बर्दिया राष्ट्रिय निकुञ्ज – News Polar

पर्या–पर्यटनको आकर्षक गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्ज
बर्दिया । नेपालको तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्रका रुपमा बर्दिया राष्ट्रिय निकुञ्जले चासो र चर्चा कमाएको छ । सुरुमा कर्णाली वन्यजन्तु आरक्षका रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष हुँदै २०४५ मङ्सिर २० गते बर्दिया राष्ट्रिय निकुञ्जका रुपमा घोषणा भएको हो ।

यस निकुञ्जले बर्दियाको भूमि भएर बग्ने कर्णाली र बबई नदीका केही भागसमेत समेटेको छ । यसको कुल क्षेत्रफल ९६८ वर्गकिलोमिटर रहेको छभने यसको मध्यवर्ती क्षेत्र ५०७ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ  । स्थानीय जनतालाई नियमित रूपले वन पैदावार उपभोग गर्न पाउने सहुलियत प्रदान गर्नेगरी २०५३ सालमा मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो ।

निकुञ्जअन्तर्गत चुरेको माथिल्लो भेगमा केही सल्लाका जङ्गल रहे पनि तराईतर्फको अधिकांश भाग सालको जङ्गलले ढाक्नाका साथै बीचमा विशाल घाँसेमैदान रहेका छन् । विशेषतः पाटेबाघको मुख्य वासस्थान क्षेत्र रहेका कारण उनीहरूको आहारा प्रजातिको वासस्थान संरक्षण गर्ने उद्देश्यले यस निकुञ्जको स्थापना गरिएको हो ।

सन् २०२२ को गणनाअनुसार यस निकुञ्जमा १२५ वटाको सङ्ख्यामा बाघ रहेको बर्दिया संरक्षण क्षेत्रका अध्यक्ष राजन चौधरीले जानकारी दिनुुभयो । उहाँका अनुुसार विश्वका १३ वटा देशमा चार हजार ८०० को सङ्ख्यामा बाघ भएको पाइएको छ । बाघ भूमिका रुपमा बर्दियाले आफ्नो विशिष्ट स्थान बनाएको बताउँदै चौधरीले यो क्षेत्र नमूना सिकाइको ठाउँका रुपमा पनि विकास भएको बताउनुुभयो । “बाघकै कारण विश्वको ध्यान बर्दियामा आकर्षित भएको छ, यहाँ बाघका ठूला ठूला अनुसन्धानसँगै विभिन्न डकुमेन्ट्री पनि बनेका छन्”, उहाँले भन्नुुभयो ।

बाघसँगै अन्य जनावरका साथै विविधतायुक्त वनस्पति समेतले यो पर्या–पर्यटनको विशिष्ट गन्तव्यका रुपमा स्वदेश एवम् विदेशमा चासो र चर्चा कमाइरहेको उहाँले जानकारी दिनुभयो । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघसँगै हात्ती, एकसिङे गैँडालगायत ६२ भन्दा बढी स्तनधारी प्रजातिका जनावर रहेका छन् । यस निकुञ्जमा ५१५ भन्दा बढी प्रजातिका चरा, विभिन्न प्रजातिका घस्रने वन्यजन्तुका साथै १२१ प्रजातिका माछा पाइने उक्त क्षेत्रमा पर्यटक पथप्रदर्शका रुपमा काम गर्दै आउनुुभएकी मञ्जु महतराले जानकारी दिनुुभयो । पर्या–पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा बर्सेनी स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या बढिरहेको उहाँले जानकारी दिनुुभयो ।

यहाँ आउने पर्यटकका लागि निकुञ्जले प्रवेश शुल्क वापत नेपालीका लागि एक सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि ७५० रुपैयाँ र विदेशी पर्यटकका लागि एक हजार पाँच सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । यहाँ घुम्नका लागि प्रयोग हुने जीप, पर्यटक पथप्रदर्शकका लागि भने थप शुल्क लाग्ने गर्दछ । संसारमा सजिलै बाघ देख्न सकिने ठाउँका रुपमा ठूलो संख्यामा विदेशी पर्यटकको पनि आगमन बढिरहेको बताउँदै उहाँले पछिल्ला वर्षमा आन्तिरिक पर्यटकको आगमन पनि उत्साहजनक रुपमा बढेको जानकारी दिनुुभयो ।

