बाल उद्धार अभियान – News Polar

नेपालमा मानव बेचबिखन र बाल उद्धार अभियान नेपालको सत्कर्म
कुनै पनि व्यक्तिलाई उसको इच्छा विपरितको काम गराउन नियन्त्रणमा राख्ने अथवा किनवेच गर्ने काम नै मानव बेचबिखन हो । समाजमा यस्ता मानिसहरु पनि हुन्छन्जसले आफ्नो व्यक्तिगत इच्छा पूर्ति गर्न होस् अथवा व्यवशायिक लाभको उद्देश्यले पैसाको लोभ देखाएर होस् वा शक्तिको दुरुपयोग गरेर मानव बेचबिखन गर्दछन्।

विशेषगरी यौनदासी बनाउन र विनापारिश्रमिक काममा लगाउन मानव बेचबिखन हुने गर्दछ । मानव बेचबिखन एक सामाजिक अपराध हो । विश्वमा लागूऔषध पछिको दोश्रो ठूलो र तीब्र रुपमा बढ्दै गएको अपराध नै मानव बेचबिखन हो । नेपाल मानव बेचबिखन दृष्टिले निक्कै नै जोखिमपूर्ण देश हो ।

मानव बेचबिखनको वैज्ञानिक र सर्वस्वीकार्य परिभाषा पालेर्मो प्रोटोकल (मानव बेचबिखनलाई रोक्ने दबाउनेर सजाय गर्ने संयुक्त राष्ट संघको प्रलेख २०००) ले गरेको पाइन्छ । यस प्रलेखलाई नेपाल सरकारले पनि अनुमोदन गर्ने निर्णय गरिसकेका छ ।

हरेक बर्षको जुलाई ३० तारिखका दिनलाई संयुक्त राष्ट्र संघले अन्तराष्ट्रिय मानव बेचबिखन बिरुद्धको दिवसको रुपमा मनाउँदै आएको छ । मानव बेचबिखन एक अपराध मात्र नभई यो मानव अधिकार मर्यादा तथा मानिसको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको गम्भीर उल्लंघन हो । मानव बेचबिखन विश्वव्यापी साझा समस्याको रुपमा रहेको छ । यो समस्या विश्वव्यापी रुपमा पहिचान भएको छ तर पनि मानिसहरुको बेचबिखन तथा बाध्यकारी श्रममा लगाउने क्रम रोकिएको छैन्।

नेपालमा मानव बेचबिखनको अवस्था

यौनदासी बनाउनकै लागि हरेक बर्ष १५ हजार भन्दा बढी महिला तथा वालिकाहरु नेपालबाट भारतमा बेचिन्छन् भने केही बर्ष यता मध्यपूर्व र दक्षिण एशियाली देशहरुमा पनि बेचिने गरेका छन्। महिलाहरुलाई यौनदासी बनाउने, कठिन श्रममा लगाउने लगायत अन्य विभिन्न उद्देश्यको लागि किनबेच हुने गरेको पाइन्छ ।

विगत केही बर्ष यता पुरुषहरु समेत किनबेच हुने गरेका छन्। बेचबिखनमा परेका ५० प्रतिशत भन्दा बढी पिडितहरु नातेदार र चिनेजानेका मानिसहरुबाट बेचिने गरेका छन् । यस्तै ११ दखि २५ बर्षका महिलाहरु तथा वालिकाहरु बेचबिखनको उच्च जोखिममा रहेका छन्। बैदेशिक रोजगारी, शैक्षिक परामर्श, अन्तरदेशीय विवाह, पर्यटन तथा साँस्कृतिक कार्यक्रम, धर्मसन्तान लगायतका विभिन्न नाममा मानव बेचबिखनका घटनाहरु बढ्दै गएको पाइन्छ ।

मानव तस्करहरुले संगठित रुपमा युवायुवतीहरुलाई मलेसिया लगायत खाडी मुलुक, इराक, लिबिया, अफ्रीका, अमेरिका, अष्ट्रेलिया, जापान, जर्मनी, सिरिया, ओमान, ताजकिस्तान तथा युरोपीयन देशहरुमा पुर्‍याउने प्रलोभनमा भारतको बाटो हुँदै लैजाने र विचैमा बेच्ने समेत गरेको पाइन्छ ।

