बङ्गलादेश – News Polar

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट
काठमाडाैँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर रहमानले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच शुभकामना आदान–प्रदानसँगै द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षहरूबारे छलफल भएको उहाँको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल–बङ्गलादेशबीच मित्रवत् एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै हाम्रो सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान तथा विश्वासमा आधारित रहेको बताउनुभयो । उहाँले बङ्गलादेशसँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको बताउनुभयो । उपराष्ट्रपति यादवले बङ्गलादेशमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा बधाई दिँदै नयाँ सरकारलाई शुभकामना दिनुभयो ।

नेपालमा पनि प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको उल्लेख गर्दै उहाँले दुवै देशका सरकारबिच सहकार्य सुदृढ हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

भेटका क्रममा राजदूत रहमानले नेपाल–बङ्गलादेश सम्बन्ध आपसी विश्वासमा आधारित रहेको र जनता–जनताबीचको सम्बन्धमा निहित रहेको उल्लेख गर्नुभयो । उहाँले वाणिज्य, शिक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिन सकिने बताउँदै हाल नेपालबाट ४० मेगावाट विद्युत् प्राप्त भइरहेकोमा यसलाई ६० मेगावाट पु¥याउन अनुरोध गर्नुभयो ।

बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूद्वारा संसदको शपथ ग्रहण
एजेन्सी । बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूले मङ्गलबार संसदको शपथ लिएका छन् । उनीहरु सन् २०२४ को घातक विद्रोह पछि पहिलो पटक निर्वाचित प्रतिनिधि हुन ।

शेख हसिनाको निरंकुश सरकार अपदस्द भए देखि १८ महिना सम्म देश चलाएको अन्तरिम सरकारबाट रहमानले पदभार ग्रहण गर्ने तयारी गरेको जनाइएको छ ।

बङ्गलादेशका नव निर्वाचित सांसदहरूलाई मुख्य निर्वाचन आयुक्त ए. एम. एम नासिर उद्दीनले शपथ खुवाएको जनाइएको छ ।

बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का सांसदहरूले रहमानलाई औपचारिक रूपमा आफ्नो दलको नेताको रूपमा निर्वाचित गर्ने अपेक्षा गरिएको छ । यसै बिच राष्ट्रपति मोहम्मद साहाबुद्दिनले मङ्गलबार दिउँसो प्रधानमन्त्री र मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ खुवाउने अपेक्षा गरिएको छ ।

देशको सबैभन्दा शक्तिशाली राजनीतिज्ञ तथा बिएनपीका प्रमुख ६० वर्षीय रहमानको समुहले फेब्रुअरी – १२ को चुनावमा जित हासिल गरेको थियो ।

रहमानले लामो समयको उथल पुथल पछि स्थिरता पुनस्र्थापना गर्ने र विकासलाई पुनर्जीवित गर्ने प्रतिवद्धता गर्दै वर्षौँको कडा प्रतिद्वन्द्विताले ध्रुवीकृत भएको देशमा सबै दलहरूलाई “एकजुट रहन“ पनि आह्वान गर्नु भएको छ ।

शान्तिपूर्ण विपक्ष

रहमानको जितले ढाकाको राजनीतिक आँधीबेहरीबाट टाढा रहेर बेलायतमा १७ वर्षको निर्वासन पछि डिसेम्बरमा बङ्गलादेश फर्केका मानिसका लागि उल्लेखनीय परिवर्तनको सङ्केत गरेको जनाइएको छ ।

बिएनपी गठबन्धनले एक चौथाइ भन्दा बढी २१२ सिट जितेको छ भने जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनले ७७ सिट जितेको छ ।

जमातका नेता शफिकुर रहमानले पनि इस्लामवादी पार्टीले “सतर्क, सैद्धान्तिक र शान्तिपूर्ण विपक्षको रूपमा काम गर्ने“ बताउनु भएको छ ।

अपदस्त नेता हसिनाको अवामी लिग पार्टीलाई भने चुनावमा भाग लिन प्रतिबन्ध लगाइएको थियो ।

मानवता विरुद्धको अपराधका लागि मृत्युदण्डको सजाय सुनाइएकी हसिनाले भारतमा लुकेर चुनावको निन्दा गर्नु भएको थियो ।

यद्दपी भारतले बीएनपीको “निर्णायक जीत“ लाई –गहिरो तनावपूर्ण सम्बन्ध बिच उल्लेखनीय परिवर्तनको आधा भन्दै प्रशंसा गरेको जनाइएको छ ।

बङ्गलादेश आम निर्वाचनमा बीएनपीको ऐतिहासिक जितः तारिक रहमान नयाँ प्रधानमन्त्री बन्ने
एजेन्सी । बङ्गलादेशको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल आएको छ । हालै सम्पन्न आम निर्वाचनमा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवं बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानको नेतृत्वमा पार्टीले भारी बहुमत प्राप्त गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ३ सय संसदीय सिटमध्ये बीएनपीले हालसम्म २०९ सिटमा विजय हासिल गरिसकेको छ । यस जितसँगै तारिक रहमान बङ्गलादेशको आगामी प्रधानमन्त्री बन्ने पक्का भएको छ । देशका १२ करोड ७० लाखभन्दा बढी मतदाताहरूले बिहीवार उत्साहपूर्वक मतदान गरेका थिए । यो निर्वाचन केवल नयाँ सरकार छनोटका लागि मात्र नभई देशको भविष्य र संवैधानिक सुधारका लागि पनि महत्वपूर्ण मानिएको छ ।

निर्वाचनसँगै जुलाई राष्ट्रिय बडापत्र सम्बन्धी जनमत संग्रह पनि एकैसाथ आयोजना गरिएको थियो । जसले देशमा व्यापक संवैधानिक परिवर्तनको संकेत गरेको छ । यस पटकको निर्वाचनमा ५१ वटा राजनीतिक दलका १ हजार ९८१ उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए । यद्यपि लामो समयसम्म सत्तामा रहेको शेख हसिना नेतृत्वको अवामी लिगलाई निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कारण यस ऐतिहासिक प्रतिष्पर्धामा उनीहरूको उपस्थिति रहेन ।

यस परिणामले बङ्गलादेशमा नयाँ राजनीतिक युगको शुरुवात गरेको विश्लेषण गरिएको छ ।

जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
एजेन्सी । सन् २०२४ को जेन–जी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेपछि बङ्गलादेशले पहिलो पटक संसदीय निर्वाचनमा मतदान गरेको छ । वर्षौंको राजनीतिक अस्थिरतापछि भएको यो चुनावलाई देशको लोकतन्त्रको महत्त्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ ।

बिहीबार बिहान ढिलो सुरु भएको मतदान मध्याह्नसम्म राजधानी ढाका र अन्य सहरका केन्द्रहरूमा उत्साहजनक सहभागितासहित अघि बढेको थियो । मतदान बिहीबारभर जारी रहनेछ भने नतिजा शुक्रबार सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

पूर्वप्रधानमन्त्री हसिना देशबाट बाहिरिएपछि र उहाँको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाएपछि पहिलो पटक भएको यस निर्वाचनमा करिब १२ करोड ७० लाख मतदाता सहभागी हुन योग्य रहेका छन् । हसिना हाल भारतमा निर्वासनमा बस्दै आउनुभएको छ ।

बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का तारिक रहमान आगामी सरकार गठनका प्रमुख दावेदारका रूपमा देखिनुभएको छ । उहाँ पूर्वप्रधानमन्त्री खालिदा जियाका पुत्र हुनुहुन्छ र १७ वर्ष लन्डनमा स्व–निर्वासनपछि गत डिसेम्बरमा स्वदेश फर्कनुभएको थियो । उहाँले लोकतान्त्रिक संस्थाहरूको पुनर्निर्माण, विधिको शासन सुदृढीकरण र सङ्घर्षरत अर्थतन्त्र पुनर्जीवित गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँलाई चुनौती दिने शक्तिका रूपमा जमात–ए–इस्लामीको नेतृत्वमा ११ दलीय गठबन्धन अघि आएको छ । हसिनाको शासनकालमा प्रतिबन्धित उक्त इस्लामवादी दलले पछिल्लो समय प्रभाव बढाएको छ । यसले विशेषगरी महिला र धार्मिक अल्पसङ्ख्यक समुदायमा चिन्ता बढाएको छ । बङ्गलादेशमा करिब ९० प्रतिशत मुस्लिम र झण्डै आठ प्रतिशत हिन्दू समुदाय बसोबास गर्छन् । जमातका प्रमुख शफिकुर रहमानले मतदानपछि ‘यो निर्णायक मोड हो’ भन्दै जनताले परिवर्तन चाहेको बताउनुभएको छ ।

नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले निष्पक्ष र पारदर्शी मतदान गराउने प्रतिबद्धता जनाएको छ । करिब ५०० अन्तर्राष्ट्रिय पर्यवेक्षक र विदेशी पत्रकार उपस्थित रहेको जनाइएको छ, जसमा युरोपेली सङ्घ (इयु) र राष्ट्रमण्डलका प्रतिनिधिहरू पनि समावेश छन् ।

तीन सय ५० सदस्यीय संसद्मा ३०० सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् भने ५० सिट महिलाका लागि आरक्षित छन् । सांसदहरू बहुलताका आधारमा चयन हुनेछन् र संसद्को कार्यकाल पाँच वर्षको हुनेछ । एक उम्मेदवारको निधनपछि एउटा निर्वाचन क्षेत्रमा मतदान स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ ।

अघिल्ला वर्षहरूमा भएको हिंसा, अल्पसङ्ख्यक र प्रेसमाथिका आक्रमण तथा विधिको शासन कमजोर बनेको अवस्थापछि यो चुनाव हुँदैछ । सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रता पाएपछि बङ्गलादेशको राजनीति दलगत द्वन्द्व, सैन्य कू र मत हेरफेरका आरोपले प्रभावित हुँदै आएको छ । करिब ५० लाख पहिलो पटकका मतदाता यसपटक निर्णायक बन्न सक्ने अपेक्षा गरिएको छ ।

२८ वर्षीय मतदाता इकराम उल हकले यो पहिलो पटक स्वतन्त्र रूपमा आफ्नो मत व्यक्त गर्न पाएको अनुभव रहेको बताउनुभयो । “हामी चुनावलाई पर्वका रूपमा मनाइरहेका छौँ”, उहाँले भन्नुभयो, “मलाई बङ्गलादेशमा ठूलो परिवर्तनको आशा छ ।”

निर्वाचनसँगै राष्ट्रिय चार्टरअन्तर्गत प्रस्तावित संवैधानिक सुधारबारे जनमतसङ्ग्रह पनि गरिएको छ । बहुमतले समर्थन गरेमा नयाँ संसद्ले १८० कार्यदिनभित्र संवैधानिक सुधार परिषद् गठन गर्नेछ । प्रस्तावमा द्विसदनीय व्यवस्थापिका स्थापना र माथिल्लो सदनलाई संविधान संशोधनको अधिकार दिने व्यवस्था समावेश छ ।

