ब्राइट फ्युचर – News Polar

ब्राइट फ्युचरको विजयी सुरुवात
काठमाडौँ । आयोजक ब्राइट फ्युचरले दोश्रो ब्राइट फ्युचर कप एसइइ छात्र फुटसल प्रतियोगितामा सोमबार विजयी सुरुवात गरेको छ ।

नैकपास्थित आफ्नै हातामा भएको खेलमा ब्राइट फ्युचरले शारदा माविलाई टाइ ब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्यो ।

ब्राइट फ्युचर मावि प्लस टु विभागद्वारा आयोजित प्रतियोगितामा डाइमन्डले एलआरआईलाई ४–०, ध्रुव तारा स्कुलले जेभियर इन्टरनेसनल स्कुललाई ६–०, नेरिक एकेडेमीले सनसाइनलाई ७–०, नेपाल तारा स्कुलले सेन्ट्रल हाइ स्कुललाई ५–० र ग्रिन भिलेजले सेन्ट लरेन्सलाई १–० गोलअन्तरले हराए ।

त्यस्तै श्री सञ्जय साइ विद्या मन्दिरले न्यु डायमन्डलाई २–१, भक्ती इन्टरनेसनल स्कुलले मिनिल्यान्डलाई ५–०, ब्राइट होराइजनले एआई स्कुललाई ६–३, पद्मोदयले मोडेललाई ८–०, पिनाकलले श्री मंगललाई ४–०, क्यामेलियाले समृद्धिलाई ३–०, तिरुपतिले जेसेसलाई ९–२, प्रिमियरले महांकाल जनजाग्रितीलाई ७–३ र बालवाटिकाले वेस्ट प्वाइन्टलाई ५–१ ले पाखा लगाए ।

प्रतियोगिताको अखिल नेपाल फुटबल संघका सदस्य पुरुषोत्तम थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । नकआउट प्रतियोगितामा ३० टिम सहभागी छन् ।

ब्राइट फ्युचरका संस्थापक अध्यक्ष मोहनकुमार कार्कीले घरेलु प्रतियोगितामा मात्र नभइ ब्राइट फ्युचरले अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत ब्राइट फ्युचरका विद्यार्थी खेलाडीलाई अवसर प्रदान गर्दै आएको बताए ।

ब्राइट फ्युचर मावि प्लस टु विभागका प्रमुख श्याम महर्जनले विद्यार्थीलाई शिक्षासंगै खेलकुदमा पनि प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताए ।

पहिलो हुने टिमले नगद ३० हजारसहित टिमका प्रत्येक सदस्यले ब्राइट फ्युचरमा प्लस टु अध्ययनका लागि १०० प्रतिशत छात्रवृत्ति पाउने छन् । दोश्रोले २० हजार नगद पुरस्कारसहित प्लस टु अध्ययनका लागि ७५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने छन् । त्यस्तै सहभागी हरेक टिमका खेलाडीले २५ प्रतिशत छात्रवृत्ति पाउने छन् ।

उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगद पुरस्कारसंगै १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । अनुशासित टिमका खेलाडीले पनि १०० प्रतिशत छात्रवृत्ति पाउने छन् । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।