बालेन साह – News Polar

रास्वपाले आज धनगढीमा प्रादेशिक आमसभा गर्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज कैलालीको धनगढीमा वृहत् जनसभा गर्दै छ।

पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहको उपस्थितिमा सभा गर्न लागिएको रास्वपाले जनाएको छ ।

सभा बिहान ११ बजेदेखि सुरु हुने जनाईएको छ यसअघि रास्वपाले माघ ५ गते धनुषाको जनकपुरधाममा ‘परिवर्तन उद्घोष सभा’ गरेको थियो। यसपछि रास्वपाले ७ गते सुर्खेतमा चुनावी कार्यक्रम गर्न लागेको छ ।

चुनावको मुखमा तराइमा देखिएका यी तीन दृश्य !
काठमाडौं ।  मानिसमा प्रायः एउटा दुविधा हुने गर्दछ— भिडको पछि लाग्ने कि भिडलाई पछि लगाउने भनेर । यस्तै दृश्य हिजोआज देखिँदैछन् चुनावको मुखमा ।

यतिखेरको प्रसंग हालैको तराई मधेशको हो । हिजोमात्र तराइमा दुई नेता छिरे नेपाली कांग्रेसका सभापति गगन थापा र यता रास्वपाका नेता बालेन साह । अनि हिजो नै मधेशको जनकपुर पुगेका थिए पूर्वराजा ज्ञानेन्द्र शाह पनि । यी तीनै जनाका पछाडि जनताको भिड उत्तिकै थियो । तर स्पष्ट थिएन— उनीहरुले भिडलाई पछि लगाइरहेका छन् या भिडको पछि आफूहरु लागेका छन् ।

बालेन हिजो कैलालीको धनगढी पुगेका थिए । उनको पछि सबैभन्दा ठूलो भिड देखिएको थियो । उनलाई सवारी चलाउन र उनको अघिपछिका मानिसहरुको व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई नै धौ धौ परेको थियो । गाडीमै पनि यस्तो देखिएको थियो कि मानिसहरु नअटेर गाडीबाटै लढेका पनि थिए । ती दृश्यहरु पनि उत्तिकै देखियो । अनि बालेनलाई छुन खोज्ने र हात मिलाउन खोज्नेहरु पनि त्यत्तिकै थिए, तर उनले त्यो भिडसँग आँखा मात्र पनि जुधाउन सम्भव थिएन ।

उता गगन थापा सर्लाली जाँदाको दृश्य पनि त्यस्तै थियो । उनलाई पनि विमानस्थलदेखि नै कार्यकर्ताहरुले घेरा हालेको देखिन्थ्यो । उनको सो दृश्यलाई केही दिन अघि झापा पुगेका बालेन साहको भिडलाई बिर्साउन खोज्नेगरी मिडियाले प्रस्तुत गरेको जस्तो पनि देखिन्थ्यो । जे होस् भिडको प्रतिस्पर्धामा उनको भिड पनि कम्ताको थिएन ।

यता फेरि पूर्वराजा ज्ञानेन्द्रको भिड उस्तै देखिन्थ्यो जनकपुरमा । जनकपुर पुगेर उनले जानकी माताको दर्शन पनि गरेका थिए । उनलाई पनि जनकपुर विमानस्थल देखि नै नाराबाजीसहित मानिसहरुले मन्दिर पुर्याएका थिए । मन्दिर पुग्दा पूर्वराजाका समर्थकहरुले राजा आउ देश बचाउ सम्मका नारा लगाएका थिए । ठूलो भिडलाई राजाले हात हल्लाएर स्वागत गरेपछि मात्र प्रहरीलाई भिड नियन्त्रण गर्न सजिलो भएको थियो ।

जे होस्, यी तिनै भिड भिन्न उद्देश्यका थिए । पूर्वराजाका समर्थक राजा फर्काउन चाहन्थे भने यता बालेन साहका भिडले पुराना पार्टी र नेताले चलाइरहेको अहिलेको गणतान्त्रिक व्यवस्थामा आमूल परिवर्तन ल्याउनका लागि एक दरिलो शक्ति खडा गर्न चाहन्थे । बालेनको पछाडिको भिड हातमा घन्टी बाकेर अहिले नयाँ शक्ति निर्माणको अभियानमा जुटेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाको त्यो भिडमा बालेन मिसिएपछि अहिले भिडको आकार दिनप्रतिदिन बढ्दै गएको देखिएको छ ।

हालैमात्र विशेष महाधिवेशनमार्फत् पार्टीका सभापति शेरबहादुर देउवालाई फालेर सभापति बनेका गगन थापाको पछिका कांग्रेस कार्यकर्ताहरु भने यही व्यवस्थाको निरन्तरता चाहन्छन् नयाँ सभापतिको नेतृत्वमा । उनीहरुको आगामी चुनावी एजेण्डा नै पार्टी बदल्ने र त्यसपछि देश बदल्ने रहेको छ ।

तर बालेन एजेण्डाबारेमा केही बोल्दैनन् । यतिखेर उनी घन्टी हल्लाउँदै हिँड्ने भूमिकामा देखिन्छन् । हिजो गगनले मधेशलाई काठमाडौँसँग जोड्न आफू मधेश पसेको जनाइरहँदा यता बालेन भने केही बोलेनन् । उता राजा ज्ञानेन्द्र झन् बोल्ने कुरै भएन । किनभने उनी यतिखेर मधेश पुगेर मात्र होइन कि बाहिरको कुनै कार्यक्रममा पनि बोल्ने गरेका छैनन् ।

तर उनीहरुको पछिका भिडले भने बोलिरहेकै छन् । आआफ्ना नारा भट्याएकै छन् । र त पछि पछि लागिरहेका छन् । तर ती भिड र यी नेता सबैले यो कुरा बुझ्न सक्दा राम्रो हुनेछ कि— भिडको पछि लाग्ने कि भिडलाई पछि लगाएर हिँड्ने ?

निर्वाचनको प्रचार सुरु: सबैका आँखा झापातिर
प्रतिनिधिसभाको आसन्न निर्वाचनको प्रचार प्रसार सुरु भएको छ । फागुन २१ गते मतदान हुने यस निर्वाचनको सम्पूर्ण प्रक्रिया सुरु भएर प्रत्यक्षतर्फका उम्मेदवारले पनि हिजो मनोनयन गराएका छन् ।

उम्मेदवारी फिर्ता र केही प्राविधिक प्रक्रिया बाहेक अबको राज्यको काम भनेको सुरक्षा व्यवस्था कडा बनाउने र मतदातको वातावरण बनाउने मात्र छ । यता राजनीतिक दल र उम्मेदवारहरु भने मतदानका लागि तयारी अवस्थामा रहेका छन् ।

