भारत भ्रमण – News Polar

च्याम्पियन्स ट्रफी र भारत भ्रमणका लागि इंग्ल्याण्डको टोली घोषणा, बेन स्टोक्स परेनन्
एजेन्सी । इंग्ल्याण्ड क्रिकेट बोर्ड (ईसीबी)ले च्याम्पियन्स ट्रफी र भारत भ्रमणका लागि टोलीको घोषणा गरेको छ । अलराउन्डर बेन स्टोक्सको नाम भने टिममा छैन । ब्याट्सम्यान जो रुट करिब एक वर्षपछि एकदिवसीय टोलीमा फर्किएका छन् ।

१५ सदस्यीय टोलीको कप्तानी जोस बटलरले गर्नेछन् । इंग्ल्याण्डको टोलीले २२ फेब्रुअरीदेखि १२ जनवरीसम्म भारत भ्रमण गर्नेछ ।

टोलीले यो भ्रमणमा भारतसँग ५ टी–२० र ३ एकदिवसीय खेल खेल्नेछ । तर च्याम्पियन्स ट्रफीको खेलतालिका भने अझै सार्वजनिक भएको छैन ।

भारतमा सन् २०२३ मा भएको विश्वकपमा खराब फर्मका कारण सिनियर ब्याट्सम्यान जो रुट एकदिवसीय टोलीबाट बाहिरिएका थिए । टोली यस प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको थियो । रुटले यस विश्वकपमा ३०.६६ को औसतमा २७६ रन बनाएका थिए ।

३४ वर्षीय रुट हाल टेस्टमा नम्बर १ ब्याट्सम्यान हुन् । उनले २०२४ टेस्टमा ६ शतकसहित १५५६ रन बनाएका थिए । यस अवधिमा उनको औसत ५५.५७ रहेको छ । एकदिवसीयमा रुटले २०१९ यता खेलेका २८ खेलमा करिब २९ को औसतमा ६६६ रन बनाएका थिए ।

इंग्ल्याण्डका स्टार अलराउन्डर बेन स्टोक्स भने टोलीमा परेका छैनन् । स्टोक्स यसै महिनाको सुरुमा न्युजिल्यान्डविरुद्धको तेस्रो टेष्ट खेलमा घाइते भएका थिए । उनलाई ह्यामस्ट्रिङमा चोट लागेको छ । यस खेलमा इंग्ल्यान्ड किवीसँग ४२३ रनले पराजित भएको थियो ।

च्याम्पियन्स ट्रफी इंग्ल्याण्डका मुख्य प्रशिक्षक ब्रेन्डन म्याकुलमका लागि सेतो बलको ढाँचामा पहिलो ठूलो प्रतियोगिता हुने छ। उनी मुख्य प्रशिक्षकको रुपमा पहिलो पटक भारतको सेतो बलमा भ्रमणमा आउनेछन् । रेहान अहमद भारतविरुद्धको टी–२० सिरिजका लागि मात्र टिममा छनोट भएका छन् । जबकि जो रुट एकदिवसीय टोलीमा मात्र रहनेछन् ।

१५० को गतिमा बलिङ गर्ने जोफ्रा आर्चर चोटपछि टोलीमा फर्किएका छन् । मार्क वुड चोटका कारण न्यूजिल्याण्डसँगको टेष्ट सिरिजमा सहभागी भएनन् । उनको नाम पनि टोलीमा छ ।

डिसेम्बर २०२३ देखि एकदिवसीय खेल नपाएका बलिङ अलराउन्डर गुस एटिन्सन पनि टोलीमा फर्किएका छन् । जबकि फास्ट बलर ब्रायडन कार्स र साकिब महमूदलाई उत्कृष्ट लयका कारण टोलीमा मौका दिइएको छ ।

सन् २०२२ मा हुने टी–२० विश्वकप जित्ने अलराउन्डर साम करनलाई टोलीमा स्थान छैन । रिस टोपले पनि चोटका कारण बाहिरिएका छन् ।

च्याम्पियन्स ट्रफी र भारतविरुद्धको एकदिवसीय शृंखलाका लागि इंग्ल्याण्डको टोली

जोस बटलर (कप्तान), जोफ्रा आर्चर, गुस एट्किन्सन, ज्याकब बेथेल, ह्यारी ब्रुक, ब्राइडन कार्स, बेन डकेट, जेमी ओभरटन, जेमी स्मिथ, लियाम लिभिङस्टोन, आदिल राशिद, जो रुट, साकिब महमूद, फिल साल्ट, मार्क वुड ।

प्रधानमन्त्री ओलीलाई भारतको निम्तो आएन, अब अमेरिका जाने
काठमाडौं । चौथो पटक प्रधानमन्त्री भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारतले भ्रमणको निम्तो दिएको छैन । यसअघि नेपालमा प्रधानमन्त्री परिवर्तन हुनेवित्तिकै भारतले भ्रमणको निम्ता दिने गरेको थियो । तर यस पटक ओलीलाई अहिलेसम्म भारतले औपचारिक निमन्त्रण गरेको छैन ।

भारतको भ्रमणबाटै विदेश भ्रमण गर्ने प्रधानमन्त्री ओलीको चाहनामा ठेस लागेको छ । अब प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण अमेरिका हुने भएको छ । संयुक्त राष्ट्र संघ महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका जाने छन् । राष्ट्र संघमा १० गते सम्बोधन गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे तयारी सुरु गरिसकेको छ ।

थाइल्याण्डको बैंककमा भदौ १८ र १९ गतेका लागि तय भएको बिमस्टेक शिखर सम्मेलन स्थगित भएपछि प्रधानमन्त्री ओलीको अहिलेसम्मको अर्को औपचारिक विदेश भ्रमण तालिका अमेरिका हो ।

प्रधानमन्त्री ओलीको चाहना चाहिँ भारत भ्रमण नै थियो । उनले भारतीय पक्षबाट औपचारिक निमन्त्रण आए त्यहाँ पुगेर मात्र अमेरिका जाने मनस्थिति बनाएका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीलाई फोन गरेर प्रधानमन्त्रीमा चयन भएकोमा बधाइ दिए पनि पनि भ्रमणको औपचारिक निमन्त्रण पठाएका छैनन् । बधाइ दिने क्रममा मोदीले आगामी दिनमा भ्रमणको लागि तयारी गर्न भने भनेका थिए ।

