बुन्डेसलिगा – News Polar

बायर्नलाई ३४ औं बुन्डेसलिगा उपाधि, अन्ततः ह्यारी केनले उपाधि जिते
काठमाडौँ । जर्मन शीर्ष फुटबल लिग बुन्डेसलिगाको उपाधि बायर्न म्युनिखले जितेको छ ।

दोस्रो स्थानको लेभरकुसेन एससी फ्राइवर्गसँग २–२ को बराबरीमा रोकिएसँगै बायर्नले ३४ औं पटक बुन्डेसलिगाको उपाधि जितेको हो । शीर्षस्थानको बायर्नको ३२ खेलबाट ७६ अंक छ ।

दोस्रो स्थानको लेभरकुसेनको समान खेलबाट ६८ अंक छ । यसैबीच बायर्नका फरवार्ड ह्यारी केनले करिअरमै पहिलो ठूलो उपाधि जित्न सफल भएका छन् । लामो समय इंग्लिस क्लब टोटेनहममा बिताएका उनले कुनै ट्रफि जित्न सकेका थिएनन् ।

गत सिजन लेभरकुसेन च्याम्पियन बनेपछि केन उपाधि जित्न बन्चित भएका थिए । तर, यो सिजन भने केनको भाग्य चम्कियो ।

लाइप्जिगले लेभरकुसेनलाई हरायो
काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत आरबी लाइप्जिगले जित निकालेको छ ।

गएराति भएको खेलमा लाइप्जिगले लेभरकुसेनलाई उसकै घरेलु मैदानमा ३–२ गोलले हराएको हो ।

लाइप्जिगलाई जित दिलाउन लोइस ओपेन्डाले दुई तथा केभिन काम्पीले एक गोल गरे । लेभरकुसेनका जेरेमी फ्रिम्पोङ र अलेजान्ड्रो ग्रिमाल्डोले एक–एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

लाइप्जिगको यो लगातार दोस्रो जित हो । उसले २ खेलबाट ६ अंक जोडेको छ । लेभरकुसेनले समान खेलबाट ३ अंक जोडेको छ ।

एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले
काठमाडौँ । यसअघि नै जर्मन बुन्डेसलिगाको उपाधि जितिसकेको बायर लिभरकुसेनले लिगको अन्तिम खेलमा जित निकाल्दै अपराजित रहेर कीर्तिमान राखेको छ ।

गएराति भएको खेलमा लिभरकुसेनले घरेलु मैदानमा अग्सवर्गलाई २–१ गोलले पराजित गर्यो ।

घरेलु टोलीलाई जित दिलाउन भिक्टर बोनिफेसले १२ औं तथा रोबर्ट एन्ड्रीचले २७ औं मिनेटमा गोल गरे । अग्सवर्गका मेर्ट कोमुरले एक गोल फर्काए ।

लिभरकुसेन सिजनको अन्त्यसम्म आइपुग्दा ३४ खेलमा २८ जित र ६ बराबरीसहित ९० अंकमा लिगको अन्त्य गर्यो । ८९ गोल गर्दा २४ गोल खायो । समग्रमा टोली ५१ खेलमा अपराजित रहेको छ ।

लेभरकुसेनको अपराजित यात्रा कायमै, डर्टमण्डसँगको रोमाञ्चक बराबरी
काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगामा लेभरकुसेनले अपराजित यात्रालाई कायमै राखेको छ । गएराति भएको खेलमा लेभरकुसेनले बोरुसिया डर्टमण्डसँग १–१ गोलको बराबरी खेल्यो ।

घरेलु मैदानमा डर्टमण्डले ८१ औं मिनेटमा निकलास फुल्कवर्गको गोलबाट अग्रता लिएको थियो । यता, खेल सकिनै लाग्दा इन्जुरी समयमा ९०.७ औं मिनेटमा जोसिप स्टानिसिचले गोल गर्दै लेभरकुसेनलाई हारबाट जोगाए ।