सबै दलले आआफ्नो उम्मेदारी तथा दलको प्रचार त छँदैछ, तर यस पटकको निर्वाचनको आकर्षण भने झापा जिल्लाको निर्वाचन क्षेत्र नं ५ बन्न पुगेको छ । जुन क्षेत्रमा यतिखेर सबैको आँखा पुगेको अवस्था छ । दल र उम्मेदवारले आफ्नो प्रचार र आफ्ना दलको अवस्था विश्लेषण गर्ने र जनताको घरदैलोमा पुग्ने त छँदैछ, यसका अतिरिक्त ती सबै दल र उम्मेदवारले झापामा के होला भनेर पनि बडो उत्सुकतापूर्वक हेरिरहेका छन् ।

हरेक चुनावमा कुनै न कुनै आकर्षण हुने गर्दछ । जस्तो कि यस अघिका निर्वाचनमा प्रायः प्रचण्ड कुन क्षेत्रबाट उठ्छन् र उनले निर्वाचन जित्छन् कि जित्दैनन् भन्ने हुने गर्दथ्यो । उनी चितवत पुग्दा होस् या यस अघिको निर्वाचनमा अन्तिम आवरमा भागेर त्यहाँबाट गोरखा पुग्दा होस्, उनको क्षेत्रको चुनावको चर्चा अरुको तुलनामा बढी नै हुने गर्दथ्यो ।

तर यसपालि प्रचण्डको छैन । किनभने उनी देशका धेरै ठाउँमा पुगिसके, धेरै निर्वाचन क्षेत्र चाहारिसके । सिराहादेखि काठमाडौँ सम्म अनि चितवन देखि गोरखा हुँदै अहिले रुकुमसम्म । यसकारण पनि अब न मिडिया र नत कुनै राजनीतिक अभियन्ता या दल नै उनको चर्चा गर्न छोडिसके । अहिले नयाँ निर्वाचन क्षेत्र छ चर्चामा झापाको ५ नं क्षेत्र ।

जहाँ नेकपा एमालेका अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन साह भिड्दैछन् । बालेन काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख हुन् र उनी केही हप्तामात्र अघि सो पार्टीमा प्रवेश गरेका हुन् । गएको भदौ २२ र २३ गतेको जेनजी आन्दोलनदेखि नै उनी चर्चामा छन् । वर्तमान सरकार निर्माणमा पनि उनको नै हात रहेको कुरा प्रत्यक्ष रुपमा जनताले देखे भोगेका हुन् ।

अनि त्यो आन्दोलन पनि मुलतः ओली सरकारका विरुद्ध नै थियो । ओली प्रधानमन्त्री थिए र सो आन्दोलनबाट अपदस्थ भएका थिए । त्यसपछिका मिडियाले विशेषगरी ओलीको पिछा गरिरहेका छन् । उनी हालैको महाधिवेशनमा पार्टीको अध्यक्ष उठ्दा होस् या उनीसँग आन्दोलनका क्रममा भएको दमनका विषयमा छानबिन आयोगले बयान लिँदा होस् ।

पछिल्लो समय उनी उम्मेदबार बनेपछि फेरि मिडिया उनका विरुद्ध खनिन थालेका छन् । र, अहिले तुलनात्मक रुमपा बालेनको पछि मिडिया लागिरहेका छन् । बालेन किन झापा पुगे भन्ने विषयले देशव्यापी रुपमा बडो चर्चा पाएको छ । जस्तो कि हिजोमात्र पनि देशैभरि मनोनयन भइरहेको थियो, तर चर्चा र चित्र झापाकै बढी देखिन्थ्यो ।

उनलाई आगामी निर्वाचनपछिको प्रधानमन्त्रीका रुपमा सो पार्टीले अघि सारिसकेको छ । यसकारण पनि बढी चर्चा हुनु त स्वाभाविकै भयो । त्यसमा पनि केपी ओलीजस्तो विगत पटकौँसम्म आफ्नै निर्वाचन क्षेत्रबाट उठ्दै र जित्दै आएको बलियो क्षेत्रमा किन बालेन हामफाले भन्ने विषय अहिले धेरैको विश्लेषणको विषय बनेको छ ।

के बालेनले चुनाव जित्लान त ? के उनी निर्वाचन जितेपछि रास्वपाले प्रधानमन्त्री बनाउला त ? ओलीले निर्वाचन हारे भने के हुन्छ ? त्यसपछि एमालेको संसदीय दलको नेता को हुन्छ ? के रविले साँच्चिकै चुनाव जिताउनकै लागि बालेनलाई ओलीसँग भिड्न पठाएका हुन् त ? कि बालेनले चुनाव हारेपछि आपूmलाई हाइसुख्ख हुन्छ भनेर त रविले बालेनलाई झापा पठाएका होइनन् ? यस्ता धेरै प्रश्नहरुमा अहिले चिया पसलमा बढी चर्चा हुने गर्दछ ।

त्यसैले यतिखेर देशका ठूला देखि साना मिडियादेखि प्रायः युट्युबहरु झापा ५ मै गएर थुप्रिएका छन् । कतिले अनुसन्धान गरेका छन् त कतिले अनुमानकै भरमा समाचार सम्प्रेषण गरिरहेका छन् । उनीहरु पनि कसले जित्छ भनेर यकिन गर्न सकिरहेका छैनन्, समाचारहरु भने दिइरहेका छन् कि सो क्षेत्रको चर्चा अरुको भन्दा बढी चर्चा छ । सबैको आँखा त्यतै छ ।

हुन पनि बालेनसँग चुनाव लड्नका लागि धेरै क्षेत्रका विकल्प थिए । उनी काठमाडौँका मेयर रहेकाले यहाँका १० मध्येको कुनै न कुनै क्षेत्र रोज्न सक्थे ।

उनी मधेशको भएकाले आफ्नो गृह जिल्ला या कुनै न कुनै मधेशको निर्वाचन क्षेत्र पनि रोज्न सक्थे । कांग्रेसका गगन थापादेखि कैयौँ नेताहरु आफू सुरक्षित हुनका लागि मधेश दौडिरहेका छन् भने बालेनसँग पनि त्यो रोजाइको अवसर पक्कै थियो ।

तर पनि उनी किन झापा पुगे भन्ने विषयले अहिले चर्चा पाइरहेको छ । त्यसैले मिडियादेखि दलसम्म र राजनीतिक विश्लेषकदेखि पार्टीका नेतासम्म नै अहिले झापा ५ को चर्चा गर्ने गर्दछन् । त्यसैले सर्वसाधारणदेखि धेरैको आँखा अहिले झापा ५ तिरै छ ।

झापा ५ मा रास्वपाका तर्फबाट बालेन साहको उम्मेदवारी दर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।

साहले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका हुन् ।

रास्वपा बरिष्ठ नेता बालेनको जनकपुरबाट चुनावी अभियानमा सुरु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) जानकी मन्दिरको आरतीमा सहभागी हुनु भएको छ ।

आइतबार जनकपुर पुग्नुभएका साहले आज जनकपुरधाममा रास्वपाले आयोजना गरको परिवर्तनको उद्घोष सभालाई पार्टी सभापति रवि लामिछानेका साथ सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

