माधवकुमार नेपाल – News Polar

निर्वाचन परिणामलाई ‘सुनामी’ को संज्ञा दिँदै माधव नेपालले उठाए ‘निर्वाचनको निष्पक्षता’माथि प्रश्न
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामप्रति आंशका व्यक्त गर्नुभएको छ ।

शनिवार काठमाडौंमा अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले आशंका व्यक्त गर्नुभएको हो ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको दुई तिहाई निजक सिटलाई सुनामीको संज्ञा दिनुभयो । यसको पछाडिका कारणहरु अहिले खोजि भइरहेको उहाँको भनाइ छ ।

गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा सेनाको भुमिका कस्तो रह्यो ? सरकारको भुमिका कस्तो रह्यो ? निर्वाचन आयोगको भुमिका कस्तो रह्यो ? मतपत्रको अवस्था कस्तो रह्यो ? यी सबै कुराहरु एक दिन स्पष्ट हुने उहाँको विश्वास छ । निर्वाचनका दौरान सेना, सरकार र निर्वाचन आयोगको भुमिकाका साथै मतपत्रको अवस्थाका विषयमा प्रश्नहरू उठिरहेको उहाँको भनाइ छ ।

नेपालले वि.सं. २०४७ सालको संविधान निर्माणदेखि नै महिला र दलितको विशेष उपस्थितिलाई अनिवार्य गराउन आफूहरूले पहल गरेको उल्लेख गर्नुभयो ।

पछिल्लो निर्वाचन परिणामलाई एक अस्थायी ‘सुनामी’ को संज्ञा दिँदै अध्यक्ष नेपालले आफ्ना कार्यकर्ताहरूलाई विचलित नहुन आग्रह गर्नुभयो ।

उहाँले विपक्षीहरू आक्रामक देखिँदैमा आफ्ना साथीहरू टाउको लुकाएर भाग्नुपर्ने वा रक्षात्मक हुनुपर्ने स्थिति नरहेको बताउनु भयो ।

उहाँले अहिले निर्वाचित भएका नयाँ दलका प्रतिनिधिहरूलाई लक्षित गर्दै उनीहरूलाई मुलुकको परिवर्तन र अधिकार प्राप्तिको इतिहासबारे जानकारी नभएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘पछिल्लो कालमा २०४७ सालमा संविधान बनाइरहेको बेलामा पनि महिलाहरुको विशेष उपस्थितिको कुरा, दलितहरुको विशेष उपस्थितिको कुरा त्यतिखेर पनि त्यहाँ अनिवार्य गरिएको थियो ।

जब हामीले संविधान सभाबाट संविधान बनाउने ठाउँमा आइसकेपछि स्वभाविक रुपमा महिलालाई प्रत्येक पालिकाहरुमा, राज्यका निकायहरुमा एउटा प्रमुख पदमा पुरुष राखिन्छ भने अर्को पदमा महिला हुनुपर्छ भनेर मान्यताका साथ हामीले प्रतिनिधित्वको व्यवस्था, नेतृत्वको ठाउँमा समेत पु¥याउने गरी संवैधानिक व्यवस्था गर्न पुगेका छौं ।

त्यसैगरी चाहे राष्ट्रपति होस् उपराष्ट्रपति होस्, चाहे त्यो जुनसुकै राष्ट्रिय सभा, प्रतिनिधि सभाको प्रमुख सभामुख उपसभामुख होस्, यी सबै ठाउँहरुमा पनि महिलाहरुको पनि उपस्थिति अनिवार्य हुनुपर्दछ भनेर हामीले व्यवस्था पनि गरेका छौँ । त्यसैले यी सबै कुरा यी अहिले जितेका पार्टीका मान्छेलाई सोध्नुस् त थाहा छ उनीहरुलाई ? उनीहरुले कुनै भुमिका खेलेका छन् ? त्यो बेलामा भुमिका खेल्ने को हुन् ? किन म अहिले के देख्छु भन्दाखेरि हाम्रा साथीहरु कता–कता डिफेन्सिभ भएको म पाउँछु । डिफेन्सिभ भनेको रक्षात्मक ।

विरोधीहरु आक्रामक, हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति । केही आवश्यकता छैन भाग्नुपर्ने । यो एउटा सुनामी आयो, यो सुनामी मात्रै हो यो । यसका पछाडिका पनि कारणहरुको खोजी भइरहेको छ ।

बेला–वखतमा सुन्ने गर्छौं, पोल खोल्दिन्छु भन्दैछन् त्यहीँ भित्रका मान्छेले । के–के हो ? सेनाको भुमिका कस्तो रह्यो ? सरकारको भुमिका कस्तो रह्यो ? निर्वाचन आयोगको भुमिका कस्तो रह्यो ? मतपत्रको अवस्था कस्तो रह्यो ? यी सबै कुराहरु पनि एक न एक दिन खुल्दै जाने पनि छ ।’

विगतको योगदानको रक्षा गर्दै आगामी दिनमा दृढताका साथ अघि बढ्न उहाँले पार्टी पंक्तिलाई आह्वान गर्नुभयो ।–न्युज एजेन्सी नेपाल

