भिमाद नगरपालिका – News Polar

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ
तनहुँ। कर्तव्य गरी फरार रहेका एक प्रतिवादीलाई प्रहरीले २९ वर्षपछि पक्राउ गरेको छ । पक्राउपर्नेमा तनहुँको भिमाद नगरपालिका–८ बस्ने ५१ वर्षीय फिरोज भन्ने फत्तबहादुर शाही रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

शाहीलाई २९ वर्ष तीन महिनापश्चात् विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आज स्याङ्जाको चापाकोट नगरपालिका–४ घुर्लीचौरबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिनुभयो । पक्राउ परेका शाहीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमा पठाइएको उहाँले बताउनुभयो ।

तनहुँको साविक ढोरफिर्दी गाविस–८ र भानुमति गाविस–७ राइपुरको सीमानामा पर्ने क्याङ्दी खोला र बरखोलाबीच जरेबरमा लागेको मेलामा महिलाका विषयमा विवाद हुँदा सोही स्थान बस्ने चित्रबहादुर खाँणलाई खुकुरी तथा छुरी प्रहारगरी हत्यागरी शाही फरार भएका थिए ।

तनहुँ जिल्ला अदालतले विसं २०६० माघ २८ गते कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्ष कैदको फैसला सुनाएको थियो । घटनापश्चात् शाही हालसम्म फरार रहेका थिए । रासस

सागसब्जी खेतीबाट वार्षिक सात लाख आम्दानी गरिरहेका हिराबहादुर
दमौली । जिल्लाको भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आवद्ध हुनुहुन्छ । विसं २०५२ मा थानकोटबाट सागसब्जी खेती सुरु गर्नुभएका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती विस्तार गर्नुभएको हो ।

विगतमा अन्यत्र खेती गर्दा जग्गा भाडा लिनुपर्ने बाध्यता रहेको बताउँदै थापाले अहिले आफ्नै सात रोपनी जग्गामा खेती गरिरहेको जानकारी दिनुभयो । गाउँको जग्गा बाँझो भएका यहाँ आएर सागसब्जी खेतीलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।

थापाले भन्नुभयो, “अन्यत्र अर्काको जग्गा भाडामा लिएर खेती गर्दा गुजारा मात्रै चल्ने आम्दानी हुन्थ्यो । गाउँ फर्किएर बाँझो रहेका आफ्नै जमिनमा खेती गरिरहेको छु, अहिले आम्दानीसँगै बचत पनि भइरहेकाले सन्तुष्ट छु ।” सुरुमा थानकोटमा जग्गा भाडामा लिएर सागसब्जी खेती सुरु गरेको भन्दै उहाँले त्यहाँ गोलभँेडा उत्पादन नभएपछि गाउँ फर्किएको अनुभव सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “खैरेनीटारमा गोलभेँडा उत्पादन भएन । जग्गाको भाडा तिर्ने खर्च पनि जुटाउन गाह्रो भएपछि माटोको परीक्षण र अनुसन्धान गरेँ । त्यहाँको माटो उपयुक्त नरहेको पाएपछि २०७९ सालमा गाउँ फर्किएँ ।”

अहिले वार्षिक रु सात लाखभन्दा बढी आम्दानी हुने गरेको थापाले जानकारी दिनुभयो । उत्पादित सागसब्जी बिक्रीका लागि बजारको समस्या नरहेको भन्दै उहाँले सिँचाइ अभाव भएकाले ४० हजार लिटरको पोखरी बनाएर प्रयोग गरिरहेको बताउनुभयो ।

दुई वटा टनेलबाट सुरु गरेको सागसब्जी खेतीलाई विस्तार गर्दै अहिले ११ वटा टनेल बनाएको थापाले बताउनुभयो । यहाँ बोडी, सिमी, काँक्रो, भिन्डी, फर्सी, लौका, अकबरे, गोलभेँडा, करेला उत्पादन भइरहेका छन् । उहाँले भन्नुभयो, “सागसब्जी कहाँ बिक्री गर्ने भन्ने समस्या छैन । दुलेगौँडा, खैरेनीटार, भिमादलगायत स्थानीयस्तरमा खपत भइरहेको छ ।” रासस

तनहुँमा चलचित्र निर्माण कार्यशाला
डुम्रे  । जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ ।