निकुञ्जअन्तर्गत हालसम्म तीन वटा सेक्टर, आठ वटा रेन्जपोस्ट र २४ वटा पोस्टबाट जैविक विविधताको संरक्षण, व्यवस्थापन तथा सार्वजनिक सेवासम्बन्धी कार्य हुँदै आएका छन् । नेपालको दोस्रो ठूलो सङ्ख्यामा प्रभावकारी रूपमा बाघ संरक्षण भएको यो निकुञ्जले २०२२ मा बाघ दोब्बर बनाउन सफल भएको थियो । त्यसबापत निकुञ्ज टिएक्सटु पुरस्कारबाट सम्मानित भएको थियो ।

यो निकुञ्ज सफल रूपमा गैँडाको स्थानान्तरण भएको राष्ट्रिय निकुञ्जका रूपमा समेत चर्चित छ । यस निकुञ्जमा ३८ वटा एकसिङे गैँडा तथा १२० भन्दा बढी हात्ती रहेको महतराले जानकारी दिनुुभयो । निकुञ्जमा बाह्रसिङ्गा,घडियाल गोही आदि रहेका छन् । निकुञ्जमा आउने पर्यटकहरू यहाँ देखिने बाघ, गैडा, हात्ति, घडियाल गोही, विभिन्न प्रजातिका चराचुरुङ्गीका साथै जैविक विविधता हेर्न लोभिने गरेको उहाँले बताउनुुभयो ।

निकुञ्जका कारण यहाँको पर्यटनमा विशिष्ट योगदान पुुगेको विगत ३१ वर्षदेखि यस क्षेत्रमा जङ्गल हेभेन होटेल एण्ड कटेज सञ्चालन गर्दै आउनुुभएका पर्यटन व्यवसायी कृष्णप्रसाद भट्टराईले जानकारी दिनुुभयो । उहाँका अनुसार यस क्षेत्रमा आउने पर्यटकका लागि स्तरीय खाने, बस्ने सुविधा रहेका छ । विशेषतः २०६२÷६३ देखि नेपालीमा पनि घुम्ने क्रम निकै बढिरहेको बताउँदै उहाँले पछिल्लो समयमा आन्तरिक एवम् विदेशी पर्यटकको आगमन निरन्तर हुने गरेको जानकारी दिनुुभयो । देशका विभिन्न भागबाट आउने आन्तरिक पर्यटकसँगै विदेशी पर्यटकहरू आउने गरेको यस निकुञ्ज विद्यार्थीहरुको सिकाइ उपलब्धि गर्ने थलोका रुपमा समेत विकास भैरहेको उहाँको भनाइ छ ।

निकुञ्ज क्षेत्रमा स्तरीय पर्यटकीय होटल तथा होमस्टे भएका कारण यहाँ आउने जो कोहीलाई खान बस्नको कुनै असुविधा नरहेको उहाँले बताउनुुभयो । कोरोना कहरअघि आगमन उत्साजनक रुपमा बढेकामा कोरोना कहरका कारण केही समय प्रभावित बनेको यहाँको पर्यटन पुनः चलायमान भइरहेको यहाँका पर्यटन व्यवसायीहरू बताउँछन् ।

बाघ नै यहाँका मुख्य आकर्षण रहेको र यो बाघको उर्बर भूमिका रुपमा परिचित छ । पर्या–पर्यटन विकास मञ्च, ठाकुरद्वाराका अध्यक्ष कृष्णप्रसाद भट्टराईका अनुुसार बर्दिया राष्ट्रिय निकुञ्जमा प्रतिवर्ग किलोमिटरमा ९६ प्रजातिका बाघका आहारा प्रजातिका जनावर पाइन्छन् । सन् २०१९ मा यस निकुञ्ज संसारकै घुम्नैपर्ने गन्तव्यका रुपमा सूचीकृत भएको थियो ।

यहाँको संरक्षण एवम् प्रवद्र्धनका लागि राष्ट्रिय निकुञ्ज व्यवस्थापन, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेचर गाइड एशोसियसन, समुदायमा आधारित वन्यजन्तु तस्करीविरुद्ध काम गर्ने एकाइ, चरा प्रकृति संरक्षण क्लब, मध्यवर्ती समिति, नेपाल पर्यटन बोर्ड, ठाकुरबाबा नगरपालिकालगायत संस्थाहरू सक्रिय छन् ।

