बै‌क – News Polar

रसुवामा प्रविधिमैत्री नेपाल बैङ्क : अधिकांश सेवा पाँच मिनेटभित्रै
काठमाडौँ । सेवाग्राहीले बैङ्क पुगेपछि लाइन, झन्झटिलो प्रक्रिया र घण्टौँ प्रतीक्षा गर्नुपर्ने अवस्था अहिले बिस्तारै इतिहास बन्दै गएको छ ।

रसुवास्थित नेपाल बैङ्क लिमिटेडको धुन्चे शाखाले बैङ्किङ सेवालाई प्रविधिमैत्री बनाउँदै कार्यसम्पादनलाई एकदेखि पाँच मिनेटमै सीमित गर्न सफल भएको छ । पहिले ‘चेक’ भुक्तानी गर्न लामो समय लाग्ने भए पनि अहिले अधिकांश सेवा पाँच मिनेटभित्रै सम्पन्न हुन थालेको सेवाग्राही खड्गबहादुर बोगटी बताए  ।

उनले भने, “बैङ्कको सेवा प्रविधिमैत्री हुँदा सहज भएको छ । ” जिल्लामा बैङ्कले धुन्चे शाखा र स्याफ्रुबेँसी इकाइबाट सेवा सञ्चालन भइरहेको छ । शाखा प्रबन्धक ल्हाक्पारिञ्जी शेर्पाका अनुसार दुबै कार्यालयमार्फत नियमित कारोबार गर्ने सेवाग्राही सङ्ख्या २०० भन्दा बढी पुगेको छ ।

जिल्लाको सदरमुकाम धुन्चेमा बढ्दो सेवाग्राही चापलाई व्यवस्थापन गर्न तथा उत्तरी भेगका नागरिकलाई स्थानीय स्तरमै बैङ्किङ पहुँच उपलब्ध गराउने उद्देश्यले स्याफ्रुबेँसी इकाइ स्थापना गरिएको हो ।

यस इकाइबाट ठूलोस्याफ्रु, खाम्जिङ, पेल्गो, बृद्धिम, थुमन, गोल्जुङ, गतलाङलगायतका गाउँका स्थानीयले निरन्तर बैङ्किङ सेवा लिँदै आएका छन् । बैङ्किङ कारोबार पूर्ण रूपमा विद्युतीय प्रणालीमा रूपान्तरण भएपछि सेवा प्रवाह छिटो, पारदर्शी र सुरक्षित बनेको बैङ्कका खजान्ची प्रकाश ढकालले जानकारी दिए । जिल्लामा मात्रै नियमित बैङ्किङ सेवा प्रयोग गर्ने सेवाग्राही सङ्ख्या सात हजारभन्दा बढी पुगेको छ ।

चौबिसै घण्टा सेवा उपलब्ध गराउने लक्ष्यसहित ‘एटिएम’ सेवा सञ्चालनमा ल्याइएको छ भने नोटकोषसमेत सञ्चालन गरिरहेको छ । जिल्लामा सञ्चालनमा रहेका दर्जनौँ (क) वर्गका बैङ्कहरूसँग अन्तरबैङ्क कारोबारसमेत सहज रूपमा हुँदै आएको छ । शाखाले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ५२४ भन्दा बढी खाता सञ्चालनमा ल्याएको जनाएको छ । त्यसैगरी, सुनचाँदी व्यवसायी, कृषि क्षेत्र, व्यक्तिगत तथा संस्थागत जमानीमा विभिन्न प्रकारका कर्जा सेवा प्रदान गर्दै आएको छ । सुनचाँदी धितो कर्जा आजको आजै र अन्य धितो राखी ऋण प्रवाहको हकमा धितो सुरक्षाको व्यवस्था मिलाएर ऋण प्रवाह गरिने गरिएको बैङ्कले जनाएको छ । रसुवामा पेन्सन बुझ्ने सेवाग्राहीको सङ्ख्या करिब ६० रहेको छ भने सरकारी कार्यालय तथा सामाजिक सङ्घसंस्थाका सबै प्रकारका भुक्तानी र जम्मा प्रक्रियाको सेवा पनि यही बैङ्कमार्फत हुँदै आएको छ । विसं १९९४ मा स्थापना भएको नेपाल बैङ्क लिमिटेड नेपालको जेठो बैङ्कका रूपमा परिचित छ । रसुवामा भने यसको शाखा विसं २०३३ मा स्थापना भएको थियो । जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउन बैङ्कले महत्वपूर्ण भूमिका खेलेको स्थानीयहरू बताउँछन् । बैङ्कमा सुरक्षा गार्डदेखि शाखा प्रमुखसम्म गरी १५ जना कर्मचारी कार्यरत छन् । सेवाग्राही नेमबहादुर तामाङका अनुसार कर्मचारीहरू लगनशील, मिहेनती र सेवाग्राहीप्रति नरम व्यवहार तथा मानव अधिकारको पूर्ण सम्मानका साथ काम सम्पादन भएको पाइएकाले बैङ्कप्रतिको विश्वास अझ बलियो बनेको छ । ग्रामीण

अर्थतन्त्र चलायमान

पहाडी जिल्ला रसुवामा बैङ्किङ पहुँच विस्तारसँगै व्यापार, कृषि, सामाजिक सुरक्षा वितरण तथा सरकारी सेवा प्रवाहमा उल्लेखनीय सहजता आएको छ ।

परम्परागत बैङ्किङबाट डिजिटल बैङ्किङतर्फको यात्रा पूरा गर्दै सो बैङ्कले अहिले ‘छिटो सेवा, सुरक्षित कारोबार र विश्वसनीय संस्था’ को पहिचान स्थापित गरिरहेको छ ।

