भक्तराज आचार्य – News Polar

भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक
काठमाडौँ । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुन: प्रदर्शन हुने भएको छ ।

विसं २०६८ असोज ६ गते प्रदर्शन भइसकेको चलचित्रलाई पुन: सम्पादन गरी असार ७ मा प्रदर्शन गरिने स्वर्गीय गायक आचार्यका छोरा सत्यराज आचार्यले राससलाई जानकारी दिनुभयो । पुन: प्रदर्शनलाई लक्षित गर्दै चलचित्रको नयाँ प्रचार सामग्रीको रूपमा इन्टरनेटमा श्रव्यदृश्य ९ट्रेलर० सार्वजनिक गरिएको छ ।

“यो बुबालाई एउटा श्रद्धाञ्जलि पनि हो । बुबाको चलचित्रलाई पुन: प्रदर्शन गर्न आग्रह आएपछि हामीले प्रदर्शन गर्न लागेका हौँ । यो हेर्नेले बुबाको जीवनीलाई बुझ्न पाउनुहुनेछ”, गायक आचार्यले भन्नुभयो ।

चलचित्रमा सत्यराज नै पिताको भूमिकामा हुनुहुन्छ । चलचित्रमा स्वर्गीय गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको उहाँले बताउनुभयो । निर्देशक प्रशान्त रसाइलीले निर्देशन गर्नुभएको चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारले अभिनय गर्नुभएको छ ।

गायक तथा अभिनेता आचार्यले सार्वजनिक श्रव्यदृश्यले राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सायद १३ वर्ष अगाडिको समय यस्ता चलचित्रको लागि उपयुक्त थिएन । त्यो समयमा पनि हामीले चलेका अनुहारभन्दा अभिनय गर्न सक्ने कलाकारलाई लिएका थियौँ । चलचित्रलाई जीवन्त बनाउने पूर्ण कोसिस गरेका छौँ ।” गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो ।

भक्तराजको स्वरमा शास्त्रीयताको जादु अद्भूत र अनुपम थियो: राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भजन शिरोमणि वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको स्वरमा रहेको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादु अद्भूत तथा अनुपम भएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले स्वर्गीय आचार्यको शोकाकुल परिवारलाई शुक्रबार समवेदना सन्देश पठाउँदै भन्नुभएको छ, “भजनशिरोमणिको उपाधि पाउनुभएका भक्तराज नेपाली गीतसङ्गीतको आकाशमा बिर्सनै नसक्ने नाम हो, जसको स्वरको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादु अद्भूत तथा अनुपम थियो ।”

“शास्त्रीय सङ्गीतको तत्त्वलाई आधुनिक गीतसङ्गीतमा मिश्रण गर्ने भक्तराजजीको क्षमताले यो क्षेत्रमा उहाँको बेग्लै पहिचान बनेको छ । कैयौँ भजन, देशभक्ति, आधुनिक र बालगीतमा स्वर तथा सङ्गीत दिएर नेपाली गीतसङ्गीतलाई विशिष्ट उचाइमा पुर्‍याउन उहाँले पुर्‍याउनुभएको योगदान अतुलनीय छ”, समवेदना सन्देशमा उल्लेख छ ।

जति चोट दिन्छौँ देऊ मायालु…, मुटु जलिरहेछ…, जहाँ छन् बुद्धका आँखा…, हजार सपनाहरूको माया…लगायत कालजयी र कर्णप्रिय गीतले गीतसङ्गीतप्रेमीमाझ मात्र हैन नेपालीको मनमस्तिष्कमा उहाँलाई जीवन्त राखिरहने उल्लेख गर्दै राष्ट्रपति पौडेलले सन्देशमा आचार्यको निधनले नेपाली गीतसङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । राष्ट्रपतिको समवेदना सन्देश उहाँकी सुपुत्री अवज्ञा पौडेल र प्रेस सल्लाहकार किरण पोखरेलले आचार्यका परिवारजनलाई प्रदान गर्नुभएको थियो ।भक्तराजको

‘जहाँ छन् बुद्धका आँखा’ सहित भक्तराजको भाबपूर्ण विदाई
काठमाडौं । गायक तथा संगीतकार स्वर्गीय भक्तराज आचार्यको अन्तिम संस्कार पशुपतिस्थिति आर्यघाटमा गरिएको छ ।

