बाबुराम भट्टराई – News Polar

देशको अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त ठानेँः बाबुराम भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी दिनमा देशले आवश्यक ठानेका राजनीतिक दल, समूह तथा व्यक्तिहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गोरखा क्षेत्र नम्बर–२ बाट दिएको उम्मेदवारी फिर्ता लिने घोषणा गर्दै डा. भट्टराईले सबैको आग्रहअनुसार प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धाभन्दा बाहिर रहेरै विभिन्न दल र समूहलाई सघाउने बताएका हुन्।

उम्मेदवारी फिर्ता लिने निर्णय सार्वजनिक गर्दै उनले भने, ‘भोलि आवश्यक पर्दा देशका लागि विभिन्न रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुगेर मैले आज दर्ता गरेको मनोनयनपत्र फिर्ता लिने निर्णय गरेको छु। आगामी दिनमा देशले चाहेको राजनीतिक दल, अग्रगामी सोच राख्ने दल, समूह र व्यक्तिहरूलाई आवश्यकताअनुसार सहयोग गर्दै देश र समाजको हितका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।’

डा. भट्टराईले आगामी दिनमा पनि आफू निरन्तर जनताको सेवामा लागिरहने स्पष्ट पारे। उनले देशको अग्रगमन, समृद्धि, राष्ट्रिय स्वाधीनताको रक्षा तथा अहिलेसम्म पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बृहत् शान्ति सम्झौता कार्यान्वयनमा सहयोग गर्ने बताए।

उनले जेन–जी आन्दोलनपछाडि राज्य र जेन–जी समूहबीच भएका सम्झौताहरूको कार्यान्वयनमा पनि आफ्नो तर्फबाट आवश्यक सहयोग रहने उल्लेख गर्दै भने, ‘आवश्यक पर्ने जुनसुकै भूमिका पनि म निःशर्त र निस्वार्थ रूपमा निर्वाह गर्नेछु।’

डा. भट्टराईले आफूले स्थापना र हुर्काउँदै आएको तत्कालीन नयाँ शक्ति पार्टी हाल प्रगतिशील लोकतान्त्रिक पार्टीका रूपमा अगाडि बढिरहेको जानकारी दिए। साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टीलगायत नयाँ राजनीतिक दलहरू र पुराना दलभित्र रहेका अग्रगामी सोच भएका नेताहरूसँग सहकार्य र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले भिडियो सन्देश सार्वजनिक गर्दै भनेका छन्–

बाबुराम भट्टराईले गोरखा–२ मा गराए उम्मेदवारी दर्ता
पोखरा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भट्टराईले गोरखास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन पत्र दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा प्रगतिशील लोकतान्त्रिक पार्टीका गोरखा जिल्ला संयोजक नारायण खत्री रहेका छन् भने समर्थकमा जेनजी विद्रोहका अगुवा रिजान राना मगर रहेका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टी जेन–जी आन्दोलनको उपज होः बाबुराम भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी जेन–जी आन्दोलनको उपज भएको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित सो पार्टीको घोषणा सभामा बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो । पूर्वप्रधानमन्त्री भट्टराईले प्रलोपलाई जेनजी पुस्ताको पार्टी भन्नुपर्ने जिकिर समेत गर्नुभयो । प्रलेपालाई जेन–जी पुस्ताको पार्टी हो भनेर नबुझने हो भने त्यसको कुनै अर्थ नहुने उहाँको जिकिर थियो । पूर्वप्रधानमन्त्री भट्टराईले जेन–जी पुस्ताको आवाज र मागलाई सो पार्टीले पूरा गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो पार्टी भनेको जेन–जी आन्दोलनको उपज हो । र जेन–जी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ । यदि यो कुरा बुझिएन र मैले मेरो आफ्नै बखान गर्ने, अर्कोको अर्को बखान गर्दै हिँडने हो भने हुँदैन । अबको यो पार्टीको एजेण्डा भनेको जेन–जी पुस्ताको चेतनासँग, त्यसको आवाजसँग, यो युगसँग जोडिएका कुराहरु यसले पूरा गर्नसक्छ कि सक्दैन ?’

पूर्वप्रधानमन्त्री भट्टराईले जेन–जी पुस्ताको मागलाई सम्बोधन गरेर अघि बढ्न पुराना पार्टी र नेताहरु मात्रै नभएर राजनीतिमा नै पुनर्संरचना आवश्यक रहेको समेत बताउनु भयो ।

रामराज्य ल्याइदिउँ जस्तो लाग्छ तर भन्नेबित्तिकै सबै हुँदैनः बाबुराम भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिमा आन्तरिक र वाह्य शक्तिहरुले खेलिरहने भन्दै भनेअनुसार सबै काम गर्न नसकिने बताउनुभएको छ ।

काठमाडौंमा बिहीवार आयोजित जेन–जी अगुवाहरुकोसँगको अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिमा देश भित्र र बाहिरका दृश्य, अदृश्य शक्तिहरुले काम गरिरहने हुँदा भनेअनुसार सबै काम गर्न नसकिने बताउनु भयो । ती शक्तिहरुसँग सन्तुलन मिलाएर अघि बढ्दै आफ्ना एजेण्डाहरु लागू गर्नुपर्ने उहाँको भनाई छ ।

रामराज्य ल्याईदिउँ भन्ने चाहना भएपनि भन्नेबित्तिकै केही नहुने टिप्पणी गर्नुभयो । उहाँले अबको लोकतन्त्र समावेशी र सहभागीयुक्त हुनुपर्ने बताउनु भयो । गणतन्त्रको विकल्प नभएको उल्लेख गर्नुहुँदै उहाँले वंशाणुगत जन्मजात नै कोही राजा हुनुपर्ने अलोकतान्त्रिक व्यवस्था मान्य नहुने बताउनु भयो । उहाँले नेपालको संविधानमा वर्गीय, जातिय, क्षेत्रिय, लैङ्गिक र जातपातजन्य वर्ण विरोधको अन्त्यगर्नेगरी राज्यको पुनःसंरचना गर्ने भन्ने उल्लेख भएकोले सोहीअनुरुप अगाडी बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिमा बढो ख्याल गर्नुस् तपाईहरुले सबै दखेको मात्रै हुँदैन, कही अदृश्य शक्तिहरुले काम गरिरहेका हुन्छन् । त्योसँग तपाईले एकैचोटी शक्ति सन्तुलन मिलाएर लढ्न सक्नुभएन भने झोक उठ्दा त सबैलाई सिध्याईदिउँ क्यारे । अहिले नै रामराज्य ल्याईदिउँ क्यारे भनेजस्तो लाग्छ तपाईलाई । त्यो सपना त बोक्नुपर्छ । तर लडाईँ लड्दाखेरी तपाई हात्तिसँग कुस्ती खेल्नुप¥यो के गर्नुहुन्छ, कुस्ती खेल्न सक्नुहुन्छ तपाई हात्तीसंग लड्दाखेरी ? हात्तिसंग कुस्ती खेल्ने त होईन । हात्तिलाई त जुक्तिले माउतेले जस्तो गरेर अंकुश लगाएर त्यसलाई नियन्त्रण गरे अनि आफ्नो गन्तब्यमा जानुपर्छ । त्यसो भएको हुनाले हामीले त्यो ढंगले चाँही ग¥यौँ । यो मुद्दा पनि संगसंगै सम्बोधन गर्नुपर्छ । अवको लोकतन्त्र, अबको गणतन्त्र, राजतन्त्र फ्याक्ने मात्रै होईन । गणतन्त्र त चाहियो, त्यो वंशानुगत जन्मजात नै कोही चाँही ठुलो हुन्छ, त्यो पनि छोरो नै राजा हुनुपर्ने, निश्चित जातीकै हुनुपर्ने भन्ने त सोझै अलोकतान्त्रिक हो नी त्यो त । त्यो विषय त मध्ययुगिन कुरा थियो, हामी कहाँ पछिसम्म टासिँयो । त्यो त चाहियो चाहियो । संगसंगै लोकतन्त्र पनि अप्रत्यक्ष भोट हाल्ने मात्रै लोकतन्त्र होईन । अथवा पुँजीवादी हाम्रा काँग्रेसहरुले भनेजस्तो लोकतन्त्र पनि पूर्ण हुँदैन । कम्युनिष्टले भन्ने वर्ग मात्रै भनेर अरु कुरा छाडेर वर्गको नाममा आजिवन सत्तामा बसेर वर्गको उत्थानीकरण त हुन्छ त उसको त । त्यसकारण जुन भ्रष्टिकरण भएको थियो, त्यो भन्दा माथी उठेको लोकतन्त्र समावेशी र सहभागीयुक्त लोकतन्त्र चाहिन्छ ।’