त्यसो त परराष्ट्र मन्त्री आरजु राणा नयाँ दिल्लीमा जाँदा पनि ओलीका लागि औपचारिक पत्र आएको छैन । परराष्ट्र मन्त्री राणाले भने भारतका प्रधानमन्त्री मोदीलाई नेपालको प्रधानमन्त्रीका तर्फबाट निमन्त्रणा दिइसकेकी छन् ।

त्यसअघि भारतीय विदेशसचिव विक्रम मिश्री काठमाडौं आउँदा पनि प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे अनौपचारिक कुरा भएको थियो । उनले पनि औपचारिक निमन्त्रण दिएका छैनन् ।

प्रधानमन्त्री ओलीले भने औपचारिक निमन्त्रणा पर्खिरहेको श्रोतको दाबी छ । तर दुबै देशका प्रधानमन्त्रीको एक–अर्को देशमा भ्रमण कहिले हुने भन्ने अहिलेसम्म निश्चित छैन । परराष्ट्र मन्त्रालयले भने दुवै देशबीच प्रधानमन्त्रीको भ्रमणलाई लिएर आन्तरिक तयारी भइरहेको जनाएको छ ।

प्रधानमन्त्री ओली निकटका नेताहरु पनि भारतबाटै पहिलो भ्रमणका लागि आन्तरिक तयारी भइरहेको तर टुङ्गो नलागेको बताउँछन् । उहाँको भारत भ्रमणको टुंगो नलागे पनि प्रधानमन्त्रीको महासभामा जाने मिति र कार्यक्रम भने सार्वजनिक भइसकेको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा रहँदा प्रधानमन्त्री ओलीले सार्क राष्ट्रका प्रमुखहरुसँग भेटवार्ताको पनि तयारी भइरहेको छ ।

प्रधानमन्त्री दाहालको भारत भ्रमण उपलब्धीपूर्ण नहुने संकेत, यस्ता छन् कारण
काठमाडौँ । प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाट गर्ने नेपाली प्रधानमन्त्रीको परम्परा जस्तै हो । यदि कुनै प्रधानमन्त्री भारतइतरका देशबाट औपचारिक विदेश भ्रमणको सुरुवात गरे भने त्यसलाई भारतसँगको सम्बन्ध राम्रो नभएका रुपमा अथ्र्याउने गरिन्छ । भारत पनि नेपालमा प्रधानमन्त्री बन्ने वित्तिकै निम्तो दिँदै स्वागत गर्र्न आतुर जस्तै हुन्थ्यो । तर प्रधानमन्त्रीका रुपमा झलनाथ खनाललाई भने भारतले औपचारिक भ्रमणको निम्तो नदिएको इतिहास पनि छ ।

यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अवस्था अलिक फरक छ । प्रधानमन्त्री दाहाल आफैले कैयौँ पटक प्रयास गरेपछि मात्रै भारत सरकारले भ्रमणका लागि हरियो सिग्लन देखाएको हो । औपचारिक भ्रमणको निम्तो दिन त दियो तर भ्रमण उपलब्धीपूर्ण हुनेमा भने प्रधानमन्त्री आफै विश्वस्त हुनुहुन्न ।

भारत भ्रमणअघि प्रधानमन्त्री दाहालले आफूले भ्रमणका क्रममा राष्ट्रहित विपरीत कुनै पनि काम नगर्ने बताइसक्नुभएको छ । भारत भ्रमण सुरु हुनुभन्दा केही घण्टा अघि मात्रै नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिमार्फत् प्रमाणीकरण गरेको ‘शुभ समाचार’ बोकेर भारत जानुभएका प्रधानमन्त्री दाहालप्रति भारत अझै पनि विश्वस्त हुन सकेको देखिन्न ।

भ्रमण हुनुभन्दा केही दिनअघि मात्रै भारतले आफ्नो नयाँ संसदभवनमा राखेको अखण्ड भारतको तस्बिरमा लुम्बिनी र कपिलवस्तुलाई समेटेपछि राजनीतिक वृत्त अझ बढी  चलमलाएको छ । जसले दुई देशबीचको राजनीतिक सम्बन्ध खल्बल्याउने प्रयास भएको छ । यसबारे भारतीय अधिकारीहरुले अखण्ड भारत सांस्कृति भावना भएको भन्दै राजनीतिक अर्थमा नबुझ्न आग्रह गरे पनि उनीहरुको त्यो भनाइबाट कोही पनि विश्वस्त हुने आधार पनि छैन । र, नेपाली पक्ष पनि सन्तुष्ट हुन नसकेको अवस्था छ ।

प्रधानमन्त्रीको त्यो भनाइ

प्रधानमन्त्री दाहालले भारत भ्रमणको पहिलो दिनमा नेपाली दूतावासमा आयोजित रात्रि भोजका क्रममा आफ्नो भ्रमणले दुई देशबीचको सद्भावना अभिवृद्धि हुने बताइसक्नुभएको छ । यसले भ्रमण उपलब्धीपूर्ण हुनेभन्दा पनि सद्भावमा मात्रै सीमित हुने छकन देखिएको छ ।

रात्रि भोजअघि प्रधानमन्त्री दाहाल र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विनयमोहन क्वात्राबीचको भेटघाटपछि भ्रमण उपलब्धीपूर्ण नहुने छाँटकाँट देखिएपछि प्रधानमन्त्रीले भ्रमण सद्भावना अभिवृद्धिमा केन्द्रित हुने बताउनुभएको आँकलन गर्न गाह्रो छैन ।

प्रधानमन्त्री दाहालले भारत भ्रमणअघि मुख्य तीन वटा विषय उठान गर्नुभएको थियो । भैरहवा र पोरखास्थित अन्तर्राष्ट्रिय विमानस्थलका लागि एयर रुट, विद्युत् व्यापार र पञ्चेश्वरलगायतका परियोजना अघि बढाउने सहमति । प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा  नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै यस विषयमा महत्वपूर्ण सहमति हुने प्रवल सम्भावना रहेको बताउनुभएको थियो ।

तर भ्रमणको दोस्रो दिनसम्म पनि भारत यी विषयमा सहमत हुन उदार देखिएको छैन । नेपालको समृद्धिका लागि यी तीन वटै विषय निकै महत्वपूर्ण छन् । यदि भारतले नेपालका नयाँ दुई अन्तर्राष्ट्रिय विमानस्थलका लागि एयर रुट दिन अस्वीकार गरेको अवस्थामा यी विमानस्थल पूर्णक्षमतामा सञ्चालन हुने अवस्था रहन्न् । अर्थात् विमानस्थल निर्माणको उद्देश्य पूरा हुने छैन । अर्बौ रुपैयाँ ऋणमा निर्माण भएका यी विमानस्थल लामो समयसम्म घाटामा सञ्चालन हुने निश्चित छ । ऋणको बोझ बढ््दै जाँदा समस्या आउने पक्का छ । किनभने नेपाल प्रवेशका लागि सिमराको प्रवेशविन्दु तीन वटै विमानस्थलका लागि पर्याप्त छैन ।