बिएनपी र जमात–ए–इस्लामीले केही संशोधनपछि दस्तावेजमा सहमति जनाएका छन् । तर अवामी लिग र उसका केही पूर्व सहयोगीहरूलाई प्रक्रियाबाट बाहिर राखिएको भन्दै जनमतसङ्ग्रहको आलोचना पनि भइरहेको छ । यस चुनावले बङ्गलादेशको लोकतान्त्रिक भविष्यको दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

बङ्गलादेशमा हिन्दू अल्पसङ्ख्यकमाथि बढ्दो डर
ढाका । सत्ताइस वर्षीय हिन्दू गार्मेन्ट कामदार दीपु चन्द्र दासलाई डिसेम्बरमा उहाँका केही मुस्लिम सहकर्मीहरूले पैगम्बर मुहम्मदको बारेमा अपमानजनक टिप्पणी गरेको आरोप लगाएका थिए । यसले उहाँको कार्यस्थलमा हिंसात्मक भिड आकर्षित गर्‍यो । उहाँलाई पिटेर मारिएको थियो, शरीर रूखमा झुन्ड्याइयो र आगो लगाइयो ।

बङ्गलादेशभरका हिन्दूहरूले आफ्नो फोनमा रेकर्ड गरिएका तस्बिरहरू डरका साथ हेरे । न्याय र सुरक्षा माग गर्दै प्रदर्शनकारीहरूले ढाका र अन्य सहरहरूमा विरोध प्रदर्शन गरे । मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारले अनुसन्धानको आदेश दियो र प्रहरीले करिब एक दर्जन व्यक्तिलाई पक्राउ गर्‍यो ।

तर मानव अधिकार समूह र हिन्दू नेताहरूका अनुसार हत्या एउटा पृथक घटना होइन, तर बढ्दो ध्रुवीकरण, इस्लामवादीहरूको पुनरुत्थान र दण्डहीनताको संस्कृतिसँग जोडिएको अल्पसङ्ख्यक समुदायमाथि व्यापक आक्रमणको भाग हो । फेब्रुअरी १२ मा हुने राष्ट्रिय निर्वाचन नजिकिँदै गर्दा हिन्दूहरूमा डर अझ व्यापक छ ।

ढाकास्थित हिन्दू मानव अधिकार कार्यकर्ता रञ्जन कर्माकरले भन्नुभयो, “अब कोही सुरक्षित महसुस गर्दैनन् । सबै डराएका छन् ।”

बङ्गलादेशमा मुलुकको कुल जनसङ्ख्या १७ करोडमा हिन्दूहरू करिब एक करोड ३१ लाख अर्थात आठ प्रतिशत मात्र छन् । मुस्लिमहरूको जनसङ्ख्या ९१ प्रतिशत छ । बङ्गलादेश हिन्दू बौद्ध क्रिश्चियन युनिटी काउन्सिलले सन् २०२४ को विद्रोहदेखि २००० भन्दा बढी साम्प्रदायिक हिंसाका घटनाहरू दर्ता गरेको छ, जसमा ६१ हत्या, महिलामाथि हिंसा, पूजास्थलमा आक्रमण र तोडफोड समावेश छन् ।

मानव अधिकार कार्यकर्ता कर्माकरका अनुसार हिन्दूहरू प्रायः एक पक्षको मतदानका रूपमा हेरिन्छन्, जसले उनीहरूको असुरक्षा बढाउँछ । “हिंसामा संलग्न व्यक्तिहरूलाई कानूनअन्तर्गत ल्याइएको छैन, न्याय प्रणालीमा जवाफदेही बनाइएको छैन । यसले हिंसा जारी रहने धारणा सिर्जना गर्छ”, उहाँले भन्नुभयो ।

सबैभन्दा ठूलो इस्लामवादी पार्टी जमात–ए–इस्लामी र विद्यार्थी शाखाको पुनरुत्थानसँगै हिन्दूमाथिको आक्रमण बढेको छ । पार्टीले निर्वाचनमा प्रभाव पुनः प्राप्त गर्ने अवसरका रूपमा यसलाई हेर्छ । यसले सार्वजनिक ¥यालीहरू आयोजना ग¥यो र हिन्दू समुदायका नेतालाई उम्मेदवार मनोनयन ग¥यो ।

राजनीतिक विश्लेषक अल्ताफ परवेजका अनुसार यस्ता कदम धेरै हदसम्म प्रतीकात्मक छन् र अल्पसङ्ख्यक मतदातामा असर पार्ने उद्देश्य राख्छन् । ग्रामीण क्षेत्रमा व्यवस्थित आक्रमणले आगामी निर्वाचनमा अल्पसङ्ख्यक सहभागिता घटाउने खतरा पैदा गरेको छ ।

हिन्दूहरूमाथिको आक्रमणले छिमेकी भारतसँग पनि तनाव बढाएको छ । भारतको विदेश मन्त्रालयले बङ्गलादेशमाथि हिन्दूहरूमाथि हुने बारम्बार आक्रमणलाई कम महत्त्व दिएको आरोप लगाएको छ । यसले कूटनीति र खेलकुद कार्यक्रमहरूमा असर पुर्‍याएको छ ।

दीपु चन्द्र दासको हत्याले उहाँको परिवारमा गहिरो पीडा पुर्‍याएको छ । उहाँका बुबाले भन्नुभयो, “फोनमा तस्बिर हेरेर मेरो छाती फुटेको जस्तो लाग्यो ।” उहाँकी आमा शेफाली रानी दासले भन्नुभयो, “मेरो छोरालाई कुटपिट गरी, झुन्ड्याएर जलाइयो । म न्याय खोज्छु ।”

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
एजेन्सी । बङ्गलादेशको एक अदालतले सोमबार पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँकी भतिजी, बेलायती सांसद ट्युलिप सिद्दिकलाई राजधानी नजिकैको सरकारी टाउनसिप परियोजनासँग सम्बन्धित दुई भ्रष्टाचारको मुद्दामा क्रमशः १० वर्ष र चार वर्षको जेल सजाय सुनाएको छ ।

विशेष न्यायाधीशको अदालत–४ का न्यायाधीश मोहम्मद रबिउल आलमले अर्की भतिजी अजमिना सिद्दिक र भतिजा रादवान मुजीब सिद्दिकलाई पनि सात वर्षको जेल सजाय सुनाउनुभएको छ ।

देशको आधिकारिक भ्रष्टाचार वाचडगले हसिनाले सरकारी अधिकारीहरूसँग मिलेर ढाका नजिकैको पूर्बाचल न्यु टाउन प्रोजेक्टमा आफ्ना र आफ्ना परिवारका सदस्यहरूका लागि सरकारी नियमअनुसार अयोग्य भए पनि अवैध रूपमा छ वटा प्लट सुरक्षित गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो ।

नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले फेब्रुअरी १२ मा चुनावको तयारी गरिरहेको बेला यो फैसला आएको हो । हसिनाको पूर्व सत्तारूढ अवामी लिग पार्टीलाई चुनावमा भाग लिन प्रतिबन्ध लगाइएको छ ।

हसिना र ट्युलिप सिद्दिक दुवैलाई यसअघि यस्तै मामिलामा सजाय सुनाइएको थियो र दुवैले फैसलाको निन्दा गर्नुभएको छ । सिद्दिकले आफ्नी काकीको १५ वर्षको शासनकालमा सरकारबाट कुनै जग्गा लिएको नभएको बताउनुभएको छ किनभने उहाँ बङ्गलादेशी नागरिक होइन । तर अभियोजनकर्ताका अनुसार उहाँले आफ्नी काकीलाई आफ्नी आमा र दुई भाइबहिनीलाई परियोजनामा जग्गा उपलब्ध गराउन प्रभाव पारेको आरोप लगाइएको छ, जुन सिद्दिकले स्पष्ट रूपमा अस्वीकार गर्नुभएको छ ।

शक्तिको दुरुपयोग गरेको आरोपमा हसिना यसअघि परियोजनामा भएको भ्रष्टाचारका अन्य चार मामिलामा दोषी ठहरिनुभएको थियो । ती मामिलाहरूमा अदालतले उहाँलाई कुल २६ वर्षको जेल सजाय सुनाएको थियो भने उहाँका छोरा सजीब वाजेद र छोरी साइमा वाजेदलाई पाँच–पाँच वर्षको जेल सजाय सुनाइएको थियो । हसिनाकी कान्छी बहिनी शेख रेहानालाई सात वर्षको सजाय सुनाइएको थियो । उहाँहरू सबै अहिले विदेशमा हुनुहुन्छ । ट्युलिप सिद्दिक बेलायतमा बस्नुहुन्छ ।

विद्यार्थी नेतृत्वको जन विद्रोहपछि निष्कासित भएपछि र आफ्नो १५ वर्षको शासन समाप्त भएपछि हसिना सन् २०२४ को अगस्ट ५ देखि भारतमा निर्वासनमा हुनुहुन्छ । विद्रोहमा सयौँ मानिस मारिएपछि उहाँलाई मानवता विरुद्धको अपराधको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ । उहाँले विशेष न्यायाधिकरणलाई ‘कङ्गारू अदालत’ भन्दै परीक्षण प्रक्रियाको निन्दा गर्नुभएको छ ।

हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशले गरेको अनुरोधमा भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

टि–२० विश्वकप खेल भारत बाहिर सार्न बङ्गलादेशको आग्रह
एजेन्सी । भारतले एक बङ्गलादेशी क्रिकेटरलाई इन्डियन प्रिमियर लिग (आइपिएल) छोड्न बाध्य पारेको घटनापछि बङ्गलादेशले आगामी महिना श्रीलङ्का र भारतमा सुरु हुने टि–२० विश्वकपमा आफ्ना खेलहरू भारत बाहिर आयोजना गर्न अनुरोध गर्ने भएको छ ।

बङ्गलादेशका अन्तरिम सरकारका युवा तथा खेलकुद सल्लाहकार आसिफ नजरुलले आइतबार राज्यद्वारा सञ्चालित बिएसएस समाचार एजेन्सीमार्फत जारी विज्ञप्तिमा बङ्गलादेशी क्रिकेट, क्रिकेटर र राष्ट्रको गरिमामाथि कुनै पनि प्रकारको अपमान अस्वीकार्य हुने स्पष्ट गर्नुभएको छ ।

“हामी कुनै पनि परिस्थितिमा बङ्गलादेशी क्रिकेट, क्रिकेटर र बङ्गलादेशको अपमान स्वीकार गर्दैनौँ”, उहाँले भन्नुभएको छ, “दासत्वका दिनहरू समाप्त भइसकेका छन् ।” उहाँका अनुसार छिमेकी राष्ट्रहरूबीच बढेको तनावको पृष्ठभूमिमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बिसिसिआई० ले आइपिएल टोलीहरूलाई ‘सल्लाह’ दिएपछि बङ्गलादेशका फास्ट बलर मुस्ताफिजुर रहमानलाई कोलकाता नाइट राइडर्सले शनिबार रिलिज गरेको थियो ।