निकुञ्ज आसपासको सांस्कृतिक मौलिकता पनि आफैँमा विशिष्ट छ । थारु जातिको बस्ती, रहनसहन, संस्कृति, खानपिनले पनि यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । आन्तरिक पर्यटकहरू जीप वा पैदल जङ्गल सफारी, फिसिङ, ¥याफ्टिङ, चरा अवलोकन, हात्ती सयर, क्याम्पिङ, सङ्ग्रहालय भ्रमण, गोही तथा हात्ती प्रजनन् केन्द्र भ्रमणजस्ता विविध पर्यटकीय गतिविधिमा रमाउने गरेका छन् । हालसम्मको अवस्थामा यहाँ आएका आन्तरिक पर्यटक सामान्यतः एक रात मात्र बिताउँछन् । बर्दियामा पर्यटकको बसाइ कसरी लम्ब्याउन सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रित भएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

अर्का पर्यटक पथप्रदर्शक रेशम थापाका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज मानवरहित नदीमा बसेर बाघ हेर्न पाउने गन्तव्य पनि हो । चरा पर्यटनका लागि पनि यो उत्तिकै महत्वपूर्ण रहेको उहाँले बताउनुुभयो । “बर्दिया राष्ट्रिय निकुञ्जमा पैदल यात्रा गरेर पनि यहाँका बन्यजन्तुु, वनस्पति आदि हेर्न सकिन्छ”, उहाँले भन्नुुभयो, “राम्रोसँग हेर्ने घुुम्ने हो भने यहाँ चार÷पाँच दिन बसेर घुम्न सकिने अवस्था छ ।” बर्दिया पर्या–पर्यटनका दृष्टिले पनि विशिष्ट गन्तव्य बनिरहेको उल्लेख गर्दै उहाँले बर्दियामा विभिन्न स्वदेशी एवम् विदेशी संस्थाले यहाँ बृत्तचित्रहरू पनि बनाएको जानकारी दिनुुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज चरा पर्यटनका लागि महत्वपूर्ण गन्तव्यका रुपमा स्वद्ेशी एवम् विदेशी पर्यटकको गन्तव्य बनिरहेको चराका क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धान गरिरहनुुभएका पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउनुुहुन्छ । उहाँका अनुुसार कर्णाली चिसापानीदेखि डुुङ्गामा शयर गर्दै धेरै प्रजातिका चराहरू अवलोकन गर्दै पर्यटकहरू यहाँको गेरुवा खोलासम्म पुग्ने गर्दछन् । चिसापनीदेखि गेरुवा खोलासम्म चराहरू हेर्दै डुुङ्गमा शयर गर्न सकिने बताउँदै उहाँले त्यसका लागि एक दिन छुट्याउनुुपर्ने जानकारी दिनुुभयो ।

प्राकृतिक रुपमा सम्पन्न यस क्षेत्रको प्रवद्र्धनका लागि आफूहरू निरन्तर लागिरहेको ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलक लम्सालले जानकारी दिनुुभयो । यी सम्भावनालाई उजागर गर्न राज्यका तीनवटै निकाय लाग्नुु जरुरी रहेको बताउँदै उहाँले संरक्षणमा राज्य र नागरिक दुुबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउनुुभयो ।

हालै होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा पोखराको लेखनाथ क्षेत्रका पर्यटन व्यवसायीले ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रमका साथ बर्दिया राष्ट्रिय निकुञ्जको स्थलगत अवलोकन गरेका थिए । आन्तरिक पर्यटनलाई चलायमान बनाउनका साथै विभिन्न गन्तव्यका पर्यटन व्यवसायीहरूको व्यवसायिक साझेदारी बढाउनका लागि यस किसिमका प्रवद्र्धन कार्यक्रमलाई जोड दिइएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनुुभयो । “बर्दिया र पोखरा दुुबै आफैँमा महत्वपूर्ण गन्तव्य हुन्”, उहाँले भन्नुुभयो, “बर्दियामा विभिन्न सीमा नाका हुँदै आउने भारतीय पर्यटकका साथै तेस्रो मुलुकबाट आउने आउने पर्यटकलाई पोखरासम्म ल्याउनका लागि पनि यस्ता कार्यक्रमले सहयोग पुग्ने हाम्रो विश्वास छ ।”

पोखराबाट नेपालगञ्जको सिधा उडानसमेत भइरहेको अवस्थामा बर्दिया आएका पर्यटक नेपालगञ्ज विमानस्थलबाट पोखरा र पोखरा आएका पर्यटकलाई सिधा उडानमार्फत नेपालगञ्ज हुँदै बर्दिया पु¥याउन सकिने सम्भावना छ । पर्या–पर्यटन पर्यटनको महत्वपूर्ण आधार भएको हुँदा देशभित्रका यस्ता गन्तव्यहरूको प्रवद्र्धन र विकासमा राज्यको चासो पुुग्नुुपर्ने देखिन्छ । रासस