उहाँलाई राजकीय सम्मानसहित अन्मिम विदाई गरिएको छ । स्वर्गीय भक्तराजको विदाईका क्रममा उहाका छोराहरु स्वरुपराज र सत्यराजसहित अन्य कलाकारहरुले ‘जहाँ छन् बुद्धका आँखा’ गीत गाएर भावपूर्ण विदाइ गरेका छन् ।

भजन शिरोमणि उपाधि पाउनुभएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा  निधन भएको थियो ।

आचार्यले ‘मुटु जलिरहेछ‍‍‍…’, ‘जति चोट दिन्छौँ…’, ‘जहाँ छन् बुद्धका आँखा…’, ‘हजार सपनाहरूको…’, ‘माया मेरी साँझ बिहान…’, ‘हजार आँखा हेर्ने…’लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिनुभएको छ । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै हुनुहुन्छ ।

विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान छ ।

स्व. भक्तराज आचार्यको नाममा सरकारले केही काम गर्छ: पर्यटनमन्त्री
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले स्व. भक्तराज आचार्यको नाममा सरकारले नयाँ काम शुरु गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

सोमवार निधन हुनुभएका आचार्यको अन्तिम श्रद्धाञ्जलीका क्रममा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्व. आचार्यलाई नेपालीले कहिल्यै बिर्सिन नसक्ने बताउनु भयो । उहाँले उहाँका गीतहरु बाँच्नेहरुको निम्ति आदर्श हुने बताउनु भयो । उहाँले बाँच्नेहरुले उहाँको निम्ति धेरै काम गर्न बाँकी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँलाई हामीले कहिल्यै पनि बिर्सिने छैनौँ । उहाँले सधैँ जीवनका गीत गाएर बाँच्नेहरुको निम्ति आदर्श व्यक्तित्व हुनुहुन्छ । उहाँको दु:खद् निधन अन्त्येष्टिको यो दिनमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । हामी बाँच्नेहरुले उहाँको निम्ति धेरै काम गर्न बाँकी छ । उहाँको नाममा नेपाल सरकारले केही गर्नेछ । केही काम गर्ने प्रतिवद्धता गर्दछु ।’

उहाँले आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताउनु भयो ।

भक्तराज आचार्यको निधनपछि कलाकारः ‘संगीत विश्वविद्यालयको देहावसान भयो’
काठमाडौँ । वरिष्ठ गायक एवं संगीतकार स्व. भक्तराज आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । सोमवार निधन हुनुभएका आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो ।

सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, नेपाली काँग्रेसका महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतका नेता तथा कलाकारहहरुको उपस्थिति रहेको थियो । श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएकी कलाकार नीर शाहले स्व. आचार्यलाई नेपाली आधुनिक र भक्ति संगीतमा मक्तराज आचार्यको अतुलनीय योगदान रहेको बताउनु भयो । उहाँले संगीतकारमा हुनुपर्ने सबै गुणहरु भएको व्यक्तिका रुपमा चित्रण गर्नुभयो ।

उहाँले संगीतको विकासका लागि सचेत मानिसको श्रेणी भन्दा माथि उठेर संघर्ष गर्ने व्यक्ति स्व. आचार्य रहेको बताउनु भयो । कलाकार जितु नेपालले आचार्यको भौतिक शरीरले नेपालीलाई छोडेपनि उहाँका सिर्जना सधैँ नेपालीमाझ अमर भइरहने बताउनु भयो । संगीत विश्वविद्यालयको देहावसान भएको बताउनु भयो ।

आचार्यको सोमवार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य विगत लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । आचार्यले झन्डै ४ सय गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ । स्वरसम्राट नारायण गोपालका समकालीन गायक आचार्य १९९९ सालमा धनकुटामा जन्मिनुभएको हो । नेपाली सुगम सङ्गीतमा उहाँको विशिष्ट स्थान छ ।

गीत-सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताउनुभएको छ ।

आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै प्रधानमन्त्री दाहालले उहाँको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । उहाँले स्व आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएको थियो ।

प्रतिष्ठानमा बिहान ११ बजेदेखि शुभचिन्तक, गीत-सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरुबाट आचार्यप्रति श्रद्धाञ्जलि अर्पण चलिरहेको छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

भजन शिरोमणि उपाधि पाउनुभएका उहाँको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो । आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।

गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत-सङ्गीत क्षेत्रमै हुनुहुन्छ ।

विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यले चार सयभन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ । नेपाली सुगम सङ्गीतमा उहाँको महत्वपूर्ण योगदान छ । रासस

