महापुरुष – News Polar

ओटीटीमा ‘महापुरुष’
काठमाडौँ । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटीटी (ओभर द टप)प्रतिको आकर्षण बढ्यो । ओटीटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरुपमा बढे ।

सो समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटीटी प्लेटफर्म’ले नेपाली दर्शकलाई राम्रोसँग आकर्षित गर्न सफल भए तर विदेशी एपमा दर्शक झुम्दा सोही प्रकृतिका नेपाली एप आइफ्लिक्स, भिडियो पसल, सिनेमाघरजस्ता एपले दर्शक पाएनन् ।

आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपछि बन्द नै भए । नेपालमा सन् २०१६ देखि सुरू भएको एप सिनेमा घरले सब्सक्रिप्सनको सुविधा हटाएर फिल्मअनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको कम्पनीका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिनुभयो । शुक्रबारदेखि ‘महापुरुष’ प्रदर्शनमा आएको जानकारी दिँदै अध्यक्ष लामिछानेले नयाँ सामग्री आउँदा दर्शक बढ्ने जानकारी दिनुभयो ।

“चलचित्र भवनमा जस्तै ओटीटीमा पनि दर्शक बढिरहेका छन् । युट्युबमा सित्तैमा चलचित्र हेरिरहेका दर्शकलाई पैसा तिरेर हेर्ने बानी बसाल्न एकदमै गाह्रो भए पनि विस्तारै बानीको विकास भइरहेको छ”, अध्यक्ष लामिछानेले भन्नुभयो ।

अभिनेता हरिवंश आचार्यले डिजिटल माध्यममा ठूलो सङ्ख्यामा दर्शक रहेको बताउँदै यसको विस्तारमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामी कहाँ नयाँ बजार विकसित भइरहेको ओटीटीमा दर्शकलाई आकर्षित गर्न हामी सबैको हुनुपर्छ । मेरो पहिलो चलचित्र प्रदर्शनमा आएको छ, उत्साहित छु ।”

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘महापुरुष’ मा राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापालगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

‘सिनेमाघर एप’ मा रिलिज भयो ‘महापुरुष’ कसरी हेर्न सकिन्छ ?
काठमाडौँ । हल रिलिजमा सुपरहिट भएको नेपाली चलचित्र ‘महापुरुष’ शुक्रवारबाट नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमाघर र चलचित्र टीमले यसबारेमा जानकारी गराएको छ ।

यो चलचित्र सिनेमाघर एपमा विज्ञापनरहित हेर्न स:शुल्क र विज्ञापनसहित हेर्न नि:शुल्क दुवै तरिकाले पाइनेछ । प्रदीप भट्टराईको निर्देशनमा बनेको चलचित्रलाई २ सय रुपैयाँ तिरेर हेर्न सकिनेछ ।

सिनेमाघरका अध्यक्ष खगेन्द्र लामिछानेले ‘महापुरुष’लाई हलमा जस्तै एपमा पनि दर्शकको राम्रो साथ मिल्नेमा विश्वास व्यक्त गरे । उनले सिनेमाघरमा दर्शकले देखाएको चासोबाट उत्साहित रहेको बताए । हालसम्म सात लाख बढि एप डाउनलोड भईसकेको जनाए । लामिछानेले यूट्युबमा सित्तैमा चलचित्र हेरिरहेका दर्शकलाई एपमा पैसा तिरेर हेर्ने बानी बसाल्न एकदमै गाह्रो भए पनि अब एप्लिकेसनमा पैसा तिरेर चलचित्र हेर्ने बानीको विकास भइरहेको बताए ।

अघिल्लो वर्ष सिनेमाघर एपमा फिल्म ‘कबड्डी ४’ रिलिज भएको थियो । दर्शकको अत्याधिक चापका कारण एपको सर्भर १२ घण्टासम्म डाउन भएको थियो । त्यसपछि सर्भरलाई अपग्रेड गरिएको खगेन्द्रले बताए । उनले एपमा ‘कबड्डी ४’ले युट्युबमा भन्दा राम्रो कमाई गरेको समेत दाबी गरे । ओटीटी प्लेटफर्मप्रति दर्शकको आकर्षण बढ्दा फिल्म क्षेत्रलाई नै फाइदा पुग्ने उनको भनाई छ ।