सञ्चार जगतमा आएको पविर्तनले संसारलाई एक बनाएको छ । संसारका कुनै पनि भागमा भएका, घटेका घटनाहरु क्षणभरमा नै सबैको हातमा भएको मोवाइलमा पुग्ने गरेको छ । जसले गर्दा एकातिर मानिसहरुको आवश्यकताहरु बढ्दै गएका छन्भने अर्कोतिर इन्टरनेटमा भएको पहुँचका कारण राम्रा, नराम्रा सबैखाले गतिविधिमा मानिसहरु आकर्षित हुने गरेका छन्। आवश्यकताहरु पुरा गर्न होस्अथवा राम्रा, नराम्रा कुराहरुको अनुभव गर्न मानिसहरु

अपराधिक कार्य गर्न, गराउन लागि पर्ने गरेको पाइन्छ ।

विशेषगरी वालवालिकाहरु र अशिक्षितहरुलाई सामाजिक सञ्जालमा उपलब्ध सामाग्रीहरुले छिट्टै प्रभाव पार्ने हुँदा मानव बेचबिखन जस्ता अपराध कर्म गर्नेहरुलाई सजिलो भएको छ । बेचिएका चेलीहरु मध्य १ प्रतिशतकोमात्र उद्धार हुने र घर फर्कने गरेको तथ्याङ्क पाइन्छ । जसको उद्धार हुन सक्दैन तिनीहरुको यौवनकाल यौनकार्य र श्रम शोषणमा वित्ने गरेको र बृद्ध, असक्त र विरामी नभएसम्म नरकीय जिवन विताउनु परेको छ । यस अवस्थामा एकातिर मानव बेचबिखन रोक्नु त पर्छ नै तर पनि बेचिएकाहरुलाई उद्धार गरेर घर फर्कने वातावरण बनाउन अझ बढी सक्रियता जरुरी हुन्छ ।

नेपालमा आन्तरिक मानव बेचबिखन नेपालमा मानव बेचबिखन केवल नेपालबाट अन्य देशमा मात्र नभइ नेपालभित्रै आन्तरिक रुपमा समेत भइरहेको कुरा विदितै छ । मानव बेचबिखनको सन्दर्भमा नेपालमा नागरिकस्तर तथा सरकारको गतिविधि सीमापार मानव बेचबिखनमा बढी केन्द्रीत भएको सन्दर्भमा नेपालभित्रै भइरहेको आन्तरिक मानव बेचबिखनको सवाल भने छायाँमा परेको छ । यसको प्रमुख कारण पर्याप्त र उपयुक्त कानूनी व्यवस्थाको अभाव तथा मानव बेचबिखन प्रभावित प्रति हुने सामाजिक लाञ्छनाका साथै आम मानिसहरुमा रहेको मानव बेचबिखनको सिमित बुझाइ नै हो ।

शहरी क्षेत्रमा मनोरञ्जन तथा यौन कार्यका लागि युवा युवतीहरूको बढ्दो मागले मानव बेचबिखनलाई विस्तार गर्न थप बल पुर्‍याएकोछ । मनोरंञ्जन व्यवसायको आडमा यौन धन्दा लगायत अन्य शोषणयुक्त बाध्यकारी श्रममा लाग्न बाध्य बनाउने जस्ता बेचबिखन क्रियाकलापहरू पछिल्लोसमयमा बढ्दै गएको पाइन्छ ।

नेपालभित्रै मानव बेचबिखनको घटनाहरु विशेषत: वयस्क मनोरञ्जन व्यवसाय तथा इट्टाभट्टामा हुने श्रम शोषणका क्षेत्रमा भएको पाइन्छ । विषेशत: मनोरञ्जन तथा सत्कार सेवा व्यवसाय अन्तर्गत डान्सबार, दोहोरी साँझ, रोधी, मसाज पार्लर, क्याबिन, गेष्टहाउस, डिस्को आदि व्यवसायहरुमा महिला तथा बालबालिकाहरु जबरजस्ती श्रम, यौन शोषण तथा बेचबिखनमा रहेको पाइन्छ । यस क्षेत्रमा रहेका श्रमिकहरुलाई मुख्यत: ऋण सापटी दिएर, अघिल्लो महिनाको तलब रोक्का गरेर, अन्यत्र रोजगारीबाट रोक्ने धम्किको प्रयोग गरी तथा बालश्रमिकका आफन्त, अविभावक वा नातेदारसँगको सम्झौता देखाई जबर्जस्ती श्रममा लगाउने गरिएको पाइएको छ ।