जेन–जी अगुवा अमित खनालले नेपालका राजनितक दलहरुको विचारमा परिवर्तन हुन नसकेको बताउनु भयो । माक्र्सबाट लेनिन, लेनिनबाट माओ आउँदै गर्दा केही न केही परिवर्तन भएको भएपनि नेपालमा राजनितिक दलहरुको भने २०६३ सालमा बोकेका एजेण्डा अझै बोकेर हिँडिरहेको बताउनु भयो ।

जेन–जी अगुवा माजिद अन्सारीले सुरक्षा निकायको भुमिकामाथी प्रश्न उठाउनु भयो । प्रहरीले जेन–जी आन्दोलनका क्रममा लाठी चार्ज गर्नुपर्ने ठाउँमा प्रहरीले गोली चलाएको र राष्टको धरोहर बचाउनुपर्ने ठाउँमा देखा नै नपरेको उहाँको भनाई छ । उहाँले आन्दोलनकारीलाई बदनाम गर्ने चलन बढेको पनि बताउनु भयो । आन्दोलनका क्रममा अराजकता मच्चाउनेलाई कारबाही गर्नुपर्ने भएपनि हाल मधेसी, मुसहर, दलित, जनजातीका अनुहार मात्रै पक्राउ परेको उल्लेख गर्नुभयो ।

राजनीतिक संवाद समितिले काठमाडौंको बानेश्वरस्थित इन्द्रेणीमा बिहीवार जेनजी अगुवाहरुसँग अन्तरसंवाद कार्यक्रममा गरेको थियो ।

जेन–जीको मुख्य मागलाई नै सरकारले बेवास्ता गर्‍योः बाबुराम भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी आन्दोलनको मुख्य मागलाई नै सरकारले बेवस्ता गरेको बताउनुभएको छ ।

काठमाडौंमा बिहीवार आयोजित जेन–जी अगुवाहरुकोसंगको अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाले जेन–जी अगुवाहरुलाई आफ्ना माग सम्बोधन गराउनको लागि सरकारसँग सम्झौता गर्न सुझाव दिनुभयो । जेन–जी आन्दोलनको मुख्य माग नै भ्रष्टाचारीलाई कारबाही गर्ने भएपनि सरकारले अहिलेसम्म कारबाही प्रक्रिया अगाडी नबढाएको उहाँको भनाई छ । उहाँले ठूला भ्रष्टाचारी र भ्रष्टाचारका ठूला ठूला काण्डहरु छानविनको लागि प्रक्रिया अगाडी बढाउन दबाब दिन सुझाव दिनुभयो । उहाँले भदौ २३ को आन्दोलनको क्रममा भएका गोली प्रहारको पनि निष्पक्ष रुपमा छानविनको लागि दबाब बढाउन आग्रह गर्नुभयो । उहाँले छानविनको लागि समिति बने पनि दोषीलाई कारबाही गर्न ढिलो भएको बताउनु भयो । यसले गर्दा प्रमाण नष्ट हुने र दोषि उम्कने उहाँको दाबी छ । निर्वाचन गर्न पनि सरकारलाई दबाब दिनुपर्ने उहाँको भनाई छ ।

निर्वाचन नभएमा संविधान असफल हुने उहाँको भनाई छ । उहाँले संविधानलाई असफल बनाउन केही तत्वहरु सक्रिय भएको पनि बताउनु भयो । दुर्गा प्रसाईंको आन्दोलनलाई लक्षित गर्दै उहाँले संविधान असफल बनाउनेहरुसँग शतर्क हुँदै बेलैमा निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । निर्वाचनको लागि सरकारले दुई वटा काम गर्नुपर्ने उहाँको भनाई छ । उहाँले विदेशमा भएकाहरुलाई पनि भोट हाल्ने व्यवस्था गर्नुपर्ने र जेन–जीहरुलाई मध्यनजर गरेर मतदान गर्ने उमेरलाई १६ वर्ष र उम्मेद्वार बन्न पाउने उमेरलाई १८ वर्ष कायम गर्नुपर्ने बताउनु भयो । हाल मतदान गर्नको लागि १८ वर्ष हुनुपर्नेछ भने प्रतिनिधि सभाको सदस्य हुनको लागि २५ वर्ष र स्थानीय तहको जनप्रतिनिधि हुनको लागि २१ वर्षको हुनुपर्नेछ । उहाँले यसलाई घटाएर तल्लो तहमा १८ र माथिल्लोमा २१ वर्ष कायम गर्न दबाब दिन सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘भ्रष्टाचारीलाई कारबाही गर्ने भन्ने मुख्य माग हो नी त तपाईहरुको, खै त्यो अहिले सुरुवात भएको । अहिले गर्न नसकिएला सुरुवात त गर्न सकिन्छ । जो ठूला भ्रष्टाचारी हुन्, जुन देखिएका ठूला ठूला काण्ड हुन् । त्यो प्रक्रिया शुरु गर्न त सकिन्छ । हो त्यसमा तपाईहरुको दबाब हुनुप¥यो । संगसंगै अब चुनाव गर्नुपर्छ , अब चुनाव गरिएन भने के हुन्छ भने संविधान त डिरेल हुन्छ, यही आधा गिलास पनि घोप्टिन्छ, फेरि । कोही घोप्टियोस् भनेर लाग्नेछन्, देख्नुभएको छ नी केही मान्छेहरुले बडा आन्दोलन गर्छु भनेको त्यो तपाईहरुको सर्मथनमा आन्दोलन होईन । यो आधा गिलासलाई पनि घोप्ट्याउने आन्दोलन हो उनीहरुको । तपाईले आधा गिलास थप्ने आन्दोलन गरिहनुभएको छ । त्यसकारण घोप्ट्याउने आन्दोलनमा सर्तक हुँदै त्यसको निम्ती बेलैमा निर्वाचन गर्नुपर्छ । यो सरकारले तपाईहरुप्रति जवाफदेही भएर काम गरोस् । र केही काम चाँही तपाईहरुले के सहमति गर्नुप¥यो भने । एउटा विदेशमा भएकाहरुले भोट हाल्ने कानुनमा व्यवस्था गर्नुप¥यो । दोसा्रे कुरा चाँही जो तपाईहरु हो, यस अनुसार उम्मेद्वार हुनको लागी २५ वर्षको हुनुपर्छ । यसलाई त घटाउनप¥यो नी । विश्वमा अधिकांश देशमा २१ र १८ वर्ष उमेर पनि रहेछ भने हामीले किन नगर्ने । हामीले भोट हाल्ने उमेर र उम्मेद्वारको उमेर एउटै बनाउँदा हुन्छ । जब नेपालको नागरिकत्ता १६ वर्षको छ भने उमेर पनि त्यही गरिदिए हुन्छ । भोट हाल्ने उमेर पनि त्यो गरेको भो । अहिले र १८ वर्ष भनिएको छ । नागरिकताको उमेर र भोट हाल्ने उमेर १६ वर्ष गरिदिउँ, उम्मेद्वारको हकमा चाहीँ १८ या २१  अथवा स्थानिय तहमा १८ माथिल्लो तहमा २१ गर्दा पनि हुन्छ । त्यो तुरुन्त गर्नप¥यो, गर्न सकिन्छ, अध्यादेशबाट ।’