महापुरुषका प्रमुख अभिनेता हरिवंश आचार्यले डिजिटल माध्यममा ठुलो सङ्ख्यामा दर्शकहरू रहेको बताए । पहिलो पटक ओटीटी प्लेटफर्ममा आफ्नो फिल्म रिलिज भएकोमा खुसी व्यक्त गरे । अहिले डिजिटल मार्केट फराकिलो भैसकेको र यसले कलाकारलाई जीवित बनाइराखेको बताउँदै उनले सिनेमाघर एप नेपाली फिल्म क्षेत्रका लागि बरदान सावित भएको बताए । नेपाली फिल्मका लागि नयाँ प्लेटफर्म जन्मिनु राम्रो कुरा रहेको उनको भनाई छ ।

अभिनेता तथा निर्माता रबिन्द्र सिंह बानियाँले हलमा हेर्न छुटाएका दर्शकका लागि लक्षित हेरेर चलचित्रलाई डिजिटल रिलिज गर्न लागेको बताए । यसअघि चलचित्र ‘जात्रै जात्रा’ नि:शुल्क रिलिज गर्दा समेत दर्शकले इन्टरनेटको पैसा तिरेकोमा नि:शुल्क नभएको प्रतिक्रिया जनाएको सम्झना गर्दै अहिले परिस्थिती बदलिएको जिकिर गरे । उनले दर्शकले सोच्ने तरिका बदलेको बताउँदै सिनेमाघर एपमा ‘महापुरुष’ सफल हुने विश्वास जनाए ।

सिनेमाघर एपका चिफ टेक्निकल अफिसर सन्जिव ढकालले सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको बताए । अबदेखि सिनेमाघरले एलजि, सामसुङ र एप्पल एयरप्ले पनि थप गरेको उनले बताए । उनले सिनेमाघर एपमा उपलब्ध चलचित्रहरु नेपालका प्राय: डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेविट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिने बताए साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिने सेवा सुरू भएको बताए । सन् २०१६ देखि सञ्चालित नेपालको पहिलो ओटीटी प्लाटफर्म ‘सिनेमाघर एप’ का प्रमुख कार्यकारी अधिकृत सागर खरेल हुन् ।

यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर नि:शुल्क रूपमा समेत चलचित्रहरू हेर्न सकिन्छ । पत्रकार सम्मेलनमा ‘महापुरुष’का अन्य प्रमुख कलाकारहरू राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापा निर्माता म्याक्स दिपेश खत्री लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रपति भण्डारीले हेर्नुभयो ‘महापुरुष’
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार महजोडी अभिनित ‘महापुरुष’ हेर्नुभएको छ । केही अगाडिदेखि कलाकर्मीसँगको भेटघाटमा राष्ट्रपति भण्डारीलाई अभिनेत्री गौरी मल्लले फिल्म हेर्न आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभयो, “हामीसँग भएको कुराकानीकै आधार फिल्म हेर्नुभएको हो । फिल्म हेरेपछि उहाँले राम्रो प्रतिक्रिया दिनुभयो ।”

महजोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसँगै कलाकार गौरी मल्ल, अञ्जना बराइली र प्राविधिक टिमका सदस्यसमेत उपस्थिति रहेको शो हेरेपछि राष्ट्रपति भण्डारीले फिल्म मन परेको प्रतिक्रिया दिनुभएको थियो ।

अभिनेता आचार्यले राष्ट्रपति कार्यालयमा फिल्मले उठान गरेको विषयवस्तुलाई रूचाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपतिज्यूले फिल्मले रुवाउने भन्ने सुन्नुभएको रहेछ । उहाँले नरुने भनेर फिल्म हेरे पनि कथावस्तुसँग जोडिएपछि आँखा रसाएका थियो ।” नेपाली फिल्मप्रति राष्ट्रपति भण्डारीले देखाउनुभएको चासोले फाइदा पुग्ने विश्वास अभिनेता आचार्यले व्यक्त गर्नुभयो ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइलीसमेत मुख्य भूमिकामा रहेका छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबास गर्ने अवकासप्राप्त शिक्षकमार्फत पिता र एकल पुरुषसँगै एक्लोपनको कथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरलरूपमा प्रस्तुत गरिएको छ ।

षट्कोण आर्ट्स प्रालिको ब्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दीपेश खत्री रहेका छन् । गत कात्तिक ११ मा प्रदर्शन भएको फिल्मले घरेलु बजारमै रु १० करोडको हाराहारीमा ग्रस कलेक्शन गरेको डाटा सार्वजनिक गरेको थियो । रासस

‘महापुरुष’ एक्काउनौँ दिनमा
काठमाडौँ । प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको चलचित्र ‘महापुरुष’ले आज काठमाडौँसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गरेको छ ।