नजरुलले बङ्गलादेश क्रिकेट बोर्ड ९बिसिबी० लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई औपचारिक पत्र लेख्न निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यदि कुनै बङ्गलादेशी क्रिकेटर अनुबन्धित भएर पनि भारतमा खेल्न नसक्ने अवस्था सिर्जना हुन्छ भने सम्पूर्ण बङ्गलादेशी क्रिकेट टोलीले विश्वकपमा खेल्न आफूलाई सुरक्षित महसुस गर्न सक्दैन ।” यही कारण देखाउँदै उहाँले बङ्गलादेशका विश्वकप खेलहरू श्रीलङ्कामा आयोजना गर्न अनुरोध गर्न पनि बोर्डलाई निर्देशन दिनुभएको छ ।

भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने टि–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुने तय भएको छ । तालिकाअनुसार बङ्गलादेशले आफ्ना चारवटा समूह चरणका खेल भारतमा खेल्ने कार्यक्रम रहेको छ । यसैबीच, पाकिस्तानले आफ्ना सबै खेल श्रीलङ्कामै खेल्नेछ, जुन भारत र पाकिस्तान दुवैलाई बहुराष्ट्रिय प्रतियोगिताहरूमा तटस्थ स्थल प्रयोग गर्न दिने सम्झौताअन्तर्गत गरिएको व्यवस्था हो ।

सन् २०२४ मा ढाकामा भएको जनविद्रोहपछि भारतको निकट सहयोगी मानिने तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पदच्युत भएसँगै भारत र बङ्गलादेशबीचको राजनीतिक सम्बन्धमा तिक्तता आएको बताइन्छ । भारतको विदेश मन्त्रालयले गत महिना मुस्लिम बहुल बङ्गलादेशमा ‘अल्पसङ्ख्यकहरूविरुद्ध निरन्तर शत्रुता’ भएको भन्दै आलोचना गरेको थियो । तर बङ्गलादेशका अन्तरिम नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले भारतले हिंसाको परिमाणलाई बढाइचढाइ गरेर प्रस्तुत गरेको आरोप लगाउनुभएको छ ।

बिसिबीका अध्यक्ष अमिनुल इस्लाम बुलबुलले आइतबारपछि बोर्डको आपतकालीन बैठक बस्ने जानकारी दिनुभयो । “हाम्रा क्रिकेटरहरूको गरिमा र सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो र यही आधारमा हामी उचित समयमा निर्णय गर्नेछौँ”, उहाँले शनिबार राति पत्रकारहरूसँग भन्नुभएको थियो ।

यसअघि आइपिएलका विभिन्न टोलीबाट खेलिसक्नुभएका मुस्ताफिजुरलाई कोलकाताले गत डिसेम्बरमा १० लाख अमेरिकी डलरभन्दा बढी रकममा अनुबन्ध गरेको थियो । तर बिसिसिआईका सचिव देवजित साइकियाले ‘हालैको घटनाक्रमलाई ध्यानमा राख्दै’ कोलकातालाई ३० वर्षीय खेलाडीलाई ‘रिहा गर्न’ सल्लाह दिइएको बताउनुभयो । सन् २०२६ को आइपिएल मार्च २६ बाट सुरु हुने तय छ ।

नजरुलले आइपिएललाई बङ्गलादेशी प्रसारणकर्ताहरूबाट ब्लक गर्न पनि आग्रह गर्ने बताउनुभएको छ । “मैले बङ्गलादेशमा आइपिएल प्रतियोगिताको प्रसारण रोक्न सूचना तथा प्रसारण सल्लाहकारलाई अनुरोध गरेको छु”, उहाँले भन्नुभयो ।

यसैबीच, बलिउड सुपरस्टार शाहरुख खानको बहुमत स्वामित्वमा रहेको कोलकाता नाइट राइडर्सले मुस्ताफिजुरलाई ‘उचित प्रक्रिया र परामर्शपछि’ रिलिज गरिएको स्पष्ट पारेको छ ।

बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु
ढाका । बङ्गलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा अहिलेसम्म ४०१ जनाको ज्यान गएको बङ्गलादेशको स्वास्थ्य विभागको तथ्याङ्कले बुधबार देखाएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले जारी गरेको तथ्याङ्क अनुसार दक्षिण एसियाली मुलुक बङ्गलादेशमा जनवरी देखि डेङ्गु ज्वरोका सङ्क्रमितको सङ्ख्या ९८ हजार ७०५ पुगेको छ ।

बङ्गलादेशमा पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको र थप ४२१ जनालाई डेंगु संक्रमण भएको रेकर्ड गरेको जनाइएको छ ।

डिजिएचएसका अनुसार डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ४०१ नागेको छ, जसमा डिसेम्बरमा १९ र नोभेम्बरमा १०४ र अक्टोबरमा ८० जनाको मृत्यु भएको छ ।

नोभेम्बरमा २४ हजार ५३५ जनालाई नयाँ सङ्क्रमण भएकोमा डिसेम्बरमा अहिलेसम्म ४ हजार ३०८ जना सङ्क्रमित भेटिएको जनाइएको छ ।

तिव्र डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन नियन्त्रण गर्न र लार्भा विरोधी अपरेसनहरू सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ ।

डेङ्गु ज्वरो सङक्रमित एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो ।

यस रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने थकान, गम्भीर मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने चक्कर लमग्ने जस्ता लक्षणहरूसहित मानिसहरुलाई सिथिल बनाउने जनाइएको छ ।

ढाका झुपडीमा भीषण आगलागी, हजारौँ घरबारविहीन
एजेन्सी । बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा मङ्गलबार साँझ लागेको भीषण आगलागीले करिब एक हजार ५०० झुपडी जलेर वा क्षतिग्रस्त भएसँगै हजारौँ बासिन्दा घरबारविहीन भएको अधिकारीहरूले बताएका छन् । आगलागीबाट कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन ।

अग्निशमन सेवा तथा नागरिक सुरक्षा विभागका ड्युटी अफिसर रसिद बिन खालिदका अनुसार आगो लागेपछि १६ घण्टापछि मात्र पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो । अग्निशमन सेवाका निर्देशक लेफ्टिनेन्ट कर्नल मोहम्मद ताजुल इस्लाम चौधरीले आगोले विस्तृत क्षेत्रलाई प्रभाव पारेको र पीडितको सङ्ख्या अत्यधिक रहेको बताउनुभयो ।

करिब ६५ हेक्टर (१६० एकड) मा फैलिएको कोरेल झुपडपट्टीमा करिब ६० हजार परिवार बसोबास गर्छन्, जसमा जलवायु–प्रभावित शरणार्थीहरूको सङ्ख्या उल्लेखनीय छ । ढाकाका उच्चस्तरीय गुलशन र बनानी जस्ता अभिजात आवासीय क्षेत्रसँगै जोडिएको यो झुपडपट्टी बस्ती अग्ला अपार्टमेन्ट र कार्यालय भवनहरूले घेरिएको छ ।

आगलागी रातभर फैलिँदा क्षेत्रमा बाक्लो धुवाँको बादल देखिएको थियो । बुधबार बिहान बासिन्दाहरू आफ्ना घरका भग्नावशेषबीच डुल्दै जले–नजलेका केही सामान खोज्दै व्यस्त देखिन्थे । अग्नि नियन्त्रकहरूले साँघुरा गल्ली र अव्यवस्थित संरचनाका कारण घटनास्थलसम्म पुग्न निकै कठिनाइ भएको बताए ।

सन् २०२४ मा एक करोड २० लाख जनसङ्ख्या नाघिसकेको ढाका सयौँ झुपडी बस्तीहरूको प्रमुख आश्रयस्थल बनेको छ । ग्रामीण बङ्गलादेशमा गरिबी, रोजगारीको अभाव तथा जलवायु–प्रेरित प्रकोपले पीडितहरूलाई सहरका यस्ता भीडभाड र जोखिमपूर्ण बस्तीहरूमा बसाइँ सर्न बाध्य बनाउने गरेको छ, जहाँ उनीहरूले दैनिक श्रमिक, रिक्सा चालक, घरेलु कामदार र सरसफाइ कर्मचारीका रूपमा गुजारा चलाउँदै आएका छन् ।

अधिकारीहरूले प्रभावित बासिन्दाको उद्धार, राहत र पुनर्वासमा चाँडो व्यवस्था मिलाइने आश्वासन दिएका छन् ।

बङ्गलादेशको मदिरा उद्योगको आश्चर्यजनक सफलता
एजेन्सी । हाल इस्लामवादी शक्तिहरू पुनः राजनीतिक रूपमा सक्रिय हुँदै गरेको मुस्लिम बहुल देश बङ्गलादेशमा त्यहीँको एक मात्र सरकारी इजाजत प्राप्त डिस्टिलरीको परिसरमा मिठास मिसिएको सिरपको सुगन्ध फैलिएको छ ।

सरकारी स्वामित्वको ‘क्यारो एन्ड कम्पनी’ नामक यो उद्योगले पछिल्लो आर्थिक वर्षमा अभूतपूर्व नाफा कमाएको छ । यसलाई देशको कठोर मदिरा नीति र सामाजिक निषेधबीचको आश्चर्यजनक उपलब्धि मानिएको छ ।

विश्वको चौथो सबैभन्दा बढी जनसङ्ख्या भएको मुस्लिम राष्ट्र बङ्गलादेशमा मदिरा उत्पादन र बिक्री कडा रूपमा नियमनमा राखिएको छ । करिब १७ करोड जनसङ्ख्या भएको देशमा विशाल बहुमतले यसका उत्पादन किन्न वा उपभोग गर्न पाउँदैनन् । यद्यपि, ८७ वर्षअघि ब्रिटिस शासनकालमा स्थापना भएको क्यारो एन्ड कम्पनीले आर्थिक वर्ष २०२४–२५ मा एक करोड अमेरिकी डलर बराबरको नाफा कमाएको र कर तिरेको कम्पनीका प्रबन्ध निर्देशक रबिक हसनले बताउनुभयो ।

“कम्पनीको इतिहासमै यो सबैभन्दा बढी नाफा हो”, हसनले भन्नुभयो, “हामीले आगामी वर्षहरूमा अझ वृद्धि हुने अपेक्षा राखिरहेका छौँ ।”

बङ्गलादेश पछिल्ला वर्षहरूमा राजनीतिक अस्थिरताबाट गुज्रिएको छ । सन् २०२४ को अगस्टमा भएको जनआन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकारलाई अपदस्थ गरेको थियो । मानव अधिकार उल्लङ्घनको आरोपमा आलोचना खेप्दै १५ वर्ष शासन गरेकी हसिनाले इस्लामवादी समूहहरूप्रति कडा नीति लिइरहनुभएको थियो । उहाँ भारततर्फ पलायन गरेपछि देशभित्रका इस्लामवादी शक्तिहरू पुनः दृढ बनेका छन् ।