साहले आज बिहान सिरहाको लहानस्थित मधेशी शहीद पार्कमा माल्यार्पण गर्ने तालिका छ ।

बालेन शाह चुनावी अभियानमा, भूकम्प दिवसले सम्झायो बलियो नेपालको सपना
काठमाडाैं । काठमाडाैं महानगरका मेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहले देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण तथा लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको बताएका छन् ।

भूकम्प सुरक्षा दिवसका  अवसरमा सामाजिक संजालमा पोस्ट गर्दै बालेनले हामी राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित बनाउने, नेपाललाई दिगो बनाउने र नेपाललाई व्यवस्थित बनाउने हो भनेका छन् ।

बालेन शाहले पछिल्लो समय रास्वपाका विभिन्न जिल्लाबाट सम्पर्कमा रहेका नेता तथा कार्यकर्तासँग भेटघाट बाक्लो बनाउनुका साथै यही माघ ५ गते धनुषामा चुनावी कार्यक्रममा सहभागी हुने तयारी गरेका छन् ।

बालेनकाे स्टाटस

२०७२ सालको भूकम्पपछि म सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गर्दै थिएँ।

काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरियो। त्यसपछि गोरखा हुँदै देशका ३५ भन्दा बढी जिल्लामा सिभिल इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएँ। आज भूकम्प सुरक्षा दिवसको अवसरमा अब कहिल्यै पनि त्यस्तो दिन नआओस् भन्ने हाम्रो कामना छ।

नेपालका विभिन्न भूगोलमा एउटा पेशाकर्मी इन्जिनियरको रूपमा काम गर्दा त्यो अनुभवले मलाई एउटा स्पष्ट कुरा सिकायो—

नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट मात्र बन्दैन।

भौगोलिक भू–बनोटसँगै हाम्रो विविधतायुक्त समाजलाई माथि उकास्न यसका अनेक पाटोलाई सँगसँगै माथि उठाएर काम गर्नुपर्छ।

राष्ट्रको विकास भनेको भूगोल र जनता दुवैको विकास हो, र त्यसलाई जोड्न सक्ने सेतुको बलियो आधार निर्माण गर्नु हो।

सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिक र आधुनिक विकासको सामञ्जस्यता, जिम्मेवार नीति र इमानदार नेतृत्वको आवश्यकता छ। यही बुझाइका साथ म भारत गएँ र स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेँ। अध्ययनपछि सुविधा सम्पन्न देशमा बसेर काम गर्ने अवसर थियो, तर मैले देश फर्किने निर्णय गरेँ।

आज, नागरिकको विश्वासका कारण काठमाडौं महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा, हामीले शब्दभन्दा कामलाई प्राथमिकता दिएका छौँ। स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरी आम जनताको सुविधाका लागि काम गर्न सकिन्छ भन्ने प्रमाणित गर्ने गरी काम गरियो। आम मानिसले प्रत्यक्ष अनुभूति गर्न सक्ने सेवा, पारदर्शी प्रणाली र संरचनागत सुधारको सुरुवात महानगरबाट भएको छ। अब महानगरमा सुरु भएका यी सुधार र यसको अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको छ।

नेपालको विकास भन्नु सडक, भवन र ठूला–ठूला संरचना मात्र होइन। विकास भनेको सुरक्षित संरचना, देशको आवश्यकता र आम जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनु हो—उदार समाज निर्माण गर्नु हो।

संस्थागत विकास र समुन्नति कुनै कागजमा मात्र होइन, हरेक जनताले अनुभूत गर्न पाउने कुरा हो। यसको लागि आशाको सञ्चार मात्र नभई कटिबद्ध भएर इमानदारीपूर्वक देशलाई अघि बढाउनुपर्छ। हामी र हाम्रो पुस्ताको मात्र नभई भविष्यका पुस्तालाई सुरक्षित र आशालाग्दो देश हस्तान्तरण गर्ने नीति हो।

स्ट्रक्चरल इन्जिनियरको रूपमा मैले बुझेको कुरा स्पष्ट छ—

देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ।

अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ।

हामी राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित बनाउने, नेपाललाई दिगो बनाउने र नेपाललाई व्यवस्थित बनाउने हो।

नीति यस्तो बन्नेछ, जसले संकट आउनुअघि तयारी हुनेछ।

संरचना यस्तो बन्नेछ, जसले विपद् सहन सकोस्।

शासन यस्तो बनोस्, जसले जनताको विश्वास जितोस्।

यो अभियान कुनै एक व्यक्तिको होइन।

यो सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान हो।

सबैको साथ, सहयोग र विश्वाससहित

अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको छ।

ठुलो प्रतिबद्धता बाँडेर मेयर बने पनि बालेनको तीन वर्षे कार्यकाल असफलतामै बित्योः महेश बस्नेत
काठमाडौँ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कार्यकाल र पछिल्लो राजनीतिक अभिव्यक्तिमाथि आलोचनात्मक टिप्पणी गरेका छन्।

ठुलो प्रतिबद्धता बाँडेर मेयर बने पनि धेरै वाचा अधुरा रहँदा बालेन साहको तीन वर्षे कार्यकाल असफलतामै बितेको उनको धारणा छ ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले बालेन साह निर्माणभन्दा ध्वंसमा केन्द्रित छविका रूपमा स्थापित भएको उल्लेख गरेका छन् । यस्तो पृष्ठभूमिमा प्रधानमन्त्री बन्ने दाबी गर्नु राजनीतिक हतारो भएको उनको भनाइ छ ।

बस्नेतका अनुसार सुशासन र विकास लोकप्रियता वा भाइरलताबाट होइन, ठोस परिणामबाट मापन हुन्छ । ‘निर्माणभन्दा ध्वंसमा केन्द्रित छवि बिच आज प्रधानमन्त्रीको दाबी गर्नु राजनीतिक हतारो हो, सुशासन र विकास लोकप्रियताले होइन, परिणामले मापन हुन्छ, त्यसैले उनको राष्ट्रिय सत्ता दाबीले एउटा प्रश्न उठाउँछ, राजनीतिमा भाइरल हुन होइन, परिणाम दिन सक्नुपर्छ’, उनले लेखेका छन् ।

बालेन साहको राष्ट्रिय सत्ता दाबीले गम्भीर प्रश्न उठाएको उनको टिप्पणी छ ।

प्रधानमन्त्री कार्की र काठमाडौं महानगरपालिका मेयर बालेन बिच भेट
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बिच भेट वार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरु बिच करिब पौने दुईघण्टा छलफल भएको स्रोतले जानकारी दिएको छ । बालेन छलफलका लागि ८: २५ मा बालुवाटार पुग्नु भएको थियो ।

जेन जी आन्दोलन र बर्तमान सरकार गठनमा निर्णायक भूमिका देखिएका मेयर साह र प्रधानमन्त्री कार्की बिच छलफल भएको हो । साह प्रधानमन्त्रीको सपथग्रहण समारोहमा समेत उपस्थित हुनु भएको थिएन ।

मेयर साह पछि प्रधानमन्त्री कार्कीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीसंग छलफल गर्नुभएको छ ।

बालेनले हर्कलाई भनेः एक तर्फी नै सही, यु आर माई ट्रू लभ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई कटाक्ष गरेका छन् ।

बालेनले फेसबुकमा स्टाटस राख्दै आफूलाई जति गाली गरे पनि बालेनले माया गर्न नछोड्ने भन्दै कटाक्ष गरेका हुन् ।

उनले हर्कलाई ‘एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’ भन्दै व्यंग्य गरेका छन् ।

बालेनले लेखेका छन्ः

डियर हर्क साम्पाङ,

तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।

You are my true love.

