मन्त्रिपरिषद् बैठकको निर्णय – News Polar

वायुसेवा निगमका सञ्चालक सदस्य श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी
काठमाडौँ। सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको काम, कर्तव्यसमेत गर्ने गरी कार्यकारी सञ्चालकको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही मङ्सिर २ गते बसेको बैठकको निर्णण आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हाल भइहरको छनोट प्रक्रियाबाट वायुसेवा निगमको महापबन्धक नियुक्ति नभएसम्मका लागि कार्यकारी सञ्चालकको रूपमा नियुक्त गरिएको जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका दुई जना महासेनानीलाई सहायक रथी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ ।

बैठकले विश्व बैंकबाट दिगो र समावेशी परियोजनाका लागि प्रस्ताव गरिएको ९५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्राप्त गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।

बैठकले मङ्सिर २९ देखि पुस ४ गतेसम्म कतारको राजधानी दोहामा आयोजना हुने युनाइटेड नेसन कन्भेन्सन एगेन्स कोअपरेसन को ११औँ सेसन अफ द कन्फ्रेस अफ तज स्टेट पार्टिजमा सहभागी हुनप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले यही मङ्सिर ६ गते साउदी अरेबियाको रियादमा आयोजना हुने ११औँ मिनिस्टेरिय कन्फ्रेन्स अफ द लिस्ट डेभलप कन्ट्रिजमा सहभागी हुन सचिव (उद्योग) कृष्णबहादुर राउतलाई स्वीकृति प्रदान गरेको छ ।

सरकारले यही मङ्सिर ८ गते भारतको नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा नवनियुक्त प्रधानन्यायाधीशको शपथ ग्रहण कार्यक्रम र मङ्सिर १० गते भारतको नयाँदिल्लीस्थित सर्वोच्च अदालतमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

मङ्सिर १५ देखि १७ गतेसम्म दक्षिण कोरियाको सोलमा सिओलमा आयोजना हुने कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतलाई सहभागी हुन स्वीकृति प्रदान गरिएको छ । ल्याण्ड फोर्सेस टल्कस (एलएफटी) को छैटौँ बैठक आगामी मङ्सिर ३ देखि ५ गतेसम्म काठमाडौँमा आयोजना गर्न स्वीकृति दिने बैठकले निर्णय गरेको छ ।

यस्तै संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी–पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको सञ्चारमन्त्री खरेलले जानकारी दिनुभयो । नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ । जल तथा मौसम विज्ञान विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरिएको छ ।

नेपालमा भिसा नियमिन नगरी बसोबास गर्दै आएका चारजना मलेसियन नागरिकले प्रचलचित कानुनअनुसार नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनुपर्ने विलम्ब शुल्क र जरिवाना बापतको सबै दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने निर्णय भएको छ ।

बैठकले जापानका लागि नेपालका पूर्वराजदूत डा मदनकुमार भट्टराईलाई जापान सरकारले प्रदान गर्ने अर्डर अफ जापान–द अर्डर अफ द राइजिङ सन, गोल्ड एन्ड सिल्भर स्टार) तथा काठमाडौँस्थित जापानी दूतावासको पूर्वकर्मचारी रमासुन्दरी जोशीलाई जापान सरकारले प्रदान गर्ने अर्डर अफ जापान –द अर्डर अफ द स्कार्ड टे«जर, गोल्ड एन्ड सिल्फर रे) विभूषण ग्रहण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको छ । दार्चुला जिल्ला साविक धाप गाविस वडा नं ४ को सार्वजनिक पर्ति जग्गामध्ये १५–१३–३–२ रोपनी जग्गा दार्चुला भन्सार कार्यालयलाई प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ । र्चवारी गाउँपालिका, रूपन्देहीको नाम परिवर्तन गरी र्मचवारीमाई गाउँपालिका र केन्द्र वडा नं ३ रायपुरबाट परिवर्तन गरी वडा नं ४ खैरा कायम गर्ने बैठकले निर्णय गरेको छ । रासस