एक हप्ताभित्रै संगठनात्मक एकीकरण टुङ्ग्याउँछौँ, आफ्नै खुट्टामा उभिने आँट गरौँः माधवकुमार नेपाल
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्नेगरी पहल भइरहेको बताउनुभएको छ ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सम्पर्क समन्वय प्रदेश कमिटीद्वारा नयाँ वर्षको उपलक्ष्यमा आयोजित क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता नेपालले निर्वाचनको परिणाम अपेक्षाविपरित आएको स्वीकार गर्दै त्यसको गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिनुभयो । नेता नेपालले निर्वाचनमा कार्यकर्ताहरूको सक्रियता र इमान्नदारितामाथि प्रश्न उठाउँदै आत्ममन्थन गर्न आग्रह गर्नुभयो ।

पार्टीभित्र हाल ४५ सदस्यीय केन्द्रिय समन्वय समितिको बैठक सात दिनदेखि जारी रहेको जानकारी दिँदै उहाँले राष्ट्रिय समस्या, राजनीतिक संकट र कम्युनिष्ट आन्दोलनका चुनौतीबारे मन्थन भइरहेको बताउनु भयो । नेपालको राजनीतिमा कम्युनिष्टहरूले २००७ सालदेखि नै महत्वपूर्ण भुमिका खेलेको स्मरण गर्दै उहाँले कम्युनिष्टहरू नै सच्चा देशभक्त भएको दाबी गर्नुभयो । समाजमा व्याप्त महिला हिंसा, दलितमाथिको अत्याचार र गरिबीका विरुद्ध जुध्न उनले महिला संगठनलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘चुनावको परिणाम हामीले अपेक्षा गरेको भन्दा विपरित भयो । किनभने हामीले पार्टी एकीकरणको काम पनि अझै संगठनात्मक एकीकरणको काम पनि अझै सम्पन्न गर्न पाएका छैनौं । त्यसैले पनि अझै पनि पुरानै नाममा पनि कतिपय कामहरु भइरहेका छन् । पुरानै मानसिकता अझै हामीमा छँदैछ । एकीकरण गरिसकेपछि हामीले प्रशिक्षण दिनुपर्ने हो, त्यो पनि दिन सकेका छैनौं । स्वाभाविक रुपमा नयाँ परिस्थितिमा कसरी अगाडि बढ्नुपर्छ त्यसको पनि हामीले त्यस हिसावले जानकारी भनौं, ज्ञान भनौं, समझदारी भनौं, त्यो हामीले विकास गर्न सकेका छैनौं ।

अहिले हामी केन्द्रिय समन्वय समितिको संयोजक कमिटीको बैठक बसिरहेका छौँ । केन्द्रिय संयोजन कमिटी ४५ सदस्यीय छ । र त्यो कमिटीले अब सात दिनसम्म बैठक बसेर छलफलहरु गरेर आफ्ना धारणाहरु यसका सदस्यहरुले नेता कमरेडहरुले प्रश्तुत गर्नुभएको छ।

उहाँले राष्ट्रिय समस्याको बारेमा, देशले भोग्नुपरेको समस्याको बारेमा, राजनीतिले भोग्नु परेको संकटको बारेमा, कम्युनिष्ट आन्दोलनले सामना गर्नुपर्ने समस्याको बारेमा, लोकतान्त्रिक आन्दोलनले सामना गर्नुपर्ने समस्याहरुको बारेमा पनि आफ्नो विचार धारणाहरु राख्नुभएको छ । ती सबै विचार धारणाहरुको हामी मन्थन गर्नेछौँ र एउटा निष्कर्षमा हामी पुग्न गइरहेका छाँै । यसै क्रममा नै बैठकको बीचमा तपाईहरुको यो कार्यक्रम हामीले आयोजना गरिरहेका छौँ ।

तपाईहरुलाई थाहा छ हामीले संगठनात्मक एकीकरण गर्ने सन्दर्भमा पार्टी कमिटीहरुलाई एकतावद्ध गर्नुपर्नेछ, जनवर्गीय संगठनलाई एकतावद्ध गर्नुपर्नेछ। त्यसैगरी देश(विदेशमा रहेका हाम्रा नेपालीहरुको माझमा प्रवासमा रहेका नेपालीहरुको माझमा रहेको संगठनलाई पनि एकतावद्ध गर्नुपर्नेछ । जनवर्गीय संगठनहरुमध्ये विभिन्न जनवर्गीय संगठनहरु ती सबैलाई पनि एकतावद्ध गर्नुपर्ने छ । एउटा पार्टीको एक किसिमको संरचना हुन सक्दछ अर्को पार्टीको अर्को किसिमको संरचना हुन सक्दछ ।

त्यस सन्दर्भमा पनि हामीले छलफल गरेर एउटा हामीले निष्कर्षमा पुग्नुपर्ने हुन्छ । यी सबै कुराको सन्दर्भमा अब नयाँ सिलसिलामा जानुपर्ने यसै क्रममा तपाईहरुको यो नयाँ वर्ष आइपुगिसकेपछि क्यालेन्डर निकाल्ने काममा तपाईहरु लाग्नुभएको छ र यसरी वर्षभरि आफूले गरेका कामहरुको समेत मलाई लाग्छ यी फोटाहरुमा तपाईले त्यसको पनि विम्बहरु त्यहाँ अवश्य पनि प्रकाशित गर्नुभएको छ । हामीले अहिले भर्खरै सल्लाह गर्दै थियौ कि पार्टीको नाममा पनि एउटा क्यालेन्डर निकाल्दा राम्रै हुन्छ ।