पहिलो त्रैमासमा कुन बैंकहरुले कति कमाए ?
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएका छन् ।

असोजसम्ममा ५ वटा बैंकहरुको मात्रै नाफा बढेको छ भने १५ वटा बैंकको नाफा घटेको छ ।

चालु आर्थिक वर्षको असोजसम्ममा सबैभन्दा धेरै नाफा बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । सो बैंकले ५८ करोड ९७ लाख आर्जन गरेको छ । गत वर्षको असोजमा बैंकले १५ करोड १३ लाख मात्रै नाफा गरेको थियो । ग्लोवल आईएमई बैंकको पनि नाफा वृद्धि भएर १ अर्ब ८५ करोड ८६ लाख, सानिमा बैंकको वृद्धि भएर ४५ करोड ४९ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको वृद्धि भएर १२ करोड २१ लाख रुपैयाँ र एभरेष्ट बैंकको वृद्धि भएर १ अर्ब १७ करोड ९२ लाख पुगेको छ ।

१५ वटा बैंकको नाफामा गिरावट आउँदा सिटिजन्स बैंकले घाटा व्यहोरेको छ । हाल बैंकको नाफा २२ करोड ४ लाख ऋणात्मक छ । यस्तै, कृषि विकास बैंकले ५७ लाख ३८ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ४ करोड ५० लाख ५० हजार रुपैयाँ, प्रभु बैंकले ५५ करोड ८४ लाख ८३ हजार, नेपाल एसबीआई बैंकले ५० करोड १५ लाख ६५ हजार खुद नाफा कमाएका छन् ।

माछापुच्छ्रे बैंकले ४१ करोड ७९ लाख ५६ हजार, सिद्धार्थ बैंकले ३२ करोड ४० लाख ९१ हजार, नबिल बैंकले १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३३ करोड २३ लाख ३१ हजार, एनएमबि बैंकले ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६९ करोड २१ लाख ६९ हजार नाफा कमाएका छन् ।

यसैगरी, हिमालयन बैंकले ७० करोड २८ लाख ९४ हजार, नेपाल बैंकले ५८ करोड ८२ लाख ८७ हजार, प्राइम कमर्शियल बैंकले १ अर्ब २५ करोड ८४ लाख ३० हजार, कुमारी बैंकले १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ । समग्रमा ग्लोबल आईएमई र राष्ट्रिय वाणिज्य बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । धेरैजसो बैंकहरु चर्को दबाबमा रहेको तथ्यले देखाएको छ ।

एक दर्जन बैंकले बढाए खराब कर्जा, कुनकाे कति ?
काठमाडौँ । एक दर्जन भन्दा बढी बैंकहरुले खराब कर्जा बढाएका छन् ।

बैंकहरुले सार्वजिक गरेको अघिल्लो आर्थिक वर्षको चौथो चौमासको वित्तीय विवरणअनुसार धेरै बैंकहरुको खराब कर्जा अनुपात (एनपीएल) बढेको हो । गत आर्थिक वर्ष २०८१/८२ मा खराब कर्जामा एभरेष्ट बैंक ०.३८ प्रतिशतमा सीमित रहँदा, हिमालयन बैंक ७.२८ सहित सबैभन्दा बढी रहेको देखिन्छ । एनआईसी, कुमारी, सिटिजन्स, नबिल र लक्ष्मी सनराइज बैंकमा पनि खराब कर्जाको दर तुलनात्मक रूपमा उच्च छ ।

एशिया बैंकले खराब कर्जा करिब दोब्बरले बढाएको छ । २०८०/८१ मा एनआईसीको खराब कर्जा अनुपात ३.४५ प्रतिशत रहेकोमा २०८१/८२ मा त्यस्तो कर्जाको अनुपात ६.२८ प्रतिशत पुगेको छ । यसले एनआइसी एसियाले गरिरहेको धेरै जसो कर्जा लगानी फसिरहेको देखाउछ । अर्को बैंक, ग्लोवल आइएमईले पनि समीक्षा अवधीमा एनपिएल बढाएको छ । अघिल्लो वर्षमा ४.१७ प्रतिशत एनपिल रहेको ग्लोबल आईएमई बैंकको त्यस्तो अनुपात २०८१/८२ मा ४.८७ प्रतिशत पुगेको छ ।

अर्को ठूलो बैंक प्रभु बैंकले पनि एनपीएल बढाएको छ । प्रभु बैंकले २०८१/८२ मा खराब कर्जा अनुपात ४.९६ प्रतिशत पुर्याएको छ । त्यसअघिको आर्थिक वर्षमा सो बैंकको एनपील ४.९४ प्रतिशत कायम रहेको थियो ।

अर्को, नेपाल एसबिआइ बैंकले पनि खराब कर्जा अनुपातलाई भारी रुपमा बढाएको छ । २०८०/८१ मा १.९६ प्रतिशत त्यस्तो अनुपात रहेकोमा २०८१/८२ मा ३.३५ प्रतिशत पुगेको छ ।

त्यस्तै, एनएमबी बैंकले पनि खराब कर्जा बढाएको छ । सो बैंकको २०८१/८२ मा एनपील ३.७२ प्रतिशत पुगेको छ । जुनकी त्यसअघिको वर्षमा एनएमबी बैंकको खराब कर्जा अनुपात ३.४ प्रतिशत रहेको थियो ।

त्यस्तै, कुमारी बैंकले पनि एनपीएल बढाएको छ । २०८१/८२ मा खराब कर्जा ६.४२ प्रतिशत पु¥याएको कुमारी बैंकको त्यसअघिको वर्षमा ५.९५ प्रतिशत रहेको थियो ।

