भेनेजुएला – News Polar

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलामा प्रदर्शन
एजेन्सी । घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोका हजारौं समर्थकहरूले उहाँको रिहाइको माग गर्दै काराकसमा प्रदर्शन गरेको जनाइएको छ । प्रदर्शनका सहभागीहरुले “भेनेजुएलालाई निकोलसको आवश्यकता रहेको र न्युयोर्कमा लागुऔषधको आरोपमा मुद्दाको सामना गर्न अपदस्थ गरी लगिएको भन्दै नारा लगाएका छन् ।

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज राजनैतिक सङ्णमको चुनौतिसँग लडिरहनु भएको छ भने वासिङ्टनबाट उहाँको सरकारमा मादुरो सहयोगीहरू र भेनेजुएलाका जनताको समर्थनलाई खोजिरहेको जनाइएको छ ।

प्रदर्शनकारीहरू, मध्ये धेरै जना सार्वजनिक क्षेत्रका कामदारहरू थिए भने उनीहरुले मादुरो र उहाँकी श्रीमती सिलिया फ्लोरेसको फोटो बोकेका थिए ।

सरकारले आह्वान गरेको पदयात्रा तथा विरोध प्रदर्शनमा सयौँ मिटरसम्म फैलिएको थियो ।

प्रदर्शनकारीहरूले भेनेजुएलाको झण्डा फहराए र मादुरोका समाजवादी पूर्ववर्ती ह्युगो चावेजको नाम राखिएको रातो रङको पहिरन लगाएका थिए ।

यस अघि ’समृद्ध र लोकतान्त्रिक’–रोड्रिगेज मादुरोको कट्टर समर्थक थिए र उहाँको उपराष्ट्रपतिको रूपमा सेवा गरेको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोड्रिगेज अमेरिकासँग काम गर्न इच्छुक रहेको र भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँच दिन तयार रहेको बताउनु भएको छ ।

दबाबमा रोड्रिगेजले राजनीतिक बन्दीहरूलाई मुक्त गर्न र भेनेजुएलाको हाइड्रोकार्बन उद्योगलाई निजी लगानीका लागि खोल्न थाल्नु भएको छ ।

मंगलबार, अमेरिकी मिसनले जारी गरेको भिडियोमा, उहाँले संकटग्रस्त दक्षिण अमेरिकी देशका लागि तीन चरणको योजनालाई औंल्याउदै “मैत्रीपूर्ण, स्थिर, समृद्ध र लोकतान्त्रिक भेनेजुएलामा संक्रमण“ समाप्त भयो।

स्वतन्त्रता ’सडकमा’–यस अघि मङ्गलबार सयौं विश्वविद्यालयका विद्यार्थी र राजनीतिक बन्दीका आफन्तहरूले पनि रोड्रिगेजले वाचा गरेको कानूनको द्रुत स्वीकृतिको लागि माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन् ।

रोड्रिगेजले रिहाइको लागि आवाश्यक कानूनमा “गहन“ काम गरिरहेको उल्लेख गर्दै यसले राजनीतिक हिंसा, चरमपन्थको अवधिमा राष्ट्रिय नीति कार्यान्वयन गर्न अनुमति दिने बताउनु भएको छ ।

भेनेजुएलामा विपक्षीले मादुरोलाई अपदस्थ गरे पछि नयाँ चुनाव गराउन माग गर्दै आएका छन् ।

भेनेजुएलाको तेल उद्योगमा निजी लगानी खुला, अमेरिकाले केही प्रतिबन्ध खुकुलो पार्‍यो
भेनेजुएलाको तेल उद्योगमा सुधारसम्बन्धी कानुन पारित भएपछि संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि लगाइएका केही प्रतिबन्ध खुकुलो पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेनेजुएलामा हस्तक्षेपपछि अमेरिकी कम्पनीहरू पुनः प्रवेश गर्न सक्ने मार्ग प्रशस्त गर्ने उद्देश्यले यो कदम चालिएको बताइएको छ।

क्याराकासमा भेनेजुएलाली सांसदहरूले तेल उद्योगलाई निजी लगानीका लागि खोल्ने निर्णय गरेको एक घण्टाभित्रै अमेरिकी अर्थ मन्त्रालय (ट्रेजरी डिपार्टमेन्ट) ले राज्य स्वामित्वको तेल कम्पनी पीडीभीएसए (PDVSA) सँग अमेरिकी कम्पनीहरूले कारोबार गर्न पाउने गरी लाइसेन्स जारी गरेको हो। लाइसेन्सअनुसार तेल प्रशोधनसम्बन्धी गतिविधि पनि स्वीकृत गरिएको छ।

तेल क्षेत्रका कामदारलाई सम्बोधन गर्दै भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले उक्त सुधारलाई “ऐतिहासिक फड्को”को संज्ञा दिनुभएको छ। राष्ट्रपति ट्रम्पसँग टेलिफोन वार्तापछि उहाँले “हामी ऐतिहासिक कदम चाल्दैछौँ” भन्नुभएको थियो। सोही क्रममा ट्रम्पले भेनेजुएलाको हवाई क्षेत्र पुनः खोलिएको घोषणा पनि गर्नुभएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले जनवरी ३ मा भएको अमेरिकी कारबाहीमार्फत निकोलास मदुरोलाई सत्ताबाट हटाएपछि भेनेजुएलाका तेल क्षेत्र अमेरिकी लगानीकर्ताका लागि खोल्न दबाब दिँदै आउनुभएको थियो। ट्रम्पले मदुरोकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई सत्ता सम्हाल्न समर्थन गर्दै विश्वकै सबैभन्दा ठूलो  तेल भण्डारमा अमेरिकी पहुँच सुनिश्चित गर्ने सर्त राख्नुभएको थियो।