लिगको उपाधि जितिसकेको लेभरकुसेनले एक खेल पनि हारेको छैन । ३० खेलमा उसले २५ खेलमा जित तथा ५ खेलमा बराबरी खेलेको छ । डर्टमण्ड भने ५७ अंकका साथ पाँचौं स्थानमा छ ।

डर्टमण्डसँग हारेपछि बायर्नलाई धक्का, अपराजित लेभरकुसेनले लिग जित्ने लगभग पक्का
काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिख बोरुसिया डर्टमण्डसँग पराजित भएको छ । गएराति भएको खेलमा बायर्नले घरेलु मैदानमै २–० गोल खाएको हो ।

डर्टमण्डलाई जित दिलाउन खेलको १० औं मिनेटमा करिम एडेएमीले तथा ८३ औं मिनेटमा युलियन रेयर्सनले गोल गरे । यो हारसँगै बार्यनलाई उपाधि सम्भावनामा धक्का लागेको छ । बायर्न २७ खेलबाट ६० अंकसहित दोस्रो स्थानमा छ ।

जारी सिजनमै अपराजित रहेको लेभरकुसेन २७ खेलबाट ७३ अंकसहित तालिकाको शीर्षस्थानमा यथावत छ । डर्टमण्ड ५३ अंकसहित चौंथो स्थानमा रहेको छ ।

गएराति नै भएको खेलमा लेभकुसेनले होफेनहिमविरुद्ध पुनरागमन गर्दै जित निकाल्यो । खेलको ३३ औं मिनेटमा म्याक्सिमिलियन बेइयरले गोल गर्दै होफेनहिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ८८ औं मिनेटमा रोबर्ट एन्ड्रिचले तथा ९०+१ औं मिनेटमा प्याट्रिक सिकले गोल गर्दै लेभरकुसेनलाई जित दिलाए । लगातार तेस्रो हार बेहोरेको होफेनहिम २७ खेलबाट ३३ अंकका साथ तालिकाको नवौं स्थानमा छ ।

केन चम्किँदा बायर्न विजयी
काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले आरबी लाइप्जिगलाई २–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन दुबै गोल ह्यारी केनले गरे । लाइप्जिगका बेन्जामिन सेस्कोले एक गोल फर्काए । खेलको ५६ औं मिनेटमा केनले पहिलो गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।

७० औं मिनेटमा सेस्कोले गोल गर्दै लाइप्जिगलाई १–१ गोलको बराबरीमा ल्याए । यता, ९०+१ औं मिनेटमा केनले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै महत्वपूर्ण जित दिलाए ।

बायर्न २३ खेलबाट ५३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । लाइप्जिग ४० अंकका साथ पाँचौं स्थानमा छ ।

लेभरकुसेनले तोड्यो बायर्न म्युनिखको कीर्तिमान
काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर लेभरकुसेनले अपराजित यात्रालाई कायमै राखेको छ । गएराति भएको खेलमा लेभरकुसेनले माइन्जलाई २–१ गोलले पराजित गर्यो ।

लेभरकुसेनलाई जित दिलाउन खेलको तेस्रो मिनेटमा ग्रानिट जाकाले तथा ६८ औं मिनेटमा रोबर्ट एन्ड्रिचले गोल गरे । खेलको सातौं मिनेटमा डोमिनिक कोहरले गरेको गोल माइन्जका लागि सान्त्वना गोल भयो ।

यो जितसँगै लेभरकुसेनले बायर्न म्युनिखको कीर्तिमान समेत तोडेको छ । लेभरकुसेनले बायर्न म्युनिखको ३३ खेलको अपराजित यात्रा (सबै फम्र्याट)को कीर्तिमानलाई भङ्ग गरेको हो ।

लेभरकुसेन बुन्डेसलिगामा शीर्षस्थानमा कायम छ । उसको २३ खेलबाट ६१ अंक छ । बार्यन २२ खेलबाट ५० अंकका साथ दोस्रो स्थानमा छ । माइन्ज १५ अंकसहित १७ औं स्थानमा छ ।