पछिल्लो समय हर्कले बालेनलाई लिएर एकपछि अर्को स्टाटस लेख्दै प्रहार गरिरहेका छन् ।

बालेनको व्यंग्य: भोलिबाट सपनामै भेट होला, बाटोमा ढाट लागेपछि !
काठमाडौ: केही सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन )ले सरकारले सामाजिक सञ्जाल मार्फत कटाक्ष गरेका छन् ।

मेयर साहले भोलिबाट सपनामै भेट होला भन्ने स्टाटस राख्दै कटाक्ष गरेका हुन् ।

उनले लेखेका छन्:

भोलिबाट सपनामै भेट होला,

बाटोमा ढाट लागेपछि ।

घरबाट निस्किए, मनमा एक हौँला,

घमण्डको माझ परेपछि ।

तिमी सम्झ मात्र मलाई,

रातमा आइदिन्छु ।

हामीबीच संसार आउन सक्दैन,

हात समाइदिन्छु ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार फेसबुक लगायतका दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय भएको घोषणा गरेलगत्तै प्रमुख शाहको यो कविता आएको हो।

प्रधानमन्त्रीलाई बालेनको कटाक्ष: माफ गर्नुहोस् म तपाईंको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिन !
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाउनु भएको छ ।

आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउन आयोजित बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नआएपछि प्रधानमन्त्री केपी शर्मा  ओलीले उहाँ माथी प्रश्न उठाउनु भएको थियो ।

मूल आयोजक समितिका पदेन सदस्य रहने काठमाडौंका मेयरको अनुपस्थितिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएको खबर सार्बजनिक भएपछि मेयर साहले सामाजिक संञ्जाल मार्फत प्रधानमन्त्री माथी कटाक्ष गर्नुभएको हो ।

मेयर साहले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा ,

देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ?

त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?

माफ गर्नुहोस् केपी ओली, म तपाईंको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिन।

समितिको बैठकमा प्रधानमन्त्री ओलीले बालेनको नाम नलिइकन लगातार अनुपस्थिति हुनेहरुलाई बोलाइरनु पर्ने कि नपर्ने भनेर प्रश्न गर्दे अर्कोपटकदेखि राम्ररी सोधेर आउने भएमात्र नाम राख्न निर्देशन दिनु भएको थियो।

तीन वडाध्यक्षले अस्वीकार गरे मेयर बालेनले तोकेको जिम्मेवारी
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले तोकेको समितिको संयोजक जिम्मेवारी तीन वडाध्यक्षले अस्वीकार गरेका छन्।

कार्यपालिका बैठकबाट अनुमोदन नभएको भन्दै उनीहरूले सामूहिक रूपमा जिम्मेवारी अस्वीकार गर्दै मेयरलाई निवेदन दिएका हुन्। सुशासन समितिका लागि वडा ३० का अध्यक्ष दलबहादुर कार्की, सूचना प्रविधि समितिका लागि वडा ५ का वीरेन्द्र प्रजापति, र सम्पदा तथा पर्यटन समितिका लागि वडा २४ का विनोद राजभण्डारीले जिम्मेवारी लिन अस्वीकार गरेका हुन्।

उनीहरूले उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृतलाई पनि निवेदनको बोधार्थ पठाएका छन्। विधायन समितिको संयोजक तोकिएकी वडा १६ की अध्यक्ष रोजिना श्रेष्ठले भने उक्त निवेदनमा हस्ताक्षर गरेकी छैनन्। श्रेष्ठ रास्वपाबाट उपनिर्वाचनमा विजयी भएकी हुन्।

वडा २४ का अध्यक्ष राजभण्डारीले अघिल्ला जिम्मेवारी कार्यपालिका बैठकबाट अनुमोदित भए पनि यसपटक मेयरको एकल निर्णय भएकाले विधिसम्मत नभएको बताए। वडाध्यक्षहरूको बुझाइमा मेयरले आलोचकहरूलाई अघोषित रूपमा कारबाही गर्दै आएका छन्।

यसअघि सूचना प्रविधि समितिबाट वडा १७ का नवीन मानन्धर, सुशासन समितिबाट वडा २६ का ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समितिबाट वडा ८ का आशामान संगत, र विधायन समितिबाट वडा २३ का मचाराजा महर्जन हटाइएका थिए।

महानगरमा नगर प्रहरी र कर्मचारीबीच लफडा हुँदा कहाँ थिए बालेन ?
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईँले आज कार्यालय पुगेर हाजिर गरेका छन् ।

गुरागाईं कार्यालय प्रवेश गर्न खोज्दा नगर प्रहरी र कर्मचारीबीच तनाव उत्पन्न भयो । कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईंलाई कार्यकक्षतिर लगे ।

मेयर बालेन साहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कोठामा तालासमेत लागाइएको थियो तर कर्मचारीहरुले ताला फोडेर गुरागाईंलाई हाजिर गराए ।

यस्तो परिदृश्यमा महानगका मेयर शाह कहाँ छन् भनेर सबैलाई चासो लाग्नु स्वभाविक हो । शाह अनुपस्थितिमा उपमेयर सुनिता डंगोलले अनौपचारिक बैठक राखिन् ।

उनी त्यसबेला महानगरको कार्यालयमै थिएनन् । उनी काभ्रेको पाँचखालमा रहेको खुलेको छ । कार्यालयमा तनावको स्थिती रहँदा मेयर शाह भने पाँचखालको एउटा रेस्टुरेन्टमा लस्सी खाइरहेका थिए ।

उक्त रेस्टुरेन्टकी सञ्चालकले बालेनसँग खिचेको तस्बिर सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन्, ‘आज बालेन साहसँगको भेट, पाँचखाल केराघारी एसएल अर्गानिक कफी एन्ड लस्सी सेन्टरमा ।’

बालेन आफ्नो केही सहयोगी लिएर हिजो नै काभ्रे गएको बताइएको छ ।

अमेरिकाप्रति बालेनको कडा टिप्पणी: अल्छीहरूको देश हो, उनीहरु आफैँले बनाउन सक्दैनन् !
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैंले आफ्नो देश बनाउन नसक्ने टिप्पणी गर्नुभएको छ ।

बिहिबार साँझ सामाजिक संञ्जाल फेसबुकमा अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन र मेन्सन गर्दे राख्नु भएको स्टाटसमा यस्तो टिप्पणी गर्नुभएको हो ।