मानव बेचबिखनका कारणहरु

-गरिबी, अशिक्षा, जनचेतनाको कमी,

-घरेलु हिंसा,

-नयाँ अवसरको खोजी,

-अपहेलनामा परेका टुहुरा, सिमान्तकृत, राज्यमा पहुँच नभएकाहरुको समूह

– आधुनिक सुविधाको उपभोग गर्ने चाहना, विदेश घुम्ने रहर, धन कमाउने अभिलाषा,

-पारिवारिक बन्धनबाट मुक्तिको चाहना,

– दलाल, विचौलिया, तस्करहरुको प्रभावमा पर्नु,

– समाजका ठूलाठालुहरुको देखासिकी गर्नु,

– सञ्चार जगतमा आएको पविर्तन र नागरिकहरुको पहुँच,

– इन्टरनेट मार्फत सामाजिक सञ्जालमा भेटिने सामाग्रीको प्रभाव,

– फितलो कानुन र दलाल, विचौलिया, तस्करहरुले पाउने उन्मुक्ति

नेपालमा मानव बेचबिखन रोक्न सरकारी प्रयास

नेपालले मानव बेचबिखनको सरोकारलाई ७ दशक भन्दा पहिलेदेखि नै उठाउँदै आएको पाइन्छ । वि सं. २००४ को गोरखापत्रमा पनि भारतमा चेलिबेटी बेचबिखन हुन सक्ने हुँदा नागरिकहरुलाई सचेत हुनका लागि सूचना प्रकाशन गरिएको पाइन्छ । नेपालको संविधान २०७२ ले मानव बेचबिखनलाई संवैधानिक रुपमा निषेध र दण्डनीय बनाएको छ ।

मौलिक हक अन्तर्गत महिलाको हक, रोजगारीको हक, शोषणविरुद्धको हक, न्यायको हक, यातना विरुद्धको हक, स्वतन्त्रताको हक तथा बालबालिकाको हकको सन्दर्भमा मानव बेचबिखनलाई निषेधित गरिएको छ । नेपालले मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण गर्ने ऐन २०६४

निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।

नेपाल संयुक्त राष्ट्र संघले पारित गरेका प्रमुख ९ मानव अधिकार महासन्धिहरु मध्ये ७ वटा महासन्धिको र आइएलओ महासन्धिहरु मध्ये ९ वटा महासन्धिको पक्ष राष्ट्र हो । मानव बेचबिखन विरुद्धको अभियानलाई प्रभावकारी बनाउन नेपालमा मानव अधिकार आयोग, राट्रिय समाधिक्षकको कार्यालयको स्थापना समेत भएको छ । तर पनि मानव बेचबिखन सम्बन्धि नेपालको विद्यमान ऐनले शोषणको परिभाषा प्रचलित मानव अधिकारका मापदण्ड तथा मानव बेचबिखनविरुद्धका अन्तर्राष्ट्रिय परिभाषा अनुरुप गरेको पाईंदैन ।

नेपालमा रहेको विद्यमान मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण र सजाय गर्ने ऐन (२०६४) को परिभाषामा रहेको अन्यौलता र सिमितताका कारण मानव बेचबिखनका घटनाहरुलाई कानुनी दायरामा ल्याउन नसकिएको राष्ट्रिय मानव अधिकारआयोगले समेत औंल्याएको छ । ऐनले श्रम शोषण, अंग प्रत्यारोपण, जबर्जस्ती विवाह तथा अन्य प्रयोजनका लागि हुने वा भइरहेका बेचबिखनका घटनाहरुलाई स्पष्ट रुपमा उल्लेख नगर्नाले मानव बेचबिखनका घटनाहरु छायाँमा पर्न गएको छ ।

मानव बेचबिखनमा देखा परेका चुनौतीहरु

-मानव बेचबिखनमा बेचिने व्यक्तिलाई आफू बेचिंदै छु, दलालको फन्दामा पर्दैछु भन्ने जानकारी नहुनु।

– मानव तस्करी र बेचबिखन गर्ने गिरोहले प्रत्यक व्यक्तिलाई फरक फरक लालच दिने र प्रभावमा पार्ने गर्नु ।

– मानव तस्करी र बेचबिखन गर्ने गिरोहले नक्कली बिवाहको नाटक, नक्कली नातासम्बन्ध बनाउने गर्नु ।