लेभरकुसेनको अपराजित यात्रा कायमै, बायर्नलाई ३–० गोलले हरायो
काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर लेभरकुसनको अपराजित यात्रा कायमै छ । उसले गएराति बायर्न म्युनिखलाई पराजित गर्दै पाँच अंकको अग्रता समेत बनाएको छ ।

घरेलु मैदान बाय एरिनामा लेभरकुसेनलाई जित दिलाउन खेलको १८ औं मिनेटमा जोसिप स्टानिसिच, ५० औं मिनेटमा एलेक्स ग्रिमाल्डोले र ९०.५ औं मिनेटमा जेरेमी फ्रिम्पोंगले गोल गरे ।

जितसँगै लेभरकुसेन २१ खेलबाट ५५ अंकका साथ शीर्षस्थानमा छ । बायर्न ५० अंकसहित दोस्रो स्थानमा छ ।

डर्टमण्डमाथि बायर्नको सानदार जित, केनले गरे ह्याट्रिक
एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले चीर प्रतिद्वन्द्वी डर्टमण्डविरुद्ध सहज जित हात पारेको छ ।

गएराति भएको खेलमा बायर्नले डर्टमण्डलाई उसकै मैदानमा ४–० गोलले पराजित गरेको हो । बायर्नलाई फराकिलो जित दिलाउन ह्यारी केनले ह्याट्रिक समेत गरे । उनले खेलको ९, ७२ र ९०+३ औं मिनेटमा गोल गरेका हुन् ।

खेलको चौंथो मिनेटमा नै डायोट उपमीकानोको गोलबाट बायर्नले खेलमा अग्रता बनाएको थियो ।

यो नतिजासँगै बायर्न १० खेलबाट २६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ भने डर्टमण्ड समान खेलबाट २१ अंकका साथ चौंथो स्थानमा छ ।

बोचुमको पोस्टमा बायर्नले हान्यो सात गोल, केनले गरे ह्याट्रिक
एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा बायर्नले भिएफएल बोचुमलाई ७–० गोलले पराजित गरेको हो ।

एकतर्फि बनेको खेलमा बायर्नलाई फराकिलो जित दिलाउन ह्यारी केनले ह्याट्रिक तथा दुई असिस्ट प्रदान गरे ।

यस्तै, एरिक मोटिंग, डी लिग्ट, लेरोइ साने र म्याथिस टेलले एक–एक गोल थपे । केनले १२औं, ५४ औं (पेनाल्टी) र ८८ औं मिनेटमा गोल गर्दै ह्याटिर पूरा गरेका हुन् ।

जितसँगै बायर्न ५ खेलबाट १३ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । बोचुम भने समान खेलबाट ३ अंकका साथ १४ औं स्थानमा छ ।

केन चम्किँदा बायर्नको लगातार दोस्रो जित
एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले जित निकालेको छ ।

गएराति भएको खेलमा बायर्नले अग्सवर्गलाई ३–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा बायर्नलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे । एक गोल भने बायर्नले उपहारस्वरुप पायो । खेलको ३२ औं मिनेटमा अग्सवर्गका फेलिक्स उडोखईले आत्मघाती गोल गरेपछि खेलमा बायर्नले अग्रता लियो ।

४० औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ६९ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बायर्नको अग्रता ३–० ले बढाए ।

यता, ८६ औं मिनेटमा डिओन ड्रेना बेल्जोले गोल फर्काएपनि अग्सवर्गका लागि सान्त्वना गोल बन्यो । बायर्नको यो लगातार दोस्रो जित हो । टोली ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । अग्सवर्ग १ अंकका साथ ११ औं स्थानमा छ ।

बुन्डेसलिगा डेब्युमा ह्यारी केनको गोल र असिस्ट
एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत साविक विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा बायर्नले वेर्डर ब्रेमेनलाई उसकै मैदानमा ४–० गोलले पराजित गरेको हो । बायर्नलाई फराकिलो जित दिलाउन लेरोई सानेले २ गोल गरे भने ह्यारी केन र माथिस टेलले एक–एक गोल गरे ।