इस्लाममा निषेधित रक्सीलाई तिनले खासै निशाना नबनाए पनि सङ्गीत तथा नाटक उत्सव, महिला फुटबल प्रतियोगिता र चङ्गा उडाउने पर्व जस्ता ‘इस्लामविरोधी’ ठानेका सांस्कृतिक गतिविधिहरूमाथि प्रतिबन्धको माग गर्न थालेका छन् । यस्तै अवस्थामा अन्तरिम सरकारले अब देशलाई सन् २०२६ फेब्रुअरीमा तय गरिएको आम निर्वाचनतर्फ अघि बढाइरहेको छ ।

दारसाना सीमावर्ती औद्योगिक क्षेत्रमा अवस्थित क्यारोको विशाल कारखानामा लगातार गुन्जिने मेसिनहरूको आवाजबीच बोतलहरू भरिँदै गर्छन् । कम्पनीका प्रमुख उत्पादनहरू ‘इम्पेरियल ह्विस्की’ र ‘सारिना भोड्का’ हुन्, जसलाई नेदरल्यान्ड्सबाट आयात गरिएको स्वादका साथ उखुबाट डिस्टिल्ड गरिन्छ ।

“हामी कसैलाई पनि पिउन प्रोत्साहित गर्दैनौँ”, हसनले स्पष्ट पार्दै थप्नुभयो, “हामीले उत्पादन तिनीहरूलाई मात्र बेच्ने गर्छौं, जो पहिले नै पिउँछन् ।”

बङ्गलादेशमा मादक पदार्थ खरिद गर्न सरकारी अनुमति अनिवार्य छ । मादक पदार्थ खरिद गर्न २१ वर्ष उमेर पूरा गरेका व्यक्तिलाई मात्र दिइन्छ र प्रायः गैर–मुस्लिमहरूलाई मात्र उपलब्ध हुन्छ । अनुमतिपत्र लिन चिकित्सकीय सिफारिस आवश्यक हुन्छ । नार्कोटिक्स कन्ट्रोल विभागका महानिर्देशक हसन मारुफका अनुसार मदिरा निषेधित छ, तर केही समुदायका लागि अपवादको व्यवस्था गरिएको छ ।

त्यस्ता समुदायमा देशका चिया बगानमा कार्यरत विदेशी र स्थानीय कामदारहरू पर्छन् । क्यारोको सस्तो मदिरा त्यहाँका करिब एक लाख ५० हजार मुख्यतया हिन्दू कामदारहरूबीच लोकप्रिय छ । बङ्गलादेशको करिब १० प्रतिशत जनसङ्ख्या गैर–मुस्लिम ९मुख्यतया हिन्दू० रहेको अनुमान छ ।

यस वर्ष कम्पनीको चिनी विभागले घाटा बेहोरे पनि त्यसका मिलहरूले मल, भिनेगर र औद्योगिक मदिरा उत्पादन गरेका छन् । जमुना समूहको स्वामित्वमा रहेको देशको एक मात्र बियर उत्पादन गर्ने ‘हन्टर ब्रुअरी’ सँगै क्यारोले वैधानिक मदिराको प्रमुख स्रोत उपलब्ध गराइरहेको छ ।

अवैध मुनशाइन उत्पादन र आयातित मदिरामा हुने खतरनाक मिलावटको समस्याले ग्रस्त देशमा यी उत्पादनहरू सुरक्षित विकल्पका रूपमा स्थापित भएका छन् ।

४२ वर्षीय माछा व्यापारी प्रिन्स मामुनले आफू दुई दशकदेखि क्यारोका उत्पादन सेवन गर्दै आएको बताउनुभयो । “यो आयातित ब्रान्डभन्दा सस्तो र भरपर्दो छ”, उहाँले भन्नुभयो । महिनामा करिब २० दिन पिउने मामुनसँग आधिकारिक अनुमति पनि छ । “म क्यारोका उत्पादनहरू कुनै शङ्का बिना पिउँछु”, उहाँले आत्मविश्वासपूर्वक भन्नुभयो ।

त्यस्तै, बोटलिङ युनिटमा कार्यरत ३८ वर्षीय शाह आलम नामका कर्मचारी कट्टर मुस्लिम हुनुहुन्छ तर कहिल्यै मदिरा नपिएको बताउनुहुन्छ । तर उहाँले डिस्टिलरीले स्थानीय समुदायमा रोजगारी, शिक्षा र सामाजिक सहयोगमार्फत पु¥याएको योगदानको प्रशंसा गर्नुहुन्छ ।

“म आफैँ केही पिउँदिनँ, न त बिक्रीमा संलग्न छु”, आलमले भन्नुभयो, “तर म गर्वका साथ भन्छु—यहाँ मैले गरिरहेको काम मेरो इमानदार पेशा हो ।”

यसरी, धार्मिक र सामाजिक प्रतिबन्धबीच पनि क्यारो एन्ड कम्पनीको सफलताले बङ्गलादेशको अर्थतन्त्रमा अद्भुत विरोधाभास र अनपेक्षित उपलब्धिको उदाहरण प्रस्तुत गरेको छ।

पदच्यूत नेता हसिनाका समर्थकहरूसँग बङ्गलादेशी सेनाको झडप, कम्तीमा ४ जनाको मृत्यु
एजेन्सी । बङ्गलादेशी सुरक्षा बलहरूको बुधबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थकहरूसँग भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको र धेरै घाइते भएको अस्पताल अधिकारी र स्थानीय मिडियाले जनाएका छन् ।

गत वर्ष अगस्टमा हसिना विरुद्धको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले गठन गरेको नयाँ राजनीतिक पार्टीले हसिनाको पैतृक घर दक्षिणपश्चिमी गोपालगञ्ज जिल्ला र उहाँको अवामी लिग पार्टीको गढतर्फ पदयात्रा गर्ने घोषणा गरेपछि बिहान हिंसा भड्किएको थियो ।

अधिकारीहरूले पछि जिल्लामा रातिको कर्फ्यू लगाएका थिए ।

एघार महिनाअघि हसिनाको निष्कासनपछि बङ्गलादेश अराजकता र अनियन्त्रित भिडको हिंसाले ग्रस्त भएको छ । मुलुकको अन्तरिम सरकार बिग्रँदै गएको सुरक्षा अवस्थालाई नियन्त्रणमा ल्याउन असफल भएसँगै बुधबारको आक्रमणले देशको गहिरो विभाजनलाई उजागर गर्दछ ।

अराजक अवस्था

टेलिभिजन फुटेजले हसिना समर्थक कार्यकर्ताहरूले लाठीले प्रहरीमाथि आक्रमण गरेको र विद्रोहको सम्झनामा नेसनल सिटिजन पार्टीका नेताहरू बोकेका करिब २० वटा गाडीमा आगो लगाएको देखाएको छ ।

पार्टीका नेताहरूले स्थानीय प्रहरी प्रमुखको कार्यालयमा शरण लिएका छन् । फुटेजमा शीर्ष नेताहरूलाई सैनिकहरूले सुरक्षाका लागि बख्तरबन्द गाडीमा लगेको देखाइएको थियो । तिनीहरू पछि सुरक्षा एस्कर्टहरूसँग छिमेकी जिल्लाका लागि प्रस्थान गरेका थिए ।

सरकारी अस्पतालका वरिष्ठ अधिकारी जिबितेश विश्वासले कम्तीमा तीन जनाको शव भित्र ल्याइएको पत्रकारलाई बताउनुभयो । देशको प्रमुख अङ्ग्रेजी भाषाको डेली स्टारले चार जनाको मृत्यु भएको जनाएको छ ।

अन्तरिम सरकारले बुधबार विद्यार्थीहरूमाथि आक्रमण गर्नेहरू ‘दण्डविहीन’ नरहने बताएको छ र अन्तरिम नेता मुहम्मद युनुसको तर्फबाट जारी गरिएको विज्ञप्तिमा गोपालगञ्जमा भएको हिंसालाई ‘पूर्ण रूपमा अक्षम्य’ भनी वर्णन गरिएको छ ।

गत मे महिनामा अधिकारीहरूले प्रतिबन्ध लगाएको हसिनाको आवामी लिग पार्टीले सामाजिक सञ्जाल एक्समा धेरै वक्तव्यहरू जारी गरेर हिंसाको निन्दा गरेको छ र मृत्यु तथा घाइतेहरूका लागि अन्तरिम सरकारलाई दोष दिएको छ ।

एक आवामी वक्तव्यले भनेको छ, “हामी विश्वलाई सुरक्षा संयन्त्रको यो स्पष्ट दुरुपयोगलाई ध्यानमा राख्न आग्रह गर्छौं ।” विज्ञप्तिमा ‘असहमतहरू’ विरुद्ध भीड हिंसाको प्रयोग गरेको बताइएको छ ।

विद्यार्थी नेता नाहिद इस्लामले गोपालगञ्ज हिंसाका जिम्मेवारहरूलाई पक्राउ गर्न अधिकारीहरूलाई २४ घण्टाको अल्टिमेटम दिनुभयो र बिहीबार छिमेकी फरिदपुर जिल्लामा अर्को पदयात्रा गर्ने सम्भावना रहेको बताउनुभयो ।

दक्षिणपन्थी जमात–ए–इस्लामी पार्टीले विद्यार्थी नेतृत्वको पार्टीमाथि भएको आक्रमणको निन्दा गरेको छ र बिहीबारका लागि सबै जिल्ला र मुख्य सहरहरूमा देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ ।

अशान्त राष्ट्र

झडपले राष्ट्रिय मेलमिलापको आशालाई कम गरेको भन्दै अन्तरिम सरकारका आलोचकहरूले बढ्दो ध्रुवीकरणको चेतावनी दिएका छन् । यद्यपि युनुसको प्रशासनले हसिना पछिको युगमा व्यवस्था ल्याउने वाचा गरेको छ । आलोचकहरूले अवस्था सुधार नभए लोकतन्त्रमा शान्तिपूर्ण सङ्क्रमण खतरामा पर्ने बताएका छन् ।

नोबेल शान्ति पुरस्कार विजेता युनुसले हसिना पदच्यूत भएर भारत भागेको तीन दिनपछि देशको जिम्मेवारी लिनुभएको थियो र व्यवस्था पुनःस्थापना गर्ने वाचा गर्नुभएको थियो । उहाँले आगामी वर्षको अप्रिलमा नयाँ चुनाव हुने वाचा गर्नुभएको छ ।

हसिनाले अहिले मानवता विरुद्धको अपराधको आरोपको सामना गरिरहनुभएको छ भने सरकारले उहाँलाई भारतबाट सुपुर्दगी गर्न खोजिरहेको छ । भारतले बङ्गलादेशको अनुरोधलाई कुनै प्रतिक्रिया दिएको छैन ।