रोड्रिगेजले विदेशी पुँजीको प्रवेशबिना संकटग्रस्त भेनेजुएलाली अर्थतन्त्र पुनर्जीवित हुन नसक्ने तर्क गर्दै अमेरिकी माग पूरा गर्न इच्छुक देखिनुभएको छ। बिहीबार पारित कानुनी सुधारले दुई दशकपछि अमेरिकी ऊर्जा कम्पनीहरू पुनः भेनेजुएलामा फर्कने बाटो खोलेको छ।

यसले सन् २००६ को त्यो कानुन संशोधन गरेको हो, जसअनुसार विदेशी लगानीकर्ताले पीडीभीएसएसएसँग संयुक्त उद्यम गर्नुपर्ने र राज्य कम्पनीको बहुमत स्वामित्व अनिवार्य गरिएको थियो। संसद्का सभामुख तथा कार्यवाहक राष्ट्रपतिको दाजु होर्जे रोड्रिगेजले यो सुधारले अमेरिकी प्रतिबन्धका कारण वर्षौंदेखि पीडित देशलाई पुनः उकास्न मद्दत गर्ने बताउनुभएको छ।

“यो दुःखपछि अब राम्रो समय आउनेछ,” भन्दै उहाँले उक्त कानुनलाई “इतिहास र भविष्यका लागि” भन्दै पारित गर्नुभएको थियो।

राष्ट्रपति ट्रम्पले अमेरिका अब भेनेजुएलाको मामिलामा “नियन्त्रणमा” रहेको दाबी गर्दै रोड्रिगेजले अन्तर्राष्ट्रिय बजार मूल्यमा लाखौँ ब्यारेल तेल बिक्रीका लागि हस्तान्तरण गर्ने बताउनुभएको छ। रोड्रिगेजले अमेरिकी बजारमा भएको पहिलो तेल बिक्रीबाट प्राप्त ३० करोड अमेरिकी डलर भेनेजुएलाको कमजोर मुद्रालाई सहयोग पुर्‍याउन प्रयोग गरिसकिएको जानकारी दिइएको छ।

भेनेजुएलालाई अमेरिकी चेतावनी, सैन्य विकल्प खुला
एजेन्सी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलाको अन्तरिम नेतृत्व अमेरिकी अपेक्षा र लक्ष्यबाट भट्किएमा ट्रम्प प्रशासन भविष्यमा सैन्य कारबाही गर्न पनि तयार रहेको चेतावनी दिनुभएको छ । बुधबार सिनेटको विदेश सम्बन्ध समिति समक्ष प्रस्तुत गर्न तयार पारिएको सुनुवाइमा उहाँले अमेरिका भेनेजुएलासँग युद्धमा नरहेको स्पष्ट पार्दै आवश्यक परे थप बल प्रयोग अस्वीकार नगरिने सङ्केत गर्नुभयो ।

उहाँका अनुसार यस महिनाको सुरुआतमा पूर्वराष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्न गरिएको छापापछि पनि अमेरिका सतर्क अवस्थामा छ । “अन्य सबै उपाय असफल भएमा अधिकतम सहयोग सुनिश्चित गर्न हामी बल प्रयोग गर्न तयार छौँ”, विदेश मन्त्रालयले सार्वजनिक गरेको उहाँको वक्तव्यमा उल्लेख छ । तर यस्तो अवस्था नआओस् भन्ने नै अमेरिकाको चाहना रहेको उहाँले जोड दिनुभयो ।

फ्लोरिडाका पूर्व सिनेटरसमेत रहनुभएका रुबियो राष्ट्रपति डोनाल्ड ट्रम्पका केही विवादास्पद विदेश नीतिहरू कंग्रेसका सहकर्मीहरूसमक्ष स्पष्ट पार्ने भूमिकामा हुनुहुन्छ । पश्चिमी गोलार्ध, युरोप र मध्यपूर्वमा केन्द्रित अमेरिकी नीतिका विषयमा आफ्नै पार्टीभित्र उठेका चिन्तालाई सम्बोधन गर्नु पनि उहाँको चुनौती बनेको छ ।

भेनेजुएलामाथि केन्द्रित सुनुवाइमा रुबियोले लागुऔषध तस्करीको आरोपमा मदुरोलाई हटाउने निर्णयको बचाउ गर्नुभएको छ । उहाँले समुद्री मार्गबाट लागुऔषध तस्करीमा संलग्न डुङ्गामाथि गरिएका सैन्य कारबाही र प्रतिबन्धित तेल ट्याङ्कर कब्जा गर्ने कदमलाई कानूनी दायराभित्रको कारबाही भएको बताउनुभयो । “भेनेजुएलाविरुद्ध कुनै युद्ध छैन र त्यहाँ अमेरिकी सैनिकहरू भूमिमा तैनाथ छैनन्”, उहाँको भनाइ छ ।

यद्यपि कंग्रेसका डेमोक्रेट सदस्यहरूले यी कदमलाई कार्यकारी अधिकारको अतिक्रमण भन्दै आलोचना गरेका छन् । युद्ध शक्ति ऐनअन्तर्गत अमेरिकी सेना फिर्ता बोलाउने प्रस्ताव सदनमा अल्पमतले अस्वीकृत भएको थियो । प्रशासनका अनुसार ठूलो सैन्य तयारी देखिए पनि भेनेजुएलाको भूमिमा अमेरिकी सेना छैन ।