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनबाट बढी राजस्व
गुलरिया । पश्चिम तराईकै पर्यटकीय गन्तव्यको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जले गत वर्ष पर्यापर्यटनबाट सबैभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

वनपैदावार, काठ दाउरा बिक्री, गैरकाष्ठ वनपैदावार, दण्ड सजायलगायत अन्य शीर्षकमा राजस्व उठाउँदै आएको निकुञ्जले कूल राजस्व असुलीको आधा भन्दा बढी राजस्व पर्यापर्यटनबाट सङ्कलन गरेको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार आर्थिक वर्ष २०८०र८१ मा वन पैदावार बिक्रीबापत् रु एक करोड ३५ लाख ६८ हजार नौ सय २९, काठ दाउरा बिक्रीबाट रु आठ लाख ३५ हजार आठ सय ४७, गैरकाष्ठ वन पैदावारमार्फत रु एक करोड २७ लाख ३३ हजार ८२ सङ्कलन गरेको छ ।

त्यस्तै दण्ड सजायबाट रु २८ लाख ५८ हजार एक सय २२ र अन्य शीर्षकबाट रु तीन लाख ७७ हजार पाँच सय ७० असुली गरेको छ । निकुञ्जले गत वर्ष पर्यापर्यटनबाट रु दुई करोड ८४ लाख चार हजार पाँच राजस्व सङ्कलन गरी कूल रु चार करोड ५२ लाख आठ हजार छ सय २६ सङ्कलन भएको संरक्षण अधिकृत वाग्लेले जानकारी दिनुभयो ।

निकुञ्जमा वनसम्बन्धी विभिन्न १२ र वन्यजन्तुसम्बन्धी २४ गरी ३६ मुद्दा दर्ता भएकोमध्ये चार ओटा मुद्दा फैसला भएका छन् । बाँकी मुद्दा क्रमश: फैसला गरिँदै लगिने जनाइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा गतवर्ष स्वदेशी, विदेशी र सार्क मूलुकका गरी कूल २६ हजार एक सय ३१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । जसमध्ये नेपाली १८ हजार १०, विदेशी छ हजार छ सय ८४ र सार्क मुलुकका एक हजार चार सय ३७ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । बर्दियामा पर्यटकले हात्ती, बाघ, गैँडालगायतका वन्यजन्तु अवलोकन गर्न मन पराउने ठाकुरद्वाराका पर्यटन व्यवसायी गोविन्द अधिकारी बताउनुहुन्छ ।

पर्यटकले प्राकृतिक विविधतासँगै स्थानीय थारु संस्कृति, परम्परा, परिकार मन पराउने गर्छन् । जङ्गल ‘वाक’ तथा सफारी गर्दै घण्टाँै कुरेर विदेशी तथा स्वदेशी पर्यटकले निकुञ्जमा बाघ हेरेर फर्किने गरेको व्यवसायी अधिकारीले बताउनुभयो । निकुञ्ज प्रवेश तथा जीप सफारी गर्दा निकुञ्जमा निश्चित दस्तुर बुझाउनुपर्छ । रासस

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुग्यो
गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ ।

जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता पाएसँगै सन् २०१० मा १८ पाटेबाघ रहेको बर्दियामा सन् २०२२ सम्म तीन गुणा बढेको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विगत दुई वर्षदेखि बाघ आक्रमणको घटना भने न्यून छ ।

‘अबचाहिँ बाघ संरक्षणका लागि कदम चाल्ने समय आयो’ भन्ने नारासहित आज बाघ दिवस विविध कार्यक्रम आयोजन गरी मनाइँदै छ ।

अधिकृत वाग्लेले बाघलगायत वन्यजन्तु बृद्धिसँगै यिनीहरूको बासस्थान व्यवस्थापन, समुदायमा सचेतना, मानव वन्यजन्तुबीच द्वन्द्व रोक्न विद्युतीय तारबार, कङ्क्रिट पर्खाललगायत पूर्वाधारसँगसँगै व्यवस्थापनमा जोड दिइराखेको बताउनुभयो । वनजङ्गलको संरक्षण भएपछि बर्दियामा उल्लेख्य मात्रामा बाघको सङ्ख्या बढेसँगै खाता जैविकमार्ग एवं वन क्षेत्रमा बाघको विचरण पनि बढेको छ ।