सिद्धार्थ बैंकको पनि खराब कर्जा पछिल्लो समय बढ्दै गएको देखिएको छ । २०८१/८२ मा उक्त बैंकल २.६२ प्रतिशत एनपीएल पु¥याएको छ । त्यसअघिको वर्षमा सिद्धार्थ बैंकको खराब कर्जा अनुपात २.१७ प्रतिशत रहेको थियो ।

अर्को हिमालन बैंकको पनि खराब कर्जा अनुपात बढेको छ । यो बैंकको खराब कर्जा अनुपात २०८०/८१ मा ४.९८ प्रतिशत रहेको थियो । २०८१/८२ मा अहिले त्यस्तो अनुपात यो बैंकले ७.२८ प्रतिशत पु¥याएको छ ।

सिटिजन्स बैंकले पनि खराब कर्जा अनुपात बढाएको छ । २०८०/८१ मा सिटिजन्सको त्यस्तो अनुपात ४.१ प्रतिशत रहेकोमा २०८१/८२ मा ४.९४ प्रतिशत पुगेको छ ।

नेपाल बैंकले समेत खराब कर्जालाई बढाइरहेको तथ्यांकले देखाउछ । उक्त बैंकको खराब कर्जा अनुपात २०८०/८१ मा ४.३३ प्रतिशत रहेकोमा २०८१/८२ मा बढेर ४.४७ प्रतिशत पुगेको छ । प्राइम, सानिमा बैंकहरुले पनि खराब कर्जा पछिल्लो समय बढाएका छन् । प्राइम बैंकको खराब कर्जा अनुपात २०८०/८१ मा ४.६५ प्रतिशत रहेकोमा २०८१/८२ मा बढेर ५.५६ प्रतिशत पुगेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा पनि बढेको छ । उक्त बैंकको निष्क्रिय कर्जा ४.९१ प्रतिशतबाट बढेर ५.८५ प्रतिशत पुगेको छ । सानिमा बैंकले पनि खराब कर्जा अनुपात बढाएको छ । सानिमाको २०८०/८१ मा १.७२ प्रतिशत रहेकोमा २०८१/८२ मा बढेर ३.०१ प्रतिशत पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सरकारी लगानी रहेको कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल, एभरेष्ट, स्टान्डर्ड चाटर्ड, लक्ष्मी सनराइज, माछापुच्छ«ेको खराब कर्जा अनुपात अघिल्लो आर्थिक वर्षको तुलनामा झिनो रुपमा घटाएका छन् ।

कस्तो छ बैंकहरुको वित्तीय अवस्था ?
काठमाडौँ । बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् ।

अहिलेसम्म एभरेष्ट, नबिल,  माछापुच्छ्रे बैंक, कृषि विकासलगायतका बैंकहरुले आफ्नो वित्तीय विवरण जारी गरिसकेका छन् । बैंकहरुको वित्तिय अवस्था हेर्दा धेरै जसो बैंकहरुको अवस्था राम्रो देखिएको छ ।

उनीहरुले नाफामा वृद्धि गरेका छन् भने खरब कर्जाको अनुपात घटाएका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्म एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ३२.८० प्रतिशतले बढी हो । अघिल्लो आ.व.को सोही अवधिमा बैंकले ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकले ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको तुलनामा १९.३६ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ७ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको निक्षेप संकलन ३८.६२ प्रतिशतले बढेर २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ र कर्जा लगानी १९.८६ प्रतिशतले बढेर २ खर्ब १३ अर्ब ६२ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

बैंकको सञ्चालन मुनाफा ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ रहेको छ । यो अघिल्लो आवको तुलनामा ३१.६३ प्रतिशतले बढी हो । अघिल्लो आ.व.को सोही अवधिमा बैंकको सञ्चालन मुनाफा ५ अर्ब ६६ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ०.३८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको एनपीएल ०.७१ प्रतिशत रहेको थियो । जसकारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो ।

यता, एनएमबी बैंकले पनि चौथो त्रैमासिक विवरण सार्वजनिक गरेको छ । जसअनुसार उक्त बैंकले अघिल्लो वर्षको तुलनामा नाफामा वृद्धि गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २ अर्ब २४ करोड रुपैयाँ थियो । नाफामा उल्लेख्य वृद्धि देखिएको बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड रुपैयाँ छ । प्रतिशेयर वितरणयोग्य नाफा १०.४१ रुपैयाँ हो । प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ छ ।

निष्क्रिय कर्जा सामान्य बढेको छ । गत असार मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जा अंश ३.७२ प्रतिशत छ । अघिल्लो वर्ष ३.४० प्रतिशत थियो । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता २६० रुपैयाँ ९५ पैसा छ ।

अर्को बैंक,  नबिल बैंकको नाफामा पनि १५ प्रतिशतले वृद्धि देखिएको छ । चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७ अर्ब १२ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६ अर्ब १९ करोड थियो । बैंकको वार्षिक प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३४ पैसा छ । वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड रुपैयाँ छ ।  बैंकको निष्क्रिय कर्जामा सामान्य सुधार आएको छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४.२७ प्रतिशत छ, पहिले ४.४५ प्रतिशत थियो । प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ रहेको बैंकको सेयर मूल्य प्रतिकित्ता ५२६ रुपैयाँ ३० पैसा छ ।

यस्तै हिमालयन बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको नाफा १ अर्ब २३ करोड थियो । अघिल्लो वर्षको तुलनामा यो नाफा २२.१५ प्रतिशत बढी हो । बैंकको निष्क्रिय कर्जा अघिल्लो आर्थिक वर्ष ४.९८ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा ७.२८ प्रतिशत पुगेको छ ।