-महिला, बालबालिका, पुरुष सबै दलालहरुको पलन्दामा परेर बेचिनु।

-पहिले जस्तो वेश्यालयमा मात्र लैजाने उद्देश्यमा परिवर्तन आएर मनोरञ्जनका लागि डान्स बार, क्याविन रेष्टुरेन्ट, सर्कस, अस्लिल भिडियो निर्माण, मानव अंगहरु मृगौला, छाला, कलेजो आदि झिक्ने जस्ता विभिन्न कार्यको लागि पनि मानव तस्करी र बेचबिखन हुने गर्नु ।

– संगठित समूह, योजना र गन्तब्यको आधारमा मानव तस्करी र बेचबिखन हुने गर्नु ।

– मानव तस्करी र बेचबिखन गर्ने गिरोहको सञ्जार विश्वभरी नै फैलिदै जानु।

-सरकारी स्तरबाट सूचना प्रवाह, अभिलेखिकरण, नियन्त्रणका प्रयासका वारेमा तथ्य परक जानकारी दिन नसक्नु।

-सामाजिक सञ्जाल, सञ्चार माध्यमलाई प्रभावकारी रुपमा प्रयोगमा ल्याउन नसक्नु।

– पिडितले आफ्नो र परिवारको इज्जत, प्रतिष्ठा आदिका कारण पनि यो विषलाई बाहिर ल्याउन नचाहनु, दोषीलाई कारवाही गर्न जाहेरी नदिनु ।

हाल आएर मानव बेचबिखनको लागि इन्टरनेट र मोवाइल फोनमा उपलब्ध हुने नयाँनयाँ एपको समेत प्रयोग हुने गरेको पाइन्छ । सूचनाप्रविधिमा बढ्दो पहँचका कारण त्यसको दुरुपयोग गर्दै मानव बेचबिखनको क्रम झन बढ्दै गएको छ । कलिला युवतीहरुलाई मानव बेचबिखनका दलालहरुले समाजिक सञ्जालको माध्यमबाट सजिलै सम्पर्क गर्ने, फकाउने, प्रभाव पार्ने र बेच्ने काम गर्दै आएका छन्।

रोकथामका उपायहरु

– मानव तस्करी र बेचबिखन विरुद्ध जनचेतना अभिबृद्धि गर्नु पर्ने

– विद्यालय तहदेखि नै मानव तस्करी र बेचबिखन, आफू कसरी बच्ने र अरुलाई कसरी बचाउने भन्ने बारेमा शिक्षा दिनु पर्ने

– रोजगारीका लागि विदेश जानेहरुलाई मानव तस्करी र बेचबिखन बारेमा शिक्षा दिने, गलत मान्छे र बाटोबाट जाँदा हुने संभावित घटनाहरुको बारेमा जानकारी दिने

– शंकास्पद व्यक्ति र जोखिममा रहेकाहरुको बारेमा निगरानी राख्ने

-मानव तस्करी र बेचबिखन विरुद्ध काम गर्ने संघसंस्थाहरुसँग समन्वय, सहकार्य गर्ने

– पिडितहरुलाई परिवार र समाजमा स्थापित हुन पाउने वातावरणको सिर्जना गर्ने

-मानव तस्करी र बेचबिखन विरुद्धको कानुनमा आवश्यक परिमार्जन गरी उचित दण्ड, जरिवाना र सँजायको सुनिश्चितता गर्ने

– अबैध रुपमा भारतीय सिमा नाकाबाट मानव तस्करी र बेचबिखन हुने गरेकाले सिमानाकामा निगरानी गर्ने

-अनुसन्धान प्रकृयालाई प्रभावकारी, व्यवहारिक र बैज्ञानिक बनाउने

– मानव बेचबिखनका विरुद्धका कानुनहरुलाई समयानुकुल परिमार्जन गर्ने र प्रभावकारी रुपमा कार्यन्वयनमा ल्याउने

– राजनैतिक नेतृत्व, सरकारका उच्च तह, पार्टी नेतृत्व, समाजका अगुवा कतैबाट पनि दोषीलाई हुने कारवाहीमा हस्तक्षेप हुनुभएन