देशभरि हामीले सन्देश सभा पनि गरेका छौँ, एकीकरण अभियान पनि सञ्चालन गरेका छौँ । यसरी हामीले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका पनि खेलेका छौँ । यस अर्थमा अब यो एकताको भावना लिएर एकीकृत पार्टीको रुपमा अगाडि बढ्ने गरी हामी तपाई सबै अगाडि बढ्नुपर्छ। अहिले हामीले भन्ने गरेका छौ २६ वटा घटकहरु। २६ वटा घटकहरु विभिन्न तहमा हुनुहोला महिलाहरुको माझमा पनि हुनुहोला। ती सबैलाई पनि तपाईहरुले समेट्नुपर्ने आवश्यकता पर्छ। यसको निम्ति बस्नु पनि पर्छ। जुन संरचना छैन त्यो संरचनाहरुलाई कसरी समायोजन गर्ने भन्ने बारेमा पनि उपयुक्त तहले यसको टुंगो लगाउनुपर्छ ।

यस अन्तर्गत अब हामी छिट्टै नै यो एकीकरणको संगठनात्मक एकीकरणको काम पनि सम्पन्न गर्न गइरहेका छौँ । सकेसम्म हामी यो एक हप्ता भित्र नै टुंगो लगाउने ढंगले लागेका पनि छौँ । जतिसुकै पढे पनि परीक्षामा फेल भयो भने के अर्थ छ ? त्यसो हुनाले हामीले मात्रै होइन एउटा सुनामी चल्यो, सुनामीको प्रभाव सबैमा परेको छ। तर सबैभन्दा खुसीको कुरा के हो भने अरु पार्टी विपक्षी पार्टीका नेताहरुले जित्न सकेनन् हाम्रो पार्टीको कमसेकम संयोजक कमरेड जित्नुभएको छ उहाँलाई धेरै धेरै बधाई।

यस अर्थमा पनि राष्ट्रिय राजनीतिमा अब हामीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता छ। चाहे मधेसवादी दलको कुरा गरौं या अहिलेसम्मका अरु पार्टीहरुको कुरा गरौं ती सबैलाई पनि राष्ट्रियताको इस्युमा होस्, लोकतन्त्रको इस्युमा होस्, संघीयताको इस्युमा होस्, गणतन्त्रको इस्युमा होस् या परिवर्तन रुपान्तरणको इस्युमा होस् साथ दिनेहरुलाई सँगसँगै समेटेर लानुपर्ने आवश्यकता पनि छ । तर सबैभन्दा पहिले हामी आफ्नो खुट्टामा उभिने आँट गर्नुपर्छ । खुट्टामा उभिने आँट गरेनौं भने अगाडि बढ्ने र कुद्ने शाहस गरेनौं भने एकताले मात्रै केही गर्ने वाला छैन ।’

महिलाहरूले आफ्नो जिल्ला र राष्ट्रिय समस्या दुवैमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । नेता नेपालले एकताले मात्रै सबै थोक नहुने भन्दै शक्ति बढाउन र जनताको मन जित्न आफ्नै खुट्टामा उभिने आँट गर्नुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान
रौतहट। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गर्नुभएको छ ।

चार वटा निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्रमा २७७ मतदानस्थल र ५४१ वटा मतदान केन्द्र कायम छन् । सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले राससलाई जानकारी दिनुभयो । रासस

पूर्वप्रधानमन्त्री नेपालद्वारा त्रिशूली बस दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले  पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ठूलो मानवीय क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री नेपालले आज एक शोक वक्तव्य जारी गर्दै उक्त दुर्घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको हो । दुर्घटनामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँले उद्धार तथा प्रभावकारी उपचारका आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले पीडितपरिवारलाई राहत व्यवस्थापनमा कुनै कमी हुन नदिन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराउनुभयो ।

धादिङको चरौँदी नजिक आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा घटनास्थलमै १७ तथा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ भने घाइतेको उपचार भइरहेको जनाइएको छ । रासस

पूर्व प्रधानमन्त्री नेपाल अस्पताल भर्ना
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ ।

मुटुको समस्या देखिएपछि बुधबार बिहान उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएकोको नेकपाका एक नेताले न्युजपोलारलाई जानकारी दिनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीलाई जनताले पहिलो पार्टी बनाउन चाहेका छन्ः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न निर्वाचनमा जनताले आफ्नो् पार्टीलाई विजयी गराउन चाहेको दाबी गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा  आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई पहिलो पार्टी बनाउन देशभर लहर नै चलेको जिकिर समेत गर्नुभयो ।  उहाँले् युवा पुस्ताको चाहना र नेपाली जनताको भावनाअनुसार काम गर्ने भएकाले पनि नेपाली जनताले आफ्नो पार्टीलाई रुचाएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘चुनावमा जनताले जिताउन चाहेका छन् नेपाली कम्युनिष्ट पार्टीलाई । सबैभन्दा ठूलो नम्बर एक पार्टीको रुपमा यसलाई विजयी बनाउनका लागि मेचीदेखि महाकालीसम्म एउटा अभियान चलिरहेको छ । लहर चलिरहेको छ । त्यसको अगुवाई ओखलढुंगाले गर्नुपर्छ । यतिकै भनिएको होइन मेरो प्यारो ओखलढुंगा । यो जिल्लाले पूर्वलाई पनि तरंगित गर्नेछ, पश्चिमलाई पनि तरंंगित गर्नेछ । हिमाल, पहाड तराई सबैलाई तरंगित गर्नेछ । यसले अहिलेको चुनावमा कीर्तिमान त कायम गर्छ । जनताको भावनाअनुसार हामी काम अघि बढाउनेछौँ ।’