गोपालगञ्ज राजनीतिक रूपमा संवेदनशील जिल्ला हो । हसिना बुबाको समाधि त्यहाँ अवस्थित छ । देशको स्वतन्त्रता नेता शेख मुजीबुर रहमानलाई सन् १९७५ मा सैन्य कूमा उहाँको परिवारका अधिकांश सदस्यसँगै हत्या भएपछि त्यहाँ गाडिएको थियो ।

नेसनल सिटिजन पार्टीले बङ्गलादेशी राजनीतिमा आफूलाई नयाँ शक्तिका रूपमा स्थापित गर्ने अभियानको एक हिस्साका रूपमा सबै जिल्लामा हुने भन्दै महिनाको सुरुमा आफ्नो ‘राष्ट्र पुनर्निर्माणका लागि जुलाई मार्च’ सुरु गरेको थियो ।

बङ्गलादेशको राजनीतिक विगत मुख्यतया दुई वंशवादी पार्टीहरू – हसिनाको आवामी लिग र उहाँका प्रतिद्वन्द्वी एवं पूर्वप्रधानमन्त्री खालिदा जियाको नेतृत्वमा रहेको बङ्गलादेश राष्ट्रवादी पार्टी ९बिएनपी० द्वारा हावी भएको छ । हसिनाको पार्टीको अनुपस्थितिमा सत्तामा आउने आशा राख्ने बिएनपी बुधबारको हिंसाको बारेमा धेरैजसो मौन रहेको छ ।

गत वर्ष आफ्नो नेतालाई अपदस्थ गरेको विद्रोहको परिणाम नियन्त्रण गर्न सङ्घर्ष गर्दै बङ्गलादेश
एजेन्सी । गत वर्ष पूर्वप्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको विद्रोहमा सत्ताबाट हटाइएपछि र उहाँको १५ वर्षको शासनको अन्त्य गरेर उहाँलाई भारत भाग्न बाध्य पारिएपछि बङ्गलादेश नयाँ सुरुआतको सम्भावनामा थियो ।

नयाँ अन्तरिम सरकारका प्रमुखका रूपमा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले सन् २०२५ जुलाई १५ मा सुरु भएको हिंसामा सयौँको मृत्यु भएपछि लोकतन्त्रमा फर्कन, चुनावी र संवैधानिक सुधारहरू सुरु गर्न र सडकमा शान्ति पुनःस्थापना गर्न विश्वसनीय चुनाव गर्ने वाचा गर्नुभएको थियो ।

एक वर्षपछि युनुसको नेतृत्वमा रहेको प्रशासनले विद्रोहको परिणाम नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको छ । बङ्गलादेश बढ्दो राजनीतिक अनिश्चितता, धार्मिक ध्रुवीकरण र चुनौतीपूर्ण कानून र व्यवस्थाको स्थितिमा फसेको छ ।

हसिनालाई अपदस्थ गरेको विरोध प्रदर्शनको एक वर्षपछि बङ्गलादेशका बारेमा केही जान्नुपर्ने कुराहरू:

अराजक राजनीतिक परिदृश्य

बङ्गलादेशमा लोकतन्त्रको भविष्यका बारेमा ठूलो अनिश्चितता छ । हसिनालाई अपदस्थ गर्ने विद्यार्थी प्रदर्शनकारीहरूले दुई प्रमुख वंशवादी राजनीतिक दलहरू बङ्गलादेश नेसलिस्ट पार्टी ९बिएनपी० र हसिनाको अवामी लिगको अत्यधिक प्रभाव तोड्ने वाचा गर्दै नयाँ राजनीतिक दल गठन गरेका थिए ।

तर पार्टीका विरोधीहरूले यसलाई युनुसको नेतृत्वमा रहेको प्रशासनको नजिक रहेको र राज्य संस्थाहरूको प्रयोग गरेर राजनीतिक लाभका लागि अराजकता सिर्जना गरेको आरोप लगाएका छन् ।

यसैबीच देशको सबैभन्दा ठूलो इस्लामी पार्टी जमात–ए–इस्लामी हसिनाको सरकारले एक दशकभन्दा बढी समयदेखि दमन गरेपछि राजनीतिमा फर्किएसँगै बङ्गलादेशको राजनीतिक परिदृश्य अझ खण्डित भएको छ ।

विद्यार्थी नेतृत्वको पार्टीसँग गठबन्धन गरेर यसले मे महिनामा प्रतिबन्धित अवामी लिगले छोडेको शून्यता भर्न प्रयास गरिरहेको छ । अवामी लिगका नेता हसिनाले मानवता विरुद्धको अपराधका लागि मुद्दाको सामना गरिरहनुभएको छ । सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेशको स्वतन्त्रताको विरोध गर्ने जमात–ए–इस्लामीको शक्ति अज्ञात छ ।

बिएनपी र जमात–ए–इस्लामी पार्टी दुवै अहिले प्रशासन, न्यायपालिका र विश्वविद्यालय क्याम्पसमा समेत वर्चस्व स्थापना गर्न आपसमा द्वन्द्वमा छन् ।

उनीहरूले नयाँ संसदीय चुनावको समयलाई लिएर पनि फरक मत राखेका छन् । युनुसले अर्को वर्ष अप्रिलमा चुनाव हुने घोषणा गर्नुभएको छ, तर खराब कानून र व्यवस्थाको स्थिति र यसमा स्पष्ट राजनीतिक सहमतिको कमीले भ्रम सिर्जना गरेको छ । बङ्गलादेशका सेना प्रमुखले पनि यस वर्षको डिसेम्बरमा चुनाव चाहनुभएको थियो । उक्त अडानलाई युनुसले मन पराउनुभएन ।

“क्रान्तिपछिका हनिमुनहरू प्रायः लामो समयसम्म टिक्न सक्दैनन् र बङ्गलादेश कुनै अपवाद होइन”, वासिङ्गटन स्थित दक्षिण एसियाली विश्लेषक तथा एसिया प्यासिफिक फाउन्डेसनका वरिष्ठ फेलो माइकल कुगलम्यान भन्नुहुन्छ, “अन्तरिम सरकारले लोकतन्त्र र समृद्धि पुनःस्थापना गर्न ठूलो अपेक्षाहरूको सामना गर्‍यो । तर यो विशेष गरी सार्वजनिक जनादेश बिना एक अनिर्वाचित सरकारका रूपमा गर्न कठिन छ ।”

चुनावअघि सुधार होस् भन्ने युनुसको चाहना

युनुसले चुनावमा ढिलाइ गर्नुभएको छ किनभने उहाँले संविधान र चुनावदेखि न्यायपालिका र प्रहरीसम्मका परिवर्तनहरूमा सुधार चाहनुभएको छ । हसिनाको आवामी लिग बाहेक राजनीतिक दलहरूसँग छलफल जारी छ ।

केही सुधारमा एक व्यक्ति कति पटक प्रधानमन्त्री बन्नसक्छ भन्नेमा सीमा राख्नु, दुई तहको संसद्को थालनी र प्रधानन्यायाधीशको नियुक्ति समावेश छ ।

केही आधारभूत सुधारमा थोरै सहमति भएको देखिन्छ । बिएनपी र जमात–ए–इस्लामी दुवै दल केही सर्तसँग सहमत भए पनि आधारभूत संवैधानिक सुधारका लागि अन्य प्रस्तावहरू अड्चनको विन्दु बनेका छन् ।

जमात–ए–इस्लामीले पनि अन्तरिम सरकारलाई चुनावमा जानुअघि सुधारहरू पूरा गर्न थप समय दिन चाहन्छ, तर बिएनपीले चाँडै चुनावको आह्वान गर्दै आएको छ । विद्यार्थी नेतृत्वको पार्टीले प्रायः जमात–ए–इस्लामी पार्टीको ढाँचा अनुसरण गर्छ ।

कुगलम्यानका अनुसार सुधारको मुद्दा देशलाई एकजुट गर्नका लागि थियो, तर यसको सट्टा यो टकरावको विन्दु बनेको छ । “सुधारहरूलाई अगाडि बढाउन र उनीहरूलाई थप समय दिन चाहनेहरू तथा यो कुरा समेटेर चुनावमा ध्यान केन्द्रित गर्ने समय हो भन्ने महसुस गर्नेहरू बीच विभाजन छ”, उहाँ भन्नुहुन्छ ।

मानवअधिकार र इस्लामवादीहरूको उदय

युनुसको शासनकालमा बङ्गलादेशमा मानव अधिकार गम्भीर चिन्ताको विषय बनेको छ । अल्पसङ्ख्यक समूहहरू, विशेष गरी हिन्दूहरूले आफ्नो पर्याप्त सुरक्षा गर्न असफल भएकामा उहाँको प्रशासनलाई दोष दिएका छन् । बङ्गलादेश हिन्दू बौद्ध क्रिस्चियन युनिटी काउन्सिलले गत वर्ष सयौँ आक्रमणमा अल्पसङ्ख्यक हिन्दू र अन्यलाई लक्षित गरिएको बताएको छ ।

हसिनाको पार्टीले पनि आफ्नो दशौँ हजार समर्थकलाई पक्राउ गरेकामा अन्तरिम सरकारलाई दोष दिएको छ ।

युनुसको नेतृत्वमा रहेको प्रशासनले यी आरोपहरू अस्वीकार गर्दछ ।

ह्युमन राइट्स वाचकी एसियाली उपनर्देशक मीनाक्षी गाङ्गुली भन्नुहुन्छ, “अन्तरिम सरकारले हसिना सरकारअन्तर्गत भएका जबरजस्ती बेपत्ता र न्यायेतर मृत्युदण्डहरू रोकेको छ, स्थायी सुरक्षा क्षेत्रका सुधारहरू वा बलियो, स्वतन्त्र संस्थाहरू सिर्जना गर्ने प्रतिज्ञालाई पूरा गर्न थोरै प्रगति भएको छ ।”

यसैबीच, इस्लामवादी गुटहरूले सत्ताका लागि प्रतिस्पर्धा गरिरहेका छन् । गुटमध्ये केहीले महिला अधिकारमा परिवर्तन प्रस्तावित गरेका छन् र शरिया कानून लागु गर्न माग गरेका छन् । तिनीहरूमध्ये धेरैले बिएनपी वा जमात–ए–इस्लामीजस्ता ठूला दलसँग गठबन्धन बनाउने योजना बनाइरहेका छन् ।

बङ्गलादेश मुस्लिम बहुल भए तापनि त्यस्ता गुटहरूले ऐतिहासिक रूपमा महत्त्वपूर्ण चुनावी समर्थन प्राप्त गर्न सङ्घर्ष गरेका छन् र तिनीहरूको उदयले देशको राजनीतिक परिदृश्यलाई थप खण्डित गर्ने अपेक्षा गरिएको छ ।