दोस्रो विश्वयुद्धमा रणकौशल प्रदर्शन गरेर भिक्टोरिया क्रसबाट सम्मान्ति नेत्रबहादुर थापा मगरको गाउँलाई प्रवद्र्धन तथा आदिवासी चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले  आयोजित   कार्यशालामा छवटा लघु चलचित्र निर्माण गरिएको छ ।

चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा आदिवासी जनजाति चलचित्र महासङ्घको सहकार्यमा कार्यशाला आयोजना गरिएको हो ।

कार्यशाला उद्घाटनसत्रमा भिमाद नगरपालिका–२ रघुगाउँका अध्यक्ष दिनेश थापा मगरले यहाँ आयोजित कार्यशालाको माध्यमबाट रघुगाउँको प्रवद्र्धन हुनुका साथै हाम्रा संस्कार, संस्कृति चलचित्रमा उतारिएको बताउनुभयो ।

पाँचदिने कार्यशालामा आदिवासी जनजाति महासङ्घमा आबद्ध  चलचित्रकर्मीमध्ये बाराबाट खगेन्द्र थामी, चितवनबाट नेत्र गुरुङको सहभागिता रहेको थियोभने कुमाल समुदायबाट छविलाल कुमाल सहभागी हुनुभएको थियो । पच्चीस सहभागीमध्येबाट छनोट भएका छवटा कथा समेटेर रघुगाउँका विभिन्न ठाउँमा छायाङ्कन गरिएको थियो । रासस

भिमाद नगरपालिकाका कर्मचारी आन्दोलित
तनहुँ । तनहुँको भिमाद नगरपालिकाका कर्मचारी आन्दोलित बनेका छन् । नेपाली कांग्रेस भिमाद नगर समितिले नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको विरोधमा नगरपालिकाका कर्मचारी गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनीहरुले विज्ञप्ती जारी गर्दै ताला नखोलेसम्म कालोपट्टि बाँधेर विरोध जनाउने चेतावनी समेत दिएका छन् ।

नेपाली कांग्रेस र सो निकट भातृसंगठन नेविसंघका कार्यकर्ताले नगरपालिकाको काम कारबाहीको विषयलाई लिएर कार्यकक्षमा उपसचिव पदमराज आचार्यमाथि गरिएको अभद्र व्यवहार र शिक्षा तथा खेलकुद शाखामा गरिएको तालाबन्दीप्रति भिमाद नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।

कार्यसम्पादन मूल्याङ्कनमा तनहुँको भिमाद उत्कृष्ट
तनहुँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनअनुसार कार्यसम्पादन मूल्याङ्कनमा तनहुँको भिमाद नगरपालिका उत्कृष्ट भएको छ । आयोगले आर्थिक वर्ष २०८०/०८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन मूल्याङ्कनमा भिमाद नगरपालिका उत्कृष्ट भएको हो ।

आयोगले विभिन्न १७ वटा सूचकका आधारमा देशभरका स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गरेकामा भिमाद नगरपालिका प्रथम भएको हो । भिमाद नगरपालिकाले ७१ दशमलव ९२ अङ्क प्राप्त गरेको छ । भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले आयोगको सूचकका आधारमा नगरपालिकाले उत्कृष्टता हासिल गरेको जानकारी दिए ।

कार्यसम्पादन मूल्याङ्कनमा आँबुखैरेनी गाउँपालिका तेस्रो भएको छ । आँबुखैरेनीले ६३ दशमलव ६१ अङ्क प्राप्त गरेको छ । त्यस्तै व्यास नगरपालिकाले ५७ दशमलव ९०, म्याग्दे गाउँपालिकाले ५६ दशमलव २०, ऋषिङ गाउँपालिकाले ५३ दशमलव ९७, बन्दीपुर गाउँपालिकाले ५२ दशमलव ८६, देवघाट गाउँपालिकाले ४९ दशमलव ९२, घिरिङ गाउँपालिकाले ४८ दशमलव ५८, शुक्लागण्डकी नगर पालिकाले ४५ दशमलव ८७ र भानु नगरपालिकाले ४५ दशमलव ६७ अङ्क प्राप्त गरेको छ ।

विसं २०७९ असार १० गतेभित्र आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको अनुमान सम्बन्धित सभामा पेस गरेरनगरेकोलाई पहिलो सूचक बनाइएको छ । आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०७९ असार मसान्तभित्र पारित गरे नगरेकोलाई दोस्रो सूचक बनाइएको छ ।