मेयर साहले अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर र अल्छी रहेको आरोप लगाउनु भएको छ । उहाँले ट्रम्पलाई सम्बोधन गर्दै लेख्नुभएको छ -‘धन्यवाद, तपाईंले हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो रहेको महसुस गराउनुभयो ।

मेयर साहले डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ को संज्ञा दिँदै नेपालका रत्न फिर्ता गरिनुपर्ने माग समेत गर्नुभएको छ ।

उहाँले लेख्नु भएको छ-

”हामी गरिब छौं किनभने हाम्रा मानिसहरू हाम्रो देश छोड्दैछन्।

तपाईं गरिब हुनुहुन्छ कि तपाईंका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्; तपाईं अल्छी मानिसहरूलाई यसको लागि बाँकी संसार चाहिन्छ” उनले भनेका छन् ।

यस्तै,  ‘आफ्नो वासना (DV) दासत्व पनि बन्द गर्नुहोस्; हामी हाम्रा रत्नहरू फिर्ता पाउनेछौं’ भन्दै उनले अगाडि लेखेका छन, ”आफ्नो देशबाट बाँकी संसारलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई बढ्न दिनुहोस्।”

बालेनको प्रश्न -अधिकार बिहिन प्रदेश सरकार किन चाहियो ?
काठमाडौँ । ‘आफूले संघबाट अधिकार लिन सक्ने र स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको हो । अहिले यो अवस्थाको आभाष हुन सकेन ।’ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले भन्नुभयो, ‘स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नु पर्ने भए प्रदेश सरकार किन चाहियो? सुकुम्बासीको समस्या आउँदा पनि संघ सरकार सक्रिय छ । नदी प्रणालीको सुधार तथा पुन:स्थापनाका विषयमा पनि संघ सरकारकै चासो देखिन्छ । यस्ता विषयमा प्रदेश सरकार नदेखिने ठाउँमा भएपछि यसको के अस्तित्व रहन्छरु स्थानीय तहले गर्ने काममा त प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने हो । त्यसो हुन सकेन ।’

प्रदेश सरकारको भूमिकाका विषयमा कुरा गर्दै प्रमुख शाहले भन्नुभयो, ‘प्रदेश सरकार अभिभावक भएर स्थानीय तहलाई सक्षम बनाउन लाग्नु पर्नेमा संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको सक्रियताका विषयमा मुद्दा दायर गरेर बसेको छ । उहाँले प्रदेश सरकारबाट उदार दृष्टिकोणको अपेक्षा गर्नुभयो ।

आज प्रमुख शाहसँग भेटका लागि आउनुभएका बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रमुख सचिव डा। हरिप्रसाद लम्सालसँगको कुराकानी क्रममा प्रमुख शाहले यस्तो बताउनुभएको हो ।

चालु आर्थिक वर्षका लागि मनोरञ्जन करमा प्रदेश सरकारले गरेको कायम गरेको दररेटका कारण महानगरपालिकाको राजस्व संकलन घटेको उल्लेख गर्दै प्रमुख शाहले, हिउँदे अधिवेशनमा आर्थिक ऐन संशोधनमा लगेर गत आर्थिक वर्षको दरलाई निरन्तरता दिने प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभयो ।

‘प्रदेश सरकारले सञ्चालन गर्ने टुक्रे योजनाले पूर्वाधार विकास कहिले पनि नसकिने अवस्थामा छन् । हामीले चाहेको विकासको ढाँचा यो होइन ।’ छलफलका क्रममा उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘व्याटमिन्टन कोर्ट बनाउने योजना छ । एक वर्षमा जमिन सम्याउने, अर्को वर्षमा पर्खाल लगाउने, तेस्रो बर्षमा कोर्ट बनाउने अहिलेको विकास पद्धति हो । यदि योजना सञ्चालन गर्ने हो भने एकै पटक योजना पूरा गर्ने गरी बजेटको व्यवस्था गर्नुपर्छ । यसो हुन नसक्ने हो भने योजना कार्यान्वयनमा ल्याउन सकिँदैन ।’

छलफलका क्रममा प्रमुख सचिव डा। लम्सालले, प्रदेश र स्थानीय सरकारका बिचमा राजनीतिक र प्रशासनिक संवाद हुन नसकेका कारण अहिलेको अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो । उहाँले थप्दै भन्नुभयो, ‘प्रशासनिक विषय व्यवस्थापन गर्न प्रयत्न गर्छु । राजनीतिक संवादका लागि वातावरण मिलाउँछु ।’

छलफलमा राजस्व संकलन, राजस्व बाँडफाँड, कर्मचारी व्यवस्थापन, संविधानले अधिकार दिएको नगर प्रहरी सम्बन्धी व्यवस्था स्थानीय सेवा ९गठन तथा सञ्चालन० ऐनले नसमेटेकोले महानगरपालिकाले जारी गरेको ऐन कार्यान्वयनलगायत विषयमा कुराकानी भएको थियो ।

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले आर्थिक ऐनमा संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व दर घटाएको छ । यसबाट क्यासिनो, स्काइ वक र मेला महोत्सवमा लिइने शुल्कमा राजस्व घटेको हो । गएको वर्ष महानगरपालिकाले आकाशे शिशाको पुलबाट लिएको ५ प्रतिशत शुल्कबाट वार्षिक २३ लाख ८६ हजार रुपैयाँ राजस्व प्राप्त गरेको थियो । यस वर्षको ऐनमा वार्षिक ५० हजार रुपैयाँ तोकिएपछि सोझै २३ लाख ३० हजार रुपैयाँ राजस्व घटेको छ ।

पहिले मेला महोत्सव, कन्सर्ट, जादु सर्कसमा प्रवेशको ५ प्रतिशत कर थियो । अहिले महानगरपालिकाभित्र प्रतिदिन १५ हजार रुपैयाँ तोकेको छ । बैठकमा अधिकारीहरुले भन्नुभयो, ‘विदेशी चलचित्र प्रदर्शन गर्न ३८ प्रतिशतसम्म कर लगाएको अन्तर्राष्ट्रिय अभ्यासबाट हेर्न सकिन्छ । क्यासिनोको हकमा महालेखापरीक्षकको कार्यालयले काठमाडौँ महानगरपालिकाले क्यासिनोबाट उठाउन बाँकी रकम भनेर बेरुजु लेखिदिएको थियो । यस्तो रकम असुल गर्न सहयोग गर्नु पर्नेमा उल्टै दर नै घटाइदिएपछि महानगरपालिकाले राजस्वमा ठूलो अन्तरले गिरावट आएको छ ।’ यसरी मनोरञ्जनका सबै क्षेत्रहरुमा राजस्व घटेपछि महानगरपालिकाले चलचित्र, कला तथा सिर्जनाको प्रोत्साहन तथा प्रवर्धनमा कार्यक्रममा बजेट राख्न पाएन ।

महानगरपालिकाले स्वदेशी चलचित्र प्रदर्शनमा शुल्कमा कम शुल्क र विदेशी चलचित्र प्रदर्शनमा धेरै शुल्क लिन सकिने बताएको छ ।

