बागलुङ–१ मा पुराना उम्मेदवार – News Polar

बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती
बागलुङ। विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी यसअघि निर्वाचित हुनुभएको यस क्षेत्र नेकपा (एमाले) र नेपाली कांग्रेसको उत्तिकै सङ्गठन भएको क्षेत्रको रुपमा चिनिन्छ ।

बागलुङ सदरमुकामसमेत रहेको यस क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११ दलका ११ उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये दोहोरिरहने उम्मेदवार हुन् एमालेका हीराबहादुर केसी ।

तेस्रो पटक प्रसायमा संसद् भवन छिर्ने योजनामा रहेका केसी यसपटक अनुमोदित हुने आशामा छन् । तर केसीलाई पुरानै दलका नयाँ उम्मेदवार र नयाँ दलका युवा उम्मेदवारले चुनौती दिने निश्चित छ । यस निर्वाचन क्षेत्रमा आफ्नो विरासत जोगाउने योजनामा रहेको एमालेलाई कांग्रेस, जनमोर्चा र रास्वपालगायतका नयाँ उम्मेदवार चुनौतीका रुपमा आएका छन् ।

“यसअघि पनि चुनाव हारेर विचलित भइन, तेस्रो पटक चुनाव लड्दैछु, दोस्रो संविधानसभा, प्रदेशसभाको निर्वाचनमा पराजित भएर तर जनताबाट टाढा रहिन, अहिलेको प्रतिनिधिसभामा उम्मेदवार भएर गाउँ पुगेको छु, धेरैले यसपटक अनुमोदन गछौँ भन्नुभएको छ”, केसीले भन्नुभयो । विद्यार्थी सङ्गठनको जिल्ला, अञ्चल हुदै केन्द्रीय कोषाध्यक्ष, युवा संघको केन्द्रीय उपाध्यक्ष, पार्टीको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै दुई कार्यकाल अध्यक्ष हुनुभएका एमालेका केसी विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका हरिबहादुर खड्कासँग र विसं २०७९ को गण्डकी प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसकै दीपेन्द्रबहादुर थापा मगरसँग एक हजार ४८० मतान्तरले पराजित हुनुभएको थियो ।

यस क्षेत्रमा अन्य दलले एक्ला एक्लै चुनावी मैदानमा उत्रेका छन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले भने गठबन्धन गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राजमोका उम्मेदवार कृष्ण अधिकारीलाई सघाएको छ भने क्षेत्र नम्बर दुईमा नेकपाका ज्ञामनाथ गैरेलाई राजमोले सघाएको छ ।

क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका भीमबहादुर श्रीस हुनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशील खड्का र राजमोका कृष्ण अधिकारी हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको मूल राजनीतिमा आउनुभएका कांग्रेस नेता श्रीससमेत लोकप्रिय नेताको रुपमा परिचित हुनुहुन्छ । श्रीस २०६२ सालमा त्रिभुवन विश्वविद्यालय काठमाडौँका स्ववियू सभापति हुनुभएको छ ।

राष्ट्रिय जनमोर्चाको आधार इलाकाका रहेको बागलुङ क्षेत्र नम्बर एक बाट यस अघि चित्रबहादुर केसी सांसद हुनुहुन्थ्यो । केसीको विरासत धान्न राजमोका पूर्वकेन्द्रीय सचिव कृष्ण अधिकारीलाई नेकपाले सघाएको छ । उम्मेदवार अधिकारी नेकपा मसाल र त्यसको मोर्चा सङ्गठन राष्ट्रिय जनमोर्चाको विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक गतिविधिमा सक्रिय छन् । २०३८ सालमा अखिल छैठौँबाट राजनीति सुरु गर्नुभएको अधिकारी चित्रबहादुर केसीको निजी सचिव हुनुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवा उद्यमी सुशील खड्का चुनावी मैदानमा हुनुहुन्छ । उहाँले परिवर्तनका लागि नयाँलाई भोट दिन आग्रह गर्दै गाउँ हिँड्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बागलुङ क्षेत्र नं. १ मा कल्याण विक्रम आचार्य प्रतिस्पर्धामा युवाको रुपमा आउनुभएको छ ।

साथै नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, मङ्गोल नेशनल अर्गनाइजेशनका गुमाकुमारी बुढा रानामगर, प्रगतिशल लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेशनल रिपब्लिक नेपालका सहविर थापा, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिष्ट पार्टी (माओबादी) का टेकबहादुर केसी चुनावी मैदानमा हुनुहुन्छ ।  रासस