उहाँले जेन–जीहरुलाई एकजुट भएर सरकारसँग आफ्ना माग राख्न पनि सुझाव दिनुभयो । सरकारले अध्यादेशमार्फत यी मागहरु पूरा गर्नसक्ने उहाँको भनाई छ ।

डा भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न समूहसँग आज यहाँ छलफल गर्नुभएको छ ।

जेनजी प्रदर्शनपछिको राजनीति र त्यसका मर्मअनुसार समग्र राजनीतिको पुनःगठनसहित वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि छलफल भएको बताइएको छ ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डिपी अर्याल, नेपाल समाजवादी नयाँ शक्तिका कार्यबाहक अध्यक्ष दुर्गा सोब, प्रगतिशील अभियानका नेताहरु जनार्दन शर्मा र सुदन किराँती, उज्यालो नेपाल अभियानलगायतका प्रतिनिधि सहभागी हुनुहुन्छ ।

‘देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको शुरूवात गरेकोमा असाध्यै गौरवान्वित छु’
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको शुरूवात गरेकोमा असाध्यै गौरवान्वित रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वप्रधानमन्त्री भट्टराईले भदौ २३ को जनप्रतिरोधमा सहभागी युवापुस्ताप्रति भावुक अपिल जारी गरेका हुन् ।

उनले आन्दोलनमा शहादत प्राप्तहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, युवाहरूले देशको नयाँ इतिहास लेख्न थालेकोमा गर्व व्यक्त गरेका छन् ।

भट्टराईले आन्दोलनलाई लक्षित रूपमा अघि बढाउन, शान्तिपूर्ण स्वरूपमा दृढ रहन, गलत तत्वहरूको घुसपैठ रोक्न, र संविधानका मूल स्तम्भहरू (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र)मा आघात नपुर्याउन चेतावनी दिएका छन् ।

उनले इतिहास दोहोरिन नदिन विगतका गल्तीबाट सिक्न र विवेकपूर्ण नेतृत्वका साथ अघि बढ्न आग्रह गरेका छन् । साथै, सम्पूर्ण युवाहरूप्रति उनले उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।

बाबुराम भट्टराईको कडा टिप्पणी : स्थापित दलहरुको पाखण्डपूर्ण हर्कत मान्य नहुने चेतावनी
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले भिजिट भिसा प्रकरण छानबिन गर्न सरकारले बनाएको समिति हेर्दा सरकारको छलकपटपूर्ण हर्कत उदांगो भएको बताउनुभएको छ ।

नेता भट्टराईले सत्ताधारी र प्रमुख प्रतिपक्षी दलको राज्य दोहोनकारी चरित्र उदांगिएको टिप्पणी गर्नुभएको हो।

सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेपछि सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै नेता भट्टराईले स्थापित राजनीतिक दलहरुको पाखण्डपूर्ण हर्कतलाई जनता मान्य नहुने चेतावनी दिनुभएको छ ।

नेता भट्टराईले सामाजिक सञ्जालमा के लेख्नुभएकोछ त ?

चर्चित भिजिट भिसा प्रकरणमा एक जना पूर्व प्रमुख कर्मचारीको नेतृत्वमा वहालवाला कनिष्ठ कर्मचारीहरू भरेर बनाएको हास्यस्पद ‘छानवीन समिति’ ले सत्ताधारी र प्रमुख प्रतिपक्षी दलरनेताहरूको राज्यदोहनकारी र छलकपटपूर्ण हर्कतलाई पूरै उदांगो पारेको छ।

जनयुद्ध शुरू गर्नु पहिले हामी तत्कालीन राजतन्त्र सहितको संसदीय प्रणालीको यस्तै पाखण्डी हर्कतलाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल’ भनेर भण्डाफोर गर्थ्यौं र जनताको वास्तविक सहभागितामूलक लोकतान्त्रिक गणतन्त्रको पैरवी गर्दथ्यौं ।

तर आज जनताको त्यत्रो बलिदानीपूर्ण संघर्षपछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रमा दुई ‘पुराना जोगी’माथि एक ‘नयाँ जोगी’ थपिएर उस्तै पाखण्डपूर्ण हर्कत गर्छन् र जनताको सहज बुद्दि (कमन सेन्स) माथि समेत खेलबाड गर्छन् भने त्यो नेपाली जनता र वैकल्पिक राजनीतिक शक्तिहरूलाई मान्य हुन सक्दैन ।

अब भिजिट भिजा प्रकरण मात्र हैन यी तीन ठुला टाउका संलग्न ठानिएका एनसेल प्रकरण, बुढीगण्डकी प्रकरण, साठी किलो सुनकाण्ड, भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु प्रकरण लगायत सबै ठूला भ्रष्टाचार काण्डहरूको शक्तिशाली,उच्चस्तरीय, स्वतन्त्र, निष्पक्ष संयन्त्र मार्फत छानवीन गरिनुपर्छ र दोषीहरूलाई हदैसम्मको कार्वाही गरिनुपर्छ ।

विश्व व्यवस्था तिब्र रुपमा परिवर्तन हुँदैछः पूर्वप्रधानमन्त्री भट्टराई
कुटनीति र अन्तर्राष्ट्रिय मामिलामा महत्वपूर्ण भुमिका खेल्नको लागि नेपालमा आईतवारबाट एम्बास्डर्स क्लव र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोवल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) को शुरुवात भएको छ ।

सोही अवसरमा नेपालको पहिलो कुटनीतिक पत्रिका तथा मिडिया प्लेटफर्म ‘द डिप्लोम्याट नेपाल’ पनि सार्वजनिक गरिएको हो । कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आईआरजीडीडी, एम्बास्डर्स क्लव र ‘द डिप्लोम्याट नेपाल’ म्यागेजिनको शुभारम्भले विश्वमा भइरहेको परिवर्तनमा नेपालले एक महत्वपूर्ण भुमिका रहने बताउनु भयो । वैश्विक व्यवस्था तिब्र रुपमा परिवर्तन भइरहेको भन्दै नेपाल अब किनारामा बस्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले शान्ति, सक्रिय सार्वभौमिकता र न्यायमा आधारित योगदानहरुको लागि हुने प्रयास एक समयानुकुल र आवश्यक कदम भएको बताउनु भयो ।

पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो, ‘वैश्विक व्यवस्था तिब्र रूपमा परिवर्तन हुँदैछ । र नेपाल अब किनारामा बस्न सक्दैन । शान्ति, सक्रिय सार्वभौमिकता र न्यायमा आधारित योगदानहरुको लागि हुने प्रयास एक समयानुकुल र आवश्यक कदम हो ।’

कार्यक्रममा अम्बासडर्स क्ल र आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदुत डा. सर्मिला पराजुली ढकालले महत्वपूर्ण संस्थाहरुको उद्घाटन केबल शुरुवात मात्र नभई यात्राको थालनी भएको बताउनु भयो । यो यात्रा नेपाललाई विश्व संवादको केन्द्रमा पु¥याउने यात्रा भएको उल्लेख गर्नुभयो । नेपालको आवाज, शान्ति र सहनशीलतामा आधारित, अब विश्व मञ्चमा गुञ्जिने उहाँको विश्वास छ ।

उहाँले भन्नुभयो, ‘यो यात्रा नेपाललाई विश्व संवादको केन्द्रमा पु¥याउने यात्रा हो । नेपालको आवाज, शान्ति र सहनशीलतामा आधारित, अब विश्व मञ्चमा गुन्जिनेछ । साना राष्ट्रहरू उभिनुपर्छ । द्वन्द्वमा होइन, दृढतामा । हामी स्पष्ट भाषामा बोल्नुपर्छ, सहानुभुतिसाथ संवाद गर्नुपर्छ र साहसका साथ अघि बढ्नुपर्छ । विश्व परिवर्तनको सामना गर्दै हामीले त्यसमा आफ्नो भूमिका खेल्नुपर्छ, केवल प्रतिक्रिया होइन ।’

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालले गर्ने प्रत्येक निर्णयले केवल नीति मात्र नभइ  पहिचान, इतिहास र अस्तित्वसँग सम्बन्धित गम्भीर प्रश्नहरूलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । उहाँले आज नेपालको सबैभन्दा महत्वपूर्ण कार्य भनेको आफ्नो उपस्थितिलाई पुनः परिभाषित गर्नु रहेको बताउनु भयो ।  उहाँले भन्नुभयो,‘आज नेपालको सबैभन्दा महत्वपूर्ण कार्य भनेको आफ्नो उपस्थितिलाई पुनः परिभाषित गर्नु हो — निष्क्रियताबाट होइन, रणनीतिक संलग्नता, बहुपक्षीय साझेदारी र स्पष्ट कूटनीतिक आवाजमार्फत, त्यो चुनौतीको उत्तर हो । यस्तो प्लेटफर्म जहा नेपाल अरूबाट प्रतिनिधित्वको पर्खाइमा बस्दैन, तर दृढता, उद्देश्य र सिद्धान्तसाथ आफैं बोल्छ ।”

पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोईरालाले आईआरजीडीडी र एम्बास्डर्स क्लवलाई ‘समय सापेक्ष र रूपान्तरणकारी’ प्लेटफर्मको रूपमा व्याख्या गर्नुपर्ने बताउनु भयो । विश्व आपसमा जटिल संकट र जलवायु संवेदनशीलतामा जुधिरहेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय कुटनीतिमा नेपालको भुमिका सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।  उहाँले भन्नुभयो, ‘विश्व आपसमा जटिल संकट र जलवायु संवेदनशीलतासग जुझिरहेको अवस्थामा यस्ता पहलहरू नेपालका लागि महत्वपूर्ण छन् । केवल चुनौती सामना गर्न होइन, अन्तर्राष्ट्रिय कुटनीतिमा नेपालको भुमिका सशक्त बनाउनुपर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले यस्ता पहलहरुले नेपाल र विश्वमा भइरहेको जटिल कुटनीतिक अभ्यास सुधार्न मद्दत गर्ने बताउनु भयो । अहिलेको समयमा जलवायु संकट, एआई र आप्रवासनका चुनौतीसँग जुधिरहँदा परम्परागत अभ्यासलाई नयाँ अभ्यासले प्रतिस्थापन गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘यी पहलहरूले नेपाल र विश्वमा भइरहेको जटिल कुटनीतिक अभ्यास सुधार्न मद्दत गर्नेछन् । अहिलेको समयमा जलवायु संकट, एआई र आप्रवासनका चुनौतीसँग जुझिरहँदा परम्परागत अभ्यासलाई नयाँ अभ्यासले प्रतिस्थापन गर्नुपर्छ । यी पहलहरूले नया विचारहरू ल्याउन र प्रवद्र्धन गर्न प्रमुख भूमिका खेल्नेछन् ।’

डिप्लोम्याटिक कोप्र्सकी डीन तथा नेपालका लागि इजिप्टकी राजदुत नोहा हाम्दी अहमदले आयोजक समिति तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आईआरजीडीडी, एम्बास्डर्स क्लवले अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आईआरजीडीडी, एम्बास्डर्स क्लवले अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्ने एक महत्वपूर्ण प्लेटफर्म प्रदान गर्छ, जसले कूटनीतिज्ञहरूलाई अनुभव र ज्ञान साट्न सहयोग पु¥याउँछ। साथै, द्विपक्षीय र बहुपक्षीय कुटनीति प्रवद्र्धनमा पनि सहायक हुनेछ ।’

संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक–नेपाल हाना सिंगर हाम्दीले विनाशका दिनहरूपछि अब उत्सव मनाउने समय आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विनाशका दिनहरूपछि अब उत्सव मनाउने समय आएको छ । तपाईहरुले हामीलाई प्रेरित गराउने तीनवटा कारण लिएर आउनुभएको छ ।’

कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराई, गृहमन्त्री रमेश लेखक, पूर्वउपप्रधानमन्त्री सुजाता कोईराला, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, एम्बास्डर्स क्लव र आईआरजीडीडीकी अध्यक्ष डा. ढकाल, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, ‘द डिप्लोम्याट नेपाल’ म्यागेजिनका प्रकाशक बिमल ढकाल, डिप्लोम्याटिक कोप्र्सका डिन तथा नेपालका लागि इजिप्टका राजदुत नोहा हाम्दी अहमद र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्दीले संयुक्त रूपमा पत्रिका विमोचन गर्नुभयो ।

नेपालका राजनीतिक दलहरु राज्य दोहनका साधन बनेः अध्यक्ष भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरु राज्य दोहनका साधन बनेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्रमा दलहरु चहिने तर राजनीतिक दलहरु स्वार्थ समूह बनिरहेको बताउनु भयो । उहाँले लोकतन्त्रमा राजनीतिक दलहरु नै विचारका वाहक हुने बताउनु भयो ।

