बिर्तामोड – News Polar

बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै
झापा । सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ ।

सडक डिभिजन कार्यालयका सबइञ्जिनियर मदन साहका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी (प्याकुरेल चोक) सडक, गोकुल जोशी मार्ग र सहिदचन्द्र मार्ग सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । नगरका २, ३, ४, ६, ७ र ९ नम्बर वडालाई जोड्ने ती सडकको निर्माण लागत रु एक अर्बभन्दा बढी छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम कालोपत्र भइरहेको छ ।

विश्व बैंकको आर्थिक सहयोग रहेको वडा नम्बर ६, ७ र ८ जोड्ने छ किलोमिटर २५८ मिटर लामो सडकमा हाल कालोपत्र भइरहेको छ । जेठको तेस्रो सातासम्ममा निर्माण सम्पन्न हुने आरपी समता जेभीका मनोज उप्रेतीले बताउनुभयो । यो सडक आरपी समता जेभीले रु ५८ करोडमा निर्माणको ठेक्का लिएको हो ।

बिर्तामोड नगरपालिकालाई हल्दिबारी गाउँपालिकासँग जोड्ने सहिद चन्द्रमार्गको दुई किलोमिटर सडक आगामी १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ तीन खण्डमा कालोपत्र भइरहेको छ । दुई किलोमिटर लामो उक्त सडकको पहिलो खण्डमा रु पाँच करोड ६० लाखको ठेक्का सिद्धीथुम्का एभरग्रिन जेभीले, दोस्रो खण्डमा ट्रस्ना निर्माण सेवाले रु ६८ लाखमा र तेस्रो खण्डमा नाम्लाक निर्माण सेवाले रु एक करोड पाँच लाखमा निर्माणको जिम्मा लिएको छ ।

वडा नम्बर २ देखि ३ हुँदै कनकाई नगरपालिका जोड्ने चारपाने–घैलाडुब्वा एक किलोमिटर सडकको रु छ करोडको ठेक्कामा शान्ति निर्माण सेवा प्रालिले धमाधम निर्माण गरिरहेको वडाध्यक्ष किशोर बुढाथोकीले बताउनुभयो ।

विर्तामोड–४ स्थित हर्कलाल मार्गको स्तरोन्नति तीन खण्डमा भइरहेको छ । प्रदेश र नगरपालिकाको लगानीमा निर्माणाधीन उक्त सडकको बीचको खण्डमा कालोपत्र भइसकेको छभने पहिलो र अन्तिम खण्डमा काम जारी छ । उक्त सडकको पहिलो खण्ड रु एक करोड १३ लाख, दोस्रो खण्ड रु छ करोड र अन्तिम खण्ड रु एक करोड ११ लाखमा ठेक्का लागेको हो ।

कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको रु दुई करोड ६० लाख समपूरक बजेटबाट दाहाल गाउँबाट लालमाटी चोक पश्चिम खण्डसम्म एक किलोमिटर क्षेत्रमा स्तरोन्नति कार्य धमाधम भइरहेको छ । यहाँ केही दिनमा सडक कालोपत्र गरिने निर्माण व्यवसायी दिनेश मैनालीले जानकारी दिनुभयो ।

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा प्रसाईँले सडक स्तरोन्नतिको निरन्तर अनुगमन भइरहेको बताउनुभयो । रासस

बिर्तामोडको फोहर निजी जग्गामा व्यवस्थापन गरिने
बनियानी । केही दिनदेखि सडक किनारमै रहेको बिर्तामोडको फोहर उठ्ने भएको छ । नगरपालिका क्षेत्रको फोहर निजी जग्गामा व्यवस्थापन गरिने भएसँगै फोहर उठ्ने भएको हो ।

नगरमा उत्पादित फोहर तत्कालका लागि बिर्तामोड–८ हर्चनास्थित सुरेन्द्र नेपालको निजी जग्गामा बिर्सन गरिने भएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले जानकारी दिनुभयो । जग्गाधनीसँग सहमति भइसकेकाले नगरको फोहर आजदेखि नै उठाइने उहाँले बताउनुभयो । बिर्तामोडमा फोहर व्यवस्थापनमा समस्या हुँदा केही दिनयता फोहोर सडक किनारमै रहेको छ ।

सर्वदलीय बैठकमार्फत फोहर व्यवस्थापन गर्न सबै राजनीतिक दल, स्थानीयवासी र सरोकारवालाले आवश्यक सहयोग/समन्वय गर्ने निर्णय भएको नगरप्रमुख पवित्रा महताराले बताउनुभयो । फोहर बिर्सजनस्थलसम्म जाने सडकको स्तरोन्नति, तटबन्ध र सडक बत्ती जडानलगायत नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्ने भएको छ ।

बिर्तामोड–७ स्थित सुन्दर निचाझोडा वन क्षेत्रमा रहेको खाली जग्गामा वृक्षारोपण गरी फोहर व्यवस्थापन गर्न सम्भाव्यता अध्ययन, फोहर व्यवस्थापनको दिगो र प्रभावकारी व्यवस्थापनका लागि नगरपालिकाले उपयुक्त स्थानमा आवश्यक जग्गा खोजी तथा प्राप्ति तथा कनकाई–अर्जुन–बिर्ता नवीकरणीय ऊर्जा कम्पनीमार्फत फोहरबाट ऊर्जा र मल उत्पादन गर्ने कार्यमा साझेदारी गर्ने निर्णय गरिएको छ ।

कुहिने र नकुहिने फोहर वर्गीकरण गर्न नगरका सबै घर परिवार तथा व्यावसायिक प्रतिष्ठानलाई आह्वान गरिएको छ । वर्गीकरण नभएको फोहर सङ्कलन नगर्ने कार्ययोजना बनाएर लागू गर्ने, फोहर सङ्कलन, ढुवानी र बिर्सजन गर्ने कार्यमा अवरोध पु¥याउनेलाई कारबाही गर्ने तथा फोहर व्यवस्थापनका लागि नगरउपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको संयोजकत्वमा गठन भएको समितिमा सबै राजनीतिक दलको प्रतिनिधित्व हुने गरी पुनःगठन गरिने भएको छ ।