यस्तै अर्को माछापुच्छ्रे बैंकले पनि नाफामा भारी वृद्धि गरेको छ । गत आर्थिक वर्षमा माछापुच्छ्रे बैंकले दुई अर्ब एक करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९२.४५ प्रतिशतले वृद्धि हो । बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेर पाँच अर्ब ७५ करोड पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३१ पैसा पुगेको छ ।

त्यस्तै,  कुमारी बैंकले आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब एघार करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा चार सय गुणाले वृद्धि हो । बैंकको खुद ब्याज आम्दानी करिब सात प्रतिशतले बढेर ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

प्रतिशेयर आम्दानी आठ रुपैयाँ ६ पैसा रहेको भने  सिद्धार्थ बैंकको वितरणयोग्य नाफा तीन गुणाले बढेर एक अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । बैंकले १३.२२ प्रतिशत लाभांश वितरण गर्ने योजना बनाएको छ । बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशतले बढेर आठ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ १ पैसा छ ।

त्यस्तै, सरकारी स्वामित्वको  कृषि विकास बैंकले चार अर्ब १५ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतले वृद्धि हो । बैंकको खुद ब्याज आम्दानी सात प्रतिशतले घटेर ९ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको छ। प्रतिसेयर आम्दानी २७ रुपैयाँ ०६ पैसा पुगेको छ ।

यस्तै, सानिमा बैंकले  सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ७.२५ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ रहेको छ । बैंकले २०.४७ प्रतिशत लाभांश बाँड्ने क्षमता बनाएको छ । अघिल्लो वर्ष १०.६६ प्रतिशत थियो ।

समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.२१ प्रतिशतमा पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ०.५१ प्रतिशत थियो ।

अर्को, सिटिजन्स बैंकको नाफा गत वर्षको तुलनामा दुई प्रतिशतले घटेर एक अर्ब २९ करोड रुपैयाँ रहेको छ ।

तर बैंकको खुद ब्याज आम्दानी करिव १२ प्रतिशतले बढेर ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा छ । अरु बैंकहरुले समेत आफ्नो वित्तिय विवरण सार्वजनिक गर्ने क्रम जारी छ ।

बैंकहरुलाई खराब कर्जा र तरलता व्यवस्थापनको चुनौति
काठमाडौँ । पछिल्लो समय बैंकहरुमा देखिएको अधिक तरलता र वृद्धि भइरहेको खराब कर्जा व्यवस्थापन बैंकहरुलाई प्रमुख चुनौति बनेको छ । ऋण असुलीमा पनि ठूलो चुनौति देखिएको छ । ऋण तिर्नु पर्दैन भन्ने अभियान सञ्चालनका कारण बैंकहरुबाट लिएको कर्जा समयमा नै बुझाउन नगएको अवस्था छ । बैंकहरुले कर्जा असुली गर्न नसक्दा दिन प्रतिदिन बैंकहरुको खराब कर्जामा पनि वृद्धि हुने देखिएको छ । तीन चार वर्ष पहिला १ प्रतिशत रहेको बैंकहरुको एनपीए पछिल्लो समय अधिकांश बैंकहरुको ४ प्रतिशत माथि पुगेको छ । बैंकहरुमा एनपीए वृद्धि हुँदै जानु बैंकहरुको लागि ठूलो चुनौति हो । यसले अझ खराब कर्जा वृद्धि गर्ने,ऋण असुलीमा समस्या हुनसक्छ ।

अर्थतन्त्रको शिथिलता कम हुन नसक्दा बैंकिङ क्षेत्रमा समस्या झनै बढ्दो क्रममा देखिएको छ । निजी क्षेत्रको मनोबल बढ्न नसक्दा बैंकहरुले उठाएको कर्जा असुली गर्न सकिरहेका छैनन् । ब्याजदर निकै न्युन हुँदा पनि असुलीमा सुधार हुन सकेको छैन । बैंकहरुको निक्षेप बढ्दा कर्जाको माग न्युन छ । बैंकहरुमा विगतमा प्रवाह भएको कर्जाबाट नियमित सावाँब्याज उठ्न नसक्दा निष्क्रिय कर्जा बढ्दै गएको हो ।

बैंकहरुको निष्क्रिय कर्जा उच्च रुपमा बढ्दै जाँदा त्यसको असर गैरबैंकिङ सम्पतीमा परेको बैंकर्सहरुको भनाई छ । अर्थतन्त्रमा छाएको संकुचनको असर बैंकहरूको रिकभरीमा पर्नसक्ने चिन्ता पनि उत्तिकै देखिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खराब कर्जा ३।४० प्रतिशत रहेको छ । आर्थिक २०७९/८० को पहिलो त्रैमासमा बैंकहरूको औषत खराब कर्जा १.६६ प्रतिशत रहेको थियो । गत वर्षको पहिलो त्रैमासको तुलनामा वाणिज्य बैंकहरूको खराब कर्जा १०३ प्रतिशतले बढेको देखिन्छ ।