प्रदेश गैरजिम्मेवार भएर नीतिगत भ्रष्टाचार गरे: बालेन शाह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज आर्थिक वर्ष २०८०/०८१ को लेखा परीक्षणको प्रवेश बैठक सम्पन्न भएको छ । प्रमुखको कार्यकक्षमा भएको बैठकमा उपप्रमुख सुनिता डंगोल, नायव महालेखा परीक्षक ताराप्रसाद पाण्डे, निर्देशक कल्पना अर्याल पोखरेल, लेखा परीक्षण अधिकारी रामकृष्ण पोखरेल, गीता पन्थी र राजु पाण्डेसहित महानगरपालिकाका विभागीय प्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।

वैठकमा प्रमुख शाहले, प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको उल्लेख गर्नुभयो । ‘क्यासिनो, स्काइ वक र मेला महोत्सवमा लिइने शुल्कको उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘पहिले आकाशे शिशाको पुलमा ५ प्रतिशत थियो । यसबा महानगरपालिकाले वार्षिक २३ लाख ८६ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो । अहिले वार्षिक ५० हजार रुपैयाँ तोकिएको छ । यसबाट सोझै २३ लाख ३० हजार रुपैयाँ राजस्व घटेको छ । पहिले क्यासिनोमा खर्च गरिएको रकमको ५ प्रतिशत शुल्क थियो । अहिले प्रति टिकटमा ५० रुपैयाँ तोकिएको छ । पहिले मेला महोत्सव, कन्सर्ट, जादु सर्कसमा प्रवेशको ५ प्रतिशत कर थियो । अहिले महानगरपालिकाभित्र प्रतिदिन १५ हजार रुपैयाँ तोकेको छ ।’ यस्ता नीतिगत भ्रष्टाचारलाई लेखापरीक्षणका क्रममा कसरी सम्बोधन हुन्छ?’ परीक्षण अधिकारीलाई प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘यसरी राजस्व घटेपछि महानगरपालिकाले चलचित्र, कला तथा सिर्जनाको प्रोत्साहन तथा प्रवर्धनमा कार्यक्रममा बजेट राख्न पाएन । अर्कोतिर संविधानले स्थानीय सरकारको एकल अधिकारका रुपमा दिएको वहाल कर संघीय सरकारले संकलन गरिरहेको छ । यसबाट पनि महानगरपालिकाको आय घटेको छ । नीतिगत यस्ता विषयलाई पनि लेखा परीक्षणका क्रममा औल्याउनु पर्छ ।’

वित्तीय अनुशासनमा नियामक निकायबाट प्राप्त भएका सुझावलाई योजना तथा कार्यक्रम तर्जुमादेखि नै कार्यान्वयन गरिएको प्रमुख शाहको भनाइ छ । लेखा परीक्षण अधिकारीसँगका अपेक्षासँगै प्रमुख शाहले विभागीय प्रमुख र खर्च गर्ने अधिकारीहरुलाई परीक्षणका क्रममा माग गरिएका विवरण, आधार, प्रमाण र कारणहरु तत्काल उपलब्ध गराउन निर्देशन दिनुभयो । ‘वित्तीय सुशासनमा हामी प्रतिवद्ध छौँ ।’ उहाँले आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउन नियामक निकायबाट सहयोगको अपेक्षा गर्नुभयो ।

त्यस क्रममा उपप्रमुख सुनिता डंगोलले, कानुनले दिएका अधिकारलाई करदाताप्रति जिम्मेवार भएर परीक्षण कार्य सम्पन्न हुने अपेक्षा राख्नुभयो ।

परीक्षणका क्रममा कामको वित्तीय विवरण, यसअघिका परीक्षणबाट औँल्याएका विषय, सुधारका लागि दिइएका सुझाव, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कानुनबमोजिम प्रक्रिया तथा पद्धतिहरु हेरिन्छ । महानगरपालिकाले वित्तीय प्रक्रिया सञ्चालन गर्दा हुन सक्ने जोखिम, आन्तरिक नियन्त्रण प्रणाली, आन्तरिक लेखा परीक्षणको प्रभावकारिता र नियन्त्रण, वित्तीय जोखिमको अवस्था मूल्याङ्कन गरिन्छ । केन्द्र, वडासहित खर्च हुने ठाउँबाट सञ्चित रकम खर्च गर्दा अपनाउनु पर्ने नियमितता, मितव्ययिता, कार्यदक्षता उपर परीक्षण गर्ने गरी लेखापरीक्षण योजना बनाइएको छ ।

महानगरपालिकाले वित्तीय सुशासनका लागि पूर्व लेखा परीक्षण, आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षण गरी ३ चरणमा लेखा परीक्षण गर्ने गरेको छ । आ. व. २०७१/०७२ को नगरपरिषद् (तत्कालीन) को निर्णय अनुसार १ लाख ५० हजार रुपैयाँसम्मका भुक्तानीमा महानगरपालिकाले पूर्व लेखापरीक्षण गराउँदै आएको छ । आन्तरिक लेखा परीक्षणका लागि छुट्टै एकाइले काम गर्दै आएको छ । आ.व. २०७३/०७४ (२०७४ बैशाख) देखि महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखापरीक्षण हुँदै आएको छ । त्यसअघि अनुमति प्राप्त लेखा परीक्षकबाट अन्तिम लेखा परीक्षण हुने गरेको थियो ।

वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार महानगरपालिकाको केन्द्र, ३२ वटा वडा, हनुमान ढोका दरबार संरक्षण कार्यक्रम र जग्गा एकीकरण आयोजना गरी ३५ वटा एकाइको छुट्टाछुट्टै परीक्षणबाट प्रारम्भिक प्रतिवेदन तयार हुनेछ ।

प्रशासन विभागले पुस १६ गते आन्तरिक परिपत्र जारी गर्दै अन्तिम लेखा परीक्षणको कार्यअवधिभर विभागका प्रमुख र खर्च कार्यक्रममा सम्लग्न अधिकारी, वडा सचिव, लेखापाल, राजस्व हेर्ने कर्मचारीलाई बिदामा नबस्न, विदा स्वीकृत गर्ने अधिकारीलाई विदा स्वीकृत नगर्न भनेको छ ।

छिमेकी नगरपालिकाहरू सँगै संघीय सरकारको असहयोगका कारण काठमाण्डौको फोहोर व्यवस्थापनमा समस्या भयो
हामीले चुनाव पहिले काठमाण्डौको फोहोरसम्बन्धि धेरै कुरा गरेका थियौँ । आफ्ना योजना सुनाएका थियौँ । निर्वाचित भए पछि त्यहि अनुसार हामीले धेरै विकल्पहरू हेर्यौँ । धेरै देशको व्यवस्थापन हेर्यौँ । पुराना, नयाँ प्रविधि हेर्यौँ । नेपालका सयौँ मान्छे र कम्पनीसँग भेट्यौँ । हाम्रो टोली इन्डिया, चीन, जापान लगायत धेरै ठाउँमा पुग्यो । तर हामीले भोगेको जस्तै समस्याबाट पार पाएको इन्दोर हाम्रा लागि उपयुक्त नमुना बन्न सक्ने देख्यौँ । त्यहाँका असफलता नि हेर्यौँ । त्यसलाई सुधारेर पाएको सफलता पनि थाहा पायौँ ।