गत वर्ष वनक्षेत्रमा बाघ र चितुवाको आक्रमणमा परी पाँचजनाको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ अधिकृत टङ्क गुरुङले बताउनुभयो । बाघबाट वनक्षेत्रमा मानवीय क्षतिको परिमाण बढ्दै गएको छ । उहाँले भन्नुभयो, “ वन्यजन्तु भएका क्षेत्रमा मानवीय गतिविधि रोक्न वन कार्यालयले विभिन्न क्याम्प गर्दै आएकाले चालु वर्षमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न विभिन्न तयारी गरेको छ ।” रासस

बर्दिया राष्ट्रिय निकुञ्ज आउने पर्यटक बढे
गुलरिया । पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजापतका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो ।

कोभिडपछि थलिएको यहाँको पर्यटन व्यावसाय पछिल्ला वर्षयतादेखि केही आशा पलाएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताउनुभयो । निकुञ्जमा पर्यटक बढेपछि पर्यापर्यटनको राजस्वमा उल्लेख्य वृद्धि भएको उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९/८० मा आन्तरिक, सार्क र विदेशी पर्यटक गरी २४ हजार तीन सय २४ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । सोबापत निकुञ्जलाई रु दुई करोड २२ लाख आम्दानी भएको वाग्लले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा स्वदेशी, सार्क र विदेशी गरी २६ हजार एक सय ३१ जना पर्यटक निकुञ्ज भित्रिएका छन्। गत आवमा निकुञ्जले रु दुई करोड ८४ लाख पर्यापर्यटनमार्फत आम्दानी गरेको छ ।

पर्यटकको सङ्ख्या वृद्धि भएसँगै निकुञ्जले प्रवाह गर्ने सेवा, पर्यटकीय पूर्वाधार निर्माणलगायत पक्षलाई जोड दिइएको अधिकृत वाग्लेले बताउनुभयो । जङ्गल ‘वाक’ र ‘ड्राइभ’का लागि वनपथ निर्माण, मचान निर्माण, कोर एरिया व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

निकुञ्जभित्रको पूर्वाधारसँगसँगै पर्यटकको बासका लागि होटल, होमस्टेलगायत आवास व्यवस्थापनमा पहल थालिएको वाग्लेले बताउनुभयो । जिल्लाका पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेसँगै यहाँका पर्यटन व्यवसायी र स्थानीय खुशी भएका छन्् ।

पर्यटक बढेसँगै पर्यटकीय क्षेत्रमा सञ्चालित होटलमा स्थानीय उत्पादन खपत हुँदा स्थानीयको आयआर्जनमा टेवा पुगेको पर्यटन व्यवसायी रामजी थापाले बताउनुभयो । यहाँ आउने पर्यटकले स्थानीय थारु सँस्कृतिसँगै विभिन्न स्थानीय परिकार खान रुचाउने गरेका उहाँको भनाइ छ ।

“यहाँको अनुपम जैविकविविधता देखेपछि विदेशी पर्यटक आश्चर्य मान्छन् । निकुञ्जभित्र पर्यटकलाई कुनै समस्या छैन । सफारीमा जङ्गलभित्र गाडी बिग्रिएपछि निकुञ्जले उद्धार गर्ने गरेको छ”, थापाले भन्नुभयो ।

निकुञ्ज क्षेत्रमा ३० भन्दा बढी पर्यटकीय होटल तथा होमस्टे भएकाले पर्यटकलाई आवासको समस्या नभएको निकुञ्जका पथ प्रर्दशक अनुराम चौधरीले बताउनुभयो । “अधिकांश विदेशी पर्यटक जङ्गलमा हिडेर अवलोकन गर्न रुचाउँछन् । अन्य देशका पर्यटक सफारी रोज्छन्् । जङ्गलमा डढेलो लागेको अवस्था बाहेक अन्य समयमा पर्यटक जङ्गलभित्र रमाइलो मान्छन्”, उहाँले भन्नुभयो ।

निकुञ्जमा बाघ, विभिन्न प्रजातिका वनस्पतीसँगै लोपोन्मुख तथा र्दुलभ जनावर, हात्ती, बाघ, गैँडा, विभिन्न किसिमका पक्षी, जलचर, थलचर, उभयचरलगायत वन्यजन्तु अवलोकन गर्न पाइन्छ । विशेष गरी गर्मी महिनामा पर्यटकले अत्याधिक मात्रामा बाघ देख्ने गरेका छन् । अहिले निकुञ्जमा हात्तीको झुण्ड देख्न सकिन्छ । रासस