७ खर्ब बढी लगानीयोग्य रकम तर बजारमा छैन कर्जाको माग

कर्जाको ब्याजदर एकल बिन्दुमा झरेपनि बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको कात्तिकसम्मको तथ्यांकअनुसार कर्जाको औषत ब्याजदर ९.०७ प्रतिशतमा झरेको छ । पछिल्लो समय बैंकहरुमा अधिक तरलता थुप्रिएको छ ब्याजदर पनि निरन्तर रुपमा घट्दो अवस्थामा छ । ब्याजदर जति घटेपनि अर्थतन्त्र चलायमान नहुँदा कर्जाको माग भने बढेको छैन् । चालु आर्थिक वर्षको ५ महिनामा २ खर्ब पनि कर्जा लगानी हुन सकेको छैन । अहिले बैंकहरुमा ७ खर्ब बढीको लगानीयोग्य रकम छ । तर बजारमा कर्जाको माग छैन । बैंकहरुलाई यति बेला खराकर्जा र अधिक तरलता दुवै व्यवस्थापन गर्न चुनौति देखिएको छ । बैंकहरुमा थुप्रिएर बसेको ७ खर्ब व्यवस्थापन गर्न नसके बैंकहरुमा समस्या आउनसक्ने बैंकर्सहरुले बताएका छन् । उनीहरुले नेपालको बैंक तथा वित्तीय क्षेत्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै पछिल्लो समय बैंकहरुमा थुप्रिएको ७ खर्ब रकम व्यवस्थापन गर्न नसके आगामी दिन झनै बैंकहरुलाई अफ्ठ्यारो पर्ने बताएका छन् । सरकारले बैंक तथा वित्तीय क्षेत्रलाई सबल बनाउनको लागि बेवास्था गरेको उनीहरुको भनाई छ । पछिल्लो बैंकहरु चुनौतिपूर्ण अवस्थामा कठिन रुपमा बाँचिरहेको बैंकरहरुले बताए । बैंकहरुमा देखिएको चुनौति समाधानको लागि तरलता व्यवस्थापनको वातावरण राष्ट्र बैंकले गर्न आवश्यक देखिएको उल्लेख गरे । बैंकर्सहरुले राष्ट्र बैंकको अनावश्यक हस्तक्षेपका कारण बैंकले लगानीकर्तालाई लाभांश वितरण गर्न समेत नसकेको आरोप लगाए । बैंकले सिमित बैंकको स्वार्थमा नीति नियम परिवर्तन गर्ने तथा बैंकलाई नाफा वितरण गर्न नदिन विभिन्न बाध्यकारी नियम ल्याएर लगाम लगाउँदा बैंकहरु समस्यामा परेको बैंकर्सहरुको भनाई थियो । नेपाल बैंकर्स संघका निःर्वतमान अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुनिल केसीले अहिले बैंकिङ क्षेत्र चुनौतिपूर्ण अवस्थामा रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रमा आएको शिथिलताका कारण कर्जा माग बढ्न नसक्दा बैंकिङ क्षेत्रले सकस भोग्नुपरेको बताउनु भयो । उहाँले बैंकहरुमा तरलतामा देखिएको असमानताले पनि बैकहरुमा समस्या पारेको दाबी गर्नुभयो । उहाँले अहिले बैंकहरुमा सात सय अर्ब लगानीयोग्य रकम बोकेर बसेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाली बैंकिङ क्षेत्रको चार दशकको यात्रामा सम्भवतः बैंकिङ क्षेत्र आजको दिनमा चुनौतिपूर्ण अवस्थामा उभिएको छ । विशेषगरी आर्थिक गतिविधि अवस्थाको इनब्यालेन्स र लगातार अस्थिर राजनीतिको कारणले मुलुकमा अर्थतन्त्र स्लोडाउन,आर्थिक वृद्धि न्युन हुने र कर्जाको माग घट्दै जाँदा चुनौतिपूर्ण समय छौं । बैंकहरुमा मुख्य रुपमा तीन समस्या देखेका छौं ।’

उहाँले बैंकहरुमा बेलाबेलामा तरलता कहिले बढी हुने कहिले कम हुने अवस्थाले आगामी दिनमा बैंकहरुमा थप समस्या निम्त्याउने जोखिम देखिएको बताउनु भयो । उहाँले अस्थिर राजनीति, अर्थतन्त्रमा आएको सिथिलता,वाह्य दबाब, कर्मचारी बाहिरिने तथा विदेश पलायन जस्ता समस्याले बैंकिङ क्षेत्रमा ठूलो चुनौति देखापरेको बताउनु भयो । उहाँले यस्ता समस्याको कारणले बैंकहरुको रिटर्न अन इक्विटी घटेर ९ प्रतिशतको हाराहारीमा पुगेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ समय–समयमा देखिने तरलताको अवस्था छ । जुन धेरै हुने र कहिले थोरै हुने अवस्था हुँदा बैंकहरुलाई चुनौति रहेको बुझेका छौं । बैंकहरुले अहिले ७ सय अर्बको तरलता लिएर बसेका छौं । जुन रकमको व्यवस्थापन गर्न नसक्दा भोलिको दिनमा थप जोखिममा पुग्ने अवस्था देखिरहेका छौं ।’

उहाँले चालु आर्थिक वर्षको चार महिनाको रिपोर्ट हेर्दा बैंकहरुको ४ प्रतिशत माथि खराब कर्जा पुगेको बताउनु भयो । उहाँले दक्षिण एशियाका मुलुकहरु हेर्दा एनपीएमा नेपाल राम्रो अवस्थामा बताउनु भयो । उहाँले बेला–बेलामा हुने कर्मचारी प्रतिको धरपकड लगायत वाह्य दबाबलाई सरकारले नियन्त्रण गर्न नसक्दा बैंकहरु अफ्ठ्यारो अवस्थामा पुगेको बताउनु भयो ।