बाल उद्धार अभियान नेपाल

समाजसेवी, व्यवशायी, सेवानिबृत्त कर्मचारी लगायतका व्यक्तिहरु मिलेर १५ बर्ष अगाडि स्थापना गरिएको बाल उद्धार अभियान नेपाल समाज कल्याण परिषदमा दर्ता भएको छ । बाल उद्धार अभियान नेपालको प्रमुख उद्देश्य भनेको अभाव र गरिबीको चपेटामा परेका, टुहुरा, असाहाय पिछडिएका वालवालिकाहरुलाई सहयोग गर्ने, नेपालमा रहेको चरम गरिबी, घरेलु दासत्व, जबरजस्ती बालश्रम, मानव बेचविखन जस्ता सामाजिक अपराधका घटनामा परेकाहरुको उद्धार गर्नु, उक्त कार्यहरुको विरुद्धमा जनचेतना अभिबृद्धि गर्नु, भूकम्प लगायतका विभिन्न प्राकृतिक विपत्तिहरुमा परेकाहरुलाई मानवीय सेवा प्रदान गर्नु लगायतका छन्।

यस संस्थाको ‘शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो जसलाई संसार परिवर्तन गर्न प्रयोग गर्न सकिन्छ’ भन्ने मूल मन्त्र रहेको छ । चिल्ड्रेन रेस्क्यू मिसन अमेरिकाको सहयोग र सहकार्यमा बाल उद्धार अभियान नेपालले आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । संस्थाले गर्दै आएका कामहरु

-मानव बेचविखन र गरिबीबाट बचाउन वालवालिकाहरुलाई नियमित रुपमा विद्यालयमा उपस्थित भएर पढ्ने वातावरण प्रदान गर्ने ।

-गरिब मध्यका पनि गरिबहरुसँग आफ्ना वालवालिकाहरुलाई अर्काको सहायता विना विद्यालय पठाउन सक्ने अवस्था छैन । ती वालवालिकाहरुलाई उपयुक्त पालनपोषण गर्दै विद्यालय जाने वातावरण बनाउने ।

– आमाबाबुको मृत्यू अथवा वेपत्ता भएका कारण अनाथ बनेका वालवालिकाहरुलाई सुरक्षित रुपमा परिवारका अन्य सदस्य, नातेदारहरुको घरमा संस्थाको सहयोगमा बस्ने, पढ्ने व्यवस्था मिलाउने ।

-अहिलेको अवस्थामा २७० भन्दा बढी वालवालिकाहरु यस संस्थाको कार्यक्रममा सहभागी छन्। त्यस्तै १६३ लाभान्वित वालवालिकाहरु स्नातक भइसकेका छन्।

-यस संस्थाले प्रमुख रुपमा सिन्धुपाल्चोक, काठमाडौं, गोरखा, बाँके र सुर्खेत लगायतका जिल्लाहरुमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसको साथै प्राकृतिक विपत्ति लगायतका आपतकालीन अवस्थामा अन्य जिल्लाहरुमा पनि मानवीय सहायताको कार्यक्रमहरु गर्दै आएको छ ।

– २०७२ सालको महाभूकम्प पछि पिडितहरुलाई राहत सामाग्रीहरु जस्तै खाध्यान्न, लत्ताकपडा, औषधी, त्रिपाल, ब्लाङ्केट आदि वितरण गरिएको थियो ।

– कोभिड १९ को वेलामा २५०० भन्दा बढी परिवारलाई खाध्यान्न, लत्ताकपढा, औषधी लगायतका अत्यावश्यक कुराहरु वितरण गरियो । यसै गरी वालवालिकाहरुलाई किताब, कापी, झोला, खाजा आदिको व्यवस्था समेत गरिएको थियो ।

-सिन्धुपाल्चोक, काठमाडौं, गोरखा, बाँके र सुर्खेत लगायतका जिल्लाहरुमा संस्थाले जनचेतना अभिबृद्धि गर्ने सेवकहरु खटाएको छ । उनीहरुले विभिन्न विद्यालयहरु र समुदायमा गएर हरेक हप्ता मानव बेचबिखन विरुद्ध सचेतनामूलक सामुदायिक प्रस्तुति समेत दिंदै आएका छन्।