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक यहाँ पुग्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो । करिब ९० प्रतिशत पर्यटकले बाघ अवलोकन गरेको जानकारी दिँदै उहाँले अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई हजार विदेशी पर्यटक आएकामा अहिले यस आर्थिक वर्षको पुस मसान्तसम्ममा चार हजारको हाराहारीमा पुगेको बताउनुभयो ।

यसैगरी, अघिल्लो आवको पुस मसान्तसम्ममा आन्तरिक छ हजार पर्यटकले निकुञ्ज अवलोकन गरेकामा यस आवको पुस मसान्तसम्ममा १० हजार पुगेका छन् । गत आवको पुस मसान्तसम्ममा पाँच सय सार्क मुलुकका पर्यटकले अवलोकन गरेकामा चालु आवको पुस मसान्तसम्ममा आठ सय पुगेका छन् । बाघ हेर्नकै लागि गत वर्षभन्दा यस वर्ष पर्यटकको सङ्ख्या बढेको प्रमुख संरक्षण अधिकृत रामले जानकारी दिनुभयो ।

पर्यापर्यटनका लागि यो निकुञ्ज केन्द्रका रुपमा स्थापित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस वर्ष करिब २० हजार पर्यटकले निकुञ्ज भ्रमण गर्नेछन्, यसको मुख्य कारण बाघको सङ्ख्या बढेकाले त्यसलाई प्रत्यक्ष रुपमा देख्न पाउनु नै हो ।” प्रमुख संरक्षण अधिकृत रामका अनुसुार खास गरेर अमेरिका, जर्मन, फ्रान्स, न्युजिल्यान्ड, चीन, भारतलगायत मुलुकका पर्यटकले निकुञ्ज अवलोकन गरेकामा तीमध्ये अमेरिकी पर्यटकको सङ्ख्या बढिरहेको छ ।रासस

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्दो
बर्दिया । गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिए ।

राष्ट्रिय निकुञ्जमा लोपोन्मुख पाटेबाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि बाघ हेर्नकै लागि पर्यटक बर्दिया आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । अघिल्लो आवमा एक हजार विदेशी पर्यटक आएकामा अहिले छ हजारको हाराहारीमा पुगेको सहायक संरक्षण अधिकृत दाहालले उल्लेख गरे ।

यसैगरी अघिल्लो आर्थिक वर्ष आन्तरिक १० हजार पर्यटकले निकुञ्ज अवलोकन गरेकामा अहिले १५ हजार पुगेका छन् । गत आवमा चार सय सार्क मुलुकका पर्यटकले अवलोकन गरेकामा अहिले बढेर एक हजार पुगेका छन् । बाघ हेर्नकै लागि गत वर्षभन्दा यस वर्ष पर्यटकको सङ्ख्या बढेको सहायक संरक्षण अधिकृत दाहालले जानकारी दिए ।

पाटेबाघ, एक सिङ्गे गैँडा, चितुवा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गे र जङ्गली हात्तीलगायत स्तनधारी वन्यजन्तु निकुञ्जमा पाइन्छन् । जलचरमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । निकुञ्जमा चार सय ३८ थरी रैथाने र बसाइँ सरी आउने चराको अभिलेख रहेको छ । प्राकृतिकरूपमा बाघ हेर्न सकिने विश्वको दोस्रो स्थानमा बर्दिया पर्ने गरेको पर्यटन व्यवसायी बताउँछन् ।

बाघको आक्रमणबाट त्रासमा छन् मध्यवर्ती क्षेत्रका बासिन्दा
कर्णाली । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित जङ्गलमा घाँस काट्न गएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानीका दुई जनाको आइतबार बाघको आक्रमणबाट मृत्यु भयो ।

निकुञ्जसँग जोडिएको जङ्गलमा मानिसलाई आक्रमण गरेको घटना सेलाउन नपाउँदै बुधबार बिहानै सल्यानको कालीमाटी गाउँपालिका–७ बाटुलेमा बाघ प्रवेश ग¥यो । बाघले स्थानीय तुल्सीकुमारी घर्तीका दुई गोरु मार्नुका साथै एकलाई घाइते बनायो । निकुञ्ज छाडेर बाघ बस्ती प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दामा त्रास बढेको छ ।