उहाँले राजनीतिक दलहरुको प्रतिष्पर्धाबाट नै लोकतान्त्रिक वातावरण बन्ने जिकिर गर्नुभयो । उहाँले नेपालका राजनीतिक दलहरु नयाँ रहेको र दलहरु विचार, राजनीति, सिद्धान्त, आदर्शमा भन्दा पनि एउटा स्वार्थ समूह जस्तो भएर जसरी पनि निर्वाचन जितेर सत्तामा पुग्ने खेलमा सिमित रहेको बताउनु भयो । उहाँले राजनीतिक दलहरुले सरकारलाई बिना लगानी सम्पती आर्जन गर्ने माध्यम बनाएको बताउनु भयो । राजनीतिक दलहरु विचार, सिद्धान्त, आदर्श, नैतिकताका वाहक हुन नसकेको उहाँको भनाइ छ । दलीय आवद्धता अब नेपालका निम्ति ठूलो बाधक बनिरहेको जिकिर गर्नुभयो ।

अध्यक्ष भट्टराईले भन्नुभयो, ‘हाम्रा दलहरु चाहिन्छ । लोकतन्त्रमा दलहरु नै विचारका वाहक हुन्छन् । तिनको प्रतिष्पर्धाले नै लोकतान्त्रिक वातावरण बनाउँछ । लोकतान्त्रिक जगमा नै विकास हुन्छ भन्ने सामान्य विकासको नियम पनि हो । तर हाम्रा दलहरु भर्खर भर्खर बनेको हुनाले ति दलहरु विचार, राजनीति, सिद्धान्त, आदर्शमा भन्दा पनि एउटा स्वार्थ समूह जस्ता बनेका छन् । जसरी हुन्छ, चुनाव जित्ने, सत्तामा जाने, त्यसको दोहन गर्ने, छिटो सम्पती आर्जन गर्ने । बिना लगानी सम्पती आर्जन गर्ने, एउटा थलो जस्तो हाम्रो राजनीतिक दलहरु बनेका छन् । त्यसो भएको हुनाले राजनीतिक दलहरु भनेको विचार, सिद्धान्त, आदर्श, नैतिकताका वाहक हुनुपर्छ । तर राज्य दोहनका साधन बनेका छन् । त्यसैले दलीय आवद्धता अब हाम्रो निम्ति असाध्यै ठूलो बाधक बनिरहेको छ ।’

अध्यक्ष भट्टराईले नेपाली अर्थतन्त्रलले साँच्चै नै गुणात्मक फड्को मार्ने हो भने गैरआवासीय नेपालीहरुको भुमिका अहं हुने बताउनु भयो ।

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।

प्रगतिशील नेपाली समाजको अधिवेशनमा भाग लिन शुक्रबार भारत पुग्नुभएका अध्यक्ष भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।

भेटका क्रममा उहाँहरूबीच दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे सकारात्मक छलफल भएको पूर्वप्रधानमन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार विशेषगरी दुई देशबीचको आर्थिक सम्बन्धलाई कसरी नयाँ उचाइमा पु¥याउने र थप प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको थियो ।

भेटमा अध्यक्ष भट्टराईले भारतको कश्मिर क्षेत्रको पहलगाममा भएको आतङ्कवादी हमलाबारे दुःख व्यक्त गर्दै निन्दा तथा भर्त्सना गर्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई र भाजपाका वरिष्ठ नेता एवं भारतका रक्षा मन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।

भारत भ्रमणमा रहेका भट्टराईले रक्षामन्त्री सिंहसँग आज नयाँ दिल्लीमा भेटवार्ता गरेका हुन् ।

भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको भट्टराईको सचिवालयले जनाएको छ ।

भट्टराईले हालै पहलगाम, कश्मीरमा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका थिए ।

प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनको लागि भट्टराई भारत पुगेका हुन् ।

बाबुरामको टिप्पणीः राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु हो
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रमा भएका कमी, कमजोरीलाई लिएर राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु सरह भएको टिप्पणी गर्नुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हिम्मत हारेर र निराश भएर नहुने भन्दै राज्यमा विकृति भए र सत्तामा बस्नेहरुले गल्ती गरे जनताले सच्याउनुपर्ने बताउनु भयो ।

उहाँले अहिलेको परिस्थितिमा शतर्क हुनु जरुरी रहेको बताउनु भयो । लोकतन्त्रका कमी, कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिम्मत हारेर हुँदैन, निराश भएर हुँदैन, जब समाज, राज्यमा विकृति हुन्छ, सत्तामा बस्नेहरुले गल्ती गर्दछन्, त्यतिबेला खबरदारी गरेर सच्याउने जनताले हो । तर लोकतन्त्रमा लडेका नेताहरु, लोकतन्त्र प्रणालीमा काम गरिरहेकाहरुले गल्ती, कमजोरी गरे भनेर लोकतन्त्रका बिरोधीहरु निरंकुशता, राजतन्त्रवादी शक्तिहरु आउनुपर्छ भनेर बुझ्नु त्यो भोक लाग्यो भनेर विष पान गर्नु जस्तै हुन्छ । त्यो श्रेयस्कर, बुद्धिमानी हुँदैन ।

अहिले जुन किसिमको परिस्थिति निर्माण हुँदैछ, त्यसमा हामी शतर्क बनौँ । हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली इतिहासमा ढिलै भएपनि ल्याएका छौँ, यसका कमी, कमजोरीहरु छन् । यसलाई सच्याउँदै अघि बढ्नुपर्छ ।’

उहाँले संविधानमा केही त्रुटीहरु रहेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताउनु भयो । शासकीय स्वरुप र निर्वाचन प्रणाली त्रुटीपूर्ण रहेको जिकिर गर्नुभयो ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकताः पूर्वप्रधानमन्त्री भट्टराई
देउखुरी । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले नेपालको अर्थ राजनीति गम्भीर सङ्कटमा रहेको बताउनुभएको छ ।

आज घोराहीमा आयोजित एक कार्यक्रममा उहाँले ढिलो या छिटो सहमति जुटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्न सकेमा हाल देखापरेका समस्या समाधान हुने बताउनुभयो । संविधानले राजनीतिक अधिकार स्थापित गरेपनि वर्तमान शासकीय स्वरूपले अपेक्षाअनुसार काम गर्न नसक्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अबको आवश्यकता रहेको उहाँको भनाइ छ ।

उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा सरकार स्थिर रहने देशमा आर्थिक विकास संस्थागत हुने बताउनुभयो । “रोगको समयमा उपचार भएन भने अस्थिरता अझ बल्झिन्छ”, उहाँले भन्नुभयो, “२०७२ को संविधानले राजनीतिक अधिकार दियो तर आर्थिक विकासका मुद्दा अघि बढाउन सकेन । त्यसैले जनतामा निराशा बढेकोे हो ।”

लोकतन्त्रलाई कमजोर पार्ने र पछाडि फर्काउने हर्कतका विरुद्ध सबै एकजुट हौँः डा भट्टराई
हामीले लामो सङ्घर्ष गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्यायौँ । त्यसले जनतालाई अधिकार सम्पन्न बनाएसँगै देश क्रमशः सकारात्मक दिशातर्फ अघि बढिरहेको छ । तर विकास, समृद्धि र रोजगारीको आवश्यकता पूरा हुन नसक्दा जनतामा केही असन्तुष्टि भने देखिएको छ ।

प्रशासन, न्यायालय, सुरक्षा अङ्गलगायत राज्यका संस्थाहरू कमजोर भएकाले पनि चाहेको जस्तो सुशासनको प्रत्याभूति हुन सकिरहेको छैन । तर यो एउटा पाटो मात्र हो । यसलाई लोकतान्त्रिक ढङ्गले समाभान हल गर्दै जानु प्रभावकारी हुन्छ ।