सहसंयोजक नेपालले जेन–जी पुस्ताको भावनाअनुसार आफूहरु अघि बढिरहेको पनि दाबी गर्नुभयो ।

पतञ्जलि जग्गा हिनामिना प्रकरणः माधव नेपालसम्बन्धी मुद्दामा मिसिल झिकाउने आदेश
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले मिसिल झिकाउने आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि माधव नेपाललगायतका व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्नुअघि अनुसन्धान गरी तामेलीमा राख्ने निर्णयसम्बन्धी फाइल झिकाउन आदेश दिएको हो।

अख्तियारले तामेलीमा राखेको निर्णयसम्बन्धी फाइल विशेष अदालतमा पेश भएपछि आउँदो माघ १४ गतेदेखि अर्को सुनुवाइका लागि पेसी तोकिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर यही जेठ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र कैद सजायको मागदाबी गरेको छ। तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत तथा संस्थागत स्वार्थमा हस्तान्तरण गराएको र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आयोगको अभियोग छ।

अभियोगपत्र अनुसार, नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न स्वीकृति दिएको थियो। त्यस्तै, २०६६ माघ १८ गते ठाडो आदेशमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिलाइएको दाबी अख्तियारले गरेको छ।

पतञ्जलि प्रकरणमा ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरी भ्रष्टाचार गरिएको आरोपमा ९३ जनाविरुद्ध मुद्दा दायर गरिएको हो।

रौतहट १ मा नेकपाका सहसंयोजक माधवकुमार नेपालद्वारा उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउनु भएको छ ।

नेपालले रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउनु भएको हो ।

पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी कुनै नेता विशेषको प्रचार गर्न नहुने बताउनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)सँगको समायोजन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । पार्टीले सामूहिकतामा विश्वास गर्ने भएकाले पनि व्यक्तिको प्रचारमा जोड दिन नहुने उहाँको तर्क थियो । सहसंयोजक नेपालले पार्टीका नेताहरुले गरेका राम्रा कामको प्रचार र नराम्रा कामको जिम्मेवारी लिने परिपाटी पनि स्थापित गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले एमालेप्रति लक्षित गर्दै व्यक्तिको प्रशंशा गर्दा पार्टीको हालत कमजोर हँदै गएको जिकिर गर्नुभयो । सहसंयोजक नेपालले पार्टीलाई जनताको आशा र भरोसाको केन्द्र बनाउने चुनौति रहेको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढने गरी अघि बढनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘पार्टीमा राम्रो कामको प्रचार गर्नुपर्छ । कमजोरी भए जिम्मा लिनुपर्छ । कमजोरी भएका छन भने त्यसको जिम्मा लिनुपर्छ । यसको अर्थ यो होइन कुनै नेता विशेषको प्रचार । यो पार्टीको प्रचार हो । यो पार्टी सामुहिकतामा विश्वास गर्दछ । त्यसो हुनाले हामी विभिन्न पार्टीको हालत देखिरहेका छौ । त्यसबाट हामीले सिक्नुपर्ने आवश्यक्ता पनि छ । विगतका एकताको प्रक्रियाबाट पनि हामीले सिक्नुपर्ने हुन्छ । जतिजति व्यक्ति, समूह, घटकहरु प्रवेश गर्दै जाने स्थिति बन्छ । त्यत्तिकै मात्रामा प्रशिक्षणको पनि आवश्यक्ता पर्दछ । प्रशिक्षण दिईसकेपछि एकरुपले अघि बढने स्थिति बन्छ । म यति भन्न चाहन्छु–नेपाली जनताको आशा, भरोसाको केन्द्र यस पार्टीलाई बनाउने कुरा पनि आगामी दिनमा चुनौतिपूर्ण छ ।’

सहसंयोजक नेपालले पार्टीमा प्रवेश गरेका विभिन्न घटकहरुलाई एकतावद्ध गरेर लैजानका लागि प्रशिक्षणलगायतका कार्यक्रमलाई जोड दिनुपर्ने समेत बताउनु भयो ।

फागुन २१ मा चुनाव हुन्छ, सिंगो पार्टी तयारीमा जुटौँः माधवकुमार नेपाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तोकिएको मितिमा नै निर्वाचन हुने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा पार्टी केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण समारोहमा बोल्दै उहाँले फागुन २१ मा निर्वाचन हुने उल्लेख गर्दै त्यसको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

सहसंयोजक नेपालले निर्वाचन समयमा हुँदैन कि भनेर चुप लागेर नबस्न पनि पार्टी, नेता कार्यकर्तालाई सचेत गराउनु भयो । उहाँले निर्वाचनका लागि पार्टीले घोषणा पत्र निर्माणको काम शुरु गरेको र निर्वाचन परिचालनका लागि पार्टीका संयोजक पुष्पकमल दाहालको नेतृत्व छिट्टै परिचालन कमिटी घोषणा हुने पनि बताउनु भयो । उहाँले निर्वाचन पार्टीका लागि अग्नी परीक्षा भएकाले त्यसलाई पार लगाउनका लागि सिंगो पार्टी पंक्ति एकतावद्ध भएर परिचालन हुन जरुरी रहेको समेत बताउनु भयो ।

