन्नुभयो ।

बली दिन भारत पुर्‍याइएकी बालिकाको दिल्लीबाट उद्धार
काठमाडौँ । बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ ।

ब्यूरोले यहाँ आज पत्रकार सम्मेलन गरी बालिकाको उद्धारबारे जानकारी दिएको हो । “बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनिएको रहेछ । भारत लानुअघि बालिकाको तौल, उचाई, शरीरमा दाग, टाटु र रजस्वला भएरनभएको परीक्षण गरिएको रहेछ”, ब्युरो निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले भन्नुभयो ।

उहाँका अनुसार बालिकालाई भारत लानुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो । साठी केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाइएको अभियुक्तहरुले जानकारी दिएको प्रहरीको भनाइ छ ।

उहाँले थप्नुभयो, “प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको छ । उनीहरुको आगामी पूर्णिमामा बालिकाको बलि चढाउने योजना रहेछ ।”

निर्देशक श्रेष्ठले बालिका भने यसबारे जानकार नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी दुई महिनादेखि बालिकाको खोजी अनुसन्धानमा जुटेका थियाँै । दुई दिनअघि पाएको सूचनाका आधारमा बालिकाको उद्धार गरिएको हो ।”

पीडित बालिका मङ्सिर १७ गते मामाघरबाट काठमाडौँ ल्याइएको थियो । पुस १९ सम्म काठमाडौँमा उनलाई बन्धक बनाइएको थियो । पुस २० गते बालिकालाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पु¥याइएको प्रहरीको भनाइ छ ।

भारत पु¥याएपछि भारतका विभिन्न तीन स्थानमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा निज बालिकालाई लगिएको थियो । आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण बालिका मामाघरमा बस्दै आएकी थिइन । ती बालिकालाई प्रलोभन देखाउनेमा बालिकाको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ ।

अहिले प्रहरीले यस घटनामा संलग्न छ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जानकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीको तथ्याङ्कअनुसार नेपालका विभिन्न नाकाबाट बेचबिखन र ओसारपसार हुनबाट माघ महिनामा मात्र १८ जना महिलालाई विभिन्न देशबाट उद्धार गरिएको छ ।

पछिल्ला पाँच वर्षमा ३० जना बालिकालाई बेचबिखन तथा ओसारपसार हुनबाट उद्धार गरिएको प्रहरीको भनाइ छ । बेचबिखन हुनबाट बालिका, महिला, बालक र पुरुष गरी चार सय ४३ जनाको उद्धार गरिएको छ । रासस

आकर्षक तलबको लोभमा कुवेत पुर्‍याइ मानसिक र शारीरिक यातना दिने दुई जना पक्राउ
काठमडौँ । आकर्षक तलबको लोभ देखाएर एक महिलालाई कुवेत पुर्‍याइ १८ घण्टासम्म काममा लगाएर मानसिक र शारीरिक यातना दिएको पाइएको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पीडित महिलाले दिएको सूचनाका आधारमा उनलाई कुवेतबाट उद्धार गरिएको छ भने आरोपीमध्ये दुई जनालाई पक्राउ गरिएको छ ।

ब्यूरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले पीडितको जाहेरीपछि पक्राउ पर्नेमा उदयपुरका ४४ वर्षीय रवि थापा मगर भन्ने लालबहादुर मगर र इलामका डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामी रहेका जानकारी दिनुभयो । केही आरोपी कुवेतमै रहेको र केही फरार रहेकाले खोजी जारी रहेको उहाँले बताउनुभयो ।

ब्यूरोमा प्राप्त विवरण अनुसार ती व्यक्तिहरुले सुरुमा कुवेतमा रहेको रेष्टुरेन्टमा वेट्रेसको काममा मासिक आकर्षक तलब दिने र त्यहाँ राम्रो काम गरेपछि पोर्तुगल र अमेरिकाका रेष्टुरेन्टमा समेत पठाइदिने लोभ लेखाएर गएको मङ्सिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भ्रमण भिसामा युएई हुँदै कुवेत पुर्‍याएका थिए ।

कुवेत पुगेपछि उनलाई अन्य एजेन्टमार्फत् एक हजार ३०० दिनारमा बिक्री गरेको खुलेको छ । त्यसपछि उनलाई दैनिक १८ घण्टासम्म श्रम शोषण गरी मानसिक र शारीरिक यातना दिएको महिलाले दिएको जाहेरीमा उल्लेख छ ।

आफूले यातना पाएको भनी उनले दिएको सूचनाका आधारमा परिवारले ब्यूरोमा उजुरी दिएका थिए । ब्यूरोले कुवेतस्थित नेपाली राजदूतावाससँगको समन्वयमा उनलाई यही माघ ४ गते उद्धार गरी नेपाल फर्काएको थियो । पीडित महिलाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम हदैसम्मको कारबाही गरी पाउँ भनी माघ १० गते जाहेरी दिएकी थिइन् ।

हाल कुवेतमै रहेका एक आरोपीले पीडितको मोबाइल नियन्त्रणमा लिई उनको फेसबुकबाट विभिन्न व्यक्तिलाई अश्लिल कुराकानी गर्ने र सो कुराको रेकर्ड पीडितका श्रीमान्लगायतका आफन्तलाई पठाइ धम्की दिने गरेको खुल्न आएको छ ।

उनीहरुले पीडित महिलालाई धम्की दिई कुवेतमा आफूखुसी आएको र बेचबिखनमा परेको होइन, नेपाल गएपछि यस विषयमा उजुरी गर्ने छैन भन्ने बेहोराको कागज गराइ भिडियोसमेत बनाएको खुल्न आएको छ ।

उक्त घटनामा संलग्न रहेका अन्य फरार व्यक्तिको खोजी जारी रहेको ब्यूरोले जानकारी दिएको छ । रासस

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ ।

प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज पक्राउ गरिएको जानकारी दिएको छ ।

उनीहरुले तीन जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र मासिक एक हजारदेखि एक हजार पाँच सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ मा काठमाडौँबाट भारत, थाइल्याण्ड हुँदै लाओस पु¥याएका थिए ।

त्यहाँ पुर्याएपछि बिट क्वाइनमा ईन्भेष्ट गराउने लगायतका गैरकानुनी काम लगाउनुको साथै दुई महिना काम लगाई पीडितहरूबाट उल्टै तीन लाख ९० हजार रकमसमेत लिई लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए ।

उक्त कार्यमा संलग्नमध्ये एक जनालाई काठमाडौँ ठमेल र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्यूरोको प्रहरीले पक्राउ गरेको हो ।

निजहरूलाई काठमाडौँ जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि थुनामा राख्न कारगार कार्यालय जगन्नाथदेवल सुनधारामा चलान गरिएको छ ।