केही समययता सडक र सामाजिक सञ्जालमा अस्वाभाविक रूपले फेरि राजतन्त्रलाई फर्काउने र संविधानका सकारात्मक पक्षलाई उल्ट्याउने भन्ने किसिमका गतिविधिहरू हुन थालेका छन् । यो चिन्ताको विषय हो । बहुदलीय लोकतन्त्रमा दल र विचारहरू फरक हुनसक्छन् । समाजमा अगाडि बढ्ने, यथास्थितिमा रहने र पछाडि फर्कने प्रवृत्ति जहिले पनि भइरहन्छ । यस्ताखालका समस्याको समाधान पनि लोकतान्त्रिक विधिमार्फत खोज्नुपर्छ । तर अहिले जसरी प्रायोजित हिसाबले हल्ला चलेको छ, म त्यस्तो सम्भावना देख्दिँन । यस्तो प्रवृत्तिले अनावश्यक समय र शक्ति बर्बाद गर्छ ।

पूर्वराजाले कुनै भूमिका खोज्ने हो भने नेपालको वर्तमान संविधानअन्तर्गत त्यो ठाउँ छैन । किनकी सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनता तथा जनतामा नीहित सार्वभौमसत्तालाई संविधानको असंशोधनीय प्रावधान भनेर राखिएको छ । यस्तो अवस्थामा यो सम्भव नहुने विषय हो ।

राजतन्त्रमा एउटा व्यक्ति र परिवारमा सर्वाधिकार रहन्छ । यो सिधैँ वर्तमान संविधानसँग बाँझिन्छ । जनताको बलिदान र सङ्घर्षमार्फत संविधानसभाबाट जारी भएको संविधानलाई उल्टयाइयो भने थप समस्या सृजना गर्दछ । नेपालजस्तो जटिल भूराजनीतिमा रहेको मुलुकमा कसैको आग्रह वा बहकाउमा लागेर यस्ता गतिविधि गर्न थालियो भने देश र जनतालाई ठूलो नोक्सान पुग्छ ।

देश र जनतालाई माया गर्नेहरू सबैले यस्ता विषयलाई खेलबाड गर्नुहुँदैन । लोकतन्त्रका कमजोरी हुन्छन्, त्यसलाई लोकतन्त्रभित्रैबाट सच्याउनुपर्छ । लोकतन्त्रको विकल्पमा उन्नत लोकतन्त्र खोज्ने हो । यसलाई अझ सहभागितामूलक, पारदर्शी र सुशासनयुक्त बनाउनुपर्छ । त्यसमा सबै दलबीच सहमति र समन्वयमार्फत छलफल हुनुपर्छ ।

लोकतन्त्रलाई नै अन्त्य गरेर अलोकतान्त्रिक वंशाणुगत कुनै प्रणाली ल्याउने भन्नु देश र जनतामा हितकारी हुँदैन । यसले गम्भीर समस्या सिर्जना गर्छ । किनकी विश्वमा देखिएका विभिन्न शक्ति केन्द्रहरुले अहिले हाकाहाकी आफ्नो प्रभूत्व विस्तारका निम्ति अर्को देशको स्वाधीनता र सार्वभौमिकतामाथि सिधैँ हमला गरिरहेका छन् । यस्तो युगमा हाम्राजस्तो जटिल भूराजनीति भएको मुलुकमा लोकतन्त्रलाई खलबल्याउने र अस्थिरता ल्याउने काम गरिएमा देश र जनताका लागि घात हुन्छ । कसैबाट पनि त्यो नहोस् । यसप्रति सबै गम्भीर बनौँ । लोकतन्त्रलाई कुनै पनि ढङ्गबाट कमजोर पार्ने काम कसैबाट पनि नहोस् ।

लोकतन्त्र भनेको कहिल्यै पनि पूर्ण हुँदैन । संविधान निर्मातामध्ये म पनि एक व्यक्ति हुँ । त्यतिबेलादेखि नै संविधानको कतिपय कुरा राम्रा छन्, कतिपय कुरा अपुग छन् भनेर ‘आधा गिलास भरिएको, आधा खाली’ छ भनेको थिएँ । संविधानमा नपुगेको कुरालाई पूर्णता दिँदै हिजोको शीतयुद्धकालीन अवस्थामा बनेको पूँजीवादी र साम्यवादी विचार युगसापेक्ष भएनन् ।

जनतालाई यथाशीघ्र प्रभावकारी सेवा दिने, सुशासन कायम गर्ने र समृद्धि चाहने हो भने अब नयाँ युगअनुसारको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्नुपर्छ भन्ने अभियानमा हामी छौँ । यो लोकतन्त्रभित्रै रहेर गरिएका अभ्यास हुन् । तर यो लोकतन्त्रलाई नै उल्ट्याउने ढङ्गबाट केही प्रयत्न भएका छन् । त्यो शङ्कास्पद र रहस्यमय देख्छु । त्यसले कुनै समाधान गर्दैन । लोकतन्त्रलाई मासेर अलोकतान्त्रिक तरिकाले मुलुकमा विद्यमान समस्या समाधान कसरी हुन्छ रु यसबाट सुशासन, समृद्धि र शान्ति कायम हुन्छ रु भूराजनीतिक संवेदनशीलता हट्छ रु केही पनि हट्दैन । यस्ता विषयमा दलहरूका बीचमा गहन संवाद हुनुपर्‍यो ।

पुराना पार्टीका केही नेताहरूको अझै पनि कतिपय विषयमा अहम् देखिन्छ । तर त्यसलाई बहाना बनाएर अलोकतान्त्रिक अभ्यास गर्न मिल्दैन । त्यसैले हामी सबै संवदेनशील बनौँ । कुनै पनि बहानामा लोकतन्त्रलाई कमजोर पार्ने र पछाडि फर्काउने क्रियाकलापविरुद्ध सबै एक भएर उभिनुपर्छ भन्ने मेरो आग्रह हो ।

हामीले सुधारिएको संसदीय प्रणाली अपनाएका छौँ । प्रत्यक्ष र समानुपातिक निर्वाचनसम्बन्धी मिश्रित प्रणालीले अस्थिरता ल्याउँछ भन्ने पूर्वानुमान गरिएकै थियो । दुई पटकको चुनावले त्यो देखियो । नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा प्रत्यक्ष निर्वाचनले मात्रै वर्तमान समस्या हल गर्दैन । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली सङ्घमा र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री प्रदेशमा हुने व्यवस्था गरियो भने पाँच वर्षसम्म कार्यकारी स्थिर हुन्छ । त्यो कार्यकारीले योग्य व्यक्तिमध्येबाट मन्त्री छनोट गरी सरकार चलाउँछ । यसोगर्दा सुशासनको राम्रो प्रत्याभूति हुन्छ । संसद् र प्रदेशसभा विधायिकी काम र सरकारलाई खबरदारी गर्न केन्द्रित हुन्छ । त्यसो हुँदा मात्रै देशमा स्थिरता र समावेशी, समानुपातिक र सुशासन कायम हुन्छ । त्यो बाटो उपयुक्त हो । त्यसका लागि सबै मिलेर संविधान संशोधन गरौँ ।