सहसंयोजक नेपालले भन्नुभयो,‘चुनावमा हाम्रो अग्नी परीक्षा हुनेछ । यस बीचमा चुनाव हुन्छ भन्ने नै हामीलाई लागेको छ । त्यसकारण चुनाव हुँदैन कि भन्ने कुरा ठानेर चुप लागेर, पर्खेर बस्ने होइन । चुनावको तयारीमा पूरै जुट्ने हो । र, यसका लागि हामीले निर्वाचनको बारेमा चुनाव घोषणा पत्र बनाउन पनि कमिटी बनाइसकेका छौँ । त्यसको मस्यौदाको काम पनि अगाडि बढन थालिसकेको छ । त्यसैगरी निर्वाचन परिचालन गर्ने कमिटी पनि हामी बनाउन गइरहेका छौँ । हाम्रो संयोजक कमरेड पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा त्यो हामी बनाउनेछौँ । त्यसपछि निर्वाचनसँग जोडिएका अरु कामहरु हुनेछन् । निर्वाचनका लागि सहयोग जुटाउन महत्वपूर्ण भुमिका खेल्नेलाई प्रोत्साहन दिइनेछ । चुनावमा हाम्रो मतको कसरी रक्षा गर्ने, चुनावमा देखा परेका विकृतिहरुको कसरी सामना गर्ने, पैसाको लेनदेनलाई रोक्ने कसरी ? यी सबै कुराको सामना गर्न पनि हामी बीचमा एकताको आवश्यकता पर्दछ ।

सहसंयोजक नेपालले निर्वाचनमा पैसाको लेनदेनलगायतका विकृतिको सामना गर्न पनि सचेत भएर अघि बढ्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक नेपालसहित २४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसहित २४ सय ९९ केन्द्रीय सदस्यले शपथ लिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जेष्ठ सदस्य नन्दकुमार प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक नेपाललाई शपथ खुवाएका हुन् ।

शपथपछि जेष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक नेपाललाई परिचयपत्र समेत हस्तान्तरण गरेका छन् ।

२४ सय ९९ केन्द्रीय सदस्यलाई भने संयोजक प्रचण्डले शपथ खुवाएका हुन् ।

मुलुकको विद्यमान समस्या समाधानको विकल्प निर्वाचनः पूर्वप्रधानमन्त्री नेपाल
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचनमार्फत देशमा विद्यमान समस्याको समाधान गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले निर्वाचनले मात्र जनता र राष्ट्रका तत्कालीन समस्या समाधान गर्ने भएकाले त्यसको विकल्प खोज्न नहुने उल्लेख गर्नुभयो ।

शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि आवश्यक पूर्वाधार विकास गर्न आग्रह गर्दै नेता नेपालले निर्वाचनका साथसाथै संविधानलाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा भ्रष्टाचार, बेरोजगारी र युवाहरूको बहिर्गमनले देशको सामाजिक–आर्थिक सङ्कट निरन्तर गहिरिँदै गइरहेको बताउँदै उहाँले सङ्कटबाट देशलाई जोगाउन समस्त कम्युनिष्टहरु, वामपन्थीहरू, प्रगतिशील शक्तिहरू, देशभक्तहरु र लोकतन्त्रप्रेमीहरूबीच राष्ट्रिय एकता निर्माण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

पूर्वप्रधानमन्त्री नेपालले सबै कम्युनिष्ट र वामपन्थी शक्तिहरूलाई कार्यगत एकता वा वाममोर्चामा आबद्ध गर्ने उद्देश्यले सत्रवटा वाम समूहहरूलाई एकताबद्ध बनाएर नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको उल्लेख गर्नुभयो ।

विभिन्न ५० जनालाई पार्टी प्रवेश गराउँदै उहाँले अब सामाजिक रुपान्तरणका लागि आधारभूत सिद्धान्तका आधारमा देशलाई समाजवादतिर अग्रसर गराउनुपर्ने बताउनुभयो ।

सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउनु होः माधव नेपाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सहसंयोजक नेपालले जेन–जी आन्दोलनको क्रममा अपराधिक गतिविधि गर्नेहरुलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग समेत गर्नुभयो । उहाँले विगतमा भएका त्रुटीहरु सच्याएर अघि बढने काममा पनि ध्यान दिन आवश्यक रहेको बताउनु भयो । सहसंयोजक नेपालले नेपाल विभिन्न सम्पदाहरुले सम्पन्न रहेकाले त्यसको उचित परिचालन गरी मुलुकलाई समृद्ध बनाउने विषयमा पनि सरकारले संकल्प लिएर नै अघि बढ्नुपर्ने समेत बताउनु भयो ।