कूटनीतिक परिवर्तन र विश्व शक्तिहरूसँग सन्तुलन

हसिनाको १५ वर्षको शासनकालमा बङ्गलादेश दक्षिण एसियामा भारतको सबैभन्दा नजिकको साझेदार थियो । उहाँको पतनपछि युनुसको नेतृत्वको प्रशासन चीनसँग नजिक गएको छ । चीन यस क्षेत्रमा भारतको मुख्य प्रतिद्वन्द्वी हो ।

युनुसको पहिलो राजकीय भ्रमण मार्चमा चीनको थियो । त्यो भ्रमणले उहाँलाई लगानी, ऋण र अनुदान प्राप्त गरायो । अर्कोतिर भारत आफ्नो पुरानो सहयोगी हसिनाको निष्कासनबाट क्रोधित छ र उहाँलाई सुपुर्दगी गर्ने ढाकाको अनुरोधको जवाफ दिएको छैन । हसिनाको पतनपछि भारतले बङ्गलादेशीहरूलाई भिसा दिन रोकेको छ ।

विश्वव्यापी रूपमा युनुसलाई पश्चिम र संयुक्त राष्ट्रसङ्घको बलियो समर्थन रहेको देखिन्छ र बङ्गलादेशले आफ्नो विदेश नीति जारी राख्ने देखिन्छ, जसले लामो समयदेखि धेरै विदेशी शक्तिहरूबीच सन्तुलन खोज्ने प्रयास गरेको छ । तर कुगलम्यानका अनुसार देशको सबैभन्दा ठूलो चुनौती ‘ट्रम्प फ्याक्टर’ हुनसक्छ ।

जनवरीमा, ट्रम्प प्रशासनले बङ्गलादेशलाई युएसएड कोषहरू निलम्बन गर्‍यो । बङ्गलादेशले हसिनाको पतनपछि महत्त्वपूर्ण पुनर्निर्माण अवधिमा अमेरिकी समर्थनको महत्त्वपूर्ण स्तर खोजेको थियो ।

“ढाकाले अब अपरम्परागत अमेरिकी प्रशासनसँग आफ्ना सम्बन्धहरूलाई पुनः व्यवस्थित गर्नुपर्छ जसले बङ्गलादेशलाई मुख्यतया व्यापारिक दृष्टिकोणबाट हेर्नेछ”, कुगलम्यान भन्नुहुन्छ ।

बङ्गलादेशमा अन्तरिम नेता युनुसद्वारा नयाँ राजनीतिक वार्ताका साथ एकताको माग
एजेन्सी । बङ्गलादेशका अन्तरिम नेताले एकता निर्माण गर्न र तीव्र राजनीतिक शक्ति सङ्घर्षलाई शान्त पार्न आइतबार विभिन्न दलसँग ‘म्याराथुन वार्ता’ आह्वान गर्नुभएको छ ।

नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुसले निर्वाचन नहुञ्जेलका लागि कामचलाउ सरकारको प्रमुख सल्लाहकारको रूपमा सरकारको नेतृत्व गरिरहनुभएको छ ।

करिब १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्र बङ्गलादेशमा सन् २०२४ को अगष्टमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको विद्रोहले सत्ताच्युत गरेपछि राजनीतिक उथलपुथल मच्चिएको छ ।

यस महिना सरकारको विरोधमा उत्रिएका प्रमुख राजनीतिक दललगायत अन्य राजनीतिक दलसँग शनिबार साँझ अबेरसम्म चलेको बैठकपछि यो वार्ता बोलाइएको हो ।

उहाँका प्रेस सचिव शफिकुल आलमले एएफपीसँग भन्नुभयो, “मुख्य सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले आइतबार विभिन्न दलका नेतासँग भेटवार्ता गर्नुहुनेछ ।”

बङ्गलादेशमा ५४ वटा राजनीतिक दल दर्ता भएका छन्, जसमा हाल प्रतिबन्धित पूर्वनेता हसिनाको अवामी लिग समावेश छैन ।

यस चरणको वार्तामा कति दललाई आमन्त्रण गरिएको छ भन्नेबारे आलमले केही खुलाउनुभएन ।

सङ्कट जारी

इस्लामवादी खेलफात–ए–मजलिस पार्टीका नेता मामुनुल हकले जारी सङ्कटका विषयमा केन्द्रित हुने गरी आफू छलफलमा सहभागी हुन लागेको पुष्टि गर्नुभयो ।

लिबरल गानोसाम्हाटी एन्डोलोन पार्टीका जोनेद साकीले आफू पनि सहभागी हसने बताउनुभयो ।

राजधानी ढाकाको सडकमा प्रतिद्वन्द्वी दलहरूले प्रदर्शन गरेको एक हप्तापछि युनुसको नेतृत्वमा रहेको सरकारले शनिबार राजनीतिक शक्ति संघर्षले हासिल गरेको उपलब्धिलाई खतरामा पार्ने खतरा रहेको चेतावनी दिएको छ । “राष्ट्रिय स्थिरता कायम गर्न, स्वतन्त्र र निष्पक्ष निर्वाचन, न्याय र सुधारको आयोजना गर्न र देशमा अधिनायकवादको पुनरागमनलाई स्थायी रूपमा रोक्न व्यापक एकता आवश्यक छ,” विज्ञप्तिमा भनिएको छ।

सन् २०२४ को अगष्टमा आन्दोलनकारीको इसारामा निर्वासनबाट फर्केका माइक्रोफाइनान्सका अग्रज युनुसले सन् २०२६ को जुनसम्ममा हुने भनिएको निर्वाचनअघि नै लोकतान्त्रिक सुधार लागू गर्नु आफ्नो कर्तव्य भएको बताउनुभएको छ ।

कामचलाउ सरकारले विभिन्न सुधार आयोगहरू गठन गरेर सिफारिसहरूको लामो सूची तयार पारेको छ र अहिले राजनीतिक दलहरूको समर्थन खोजिरहेको छ।

युनुसले पछिल्लो पटक फेब्रुअरी १५ मा बङ्गलादेशको लोकतान्त्रिक प्रणालीमा आमूल परिवर्तन गर्ने प्रयासबारे छलफल गर्न सर्वदलीय बैठक आयोजना गर्नुभएको थियो र केही दलले सम्पर्कको अभावमा निराशा व्यक्त गरेका थिए।

सरकारले शनिबारको एक बैठकमा ‘अनुचित मागहरू, जानाजानी उत्तेजक र क्षेत्राधिकारभन्दा बढी भनाइहरू’ सामना गर्नुपरेको छ, जसले यसको काममा ‘लगातार अवरोध’ गरिरहेको छ।

युनुसले राजीनामा दिने चेतावनी दिनुभएको थियो तर उहाँको क्याबिनेटले उहाँले तत्काल राजीनामा दिनु नहुने बताएको युनुसको कार्यालय स्रोत र एक प्रमुख राजनीतिक सहयोगीले बिहीबार बताएका थिए ।

युनुसले शनिबार आगामी निर्वाचनमा मुख्य दाबेदारका रूपमा हेरिएको प्रमुख दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बिएनपी) सँग भेट गर्नुभएको थियो । बिएनपीले डिसेम्बरमा चुनाव गर्न कडा दबाब दिइरहेको छ।

बङ्गलादेशी सञ्चारमाध्यम र सैन्य स्रोतका अनुसार सेना प्रमुख जनरल वाकर–उज–जमानले पनि यसै हप्ता बिएनपीको मागअनुसार डिसेम्बरभित्र चुनाव गरिसक्नुपर्ने बताउनुभएको थियो ।

युनुसले मुस्लिम बहुल देशको सबैभन्दा ठूलो इस्लामी पार्टी जमात–ए–इस्लामी र हसिनाको शासन अन्त्य गर्ने विद्रोहको नेतृत्व गर्ने धेरै विद्यार्थीहरू सम्मिलित नेशनल सिटिजन पार्टी (एनसीपी) का नेताहरूसँग पनि भेट गर्नुभएको छ ।

नेकपा नेता नाहिद इस्लामले विपक्षी दलले सुधारलाई बेवास्ता गर्न र ‘सत्ता कब्जा गर्न’ छिटो चुनावका लागि दबाब दिइरहेको र सेनासमर्थित सरकार पुनः उदय हुन सक्ने ‘सङ्केत’ रहेको बताउनुभएको छ ।

भारतद्वारा ७७ करोड अमेरिकी डलरबराबरको बङ्गलादेशबाट हुने आयातमा प्रतिबन्ध
एजेन्सी । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले शनिबार बङ्गलादेशबाट आयात हुने विभिन्न श्रेणीका सामानमा तत्काल बन्दरगाह प्रतिबन्ध लगाएको छ ।

व्यापार केन्द्रित अनुसन्धान समूह ग्लोबल ट्रेड रिसर्च इनिसियटिभ (जीटीआरआई) को रिपोर्टअनुसार भारतले भूमि बन्दरगाह (स्थलमार्ग) हुँदै बङ्गलादेशबाट हुने आयातमा लगाएको प्रतिबन्धले ७७ करोड अमेरिकी डलर बराबरको सामानमा असर पार्नेछ, जुन कुल द्विपक्षीय आयातको करिब ४२ प्रतिशत हो ।

केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले शनिबार बङ्गलादेशबाट विभिन्न श्रेणीका सामानआयातमा तत्काल लागु हुनेगरी प्रतिबन्धको घोषणा गरेको हो ।

यो निर्णयपछि गार्मेन्ट, प्रशोधित खाद्य पदार्थ र प्लास्टिकका सामानजस्ता प्रमुख वस्तुहरू अब समुद्री बन्दरगाहहरूमा मात्र सीमित भएका छन् वा स्थलमार्गबाट पूर्णतया निषेधित भएका छन्।

नयाँ नीतिअनुसार वार्षिक ६१ करोड ८० लाख अमेरिकी डलर मूल्यका बङ्गलादेशी कपडाहरू अब दुई तोकिएका बन्दरगाहहरूबाट मात्र भारत प्रवेश गर्न पाउनेछन्।

यो निर्णयले बङ्गलादेशको भारतमा सबैभन्दा आकर्षक निर्यात च्यानललाई गम्भीर असर पार्ने जीटीआरआईले जनाएको छ ।

भारतीय टेक्सटाइल निर्माताहरूले आफ्ना बङ्गलादेशी प्रतिस्पर्धीहरूले चिनियाँ कपडाको शुल्क–मुक्त आयात र पर्याप्त सरकारी निर्यात अनुदानबाट अनुचित लाभ लिनेगरेको बताएका छन् ।

यी कारणहरूले बङ्गलादेशी निर्यातकर्ताहरूलाई भारतीय बजारमा १०–१५ प्रतिशत मूल्य निर्धारणको लाभ दिन्छ।

जीटीआरआईले आफ्नो रिपोर्टमा भनेको छ, “यी व्यापार उपायहरू अलग–अलग रूपमा देखा परेनन्।”

