बस – News Polar

पहिरोले बस बगाउँदा त्रिशूलीमा खसेकाहरुको बिहानैदेखि खोजी सुरु
काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसालेका बसको आज बिहानैदेखि खोजी सुरु भएको छ । आज बिहानै सुरक्षाकर्मीको टोलीले खोजी सुरु गरेको हो ।

दुई वटा बस बगाएर त्रिशूली नदीमा पुर्याउँदा बेपत्ता भएका कम्तिमा ४८ जना यात्रु अझै फेला परेका छैनन् । उनीहरु हिजो बिहानैदेखि हराइरहेका हुन् ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा हिजो बिहान करिब ३ बजे लेदोसहितको पहिरोले दुई वटा बस बगाएको थियो । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा पुर्याएको थियो ।

गणपति डिलक्स बसमा २७ जना र एन्जल डिलक्स बसमा २४ जना यात्रु थए । तर बीचमा कति यात्रु ओर्लिए या चढे भन्नेबारे अझै यकिन छैन ।

बसमा रहेका तीन जना भने पौडिएर बाँचेका थिए । हिजो दिनभर खोजी गरिए पनि बस र यात्रुको पत्ता लागेको थिएन । साँझ ६ बजेपछि भने खोजी कार्य स्थगित गरिएको थियो ।

पहिरोले बस बगाउँदा त्रिशूलीमा खसेका कम्तिमा ४८ जना अझै बेपत्ता
काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले दुई वटा बस बगाएर त्रिशूली नदीमा पुर्याउँदा बेपत्ता भएका कम्तिमा ४८ जना यात्रु अझै फेला परेका छैनन् ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे लेदोसहितको पहिरोले दुई वटा बस बगाएको थियो । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा पुर्याएको थियो ।

गणपति डिलक्स बसमा २७ जना र एन्जल डिलक्स बसमा २४ जना यात्रु थए । तर बीचमा कति यात्रु ओर्लिए या चढे भन्नेबारे अझै यकिन छैन ।

बसमा रहेका तीन जना भने पौडिएर बाँचेका थिए । बिहानैदेखि सुरक्षाकर्मीहरूको टोलीले उद्दार कार्य थालेका थिए । साँझसम्म पनि केही पत्ता लागेको छैन । साँझ करिब ६ बजे उद्दार कार्य स्थगित गरिएको छ ।

अब उद्धार टोलीले भोलि बिहानबाट ८ बजेपछि मात्रै खोजी कार्य सुरु गर्ने छ ।

बसमा सँगै बसेका व्यक्तिको लोभमा पर्दा…
काठमाडौँ । अपरिचित व्यक्तिसँग एकैछिनको चिनाजानका भरमा उनको विश्वासमा पर्दा ठूलो आपत्मात्रै होइन आफू बेचिन र ठगिन पनि सकिन्छ भन्ने उदाहरण हालैको एक घटनाले देखाएको छ ।

पोखरा जान लागेकी एक महिला त्यस्तै गिरोहका फन्दामा परेकी छिन् । उनी भारत पुगेर पनि बेचिनबाट त जोगिइन् तर ठगीमा परिन् । लोभमा गिरोहसँग बिहे गर्न पुगिन् । नवलपुरको कावासोती घर भएका दुर्गाबहादुर पौडेल क्षेत्रीको विश्वासमा पर्दा ती महिला बेचबिखन तथा ठगीमा परेकी छिन् ।

प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार ती महिला काठमाडौँबाट साथी भेट्न पोखरा जाने क्रममा सँगै बसको सिटमा पौडेल भेटिएका थिए । यात्राकै क्रममा उनीहरुबीच कुरा हुँदै जाँदा प्रलोभनमा पारी विवाह गरेर महिलालाई बिक्रीको प्रयास गरेका पाइएको छ ।

पीडितकै रु छ लाखसमेत उनले ठगी गर्न सफल भएका छन् । ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार उनले सुरुमा आफू अविवाहित रहेको, तिमी मलाई मनपर्‍र्यो म तिम्रो बहिनीको उपचारका लागि पूर्ण सहयोग गर्छु, मिर्गौलाको उपचार गर्ने डाक्टर चिनेको छु भनी बुटवल पुर्‍याएर बिहे गरी बेचबिखन गरेको पाइएको हो ।

उनले आफन्तहरुबाट सापट मागेर पीडितकी बहिनीको उपचारका लागि रु ७० लाखभन्दा बढी पैसा जम्मा गरिदिएको छु, त्यो निकाल्न रु छ लाख लाग्छ भनी पीडितबाट रु छ लाख लिएर ठगी गरेको पनि पाइएको मिश्रले जानकारी दिनुभयो ।

उनले मिर्गौलाको उपचार गर्ने डाक्टर चिनेको छु भनी बुटवल लगी आफ्नै साथीलाई डाक्टर देखाई झुक्यानमा पारेको पनि खुल्न आएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा उनले विभिन्न बहाना बनाई मानव बेचबिखन गर्ने उद्देश्यले पटकपटक नेपालको सीमा नजिक भारतको बजार पुर्‍याइएकामा चेलिबेटी बेचबिखनविरुद्ध संस्थामा कार्यरत महिलाले बेचबिखनमा पर्नसक्ने जानकारी गराएपश्चात् महिला नेपाल फर्की आएकी थिइन् ।

त्यसपछि पीडित महिलाले ब्युरोका दिएको जाहेरीका आधारमा ब्युरोले पक्राउ गरी उनीविरुद्ध अहिले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेको मिश्रले बताउनुभयो ।रासस