बेलका नगरपालिका – News Polar

कोशीमा बाढी: बाढीकोभन्दा पनि थातथलो छाड्नुपर्ने चिन्ता
काठमाडौं । गत असारको अन्तिम सातातिर सप्तकोशी नदीमा ठूलो बाढी आयो । तटीय क्षेत्रमा पर्ने उदयपुरको बेलका नगरपालिकाका विभिन्न स्थानमा सप्तकोशी नदीको बाढी प्रवेश गर्दा धेरै स्थानीय बासिन्दाहरू विस्थापित भए ।

सप्तकोशी नदीको बाढीले बेलकाको कोशी नदी तटीय क्षेत्रका सिसौलिया, डुम्रीबोट, सातपत्रे, एबिसी, श्रीलङ्का टापु, तपेश्वरी, करैया, भागलपुरसहितका स्थानका दुई हजार पाँच सयभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भए ।

बाढीका कारण विस्थापित भएका बासिन्दालाई उद्धार राहत र पुनःस्थापनाका लागि सरकारी, गैरसरकारी र नागरिकहरु खटिए । बाढीको कहरकै बीच प्रभावित क्षेत्रमा भोलिन्टियर कोर नेपाल (भिसिएन) को टोली पनि पुगेको थियो ।

प्रभावित क्षेत्रमा पुग्नुभएकी राधा मताङ्गीले न्युजपोलारसँग भन्नुभयो, “स्थानीय बासिन्दामा बाढीको भन्दा पनि बसोबास गरिरहेको स्थान छाड्नु पर्ला कि भन्ने चिन्ता बढी छ ।” उहाँका अनुसार प्रभावित क्षेत्रका बासिन्दाले राहत नभई बाँध मागेका छन् ।

बाढी पसेका बेला बेलका क्षेत्रमा भैँसीपालन, कुखुरापालन, गाई फार्म सञ्चालन गर्ने मानिसहरुले आफ्ना फार्म छाडेर हिँड्न नमानेको अवस्थालाई ध्यान दिएर त्यस क्षेत्रमा प्रहरी प्रशासनको निगरानी एवं परिचालन बढाइएको थियो ।

बाढीका कारण कोशीपुलभन्दा केही तल चतरा क्षेत्रमा बाँध भत्किएपछि बस्तीमा बाढी पसेको थियो । नदी किनारका अधिकांश बस्ती ऐलानी जग्गामा रहेको छन् ।

पुरानो धार परिवर्तन हुँदा बगरपछि खेतीयोग्य बनेको सो ऐलानी जग्गामा मानिसले बिस्तारै खेतीपाती र बसोबास गर्न थालेका थिए । ३४ वर्षपछि कोशीले पुनः धार परिवर्तन गर्दा नदीको बाढी नगरपालिकाका विभिन्न बस्तीमा पसेपछि उनीहरु विस्थापित हुनुपर्ने अवस्था आएको हो । तर उनीहरु जस्तोसुकै दुःख गरेर भए पनि सो ठाउँ छाड्ने पक्षमा छैनन् ।

स्थानीय बासिन्दाहरुलाई तीन दशकभन्दा बढी समयदेखि थातथलो जाडेको क्षेत्र छाड्न पटक्कै मन छैन । सरकारले कोशीमा बाँधको व्यवस्था गरिदिए फेरिफेरि नदीको बाढी बस्तीमा पस्दैन भन्ने उनीहरुको भनाइ छ ।

बाढीका कारण बस्ती छाड्ने हो भने भोलि सरकारले उठाउने र थातथलोको टुङ्गो नहुने हो कि भन्ने त्रास स्थानीय बासिन्दामा देखिएको छ । जसका कारण बाढीको सन्त्रासबीच पनि घरमा एक युवा र बस्न सक्ने मानिस वस्तुभाउ तथा घरपालुवा पन्छी कुरेर अरु व्यक्ति अस्थायी आश्रय स्थलतिर गएका थिए ।

बाढी पसेका बेला बेलका क्षेत्रमा भैँसीपालन, कुखुरापालन, गाई फार्म सञ्चालन गर्ने मानिसहरुले आफ्ना फार्म छाडेर हिँड्न नमानेको अवस्थालाई ध्यान दिएर त्यस क्षेत्रमा प्रहरी प्रशासनको निगरानी एवं परिचालन बढाइएको थियो । पछि पानीको बहाव घुँडाघुँडासम्म आएपछि उनीहरु पुनः बस्तीमै फर्किए ।

भिसिएनको टोलीसँगै रहनुभएका बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले बस्ती नहटाउनका लागि आफूले कागज गरिदिने आश्वासन दिँदै बाढीको समयमा अन्य स्थानमा बस्न पटकपटक आग्रह गरे पनि उहाँको आग्रहप्रति स्थानीय बासिन्दा ढुक्क हुन सकेका छैनन् । जसका कारण मेयर कार्कीको प्रयास निरर्थक रह्यो ।

मताङ्गीका अनुसार उद्धारकै क्रममा बेलका नगरपालिका वडा नं १ र २ को सीमामा रहेको एक स्थानमा बाढी पसेर झण्डै मानिस र सवारी साधनलाई बगाएन । नगरप्रमुख कार्कीसहितको टोली फर्कंदै गर्दा साँझ परिसकेको थियो । अकस्मात कता बाट ठूलो बाढी आयो । ठूलो ट्रक नै खोलामा फँसेपछि सबैको हंसले ठाउँ छाडेको थियाे ।

मेयर कार्कीको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, “नागरिकले दैनिक भोगेको दुःख आज भोग्दैछु, जीवन नै यति मात्र हो कि जस्तो लाग्यो । अरुलाई बचाउन खोज्दा खोज्दै झण्डै आफ्नै ज्यान जाला जस्तो भयो, धन्य भाग्यले बाँचियो ।

उहाँका अनुसार भत्किएका बाँध तत्काल मर्मत नगर्ने हो भने अबको बाढीको प्रभावले ठूलो क्षति पुर्याउन सक्छ । कुनै भवितव्य आउनुभन्दा अघि नै सतर्कता नअपानाउने हो भने त्यसपछिको क्षतिको भयावह तस्वीर आखाँमा नै छ ।