फोहोरका किसिम होस् या समाजको फोहोर व्यवस्थापनको सोच होस्, अथवा विगतमा पाएको फोहोरको समस्या होस्, इन्दोर धेरै कुरामा हाम्रो लागि उपयुक्त नमूना थियो । हामीले इन्दोरको मोडल नेपालमा स्थापना गर्न त्यहाँका विज्ञहरूसँग विगत एकबर्षदेखि परामर्शदाताकारूपमा निकट भएर काम गरिरहेका छौँ । केहि पहिले प्रचण्ड प्रधानमन्त्री हुँदा उहाँ उता गएर हामीले पनि यस्तै गर्न सकिने रैछ भन्नु भएको थियो । अनि काठमाण्डौ बाहेक धेरै नगरपालिकाहरू पनि त्यो मोडल हेरेर चित्त बुझेर त्यो मोडलमा काम गर्न खोज्दै हुनुहुन्छ । तर कसरी जम्मा गर्ने, कसरी व्यवस्थापन गर्ने उपयुक्त कार्यविधि र कानून नै थिएन ।

हामीले कानून बनायौँ । अनि त्यस्को कार्यान्वयनको तिर लाग्यौँ । तर विभिन्न किसिमका अवरोधहरू सिर्जना गरिदिने काम भइरह्यो । त्यहि पनि हामीले केहि वडाबाट पाइलट प्रोजेक्ट शुरू गर्यौँ । फोहोरलाई वर्गीकरण गर्ने त्यो वडाहरूमा सफलतापुर्वक काम हुँदैछ भने अर्गानिकलाई मल बनाउने काम पनि हुदैछ । हामीले सहि र दिगो समाधान गर्नका लागि वैधानिक मापदण्ड अनुसार टेन्डर गरेका थियौँ । तर त्यसमा नेपवेस्ट नामको कम्पनीले अवरोध सिर्जना गर्न मुद्दा दर्ता गर्न पुग्यो । त्यो कम्पनीले काठमाण्डौको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना गरिरहेको पहिलो पटक थिएन ।

राज्यको सबै स्रोत साधन प्रयोग गरेर गैरकानुनि रुपमा अर्बौ कमाउने उक्त कम्पनी को स्वार्थ सधै हाबी रहयो ,यति सम्मकि प्रचण्ड प्रधानमन्त्री हुदा चिन जादा समेत उक्त कम्पनी बारे चर्चा भएको थियो । एक पटक त्यहि कम्पनीको सौजन्यमा बसेको बैठकले अघिल्लो बैठकमा उसलाई नदिने निर्णय भए पनि त्यहि कम्पनीको सौजन्यमा उपत्यका मेयर्स फोरमको बैठक बसेको थियो ।

मैले त्यसको सार्वजनिक असहमति प्रकट गर्दै मैले १ नोभेम्बर २०२३ मा लेखेको थिएँ, ‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिकार गरेको हो, कसैको अपमान गरेको होईन । नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देशनै बेच्नुभो भने पनि, काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ।’

उक्त कम्पनी र छिमेकी नगरपालिकाहरूको असहयोगसँगै काठमाण्डौको फोहोर व्यवस्थापनले भोगिरहेको अर्को समस्या हो, संघीय सरकारको हस्तक्षेप । संघीय सरकारले फोहोरको स्थायी समाधान गर्ने भन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउनेमा ध्याउन्नमा असहयोग मात्र गरिरह्यो । हाम्रो अधिकार माथि पनि केन्द्र सरकारको हस्तक्षेप रह्यो ।

संघीय सरकार र छिमेकी नगरपालिकाले उक्त कम्पनीकोलाई नै फोहोरको जिम्मा दिएर काठमाण्डौको फोहोरमा एकाधिकार लाद्ने र कहिलै दिगो समाधान नहुने बाटोमा लागे पनि हामी त्यसलाई वैधानिकरूपमा नै तोड्न क्रियाशील छौँ । यसैले हामीले सहि र दिगो समाधान गर्नका लागि वैधानिक मापदण्ड अनुसार टेन्डर गरेका थियौँ । त्यसमा नेपवेस्टमार्फत मुद्दा हालियो । तर, सम्मानित अदालतले यो अधिकार काठमाण्डौ महानगरमै निहित रहेको भन्ने आदेश दिएपछि काठमाण्डौको फोहोर व्यवस्थापनमा रहेको एकखालको अवरोध पाखा लागेको छ ।

फोहोरको दिगो व्यवस्थापनमा हामी एक कदम अगाडि बढेका छौँ । अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच अझै पनि हुन सक्छन् । तर हामी रोकिने छैनौँ । फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिएको पुन: जानकारी गराउँछौँ । यसैले सबै किसिमका दाउपेच छोडेर, राजनीतिक पुर्वाग्रह त्यागेर महानगरको काममा सहयोगी बन्न आग्रह गर्दछौँ ।

हामी स्पष्ट छौँ, काठमाण्डौको फोहोरको दिगो समाधान सम्भव छ । यो काठमाण्डौबासीको अधिकारको कुरा हो । हामीले फोहोर थुपारेर बर्षौँदेखि अन्याय गरिरहेको सिस्डोल र बञ्चरे डाँडा लगायत स्थानका पिडितहरूको न्यायको कुरा हो । यो हजारौँको रोजगारी र देशभरको गौरव जोडिएको बिषय हो । हामी समस्या समाधानको बाटोमै छौ अबरोध अझै आउन सक्छन तर यसमा रत्तिभर पनि सम्झौता नगरी अगाडी बदनेछौ ।

काठमाडौ महानगरपालीका प्रमुख साहले सामाजिक संञ्जालमा राख्नु भएको सामग्री बाट

देश किन र कसरी डुब्यो, हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ: बालेन साह
काठमाडौ : काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन )ले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ ।