जीटीआरआईको रिपोर्टमा भनिएको छ, “यो ढाकाले भारतबाट ठूलो सङ्ख्यामा सामान आयातमा प्रतिबन्ध लगाएको र चीनप्रति कूटनीतिक धुरी बनाएकोप्रति भारतको प्रतिक्रियाजस्तो देखिन्छ।

यो कदमलाई बङ्गलादेशका अन्तरिम मुख्य सल्लाहकार मोहम्मद युनुसको विवादास्पद टिप्पणीको प्रतिक्रियाको रूपमा पनि हेरिएको छ।

बङ्गलादेशका प्रमुख सल्लाहकार युनुसले चीनमा दिएको सम्बोधनका क्रममा भारतका उत्तरपूर्वी राज्यहरूलाई ‘भूपरिवेष्ठित क्षेत्र र समुद्रसम्म पहुँच नभएको क्षेत्र’ भन्नुभएको थियो । यो टिप्पणीले कूटनीतिक घर्षण निम्त्याएको छ, भारतीय अधिकारीहरूले यसलाई यस क्षेत्रको कनेक्टिभिटी र स्थितिलाई कमजोर पार्ने रूपमा हेरेका छन्।

ढाकाको चीनसँगको बढ्दो निकटतालाई उजागर गर्दै प्रतिवेदनमा सन् २०२४ को मध्यमा शेख हसिनाको भारतसमर्थक सरकारको पतन र मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम प्रशासनको उदयले बङ्गलादेशको बेइजिङसँग सहकार्य गर्ने इच्छा जगाएको उल्लेख गरिएको छ । सन् २०२५ को मार्चमा भएको युनुसको चीन भ्रमणका क्रममा २।१ अर्ब अमेरिकी डलर बराबरको नयाँ लगानी तथा सहयोग सम्झौता भएको थियो । यी सबै घटनाक्रमका साथै टिस्टा नदी विकास जस्ता पूर्वाधार परियोजनाहरूले यस क्षेत्रमा भारतको स्थितिको लागि महत्त्वपूर्ण खतरा खडा गरेको छ।

सन् २०२४ को अन्त्यदेखि बङ्गलादेशले भारतीय निर्यातमा शृङ्खलाबद्ध प्रतिबन्ध लगाएको छ ।

यी प्रतिबन्धले सन् २०२५ को अप्रिलमा पाँच प्रमुख बन्दरगाहबाट भारतीय धागो आयातमा प्रतिबन्ध, चामल ढुवानीमा कडा प्रतिबन्ध र कागज र सुर्तीदेखि माछा र पाउडर दूधजस्ता दर्जनौं भारतीय सामानको आयातमा प्रतिबन्ध समावेश छ । ढाकाले आफ्नो भूमि भएर आवतजावत गर्ने भारतीय सामानमा प्रतिटन १।८ टका प्रति टन ट्रान्जिट शुल्क लागू गरेको छ ।

रिपोर्टमा भनिएको छ, “यी संचयी कार्यहरू, परिचालन ढिलाइ र कडा बन्दरगाह निरीक्षणले भारतीय निर्यातकर्ताहरूलाई बाधा पुर्याएको छ र व्यवस्थित प्रतिक्रियाको लागि अह्वान गरेको छ ।

अमेरिकी करवृद्धि कपडा उद्योगका लागि ठूलो धक्काः बङ्गलादेशी उद्यमी
एजेन्सी । बङ्गलादेशी कपडा उद्योगसम्बद्ध उद्यमीहरूले बिहीबार अमेरिकी करले विश्वको दोस्रो ठूलो गार्मेन्ट उत्पादक बङ्गलादेशलाई ‘ठूलो धक्का’ पु¥याएको बताउनुभएको छ ।

आरडिएम ग्रुपका अध्यक्ष रकिबुल आलम चौधरीले भन्नुभयो, “कर वृद्धिका कारण मूल्यमा हुने वृद्धिले मागलाई प्रभावित गर्नेछ । हामी खरीदकर्ताहरू गुमाउनेछौँ । क्रेताहरू अन्य लागत–प्रतिस्पर्धी बजारमा जानेछन् र यो हाम्रो उद्योगको लागि ठूलो धक्का हुनेछ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बङ्गलादेशमा कपासमा १६ प्रतिशत र पोलिस्टर उत्पादनमा ३२ प्रतिशत कर वृद्धि गर्दै समग्रमा ३७ प्रतिशत कर वृद्धि गर्ने घोषणा गर्नुभएको छ ।

बङ्गलादेशले संयुक्त राज्य अमेरिकामा वार्षिक ८.४ अर्ब अमेरिकी डलरबराबरको तयारी कपडा निर्यात गर्ने गरेको बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसन (बीजीएमईए) को तथ्याङ्कले देखाएको छ ।

यो बङ्गलादेशको कुल तयारी पोशाक निर्यातको करिब २० प्रतिशत हो ।

“हामी करवृद्धिकलागि तयार थिएनौँ तर यो अचानक आयो,” बीजीएमईएका प्रशासक अनवर हुसेनले भन्नुभयो ।

हुसेनले अन्य क्षेत्रीय व्यापार प्रतिद्वन्द्वीहरूको अवस्था अझ खराब रहेको बताउनुभएको छ ।

“चीन, भियतनाम र श्रीलङ्काजस्ता हाम्रा प्रतिस्पर्धीको तुलनामा हामी अझै अगाडि छौँ किनभने उनीहरूको कर हाम्रोभन्दा बढी छ,” हुसेनले भन्नुभयो ।

संयुक्त राज्य अमेरिकामा बङ्गलादेशको निर्यातको अधिकांश हिस्सा सूती कपडा हो,” बीजीएमईएका पूर्व उपाध्यक्ष चौधरीले भन्नुभयो ।

बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले सरकारले समाधान खोजिरहेको बताउनुभयो ।

“राष्ट्रिय राजस्व बोर्डले शुल्कलाई छिटो तर्कसङ्गत बनाउने विकल्पहरूको पहिचान गरिरहेको छ, यो अमेरिकी कर वृद्धिको विषयलाई सम्बोधन गर्न आवश्यक छ,” आलमले एक विज्ञप्तिमा भन्नुभएको छ ।

चीनपछि दोस्रो ठूलो उत्पादक बङ्गलादेशले फ्रान्सको क्यारेफोर, क्यानाडाको टायर, जापानको युनिक्लो, आयरल्याण्डको प्रिमार्क, स्वीडेनको एच एण्ड एम र स्पेनको जाराजस्ता विश्वव्यापी ब्रान्डका लागि कपडा उत्पादन गर्छ ।

सरकारलाई ढाल्न सफल भएका ेसन् २०२४ को अगष्टमा भएको विद्यार्थी आन्दोलनले बङ्गलादेशको गार्मेन्ट उद्योगलाई अस्तव्यस्त बनाएको थियो । आन्दोलनमा गार्मेन्ट क्षेत्रका प्रदर्शनकारीहरूले पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए।

बङ्गलादेशमा महिनौँ लामो हिंसाका कारण पटक–पटक उत्पादन ठप्प भएको थियो यद्यपि वार्षिक आम्दानीमा खासै कमी आएको थिएन।

कपडा उद्योगले सन् २०२४ मा ३६ अर्ब डलर नियौत गरेको थियो भने अघिल्लो वर्ष ३८ अर्ब डलर निर्यात गरेको थियो ।

बङ्गलादेशमा बिरालो मार्ने व्यक्तिविरूद्ध पक्राउ पुर्जी जारी
एजेन्सी । बङ्गलादेशको राजधानी ढाकाको एक अदालतले बिरालोको मृत्युको विषयमा दायर गरिएको मुद्दामा एक व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

फेब्रुअरी १ मा बिरालो मारेको आरोपमा पक्राउ पुर्जी जारी गरेका अकबर हुसेन शिब्लुविरुद्ध लगाइएका आरोपहरूको सुनुवाइ गर्दै ढाका महानगरीय मजिस्ट्रेट जीएम फरहान इश्तियाकले आइतबार यो आदेश दिनुभयो ।

फेब्रुअरी ५ मा, बङ्गलादेशको पिपुल फर एनिमल वेलफेयर फाउन्डेसनको तर्फबाट नफिसा नौरिन चौधरीले मुद्दा दायर गर्नुभयो । मुद्दाको बयानमा नफिसाले बिरालो फेब्रुअरी १ मा हराएको बताउनुभयो ।

यसपछि सीसीटीभी फुटेजमा शिब्लुले बिरालोलाई लात हानेर मारेको देखिन्छ ।

बङ्गलादेशका प्रदर्शनकारीहरूले अपदस्थ नेतासँग सम्बन्धित भवनहरू ध्वस्त पारे
एजेन्सी । विद्यार्थीहरूले पदच्यूत पूर्व नेता शेख हसिनाका पिताको सङ्ग्रहालय भत्काउन सुरु गरेको केही घन्टापछि सयौँ बङ्गलादेशी प्रदर्शनकारीहरूले बिहीबार हसिनासँग सम्बन्धित भवनहरू भत्काएका छन् ।

हसिनाका दिवङ्गत पिता एवं बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको घर र सङ्ग्रहालयमा गत वर्ष विद्यार्थी नेतृत्वको क्रान्तिको क्रममा आगो लगाइएको थियो । उक्त क्रान्तिले हसिनाको १५ वर्षको निरङ्कुश शासनको अन्त्य गरेको थियो ।

हसिनाले अगस्ट ५ मा हेलिकोप्टरबाट पुरानो मित्रराष्ट्र भारततर्फ उडान भरेको ठीक छ महिनापछि बुधबार राति हथौडा र धातुका डन्डा बोकेको भीडले राजधानी ढाकाको भवनको पर्खालहरू भत्काउन थाल्यो ।

नरसंहारको मुद्दामा ढाकामा मुद्दाको सामना गर्न पक्राउ पूर्जीको अवज्ञा गरिरहनुभएकी ७७ वर्षीया हसिना निर्वासनबाट फेसबुक प्रसारणमा देखा पर्ने रिपोर्टहरूको प्रतिक्रियामा विरोध प्रदर्शन भड्किएको थियो ।

बिहीबार बिहान बाँकी रहेको आगोले कालो पारेका पर्खालहरू भत्काउन डिगरहरू प्रयोग गरिँदै थियो ।

प्रदर्शनकारीहरूले हसिनाका दिवङ्गत पतिको ढाकाको घरमा भएको आगलागीसहित हसिनासँग सम्बन्धित देशभरका अन्य घरहरूमा पनि तोडफोड र आगो लगाइदिए ।

सबैभन्दा ठूलो बङ्गाली दैनिक प्रथम आलोले खुल्ना सहरमा हसिनाको परिवारको स्वामित्वमा रहेको भवन ध्वस्त पार्न भीडले सरकारी स्वामित्वको उत्खनन यन्त्र प्रयोग गरेको रिपोर्ट गरेको छ ।