विद्युत् व्यापारको सम्बन्धमा पनि भारतले यसअघि नै चिनियाँ लगानी भएका कुनै पनि जलविद्युत् आयोजनाको विद्युत् खरिद नगर्ने स्पष्ट पारिसकेको छ । यस्तो अवस्थामा नयाँ बन्ने जलविद्युत् परियोजनामा भारतीय लगानी र भारतसँगै बजार दुवै सुनिश्चितता आवश्यक छ । अझ अमेरिकी परियोजना एमसीसीमार्फत् निर्माण गर्न लागिएको प्रसारण लाइनको औचित्य पनि भारतसँगको विद्युत् व्यापारसँग जोडिएको छ । नेपाल र बंगलादेशबीचको विद्युत् व्यापारको सम्भावना पनि भारतसँगको सहमतिसँगै जोडिने निश्चित छ ।

भारत भ्रमणका लागि सहमति हुने सम्भावना रहेको भनिएको पञ्चेश्वर परियोजना अघि बढाउने विषयमा पनि यतिबेला अन्योल थपिएको छ । परियोजनामा भएको सहमति अनुसाार महाकालीको पानी आधा(आधार हुने र भारतले प्रयोग गरिरहेको अधिक पानीको क्षतिपूर्ती नेपाललाई दिने भन्ने विषय टुंगोमा पुर्याउने विषयबाट भारतपछि हटिसकेको छ । त्यसैले यस विषयमा पनि नयाँ सहमति हुने सम्भावना तत्कालका लागि टरेको देखिएको छ । यद्यपि भारतले अन्तिम समयमा सहमति दियो भने पनि उपलब्धीका रुपमा भने हेर्न सकिन्छ ।

अरुण र फकोट कर्णाली जलविद्युत् विकाससम्बन्धी सम्झौता पनि अन्योलमा परेका छन् । कुल ६७९ मेगावाट क्षमतापको तल्लो अरुण जलविद्युत् परियोजना निर्माणको जिम्मा भारतीय कम्पनी सतलज जलविद्युत् निगमसँग सम्झौता हुने भनिए पनि त्यसमा बुधबार राति पनि सहमति जुट्न सकेको छैन । साथै ४८० मेगावाट क्षमताको फुकोट कर्णालीको विपषयमा पनि सहमति हुने अवस्था देखिएको छैन । त्यसैले प्रधानमन्त्री दाहालको लामो रस्साकस्सीपछि तय भएको जम्बो टोलीसहित भएको भारत भ्रमण सद्भाव अभिवृद्धि गर्नमा मात्रै सीमित हुने सम्भावना बढेको छ ।

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै
काठमाडौँ । चार दिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुनेभएको छ ।

उहाँहरुबीच आज विहान ११ बजे हैदरवाद हाउरावाद हाउसमा करिब आधा घण्टा छलफल हुनेछ । त्यसअघि प्रधानमन्त्री दाहाल आज बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट गइ पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ ।

केही महत्त्वपूर्ण विषयमा सहमति हुने र केही समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । ऊर्जा व्यापार, वाणिज्य, व्यापार तथा आपसीहितका विविध विषयमा छलफल गर्ने गरी कार्यसूची तय भएको छ ।

प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजना गर्नुभएको छ । त्यसपछि प्रधानमन्त्री दाहालको भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने अन्तक्रियालाई आजै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

भारत भ्रमणमा रक्सौल—वीरगञ्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताबारे छलफल हुन्छः मन्त्री साउद
काठमाडौँ । सरकारले नेपाल—भारत जोड्ने रक्सौल—वीरगञ्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ ।

मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले रक्सौल—वीरगञ्ज—सिमरा नाका धेरै ब्यस्त हुने भएकाले यस मार्गको विकल्पमा अर्को मार्गसहितको नयाँ नाकाका बारेमा भारत सरकारसँग सम्भाव्य स्थानहरुको बारेमा छलफल गर्ने बताउनुभएको हो । उहाँले नेपालगञ्ज(रुपैसडया), भैरहवा (सुनौली) र विराटनगर (जोगवनी) लगायतका अन्य नाकाहरु पनि चलायमान बनाउने बारेमा छलफल भइरहेको बताउनु भयो ।

उहाँले भ्रमणबाट सकारात्मक उपलब्धि हाँसिल हुने विश्वास रहेको बताउनु भयो । उहाँले नेपालको सुदूरपश्चिम र उत्तराखण्ड जोड्नका लागि पक्की पुल निर्माणको कामका बारेमा पनि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा छलफल हुने बताउनु भयो । उहाँले प्रधानमन्त्रीको भ्रमणपछि दुवै देशको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो । परराष्ट्रमन्त्री साउदले विद्युत आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालका ट्रान्समिसन लाइन निर्माण गरी विद्युत व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँगको विद्युत व्यापार गर्ने कुरामा पनि सरकारको जोड रहने बताउनु भयो । उहाँले भ्रमणमा नेपालमा विद्युत बिक्री हुने बजारलाई मध्यनजर गरेर भारतसँग लङ टर्म पावर डिल गर्ने प्रयास हुनेपनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कनेक्टीभिटीको क्षेत्रमा सिमरा नाका धेरै ब्यस्त छ । त्यसकारण हामीलाई नाकाको आवश्यक्ता छ । त्यो नाकाका लागि सम्भाव्य ठाउँहरुको बारेमा भारत सरकारसँग छलफल गरिरहेका छौँ । हाम्रो आवश्यक्ता पनि भनिरहेका छौँ । नेपालगञ्ज, भैरहवा र विराटनगर लगायतका नाकाको बारेमा कुरा गरेका छौँ । यो भ्रमणबाट सकारात्मक उपलब्धिसम्म पुग्ने सकिने छ भन्ने विश्वास छ । महाकालीभित्र नेपालको सुदूरपश्चिम र उत्तराखण्ड जोड्नका लागि पक्की पुल निर्माणको काम छ, यसको सम्झौता भइसकेको छ, अब कार्यान्वयनको चरणमा जानेकुरामा हामी जानेछौँ । हाम्रो बीचको सम्बन्ध जनस्तरमा छ । खुला सीमाबाट आवतजावत छ, सुमधुर सम्बन्ध छ, यो प्रधानमन्त्रीको भ्रमणपछि दुवै देशको सम्बन्ध थप बलियो हुनेछ । हामीले केही महत्वपूर्ण क्षेत्रलाई समेट्न कोशिस गरिरहेका छौँ ।