यसबीच, ट्रम्प प्रशासनले भेनेजुएलासँग सम्बन्ध सामान्य बनाउने प्रयास पनि अघि बढाएको छ । अमेरिकी अधिकारीहरूले कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसँग संवाद बढाइरहेका छन् । रुबियोले रोड्रिगेज ट्रम्प प्रशासनका मागहरूबारे जानकार रहेको र ती माग पूरा गर्नु नै उहाँको हितमा हुने विश्वास व्यक्त गर्नुभएको छ । ती मागहरूमा भेनेजुएलाको ऊर्जा क्षेत्र अमेरिकी कम्पनीका लागि खोल्ने, तेल राजस्व अमेरिकी सामान खरिदमा प्रयोग गर्ने र क्युबालाई दिइँदै आएको सहुलियतपूर्ण तेल आपूर्ति बन्द गर्ने विषय समावेश छन् ।

रोड्रिगेजले मङ्गलबार दुवै पक्षबीच सम्मानजनक संवाद च्यानल स्थापना भएको बताउनुभएको छ । पछिल्ला हप्तामा भेनेजुएलाले सयौँ राजनीतिक बन्दीहरू रिहा गरेको जनाइएको छ, जसको अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमा प्रशंसा गर्नुभएको छ ।

कूटनीतिक सम्बन्ध पुनःस्थापनातर्फ एक महत्त्वपूर्ण कदमस्वरूप विदेश मन्त्रालयले कारकासस्थित अमेरिकी दूतावास पुनः खोल्न तयारी थालेको जानकारी कंग्रेसलाई दिएको छ । सन् २०१९ देखि बन्द रहेको दूतावास पुनः सञ्चालन गर्ने यो पहिलो औपचारिक सङ्केत हो । यद्यपि सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन अझै कानूनी र राजनीतिक प्रक्रियाहरू बाँकी रहेको अमेरिकी पक्षले जनाएको छ ।

यसै क्रममा रुबियोले भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई विदेश मन्त्रालयमा भेट्ने तयारी गर्नुभएको छ । मदुरोलाई हटाइएपछि वासिङ्टन आउनुभएकी मचाडोले हालै ट्रम्पसँग भेट गरी आफ्नो नोबेल शान्ति पुरस्कार पदक उपहार दिनुभएको थियो, जसलाई अमेरिकी राजनीतिक वृत्तमा अर्थपूर्ण सङ्केतका रूपमा हेरिएको छ ।

भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग: ट्रम्प
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई नियन्त्रणमा लिने क्रममा अमेरिकाले एक गोप्य हतियार प्रयोग गरेको दाबी गर्नुभएको छ । सो हतियारका कारण भेनेजुएलाका सैन्य उपकरणहरू काम नगर्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले उक्त हतियारका कारण भेनेजुएलाले प्रयोग गर्न तयार पारेका क्षेप्यास्त्र र अन्य सैन्य प्रणाली निष्क्रिय बनेको दाबी गर्नुभयो । उहाँका अनुसार रूसी र चिनियाँ सहयोगमा तयार गरिएका उपकरणहरूले बटन थिच्दा पनि कुनै काम गर्न सकेनन् ।

यसअघि मादुरोको निवास क्षेत्रमा गरिएको कारबाहीका क्रममा राजधानी काराकासका धेरै स्थानमा बत्ती निभेको ट्रम्पले बताउनुभएका थिए, तर त्यसको तरिका खुलाएका थिएनन् ।

राष्ट्रपति ट्रम्पले लागुऔषध तस्कर समूहविरुद्ध सैनिक कारबाहीलाई निरन्तरता दिने सङ्केत पनि गर्नुभएको छ । उहाँका अनुसार यस्तो कारबाही मध्य अमेरिका र मेक्सिकोसम्म पनि फैलिन सक्नेछ ।

हालै अमेरिकाले प्रशान्त महासागर क्षेत्रमा लागुऔषध तस्करीमा संलग्न एक डुङ्गामाथि आक्रमण गरेको थियो । मादुरो नियन्त्रणमा लिएयता यो पहिलो सैन्य कारबाही हो । गत सेप्टेम्बरयता क्यारिबियन र प्रशान्त क्षेत्रमा भएका यस्ता कारबाहीमा एक सय सत्र जनाको मृत्यु भइसकेको बताइएको छ ।

ट्रम्पले भेनेजुएलासँग सम्बन्धित सातवटा तेल बोक्ने जहाज नियन्त्रणमा लिएको दाबी पनि गर्नुभयो । ती जहाज कहाँ राखिएका छन् भन्ने विषयमा भने उहाँले जानकारी दिन अस्वीकार गर्नुभयो ।

अन्तर्वार्तामा उहाँले भेनेजुएलाका विपक्षी नेतृ मारिया कोरिना माचाडोले आफूलाई प्रदान गरेको नोबेल शान्ति पुरस्कार कहाँ राख्ने भन्ने विषयमा समेत सोचिरहेको बताउनुभयो ।

यसैबीच, आर्कटिक क्षेत्रको सुरक्षा सम्झौतासम्बन्धी विषयमा डेनमार्क र ग्रिनल्यान्डका नेताहरूले आफ्नो सार्वभौमिकता सम्झौताबाट प्रभावित नहुने स्पष्ट पार्नुभएको छ ।

पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा
एजेन्सी । भेनेजुएलामा ट्रम्प प्रशासनले गरेको सैन्य हस्तक्षेपलाई लिएर कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोले गरेको कडा आलोचनाले वासिङ्टन र बोगोटाबीचको सम्बन्धलाई अभूतपूर्व तनावमा पु¥याएको छ ।

यस हस्तक्षेपलाई पेट्रोले ल्याटिन अमेरिकी सार्वभौमसत्तामाथिको ‘घृणित उल्लङ्घन’ भन्दै सन् १९३७ मा नाजी जर्मनीले स्पेनको गुएर्निकामा गरेको कार्पेट बमबारीसँग तुलना गर्नुभएको छ ।

अमेरिकाको ऐतिहासिक रूपमा निकट सहयोगी रहँदै आएको कोलम्बियाबाट यस्तो तीव्र प्रतिक्रिया आउनु असामान्य मानिएको छ । विगत तीन दशकदेखि लागुऔषध तस्करी नियन्त्रण, विद्रोही समूहविरुद्धको कारबाही र ग्रामीण विकासका क्षेत्रमा संयुक्त राज्य अमेरिका र कोलम्बियाबीच गहिरो सहकार्य हुँदै आएको छ । यही सहकार्यअन्तर्गत वासिङ्टनले कोलम्बियालाई अर्बौं डलरको सहायता प्रदान गरेको छ ।

तर राष्ट्रपति पेट्रोले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको अमेरिकी नियन्त्रणलाई खुलेर विरोध गरेपछि उहाँ र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शब्दयुद्ध चर्कियो । ट्रम्पले कोलम्बियामा अमेरिकी सैन्य कारबाही ‘उचित हुन सक्ने’ टिप्पणी गरेपछि पेट्रोले राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न जनतालाई सडकमा उतार्न आह्वान गर्नुभयो । त्यसको प्रत्युत्तरमा हजारौँ कोलम्बियालीहरू सार्वजनिक चोकहरूमा भेला भई ‘स्वतन्त्र र सार्वभौम कोलम्बिया अमर रहोस्’ भन्ने नारा लगाए ।

तर सबैलाई चकित पार्दै विरोध प्रदर्शनकै दिन राष्ट्रपति पेट्रोले आफ्नो अघिल्लो कडा अभिव्यक्ति नरम पार्दै राष्ट्रपति ट्रम्पसँग भएको मैत्रीपूर्ण टेलिफोन वार्ताको जानकारी दिनुभयो । उहाँले दुवै सरकारबीच प्रत्यक्ष संवाद पुनःस्थापित गर्न आग्रह गरेको र संवाद नहुँदा द्वन्द्वको खतरा बढ्ने चेतावनी दिनुभएको बताउनुभयो ।

राष्ट्रपति ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत पेट्रोसँगको कुराकानीलाई ‘सम्मानजनक’ भन्दै उहाँलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिनुभएको छ । लामो समयदेखि एक–अर्काप्रति कठोर टिप्पणी गर्दै आएका यी दुई नेताबीच अचानक देखिएको शान्तिले व्यावहारिक स्वार्थका लागि वैचारिक मतभेद पन्छाउन सक्ने सङ्केत दिएको विश्लेषकहरू बताउँछन् ।

कोलम्बियाका लागि अमेरिकी सहयोग अझै पनि विद्रोही र लागुऔषध तस्करविरुद्धको लडाइँमा अत्यन्त महत्त्वपूर्ण छ भने अमेरिकाका लागि कोलम्बिया क्यारिबियन क्षेत्रमा लागुऔषध रोकथामको प्रमुख आधार बनेको छ । वासिङ्टनस्थित थिङ्क ट्याङ्कका विज्ञहरूका अनुसार कोलम्बियाली कूटनीतिज्ञ र निजी क्षेत्रले पनि सम्बन्ध पूर्णरूपमा बिग्रन नदिन सक्रिय भूमिका खेलेका छन् ।

यसअघि राष्ट्रपति ट्रम्पले पेट्रोलाई ‘अन्तर्राष्ट्रिय लागुऔषध नेता’ भन्दै कडा शब्द प्रयोग गर्नुभएको थियो । कोलम्बियाली अधिकारीहरूको अमेरिकी भिसा रद्द गर्ने, आर्थिक सहायता रोक्ने र निर्यातमा दण्डात्मक शुल्क लगाउने धम्कीसमेत दिइएको थियो । यसले कोलम्बियामा अमेरिकी हस्तक्षेपको सम्भावनालाई लिएर गम्भीर चिन्ता बढाएको थियो ।

यद्यपि विज्ञहरू लोकतान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति पेट्रोविरुद्ध प्रत्यक्ष अमेरिकी सैन्य कारबाही हुने सम्भावनालाई कम आँक्छन् । त्यसबीच कोलम्बियाका रक्षा र कूटनीतिक अधिकारीहरूले सहकार्य जारी रहने सन्देश दिँदै तनाव कम गर्न प्रयास गरेका छन् ।

अन्ततः राष्ट्रपति पेट्रोले वार्तामार्फत शान्ति नै प्राथमिकता भएको स्पष्ट पार्दै नागरिकहरूलाई ढुक्क हुन आग्रह गर्नुभयो । हाल उहाँको सम्भावित ह्वाइट हाउस भ्रमणको तयारी अघि बढिरहेको छ, यद्यपि त्यसका लागि औपचारिक कूटनीतिक प्रक्रिया अझै पूरा हुन बाँकी छ ।

ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई तीन करोडदेखि पाँच करोड ब्यारेल कच्चा तेल उपलब्ध गराउने घोषणा गर्नुभएको छ । उहाँले उक्त तेल बिक्रीबाट प्राप्त हुने आम्दानी दुवै देशका ‘जनताको हितमा’ प्रयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यसै सन्दर्भमा ह्वाइट हाउसले शुक्रबार अमेरिकी तेल कम्पनीका उच्च अधिकारीहरूसँग भेनेजुएलाको विषयमा छलफल गर्न बैठक आयोजना गर्ने जनाएको छ । ट्रम्प प्रशासनले भेनेजुएलाको विशाल तर समस्याग्रस्त तेल उद्योगलाई अमेरिकी लगानी र प्रविधिका लागि अझ खुला बनाउन दबाब दिइरहेको बताइएको छ । यस बैठकमा एक्सन, सेभरन र कोनोकोफिलिप्सका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

यही दिन काराकासका अधिकारीहरूले कम्तीमा २४ जना भेनेजुएलाका सुरक्षा अधिकारीहरू रातारात मारिएको पुष्टि गरेका छन् । ती अधिकारीहरूलाई अमेरिकी पक्षले राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी संयुक्त राज्य अमेरिकामा लागुऔषधसम्बन्धी अभियोगको सामना गराउन सञ्चालन गरेको सैन्य अपरेसनका क्रममा मृत्यु भएको बताइएको छ । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेलसी रोड्रिगेजले ट्रम्पको चेतावनीप्रति कडा प्रतिक्रिया जनाउँदै आफूलाई धम्की दिनेहरूको भाग्य ‘भगवानद्वारा निर्धारित हुने’ बताउनुभयो ।

भेनेजुएलाका महान्यायाधिवक्ता तारिक विलियम साबले उक्त सैन्य कारबाहीमा दर्जनौँ सुरक्षा अधिकारी र सर्वसाधारणको ज्यान गएको र यसलाई अभियोजकहरूले ‘युद्ध अपराध’ का रूपमा अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । यसबीच क्युबाको सरकारले भेनेजुएलामा कार्यरत आफ्ना ३२ जना सेना र प्रहरी अधिकारीहरूको मृत्यु भएको पुष्टि गरेको छ ।

पेन्टागनका अनुसार उक्त छापामा सात जना अमेरिकी सैनिक घाइते भएका थिए, जसमध्ये पाँच जना ड्युटीमा फर्किसकेका छन् भने दुई जना उपचाररत छन् । घाइतेहरूमा गोली र विस्फोटका छर्राले लागेको चोट रहेको जनाइएको छ ।

तेल कारोबार हाल प्रतिब्यारेल करिब ५६ डलर रहेको अवस्थामा ट्रम्पले घोषणा गर्नुभएको सम्झौताको कुल मूल्य करिब दुई अर्ब ८० करोड डलर पुग्न सक्ने अनुमान गरिएको छ । यद्यपि भेनेजुएलामा विश्वकै सबैभन्दा ठूलो प्रमाणित कच्चा तेल भण्डार भए पनि देशको दैनिक उत्पादन करिब १० लाख ब्यारेलमा सीमित छ, जुन अमेरिकी उत्पादनको तुलनामा निकै कम हो ।

यसैबीच, ट्रम्पले भेनेजुएलामाथि गरिएको सैन्य अपरेसनको डेमोक्रेटिक आलोचनाको प्रतिवाद गर्दै यसलाई सही कदमको संज्ञा दिनुभएको छ । सन् २०२० मा मदुरोमाथि संयुक्त राज्य अमेरिकाले नार्को–आतङ्कवाद र अन्तर्राष्ट्रिय कोकेन तस्करीको अभियोग लगाएको थियो र उहाँको गिरफ्तारीका लागि पाँच करोड डलर पुरस्कार घोषणा गरिएको छ ।

अमेरिकामा गरिएको पछिल्लो जनमत सर्वेक्षणअनुसार मदुरोको गिरफ्तारीबारे अमेरिकीहरू विभाजित देखिएका छन् । करिब ४० प्रतिशतले अपरेसनको समर्थन गरेका छन् भने लगभग उस्तै प्रतिशतले विरोध जनाएका छन् । धेरैजसो अमेरिकीहरूले भने भेनेजुएलाका जनताले आफ्नो भविष्य आफैँ तय गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

मदुरोको गिरफ्तारीपछि ट्रम्प प्रशासनको कडा विदेश नीतिले विश्वभर चिन्ता बढाएको छ । यसै क्रममा ग्रिनल्यान्डको सार्वभौमसत्ता र कोलम्बियामाथि सम्भावित सैन्य कारबाहीबारे पनि अन्तर्राष्ट्रिय प्रतिक्रिया तीव्र बन्दै गएको छ । युरोपका प्रमुख मुलुकहरूले ग्रिनल्यान्ड डेनमार्ककै स्वशासित क्षेत्र भएको स्पष्ट गर्दै त्यहाँका जनताकै अधिकार सर्वोपरि हुने बताएका छन् ।

मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेप
एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाएर देश बाहिर लगिएको केही घन्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले कम्तीमा अस्थायी रूपमा भेनेजुएला चलाउने र यसको विशाल तेल भण्डार अन्य राष्ट्रहरूलाई बिक्री गर्ने योजना बनाएको बताउनुभएको छ । उहाँले शनिबार पत्रकारहरूसँग कुरा गर्दै नेतृत्वको शून्यतालाई प्रयोग गरी तेल पूर्वाधार सुधार्ने र ठूलो परिमाणमा तेल निर्यात गर्ने तयारी रहेको स्पष्ट गर्नुभयो ।

यो नाटकीय घटनाक्रम दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामाथि ट्रम्प प्रशासनले महिनौँदेखि गर्दै आएको गहिरो दबाब र गोप्य योजनाको परिणामका रूपमा देखिएको छ । सन् २००३ मा इराक आक्रमणपछि शासन परिवर्तन हासिल गर्ने यो सबैभन्दा आक्रामक अमेरिकी कदम मानिएको छ । तर, कङ्ग्रेसको स्वीकृति बिना गरिएको यस सैन्य कारबाहीको कानूनी वैधतामाथि कानूनी विज्ञहरूले तुरुन्तै प्रश्न उठाएका छन् ।

मदुरो र उहाँकी पत्नी सिलिया फ्लोर्सलाई राजधानी काराकासस्थित एक सैन्य आधारको निवासबाट रातारात नियन्त्रणमा लिई अमेरिकी युद्धपोतमार्फत अमेरिका लगिएको थियो । उनीहरूलाई ‘नार्को–आतङ्कवाद’ षड्यन्त्रमा संलग्न भएको आरोपमा अभियोजनका लागि ल्याइएको अमेरिकी अधिकारीहरूले बताएका छन् । मदुरोलाई बोकेको विमान शनिबार अपराह्न न्युयोर्क नजिकै अवतरण गरेपछि सङ्घीय एजेन्टहरूको कडा सुरक्षाबीच उहाँलाई म्यानहट्टनस्थित अमेरिकी लागुऔषध नियन्त्रण प्रशासन (डिइए) कार्यालय लगिएको थियो । ब्रुकलिनको सङ्घीय जेलमा मुद्दाको पर्खाइमा उहाँलाई हिरासतमा राखिने अपेक्षा गरिएको छ ।

ह्वाइट हाउसद्वारा सार्वजनिक गरिएको भिडियोमा मदुरो मुस्कुराउँदै डिइए एजेन्टहरूको साथमा देखिनुभएको छ । यद्यपि अमेरिकी अधिकारीहरूले तत्काल उहाँ जेलमा रहेको औपचारिक पुष्टि गरेका छैनन् ।

यस कदमबारे भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले कडा आपत्ति जनाउँदै मदुरोलाई तत्काल रिहा गरी देशको वैध नेता मान्नुपर्ने माग गर्नुभएको छ । भेनेजुएलाको कानूनअनुसार उहाँले अन्तरिम भूमिका ग्रहण गर्न सक्ने व्यवस्था भए पनि रोड्रिग्जले राज्य टेलिभिजनमार्फत आफू सत्ता लिन इच्छुक नरहेको र ‘भेनेजुएलामा एक मात्र राष्ट्रपति निकोलस मदुरो मोरोस नै हुनुहुन्छ’ भन्ने धारणा व्यक्त गर्नुभयो ।

ट्रम्प प्रशासनले यो अपरेसनलाई अमेरिकामा लागुऔषधको अवैध प्रवाह रोक्ने कदमका रूपमा व्याख्या गरेको छ । राष्ट्रपति ट्रम्पले मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा ‘सुरक्षित र विवेकपूर्ण सङ्क्रमण सम्भव नहुन्जेलसम्म अमेरिकाले भेनेजुएलाको प्रशासनमा सहयोग गर्ने’ बताउनुभयो । उहाँले यसलाई अमेरिकी सार्वभौमिकता र नागरिकको सुरक्षामाथि खतरा पु¥याउनेहरूप्रति कडा चेतावनीका रूपमा पनि वर्णन गर्नुभयो ।

शनिबार बिहान काराकासमा विस्फोटहरू सुनिनुका साथै कम उचाइमा सैन्य विमानहरू उडेको देखिएको थियो । भेनेजुएलाको सरकारले यसलाई ‘साम्राज्यवादी आक्रमण” भन्दै नागरिक र सैन्य प्रतिष्ठानहरूमा क्षति पुगेको आरोप लगाएको छ’। आक्रमण करिब ३० मिनेट चलेको बताइन्छ । उपराष्ट्रपति रोड्रिग्जका अनुसार केही नागरिक र सुरक्षाकर्मी मारिएका छन्, तर सङ्ख्या खुलाइएको छैन । अमेरिकी पक्षले भने केही सैनिक घाइते भए पनि मृत्यु नभएको जनाएको छ ।

मदुरोको कब्जापछि काराकासका केही क्षेत्रमा समर्थकहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरे भने अन्य स्थानहरू सुनसान देखिए । बिजुली अवरुद्ध भएका क्षेत्रहरूमा त्रासको वातावरण थियो । “सबैजना डराएका छन्, धेरै परिवार सुत्न सकेनन्”, काराकासका बासिन्दा नोरिस प्रादाले भन्नुभयो ।

यसबीच, अमेरिकाको फ्लोरिडास्थित डोरल सहरमा ठूलो भेनेजुएलाली समुदायले मदुरोको पतनलाई स्वागत गर्दै उत्सव मनाएको देखियो ।