उहाँले भन्नुभयो,‘वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउनका साथसाथै केही संरचनाहरुमा सुधार गर्न सकिने पनि भएकाले त्यसमा पनि समय दिनुपर्ने आवश्यक्ता पर्छ । हाम्रा माननीय मन्त्रीजीहरु पनि हुनुहुन्छ । ती क्षेत्रहरुमा रहेको संरचनाहरुमा रहेका त्रुटीहरुमा सुधार गर्ने हो, । र सिष्टम कसरी बसाल्न सक्ने हो, अहिलेसम्म भएको राम्रा कामहरुलाई कसरी जोगाउने र कमजोरीहरु कसरी सुधार्ने भन्ने कुरामा ध्यान दिनुपर्ने आवश्यकता पर्दछ । तर मुख्यतः नेपाल जस्तो देश जो धेरै हिसावले सम्पन्न छ । वन सम्पदा छ , कृषि सम्पदामा सम्पन्न छ । सांस्कृतिक सम्पदामा सम्पन्न छ । खनिज सम्पदामा सम्पन्न छ । जल सम्पदामा सम्पन्न छ । त्यसकारण सम्पन्नताको चिजविजमा यहाँ कमी छैन । तर त्यसमा जसरी खोज अनुसन्धान लगानी गर्नुपर्ने, प्रतिफललाई ध्यानमा राखेर लगानी गर्नुपर्ने यत्रो पानीहरु बगिराखेको छ । विजुली उत्पादन गर्नुपर्ने । यी चिजहरुमा जुन कमी भएको छ । विगतका सरकारहरुबाट विगतमा भएका कमजोरीहरुलाई सच्याउने ढंगले एउटा नयाँ संकल्प गर्नुपर्ने आवश्यकता पर्छ । त्यसमा उद्योगी, व्यवसायी साथीहरुले पहल लिनुभएको छ । मैले पटक पटक भन्ने गरेको छु–तपाईहरुले पूर्वप्रधानमन्त्रीहरुलाई बोलाउनुहोस । विज्ञहरुलाई बोलाउनुहोस । पूर्वमन्त्री, उद्योगीव्यवसायीहरुलाई बोलाउनुहोस् । विभिन्न देशका अनुभवप्राप्त व्यक्तहरुलाई बोलाउनुहोस । सेक्टर सेक्टरको छलफल गरेर अघि बढौ भन्दा त्यसमा ध्यान पुग्न सकेको थिएन । तपाईहरुले घच्घच्याउनु भएको छ । त्यो महत्वपूर्ण कुरा हो । वास्तवमा यो देशको विकास गर्ने हुटहुटी पहिला चाहियो । सपना देख्न सक्नु पयो । त्यसका लागि योजना बनाउन सक्नुप¥यो । त्यसका लागि तपाईहरुले खेल्नु भएको भुमिकाप्रति धन्यवाद दिन चाहन्छु ।’

सहसंयोजक नेपालले देशको विकास गर्ने हुटहुटी अनुसारको योजना बनाएर अघि बढ्ने काममा पनि जिम्मेवार सबै पक्ष लाग्नुपर्ने बताउनु भयो ।–

नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प नरहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देशमा एकतालाई बलियो बनाउन, शान्ति र समृद्धिको दिशालाई अघि बढाउन नेपाल कम्युनिष्ट पार्टीको विकल्प नभएको जिकिर गर्नुभयो । उहाँले नेपकाले नै अब राजनीतिमा देखापरेका विकृतिहरु अन्त्य गर्ने पनि बताउनु भयो । आम नेपाली जनताको बीचमा एकताको, आपसी सद्भावको सन्देश संप्रेषण गर्न जरुरी रहेको बताउनु भयो । समाजवादी क्रान्तिको कार्यक्रमलाई आत्मसात गर्ने बाहेक अरु कुनै विकल्प नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैन । देशमा एकतालाई बलियो बनाउनु छ भने शान्ति र समृद्धिको दिशालाई अघि बढाउनु छ भने राजनीतिमा देखापरेका विकृतिहरु अन्त्य गर्नुछ भने, समाजमा देखापरेका विसंगतिहरुलाई समाप्त पार्नुछ भने आम नेपाली जनताको बीचमा एकताको, आपसी सद्भावको सन्देश संप्रषण गर्नुछ भने त्यसको निम्ति नेपाली कम्युनिष्ट पार्टीले जुन विचार अघि सारेको छ, सिद्धान्त अघि सारेको छ, कार्यक्रम अघि सारेको छ, समाजवादी क्रान्तिको कार्यक्रम, यो कार्यक्रमलाई आत्मसात गर्ने बाहेक अरु कुनै विकल्प छैन । यस अर्थमा पनि जसरी ठाउँ ठाउँका जनताले उहाँलाई अत्यन्त उत्साहपूर्ण ढंगले स्वागत र सम्मान गरेका छन् ।’

सहसंयोजक नेपालले नेपाल्ी कम्युनिष्ट पार्टीमा अनेक राजनीतिक दलहरु एकतावद्ध भइरहेको बताउनु भयो ।

संयोजक प्रचण्ड र सहसंयोजक नेपालद्वारा चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

बुधबार खनालको डल्लुस्थित निवासमा पुगेर उनीहरुले रविलक्ष्मीको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको नेता खनालले जानकारी दिए ।

नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई नेपाली जनताले बहुमत दिनुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टी जनताको सपना साकार पार्ने अभियानमा छ कि छैन ? भन्नेकुराको अग्नी परीक्षामा सहभागी हुन पनि आगामी निर्वाचनमा जनताले बहुमत दिएर जनताको सेवा गर्ने अवसर प्रदान गर्नुपर्ने जिकिर समेत गर्नुभयो । नेपाली जनताले आगामी निर्वाचनमा बहुमत दिए आफूहरुको जनताको सपना साकार पार्ने सहसंयोजक नेपालको दाबी थियो । उहाँले आफूहरुले इमान्दारिता, देशभक्ति र जनताको भावनाअनुसार अघि बढ्ने संकल्प लिएको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली जनताले हामीलाई आउने चुनावमा विश्वास गरेर जिताएको खण्डमा बहुमत दिएको खण्डमा हाम्रो अर्को अग्नी परीक्षा शुरु हुन्छ । हामी साँच्चै जनताको सपनालाई साकार पार्नका लागि इमान्दारिताका साथ अगाडि बढेका छौ कि छैनौँ ? हामीलाई एक पटक तपाईहरुले मौका दिनुपर्ने हुन्छ । हामीले आजसम्म इमान्दारिताको राजनीतिलाई, देशभक्तिको भावनालाइ देश प्रेमको भावनालाई, जनताको सेवाको भावनालाई पूरा गर्ने आँट पनि गरिरहेका छौँ ।’

सहसंयोजक नेपालले आफ्नो पार्टी जेन–जी पुस्ता एकीकृत भएर आउने क्रम जारी रहेको समेत बताउनु भयो ।

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल
काठमाडौँ।  नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय विश्व शक्ति सन्तुलनमा आएको फेरबदलका कारण अधिकांश राष्ट्रका आआफ्ना छिमेकीसँगको सम्बन्धमा उतारचढाव आएको बताउनुभएको छ ।

एकेडेमी फर सोलिड्यारिटी डाइलेटिक्सले आज आयोजना गरेको अन्तरक्रियामा उहाँले मुलुकको भौगोलिक अवस्थितिका कारण विशेषगरी अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्ने बताउनुभयो ।

भूराजनीतिक दृष्टिकोणमा राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, मानवअधिकार तथा सुरक्षा विषय पनि समावेश हुने बताउँदै पूर्वप्रधानमन्त्री नेपालले छिमेकी मुलुक ठूला र बलिया भएकाले नेपालले असंलग्नताको नीति अवलम्बन गर्दै यसमा संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

देशमा औद्योगिक अवस्था, सामाजिक रुपान्तरण, आर्थिक प्रगति खासै उत्साहजनक नरहेको बताउँदै उहाँले राजनीतिक अस्थिरता, दलका नेतृत्वबीच अन्तरिक द्वन्द्व, भ्रष्टाचार तथा कुशासन, गरिबी, बढ्दो जनसङ्ख्या, बेरोजगार, सुरक्षाका कमजोर अवस्थाले भूराजनीतिक चुनौती थपिएको विचार व्यक्त गर्नुभयो ।

नेता नेपालले मुलुकमा अहिले उत्पन्न भएको राजनीतिक तथा संवैधानिक सङ्कटको सामना गर्न तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै भयरहित वातावरणमा निर्वाचन गर्न आवश्यक वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो ।

नेकपामा नेताहरुले आफ्नो मात्रै प्रचार गर्ने काम नगरौंः माधव नेपाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका नेताहरुले आफ्नो मात्रै प्रचार गर्ने शैली अपनाउन नहुने बताउनुभएको छ ।

शुक्रवार सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो ।

निर्वाचन आएकाले सिंगो पार्टीका नेताहरुले खेलेका भुमिकाहरुको एकीकृत रुपमा प्रचार गर्नुपर्ने सहसंयोजक नेपालको भनाई थियो । उहाँले विगतमा आफूहरु सरकारको नेतृत्वमा रहँदा केही गरेन भन्नेहरुको पनि खण्डन गर्न पार्टी  नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । विगतमा हामीले खेलेका महत्वपूर्ण भुमिकाहरु प्रचार गरेर अघि बढ्न आवश्यक रहेको उल्लेख गर्दै सहसंयोजक नेपालले अहिले पनि मुलुकलाई संकटबाट जोगाउन महत्वपूर्ण भुमिका खेल्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी नै जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब त एकीकृत रुपमा प्रचार पनि गर्नुपर्दछ । म आउने मेरो मात्रै प्रचार गर्ने, अर्को वक्ताले आफ्नै प्रचार मात्रै गर्ने होइन । अब एकीकृत पार्टी भईसकेपछि सिंगो हामीले खेलेका भूमिकाहरु हामीले गरेको योगदानहरु यो देशको प्रत्येक संकटको बेलामा हामीले के के भुमिका खेल्यौं ? कस्ता कस्ता चुनौतिको सामना ग¥र्यौ ? जेन–जी पुस्तालाई अहिले पनि सही बाटोमा अघि बढाउन हामीले उत्प्रेरित गरिरहेका छौ । यी यावत कुराहरुले पनि बताउँछ कि पार्टीको भूमिका महत्वपूर्ण छ । अहिले पनि भदौ २३–२४ को घटनाले देशमा चिन्ता भईलिएको थियो । त्यो बेलामा पनि कमरेड प्रचण्ड र म मात्रै हौ कि राष्ट्रपति निवासमा राति नौ बजेदेखि विहान ४ बजेसम्म रातभरी हामी बस्यौ । राष्ट्रपतिले हामीलाई सम्झिनु भयो । अरु कुनैपनि पार्टीका नेताहरुको अत्तोपत्तो भएन । हामी पुग्यौँ र राष्ट्रपतिजीलाई भन्यौ–अहिले हुनुभएको प्रधानमन्त्रीलाई पनि सन्देश पठायौ कि तपाई अगाडि बढनुहोस् । राम्रो काम गर्नुस् । अब चुनाव नै गर्नुछ भने पनि निष्पक्ष चुनाव समयमा गर्नुस् । हामी ती सबै कुरालाई पनि साथ दिन तयार छौँ ।’