संघका नवनिर्वाचित अध्यक्ष सन्तोष कोईरालाले पनि नेपालका बैंकहरु चुनौतिपूर्ण अवस्थामा रहेको बताउनु भयो । उहाँले बैंकहरुमा रिकभरी,खराब कर्जा व्यवस्थापन,लाभांशका समस्याहरु रहेको बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुमा संस्था भित्रैबाट बलियो स्थितिमा रहेको बताउनु भयो । उहाँले तथ्यांकमा बैंकिङ क्षेत्र मध्यमस्तरको देखिने र समस्यै समस्या रहेको बुझाइ भएपनि आधारभुत रुपमा बैंकिङ क्षेत्र दृढ स्थितिमा रहेको उल्लेख गर्नुभयो । अध्यक्ष कोईरालाले बैंकिङ क्षेत्रमा देखिएका वर्तमान समस्याहरुलाई चिरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँ नेपाल राष्ट्र बैंकले गर्दै आएको नियामकीय व्यवस्थाले बैंक तथा वित्तीय क्षेत्र सबल बनाउने उद्देश्य राखेर आउने गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘बैंकिङ क्षेत्रमा धेरै समस्याहरु छन् । जसमा बैंकहरुमा रिकभरी,खराब कर्जा व्यवस्थापन,लाभांशका समस्याहरु रहेका छन् । तर यी सबै समस्यालाई चिरेर अघि बढ्नुपर्ने अवस्था छ । राष्ट्र बैंकबाट पछिल्लो समय आएका रेगुलेसन हुँदै आएका परिमार्जनले बैंकिङ उद्योगलाई दक्षिण एशियामा बलियो बनेको छ ।’

उहाँले राष्ट्र बैंकको भुमिकाले नेपाली बैंकहरुलाई दक्षिण एशियामै मजबुत बैंकिङ बनाउन सफल भएको बताउनु भयो । नेपाली बैंकहरुले विवेकी बैंकिङ गर्दै आएकाले सुशासनका आधारमा अब्बल बन्दैै आएको दाबी गर्नुभयो । उहाँले बैंकहरुको प्रतिफलमा राम्रो नदेखिए पनि भित्रिरुपमा सबल रहेको जिकिर गर्नुभयो । अध्यक्षका रुपमा बैंकिङ क्षेत्रको समस्या समाधानको लागि आफू कटिबद्ध रहने प्रतिवद्धता जनाउनु भयो ।

पूर्वबैंकर राजनसिंह भण्डारीले बैंकले सिमित बैंकको स्वार्थमा नीति नियम परिवर्तन गर्ने तथा बैंकलाई नाफा वितरण गर्न नदिन विभिन्न बाध्यकारी नियम ल्याएर लगाम लगाएको आरोप लगाउनु भयो । उहाँले राष्ट्र बैंकले बैंकका कार्यकारी अधिकृत,अध्यक्षसँगको छलफलमा लाभांशको धेरै आशा नगर्र्न भन्ने गरेको बताउनु भयो । उहाँले बैंकहरुले सुशासनलाई उच्च प्राथमिकतामा राखेर राष्ट्र बैंकका निर्देशन पूर्णपालना गरी उच्चदरमा लाभांश बाड्ने बैंकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

बैंकर्सहरुले बैंकलाई सबल र सक्षम बनाउनको लागि सबै क्षेत्रको सहयोग साथ आवश्यक रहेको बताए । उनीहरुले बैंकहरु पछिल्लो समय देखिएका समस्या समाधानको लागि सरकारले आर्थिक गतिविधिलाई चलायमान बनाउँदै लगानीको वातारण बनाउनुपर्नेमा जोड दिए ।

अनिष मिजार/न्युज एजेन्सी नेपाल

पहिलो त्रैमासमा कुन बैंकले कति नाफा कमाए ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले नाफा बढाएका छन् ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आव प्रथम त्रैमासमा १६ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेका छन् । जुन गत आव प्रथम त्रैमासमा १३ अर्ब ४७ करोड २२ लाख रुपैयाँ नाफा थियो। अघिल्लो आवको तुलनामा यस आवको पहिलो त्रैमासमा बैंकहरुको नाफा समग्रमा २०.१७ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा नविल बैंकले कमाएको छ । नविल बैंकले २ अर्ब ५ करोड ५६ लाख नाफा कमाएको हो । जुन ३९.९७ प्रतिशतले नाफा वृद्धि भएको हो । अघिल्लो आवको सो अवधिमा १ अर्ब ४६ करोड ९३ लाख नाफा कमाएको थियो ।

ग्लोबल आईएमईको खुद ब्याज आम्दानी १४.२२ प्रतिशतले घट्दा नाफा भने २३.३६ प्रतिशतले बढेको छ । बैंकले पहिलो ३ महिनामा १ अर्ब ५१ करोड २१ लाख नाफा कमाएको छ । अघिल्लो वर्ष १ अर्ब २२ करोड नाफा कमाएको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पहिलो ३ महिनामा १ अर्ब ४६ करोड ४० लाख नफा कमाएको छ भने प्राइम कमर्सियल बैंक १ अर्ब २८ करोड ६७ लाख नाफामा छ ।

एनएबि बैंकले पहिलो ३ महिनामा १ अर्ब १४ करोड ५६ लाख, कुमारीले १ अर्ब ७ करोड ८१ लाख नाफा कमाएको छ । प्रभु बैंकले १ अर्ब ४ करोड ६ लाख नाफा कमाएको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख नाफा कमाएको छ ।

यस्तै, नेपाल एसबिआईले ८१ करोड ४६ लाख नाफा कमाएको छ भने हिमालयन बैंकले ७२ करोड ६४ लाख नाफा कमाएको छ ।

नेपाल बैंकले ६० करोड २१ लाख नाफा कमाउँदा लक्ष्मी सनराइज बैंकले ५३ करोड ३२ लाख नाफा कमाएको छ ।