तोडफोड गरिएका घरहरू

पश्चिमी सहर कुष्टियामा प्रदर्शनकारीहरूले हसिनाको अवामी लिग पार्टीका नेता महबुबुल आलम हनिफको घरमा तोडफोड गरेका छन् ।

चट्टगाँवमा प्रदर्शनकारीहरूले मसाल जुलुस निकाले र शेख मुजिबुर रहमानको भित्तेचित्र तोडफोड गरे ।

अन्तरिम सरकारले आक्रमणको लहरबारे कुनै औपचारिक टिप्पणी गरेको छैन र सुरक्षा बलहरूले प्रदर्शनकारीहरूलाई भवनहरूमा आक्रमण गर्न दिएर हेरिरहे ।

छिमेकका एक निजी सुरक्षा गार्डले परिवारहरूले भरिएका नजिकैका भवनहरूमा आगो फैलिने डरले उनले फायर सर्भिसलाई एक दर्जनभन्दा बढी पटक फोन गरेको बताए ।

“हामीले आफैँले बिजुलीको लाइन काटिदिएका छौँ”, जमाल उद्दीनले भन्नुभयो, “स्थिति कहिले सामान्य हुनेछ मलाई थाहा छैन ।”

रहमानको पूर्व निवास नजिक बस्ने एक पसलेले अराजकताप्रति चिन्ता व्यक्त गरे । “यो तोडफोड राम्रो सङ्केत होइन”, बोलेकोमा प्रतिशोधको डरले नाम नखुलाउन अनुरोध गर्दै उनले भने ।

बङ्गलादेशको विमानस्थलमा बमको धम्की
एजेन्सी । इटालीको रोमबाट ढाकाका लागि उडेको बङ्गलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की आएको छ । ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात नम्बरबाट आएको कलबाट यो धम्कीको जानकारी दिइएको थियो ।

विमानस्थलका कार्यकारी निर्देशक समूह क्याप्टेन कमरुल इस्लामले सो कुराको पुष्टि गर्नुभयो । रोमबाट ढाकाका लागि उडेको विमान बीजी–३५६ मा बम आक्रमणको धम्की दिइएको उहाँले बताउनुभयो ।

विमानले बिहान ९ः२० मा हजरत शाहजलाल विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो । विमानका २५० यात्रु र १३ चालक दलका सदस्यलाई विमानबाट निकालेर टर्मिनलमा ल्याइयो ।

बङ्गलादेशमा एक बर्षभित्र निर्वाचन हुने
एजेन्सी । बङ्गलादेशमा आगामी एक बर्षभित्र निर्वाचन हुने सोमबार अन्तरिम नेतृत्वले जनाएको छ ।

बङ्गलादेशमा अगष्टमा विद्यार्थी आन्दोलनले तत्कालिन प्रधानमन्त्री शेख हसिना वाजेदलाई अपदस्थ गरी बनेको कामचलाउ सरकारको नेतृत्व गरिरहेका अन्तरिम नेता मोहम्मद युनुसले आगामी वर्षको अन्त्य वा सन् २०२६ को सुरुमा आम निर्वाचन हुने बताउनुभएको हो ।

गत अगस्टमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको विद्रोहपछि नोबेल शान्ति पुरस्कार विजेता युनुसलाई बङ्गलादेशको सरकारको नेतृत्व सुम्पिएको थियो ।

उहाँले करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा लोकतान्त्रिक संस्थाहरूको पुनस्र्थापना गर्ने ‘अत्यन्त कठिन’ चुनौतीको सामना गर्ने र निर्वाचन गर्ने जिम्मेवारीलाई स्वीकार्दै अस्थायी प्रशासनको नेतृत्व गरिरहनुभएको छ ।

“सन् २०२५ को अन्त्य वा सन् २०२६ को पूर्वाद्र्धसम्ममा निर्वाचनको मिति तय गर्न सकिन्छ,” उहाँले सरकारी टेलिभिजनमा भएको एक कुराकानीमा बताउनुभएको छ ।

गत अगस्टमा ढाकास्थित प्रधानमन्त्रीको कार्यालयमा हजारौँ प्रदर्शनकारीले आक्रमण गरेपछि ७७ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भाग्नुभएको थियो । हसिनालाई सत्ताच्युत गर्ने आन्दोलनका क्रममा केही हप्ता मासयाँै मानिसहरूको मृत्यु भएको र अधिकांशको प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।

हसिनाको अवामी लिग पार्टीका प्रमुख समर्थकहरूविरुद्ध प्रतिशोधपूर्ण हत्यामा उहाँको पलायन पछिको केही घण्टामा कैयौँ अवामी लिग समर्थक कार्यकर्ताको पनि मृत्यु भएको थियो ।

उनको सरकारमाथि अदालत र निजामती सेवाको राजनीतिकरण गर्नुका साथै आफ्नो शक्तिमाथिको लोकतान्त्रिक नियन्त्रणलाई ध्वस्त पार्न एकतर्फी निर्वाचन गराएको आरोप पनि लागेको थियो।

हसिनाको १५ वर्षे शासनकालमा व्यापक रूपमा मानव अधिकार उल्लङ्घन भएको थियो, जसमा उनका राजनीतिक विरोधीहरूलाई सामूहिक हिरासतमा राख्नु र गैरन्यायिक हत्याहरू पनि समावेश थिए।

दलहरूको सहमतिमा मिति तय गरिने

युनुसले आवश्यक सुधारको अनुगमनका लागि आयोगहरू गठन गर्नुभएको छ । निर्वाचनको मिति तोक्ने कुरा राजनीतिक दलहरूको सहमतिमा निर्भर गर्नेछ ।

युनुसले भन्नुभयो, “निर्वाचनको व्यवस्था गर्नुअघि नै मैले सुधार गर्नुपर्छ भन्ने कुरामा जोड दिँदै आएको छु ।”

उहाँले अगाडि भन्नुभयो, “राजनीतिक दलले त्रुटिरहित मतदाता नामावलीजस्ता न्यूनतम सुधारका साथ पहिलेकै मितिमा निर्वाचन गर्न सहमत भएमा नोभेम्बरको अन्त्यसम्ममा निर्वाचन गर्न सकिन्छ ।”

तर निर्वाचन सुधारको पूर्ण सूची समावेश गर्दा केही महिना ढिला हुने उहाँको भनाइ छ ।

प्रधानमन्त्री युनुसले भन्नुभयो, “आवश्यक सुधारमध्ये एक अद्यावधिक मतदाता सूची हो, जुन वर्षौँको अस्थिर लोकतान्त्रिक प्रक्रियापछि ‘जटिल’ चुनौती हो । यसले सूचीबाट गैर–मतदाताको नामहरू हटाउनुका साथै द्रूत गतिमा बढ्दो युवा जनसङ्ख्याले पहिलो पटक मतदाता नामावली दर्ता गर्नु आवश्यक छ ।

युनुसले चुनावमा शतप्रतिशत मतदान सुनिश्चित गर्ने सपना देखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यदि यो हासिल गर्न सकियो भने कुनै पनि सरकारले फेरि नागरिकको मताधिकार खोस्ने आँट गर्ने छैन ।

बङ्गलादेशमा पछिल्लो पटक गत जनवरीमा आम निर्वाचन भएको थियो । निर्वाचन स्वतन्त्र र निष्पक्ष हुने कुरामा आशङ्का व्यक्त गर्दै विपक्षी दलहरूले उक्त निर्वाचनलाई बहिस्कार गरेका थिए भने निर्वाचनमा हसिनाको दल अवामी लिगलाई दुर्य तिहाई सीट प्राप्त भएको थियो ।

बङ्गलादेश नेशनलिस्ट पार्टी ९बीएनपी० जस्ता पूर्व विपक्षी समूहहरू हसिनाको नेतृत्वमा वर्षौंको दमनपछि अहिले सङ्गठनको पुनर्निर्माण गरिरहेका छन्।

बङ्गलादेशको विशेष न्यायाधिकरणले हसिनालाई पक्राउ गर्ने कदमबारे प्रहरीको प्रगति सुन्ने
एजेन्सी । बङ्गलादेशको विशेष न्यायाधिकरणले सोमबार देशका सुरक्षा निकायहरूले पदच्युत पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँका नजिकका सहयोगीहरूलाई पक्राउ गर्न के–के गरेका छन् भन्ने बारेमा अपडेट सुन्नेछ । यी व्यक्तिमाथि यस गृष्म ऋतुमा भएको जन विद्रोहमा सयौँ मानिसको मृत्युको आरोप लागेको छ ।

विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनका बीच अगस्ट ५ मा देश छोडेर हसिना भारतमा निर्वासनमा बसिरहनुभएको छ ।

ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले अक्टोबर १७ मा हसिना र पूर्व क्याबिनेट मन्त्रीहरू, सल्लाहकारहरू र सैन्य र नागरिक अधिकारीहरू सहित अन्य ४५ जनाका लागि पक्राउ पुर्जी जारी गरेको थियो । बङ्गलादेश अहिले नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले सञ्चालन गरिरहेको छ ।

न्यायाधिकरणका अभियोजक बि।एम। सुल्तान महमुदका अनुसार पूर्वकानून मन्त्री र हसिनाका निजी क्षेत्रका सल्लाहकार रहेका एक व्यवसायीसहित कम्तीमा १४ जना सोमबार न्यायाधिकरण समक्ष उपस्थित हुनेछन् । न्यायाधिकरणका अधिकारीहरूका अनुसार अन्य छ जना बुधबार उपस्थित हुनेछन् । यस मुद्दामा कम्तीमा २० जना शङ्कास्पद व्यक्ति पक्राउ परेका छन् ।

न्यायाधिकरणले हसिनासहित अन्य शङ्कास्पद व्यक्तिहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीको प्रगतिबारे पनि अपडेट माग्नेछ ।

न्यायाधिकरणका मुख्य अभियोजकले हसिनालाई पक्राउ गर्न देशको प्रहरी प्रमुखमार्फत इन्टरपोलको सहयोग मागिसकेका छन् । आइतबार राष्ट्रलाई सम्बोधन गर्दै युनुसले उहाँको प्रशासनले भारतबाट हसिनाको सुपुर्दगी माग गर्ने बताउनुभयो ।

अधिकारीहरूका अनुसार जुलाई र अगस्टमा भएको विद्रोहमा मुख्यतया सरकारी जागिरका लागि प्रारम्भिक विरोध प्रदर्शन रोक्न खोज्ने सुरक्षा एजेन्टहरूद्वारा सयौँ मानिस मारिएका थिए । हसिनाको १५ वर्षको शासनको अन्त्य गर्दै विरोध प्रदर्शन थप रक्तपातका साथ सरकार विरोधी आन्दोलनमा परिणत भएपछि हिंसा तीव्र भएको थियो । हसिनाले यसअघि पनि हत्याको अनुसन्धानको माग गर्नुभएको थियो ।