खेलको चौंथो मिनेटमा सानेको गोलबाट बायर्नले सुरुवाती अग्रता बनाएको थियो । ७४ औं मिनेटमा केनको गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । यस्तै, ९० औं मिनेटमा सानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दा बायर्न ३–० ले अघि रह्यो ।

अन्तिम समयतिर खेलको इन्जुरी समयमा टेलले गोल थप्दै बायर्नलाई सिजनको पहिलो खेलमा ४–० गोलको जित दिलाए । यसै सिजन करिब १०० मिलियनमा बायर्न आएका इंग्ल्याण्डका कप्तान ह्यारी केनको बुन्डेसलिगा डेब्यु सफल रह्यो ।

उनले एक गोल तथा सानेको पहिलो गालमा असिस्ट प्रदान गरे । जितसँगै बायर्नले पहिलो खेलबाट ३ अंक जोडेको छ । ब्रेमेनले भने हारबाट लिगको सुरुवात गरेको छ ।

बुन्डेसलिगाः डर्टमण्डलाई स्तब्ध पार्दै बायर्न च्याम्पियन
एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगाको उपाधि बायर्न म्युनिखले जितेको छ । भर्खरै सम्पन्न खेलमा एफसी कोल्नलाई २–१ ले हराउँदै बायर्न च्याम्पियन बनेको हो ।

खेलको आठौं मिनेटमा किंग्स्ले कोमानले गोल गर्दै पाहुना टोली बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । ८१ औं मिनेटमा डेजान जुविचिचले पेनाल्टीमा गोल गर्दै कोल्नलाई १–१ को बराबरीमा ल्याए ।

८९ औं मिनेटमा जमाल मुसियालाले गोल गर्दै बायर्नलाई जितमात्र दिलाएनन् जारी सिजनको उपाधि समेत दिलाए । यता, माइन्जसँग २–२ गोलको बराबरीसँगै डर्टमण्ड भने उपाधि जित्न चुक्यो ।

डर्टमण्डलाई जितको आवश्यक थियो । समान ७१–७१ अंक भएपनि बायर्न गोलडिफरेन्सको आधारमा च्याम्पियन बनेको हो ।

डर्टमण्ड बुन्डेसलिगाको शीर्षस्थानमा उक्लियो
एजेन्सी । जर्मल फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बोरुसिया डर्टमण्ड शीर्षस्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा अग्सवर्गलाई उसकै घरेलु मैदानमा ३–० गोलले पराजित गर्दै डर्टमण्ड शीर्षस्थानमा उक्लिएको हो ।

डर्टमण्डलाई जित दिलाउन सेवास्टियन हलेरले दुई तथा जुलियन ब्रान्ड्टले एक गोल गरे । सेवास्टियनले ५८ औं र ८४ औं मिनेटमा गोल गर्दा जुलियनले खेल सकिनै लाग्दा इन्जुरी समयमा गोल गरेका हुन् ।

खेलको ३८ औं मिनेटमा फेलिक्स उडोखईले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अग्सवर्ग १० खेलाडीमा समेटिएको थियो ।

३३ खेलबाट ७० अंकका साथ डर्टमण्ड शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानका बायर्नको समान खेलबाट ६८ अंक छ । अब दुई टोलीले एक–एक खेलमात्र खेल्न बाँकी छ । अग्सवर्ग भने ३३ खेलबाट ३४ अंकका साथ १४ औं स्थानमा छ ।

बुन्डेसलिगाः बार्यनको सानदार जित
एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।

आइतबार राति सम्पन्न खेलमा बायर्नले बोचुमलाई ७–० गोल अन्तरले हराएको हो ।

बायर्नलाई जित दिलाउन साडियो मानेले दुई गोल गरे भने लेरोए साने, म्याथिस डी लिग्ट, किङ्सले कोम्यान र सर्ज जिनाब्रीले एक एक गोल गरे । बोचुमका क्रिस्टियन गाम्बोयाले एक आत्मघाती गोल गरे ।

बार्यनको यो लगातार तेस्रो जित हो । ९ अंकसहित बायर्न शीर्षस्थानमा रहेको छ भने अंकबिहिन रहेको बोचुम पुछारमा रहेको छ ।