मदन भण्डारी राष्ट्रिय पुरस्कार – News Polar

मदन भण्डारी राष्ट्रिय पुरस्कार- २०८१ आङ छिरिङ शेर्पालाई प्रदान गरिने
काठमाडौं । मदन भण्डारी राष्ट्रिय पुरस्कार २०८१ यस वर्ष हिमाली अभियन्ता तथा पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ।

मदन भण्डारी फाउण्डेशनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार शेर्पालाई जलवायु परिवर्तन, हिमाल संरक्षण, जनचेतना, नवप्रवर्तन र अन्तर्राष्ट्रिय हिमाली पैरवीका क्षेत्रमा दिएको अविस्मरणीय योगदानको कदरस्वरूप उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

सोलुखुम्बु जिल्लाको खुम्जुङ गाउँमा जन्मिनुभएका आङ छिरिङ शेर्पा विगत ४७ वर्षदेखि हिमाली वातावरण संरक्षण, जलवायु परिवर्तनप्रति चेतना अभिवृद्धि र स्थानीय समुदायको सशक्तीकरणमा सक्रिय हुनुहुन्छ। नेपाल पर्वतारोहण संघको झण्डै १५ वर्ष अध्यक्षत्व सम्हालेका उहाँ हाल विभिन्न अन्तर्राष्ट्रिय हिमाली संस्थाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनुभएको छ।

उहाँकै नेतृत्वमा Eco Everest Expedition र Save the Himalayas Campaign प्रारम्भ भएको थियो, जसले सगरमाथा क्षेत्रका फोहोर व्यवस्थापनदेखि हिमालको संरक्षणसम्म महत्वपूर्ण प्रभाव पारेको थियो। सन् २००९ मा कालापत्थरमा नेपाल सरकारको मन्त्रिपरिषद् बैठक गराएर अन्तर्राष्ट्रिय समुदायको ध्यान तान्न सफल शेर्पाले सगरमाथा घोषणापत्र मार्फत जलवायु संकटको आवाज विश्वभर पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकाे थियाे।

सन् २०२३ मा संयुक्त राष्ट्रसंघ महासचिव अन्तोनियो गुटेरेससँग हिमाल संरक्षणबारे एकल छलफल गर्नुभएका शेर्पाले पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन म्युजियम स्थापना तथा सञ्चालनमा समेत नेतृत्व गरिराख्नुभएको छ। कोभिड महामारी र भूकम्प पीडितका लागि उहाँले आह्वान गरेको सहयोग अभियान र पुनर्निर्माणमा समेत उल्लेखनीय योगदान पुर्‍याउनु भएको थियो।

फाउण्डेशनले शेर्पालाई यही असार १४ गते जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा विशेष सम्मान समारोहमार्फत रु १ लाख नगद र सम्मानपत्र सहित पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ।

मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले आङ छिरिङ शेर्पाको योगदानलाई ‘हिमालको जिवित इनसाइक्लोपेडिया’ का रूपमा उच्च सम्मान गरिएको जनाउँदै यस सम्मानले जलवायु न्यायका पक्षधरहरुलाई थप प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।

फाउण्डेशनले यो सम्मानमार्फत सामाजिक रूपान्तरण र समकालीन संकटहरुप्रति जिम्मेवार व्यक्तित्वलाई उजागर गर्दै मदन भण्डारीको विचारलाई जीवन्त राख्न निरन्तर लागिरहने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।