विद्युत आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालका ट्रान्समिसन लाइन निर्माण गरी विद्युत व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँगको विद्युत व्यापार गर्नेकुरा हामीले यो भ्रमणमा गरिरहेका छौँ । हामीले नेपालमा विद्युत बिक्री हुने बजारलाई मध्यनजर गरेर भारतसँग लङ टर्म पावर डिल गर्ने प्रयास गरिरहेका छौँ । भारतसँग ट्रान्जिटिटी गर्ने बारेमा पनि यो भ्रमणमा महत्वपूर्ण कदम चालिनेछन् । नेपाल र भारतको बीचमा कृषि उत्पादन सामग्री भारतीय बजारसम्म पुग्न सहयोगका लागि आग्रह हुनेछ ।’

नेपाल र भारत सरकारबीच विभिन्न कालखण्डदेखि थाँती रहेका सीमादेखि अन्य मुद्दाहरुमा छलफल हुने बताउनु भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बुधवारबाट तीन दिने भ्रमणमा भारत जान लाग्नुभएका प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग दिव्पक्षिय वार्ता गर्नुहुनेछ । प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालको भारत भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा.प्रकाशशरण महत, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत,भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल सहभागी बन्नुहुने भएको छ ।

भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले भारत भ्रमणमा ‘ट्रेड ट्रान्जिट’बारे छलफल हुने बताउनुभयो । उहाँले सो अवसरमा भारतसँग सन् १९५० को सन्धि र नेपालमा रासायनिक मल कारखाना खोल्नेबारे छलफल हुने जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको बताउनुभएको छ । “नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा होल्डमा बसेको थियो, खारेज र एकपटकभन्दा बढी फिर्ता गर्ने प्रावधानसमेत थिएन”, उहाँले भन्नुभयो, “विधेयक उत्पत्ति भएको मन्त्रिपरिषद्बाटै प्रमाणीकरण गर्नका लागि विगतको यथार्थ विवरणसहितको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ । मलाई विश्वास छ राष्ट्रपतिले यसको प्रमाणीकरण गर्नुहुन्छ भन्ने विश्वास छ ।”

उहाँले भूमिसम्बन्धी समस्या दुई वर्षभित्र समाधान गर्ने सरकारको नीति तथा कार्यक्रमबारे स्मरण गराउँदै भालुवाङका जनताको लालपुर्जाको व्यवस्था सोही रणनीतिअन्तर्गत समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भूमि दर्ता गर्न लाग्ने शुल्क घटाउन सरकारले पहल गर्नेसमेत जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रणका विषयमा नयाँ ऐन बनाउने र नीतिगत भ्रष्टाचारका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले चुरे दोहन र तराई मरुभूमिकरणको विषयमा सरकार गम्भीर रहेको स्मरण गराउनुभयो । रुबी भ्यालीका विषयमा आवश्यक नीतिगत निर्णय लिएर अघि बढ्ने उहाँको भनाइ छ ।

वैदेशिक रोजगारीका लागि विदेशिने क्रम रोक्न सिधैँ गाउँपालिका केन्द्रित रोजगार तालिम सञ्चालन गर्ने र आगामी आवको बजेटमा यसबारे व्यवस्था गर्ने उहाँले बताउनुभयो । “विगतमा विभिन्न नाममा जुन अनुदान रकम पठाउने गरेका छौँ, त्यसको सदुपयोग भएन भनेर नै यो पटक हामीले त्यसखालका कार्यक्रम गाभेर एकीकृत कार्यक्रमका रूपमा सिधै गाउँपालिकाअन्तर्गत कार्यक्रम लागू गर्नेछौँ”, उहाँले भन्नुभयो ।

उहाँले आगामी आवको नीति तथा कार्यक्रम र बजेटबीच दुई महिनाको ‘ग्याप’ राख्ने सुझावप्रति नयाँ ढङ्गले सोच्न जरुरी रहेको भन्दै यसबारे सरकारले पहल गर्नेसमेत बताउनुभयो ।

नक्कली भूटानी शरणार्थी, भ्रष्टाचारका विषयमा निष्पक्षरूपमा अनुसन्धान भइरहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितको संरक्षण र समस्या समाधानका लागि ऐन बनाएर विशेष ‘एक्सन टिम’ले समाधानको काम अघि बढाएकोसमेत जानकारी दिनुभयो । यस्तै रुग्ण उद्योग र बन्द उद्योग पुनः सञ्चालनका लागि सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउँदै उहाँले रासायनिक मलबारे यसपटक समस्या नहुने दाबीसमेत गर्नुभयो ।

उहाँले पञ्चेश्वर परियोजना अघि बढाउनेबारे सकारात्मक छलफल भइरहेको भन्दै पश्चिम सेती परियोजनाको डिपिआर तयार भइरहेको बताउनुभयो ।  सिकलसेल एमेनियाको समस्या समाधानमा बजेटमा व्यवस्था गरिने उहाँको भनाइ छ ।

चीन र  नेपालबीचको सहमतिमा सुरु भएको माडी जलाशययुक्त आयोजना सात महिनायता बन्द रहे पनि नयाँ शिराबाट फेरि अघि बढ्ने प्रधानमन्त्रीको भनाइ छ ।

उहाँले दैलेखको पेट्रोल खानी, खेलाडीको संरक्षण, छोटी भन्सार, जुट खेती,  दार्चुला टिङ्कर सडक निर्माण, सामाजिक सञ्जाल नियमन, यौनिक अल्पसङ्ख्यकको विषय, निजी र सार्वजनिक विद्यालयबीचको अन्तर कम गर्ने, रासायनिक मल कारखाना, सेती नदीको संरक्षण, धनगढी विमानस्थल र पशुपति विकास कोषको जग्गाको विषय सरकारको प्राथमितामा रहेको बताउनुभयो ।

कालापानीलगायतका नेपाली भूमि फिर्ता लिनेबारे भारतसँग उपयुक्त तरिकाले छलफल हुन्छः प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका बेला लिपुलेक, कालापानीलगायतका नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त तरिकाले छलफल गर्ने बताउनु भएको छ ।