स्थानीय तहले घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करवापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिकरूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे नगरेकोलाई तेस्रो सूचक बनाइएको छ । स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ को आय व्यय प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण २०७९ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरेरनगरेकोलाई चौथो सूचक बनाइएको छ ।

स्थानीय तहले आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्तसम्बन्धी विवरण २०७९ कात्तिक मसान्तभित्र सार्वजनिक गरेरनगरेकोलाई पाँचौँ सूचक बनाइएको छ । आव २०७८/०७९ को राजस्व सङ्कलनको प्रक्षेपित लक्ष्य, आव २०७८/०७९ को यथार्थ राजस्व सङ्कलन रकम, आव २०७७/०७८ को यथार्थ राजस्व सङ्कलन रकम, आव २०७८/०७९ मा कुल विनियोजित रकम, आव २०७८/०७९ मा कूल पूँजीगत विनियोजित रकम, आव २०७८/०७९ मा कूल पूँजीगत खर्च रकम, आव २०७७र०७८ मा कायम भएको बेरुजु रकम, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरे/नगरेको, स्थानीय तहले आवधिक योजना तर्जुमा गरे नगरेकोलाई सूचक बनाइएको छ ।

शैक्षिक सत्र २०७९ मा कक्षा १ देखि ८ सम्मको औसत खुद विद्यार्थी भर्नादर, शैक्षिक सत्र २०७८ मा कक्षा ८ मा रहेका विद्यार्थी सङ्ख्या, शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा रहेका विद्यार्थी सङ्ख्या, शैक्षिक सत्र २०७८ मा सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कूल विद्यार्थी सङ्ख्या, आव २०७८र०७९ मा चारपटक गर्भजाँच गर्ने महिलाको सङ्ख्या, आव २०७८र०७९ मा २४ महिनासम्मका बालबालिकाको अनुमानित सङ्ख्या, पूर्णखोप पाएका बालबालिकाको सङ्ख्यालाई सूचक बनाइएको छ ।

मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन गर्ने टिपर र जेसीवि नियन्त्रणमा
तनहुँ । तनहुँको भिमाद नगरपालिका वडा नं–५ घडेरी स्थित झकाश घाटबाट मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन गरी ओसारपोसार गर्दै गरेको अवस्थामा ४ वटा टिपर र १ वटा जेसीविलाई नियन्त्रणमा लिईएको छ ।

सोमबार दिउँसो २ बजे इलाका प्रहरी कार्यालय भिमादले नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा सुवेदी कन्स्ट्रक्सनका लु १ क ३८३८ , लु १ क ४०६६ , लु १ क ३८३९ , लु १ क ३८३७ नम्बर रहेको ४ वटा टिपर र जेसिविलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख युवराज सलामिले जानकारी दिए ।

नियन्त्रणमा लिईएको टिपर र जेसेविलाई भिमाद नगरपालिकामा बुझाइने र नियम अनुसार जरिवाना हुने उनले बताए ।

भिमाद नगरपालिका वडा नं ५ का वडा अध्यक्ष पदम बहादुर थापाले बारम्बार उत्खनन रोकथामको प्रयास गरेतापनि लुकिछिपि उत्खनन् गर्दै आएको बताए ।

मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन रोक्नको लागि भिमाद नगरपालिकालाई बारम्बार ताकेता गर्दा समेत सुनुवाई नभएको उनको भनाई छ ।

भिमाद २ मा एमालेको प्यानलै विजयी
तनहुँ । तनहुँको भिमाद नगरपालिका २ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । सार्वजनिक मतपरिणामअनुसार एमालेबाट वडाध्यक्ष उम्मेदवार दिनेश कुमार थापा १ हजार ५६१ मतसहित निर्वाचित भए ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भिम बहादुर थापाले ६ सय ५६ मत ल्याए ।

यस्तै, खुल्ला सदस्यमा मेख बहादुर थापा १ हजार ३४१, प्रेम राना एक हजार २९८, दलित महिला सदस्य सुष्मा नेपाली १ हजार ७१ र महिला सदस्य स्यानीमाया थापा १ हजार ४७८ मतसहित विजयी बने ।