आज राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि दिवस एवं सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने सम्भावना बोकेको संस्था अहिले आफैँ थला पर्नु सोचनीय विषय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो देश किन डुबेको हो भन्दा अहिलेका साना विद्यार्थी, बाबुनानीहरु तथा अध्ययन गर्ने अभियन्ताहरु सबैले यो देश किन डुबेको भनेर हेर्न मन छ भने सिंहदरबार वैद्यखाना आएर हेरे हुन्छ । ठ्याक्कै थाहा हुन्छ, यो देश के कारणले डुब्छ ? यो देशमा के समस्या छ ? देशमा उत्पादन गर्ने विभिन्न सरकारी उद्योगहरु, सरकारले चलाएका विभिन्न उद्योगहरु कसरी डुब्छन् भन्नेकुरा ठ्याक्कै थाहा हुन्छ । यो सरकारले हाम्रो ९० प्रतिशत सरकारी निकाय कि त लिजमा दिइन्छ, लिजमा दिएर बेचिन्छ, लिजमा दिन सकिएन भने निजी संस्थाको प्रभाव र दबाबमा आएर त्यसलाई डुबाइन्छ । किनभने प्राइभेट मात्रै औषधि खाउन्, प्राइभेट मात्रै उत्पादन खाऔँ । सबै चिज प्राइभेट मात्रै होस् । सरकारले केही पनि नगरोस् भन्ने हामी मान्यतामा रहेको देखिन्छ । ५८÷५९ सालमा यहाँको बजेट ५ करोड थियो अहिले १ करोड छ । यहाँको बजेट ५० करोड पनि कम हुन्छ, वास्तवमा भन्दा । पहिला पहिला यो ठाउँमा खालि क्षेत्र धेरै थियो । औषधि धेरै उत्पादन हुन्थ्यो । अहिले जताततै भवन छ, औषधि छैन । दोष यो सरकारलाई मात्रै पनि दिनु हुँदैन । यहाँनेर सरकार परिवर्तन भएपिच्छे यहाँको एमडि चेन्ज हुन्छ । यहाँको एमडी ५० हजारमा पनि चेन्ज हुन्छ । पहिला ५० हजार रुपैयाँमा पनि एमडी चेन्ज भएको ठाउँ हो । अहिले रेट बढ्यो कि घट्यो के छ थाहा भएन । ठेक्का लाग्दा शुरुवाती कुरामै कमी कमजोरी देखिन्छ । ठेकेदारसँग ठेक्का गर्नुपर्छ । उसले राम्रो जडिबुटी दिँदैन, जडिबुटी नै राम्रो नआएपछि कसरी राम्रो उत्पादन हुन्छ । आयुर्वेदिक उपचार भनेको हाम्रो संस्कार हो, हाम्रो संस्कृति हो । सिंहदरबार वैद्यखाना जोगाउन सकिँदैन, आयुर्वेदलाई जोगाउन सकिँदैन भने हाम्रो देश कसरी जोगाउन सकिन्छ । देश जोगाउन शुरुमा यस्तो ठाउँ जोगाउनुप¥यो नि । सचिवज्युको एउटा कुरामा म के सहमत भएँ भने मन्त्रालयले एलोपेथिक र आयुर्वेदिक दुवैलाई बराबर हेर्छ । किनभने एलोप्याथिक पनि डुबेको छ, आयुर्वेदिक पनि डुबेको छ । वीर अस्पताल पनि डुबेको छ, टिचिङ पनि डुबेको छ, वैद्यखाना पनि डुबेको छ । सबै बराबर छ । मन्त्रालयले हेर्ने दृष्टि ठ्याक्कै बराबर छ, केही पनि फरक छैन । सबै चिज डुबाइएको छ । यो सबै चिज उकास्न जरुरी छ । वीर अस्पताल पनि उकासिनु पर्छ, सिंहदरबार वैद्यखाना पनि उकासिनुपर्छ । औषधि उत्पादन हुनुप¥यो । औषधि उत्पादन गर्ने संस्था कसरी घाटामा जान्छ, यसले त बेच्छ त । बेच्ने चिज पनि कसरी घाटामा जान्छ । सरकारले गरिदिनुप¥यो । सरकारले वैद्यखाना सञ्चालन गर्न सक्दैन भने महानगरपालिकालाई दिनुप¥यो । महानगरपालिकाले सञ्चालन गर्छ ।’

नगरप्रमुख साहले आफू वैद्यखाना परिसरमा हुर्केको आफ्नो बाल्यकालको स्मरण गर्दै यस संस्थाकोे व्यवस्थित सञ्चालन र विकासका लागि सरोकारवाला सबैको ध्यानाकर्षण गराउनुभयो ।

“पहिले यही ठाउँमा धेरै स्थान खाली थियो, औषधि उत्पादन धेरै हुन्थ्यो, अहिले जताततै भवन छन्, औषधि उत्पादन चाहिँ कम छ”, उहाँले भन्नुभयो, “२०५८/५९ सालमा यहाँको बजेट रु पाँच करोड थियो, अहिले एक करोड छ ।”

गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले अबरोध गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

मेयर साहले अदालतको फैसला र पशुपति क्षेत्र विकास कोषको निर्णयअनुसार धर्मशाला संरक्षणका लागि गएको महानगरको टोलीलाई प्रहरीले अवरोध गरेको र उल्टै मारवाडी सेवा समितिलाई संरक्षण गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।

मेयर साहले देश चलेको त यस्तै समितिबाट पो रहेछ । अनि हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौँ भन्दै सामाजिक संञ्जाल मार्फत असन्तुष्टि जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ- नाजायज सम्बन्धबाट सम्झौता गरी गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितीले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैयाँ तिरेर हडपेको जग्गा अदालतले दाबी पुग्दैन भनेर पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ ,अनि कोषले महानगरलाई धर्मशाला तथा असक्तहरूलाई निशुल्क खाना र औषधि उपचार गर्न भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितिको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समितिबाट पो रहेछ । अनि हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौँ ।

प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, मध्यपूर्व क्षेत्रमा २० नोभेम्बर २०२२ (२०७९ मंसिर ४) गतेदेखि कतारले आयोजना गरेको विश्वकप फुटबल व्यवस्थापनको प्रशंसा गर्नुभएको छ ।

आज उहाँको कार्यकक्षमा शिष्टाचार भेटका लागि आउनुभएका नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीसँगको कुराकानी गर्दै प्रमुख शाहले भन्नुभयो, ‘विश्वकप खेल सञ्चालन गर्न कतारमा निर्माण गरिएको रंगशालाको अन्तरराष्ट्रिय स्तरमा ख्याती रहेको छ ।’

खेलजस्तै नागरिकलाई तत्काल र प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रमका लागि संयुक्त आयोजनामा कार्यक्रम गर्न सकिने प्रमुख शाहको भनाइ थियो ।

त्यस क्रममा राजदूत अली अन्सारीले प्रमुख शाहको कार्यशैलीको प्रशंसा गर्नुभयो । उहाँले कतारको विकासमा नेपाली नागरिकको सहयोग रहेको उल्लेख गर्दै भन्नुभयो, ‘कतारमा धेरै नेपाली हुनुहुन्छ । उहाँहरुले हाम्रो विकासमा सघाइरहनु भएको छ । कतारियनहरु पनि नेपालको विकासका लागि लगानी गर्न इच्छुक हुनुहुन्छ ।’

भेटका क्रममा काठमाडौँ महानगरपालिका र दोहा नगर बिच भगिनी सम्बन्ध स्थापनाको सम्भावना, परस्पर हित र सहकार्यका विषयमा कुराकानी भएको थियो । त्यस क्रममा प्रमुख शाहले शान्तिका प्रतीक गौत्तम बुद्धको मूर्ति मित्रताको चिनो स्वरुप उपहार दिनुभएको थियो ।