अन्तर्राष्ट्रिय रूपमा पनि यस घटनाले तरङ्ग ल्याएको छ । कोलम्बियाको आग्रहमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले भेनेजुएलामा अमेरिकी सैन्य अपरेसनबारे छलफल गर्न आपतकालीन बैठक बोलाउने तयारी गरेको कूटनीतिक स्रोतहरूले जनाएका छन् । अमेरिकी कङ्ग्रेसका दुवै दलका केही सांसदहरूले कङ्ग्रेसको स्वीकृति बिना गरिएको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रशासनसँग यसको कानूनी आधार र क्षेत्रीय स्थिरताबारे स्पष्ट जवाफ माग गरेका छन् ।

अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी सुनसान, सडकहरू प्रायः खाली
एनेन्सी । अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास शनिबार शान्त र सुनसान देखिएको छ । बिहान सबेरै गरिएको सैन्य कारबाहीपछि विस्फोटको गन्ध अझै शहरभर फैलिएको थियो भने त्रसित बासिन्दाहरू घटनाको असर बुझ्ने प्रयासमा देखिन्थे ।

राष्ट्रपति निकोलस मादुरोका केही सय समर्थकहरू उहाँको रिहाइको माग गर्दै जम्मा भए पनि त्यसबाहेक शहरका अधिकांश सडकहरू अस्वाभाविक रूपमा खाली थिए । ६० लाख जनसङ्ख्या भएको शहरकी ५८ वर्षीया बासिन्दा मारिया युजेनीय एस्कोबारले विस्फोटले निद्राबाट उछिट्टिएको अनुभव सुनाउँदै आफू भावुक भएको बताउनुभयो ।

स्थानीय समयअनुसार बिहान करिब २ बजे दर्जनौँ विस्फोटका आवाज सुनिएको जनाइएको छ । सुरुमा केहीले आतसबाजी ठानेका ती आवाजले झ्यालहरू हल्लिएका थिए र सैनिक विमानहरू घरमाथि उडिरहेका देखिएका थिए । काराकासको प्रमुख सैनिक केन्द्र नजिकको कोचे क्षेत्रमा बस्ने एक बासिन्दाले विमानको आवाज अत्यन्त डर लाग्दो भएको बताए ।

शहरका विभिन्न भागबाट धुवाँका मुस्ला उठेको देखिएको थियो भने वातावरण कुहिरोजस्तै धुवाँले ढाकिएको थियो । प्रत्यक्षदर्शीहरूले विमानस्थल र बन्दरगाह रहेको ला ग्वाइरा, पश्चिमतर्फको मराकाय तथा पूर्वतर्फको हिगुएरोते क्षेत्रमा पनि बमबारी भएको बताएका छन् ।

आक्रमणपछि मादुरोलाई अमेरिकी विशेष फौजले नियन्त्रणमा लिई न्युयोर्क लगिएको खबर बाहिरिएपछि समर्थकहरू राजधानीमा भेला भएर नाराबाजी गर्न थाले । विश्वविद्यालय प्राध्यापक कातिया ब्रिसेञोले विदेशी सरकारले आएर राष्ट्रपति हटाउनु अस्वीकार्य भएको बताउँदै आक्रोश व्यक्त गर्नुभयो ।

प्रदर्शनकारीबाहेक शहरमा सर्वसाधारणको आवतजावत निकै कम देखिन्थ्यो । कालो पोशाकधारी सुरक्षाकर्मीहरू हतियारसहित केन्द्रिय क्षेत्रमा गस्ती गरिरहेका थिए । धेरै पसलहरू बन्द थिए भने केही खुलेका पसलमा सीमित सङ्ख्यामा मात्र ग्राहकलाई प्रवेश दिइएको थियो ।

विस्फोटबाट भएको क्षति मुख्यतया सैनिक संरचनामा सीमित रहेको जनाइएको छ । रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले आवासीय क्षेत्रमा पनि आक्रमण भएको आरोप लगाउनुभएको छ ।

उपराष्ट्रपति डेल्सीलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको जिम्मेवारी
एजेन्सी । भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् ।

ट्रम्प प्रशासनले राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सेलिया फ्लोरेसलाई गिरफ्तार गरेपछि उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले अन्तरिम राष्ट्रपतिको जिम्मेवारी लिएकी हुन् ।

भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न डेल्सीलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिनु आवश्यक भएको ठहर गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

मादुरो र उनकी श्रीमती सिलियालाई जनवरी ४ मा मध्यरातमा नियन्त्रणमा लिई अमेरिका लगिएको थियो । कडा सुरक्षाबीच मादुरोलाई अमेरिकी सेनाको विमान न्यूयोर्कको स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरिएको थियो ।

न्यूयोर्कमा मादुरो र उनकी श्रीमतीलाई मेडिकल जाँच गरि म्यानहट्टन लगिएको छ । मादुरोलाई कानुनी कारबाहीका लागि ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ भने अर्को हप्ता उनीमाथि म्यानहट्टनको संघीय अदालतमा लागुऔषध र हतियारको तस्करी सम्बन्धी मुद्दामा मुद्दा चलाइने बताईएको छ ।

यसअघि, भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
काराकस। भेनेजुएलाले शनिबार बिहानै अमेरिकाले आवासीय क्षेत्रमा आक्रमण गरेको आरोप लगाउँदै ठूलो मात्रामा सैन्य स्रोतहरू परिचालन गर्ने घोषणा गरेको छ ।