-संस्थाले विशेषगरी पहुँच नपुगेका दुर्गम गाउँहरुमा काम गर्दछ । त्यहाँका मानिसहरु प्राय: अशिक्षित र आर्थिक अभाव भएका हुन्छन् । जनचेतनाको कमी र सानातिना प्रलोभनमा पनि पर्न सक्ने भएकोले उनीहरुलाई मानव बेचबिखन सम्बन्धि सचेतना तालिमहरु प्रदान गरिन्छ । साथै उनीहरुलाई पर्चा तथा अन्य चेतनामूलक सामग्री बाँढ्ने, मानव बेचबिखनको जोखिममा पर्ने परिस्थितिबाट कसरी बच्न सकिन्छ भन्ने सत्य घटनामा आधारित बृतचित्र, चलचित्रहरु देखाउने पनि गर्दै आएको छ ।

-बाल उद्धार अभियान नेपालले मानव बेचबिखन हुने अति प्रभावित जिल्लाहरुमा रहेका गरिब तथा दलित समुदायका वालवालिकाहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्ने, छात्रबृत्ति प्रदान गर्ने, मानव बेचबिखन विरुद्ध सचेतना कार्यक्रमहरु गर्ने, अभिवाकहरुको आर्थिक स्तरोन्नति हुने खालको कार्यक्रमहरु सञ्चालन गर्ने गर्दै आएको छ ।

-वालवालिकाहरु, पिछडिएका समुदायहरु, गरिबीको चपेटामा परेकाहरुले पनि सम्मान पूर्वक बाँच्न पाउनु पर्दछ । त्यस्ता व्यक्ति र समुदायहरुलाई बाल उद्धार अभियान नेपाललेसहयोग गर्दै आएको छ ।

– दुर्गम बस्तीहरुमा रहेका अशिक्षित र गरिब एकल महिलाहरुलाई पनि बाल उद्धार अभियान नेपाललेसहयोग गर्दै आएको छ । जसले गर्दा असाहाय एकल महिलाहरुलाई चेतना अभिबृद्धि गर्ने, आयमुलक कार्यमा लाग्ने, सम्मानका साथ समाजमा बाँच्ने वातावरण बनाउन सहयोग पुगेको छ ।

बाल उद्धार अभियान नेपालको सवलीकरण र क्रियाशिलताका प्रयासहरु

बाल उद्धार अभियान नेपाललाई आर्थिक, व्यवस्थापकीय सवल र क्रियाशिल बनाउन संस्थाका संस्थापक अध्यक्ष ज्ञान पन्थ सक्रिय हुनुहुन्छ । नियमित रुपमा बाल उद्धार अभियान नेपालको कार्यक्रमहरु लक्षित जिल्ला र समुदायमा अविछिन्न रुपमा चलोस्, आवश्यकताको आधारमा अन्य जिल्ला र समुदायहरुमा पनि सञ्चालनमा ल्याउन सकियोस्भन्ने उहाँको धारणा छ ।

त्यसको लागि अमेरिका बसेर उहाँले कोष बृद्धि (फण्ड रेजिङ्ग) को विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आउनु भएको छ । उहाँले बर्षमा कम्तिमा २ पटक नेपाल आउने, संस्थाका गतिविधिहरुको प्रत्यक्ष निरिक्षण गर्ने, विभिन्न संघ, संस्थाहरुसँग सहकार्य गर्ने, लक्षित बर्ग र सम्बन्धित क्षेत्रका विज्ञहरुसँग अन्तरक्रिया, भेटघाट गर्ने गर्दै आउनु भएकोछ ।

सदाझै यस पटक अक्टोवर–नेभेम्वरमा पनि ज्ञान पन्थ नेपाल आउनु भयो । काठमाडौं, गोरखा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके लगायतका जिल्लाहरुमा भ्रमण गरेर संस्थाको गतिविधिलाई प्रभावकारी बनाउन पहल गर्नु भयो। यस्तै हालैको भूकम्पले जाजरकोट र रुकुममा घरवार विहिन भएका, परिवार गुमाएकाहरुलाई सहयोग जुटाएर पठाउनु भयो।

काठमाडौंमा पछिल्लो अन्तरक्रिया कार्यक्रम संस्थापक अध्यक्ष ज्ञान पन्थले आफू अमेरिका फर्कनु अगाडि २०८० मंसिर ४ गते काठमार्डौमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गर्नु भयो । उक्त कार्यक्रममा बाल उद्धार अभियान नेपालले चेलीवेटी बेचबिखन विरुद्ध काम गर्दै आएको शक्ति समूह र अमेरिकी संस्था ब्लु एन्भिल सँग सहकार्य गर्ने बारेमा पनि सहमती भयो। साथै संस्थापक अध्यक्ष पन्थले बाल उद्धार अभियान नेपालले गर्दै आएका कार्यहरु र भविश्यको योजनाको बारेमा प्रकाश पार्नु भयो ।