सो वडामा नेकपा एमालेबाट मेयर उम्मेदवार दधिराज सुवेदीले १ हजार ३३२ मत ल्याए भने उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका काजिमान श्रेष्ठले ६१९ मत ल्याए । यस्तै, उपमेयरमा एमालेकी शारदा खनालले १ हजार ३३३ मत ल्याइन् भने कांग्रेसका मिलन आलेले ८३७ मत ल्याएका छन् ।

यसअघि भिमादको ३ नम्बर वडामा पनि एमालेका पदम राज सेनको प्यानलै विजयी बनेको छ ।

भिमादमा एमालेको अग्रता कायमै
तनहुँ । भिमाद नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेकोे छ ।

१ हजार ३५५ मतगणना हुँदा मेयर पदमा एमालेका दधिराज सुवेदीले ६६९ मत ल्याएका छन् भने गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका काजिमान श्रेष्ठले ४५१ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा शारदा खनालले ६४१ मत ल्याउँदा कांग्रेसका मिलन आलेले ५६३ मत ल्याएका छन् । यस्तै वडा नं १ अध्यक्षमा एमालेका उम्मेदवारले ५९१ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवारले ६१७ मत ल्याएका छन् ।

भिमादको मेयरमा एमालेको अग्रता
तनहुँ । तनहुँको भिमाद नगरपालिकामा मेयर पदमा नेकपा एमालेले तथा उप मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

भिमादको वडा नं १ को ४१७ मत गन्दा एमालेका मेयर उम्मेदवार दधिराज सुवेदीले १३४ मत ल्याएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका काजिमान श्रेष्ठले ९९ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसका मिलन आलेले १७७ मत ल्याएका छन् भने एमाले शारदा खनालले १०४ मत ल्याएकी छन् ।

यस्तै वडा अध्यक्षमा कांग्रेसका उम्मेदवारले २२६ मत ल्याएका छन् भने एमालेका उम्मेदवारले ५७ मत ल्याएका छन् ।

एमालेबाट भिमाद मेयरमा सुवेदी र उपमेयरमा खनालको उम्मेदवारी दर्ता
तनहुँ । नेकपा एमालेबाट भिमाद नगरपालिका प्रमुखमा दधिराज सुवेदि तथा उपप्रमुखमा शारदा खनालले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार दिउँसो दलबल र बाजागाजासहित एमालेले उम्मेदवारी दर्ता गराएको हो ।

मेयरका उम्मेदवार सुवेदी सिनियर कम्युनिष्ट नेता हुन् । तत्कालीन ओली सरकारको पालामा उनी भूमि आयोग तनहुँका अध्यक्ष थिए भने जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यसमेत हुन् ।

यस्तै उपमेयरका उम्मेदवार खनाल यसअघि २०७४ को निर्वाचनमा अत्यधिक मत ल्याएर उपमेयरमा निर्वाचित भएकी थिइन् । उनले पुनः उपमेयरमा उम्मेदवारी दिएकी हुन् ।

तनहुँको भिमादमा एमाले उम्मेदवार छान्न मतदान, सुवेदी र थापा सिफारिस
तनहुँ । तनहुँको भिमाद नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार छान्नका लागि नेकपा एमालेले मतदान नै गरेको छ । आउँदो वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा भिमादको मेयर र उपमेयरका आकांक्षी धेरै भएपछि सोमबार मतदानबाट नाम सिफारिस गरिएको हो ।

मतदानमा नगर कमिटी सदस्य ८४ जना सहभागी थिए । मतदानबाट मेयरमा दधिराज सुवेदी र इमानबहादुर थापाको नाम सिफारिस गरिएको छ । सुवेदीले ५८ र थापाले ५७ मत प्राप्त गरे ।

यस्तै, पुनः मेयरमा दोहोरिने आकांक्षा राखेका मेखबहादुर थापाले ३६ मत मात्रै पाएर आकांक्षीको सूचीबाट बाहिरिएका छन् ।

अर्कोतर्फ, उपमेयरमा शारदा खनाल, चन्द्रावती श्रेष्ठ र नारायणी गैह्रे लामिछाने सिफारिस भएका छन् । उपमेयरमा पाँच जना आकांक्षी रहेकोमा खनालले ७४, श्रेष्ठले ४८ र गैह्रेले ४७ मत पाएका छन् । यस्तै, दिना गोतामेले ३१ र पवित्रा थापा मगरले ४० मत पाएका थिए ।

भिमादमा अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयर–उपमेयर सहित अधिक वडामा एमाले विजयी बनेको थियो ।