प्रतिष्ठान परिसरमा गायक तथा सङ्गीतकार आचार्यप्रति श्रद्धाञ्जलि अर्पण
काठमाडौँ : वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ ।

प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जलि अर्पण अहिले पनि जारी छ । प्रतिष्ठानमा उहाँलाई श्रद्धाञ्जलि दिन शुभेच्छुक तथा गीत सङ्गीत क्षेत्रका व्यक्तिको उपस्थिति छ ।

प्रतिष्ठाकी सदस्यसचिव कुस्मा महराले बिहान ११ बजेदेखि शुभचिन्तक, गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारबाट श्रद्धाञ्जलि अर्पण चलिरहेको बताउनुभयो । साथै केही समयपछि श्रद्धाञ्जलिका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायत नेपाल सरकारका उच्च अधिकारीहरुको पनि उपस्थिति रहने जानकारी दिनुभयो । उहाँका आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

भजन शिरोमणि उपाधि पाउनुभएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा

निधन भएको थियो । उहाँलाई हिजो अपराह्न ४ बजेतिर अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो ।

प्रतिष्ठानकी कुलपति निशा शर्माले गीत–सङगीत क्षेत्रको एउटा धरोहर ढलेको र उहाँको अभाव सधैँ खड्किरहने बताउनुभयो ।

आचार्यले ‘मुटु जलिरहेछ…’, ‘जति चोट दिन्छौँ…’, ‘जहाँ छन् बुद्धका आँखा…’, ‘हजार सपनाहरूको…’, ‘माया मेरी साँझ बिहान…’, ‘हजार आँखा हेर्ने…’लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिनुभएको छ । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै हुनुहुन्छ ।

उहाँको राष्ट्रिय सम्मानका साथ बिदाइको तयारी गरिएको छ । विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान छ ।रासस

मेडिसिटी अस्पतालमा संगीतकार आचार्यको अन्तिम विदाई– फोटोफिचर
काठमाडौँ । गायक तथा संगीतकार भक्तराज आचार्यको निधनमा नेपाल मेडिसिटी अस्पताल परिवारले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

संगीतकार आचार्यको ८१ वर्षको उमेरमा सोमबार मेडिसिटी अस्पतालमा निधन भएको थियो । अस्पताल पुगेर आचार्यका परिवारजन तथा अस्पताल परिवारले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

स्वर्गीय आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । उहाँको आजै दिउँसो १ बजे हिन्दु संस्कारअनुसार पशुपति आर्यघाट अन्तिम संस्कार गरिने छ ।

आचार्यको निधनप्रति सङ्गीतकर्मी, सर्वसाधारण तथा राजनीतिक दलका नेतालगायतले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा आचार्यको निधनप्रति दु:ख व्यक्त
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपतिले ‘जहाँ छन बुद्धका ऑखा’ ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ’ जस्ता कालजयी गीतका गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

गायक तथा सङ्गीतकार आचार्यको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको थियो ।

अध्यक्ष ओलीद्वारा आचार्यको निधनप्रति दु:ख व्यक्त
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले ‘जहाँ छन् बुद्धका आँखा…’ बोलको गीतमा आचार्यको जादुमय स्वर  भएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । “कालजयी भजन र गीतहरुमा तपाईं हामीमाझ अमर रहनुहुनेछ । तीन वर्षअगाडिको उहाँसँगको भेट सम्झिरहेको छु” अध्यक्ष ओलीले उहाँले गायक तथा सङ्गीतकार आचार्यलाई सम्झिदै भन्नुभयो ।

गायक तथा सङ्गीतकार आचार्यको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको थियो । रासस

रहेनन् भजन शिरोमणि भक्तराज आचार्य
काठमाडौं । नेपाली गीतसङ्गीत क्षेत्रका चर्चित व्यक्तित्व भक्तराज आचार्यको ८१ वर्षको उमेरमा निधन भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारका लागि मेडिसीटी अस्पताल पुर्याइएको थियो । तर, लगत्तै चिकित्सकले आचार्यलाई मृत घोषणा गरेका थिए ।

भजन शिरोमणि आचार्य लामो समययता बिरामी थिए । भजन शिरोमणिको उपनामले पनि परिचित उनी वि.सं. १९९९ साल असोज १६ मा जन्मिएका थिए ।

नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् । आचार्यका, जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ, हजार सपनाहरूको माया लायर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् ।

आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ ।

उनका दुई छोराहरू सत्य र स्वरूपराज पनि गायक हुन् ।