भलिबल प्रयोगिता – News Polar

राष्ट्रिय खेलकुद: तीन खेलाडी घाइते भएपछि पुरुष भलिबल अवरुद्ध
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी पुरुष भलिबल प्रतियोगिता अवरुद्ध भएको छ ।

पोखरा रंगाशालास्थित भलिबल कोर्टमा जारी लुम्बिनी प्रदेश र नेपाल एपीएफ क्लबबीचको खेलमा लगातार तीन खेलाडी घाइतेभएपछि खेल अवरुद्ध भएको हो ।

खेलको तेस्रो सेटमा एपीएफका रुपिन्द्र गैरे र टेकराज अवस्थी घाइते भए । त्यस्तै, लुम्बिनीका बिजय परियार पनि खेलको बिचमा घाइते भएका छन् ।

सुदूरपश्चिमले जित्यो अमेरिकाको भलिबल
न्यूयोर्क । अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपाली भाषीको सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा ‘इन्ट्रा कप’ भलिबलमा सुदूरपश्चिम नेपाली समाज, टेक्सासको टिम पुरुषतर्फ प्रथम भएको छ ।

अमेरिकी समयानुसार आइतबार साँझ (नेपालको समयानुसार आज बिहान) सम्पन्न भएको फाइनल खेलमा सुदूरपश्चिमले पेन्सिलभेनिया राज्यको नेपाली भाषी टिम योङ ब्लडलाई पराजित गरेको थियो । पाँच सेटको निर्धारित खेलमा तीन–एक को सेटमा सुद्ूरपश्चिम समाज विजयी भएको थियो ।

सो टिमको नेतृत्व नेपालको राष्ट्रिय भलिबल टिमका क्याप्टेन भइसकेका कैलाश भट्टले गर्नुभएको थियो । प्रथम हुने सुदूरपश्चिम टिमले आठ हजार पाँच सय अमेरिकी डलर पुरस्कार जितेको छ भने दोस्रो हुने योङ ब्लड टिमले छ हजार पाँच सय डलर पुरस्कार पाएको छ ।

यसैगरी महिलातर्फ आठ टिम सहभागी भएकामा बी वाइएससी, मिनिसोटाले फाइनलमा जीत हात पारेको छ । सो टिमले फ्रेन्डसिप क्लब कोलम्बसलाई लगातार तीन सेटमा पराजित गरेको थियो । विजयी टिमले तनि हजार पाँच सय अमेरिकी डलर पुरस्कार जितेको छ । दोस्रो हुने फ्रेन्डसिप क्लबले दुई हजार पाँच सय र तेस्रो हुने सर्भाभर क्लबले एक हजार डलर पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा मोष्ट भ्यालुएबल प्लेयरको उपाधि सुदूरपश्चिमका भट्टले नै जितेको थियो भने महिलातर्फ कोलम्बसकी भीमा मैनालीले जित्नुभयो ।

दोस्रो राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु
पर्वत । मोदी गाउँपालिका–८ चित्रेमा राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रयोगिता सुरु भएको छ । प्रतियोगिताको आज राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको छ ।

गत वर्षदेखि राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु गरिएको हो । गत वर्ष अध्यक्ष तिमिल्सिनाकै जन्मगाउँ मोदी–८ राम्जादेउरालीमा सञ्चालन गरिएको थियो । यसवर्ष छिमेकी वडा चित्रेमा आयोजना गरिएको हो ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले स्वास्थ्यका लागि खेलकूद अपरिहार्य आवश्यकता रहेको बताउनुभयो । उहाँले खेल क्षेत्रको विकासबाट पनि मुलुकको आर्थिक समृद्धि गर्न सकिने जनाउँदै यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका खेलाडीको अनुभव र क्षमताको विकास हुने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनले सरकारले सबै स्थानीय तहमा व्यवस्थित खेल मैदान विस्तार गरी खेलकूदसम्बन्धी प्रशिक्षण सञ्चालन गर्न सकेमा नेपाली खेलाडीले पनि बाह्य मुलुकमा पुगेर सफलता हासिल गर्नसक्ने बताउनुभयो । गाउँपालिकाको आयोजनामा दोस्रोपटक राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

आजदेखि यही चैत २० गतेसम्म सञ्चालन हुने वडास्तरीय भलिबल प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । लिग कम नक आउटका आधारमा खेलाइने खेलमा प्रथम हुनेले रु एक लाख ५१ हजार १११, द्वितीय हुनेले रु एक लाख एक हजार १११ र तृतीय हुनेले रु ५१ हजार १११ पुरस्कार र कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

सो अवसरमा रत्यौली प्रतियोगितासमेत आयोजना गरिएको छ भने डोरी तान्ने प्रतियोगिता, छेलो फाल्ने प्रतियोगितासमेत आयोजना गरिएको छ । दुवै प्रतियोगितामा प्रथम हुनेले रु १५ हजार राशिको पुरस्कार पाउने भएका छन् ।