नेपाल संसारको सबभन्दा पुरानो मध्येको एउटा राज्य हो । यसको स्वाधीन र स्वतन्त्र अस्तित्वको ऐतिहासिक आधार छ । नेपाल बन्दैन, हुँदैन भनेर निराश हुनुपर्ने कुनै कारण छैन । हामीभन्दा कमजोर साधनस्रोत भएका देशहरू सम्पन्न बनेका छन् । लोकतान्त्रिककरणको प्रक्रिया अलि ढिला हुँदा हामी केही पछाडि परेका हौँ । बल्ल लोकतन्त्र आएको छ, यसलाई समृद्ध पार्दै देशमा बसेर नै यहाँ भएका साधनस्रोतको समूचित प्रयोग गरियो भने एक दशकभित्रै नेपाल विश्वका सम्पन्न मुलुक बन्न सक्छ ।

मेरो आग्रह के हो भने देशविदेश जानुस्, घुम्नुस्, आउनुस्, तर यो देशै बन्दैन भन्ने भाष्य निर्माण गर्नु उपयुक्त हुँदैन । देश बन्छ, बनाउनुपर्छ, त्यसका निम्ति हामी सबै मिलौँ । कमीकमजोरी हटाऔँ । दल र नेता राम्रा नभएमा लोकतान्त्रिक तरिकाले राम्रा दल र नेता छानौँ र देशलाई बनाऔँ ।

(नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग मुलुकको राजनीतिक र समसामयिक विषयमा राससका प्रमुख समाचारदाता नारायण न्यौपाने र समाचारदाता अशोक घिमिरेले गरेको कुराकानीमा आधारित)

राजनीति समाजका समस्या समाधान गर्ने साधन होः अध्यक्ष भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीति समाजका समस्या समाधान गर्ने साधन भएको बताउनुभएको छ ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले याँ युगको नयाँ वैकल्पिक राजनीतिको निम्ति वैकल्पिक राजनीतिक शक्तिहरुको बीचमा नै विमर्श हुनुपर्ने बताउनु भयो । उहाँले बेइमान र ठगहरुको बिगबिगी भएको समाजमा सोझो इमान्दार र सरल ढंगले अघि बढ्न नसक्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले राजनीति भनेको ठिक र बेठिकको बीचको निरन्तर द्वन्द्व भएको पनि बताउनु भयो । आफूहरुले गर्ने राजनीति रुपान्तरणकारी राजनीति भएको बताउनु भयो ।

अध्यक्ष भट्टराईले भन्नुभयो, ‘अब यो नयाँ युगको नयाँ वैकल्पिक राजनीतिको निम्ति वैकल्पिक राजनीतिक शक्तिहरुको बीचमा नै विमर्श हुनुपर्छ । त्यसको निम्ति एउटा दिशाबोध हुनुपर्छ । कसरी जाने भन्ने । किनभने राजनीति भन्नेबित्तिकै समाजका समस्या समाधान गर्ने साधन हो । बेइमान र ठगहरुको बिगबिगी भएको समाजमा सोझो इमान्दार र सरल ढंगले जान्छु भन्ने सोच्नुभयो भने तपाईंलाई निराश बनाइहाल्छन् । चार पटिबाट घेरेर बनाउँछन् ।

राजनीति भनेको ठिक र बेठिकको बीचको निरन्तर द्वन्द्व हो । एउटा सत्तामुखी राजनीति, ढाँट, छल, तिक्डम, जालझेल, गरेर जसरी हुन्छ, चुनाव जित्ने, सत्तामा जाने, राज्यको दोहन गर्ने भन्ने छ । त्यो पुरानो राजनीति हो । हामीले भनेको रुपान्तरणकारी राजनीति हो । जसले समाजमा खुशी र समृद्ध बनाउँदै जाने हो । नयाँ युगको नयाँ कार्यभार वैकल्पिक राजनीतिको औचित्य र आधार हुनेछ ।’

अध्यक्ष भट्टराईले वैकल्पिक राजनीति भनेको रुपान्तरणकारी राजनीति भएको बताउनु भयो ।

‘तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्‍यो’
पाटन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उक्त पार्टीको जिल्ला समन्वय समिति ललितपुरद्वारा आज यहाँ आयोजित प्रथम महालक्ष्मी नगरभेलामा उहाँले गरिब र अभावबाट उकास्नु नै अबको आवश्यकता भएकाले त्यसका लागि आर्थिक विकासलाई प्राथमितामा राख्नुपर्ने बताउनुभएको हो ।

“विद्रोहको चरण पार गरेर संविधान र कानुन त लेखियो, अब रोजगारी सिर्जना, कृषिको आधुनिकिकरण, घरेलु उद्योगमार्फत उत्पादन वृद्धि गरि देशलाई आत्मनिर्भर बनाउन लाग्नुपर्छ”, डा भट्टराईले भन्नुभयो,“देशभित्रै सूचना प्रविधि र सेवा क्षेत्रलाई प्रोत्साहन गर्दै प्रविधि र सेवाको निर्यात गरी आर्थिक विकास तथा रोजगारी सिर्जना गर्न सकिन्छ ।”

कार्यक्रममा केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य दलबहादुर लिम्बू, पार्टीका ललितपुर जिल्ला समन्वय समिति संयोजक कृष्ण महर्जन, महालक्ष्मी नगर संयोजक सुजन राजथलालगायतले धारणा राख्नुभएको थियोे ।

बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन जरुरीः अध्यक्ष भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन जरुरी रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल विश्वमै आईक्युमा सबैभन्दा पछाडि रहेको उल्लेख गर्दै दिमागको गरिबी खतरनाक हुने बताउनु भयो ।

उहाँले शिक्षा क्षेत्रको विकासका लागि पनि सही राजनीति हुनुपर्ने बताउनु भयो । उहाँले साधन र स्रोतको सिमितता सबैमा ठाउँमा भएपनि त्यो सिमित स्रोतमा कुन क्षेत्रलाई प्राथमिकता दिने भन्नेमा भर पर्ने बताउनु भयो । उहाँले शिक्षाको विकास र मुलुकको आर्थिक तथा सामाजिक विकासका नीति नियमहरु बुझनका लागि सहि राजनीति नै आवश्यक पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी गरिब छौं, सबै छौं तर दिमागको गरिबि सबैभन्दा खतरनाक कुरा हो । त्यसलाई सच्याउने र सुधार्ने भनेको शिक्षाबाटै हो । फेरि सबैको केन्द्रमा राजनीति नै हुन्छ । हामी शिक्षाका लागि बजेट र प्राथमिकिकरणका कुराहरु गर्नुपर्ने हुन्छ । गर्नुपर्ने त एकैचोटि धेरै छ ।