प्रायः निकुञ्जको दक्षिणी भेगमा भेटिने बाघ उत्तरतर्फ उक्लिन थालेपछि मध्यवर्ती क्षेत्रका बासिन्दा त्रसित भएका छन् । भेरीगङ्गा नगरपालिका– ५ का वडाध्यक्ष पे्रमबहादुर सारुले बाघ बस्ती छिर्न थालेपछि स्थानीय बासिन्दामा त्रासमा बढेको गुनासो गर्नुभयो । “एउटा बाघलाई निकुञ्जले नियन्त्रणमा लिए पनि अरु थुप्रै बाघ छन्, यहाँ मानिसमा त्रास बढेको छ, बस्ती बाहिर निस्किन डरारहेको अवस्था छ,” उहाँले भन्नुभयो, “निकुञ्ज प्रशासनले बाघलाई बस्तीमा जान नदिन निगरानी बढाउनुपर्छ, बाघ उकालो चढिरहेकाले निकुञ्जले यसतर्फ पनि ध्यान दिनुपथ्र्यो ।”

मध्यवर्ती क्षेत्रमापर्ने जङ्गलमा बाँस काट्न गएका भेरीगङ्गा गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि ओलीको आइतबार बाघको आक्रमणबाट मृत्यु भएको थियो । जङ्गलमा मानिसलाई आक्रमण गरेको तीन दिनपछि बाघ गेरवानीसँगै जोडिएको सल्यानको कालीकाटी गाउँपालिकाको बाटुले गाउँ पुगेको थियो । सोही बाघलाई बुधबार निकुञ्ज कर्मचरी, सुरक्षार्थ नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए ।

बाटुले र गेरवानी निकुञ्जसँग सीमा जोडिएका (मध्यवर्ती क्षेत्र) गाउँमा पर्दछन् । प्रायः निकुञ्जको दक्षिणी भागमा भेटिने बाघ पछिल्लो समय उत्तरतर्फ बढेपछि आक्रमणको जोखिम बढेको स्थानीयवासी बताउँछन् । गेरवानीका स्थानीयवासी केशव चन्दले निकुञ्जले बाघको निगरानीमा बेवास्ता गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “निकुञ्जमा बाघको सङ्ख्या धेरै छ, मानिसको सिकार खोज्दै जतिबेला पनि गाउँ आउने जोखिम बढ्यो, बाघलाई बस्ती प्रवेशमा रोक्न निकुञ्जले निगरानी बढाएको देखिँदैन ।” मध्यवर्ती क्षेत्रका स्थानीयवासीले निकुञ्जबाट बाहिरिने वन्यजन्तुको सुरक्षाको व्यवस्था मिलाउन निकुञ्ज कार्यालय, सम्बन्धित स्थानीय सरकार, सल्यान र सुर्खेत जिल्लाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

निकुञ्ज कार्यालयका अनुसार सल्यानबाट नियन्त्रणमा लिइएको समस्याग्रस्त पाटेबाघ १२ वर्ष बूढो हो । बूढो एवं शारीरिक रुपले अशक्त बाघले जङ्गलमा सिकार गर्न नसकेपछि मानिस र पशु चौपायाको खोजी गर्ने निकुञ्जका कर्मचारी बताउँछन् । जसलाई निकुञ्जले ‘समस्याग्रस्त बाघ’का रुपमा उद्वार गर्दै बाँके राष्ट्रिय निकुञ्जमा राखिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा पनि यस्तै समस्याग्रस्त तीन वटा बाघ उद्वार केन्द्रमा राखिएको छ ।

निकुञ्जका प्रमुख संरक्षक अधिकृत विष्णुप्रसाद श्रेष्ठले घाँस काट्न गएका स्थानीयवासीलाई आक्रमण गरेपछि बाघको निगरानी बढाएको बताउनुभयो । “उक्त घटनापछि हाम्रो विशेष टोली गेरवानी आसपासमा खटिएर बाघको खोजी गरिरहेको थियो,” उहाँले भन्नुभयो, “मानिसलाई आक्रमण गर्ने बाघ त्यहीँ क्षेत्र आसपासमा हुन्छ, किनकी बाघ सिकार गरेको क्षेत्रमै रहन्छ, बुधबार बिहान सल्यानमा दुई पशुचौपायालाई मारेपछि पत्ता लगाउन सजिलो भयो ।”