नेपालको सीमा सुरक्षाबारे आफूले भारत भ्रमणको क्रममा गम्भिरतापूर्वक छलफल गर्न ध्यान दिने प्रधानमन्त्री दाहालको प्रतिवद्धता थियो । शनिबार सांसदहरुले सोधेका स्पष्टिकरणबारे जवाफ दिने क्रममा उहाँले पञ्चेश्वर परियोजना अघि बढाउनेबारे नयाँ समझदारी हुने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले आफ्नो भारत भ्रमणमा सार्क बैठकलाई सुचारु गर्ने विषयमा पनि छलफल गर्ने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘सार्क बैठकको बारेमा छलफल चलिराखेको छ । यो विषयमा मेरो गम्भिर रुपले ध्यान छ । यी विषय उपयुक्त तरिकाले छलफलमा जान्छन । पञ्चेश्वर परियोजना अघि बढाउने बारे एउटा नयाँ समझदारी हुन्छ भन्ने मेरो विश्वास छ । र, निकै सकारात्मक ढंगले छलफल चलिराखेको छ ।’

प्रधानमन्त्री दाहालले २ वर्ष भित्र भूमि सम्बन्धि समस्या समाधान गर्ने आश्वासन पनि दिनु भयो ।

प्रधानमन्त्री प्रचण्ड वैशाख २२ गते भारत भ्रमणमा जाने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख २२ गते भारत भ्रमण गर्नुहुने भएको छ । भारतले दिएको निम्तोअनुसार नै प्रधानमन्त्री दाहाल वैशाख २२ गते भारत जान लाग्नुभएको हो ।

यसअघि पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कुरा आएको थियो । तर, विविध कारणले उहाँको भ्रमण हुन सकेको थिएन । अहिले भारत भ्रमणको तयारीको लागि नै भनेर प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका सांसद नारायणप्रकाश (एनपी) साउदलाई परराष्ट्रमन्त्री नियुक्त गरिसक्नुभएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर भ्रमणको निम्तो बुझाइसकेको बताइएको छ । पछिल्लो पटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ ।

उहाँले पनि आफ्नो पहिलो विदेश भ्रमण भारत नै हुने बताउँदै आउनुभएको थियो । पहिलो विदेश भ्रमण भारतबाटै गर्ने मनसायले उहाँले गत चैतमा चीनमा भएको बाआओ फोरमका लागि सहभागी हुनुभएको थिएन । बोआओ फोरममा भागलिन उहाँलाई चीनले औपचारिक निमन्त्रणासमेत गरेको थियो ।

उत्तरका पाहुनालाई विदा गरेलगत्तै प्रचण्ड भारत भ्रमणमा जाँदै
काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि शुक्रबार भारत भ्रमणमा जान लाग्नु भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालको चार दिने भ्रमण गरी बामपन्थी दलहरुबीच एकता र विदेशी हस्तक्षेपका पक्षमा जिज्ञासा राखिरहेको अवस्थामा प्रचण्ड आकस्मिक रुपमा भारत भ्रमणमा जान लाग्नु भएको हो ।

चिनियाँ नेता लिउसँग सोमबार प्रचण्डको निजी निवास खुमलटारमा भेटवार्ता भएको थियो । चिनियाँ प्रतिनिधिमण्डलसँग लामै कुराकानी भएको थियो ।

प्रचण्ड निकट उच्च स्रोतले दिएको जानकारी अनुसार प्रचण्डले भारतमा उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । व्यक्तिगत भ्रमण भनिए पनि उहाँले भारतका कतिपय राजनीतिक व्यक्ति एवं गुप्तचर निकायका उच्च व्यक्तिहरुसँग भेटवार्ता गर्नुहुने स्रोतले बताएको छ । यद्यपी प्रचण्डको भ्रमण र उहाँले भारतमा गर्नुहुने भेटघाटका कार्यक्रमलाइ गोप्य राखिएको छ ।

प्रचण्डको केही समयदेखि भारतसँगको सम्बन्धमा तिक्तता आएको बताइन्छ । उहाँले भारतको संस्थापन पक्षसँग आफ्नो पार्टी र व्यक्तिगत सम्बन्ध पुनर्स्थापना गर्न प्रयास गरिरहनु भएको छ ।

लैनचौरस्थित कार्यालयमा पद सम्हालेपछि पहिलो चरणमा भिआइपीहरुसँग पालैपालो शिष्टाचार भेट गरेका भारतीय राजदूत नवीन श्रीवास्तवले प्रचण्डलाई खुमलटारमा दोहोर्याएर भेट गर्नु भएको थियो । उहाँहरूबीच दोस्रो भेटमा  झण्डै ४० मीनेट कुराकानी भएको थियो । यसअघि ओहोदाको प्रमाणपत्र बुझाएको भोलिपल्ट श्रीवास्तवले खुमलटारमै अध्यक्ष प्रचण्डसँग भेट गर्नु भएको थियो ।

नेपालका लागि नयाँ भारतीय राजदूत श्रीवास्तव नियुक्त भएको केही दिनभित्रै यस्तो भ्रमणको तारतम्य मिलेकोलाई एक शंकास्पद घटनाका रुपमा हेरिएको छ ।

यसअघिका प्रचण्डका भारत भ्रमणहरु पनि विवादित हुने गरेका थिए । नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएकै समयमा भारत भारत भ्रमणमा जानु भएका प्रचण्ड त्यहाँबाट फर्के लगत्तै केपी ओली विरुद्ध उहाँले अभिव्यक्ति दिनु भएको थियो ।

अहिले प्रधानमन्त्री पत्नी आरजु राणा देउवा पनि भारत भ्रमणमै हुनुहुन्छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि र भरोसा
एकराज पाठक, काठमाडौँ । वर्षाको समयमा खेर जाने बिजुलीलाई छिमेकी बजारमा निर्यात गर्न नेपालले लामो समयदेखि जारी राखेको प्रयास प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो औपचारिक भारत भ्रमणबाट सार्थक भएको छ । प्रधानमन्त्री देउवाको यस भ्रमणका क्रममा ‘भारत–नेपाल संयुक्त भिजन’ जारी गर्दै ऊर्जा क्षेत्रमा आपसी सहयोगको अभिवृद्धिमा उन्नतस्तरको सहमति भएको हो । यो सहमतिसँगै अब नेपालको बिजुलीको बजार विदेशी छिमेकी बजारमा प्रवेश गर्न पाउनेछ । त्यसैले यो सहमतिलाई नेपालको ऊर्जा क्षेत्रमा भएको ‘ब्रेक थ्रू’ का रुपमा पनि व्याख्या गरेका छन् ।