सत्तामा नगएका साथीहरुलाई त्यो लाग्दो हो । म त गएर पनि फर्किएको हुनाले के भन्छु भने साधन र स्रोतको सिमितता सबैमा हुन्छ । त्यो त अमेरिकालाई पनि आफ्नो बजेट पुगेको छैन । त्यो सिमित स्रोतको पहिलो प्राथमिकता केमा दिने भन्ने हो । यसलाई बुझनको लागि, विकासका नीति र नियमहरु बुझ्नको लागि सही राजनीति नै हुनुपर्छ । हिजो सही थिएन भन्दिन ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालमा सार्वजनिक शिक्षा लिनेको संख्या निरन्तर ओरालो लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले शहरीकरण बढेसँगै सार्वजनिक शिक्षा लिने विद्यार्थीको संख्यामा निरन्तर गिरावट आइरहेको बताउनु भयो । उहाँले पछिल्लो पैसा भएकोले मात्र शिक्षा किन्नसक्ने स्थिति सिर्जना भएको उल्लेख गर्दै यसप्रति सबै सचेत हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय नेपालमा सार्वजनिक शिक्षा लिनेहरुको संख्या निरन्तर घटेर ७५ प्रतिशतभन्दा तल पुगेको छ । नेपाल जति अर्गनाइज हुँदैछ, जति शहरीकरण हुँदैछ त्यति सार्वजनिक विद्यालयहरु र विद्यालयमा पढ्ने विद्यार्थीको संख्या घटेको देखिन्छ । शहरीकरणसँगै नेपालको सार्वजनिक विद्यालय अथावा सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या घट्दो छ । त्यसको अर्थ हामी दुईटा समाज निर्माण गर्दैछौं । एउटा जो पैसा खर्च गरेर राम्रो शिक्षा किन्न सक्छ त्यसको परिवारले पाउने शिक्षा अर्को आर्थिक रुपमा विपन्न र सामाजिक रुपमा पछाडि परेको वर्गले नेपालको सरकारी विद्यालयमा मात्र जान्छ । सामुदायिक विद्यालयमा गएको विद्यार्थीले राम्रो शिक्षा आर्जन गर्नसक्छ भन्ने ग्यारेन्टि यो राज्यले गर्न सक्दैन ।’

उहाँले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले शिक्षा आर्जन गर्नसक्छ भन्ने ग्यारेन्टी राज्यले दिन नसकेको बताउनु भयो । उहाँले शिक्षामा सबैको पहुँच पु¥याउन सरकारले निजी शैक्षिक संस्थाहरुलाई निरुत्साहित गर्न जरुरी रहेको बताउनु भयो ।

बाबुराम भट्टराई र रास्वपा सांसद गौतमबीच भेटवार्ता
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का संयोजक बाबुराम भट्टराई र रास्वपाकी सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ ।

भट्टराई निवासमा सोमबार भएको भेटका क्रममा देशको अर्थराजनीतिक अवस्था, वैकल्पिक राजनीतिलगायतका विषयमा छलफल भएको भट्टराईले सामाजिक सञ्जालमा तस्बिर राख्दै जानकारी गराएका छन् ।

भट्टराईलाई भेट्न गौतम र युवा उद्यमी समेत रहेका गृहेन्द्र घिमिरे पनि निवास पुगेका थिए ।

वैकल्पिक राजनीतिको पक्षमा निरन्तर वकालत गर्दै आएका भट्टराईसँग रास्वपाका सभापति रवि लामिछानेको सहकारी प्रकरणमा मुद्दा मामिलाबारे समेत छलफल भएको बुझिएको छ ।

काँग्रेस, एमाले, माओवादी र मधेसवादी सबै भ्रष्टाचारमा लिप्त छन्ः अध्यक्ष भट्टराई
काठमाडौ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरु चरम भ्रष्टाचारमा डुबेको आरोप लगाउनुभएको छ ।

जनकपुरधाममा शनिवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)मधेस प्रदेश कमिटीको कार्यालय उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र मधेसवादी राजनीतिक दलहरु चरम भ्रष्टाचारमा लिप्त रहेको बताउनु भयो । उहाँले आफूले गरेका भ्रष्टाचारहरु लुकाउन सरकार फेरिने र एकले अर्कोलाई आरोप लगाउने गरेको बताउनु भयो । भ्र

ष्टाचारतन्त्रमा फसेको राजनीतिलाई भ्रष्टाचाररहित, सुशासनयुक्त राजनीति स्थापना गर्ने र देशमा तिब्र विकास र समृद्धि ल्याउने एजेण्डा आफूले बोकेको बताउनु भयो । उहाँले देशको मुख्य समस्या गरिबी र बेरोजगारी रहेको भन्दै यसलाई हटाउन आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताउनु भयो । उहाँले देशलाई २० वर्षभित्र गरिबीबाट मुक्त गर्ने, रोजगारी सिर्जना गर्ने गुरुयोजना आफूहरुले बनाएको बताउनु भयो । भोट किनेर सत्तामा पुग्ने र पालैपालो देशलाई काम भइरहेको बताउनु भयो । भ्रष्टाचार अन्त्य गर्न अधिकार सम्पन्न आयोग बनाउने र सबै भ्रष्टाचारीहरुको छानविन गरेर कठघरामा उभ्याउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै पार्टी जसरी चरम भ्रष्टाचारमा डुबेका छन्, नेताहरु सबै कमिसनखोरीमा गाँजिएका छन् । अन्तर्राष्ट्रिय स्तरका अर्बौं, अर्बका भ्रष्टाचार भएका छन् । त्यसैले यि ठूलाठूला नेताहरु पालैपालो सत्तामा बसेर आफ्नो भ्रष्टाचारको काण्ड लुकाउने प्रयत्नमा छन् । प्रत्येक पटक सरकार फेरिन्छ, अनि अर्कोलाई भ्रष्टाचारी भन्छ । आफ्नो लुकाउँछ । पालैपालो सबैले सबैलाई भ्रष्टाभारी भनिरहेको छ । यसको अर्थ यि सबै भ्रष्टाचारी हुन्, यिनीहरु । यस्ता भ्रष्टाचारतन्त्रमा फसेको राजनीतिलाई निकालेर भ्रष्टाचाररहित, सुशासनयुक्त राजनीति स्थापना गर्ने र त्यसले देशमा तिब्र विकास र समृद्धि ल्याउने हो । देशको मुख्य समस्या भनेको गरिबी र बेरोजगारी नै हो । त्यो हटाउन आर्थिक विकासमा केन्द्रित भएर जानुपर्छ । यो देशलाई २० वर्षभित्र गरिबीबाट मुक्त गर्ने, रोजगारी सिर्जना गर्ने गुरुयोजना मोटामोटी बनाएका छौँ । त्यसको लागि चाहिने सुशासन हो । यो भ्रष्टाचार जुन छ, जसरी पैसा खर्च गरेर भोट किनेर सत्तामा पुग्ने अनि त्यसपछि पालैपालो देशलाई लुट्ने । चाहे काँग्रेस भन्नुस्, एमाले भन्नुस्, माओवादी भन्नुस् । चाहे मधेसवादी दलहरु भन्नुस् । यो त पटक पटक तपाईंहरले देख्नुभएको छ । हामी त्यो दुष्चक्र रोक्न चाहन्छौँ । भ्रष्टाचार अन्त्य गर्न अधिकार सम्पन्न आयोग बनाउँछौँ । त्यसले सबै भ्रष्टाचारीहरुको छानविन गरेर यिनलाई कठघरामा उभ्याउँछौँ । कसैलाई भ्रष्टाचार गर्न दिँदैनौँ ।’

संघीयताका अपूर्णतालाई कानूनहरु छिटो बनाएर प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने बताउनु भयो । केन्द्र र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद मोडलबाट जाने गरी आफूहरु अघि बढ्ने बताउनु भयो ।