गोरु मारेको करिब २०० मिटर दूरीमा रहेको बाँसघारीमा आराम गरिरहेको अवस्थामा बाघ भेटिएको थियो । बाघलाई बेहोस् बनाउने सुईको प्रयोग गरी नियन्त्रणमा लिइएको थियो ।

निकुञ्ज कार्यालयले माथिल्लो भेगमा निगरानी बढाएको दाबी गरेको छ । “गस्ती बढाउनुका साथै जङ्गली जनावरको आक्रमणबाट सुरक्षित रहन सावधानी अपनाउन व्यवहार परिवर्तनसम्बन्धी अभियान सञ्चालन गरिरहेका छौं,” प्रमुख संरक्षक अधिकृत श्रेष्ठले रासससँग भन्नुभयो, “निकुञ्जसँग जोडिएका बस्तीका मानिस आफै सचेत भएमा यस्ता घटनाबाट सुरक्षित रहन सकिन्छ ।” उहाँका अनुसार निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र, सामुदायिक वन जहाँ भए पनि वन्यजन्तुको आक्रमण दिउँसोको समयमा भएकाले सचेत भएमा आक्रमणबाट बच्न सकिने उहाँको भनाइ छ । निकुञ्ज कार्यालयले मानव वन्यजन्तुद्वन्द्व न्यूनीकरण गर्न चालु आर्थिक वर्षमा १३ रणनीतिक योजना बनाएको जनाएको छ । प्रमुख संरक्षक अधिकृत श्रेष्ठले उक्त योजना अनुसार कार्यक्रम सञ्चालन गरी क्षति न्यूनीकरण गर्ने बताउनुभयो । रासस

बर्दियामा बाघ हेर्न आउने पर्यटक बढे
बाँके । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । यसवर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २० वटा पाटे तथा वयस्क बाघ गणना भएको छ ।

बाघ हेर्न उद्देश्यले पर्यटक जङ्गल घुम्छन् । बाघ देखेपछि निकुञ्ज घुम्ने पर्यटक खुशी हुने गरेको पथप्रदर्शक अनुराम चौधरीले बताउनुभयो । “यो मौसममा पर्यटकको बाघ हेर्ने इच्छा पूरा हुन्छ”, चौधरी भन्नुहुन्छ, “ बाघ देख्दा उनीहरु खुशी हुन्छन्” । बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा यो निकुञ्ज परेको छ । निकुञ्जको मुख्य क्षेत्र घुम्ने पर्यटकको सङ्ख्या बढेको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।

गत आर्थिक वर्षमा १० हजार बढीले निकुञ्ज घुमेका छन् । “यो सङ्ख्या हाम्रो लागि सुःखद हो”, प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भन्न्भयो,“अहिले बाघ देखिने मौसम भएकोले पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ ।”

बाघ हेर्न बर्दिया निकुञ्जमा पर्यटकको घुइँचो
बाँके । अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जङ्गल सफारी गर्छन् ।

मङ्गलबार बर्दिया राष्ट्रिय निकुञ्ज सफारी गरेर फर्केका जर्मनी र इजरायलबाट आएका पर्यटक निकुञ्जको द्वारमा निकै खुसी देखिन्थे । पाहुनाले निकुञ्ज सफारीका क्रममा बाघ देखेर फर्केका कारण बढी खुसी देखिएको नेचर गाइड अनुराम चौधरीले बताउनुभयो । “यो याममा पर्यटकको इच्छा पूरा हुन्छ”, उहाँले भन्नुभयो, “पर्यटकले सफारी गर्दा मुख्य उद्देश्य बाघ हेर्ने हुन्छ, जुन इच्छा अधिकांश पर्यटकको पूरा हुन्छ ।”

बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ । निकुञ्जको ‘कोर एरिया’मा सफारी तथा ‘जङ्गल वाक’ गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । “चालु आर्थिक वर्षको हालसम्म १० हजार बढी पर्यटकले निकुञ्ज घुमिसकेका छन्”, उहाँले भन्नुभयो ।

आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म मात्र १० हजारभन्दा बढी पर्यटक निकुञ्ज घुमेका छन् । “यो सङ्ख्या हाम्रा लागि सुखद् रहेको छ” प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भन्नुभयो, “अहिले बाघ देखिने याम भएकाले पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ ।” निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले बाघलाई बढी प्राथमिकता दिएर निकुञ्ज घुम्न आएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठको भनाइ छ ।