पहिलो ३ महिनामा माछापुच्छ्रे बैंकले ५० करोड ३२ लाख नाफा कमाएको छ भने सानिमा बैंकले ३९ करोड ९५ लाख नाफा कमाएको छ ।

पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले १५ करोड नाफा कमाएको छ भने एनआईसी एसिया बैंकले ११ करोड ५ लाख नाफा कमाएको छ । यस्तै, सिद्धार्थ बैंकले ३८ करोड २० लाख, सिटिजन्स बैंकले २४ करोड ६ लाख र कृषि विकासले १९ करोड ९ लाख नाफा कमाएको छ ।

जेठ महिनाको लागि बैंकहरुले घटाए ब्याजदर
काठमाडौं । जेठ महिनाको लागि वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।

व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर जेठ महिनाका लागिऔसतमा ७.०७ प्रतिशत तोकिएको छ । वैशाखको तुलनामा जेठ महिनाको लागि बैंकहरुको ब्याजदर ०.०८ विन्दुले घटको हो । वैशाखमा औसत ब्याजदर ७.१५ प्रतिशत तोकिएको थियो ।

जेठमा ९ बैंकहरुले ब्याजदर घटाएको छ भने ७ बैंकहरुले वैशाखकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ३ बैंकहरुले भने ब्याजदर बढाएका छन् ।

मुद्दती निक्षेपमा ब्याजदर बढाउनेमा एनआइसी एसिया, प्रभु र ग्लोबल आइएमई बैंक रहेका छन् । यस्तै, सबैभन्दा धेरै ब्याजदर दिनेमा एनएमबि बैंक रहेको छ भने सबैभन्दा कम ब्याजदर नेपाल एसबीआई बैंकको रहेको छ ।

चैतका लागि बैंकहरूले घटाए ब्याजदर, कसको कति पुग्यो ?
काठमाडौं । वाणिज्य बैंकहरूले चैत महिनाको लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका हुन् ।

बैंकहरूको औसतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर चैत महिनाका लागि ७.२५प्रतिशत तोकिएको छ । फागुन महिनामा ७.७५ प्रतिशत थियो । जुन ०.५ प्रतिशत विन्दुले घटेको छ ।

एनआईसी एसिया बैंकले फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ । एनआईसीले चैतमा व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर सबैभन्दा धेरै ८.५४८ प्रतिशत पुर्याएको छ ।

यस्तै, प्रभु र ग्लोबल आईएमईले फागुनकै दरलाई निरन्तरता दिएका छन् भने बाँकी १७ बैंकले घटाएका छन् । चैतका लागि एनआईसी एसियाबाहेक सबै बैंकको ब्याजदर ७.७५ प्रतिशतभन्दा तल झारेको छ ।

सरकारी स्वामित्वको कृषि विकास बैंकले भने सबैभन्दा कम ५.६६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । सिटिजन्स र माछापुच्छ्रे बैंकले ७.७५ ब्याजदर तोकेको छ भने प्राइम कमर्सियल, नबिल र सानिमा बैंकले ७.२५ ब्याजदर कायम गरेको छ ।

यस्तै, ग्लोबल आईएमई बैंकले ७.६ प्रतिशतले ब्याजदर कायम गर्दा लक्ष्मी सनराइज, प्रभु , हिमालयन, सिद्धार्थ बैंकले ७.५ प्रतिशत तोकेको छ । स्टान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट र एनएमबी बैंकले ७ प्रतिशतले ब्याजदर कायम गरेको छ ।

बैंकहरुको नयाँ ब्याजदर लागू: एउटाले ब्याज बढाउँदा, अधिकांश बैंकले घटाए
काठमाडौँ । आजबाट वाणिज्य बैंकहरुको नयाँ ब्याजदर लागू भएको छ । बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरी लागू गरेका हुन् ।

वाणिज्य बैंकहरुमा अधिकांशले बैंकको ब्याजदर घटाएका छन् । कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.३३१६ प्रतिशत र संस्थगत मुद्दतीमा औसतमा ०.३०६६ प्रतिशत बिन्दुले ब्याजदर घटाएका हुन् । कात्तिक महिनामा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ९.९६४ प्रतिशत र संस्थागत निक्षेपतर्फ ७.८५२६ प्रतिशत रहेको रहेको थियो । व्यक्तिगततर्फ २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाउँदा एउटा बैंकले मात्रै ब्याजदर बढाएको छ ।

कात्तिक महिनाकै ब्याजदरलाई कायम राख्ने बैंकहरु ६ वटा बैंक छन् । माछापुच्छ्रे बैंकले भने केही प्रतिशत ब्याजदर वृद्धि गरेको छ । कात्तिकमा माछापुच्छ्रेले व्यक्तिगत निक्षेपतर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.४९ प्रतिशत ब्याजदर तोकेको थियो । तर मंसिरका लागि लागि भने बैंकले व्यक्तिगत र संस्थागततर्फ क्रमश: १०.६०३ प्रतिशत र ८.६०३ प्रतिशत कायम गरेको छ । माछापुच्छे्र बैंकले मंसिरमा वचतमा ५.६० देखि ८.६० प्रतिशत ब्याज दिने भएको छ ।