यदि कार्यान्वयनमा आउन सक्यो भने यो सहमति हाम्रा लागि सार्क फ्रेमवर्क र बिम्स्टेकको घोषणाभन्दा पनि माथिल्लो स्तरको छ । नेपालले अब बजार केन्द्रित भई निर्धक्क रुपमा बिजुली उत्पादन गर्न सक्नेछ भने बिजुली व्यापारका लागि नेपाललाई यसले मार्ग प्रशस्त गरेबाट यस क्षेत्रमा लगानीका सम्भावनाहरू पनि बढ्दै जानेछन् ।

हामीलाई अहिलेसम्म बिजुली नपुग्दाको पिर जति छ त्योभन्दा बढी सकस निकट भविष्यमै उत्पादन हुने बिजुली बिक्री गर्न नपाउँदा हुने निश्चितै छ । अब त्यो पिरलोलाई यो सहमतिले मेटाइदिएको छ भन्न सकिन्छ । त्यसैले नेपाल र भारतका प्रधानमन्त्रीले अघि सार्नुभएको यो संयुक्त भिजनलाई ऊर्जा क्षेत्रमा भएको हालसम्मकै सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिइएको छ । हामीलाई बढी भएको बिजुली सहजै भारत र नजिकको अर्को बजार बङ्गलादेशसम्म निर्यात गर्न पायौँ भने त्यसले हाम्रो ऊर्जा क्षेत्रको लगानी र बजारको सुनिश्चितताले सार्थकता पाउनेछ ।

उक्त सहमतिमा नेपालका केही ठूला आयोजना नेपाल र भारतको संयुक्त लगानीमा गर्न सकिने कुरा छ भने यसले बजारको मात्र नभएर लगानीको पनि सुनिश्चितता दिन सक्ने सम्भावना उत्तिकै छ । त्यसैगरी अन्तरदेशीय प्रसारण लाइनको निर्माण गर्ने र बजारको मागका आधारमा उपयुक्त पहुँच दिने कुरा पनि त्यसमा उल्लेख गरिएको छ । त्यति मात्र नभएर उपक्षेत्रीय सङ्गठनका रुपमा रहेको बिबिआइएनमा आबद्ध देशहरूलाई समेत त्यसमा समेट्ने घोषणा रहेकाले यो व्यवस्थाले पनि उक्त संयुक्त भिजन कार्यक्रमलाई थप अर्थपूर्ण तुल्याएको छ ।

यो सहमतिबाट नेपालमा बढी भएको बिजुली खेर नजाने सुनिश्चितता बन्नु नै हाम्रा लागि ठूलो उपलब्धि हो । अर्कातर्फ हाम्रो बिजुली उत्पादन किन्न बङ्गलादेश तयार रहेको सन्देश यसअघि नै आएकाले पनि अब नेपालको बिजुलीलाई बङ्गलादेशको बजारसम्म पु¥याउन सजिलो भएको छ । त्यसमाथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले नेपालको बिजुली खरिद गर्नेछ भनी सार्वजनिक रुपमै प्रतिबद्धता जनाउनु हाम्रा लागि अर्को उपलब्धि हो ।

उर्जा सम्बन्धी यो सहमतिका अतिरिक्त प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको शनिबारको भेटमा दुई देशका बीचमा रहेको सीमा समस्या समाधान गर्न एक द्विपक्षीय संयन्त्र निर्माण गर्ने प्रस्ताव गर्नुभयो । भारत भ्रमणका क्रममा भएका दुई देशका प्रधानमन्त्रीको वार्तामा प्रधानमन्त्री देउवाले यो प्रस्ताव गर्नुभएको हो । सो द्विपक्षीय वार्तापछि लगत्तै नयाँ दिल्लीको हैदराबाद भवनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “हामीले सीमा समस्याबारे छलफल गरेका छौँ र मैले यसलाई द्विपक्षीय संयन्त्रहरूमार्फत समाधान गर्न राम्रो हुन्छ भनी प्रस्ताव गरेको छु ।” नेपाल भारतबीचको निकै पुरानो सीमा समस्याका कारण दुई देशका बीच कूटनीतिक दरारहरू पनि उत्पन्न नभएका होइनन् । तर नेपालतर्फबाट कार्यकारी प्रमुखकै तहमा यसरी कुराकानी हुनुलाई सकारात्मक रुपमा लिनुपर्छ । प्रधानमन्त्री देउवाको यो प्रस्तावले भारतीय पक्षलाई पनि कुनै न कुनै रुपमा यसको तयारीका लागि अघि बढ्न भोलिका दिनमा बाध्य बनाउने नै छ ।

भारतसँग चाँदनी र दोधरामा एकीकृत भन्सार जाँच चौकी तथा सुक्खा बन्दरगाह बनाउने र नेपालगञ्जको एकीकृत भन्सार जाँच चौकी पूरा गर्ने विषयमा पनि यस द्विपक्षीय वार्ताका क्रममा कुराकानी भएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो । त्यसैगरी प्रधानमन्त्री देउवाले मोदीसँगको वार्तामा महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट एयर इन्ट्री रुटको माग गर्नुभएको छ । यो एयर इन्ट्रीका अतिरिक्त उहाँले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको कार्यलाई थप सहज बनाउने काममा सहयोग गर्न पनि प्रधानमन्त्री देउवाले भारतलाई आग्रह गर्नुभएको थियो ।

नेपालको विद्युत् उत्पादन र निर्यातका लागि दुई देशबीच उच्चस्तरको सहकार्य आवश्यक छ । त्यसैले प्रधानमन्त्री देउवाले द्विपक्षीय छलफलमा ऊर्जा निर्यात सहकार्यलाई महत्व दिनुभएको थियो । दुईपक्षीय छलफलमा जलविद्युत् उत्पादन प्रसारण र अन्तरदेशीय व्यापारका लागि समझदारी भएको छ । यसै समझदारीमार्फत प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको बिजुली किन्न आग्रह गर्नुभएको थियो ।

यस्तै भारत भ्रमणका क्रममा नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तारलगायत पारस्परिक सहयोग एवं सहकार्य गर्ने सम्बन्धका विभिन्न चार समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच अन्तर्राष्ट्रिय सौर्य ऊर्जा साझेदारीमा नेपाल औपचारिक रूपमा सामेल हुने बारेको सहमति भएको हो ।