मानव बेचबिखनमा परेर, नरकीय जिवन बाँचेर फर्केकाहरु मिलेर खोलिएको शक्ति समूहको सञ्चालिका चरीमाया तामाङ्ग, ब्लु एन्भिलका अमेरिकी नागरिक याडम पार्कर, डा. हिमलाल घिमिरेको विशेष उपस्थिति रहेको उक्त अन्तरक्रिया कार्यक्रममा बाल उद्धार अभियान नेपाललका उपाध्यक्ष इन्द्र राई, समाजसेवी तथा पर्यटन व्यवशायी बलराम खड्का लगायत अन्य विभिन्न व्यक्तिहरुको उपस्थिति रहेकोथियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा चरीमाया तामाङ्गले १७ बर्षको कलिलो उमेरमा भारतमा बेचिएर आफूले भोगेका नरकीय जिवन र संघर्षको कथा वर्णन गर्दै सबैलाई भावुक बनाउनु भयो । त्यस्तै अमेरिकाको प्रहरी संगठनमा धेरै बर्ष काम गरेका आडम पार्करले आफू नेपाल आउनुको कारण, विगत ६ बर्ष देखि नेपालमा रहेर मानव बेचबिखन विरुद्ध र वालवालिकाको हितमा संस्थाले गर्दै आएकोकार्यको बारेमा बताउनु भयो ।

डा. हिमलाल घिमिरेले मानव बेचबिखन कम गर्न जनचेतना अभिबृद्धि गर्नु पर्ने, मानव तस्करहरुलाई ऐन, कानुन बमोजिम दण्ड, सजाय दिनु पर्ने र कुनै पनि वालवालिकाहरु शिक्षाबाट बन्चित हुन नदिन सबैले ध्यान दिनु पर्ने बताउनु भयो ।

निष्कर्ष

गरिबी, शिक्षा र चेतनाको अभावमा टुहुरा, असहाय, पिछडिएका समुदायका महिला तथा वालवालिकाहरु यौनदासी र बन्धन युक्त श्रमदासको रुपमा बेचिने गरिन्छ । बच्चाहरु सफल र सक्षम हुनको लागि शिक्षा कुञ्जी हो । नेपालमा बेचबिखनमा परी उद्धार गरिएकाहरुले कानुनी सहायता पाउन र सहज रुपमा परिवार र समाजमा स्थापित हुन पाउने वातावरणकोकमी छ । एकातिर यस अपराधको संगठित जालो तोड्नु छ भने अर्को तर्फ अपराधिहरुलाई

कानुनी दायरामा ल्याएर उचित दण्ड, जारिवनाको व्यवस्था गर्नु पर्दछ ।

यसैगरी पिडितहरुलाई उचित न्याय र क्षतिपूर्तिको सुनिश्चितता गराउनु राज्यको दायित्व हो । यस्तो अपराधलाई रोक्न, अपराधीलाई कारवाही गर्न र पिडितलाई समाजमा स्थापित गराउन संघसंस्था तथा नागरिक तहबाट पनि आवाज उठाउनु पर्ने र सरकारसँग सहकार्य गर्नु पर्ने हुन्छ ।

खुला सीमाना, कमजोर र परम्परागत सीमा अनुगमन, नेपाल भारत सहकार्य र समन्वयको औपचारिक प्रणालीको अभावले नेपाल भारत मानव बेचबिखनमा गैरसरकारी संस्थाहरुबाट केही गतिविधिहरु भए पनि पर्याप्त र दिगो सम्बोधन हुन सकेको छैन ।

अन्तमा, आजको आधुनिक युग, शिक्षित र चेतनशील समाज, सञ्चार जगतमा भएको चरम विकासको अवस्थामा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित र अपराधिक कार्य फस्टाउँदै जानु सभ्य समाज र मौलिक हकको ग्यारेन्टी गर्ने लोकतान्त्रिक पद्धती माथिकै कलंक हो । त्यसैले यस्तो जघन्य अपराधको बारेमा सतर्क रहनुको साथै अन्यायमा परेकाहरुलाई सहयोग गर्नु सबैको मानवीय दायित्व नै हुन आउँदछ ।