मंसिरमा ब्याजदर घटबढ नगर्नेमा नेपाल बैंक, सिटिजन्स, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी र प्राइम कमर्सियल बैंक छन् । यी बैंकले भने कात्तिकको ब्याजदरलाई निरन्तरता दिने भएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले मङ्सिर महिनामा व्यक्तिगत निक्षेपतर्फ ८.९७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत, नबिल बैंकले व्यक्तिगततर्फ ९.१ प्रतिशत र संस्थागततर्फ ७.१ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट मेगाले व्यक्तिगततर्फ ९.५१ प्रतिशत र संस्थागततर्फ ७.५१ प्रतिशत, कृषि विकासले व्यक्तिगततर्फ ९.५१२ प्रतिशत र संस्थागततर्फ ७.५१२ प्रतिशत, ग्लोवल आइएमईले व्यक्तिगततर्फ ९.६ प्रतिशत र संस्थागततर्फ ७.६ प्रतिशत ब्याज दिने भएका हुन् ।

त्यसैगरि हिमालयन बैंक र नेपाल एसबिआईले मंसिर महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ १०.६३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत ब्याज दिने भएका हुन् । सबैभन्दा धेरै ब्याजदर एनआईसी एशिया बैंकले २.०३५ प्रतिशतले घटाएको छ । मङ्सिरका लागि बैंकले व्यक्तिगततर्फ ८.९६८ प्रतिशत र संस्थागततर्फ ६.९६८ प्रतिशत ब्याज दिने भएको हो । एनएमबि बैंकले व्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर कायम गरेको छ । कात्तिकको तुलनामा बैंकले ब्याजदर १.२४३ प्रतिशतले घटाएको हो ।

मंसिरका लागि एभरेष्ट बैंक, प्रभु, सानिमा, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर तोकेका छन् । यी बैंकहरूले ब्याजदर पनि गत कात्तिकको तुलनामा ०.२२४ प्रतिशतले घटेको हो ।

भोलि शनिबार पनि बैंक खुला रहने
काठमाडौँ । भोलि शनिबार पनि बैंक तथा कर कार्यालय खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकले पनि असारसम्म शनिबार र विदाका दिन पनि बैंक खोल्न निर्देशन दिइसकेको छ ।

आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७९÷८० को अनुमानित करको शतप्रशित रकममध्ये तिर्न बाँकी कर रकम (तेस्रो किस्ता) २०८० मसार महिनाभित्र दाखिला गर्नुपर्ने कानूनी व्यवस्था अनुसार म्यादभित्रै विवरण तथा कर दाखिला गर्न अनुरोध गरेको छ ।

यसका लागि भोलि शनिबार सार्वजनिक विदाको दिनमा समेत ठूला करदाता, मध्यमस्तरीय करदाता, आन्तरिक राजस्व, करदाता सेवा कार्यालयहरु तथा राजस्व संकलन गर्ने बैंक शाखा एवम् काउन्टर खुला रहने र भुक्तानी क्लियरिङको काम समेत हुने जनाइएको छ ।

बैंक तथा वित्तीय संस्थाहरू सहर केन्द्रित भए : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बैंक तथा वित्तीय संस्थाहरू सहर केन्द्रित भएको बताउनुभएको छ ।

नागरिक लगानीकोषको कर्णालीमा स्थापना भएको शाखा उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शर्माले बैंक तथा वित्तीय संस्थाहरू निश्चित घराना, भूगोल र सहर केन्द्रित भएका कारण ग्रामीण अर्थतन्त्रको विकासमा चुनौती थपिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा प्राकृतिक स्रोतसाधनको परिचालन, स्थानीय उत्पादन वृद्धि गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरू ग्रामीणस्तरसम्म पुग्नुपर्ने थियो । तर त्यसो भएको छैन । लगानी उत्पादन भए पनि उत्पादनभन्दा बाहिर भएका कारण ग्रामीण अर्थतन्त्र खस्किँदो अवस्थामा छ । बैंक तथा वित्तीय संस्थाहरूले हाम्रा लगानीका क्षेत्रहरू चिन्न सकेका छैनन् । नागरिक र राज्यको लगानी सुरक्षित गर्ने र सही ठाउँमा लगानी गरेर उत्पादन वृद्धि गर्नेतिर नागरिक लगानी कोष लाग्नुपर्छ ।’

उहाँले प्रदेश सरकारले समृद्धि कर्णाली अभियान थालेर वर्षमा १० हजार बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यका साथ आफ्ना नीति तथा कार्यक्रमहरू अगाडि बढाइरहेकाले त्यसमा पनि कोषको सहयोगको खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘समृद्धिको अभियानमा सबै सरोकारवाला निकायहरू एकबद्ध भएर लागौँ । ग्रामीण उत्पादनहरू वृद्धि गरी बेरोजागरी समस्या समाधान गरी मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने गरी काम गर्नुछ । कर्णालीका धेरै प्राकृतिक स्रोत र साधनको सदुपयोग भएको छैन । त्यसतर्फ प्रदेश सरकार लागिरहेको छ ।’

कार्यक्रममा नागरिक लगानी कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले नागरिक लगानी कोषले सरकारी जागिर, निजी क्षेत्रमा काम गर्ने र विदेशमा रहेका समेतको बचतलाई प्राथमिकता दिएर आर्थिक जोखिम व्यवस्थापनमा सहयोग गरिरहेको बताउनुभयो । उहाँले अब नागरिक लगानी कोषसँग सम्बन्धित कामका लागि कोही कसैले पनि केन्द्रीय राजधानी पुग्नुपर्ने समस्याको समाधान भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यसअघि कर्णालीका सेवाग्राहीहरूले नागरिक लगानी कोषसँग सेवा लिन काठमाडौँ जानुपर्ने थियो । अब कोषसँग सम्बन्धित सबै कामहरू कर्णालीमै हुने भए । सेवाग्राहीलाई निकै सहजता हुने भयो ।’