आक्रमणपछि अमेरिकी सेनाले भेनेजुयलाका राष्ट्रपति र उहाँकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लगिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मदुरोलाई उहाँकी पत्नीसहित पक्राउ गरिएको छ र देश बाहिर लगिएको छ । यो कारबाही अमेरिकी कानून प्रवर्तनसँग मिलेर गरिएको थियो। थप विवरणहरू पछि प्राप्त हुनेछन् ।”

अमेरिकी राष्ट्रपति ट्रम्पले यस घटनाबारे थप विवरणका लागि अमेरिकी समय अनुसार शनिबार बिहान पत्रकार सम्मेलन गर्ने बताउनुभएको छ।

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर प्याड्रिनो लोपेजले सामाजिक सञ्जालमा साझा गरिएको एक भिडियो वक्तव्यमा भन्नुभएको छ, “आक्रमणमा संलग्न अमेरिकी सेनाले हाम्रो भूमिमा ‘अपवित्र हस्तक्षेप’ गरेको छ । उनीहरूले आफ्नो लडाकु हेलिकप्टरबाट मिसाइल र रकेटहरू प्रयोग गरी भेनेजुयलामाथि प्रहार गरेका छन् ।”

लोपेजले थप्नुभयो, “भेनेजुयलाले राष्ट्रको सार्वैभौम रक्षाको लागि स्थलसेना, वायुसेना, नौसेना, नदी र मिसाइल क्षमताहरूको ठूलो प्रयोग गर्नेछ ।”

अमेरिकी कानून अन्तर्गत आक्रमणको कानुनी कारण तत्काल स्पष्ट भएको छैन। सिनेटर माइक ली, आर–यूटाले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “आफुले विदेशमन्त्री मार्को रुबियोसँग भेनेजुयलाको पछिल्लो घटनाबारे कुरा गरेको र रूबियोबाट नै आक्रमणबारे जानकारी प्राप्त भएको हो।”

लीले रुबियोलाई उद्धृत गर्दै भन्नुभयो, “मदुरोलाई अमेरिकी अधिकारीहरूले संयुक्त राज्य अमेरिकामा आपराधिक आरोपमा मुद्दा चलाउन पक्राउ गरिएको हो ।”

ह्वाइट हाउसले मदुरो र उहाँकी पत्नीलाई कहाँ लगिएको हो भन्नेबारे तत्काल केही बताएको छैन । सन् २०२० मार्चमा मादुरोलाई न्यूयोर्कको दक्षिणी जिल्लामा ‘नार्को–आतङ्कवाद’ षड्यन्त्रको आरोपमा अभियोग लगाइएको थियो।

राष्ट्रपति मादुरो पछिल्लो पटक शुक्रबार काराकासमा चिनियाँ अधिकारीहरूसँगको भेटघाटका क्रममा सार्वजनिक हुनुभएको थियो ।

यसैबीच, भेनेजुयलाका अधिकारीहरूले वाशिङ्गटनको आक्रमणमा मृत्यु भएका र घाइते भएका सेना र सर्वसाधारणको तथ्याङ्क संकलन भइरहेको जनाएका छन् ।

लोपेजका अनुसार भेनेजुएलाको सबैभन्दा ठूलो सैन्य शिविर फुएर्ते तिउना, राजधानी वरपरका मिरान्डा, अराग्वा र ला ग्वाइरा राज्यमा केही आवासीय क्षेत्रमा क्षति पुगेको छ ।

एएफपीका पत्रकारहरूले राजधानी काराकासमा बिहान २ बजे विस्फोटनको आवाज सुनिएको र राजधानी काराकास र वरपरका क्षेत्रमा ‘आतङ्क मच्चिएको’ बताएका छन्।

देशका अन्य शहरहरूमा पनि थप विस्फोटहरू भएका बताइएको छ । राजधानीका आकासमा करिब एक घण्टासम्म विमानको आवाज सुनिएको र उक्त अवधिभर व्यापक हवाई आक्रमणहरू भएको र ठूला ठूला विस्फोटका आवाज सुनिएको थियो ।

आक्रमणबाट भेनेजुयलाको राजधानीका कैयौँ क्षेत्र बिजुलीविहीन भएका छन् । रक्षामन्त्री लोपेजले अमेरिकी आक्रमणबाट संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको भन्दै भेनेजुयलाले अमेरिकी आक्रमणको कडा शब्दमा निन्दा गरेको बताउनुभयो । (रासस/एएफपी/एपी)

अमेरिकाबाट निष्कासनपछि १९९ आप्रवासी भेनेजुएलामा अवतरण
एजेन्सी । संयुक्त राज्य अमेरिकाबाट निष्काशित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताउनुभएको छ ।

“आज, हामी १९९ जना स्वदेशीहरूलाई स्वागत गर्दैछौं,” उहाँले विमानस्थलमा बताउनुभयो ।“हामी भेनेजुएलाका मानिसहरू जहाँ भए पनि स्वागत गर्न तयार छौं ।”

प्रत्यक्ष फुटेजमा स्वेटसूट लगाएका युवाहरू राजधानी काराकास बाहिर अवतरण गरेको विमानबाट ओर्लिरहेको देखाइएको छ । तिनीहरूमध्ये केही मुस्कुराइरहेका र ताली बजाइरहेका थिए ।

शनिबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकाबाट स्वदेश फिर्ती उडानहरू पुनः सुरु गर्न वाशिङ्गटनसँग सम्झौता गरेको घोषणा गरेपछि यो उडान आएको हो ।