कोरोना महामारीपश्चात् हलमा दर्शक घट्ने अनुमान गरिए पनि यही वर्ष ‘कबड्डी ४ः द फाइनल म्याच’ पश्चात् यसले ५१औँ दिन पूरा गर्दै घरेलु बक्स अफिसबाट नै रु १० करोड कमाउन सफल भएको छ । चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराई सफलताले दायित्व बोध बढेको बताउँछन् ।

“दर्शकको साथले थप ऊर्जा मिलेको छ”, उनले भने । नेपाल मात्र नभई अमेरिकामा समेत आठौँ हप्तामा चलचित्र प्रदर्शन भइरहेको छ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियबजारमा विस्तार गर्न मद्दत पुगेको निर्देशक भट्टराईको भनाइ छ । उनले यस अगाडि निर्देशन गरेको जात्रा, शत्रु गते र जात्रै जात्रा चलचित्रले समेत ५१औँ दिन पार गरेको थियो ।

‘मह सञ्चार’सँग डेढ दशकसम्म टेलीचलचित्रमा सहायक भएर सहकार्य गरेपछि निर्देशक बनेका भट्टराईले सफलताको श्रेय मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नै दिन्छन् । “उहाँहरूबाट नै सिकेर निर्देशन गर्न पाएको छु । स्कुल पढेर दिएको परीक्षामा पास भए झैँ महसुस भएको छ”, उनले भने ।

अमेरिका भ्रमण सकेर नेपाल फर्किएका अभिनेता आचार्यले निर्देशक भट्टराई सुरुआती दिनदेखि नै प्रतिभावान् रहेको बताए । “टेलीचलचित्र हामीले उहाँलाई जिम्मा लागाउँथ्यौँ । उहाँको कामले हाम्रो मन जितिसकेको थियो । आज चलचित्रमा समेत सफल हुँदा खुसी लाग्छ”, अभिनेता आचार्यले भने ।

चलचित्रमा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन् । चलचित्रमा एक्लोपनको कथा देखाइएको छ ।

नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, युरोपका विभिन्न देशमा प्रदर्शन भइरहेको महापुरुष गत डिसेम्बर १ तारिखदेखि कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन भइरहेको छ ।

षट्कोण आर्ट्स प्रालिको ब्यानारमा निर्मित चलचित्र महापुरुषको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ र निर्माता दीपेश खत्री रहेका छन् । चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन र मित्र डी गुरुङको सम्पादन रहेको छ । यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारका रुपमा डेब्यु गरेका छन् ।

‘महापुरुष’: हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र
काठमाडौँ । महजोडी अभिनित चलचित्र ‘महापुरुष’ हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र भएको जनाइएको छ ।

चलचित्र पत्रकार सङ्घ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरूले प्रेम, घृणा, संवेदना, रोमान्स, विद्रोह आदि समावेश भएको पारिवारिक कथा महापुरुषमा चित्रण भएको सामूहिक अभिव्यक्ति दिनुभयो ।

अभिनेता एवं वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले महापुरुषमा समूहकार्य राम्रो भएको बताउँदै चलचित्र उत्कृष्ट बनेको दाबी गर्नुभयो । कथावस्तुसँगै प्रत्येक कलाकारको जीवन्त अभिनय भएको उल्लेख गर्दै उहाँले चलचित्रलाई आम सर्वसाधारणले मनपराउने विश्वास व्यक्त गर्नुभयो ।

अभिनेत्री गौरी मल्लले सामाजिक विषयवस्तुलाई चलचित्रले प्रस्तुत गरेको बताउनुभयो । वरिष्ठ कलाकार राजाराम पौडेलले अघिल्लो पुस्तादेखि पछिल्लो पुस्ताका कलाकारको जीवन्त अभिनयले चलचित्रलाई उत्कृष्ट बनाएको बताउनुभयो ।

चलचित्रका नायक अरुण क्षेत्री र नायिका अञ्जना बराइलीले अत्यन्त मेहनतका साथ चलचित्र तयार भएको भन्दै यसलाई आम दर्शकको साथ मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

चलचित्रका निर्माता रवीन्द्रसिंह बानियाले लगभग रु तीन करोडको लागतमा चलचित्र तयार बनेको बताउँदै काठमाडौँको मध्यमवर्गीय परिवारको कथालाई चलचित्रमा समेटिएको जानकारी दिनुभयो । आगामी कात्तिक ११ गतेदेखि चलचित्र प्रदर्शनमा आउने उहाँले जानकारी दिनुभयो ।