सहसंयोजक नेपालले भदौ २३ र २४ को घटनापछि मुलुकमा उत्पन्न संकट समाधान गर्न र मुलुकलाई निर्वाचनमा लैजाने वातावरण बनाउन आफू र पुष्पकमल दाहालले महत्वपूर्ण भुमिका खेलेको दाबी गर्नुभयो ।

हामीप्रति नागरिकको आकर्षण बढ्दो छ, सुदूरपश्चिममा तिसौँ हजार उतार्छौंः माधव नेपाल
काठमाडौँ ।नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति दिन प्रतिदिन आम नागरिकको आकर्षण बढ्दै गएको बताउनुभएको छ ।

बिहीवार आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै सफल हुँदैन भनेको एकता दिनप्रतिदिन सफल हुँदै गइरहेको बताउनु भयो ।

शुक्रवारबाट सुदूरपश्चिमको धनगढीमा सन्देश सभा गर्न लागेको बताउनु हुँदै सबैले साथ र सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले सुदूरपश्चिमका नेताहरुले त्यहाँको सभामा तिसौँ हजार उतार्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो एकता सफल हुँदैन भनेका थिए । तर दिन बितेको छैन, हप्ता बितेको छैन, महिना बितेको छैन । यो अत्यन्तै उचित थियो भन्नेकुरा पुष्टि भइरहेको छ । भोलिदेखि हामी सन्देश सभाको कार्यक्रम गर्न गइरहेका छौँ । पहिलो सन्देश सभा हामी सुदूरपश्चिम प्रदेशको धनगढीमा गर्दैछौँ । धनगढीमा सुदूरपश्चिमका नेताहरु बसेर दशौँ, बिसौँ हजार भन्दा बढी संख्यामा उपस्थित गराउने गरी लाग्नुभएको छ । आशावादी हुनुभएको छ । अभियान चलाउनु भएको छ । सुदूरपश्चिमका नेताहरुः तपाईंहरुको परीक्षा त्यहीँ हुन्छ । ’

सहसंयोजक नेपालले आफूहरुले जनताको मन र विश्वास जितेको बताउनु भयो ।

अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुनूस्ः माधव नेपाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

अखिल नेपाल ट्रेड युनियनले मंगलवार आयोजना गरेको कार्यक्रममा उहाँले १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीको गठन गरेकोले अब सबै नयाँ भएको बताउनुभएको हो ।

उहाँले पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरुको भन्ने मानसिकताबाट मुक्त हुन पनि आग्रह गर्नुभयो । यो संगठन मेरो, अर्को संगठन अरुको भन्ने भ्रममुक्त भएर अब सबै जनसंगठनहरुलाई एकतावद्ध गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले ईतिहासको चर्चा गर्दाखेरि पनि २०५२ सालदेखिको मात्रै नभएर २००६ सालदेखिको चर्चा गर्न पूर्वमाओवादी कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

२०२८ सालदेखि झापा विद्रोहको चर्चा गर्नुपर्ने उहाँको भनाई छ । उहाँले पार्टीमा योगदान भएका सबै नेताहरुको बारेमा चर्चा गर्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले नेकपा एमालेका कार्यकर्ताहरुले अध्यक्ष केपी ओलीलाई ‘बा’ भन्ने गरेकोप्रति कटाक्ष गर्नुहुँदै पार्टी भित्र ‘बा’ प्रवृत्ति हावी हुन दिन नहुने बताउनु भयो । एउटा मात्रै नेताको मात्रै चर्चाले आफूहरुको पार्टीभित्र पनि बा भन्ने प्रवृति हावी हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘हामीले भर्खरै १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीको गठन गरेका छौँ । म तपाईहरुलाई फेरि पनि भन्न चाहन्छु, अव यो नयाँ पार्टी भएको छ । त्यसो भएको हुनाले पुरानो पार्टीको धङधङीबाट मुक्त पनि हुनुपर्छ । यो महशुस नहोस्, मनोविज्ञानलाई पनि बुझेर चल्नुपर्छ । त्यसो हुनाले प्रशिक्षणको पनि आवश्यक्ता छ । पेरिसडाँडा मेरो, आलोकनगर तपाईहरुको भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ । यो संगठन मेरो, अर्को संगठन अरुको भन्ने भ्रममुक्त हुनुपर्छ । अब एउटै पार्टी बनाएका छौँ । सबै जनसंगठनहरुलाई पनि एकतावद्ध गर्नुपर्नेछ । इतिहासको चर्चा गर्दाखेरि पनि ५२ सालदेखीको मात्रै होईन २००६ सालदेखिको चर्चा हुनुपर्छ । २०२८ सालदेखि झापा विद्रोहको चर्चा हुनेछ । एउटा नेताको मात्रै हुनेछैन, अनेकौँ नेताहरुले खेलेको महत्वपूर्ण भुमिकालाई पनि स्मरण गुर्नपर्छ । नभए हामीभित्र पनि बा भन्ने प्रवृति हावी हुनेछ । बा प्रवृत्तिबाट मुक्त हौँ, हामी ।’

उहाँले एक, अर्काप्रतिको विश्वासले पार्टीलाई नेपाली जनताको आशा र भरोसाको केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनु भयो ।