त्यसैगरी नेपालको रेल्वे क्षेत्रमा भारतीय प्राविधिक सहयोगको सुनिश्चितता पनि यस भ्रमणका क्रममा भएको छ । पेट्रोलियम क्षेत्रमा सहयोग र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच विशेषज्ञ आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा पनि यसै भ्रमणका क्रममा हस्ताक्षर भयो ।

कुर्था–जयनगर यात्रुवाहक रेल सेवाको शुभारम्भ र नेपालमा प्रयोगका लागि भारतको ‘रुपे डिजिटल कार्ड’ यो भ्रमणको अर्को उपलब्धि हो । प्रधानमन्त्री देउवा र प्रधानमन्त्री मोदीले सोलु करिडोर १३२ किलोभोल्ट प्रसारण लाइनको पनि संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । उक्त प्रसारण लाइन भारत सरकारको रु तीन अर्ब २० करोड ऋण सहयोगमा नेपालमा निर्माण भएको हो ।

यस्तै, यो भ्रमणको अर्को एक महत्वपूर्ण उपलब्धिका रुपमा लामो समयदेखि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०समेत तयार हुन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई तीव्र रूपमा अगाडि बढाउन दुई देशबीच भएको सहमतिलाई पनि लिन सकिन्छ । महाकाली सन्धि आयोजनाको डिपिआर नै अहिलेसम्म टुङ्गिन सकेको छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल र भारतबीच पानी बाँडफाँटको विषयमा कुरा मिल्न सकेको छैन ।

यो आयोजनालाई भारतीय प्रधानमन्त्री मोदीले महत्वपूर्ण ठानेर अगाडि बढाउने प्रतिबद्धता जनाएपछि डिपिआर टुङ्गो लाग्ने र अब भने निर्माण प्रक्रियामा अगाडि बढ्ने आशा पलाएको छ । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलसँग बहुआयामिक भारत–नेपाल सम्बन्धका सबै पक्षमा आफूहरूबीच छलफल र समीक्षा भएको जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीले नै सो संयुक्त पत्रकार सम्मेलनमा ऊर्जा क्षेत्रमा साझेदारी र सहकार्य गर्न दुवै देश सहमत भएका बताउनुभएको थियो ।

यो भ्रमणबाट द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको विश्वास भारतले गरेको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशबीचको परम्परागत र शताब्दीऔँ पुरानो मैत्री एवं सहकार्यलाई थप सुदृढ र सुमधुरसमेत तुल्याउन योगदान पुगेको नेपालसँगको आफ्नो सम्बन्ध ‘छिमेकी पहिलो’ नीति बताउने भारतले गरेको हो । दुई प्रधानमन्त्रीबीच भएको विस्तृत वार्ताले पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन योगदान गर्नाका साथै भविष्यको बाटोसमेत निर्धारण गरेको भारतीय पक्षको धारणा छ ।

प्रधानमन्त्री देउवाको यस पटकको भारत भ्रमणलाई ‘फलदायी’ को संज्ञा दिँदै भारत सरकारले विशेषगरी ऊर्जा र सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित विषयलाई यस भ्रमणको उपलब्धि र प्राथमिकतामा राखेको छ । विद्युत् प्रसारण लाइन होस् वा विद्युतीय कारोबारको ‘रुपे’ त्यसले नेपालको वित्तीय क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास भारतको छ । परस्परमा वित्तीय सम्पर्क बढाउन तथा द्विपक्षीय पर्यटक प्रवाहलाई सहज बनाउनका साथै भारत र नेपालबीचको जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन रुपे प्रभावकारी हुने अपेक्षा भारतले गरेको छ ।

नेपालको सबैभन्दा नजिकको छिमेकी भएका कारण पनि नेपाल भारत सम्बन्ध विशेष छ । यी दुई देशबीचको अनेक सम्बन्धका बहुआयामिकतालाई यस्तै भ्रमणहरूले थप सहजीकरण गर्दै सुदृढ बनाउँदै लैजानुपर्छ । नेपाल भारत सम्बन्धको महत्वको आयतनको मापन सजिलो काम होइन । यही महत्वबाट नै सवा सय करोडभन्दा बढी जनसङ्ख्या रहेको छिमेकी भारतको समृद्धिबाट नेपालले लाभ पनि लिन सक्नुपर्छ । यी दुई देशबीच समय समयमा असमझ्दारीहरू पनि नबढ्ने होइनन् । तर तिनको समाधान यसैगरी वार्ताको टेबलमा बसेर गरिएको ‘नेगोसिएसन’ बाट मात्र सम्भव छ । एकापसमा हुने द्विपक्षी हितका यस्तै सहमतिबाटै छिमेकीबीचमा समझ्दारी बढ्दै जानेछ ।

विश्वकै एक चौथाइ जनसङ्ख्याको बीचमा रहेको नेपालले ती देशका समृद्धि र सम्भावनाबाट आफू लाभान्वित हुन नसकिरहेका बेला प्रधानमन्त्री देउवाको पछिल्लो भारत भ्रमणले केही आशा भने थपिदिएको छ । भ्रमणले अहिले बढाएको भरोसालाई हामीले पनि अर्थपूर्ण बनाउन सक्नुपर्छ । दक्षिणी छिमेकी भारतसँग अघि बढाइएको यो बृहत् समझदारीबाट लाभ लिनसक्ने अवस्थामा हामीले आफूलाई उभ्याउन सक्नुपर्छ । यस निम्ति आवश्यक पर्ने कूटनीतिक कौशलताका लागि राष्ट्रिय रुपमै गृहकार्य जरुरी पर्नसक्छ । आफ्नो खाँचो र आवश्यकताबारे छिमेकीहरूलाई वार्ताको माध्यमबाट ‘कन्भिन्स’ गरेर हाम्रो राष्ट्रिय स्वार्थअनुकुल बनाउन सक्यौँ भने मात्र हाम्रो कूटनीतिक सफलता देखिनेछ । नेपालको समृद्धि पनि यसरी नै सम्भव छ । (रासस)

सोलु करिडोर प्रसारण लाइन: नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुमा उद्घाटन गर्नुहुने
काठमाडौं ।लामो प्रयास र अथक मेहनतपछि निर्माण सम्पन्न भएको सोलु करिडोर प्रसारण लाइनको शनिबार उद्घाटन गरिने भएको छ । शुक्रबार भारत भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले श्रव्यदृश्यका माध्यमबाट उद्घाटन गर्न लाग्नुभएको हो ।

नेपाल विद्युत् प्राधिकरणकाअनुसार सो आयोजना गत महिना मात्रै निर्माण सम्पन्न भएको हो । प्रधानमन्त्रीको भारत भ्रमणमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी हुनुहुने कार्यक्रम छ । सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको यसअघि नै परीक्षण गरिसकिएको छ ।

नेपाल सरकारको लगानी र भारतीय निर्यातआयात ९एक्जिम० बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइन लामो विवाद, स्थानीयवासीको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्याका कारण धेरै जटिलता भोग्नु परेको थियो । सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिङ्लासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर छ । यस्तै प्रसारण लाइनमा टावरको सङ्ख्या ३०२ वटा छ ।

सोलु करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत तिङ्गलामा १३२÷३३ केभी, ३० एमभिए र ३३÷११ केभी, ८ एमभिए क्षमताको सबस्टेशन निर्माण गरिएको छ । सबस्टेशन निर्माण सम्पन्न गरी २०७६ भदौ ७ देखि सञ्चालनमा छ । तिङ्ला सबस्टेशनबाटै सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङमा विद्युत् आपूर्ति भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ठेकेदार छनोट देखिएको विवाद, सर्वोच्च अदालतको अन्तरिम आदेश, रुट परिवर्तन गर्न माग गर्दै स्थानीयबाट भएको अवरोध, जटिल भौगोलिक अवस्थालगायतका कारण आयोजना निर्माणमा केही ढिलाइ भएकोे थियो ।

सोलु नदी जलाधार क्षेत्रमा निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ । बर्खाको समयमा पूर्ण क्षमतामा चल्न नसकेको २३।५ मेगावाटको सोलु खोला र अन्य निर्माणाधीन जलविद्युत् आयोजनाको प्रसारण पूर्वाधार अभावमा विद्युत् प्रवाहको समस्या समाधानमा प्रसारण लाइनको निर्माणपछि सहज भएको छ ।

ती आयोजनाको विद्युत् सोलु करिडोरमा प्रवाह भएपछि मिर्चैयाबाट पूर्वतर्फ पठाएर सप्तरी, सुनसरी, मोरङलगायतका जिल्लामा स्वदेशी उत्पादनबाट आपूर्ति दिन सकिने र बढी भएको विद्युत् ढल्केबर सबस्टेशनबाट भारततर्फ निर्यात गर्न पनि सजिलो हुने प्राधिकरणले जनाएको छ ।

तिङ्ला सबस्टेशनबाट विद्युत् आपूर्ति दिइने हुँदा अब सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङको विद्युत् सेवा भरपर्दो र गुणस्तरीय हुने साथै चुहावट पनि घट्ने छ । कूल २३।५ मेगावाटको सोलु खोलासहित १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु खोला ९दूधकोसी० ८२ मेगावाटको तल्लो सोलु खोला लगायतका जलविद्युत् आयोजनाको विद्युत् तिङ्ला सबस्टेशनमा जोडिनेछ । यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत् आयोजनासँग ३२५ मेगावाटको विद्युत् खरिद–बिक्री सम्झौता ९पिपिए० गरेको छ ।

सोलु करिडोर प्रसारण लाइनको निर्माणमा केही ढिला हुने देखिएपछि २३।५ मेगावाटको सोलु खोला जलविद्युत् आयोजनाको विद्युत् २०७७ को फागुनदेखि अस्थायीरुपमा ३३ केभी लाइनमा जोडिएको थियो । प्रसारण लाइनको रुट सार्न माग गर्दे उदयपुरको कटारी नगरपालिका–४ मरुवामा करिब दुई वर्ष अवरोध भएको थियो । सोलु करिडोर प्रसारण लाइन आयोजना निर्माणमा धेरै ठूला समस्या र अवरोध भोगिएको तथा यसबाट पाठ सिक्दै अन्य आयोजना निर्माण गरिनुपर्ने आयोजना प्रमुख जनार्दन गौतमको भनाइ छ ।

उहाँले लामो मेहनतपछि प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ को चैतमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७३ को असोजदेखि कार्यान्वयनमा आएको थियो । रासस

शुक्रबार प्रधानमन्त्री देउवा भारतको भ्रमणमा जाँदै
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भोलि शुक्रबार भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्रीको भ्रमणका सन्दर्भमा पत्रकारका लागि भोलि दिउँसो १२ः४० मा पत्रकारहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिभिआइपी लाउन्जमा पुग्नुपर्ने छ । त्यहाँ पुग्दा पत्रकारहरुले औपचारिक पोशाक र सूचना विभागको प्रेस पाससहित उपस्थित हुनुपर्ने बताइएको छ ।

प्रम देउवा र मोदीबीच चैत १९ गते भेटवार्ता हुने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा यही चैत १९ गते भेटवार्ता हुने भएको छ ।

आफ्ना समकक्षी मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवाले यही चैत १८ गते भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । उहाँको साथमा पत्नी डा. आरजु राणा देउवा र प्रतिनिधिमण्डलका अन्य सदस्य सहभागी हुनुहुनेछ ।

प्रधानमन्त्री देउवा मोदीको निर्वाचन क्षेत्र भारतको बनारस पनि जानुहुने भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

पार्टी सभापति बनाउन सहयोग गरेकामा धन्यवाद दिन देउवाको भारत भ्रमण– एस डी मुनी
काठमाडौँ । नेपालबारे जानकार मानिने भारतीय कूटनीतिज्ञ एस डी मुनीले नेपाली कांग्रेसको सभापतिमा जिताउन सहयोग गरेबापत धन्यवाद दिन प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गर्न लागेको बताउनुभएको छ ।

आइतबार उहाँले ट्विट गर्दै नेपाली कांग्रेसको साङ्गठनिक नियन्त्रण पुनः प्राप्त गर्न सहयोग गरेकामा दिल्लीलाई धन्यवाद दिन प्रधानमन्त्री देउवाको दिल्ली भ्रमण व्यक्तिगत–राजनीतिक भएको अकथित सन्देश हो भन्नुभएको छ । उहाँले ट्विटमा भन्नुभएको छ, “देउवाले नेपालको संसदीय निर्वाचनमा पनि निरन्तर भारतीय समर्थन खोज्नुपर्ने आवश्यकता छ।”

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा यही चैत १८ गतेदेखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।